[VIEWED 8497
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
BudoBaaje
Please log in to subscribe to BudoBaaje's postings.
Posted on 08-18-09 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
असाराँ माइत मुन्टेकी तीमेर्की बुढीबजै अहिले सम्म अन्मरिएकी हैन । ज्यान एक्लो भए पछी त निदरी ले पनि छुन्न भन्या । क्यार्ने हो ? अब सधैं जस्तो त्यही सिलेमा मा निलो कालो रङ मिसाएर हेरी बस्ने कार्जेकरम् बनाए । " बिदेशी प्रभु को जय " " बिदेशी प्रभु को जय " उफ ! पुल्टिसे पदम आइपुग्यो बाहिर बाटा मा सधैं जस्तो । " तेस्को बाउ को ज्वानो को झोल पनि कत्ती धोक्न सक्या हो भन्या?" कन्पारो तात्यो मेरो । नतातोस पनि कसरी ? दस दुनियाँ कत्ता कत्ता के के जाती धोकेर हल्ला गर्ने बेला मा चै मेरै घर अगाडि आँखादा बनाउछ । यस्सो झ्याल बाट हेर्या मोरो त बर्बराउदै ढल्मलिदै त्यही पो बजारीयो । कत्ती बेर हेरे उठ्दैन त ! जानु पर्यो हेर्नु पर्यो " घिच्नु नि त्यस्को बाउ को झोल पच्ने गरेर ! मर्न लाई चै मेरै घर देखे छ मोरो ले । " कराउदै निक्ले म । यता चलाए उत्ता चलाए बोलाए । सुन्दैन बोल्दाइन । केही बेर सोचे । मोरो लाई घिसर्दै घर पछाडि को गाई को गोठ् मा लगेर सुताइ दिए । गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा मोरो को माया लागेर आयो अनी फेरी आफु त ठुलो मन भाको मान्छे है माया लागेर त्यस्को पकेटाँ ५० रुप्पे दाम राखेर आए र सुते । भोली पल्ट पनि त्यही भयो। आयो मोरो , लड्यो त्यही ,फेरी माया लाग्यो गोथाँ लगेर सुताइदिये अनी फेरी ५० रुप्पे दाम छोडिदिये त्यो लठ्ठक् को पकेटाँ । अर्को दिन पनि आयो , करायो , त्यही अगाडि लड्यो , फेरी उठाए , लगेर सुताइदिये अनी ५० रुप्पे दाम रखिदिये । माया लाग्छ क्यार्ने हो र ? यसरी नै धेरै रात हरु बिते । अनी त्यस्पछी अर्को राती उ फेरी आयो ,तर अचम्म बाए ! कराएन , लडेन , सरासरि आफ्नो घर तिर गयो । भोलि पल्ट आर्को दिन पनि त्यही भो के रे । मोरो ढुल्मुल नगरि सरासरि हिड्छ कराउन्न पनि अनी लड्ने पनि कुरै भएन क्यारे । मलाई त साह्रै खुल्दुली भयो गाठ्ठे । लौ भएन नसोधी भएन । किन आज्काल त्यस्तो भाको ? बोलाएरै सोधे । " होइन ओइ पुल्टिसे पदम ! किन हो आज्काल , न त कराउछस न त लड्छस , भलाद्मी पो भैचस् त बाए !" " हो बाज्या त्यसइ भान्नु पारो ! मु त आज्काल भालाद्मी पो भाको छ् त " फेरी भन्यो " बाज्या मुइले त सप्पुइ जार राक्सी छोर्यो नि । केही पोनी खाने नाइ आबु त ! " म त अचम्मै मा परे नि भन्या । यस्तो अंमली ले त्यसरी एक्कै बाजी मा कसरी छोड्न सकेछ ह गाठ्थे । अनी सोधे " किन छोड्या त त्यस्तो जाड रक्सी नभै नहुने मान्छे ले " " आबु मु के भानु बाज्या ! रात भरी जार खायो है ! तर बिहान बिहान चै यो कन्नो असाध्यै दुखने भन्या ! " पुल्टिसे पदम चाक मुसार्दै थियो ।
|
|
|
|
harikancha
Please log in to subscribe to harikancha's postings.
Posted on 08-18-09 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाजे तिमी त खराब मान्छे पो रहेछौ!!!
|
|
|
BudoBaaje
Please log in to subscribe to BudoBaaje's postings.
Posted on 08-19-09 12:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्या भुरो ले बुझ्यो कि के हो ? तुर्किस्तानाँ मा झिङटा नभका भुरा हरु ले चै बुझे पनि न बुझे जस्तो गर्द्याओ न हो । ब्यान्ड गर्छन् के मलाई फेरी ब्यान्ड । सप्पुइ तिर ब्यान्ड हुँदै हुँदै यता तिर आको हो । फेरी कतै जाने ठाउँ नि बाँकी छैन हो ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-19-09 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-19-09 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई पनि कौतुहुल लाग्यो है बाजे। कतै त्यो गोठा गोरुले त बिताएन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-19-09 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा << किन अलिबेर अल्मलिया हो बाजे कुरा प्रष्ट पार्नु परो कतै गोठा गा बेला भनेर गोठ सफा गरेर त बसेनौ बाजे तिमी
|
|
|
BudoBaaje
Please log in to subscribe to BudoBaaje's postings.
Posted on 08-19-09 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो चै बुझेन छन राम्रै भो । गाई गोरु भैंसी त सप्पुइ मुखिया बा कै घरां छन नि । अम्रिका आउने बेलाँ बेचिहालियो नि कहाँ बाट के खाएर हुन्थे गोठाँ?
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-19-09 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा बाजे हरेक पटक पचास् रुपैआ दाम खोल्ती मा हाल्ने चै हजुर अनी गाईबस्तु चै अंरिक आउन साहु कहाँ। यो कुरा चै हजम भएन। ल खोल्ती को हज्मोला दिनु त मलाई।
Last edited: 19-Aug-09 10:59 AM
|
|
|
बैरागिकाइलो
Please log in to subscribe to बैरागिकाइलो's postings.
Posted on 08-19-09 8:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो को चुरो चाँही के हो भने एउटा खल्तिमा पचास राख्ने अर्को खल्ती बाट viagra लिने ।
|
|