[Show all top banners]

lakhe

More by lakhe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Reward to the cop for good works
[VIEWED 3500 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-09 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'इन्काउन्टर' गर्ने एसपीको सरुवासँगै तस्करको चलखेल

smaller text tool iconmedium text tool iconlarger text tool icon

लहान, साउन १३(नागरिक)- जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रमेश खरेलको सरुवा भएपछि तस्करहरुको चलखेल पुनः सुरु भएको छ। दस महिना अगाडि प्रहरी उपरीक्षक खरेल सिरहा सरुवा भएर आएपछि सीमा क्षेत्रमा हुने गरेको तस्करीमा अत्यधिक कडाई अपनाउँदा तस्करहरु सिरहाबाट अन्यत्र जिल्ला पलायन भएका राष्ट्रिय समाचार समितिले जनाएको छ। 
राससका अनुसार यस अवधिमा चोरी पैठारीमा कडाई गरेपछि तस्करी नियन्त्रण हुनुको साथै भन्सार राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको थियो। सो समयमा उठेको राजस्वको प्रतिशतको हिसावले हेर्ने हो भने नेपालमा सबैभन्दा बढी ३०० प्रतिशत राजस्व उठेको राससले जनाएको छ।

जसअनुसार प्रहरीले दस महिनामा दुई करोडभन्दा बढीको भारतीय सामान पक्राउ गरी भन्सारलाई बुझाएको रेकर्डमा उल्लेख छ। खरेल सिराहामा रहेकै बेला साउनको पहिलो साता सशस्त्र मधेशी मोर्चाका चार उपल्ला नेताहरुको 'इन्काउन्टर' मा हत्या भएको थियो।

२६ असोज २०६५ देखि सिराहा प्रहरी प्रमुखका रूपमा कार्यरत खरेललाई प्रहरी प्रधान कार्यालयले साउन ८ गते काठमाडौंमा काज सरुवा गरी उनको स्थानमा सुरक्षा महाशाखाका एसपी सुरज केसीलाई पठाएको हो। 

भूमिगत मधेस राष्ट्र जनतान्त्रिक पार्टी (क्रान्तिकारी) का अध्यक्ष सन्देश भन्ने रामनारायण महतोको भिडन्तका क्रममा प्रहरीको गोली लागी मृत्यु भएपछि मधेसवादी पार्टीहरूले खरेललाई हटाउन अभियान थालेको कान्तिपुर दैनिकले गत साता समाचार लेखेको थियो।

सीमा तस्करी रोक्ने, दलको अनावश्यक दबाब नमान्ने, सशस्त्र भूमिगत गतिविधिप्रति कठोर देखिँदै आएका खरेललाई स्थानीय राजनीतिक दलहरूले पनि सघाइरहेका थिए। तर, केही सभासद र तराईमूलका मन्त्रीको दबाबमा उनलाई हटाइएको कान्तिपुरले उल्लेख गरेको थियो। एसपी खरेलले कान्तिपुरसँग भनेका थिए, 'मेलै कार्यभार थालेपछि चोरी पैठारी र तस्करीका सामान समातेर राजस्व मात्रै तीन सय ३३ प्रतिशत बढाएको थिएँ ।'

उनको कार्यकालमा राजनीतिक पार्टीका नाममा आपराधिक कार्य गर्ने सशस्त्र भूमिगत समूहका झन्डै एक दर्जनको भिडन्तका क्रममा मृत्यु भएको थियो ।खरेलले राजनीतिक दलका नेताले गैरकानुनी रूपमा चढ्ने चोरीका गाडीहरू बरामद गरी भन्सारमा बुझाएका थिए ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters