"येतिखेर तिमी बाहिर जान सक्दैनौ।" मिन्जोले भन्यो।
"किन जान सक्दिन? म दिनभरिको वर्कशपले थाकेको छु। एक्छिन ताजा हावा खान चाहन्छु। १० मिनेट मात्र येसो नजिकै हिंडेर आँउछु।" मैले भने।
"सरी, म तिमीलाइ अहिले बाहिर जान दिन सक्दिन। मेरो कर्तब्य तिम्रो सुरछ्या गर्नु हो। यो ठाँउमा ७ बजेपछि बाहिर हिंड्न तिमी बिदेशी भएकोले मिल्दैन।"
"बिदेशी मान्छे होइनन् ? मेजर मिन्जो, मलाइ एक्दम ताजा हावा चाहिएको छ। म दिनभरिको ट्रेनिङ् र प्रिजेन्टसनले स्ट्रेस आउट भएकी छु। भोलि पनि बिहान देखि बेलुकि सम्म म आफै फसिलिटेट गर्दैछु। मैले बाहिर निस्किन पाँउदिन। बेलुकि ६ बजे पछि पनि डिनर मिटिङ् र अौपचारिक्ताहरुले मलाइ हावा खाने फुर्सद् हुँदैन। फेरि भोलि बेलुकि त पर्सि बिहान हिड्ने कारणले पनि फेरि प्याकिङ् गर्नु पर्छ। पर्सिको यात्रा पनि ६ घन्टाको छ। प्लिज, म एकै छिन बाहिर गएर आँउछु नि अहिले।" मैले अनुरोध गरे।
"तेसो भए म पनि तिमी सङ जानुपर्छ।" रुखो उत्तर आयो मिन्जोको।
"म एक्लै जान चाहन्छु ।तिमी आउनु पर्दैन । म आफ्नो केयर आफै गर्न सक्छु।"
"तेसो भए खुरुक्क गएर सुत।" मिन्जो रिसायो।
"तिमी किन मलाइ बिस्वास गर्दैनौ, मेजर मिन्जो? एक छिनको लागि मलाइ एक्लै हुन देउ। म तिमी हर घडि मेरो पछि लागेको देखेर वाक्क भैसके। म सानो बच्चा होइन। एकछिन जान देउ प्लिज।"
"मलाइ तिम्रो पछि लाग्ने इछ्या छैन, मिस CL । तर म तिम्रो सुरछ्याको लागि खटेको छु। तेसैले तिमी जहाँ जान्छौ म पनि सङै आउनु पर्छ। यो मेरो रहर होइन, बाध्यता हो।"
होटेलको लबिमा अहिले हामी दुइ बाहेक अरु कोहि थिएन। म मजर मिन्जोलाइ ३० मिनेटदेखि अनुरोध गरिरहेकि थिए evening walk को लागि। तर उ मलाइ एक्लै जान दिरहेको थिएन। अति नै भएपछि मेरो मुखबाट अचानक शब्दहरु निस्के।
"तिमी सुरछ्या होइन, मेरो जासुसीको लागी खटाइएको हौ, मेजर मिन्जो। झुट किन बोल्छौ?" मैले रिसले केहि सोच्न सकिन।
एकछिन उ मेरो मुखमा हेरि रह्यो र प्रतिक्रिया जनायो।
"तिमीलाइ थाहा छ कि छैन, तिम्रो येस्तो कुराको परिणाम के हुन सक्छ भनेर? तिमीलाइ भोलि नै तिम्रो देशमा फर्काइ दिन सक्छौ हामी। तिमीले बोल्नु अघि धेरै सोच्नु पर्छ यो देशमा। के तिमीलाइ यो सबै कुराको जानकारी दिइएको छैन?"
"तिम्रो तानाशाही सरकारले तिमीलाइ त्यो पनि सिकाएको छ। कसरि अरुलाइ threat गरेर राख्ने भनेर। कति समर्थन गर्छौ येस्तो रोगी सरकारको? तिमी जवान छौ, शिछित छौ, जोश र जाँगर छ। तिम्रो देशको जनताहरु यो आर्मी शासनले पिडित छन्, उनिहरुको आवाजलाइ दबाइेको छ। संचार माध्यमलाइ लगाम लगाइेको छ। बिस्व सङ तिम्रो देशलाइ अलग्याइेको छ। प्रजातन्त्रकी देविलाइ बर्सौंदेखि house arrest गरिएको छ। तिमी अझै सामन्तीहरुको सेवा गरिरहेको छौ।" बेलगाम बिचारहरु पोखिए उस्को अगाडि।
"CL" उ रातो भयो अलि संयमित हुदैं भन्यो।" मलाइ lecture दिनु अघि के सोच भने मलाइ पनि कतै बाट निगरानी गरिरहेको हुन्छ येहाँ। तिमी त जान्छौ तिम्रो देशमा तर मलाइ कार्बाही हुनेछ। तिमीसङ म दुइहप्ता देखि सङै हिंडीरहेको छु। तिमी धेरै साहसी छौ, तिमीमा आत्मबिस्वास छ, तिमी भित्र केही गर्ने भावना छ। मानब अधिकारको पनि वकालत गर्दै हिंड्छौ। तर तिमीलाइ थाहा छैन, मेरो जस्तो देशमा जन्म्यौ भने तिम्रो आवाज कसरी सुक्नेछ भनेर। तिमीलाइ म धेरै इज्जत गर्छु र तिम्रो कामलाइ पनि। मेरो कामलाइ पनि तिमी इज्जत गर भन्ने आशा गर्छु।"
"सरी, मिन्जो। तर तिमीले अहिले मलाइ १० मिनेटको लागी बाहिर एक्लै जान दिंदा तिम्रो के बिग्रिन्छ भन त? मैले के नै गर्न सक्छु र येहाँ?" मैले आफ्नो स्वर अलि नरम बनाएँ ।
"मेरो कुरा पनि मान न त। तिमीलाइ कसैले एक्लै देख्यो भने म आफ्नो कर्तब्यबाट पन्छेर हिंडेको जस्तो देखिन्छ। मैले भने नि अघि, मेरो पनि गोप्य रुपमा जासुसी भैरहेको हुन्छ। तिम्रो कारण मेरो जागिर जान सक्छ अथवा मलाइ जेलमा पठाउन सक्छ। म पनि तिमी सङै आँउछु, बरु तिमी अघि अघि हिंड्नु म तिम्रो पछि पछि हिंडुला।"
मिन्जोको कुरा पनि सही थियो। मैले उस्लाइ समस्या पार्ने काम गर्नै हुदैनथ्यो। दुइ हप्ता देखी उ म सङै यो field trip मा थ्यो। मैले के खाना मन पराउँछ देखि बिहान अबेर उठ्ने बानी सम्म थाहा थियो। तर उ म सङ चाहिने भन्दा धेरै केही बोल्दैन थियो। उमेर कलिलो नै थियो। कस्तो छिटो प्रमोसन भाको रैछ। कहिले पनि उस्ले आफ्नो घर र परिबारको कुरा चाही गर्दैन थियो। एकदम 'रिजर्व' बस्दो रैछ। अघि बढि बोलेको कुरा महसुस गर्दै मैले फेरि कुरा गर्न सुरु गरें।
"मिन्जो, के तिमीले मलाइ माफ गर्यौ? मैले अघि बोलेको कुराहरु मैले फिर्ता लिसके नि। अब त म तिमी सङ कुरा गर्न सक्छु?"
"तिमीले जे भन्यौ ती कुराहरु ठिक थिए। तर मेरो देशको सन्दर्भमा तिम्रो भाषनको केहि अर्थ थिएन। मैले बिर्सि सके तिमीले भनेका कुराहरु। प्लिज, तेस्ता कुराहरु कहिले पनि सार्बजनिक ठाँउहरुमा नगर्नु। तिमीलाइ खतरा हुन सक्छ। हाम्रो देशमा केही बिदेशीहरु पनि राजनितिक मुद्दामा थुनिएका छन्।"
"तिम्रो काम पनि कस्तो गार्हो है, मिन्जो? धेरै रिस्क पनि रहेछ। बिदेशीको हरेक ब्यबहारको निगरानी राख्नु पर्ने अनि तिमीलाइ पनि अरुले हेरिरहेको हुने।"
"तिम्रो जस्तो गारो छैन। घर, परिवार र देश नैं छोडेर बिदेशमा जोखिम लिएर काम गर्नु पर्ने। म येहि काममा खुशी छु। At least म मेरो देशमा त छु।" अहिले चाँही उस्ले मलाइ satire हान्यो मज्जाले।
"म मेरो देशको लागी मात्र सोचेर हिंड्दिन, संसारको अरु देशहरुमा पनि मैले धेरै काम गर्नुछ। केही सिक्नुछ र सिकाउनु पनि छ। अहिले globalisation को समय छ। हामीहरु देश भन्दा माथी उठेर सोच्ने बेला छ" मैले justify गर्न थाँले।
"अबसरको कुरा छ, पैसाको कुरा छ, सुबिधाको कुरा छ नि तिम्रो काममा। तर............" मिन्जो रोकियो।
"तर.................। के मिन्जो?"
"तर खोइ, तिम्रो कोहि छैन त येहाँ? सधै तिमी एसरी नैं एकलकाट्टे भएर हिंड्ने हो? तिम्रो घर खोइ? माया गर्ने साथी खोइ? घरमा पाकेको खानाको मिठो स्वाद खोइ? परिबार खोइ?" मिन्जो को प्रश्नले बिझायो मलाइ।
"हेर मिन्जो, अहिलेको मेरो समय भनेको जिन्दगीमा केही गर्ने हो । मेरो मात्र होइन जसले पाउनु पर्ने मानब अधिकार गुमाएका छन् उनिहरुको आवाजलाइ थप प्रोत्साहन दिनु हो। उनिहरुको आवाजलाइ उपयुक्त ठाँउमा पुर्याएर आबश्यक्ताहरु पुरा गर्नु हो। समय हुँदैं गयेपछि माया, घर, परिवार भन्या कुरा आफै भै हाल्छ नि। ती के ठुला कुरा हुन् र? सबैको जस्तै एकोहोरो जिबन पनि रमाइलो हुँदैन नि। अलिकति फरक अलिकति 'च्यालेन्जिङ्' हुनु पर्छ के life भनेको"। तिमी पिर नगर मेरो जिबनको। तिम्रो नि?" मैले हार्न जानेको छैन कुरामा। मनमा त उसको प्रश्न गढेकै हो।
"येहि कुरा मन पर्छ मलाइ तिम्रो। तिमी कहिले surrender गर्दैनौ जिबनमा। कहिलेकाहीं तिमीलाइ यो जिद्दिपनले पछि दुखी त बनाउदैन भन्ने डर लाग्छ। तिमी जस्तो स्वभिमानी केटी केहिसङ पनि झुक्न हुँदैन।"
"तर जिन्दगीको बाटोमा मैले सम्झौता गर्न पनि सिकेकी छु। अहिले पनि मलाइ एक्लै आउन मन थियो नि। तर तिमीसङै आउनु पर्यो। अनि मैले तिमी सङ माफी पनि त मागे नि। तिमीलाइ म अझै जिद्दि लाग्छ?"
"कहिलेकांही"। एकछिन सोचेर फेरि बोल्यो उ।"CL के म तिमीलाइ एउटा कुरा सोध्न सक्छु।"
" के? सोध न। किन त्यो पनि सोध्न सक्छु भन्नु पर्ने।"
"अघि तिमीले प्रजातन्त्रको कुरा गर्यौ नि?"
"अनि के भो त? त्यो त मैले रिसको झोंकमा के के भनें। तिमीले अझै मनमा लिरहेको छौ?"
"होइन, होइन। मैले तेसो भनेको होइन। मैले जन्मेदेखि मेरो देशमा प्रजातन्त्र देखेको छैन। सबै जना भित्र भित्र प्रजातन्त्र चाहिन्छ भन्छन्। तर मलाइ प्रजान्त्रको बारेमा तेती राम्रो थाहा छैन।"
"तेसैले त अहिले तिम्रो तानाशाही सरकारले आफु मात्र धन जम्मा गर्दै तिम्रो देशमा निंरंकुश शासन चलाइ रहेको छ। तिमीहरु जस्तो नयाँ जेनेरेसनले नै तेसो भने पछि कसरि आँउछ प्रजातन्त्र तिम्रो देशमा?" मलाइ पनि धेरै बोल्ने रोग लागेछ।
"तिमीले प्रजातन्त्र देखेकी छौ?" मिन्जोले सोध्यो।
"छु नि।" मैले केही भन्न नपाउंदै उस्ले सोध्यो।
"तिम्रो देशमा प्रजातन्त्र छ?"
"छ नि।"
"तिम्रो देशको प्रजातन्त्र कस्तो छ, CL?"
कस्तो गहिरो प्रश्न गर्यो मिन्जोले। मेरो देशको प्रजातन्त्रबारे के भनुँ म? म आफैले बुझ्न सक्या छैन। तेत्रो बेरदेखि लगाएको धाक अब खेर जाने भो मेरो। त्यो पनि यो मेजरको अगाडी। मैले केही नसुनेको जस्तो गरेर " धेरै राती भयो अब फर्कुँ" भनेर छिटो छिटो उस्को अघि लागें। म सङ उसको प्रश्नको जवाफ थिएन। तपाइसङ छ कि ? मैले त उत्तर भेट्टाइन।
Last edited: 06-Jan-08 08:19 PM