िट्रक target=_blank>http://www.kantipuronline.com/kolnepalinews.php?&nid=112450
िट्रक मे कितनी सारे बफेलोज्’
हामी नारायणघाट हुँदै काठमाडौं लाग्यौं । बसमा बाटो काट्न हाँसी मजाक गरिरहेका थियौं । नेपाल बन्द हुने, नहुने अनिश्चित थियो । यात्रु थरीथरीका थिए- कोही देशी, कोही विदेशी । कोही पशुपतिनाथ जान हिंडेका, कोही स्वयम्भू दर्शन गर्न त कोही इष्टमित्र भेट्न आतुर थिए ।
हाम्राे बस तेज गतिमा हुइँकिरहेको थियो । हामी अगाडि ठूलो ट्रक थियो । हाम्रो बसकी एक बालिकाले अचम्मित हुँदै भनिन्- 'ममीजी, पापाजी, देखिए ट्रकमे कितनी सारे बफेलोज् ।' गाडीमा कुरा गर्नेहरू र उँघ्ने यात्रीले चङ्खे भएर ती भारतीय बालिका र ट्रकमा भरिएका भैंसीका पाडालाई हेरे । 'ममी देखो उसका नाक से खुन बह राहा हैं । देखिए, देखिएन वो बफेलो रो रहा हैं ।' ममीजी चुपचाप बसिरहिन् । पापाजीले पनि के भन्नु ? 'ठीक से नही बैठा हैं, कहना नही मान रही हैं न इसलिए मार पड रही है'ं, अबोध बालिका केही बुझ्न नसकी बाबाबाट आमाको काखमा सरेर मलिनो मुख गरेर बसिन् ।
पंक्तिबद्ध उभिन नसकेका पाडालाई लौरो पिटीपिटी सीधा उभाउन कोसिसमा लागेका खलासी दाइ हैरान र थलिसकेका थिए । नाकमा नत्थी बाँधेर ट्रकको माथिल्लो भागमा घाँटी तनक्क तानेर बाँधिएको 'रसी' घाँटीको दाम्लोलाई पनि एकै साथमा जोल्टाएर
बाँधेपछि पाडालाई ट्रकमा कोचिएको थियो । तिनीहरू काठमाडौंको यात्रामा थिए, हामीहरू झैं ।
पाडाहरू सावधान स्थितिमा उभिन कोसिस गरिरहेका थिए तर उकालो, घुमाउरो भएकाले समस्या परेको थियो । ट्रकमा पहिलोपटक चढेकाले डराएर सीधा उभिन सकेका थिएनन् । त्यसमध्ये सानो पाडो पुच्छर उठाइ-उठाइ मोई-मोई -आमा-आमा) भन्दै झिनो स्वरमा कराइरहेको थियो । अति आत्तिएको, ठूलठूलो आँखा गर्दै पल्र्याक्क र पुर्लुक्क घुमाउँदै आमा खोज्दै थियो होला ! सायद ऊ सोधिरहेको थियो- कहाँ जाने होला ? ट्रकमा हाल्नु अघिमात्र कान्छा पाडाको नाकमा प्वाल पारी बधनी हालेको थियो, रगतको धारा अझै बगिरहेको थियो, आँखाबाट अविरल आँसुका धारा बगेझैं । प्वला पारेको नाक धेरै दुखेको थियो होला । हाम्राे बसले हर्न बजायो । जाऊ भन्ने संकेत पाएपछि हाम्राे बस अघि बढ्न लाग्यो । बसको हर्नको आवाजले सबै पाडा डराएर यताउता भाग्न, चल्न लागे । खलासी दाइले ती पाडालाई सक्दो बल लगाएर लौराले टाउकोमा भर्खर उम्रन लागेको सिङ, पुच्छर, खुट्टामा रक्ताम्मै हुन्जेल पिट्न र निमोठ्न लागेको देखेर ती भारतीय बालिकाकी आमाले भनिन्- 'भैया क्यों माररहे
हो ?' निर्माेही खलासीले ङच्िच हाँस्दै भने- हो हो
आजै मार्ने हो ।
बस मलेखुको स्टाफ रेस्टुरेन्ट अगाडि रोकियो । चिया, पानी र भोजनका लागि एकछिन पछि घ्यारघ्यार गर्दै अरू बस, ट्रक र जिपको पछिपछि त्यो ट्रक आइपुग्यो । पाडालाई पानी पिलाउ भन्ने हुकुम दिएर ट्रक चालक भोजन गर्न स्टाफ रेस्टुरेन्टतिर लागे । ट्रकको आधा ढाला खोल्नेबित्तिकै कान्छो पाडो पुर्लुङ्ग पल्टियो । आँखा ट्वाल्लै पार्यो, नाकको बधनीमा रगतको धारा, आँखाबाट बगेका आँसुका धारा, मुखमा फिँज या बिहान छुट्टनिुअघि आमाको थुनबाट अन्तिम बार पेटभरि चुसेको दूध पागुर -ओकली) भोकलाग्दा खाने कोसिस गरेको थियो कि ? लौरोले हिर्काउँदै हिर्काउँदै पुच्छर निमोठेर, बधनी तानेर उठाउन कोसिस गर्दै थियो, निर्माेही खलासी । कान्छो पाडोले पानी पिउन पटक्कै मानेन ।
बस चालकले भोजन गरेपछि चालक सिटमा बस्दै सुप, चिनी र सुपारी चपाउँदै हर्न बजायो अनि सोध्यो- 'भाइ के भयो ?' उसको छोटो जवाफ थियो- मरेछ । मैले बसको झ्यालबाट टाउको निकालेर कान्छो पाडोलाई हेर्ने कोसिस गरेँ, तर सकिन । ट्रकमा लेखिएको अक्ष्ार भने पढेँ- 'भजन गाउने मुखभन्दा सुसार गर्ने हात पवित्र हुन्छ ।' मैले खलासी दाइले सुसार गरेको हातको अड्कल लगाउन सकिन । मानव अधिकारका लागि संघर्षरत संघ-संस्था क्रियाशील
भए जस्तै पशुअधिकार रक्ष्ााका लागि काम गर्ने समय
आएन र ?
- लीला राना
कावासोती, नवलपरासी