[Show all top banners]

kp dhungana
Replies to this thread:

More by kp dhungana
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उद्योगीलाइ जनताले लोप्पा ख्वाए
[VIEWED 3941 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-06 4:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरकारलाइ तर्साउनका लागि अदालतको आदेशको अवज्ञागर्दै आम हड्ताल गर्न पुगेको उद्योगि व्यवसायिहरु आखिर फ्लप भएका छन् । उनीहरुले राजनीतिक दलले आव्हान गरेको आम हड्तालको प्रभाव देखेर उनीहरुले आन्दोलनको घोषणा गरिहाले तर, राष्ट्रको अरावौ ऋण नतिरेर मोटाएका ब्यपारिले घोषणा गरेको आन्दोलन राजनीतिक दल र विद्यार्थी संगठनको जस्तै प्रभाव कहां पर्थ्यो र ।

सधै राजनीतिक दलको आन्दोलन हेर्नेगरिन्थ्यो आज व्यापारिको पनि कस्तो रहेछ भनेर हेर्न मन लाग्यो । चुच्चेपाटी सडकमा आएको सडक त बाक्लै रहेछ । प्राय यातायातका सबै साधन चलेका थिए अनी पसलहरुपनि प्राय खुलेका नै थिए । सायद अलि टाढाको भएर होला भनेर चावलिह चोक पुगे त्यहाको दृष्य पनि उस्तै थियो । भएन अब मुल व्यापारिक थलोमा नै जानु पर्यो भनेर पुतलि सडक आएको त्यहाको माहौल पनि उस्तै नै थियो । सडकमा सवारीसाधनको चाप नै थियो अनी पसलका सटरहरु पनि खुल्ला नै थियो ।

एकैछिनमा सडकमा उम्भिएको ट्राफिक केही सक्रिय भए् गाडिहरु रोक्न थाले । के भयो भन्ने जिज्ञासा लागेर एउटालाइ सोधेको व्यापारिको जुलुश आउंदै छ रे । लौ जुलुश पनि हेरौ भनेर बसे केही छिन । करिव १० मिनेटमा प्रहरी भ्यान आयो । भ्यानको पछाडि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल सहित करिव २० जनाको समुह थियो । जुलुश त्यही रहेछ । उनीहरु सडकमा चलेका सवारीको चापको विचमा बन्दको आब्हान गर्दै हिडिरहेका थिए । विचार कम्ति निरीह देखिएका थिएनन् त्यो बेलामा ।

ब्यापारिको बन्द किन असफल भयो त - यो विचरणिय पक्ष हो । उनीहरुले माआवादीको चन्दा आतंक लगायतका केही विषय उठाएर आन्दोलनको घोषणा गरेका भएपनि वास्तवमा राज्य आफ्नो डुवेको ऋण उठाउन सक्रिय रहेको बेलामा राज्यलाइ असहयोग गर्न आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले यसका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसंग पनि भेट गरेका थिए । तर, सहमति हुन सकेकन ।

सहमति कसरी गर्ने । उनीहरु राज्यको पैसा डुवाएर बनेका कथित व्यापारी न ठहरिय । उद्योग बाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले करिव एक अर्व ऋण तिरेका छैनन् । तयारी पोशाकका व्यापारीका रुपमा चिनिएका ढकालको अमेरिकामा पेट्रोल पम्प रहेको खुलासा भइसकेको छ । आफ्नो देशसंग ऋण लिएर अर्को देशमा गएर व्यापार गर्ने तर ऋण नतिर्ने ढकाल नै उद्योगिको नेता बनेर सडमा आन्दोलनमा उम्भिएपछि कस्को के लाग्छ र ।

उनी मात्र हो र नेपालमा गनेचुनिएका जत्तिपनि ब्यापारी छन् उनीहरु ब्यापार गरेर मात्र टिकेका छैनन यहां । अधिकांशको व्यापार भनेको उद्योग खोल्ने, वाणिज्य बैंकवाट ऋण लिने अनी ऋण नतिरेन् उनीहरुको सबैभन्दा राम्रो धन्दा हो ।
Souece : www.hamroblog.com
 
Posted on 10-17-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६ आना सहमत!

चण्डी ढकाल भनाउदो एन आर एन को सम्मेलनमा आउँदा स्वदेसमा लगानी गर्न पर्छ भनेर ठुल्ठुला स्वरले करा'थ्यो। अनि त्यही मान्छेले अरबौंको नेपाली पैसा फसा'को भन्नी सुन्दा मलाई खुब टीठ लाग्या थ्यो। यसचोटी जनताले ठीक गरिदिए जस्तो लाग्छ। अब मेडिया र जनताले मिलेर झन उठिबास गराइदिनु पर्छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
TPS extension Petition!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
KP Oli and Nepali Political Corruption
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters