'फेरि सरकारको नेतृत्वका निम्ती तयार छु'
भूतपूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले देशका राजनीतिक स्थितिमा सुधार ल्याउनका लागि कुनै अन्तरीम स्वरुपको सरकारको अध्यक्षता गर्न आफू तयार रहेको बताउनुभएको छ।
बीबीसी नेपाली सेवासंगको विशेष अन्तर्वार्ताका क्रममा श्री भट्टराईले शासन आफ्नो हातमा लिने राजाको कदम गलत भएको र आफू त्यसको विपक्षमा रहेको पनि बताउनु भयो।
बीबीसी नेपाली सेवाका काठमाण्डौं सम्वाददाता शुशिल शर्माले नेपालमा सम्बैधानिक राजा सकृय भएका बेला तपाईं जस्तो नेता किन निष्कृय भनेर सोध्दा श्री भट्टराईले भन्नुभयो, "कृयाशिलता भनेको केवल उफ्रनु, कराउनु मात्रै होइन। म आफ्नो हिसाबले अत्यन्त नै सकृय छु जस्तो मलाइ लाग्दछ। म निष्कृय चाहिं छैन।"
श्री भट्टराईले देशको शासनभार उहांकै शब्दमा राजाले "टेकओभर" गर्नु हुंदैन भन्नुभयो।
उहांले विगत १४ बर्षको क्रममा नेताहरूले देश विगारे भन्ने कुरासंग आफू सहमत नभएको बताउंदै देशमा जनताले चाहे जस्तो परिवर्तन छिटै नहुने र गरीबी उन्मूलन, भ्रष्टाचार निवारण जस्ता कार्यका लागि समय लाग्ने बताउनु भयो।
यस्तो कुरा जनताले नबुझेर मात्रै निराशा छाएको उहांको भनाइ थियो।
उहांले टुक्रिएको नेपाली कांग्रेस पार्टी छिटो भन्दा छिटो फेरि जुटेको हेर्न चाहेको र गिरिजा प्रसाद कोइरालाले पनि यस्तै कुरा चाहेको आफूलाई लागेको बताउनु भयो।
उहांले भन्नु भयो "म पार्टीको एकिकरणका बारेमा कुरा गर्न सदैब तयार छु।"
श्री भट्टराईले नेपालमा राजसंस्थाको औचित्य कायमै रहेको र कमसेकम आगामी पचास वर्षसम्म त्यसको महत्व कम नहुने विचार व्यक्त गर्नुभयो। तर जनताको हित गर्ने राजतन्त्र मात्र टिक्न सक्ने उहांको भनाइ थियो।
http://www.bbc.co.uk/nepali/news/story/2005/03/050316_krishnaprasadiv.shtml
I don't blame to K. Bhattrai's enthusiasm eventhough he cannot walk and talk properly. However, I do blame to journalists who are obsessed with old leaders. One of the reason why mother Nepal is undergoing this trauma of violent conflict is partially credited to journalists too. Any comments.