Bijaya Malla ko yaad sanga sangai malai BHAIRAB ARYAL ko yaad aayo:
मागेर खाने देखि मत्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकार छ
टोपिको चुच्चो देखि जुत्ताको टुप्पोसम्म सम्पूर्ण पारदर्शक आवरणमा सुरक्षित उसको छाती र तिघ्राको सुडोल्पनले हामी जोसुकैको अङगमा पनि घरी-घरी अन्तरइन्द्रियगामी जेट उडाइदिन्थ्यो
नेपालको नाइटैबाट जन्मेको कान्तिपुरे काजी भनेपछी त कुरै खल्लास
नामर्दको ओखती पो नमर्दै हुन्छ त, मर्दको ओखती मर्दा भोलिपल्टसम्म गरे हुन्छ बाबै
आखिर बेकार भए पनि म एउटा कार हुँ, लुरे भए पनि विरजातिको आकार हुँ
हुन त नामका लागि एउटा काम गर्नु भन्दा नामका लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो।
कुरो राम्रो, विश्वानाथ बाबालाई सधैं भेटिमात्र कति चडाउनु त, कैलेकाहीँ केटी पनि चडाइदिनै पर्छ।
असार-साउनको माटो, बाइरोडको बाटो। ड्राइभर रम ले रन्न, ट्रक यात्रुले टन्न।
तिर्थ जानेलाई केको डर ? बाँचे वारानसी मरे अमरावती।
आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड "सब्जी" खान छाडेर टुकुचामा पखालेको डुकुचा को केलाइरहोस्।
के तिम्रो-हाम्रो वीरता खलङगामा लड्ने नेपालीको वीरता हो र? त्यसो भए त तिमीलाई देशको माया हुन्थ्यो, उतै घोटिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो गुर्खा" को वीरता, जसले जसले देशमा एउटा काम गर्नु भन्दा बिदेशमा सत्रोटालाई सलाम गर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरुको निम्ती रगत दिन जान्यो । तिमी त्यो कुँवर-कुलको कमानमा दिक्षित नेपाली जसले तन्नेरीको तन, तरुनिको मन सबको दर्भाउ बसायो, धन कमायो, कयौं बैंक जमायो । कुरो बुझ्यौँ?