आजको अनुभवले के देखियो भने अबको १२ घण्टाभित्र हामीले कमसेकम अर्को १० हजारले भोट नबढाउने हो भने भारतीय साथीहरुले हामीलाई पछाडि पारिदिनेछन्। भारतमा फेसबुक प्रयोगगकर्ताहरुको सन्सारमै दोस्रो ठूलो संख्या छ -- चार करोड भन्दा बढी, जुन हाम्रो सिंगो जनसंख्या भन्दा बढी हुन आउंछ।
तर हामीले प्रशान्त तामांगलाई पनि भोटै हालेर जिताएको हो भने यस्तो राम्रो परोपकारी कामका लागि नेपाललाई जिताउने उर्जा र क्षमता हामीमा नहुने कुरै भएन। बेलाबेलामा उनीहरूले अत्यास लाग्ने गरेर भोट संख्या बढाउंदा रहेछन् तर हार मान्न नहुने रहेछ।
सन्सारभरका नेपालीहरूसंग हाम्रो आग्रह: यो नेपालको प्रतिश्ठा संगसंगै गाउंका विपन्नहरूको स्कूल, पुस्तकालय र सिटामोलको प्रश्न हो। त्यसैले मतदान बन्द नभएस्म अर्थात अर्को ६० घण्टासम्म तपाईंहरूको सहयोगको हामीलाई सख्त खांचो छ।
फेसबुक भित्र र बाहिर सबलाई भोट गर्न आग्रह गरिदिनोस्, सन्देश श्यर गर्दे रहनोस् र भोट नगरेको भए भोट गरिहाल्नोस्। यो एतिहासिक अवसर हो।
भोट गर्ने तरिका यस्तो छ:
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.
https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।