भिडियो टेप अप्रासंगिकः माओवादीएकीकृत नेकपा
माओवादीका प्रवक्ता दीनानाथ शर्माले शान्ति सम्झौताप्रति पूर्ण प्रतिवद्ध
भएको स्पष्ट पारेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले नागरिक
सर्वोच्चता नचाहने तत्वहरुले पुरानो भिडियोलाई प्रायोजित रुपले प्रचार
गरेर वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्तिप्रक्रियालाई
समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी गरेको बताएका छन्।
आइतबार इमेज च्यानलले माओवादी अध्यक्ष एवं 'जनमुक्ति सेना' तत्कालीन
'सुप्रिम कमान्डर' पुष्पकमल दाहालले १६ महिनाअघि पार्टीको आन्तरिक
प्रशिक्षणमा खुलासा गरेको भिडियो सार्वजनिक गरेपछि माओवादीको प्रतिक्रिया
आएको हो।
विज्ञप्तिमा सो भिडियोलाई आन्तरिक पार्टी पंक्तिलाई संविधानसभा र
शान्ति प्रक्रियामा आश्वस्त पार्न दिएको शान्तिवार्ताकालको पुरानो
अप्रासंगिक फाइल टेप भनिएको छ।
शर्माले विज्ञप्तिमा भनेका छन्, सेना समायोजन, जनमुखी संविधान लेखन, जनताप्रतिको प्रतिवद्धता र राजनीतिक मान्यतामा हामी स्पष्ट छौं।
विज्ञप्तिमा असान्दर्भिक उत्तेजक र समग्र शान्तिप्रक्रिया र राजनीतिक
प्रक्रियालाई समाप्त पार्ने प्रकारका प्रचारबाजीबाट भ्रमित नहुन
सर्वसाधारणलाई र उत्तेजना फैलाउने सामाग्री प्रचार प्रसार नगर्न र सामाजिक
उत्तरदायित्वप्रति संचारजगत सजग रहन गरिएको छ।
http://www.nagariknews.com/politics/party-politics/738-2009-05-05-06-44-07.html