[VIEWED 27364
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 04-30-09 6:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I copied and pasted from other thread to let all people know who these so called civil society leaders are! आडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप – जगत् उपाध्याय – यही चैत ६ गतेको 'कान्तिपुर' दैनिकमा प्रकाशित खगेन्द्र सङ्ग्रौलाजीको 'कृतघ्नताको कथा र कुँडाकर्कटहरू' शीर्षकको लेख पढेँ। कुनै जमानामा नेपाली प्रगतिवादी साहित्यमा राम्रै स्थान बनाएका खगेन्द्रजीको लेखन पछिल्लो चरणमा गालीकेन्द्रित बन्दै गएको छ र उनी वितण्डावादका अभियन्ता सावित भएका छन्। आन्दोलनकालमा निरङ्कुश सत्ताका विरुद्धमा उनको कलमबाट निस्कने गरेका शब्दवाणहरू केही हदसम्म उपयोगी नै लागे पनि सधैँ तिनको उपयोगिता सिद्ध हुन सकेको छैन। फेरि अहिलेको सन्दर्भ फरक छ। २०६२/६३ को महान् र ऐतिहासिक जनआन्दोलन एमाले, काङ्गे्रसलगायतका सात दलको आयोजना र माओवादीको समर्थनबाट सफल भएको हो र त्यसैका बलमा राजतन्त्रको समूल अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने उद्देश्यसहित संविधानसभाको निर्वाचनमा सबै दल र जनता होमिएका छन्। यस्तो अवस्थामा कुनै पनि बुद्धिजीवी लेखकले बेतुकका, उडन्ते, हावादारी र नशालु आवेगमा विकृत मनस्थितिबाट उत्पन्न दूषित विचारहरूलाई बाहिर ल्याउनु हुँदैन। कुनै व्यक्ति वा पार्टीमा समस्या छन् भने तिनलाई वस्तुपरक ढङ्गले समीक्षा गर्दै सुधारका लागि सल्लाह दिइनुपर्दछ। यस पक्षको खगेन्द्रजीमा सर्वथा अभाव रहँदै आएको छ। यथार्थमा भन्ने हो भने उनका लेखहरूमा आफ्नो कुनै विचार वा पक्ष नै पाइँदैन। पाइन्छ भने केवल गाली। झर्रा शब्दको प्रयोग गरी तुकबन्दीयुक्त भाषाशैलीमा मनपरी ढङ्गले गाली गर्नु नै खगेन्द्रजीको सामर्थ्य हो भन्ने बोध उनकै लेखहरूबाट हुन्छ। त्यसैले उनी नेपाली भाषामा गालीसाहित्यका प्रवर्तक पनि बनेका छन्। ६ गतेको लेखमा खगेन्द्रजीले आफ्नो गालीसाहित्यको निसाना काठमाडौँ–४ की एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाएका छन्। उनले उक्त लामो लेखमा सुरुदेखि अन्तिमसम्म नै विद्यादेवी भण्डारीको राजनीतिक जीवनलाई आघात पार्ने गरी चुनावका मुखमा दनक दिएको भन्ने ठानेका होलान् र उनलाई आनन्द पनि निश्चय नै भएको होला तर यो उनको आत्मरतिसिवाय केही होइन। यस लेखले बरु खगेन्द्रजी नारीहरूलाई अझै पनि अल्पज्ञानी, अनाडी, चुलोचौकाका दासी र पुरुषहरूका गोटी मात्रै ठान्दा रहेछन् र जनतालाई धराने कालो बङ्गुर मात्र मान्दा रहेछन् भन्ने पुष्टि गरेको छ। यसबाट खगेन्द्रजीको बौद्धिक दरिद्रता टिठलाग्दो गरी उदाङ्गिएको छ। ०५१ सालकै मध्यावधि निर्वाचनमा विद्यादेवी भण्डारीका विरुद्धमा काङ्गे्रस उम्मेदवारलाई मत दिएको बताउने (कान्तिपुरमै प्रकाशित उनकै कुनै लेख अनुसार) खगेन्द्रजीमा विद्यादेवी भण्डारीले राजनीतिक क्षेत्रमा हासिल गरेको सफलताबाट कुण्ठा उब्जिएको हुनसक्छ र त्यही दमित कुण्ठा अनियन्त्रित रूपमा यसरी बाहिर अभिव्यक्त भएको मान्न सकिन्छ। अर्थात् देश, जनता र सिङ्गो आधा आकाश ढाक्ने महिलाको मुक्तिका लागि सङ्घर्षरत एक जना उम्मेदवारका विरुद्धमा विषवमन गरेर उनले कसको सेवा गर्न खोजका हुन् भन्ने बुझ्न गाह्रो छैन। अन्यथा सामाजिक–सांस्कृतिक–भाषिक मर्यादा, शिष्टाचार र मानवीय मूल्यमान्यतालाई खिसीट्युरी गर्ने गरी यति तल झर्नुको अन्य के नै अर्थ हुनसक्छ र? नेपालीमा एउटा उखान छ– 'आफ्ना आङको भैँसी नदेख्ने, अर्काका आङको जुम्रा पनि देख्ने।' खगेन्द्रजीमा पनि यही उखान चरितार्थ हुन्छ। लेखकले अन्य व्यक्तिका चिन्तन, चरित्र र क्रियाकलापका बारेमा लेख्दा कृपया आफूतिर पनि फर्कने गरे राम्रो होला। विदेशी दूतावासबाट र ठूला–ठूला अन्तर्राष्ट्रिय संस्थाबाट पैसा खाएर परियोजना अन्तर्गत साहित्यलेखनको व्यापार ('जूनकीरीको सङ्गीत'लगायतका कृतिहरू) गर्ने अनि आफ्ना छोरालाई महँगो शुल्कमा अमेरिकाजस्ता मुलुकमा पठाउने तर अरूको विदेशगमनको विरोध गर्ने ढोँगी, आडम्बरी, विरोधाभासी र शङ्कास्पद चरित्रका खगेन्द्रजीजस्ता बुद्धिजीवीहरूबाट पनि नेपाली समाज प्रताडित छ। हरेक दिन बेलुका सूर्य नअस्ताउँदै ह्वीस्कीको चुस्कीसँगै नशालु रङ्गीन साँझ मनाउने क्रममा निस्केका आफ्ना बर्बराहटलाई सार्वजनिक लेखको रूप दिँदा अन्य व्यक्तिका सामाजिक प्रतिष्ठा, इज्जत र व्यक्तिगत जीवनमाथि कति असर पर्छ भन्ने कुरा सङ्ग्रौलाजीले बुझ्नुपर्छ। कृपया नशामुक्त भएका अवस्थामा आफूले लेखेको उक्त लेख पढ्नसमेत सङ्ग्रौलाजीसित आग्रह छ। मदहोस भएर न्याय र विवेक गुमाउँदै गएका खगेन्द्रजीको उक्त लेखले कुनै बौद्धिक महत्त्व राख्दैन। यो नितान्त सनकमा आधारित पागल–प्रलापबाहेक केही होइन। खगेन्द्रजीको कलम निकृष्ट गालीसाहित्यमा होइन, स्पष्ट दिशासहितको आलोचनात्मक लेखनतर्फ प्रवृत्त होस्, यही कामना गर्दछु।
|
|
|
The postings in this thread span 2 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 04-30-09 7:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो निक्कै पुरानो लेखको प्रतियुत्तर थियो जहा खगेले बिदेश गएर भाँडा माज्ने देशमा सिन्को नउठाउने कर्मकारीहरुको धज्जी उडाएका थिए । तर नेपालमा यिनै स्वघोषित कुनै न कुनै खोल ओडेर समाजका नेता भएकाहरुले पाउने सम्मान एंव मान्यताले नै आजका युवाहरु बिरत्तिएर बिदेशिएको उनलाइ केही भेउ भएन छैन पनि। आजकाल कुनै न कुनैका छोराछोरी बिदेशिएका छन कुनै नौलो कुरो होइन र यसमा उनका छोरा अपवाद हुनसक्दैन जेजति दुख उनले गरे लालसलाम :-)। मुख्य कुरो आफ्नो आङको भैंसी नदेख्ने अर्का जुम्रा देख्ने नेपाली पुरानो उखान सार्थक गराउदै रेमीट्यान्सको बाली खान कमसेकम बिमा गराएका बाउको बहुलठ्ठिपनको बिरोध थियो जायज पनि थियो । बिध्या भण्डारीका बिषयमा उनको निती कार्यको बिरोध गर्न उनलाइ अधिकार छ तर लेखको टाइटल थियो "सेतो सारी र रातो कार" । सनसनीपुर्ण बनाउने बदनियतले लेखेको लेखमा चरित्र हत्यामा मात्रै होइन एउटा बिधुवी नारीको नेपाली समाजमा गरिने दुरब्यबहार, हिनताको पटकपटक बोध कुनै बलिष्ठ पुरुष मात्रै होइन एउटा ख्याउटे पुडके पुरुषले पनि गर्न सकदोरहेछ भनेर प्रमाणित आफनै कलमले गरिदिए, टाइटल नै हेरनोस क्याबात। नेगेटिभिजम, झर्रो निम्नस्तरका गाली भडास, म र मा को स्तुतिगान इत्यादि उनका गुणहरु हुन , त्यसलै खगेन्द्रको लेख पढदा पढदै पाठकहरु यो उच्चारण पनि गर्न भुल्दैनन "खगेले (फेरी) हगे" ।
|
|
|
Nepalibir
Please log in to subscribe to Nepalibir's postings.
Posted on 04-30-09 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Guys, First of all, Khagendra Sangarula is not Maoist at all. He is an independent leftist writer. Maoists used to criticize him for not supporting him blindly in the days of so called 'People's War'. Lately he hasn't spared Prachanda and Maoists either. Please read 'Naya Patrika'. He has labelled Prachanda as " garchhu bahadur" after not doing what he had promised he would do. It was a fact that Bidhya Bhandari had worn white sari to win over the sympathy and votes of Kathmanduites. So basically he is just saying what she and her party UML were doing to deceive poor people of Nepal in the name of communism and so called multiparty democracy (bahudaliya janabaad). I think Khagendra is one of the very people who has guts to 'call spade a spade'.
|
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 04-30-09 9:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepalibir, if khage does not favor Maoists then why is he silence related to following matters: 1.Maoists killing of innocents, teacher and so on 2. Chitwan Madi bus killings 3. Birendra Shah murder case 4. Ram Hari Shrestha murder case 5. Maoists attack on himal media 6. YCL terror and their camps in govt/public property he is no doubt camouflaged maoist and self centered schizophrenic hypocrite.
Last edited: 30-Apr-09 09:52 PM
|
|
|
futbal
Please log in to subscribe to futbal's postings.
Posted on 05-01-09 12:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
ma khage ko artical nai padhidina kurai khattam
|
|
|
commando
Please log in to subscribe to commando's postings.
Posted on 05-01-09 1:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
though, rude at times, it's fun to read khagendra sangraula.. his stories about his childhood that used to be published in "nawa yuwa" were good reads.. brought a lot of issues that many hadn't previously, though i am unable to state them for it was a long time back.. i don't agree with him most of the times, but he was one of the few writers who'd the courage to write against king gyanendra's censorship back in the day.. i don't know what's going on now.. it's bad to see his son and daughter being brought up here.. if you don't know how they are here, you cant just create "facts" out of the box.. i know people who've taken loans, and that can very well be the case.. i've also seen khagendra sangraula at restaurants smoking and drinking.. it's not that expensive in nepal.. he's published a lota books, and does a lot of freelance writing, and also worked for some ngo (about who he criticized in his writings) .. he's not one of those writers who use subtle words to influence the audience.. i feel he's capable of doing that, but he's created and mastered his own style.. his work is an art, and i appreciate that...
|
|
|
Nepalibir
Please log in to subscribe to Nepalibir's postings.
Posted on 05-01-09 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kanchhu, U might accuse him of being Maoist, but he is NOT. He supports communist ideology though. I don't think he has given free pass to Maoists on some of the atrocities they have committed. However, there are two sides of the story in every thing. I personally think it was mistakes on the part of Maoists in Ram Hari case, Madi incident etc. Himal Media seemed to be more of a propaganda on the part of the media to defame the Maoists. If it was not so, why did Himal Media agree to come to terms with laborers in the end? Reports had it that they were trying to lay off low-level workers against the rules of the union, so they were forced to agitate. I believe that must have happened too. Personally do not believe in violence and vandalism, but look at Nepal you don't get heard unless you resort to some sort of violence. That was the reality. As for Khagendra Sangraula, he is NOT Maoist. He is an independent left-leaning writer. I don't agree with u that he is a hypocrite. U just seem to be prejudiced against him, his ideologies. He is just writing what he sees. U may not like it, a lot of people do. We can always agree to disagree. What say you brother?
|
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 05-01-09 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
well said nepalibir-he has not given clean chit to the maoists- rather just kept quiet over their atrocities. yeah beating journo in his office is propaganda. yeah vandalism and violence right way to raise your voice -well established by YCL/Maoists and their labor organization. Now St.Xv. is closed, again done by the same people. we are establishing good culture people's supremacy right? yeah he is not hypocrite, he earns a lot and but does not go to bar.. yeah he is not schizophrenic, yeah he writes what he sees-what an article he wrote on royal massacre, kudos to kunsang kaka, yeah he is independent leftist writer, who follows the same out dated doctrine of mao ( killer of thousand students and people), Stalin ( again killer of so many people including his leaders from his own party) yeah in our society we need people like khage and follower like you, that is why our country is doing so well and one of the most developed country on earth.NO kudos to you guys! you won!
|
|
|
chiyapasalekaancha
Please log in to subscribe to chiyapasalekaancha's postings.
Posted on 05-01-09 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए कान्छु बाबु, यहाँ जित या हारको कुरा हुँदैन नि। तिमी एस्तो बुझ्ने मान्छे भएरनी कस्तो दिक्क लाग्दो कुरा गरेको। हामी सबैले सत्य, तथ्य कुरातिर बढी ध्यान दिउ भन्न खोजेको मात्र हो। हामीलाई हाम्रो समाजमा खगेन्द्र जस्तो मात्र होइन, तपाईं जस्तो निडर कान्छु पनि चाहिन्छ। तेरो जीत, मेरो हार तिर भन्दा हामी कसरी सबै नेपाली दाजु, भाई, दिदी, बैनिहरुको एउटा बिशाल "जीत" हासिल गर्नतीर लागेउ भने, देश बिकास अवश्य नै हुने कुरामा कसैको दुइमत नहोला, होइन त कान्छु?
|
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 05-01-09 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
CPK, you are right. But as long as people in power, people who are in influential position-who has some hold on our society continue to be hypocrite, dishonest, politically utterly biased you can not attain the development. Well, it does not take too much for these people to be little positive, little motivated and propagate positive and encourage public for good work rather than provoking public, for no reason, and trying to misguide public from the real issues. People, especially so called member of nagarik samaz, never bother to talk about issues related to health, education, economic development, job oppurtunites and so no..have you ever heard them talking about these issue? I am sorry, but I have not. Just for a example, now Vijay Kumar Pandey, a known political journo is bringing people in his program who has achieved and contributed to the society despite thier hardship. These are the real hero for me, whose little effort has made so much difference in our society. If at all our country, society is surving desipite many hiccups, it is because of people of this kind not because of so called leaders and self centered writers. How about talking about those real people and bringing them to limelight. Btw, have you ever heard of kagendra ji talking about mahabir pun?? have you ever heard them talking about how to build economy?? well as a matter of fact, these left over intellect does not have the capacity to see beyond the politics, because in politcs particularly in nepal, you do not need expertise. Babban Singh can become CA member and recently did you see the two CA MPs fighting?? This is happening in nepal because we have garnered the habbit of buying political shit not and nothing else. Some one said above we are good at fighting and blaming each other. Yes, now time has come to take of the camoflauge out of these so called civil society leaders. Just coming down to street and protesting against one political system will not add any benifit to our economy? will that resolve our power crisis? will thatcreate any job?? our education system is so bad, most of nepali folks living in rural village does not have the access to good education, some are ill educated, some are politically indoctrinated, political leaders are not well educated nor have any vision, so called civil society leaders can go to president lobbying for maoist but does not bother to talk about some other the most pressing issues of our country. today more than 30,000 in maoist camp, neighter they are educated nor any one bother to talk about their right. while maoist supremo recreats in resorts with his family, these poor people who faught for their life and country are not even getting the proper food??? is not that waste of human capital?? what kind of upbringing they will give to their children? what will happen to their future? just enmasse entry in NA will resolve their problem ? NO, however their en masse entry will certainly fulfill the political desire of mr prachanda. Will any civil soceity leaders are bothered about this fact?? what say you brother and sister?? I do not buy any political ideology for that matter. Let us try to rise above from the politics and give so called politicain and civil society leaders hard time so that they would stop exploiting innocent mind of nepalese people.
|
|
|
Nepalibir
Please log in to subscribe to Nepalibir's postings.
Posted on 05-01-09 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Kanchhu dude, Although I think it is merely a waste to time to reason with you, I would like to reiterate that u are so wrong about Khagendra Sangraula and his articles. " Every thing seems yellow to a jaundiced eye" comes to mind when I think of you.
|
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 05-01-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
you are right, when it comes to talk positive, when its come to rise above politics and most importantly, when one run short of valid arguments people will come up with this "I think it is merely a waste to time to reason with you, " dude no offense but you have to have real depth to answer my questions , and this is nothing but leftist commie mentality, when they can not make arguments they will say the something that you said avove.. and defend someone with out any valid reason "I would like to reiterate that u are so wrong about Khagendra Sangraula and his articles. " Every thing seems yellow to a jaundiced eye" comes to mind when I think of you." you are right " everything seems yellow..but let the folks determine whose eyes are jaundiced"
|
|
|
chiyapasalekaancha
Please log in to subscribe to chiyapasalekaancha's postings.
Posted on 05-01-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुक्क!अब हामी कस्को आँखामा जन्डिस छ,त्यो बिचार गर्नु पर्ने भो, होइन त? किन, हामीहरुमा एस्तो अहमको भावना भन्या?"तै रानी, मै रानी कस्ले भर्ने कुवाको पानी"। होइन, एस्सो समझदारीमा आउने त हामी नेपाली को बानी नै छैन। " कुरो र कुलो जता लगे नि जान्छ",अनी अड्कल गरेर को मान्छे कस्तो भन्नु भन्दा पहिला, नजिक बाट कुनै मान्छेलाई नियालेर तेस्को बारेमा उचित मुल्याङ्कन गर्ने सके राम्रो हुन्थियो कि जस्तो मलाई लाग्छ। सन्दर्भलाई मोड्न खोजे है मैले, "तिमीलाई हेर्दा हेर्दै,मेरो ONE SIDED लभ परे जस्तो छ, म के गरौ मायालु, मलाई तिम्रो प्रेम को "SWINE FLU" सरे जस्तो छ।।
|
|
|
Eagle5
Please log in to subscribe to Eagle5's postings.
Posted on 05-01-09 2:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजनीति मा लागेको मान्छे भेडा नै हुन्छ। चाये त्यो नेता होस् व लेखक व पत्रकार नै। Kanchu raised a hell lot of valid points, I agree with that. People who does not want to talk about development and only want to talk about politics and political leader, are only disgrace to the society whoever that person is.
|
|
|
Namaskaar
Please log in to subscribe to Namaskaar's postings.
Posted on 05-01-09 9:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I don't know why Nepalibir has to defend everything said against Mr. Sangraula. Are u his relative ? ( May be family or political), In that case I can understand ur feelings. I personally think when people don't have good ideas or when they don't have enough good on them, they try to make other person look worse. That mentality fits perfectly with K.S. And whatever is the reason behind the White Sari, that Title is very offesive. Any article that encourages hatred and doesn't produce solutions are not worth for a rational mind. They may be fuel for the self proclaimed Budhdhhi jibi circle and let those people enjoy these B.S. Neplaibir, take it easy man, it is not against u. We all have difference in opinion and I don't know whether u can fully represent K.S. in here in thinking or in character so let it go man. You can do better than that. Have a great time.
|
|
|
Maylumaya
Please log in to subscribe to Maylumaya's postings.
Posted on 05-01-09 11:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कि मधेस कि विदेश
- Kantipur online news होसियार नेपाली दाई, भाई, दिदी र बहिनिहरु हो। बिहारी धोती उपेन्द्र यादवले फजुल खरच गरेर देसलाई डुबाउने भयो।
'परराष्ट्रमन्त्री विदेश नगए के गृहमन्त्री जान्छ त ?' परराष्ट्रमन्त्रीको तारन्तारको विदेश यात्राबारे अरू मन्त्रालयका सहकर्मी र पत्रपत्रिकाका खबरीलालहरूले फोन गर्दै सोध्ने गरेकोमा नारायणहिटीका एक उच्च प्रशासकले बुधबार यसैगरी जवाफ फर्काए । आफ्ना मन्त्रालयका मन्त्री महिनामा १५ दिन विदेश, १० दिन मधेस र बाँकी ५ दिन मन्त्रालय कामकाजी बन्ने गरेपछि यही तालिकामा कर्मचारीहरू पनि अभ्यस्त बन्दै गएका देखिन्छन् । शनिबार वा सरकारी छुट्टीका तालिकाहरू पनि बिर्सेर सधैं कूटनीतिक दौडादौडमा तल्लीन रहनुपर्ने परराष्ट्र कर्मचारीका लागि आफ्ना मन्त्री पनि कुदाकुदमा उत्तिकै ऊर्जाशील देखापरेका छन् । उनै मन्त्री दुई महिना अघिको मध्यमा जेनेभा थिए । तीन महिनाअघि न्युयोर्क र अघिल्लो महिना मकाउ पुगेका थिए । यो साता मन्त्रीज्यू क्यानाडा, हवाना, ओस्लो, पेरिस र अरू ट्रान्जिटमा टहल्नेछन् । परराष्ट्र मन्त्रालयको कार्यभार लिएपछि स्वभावतः विदेश मामिला,सभा-सम्मेलन र भ्रमणहरू कार्यभारमै पर्ने विषय-सन्दर्भ हुन् । तैपनि मधेसी जनअधिकार फोरमको अध्यक्षसमेत रहेका परराष्ट्रमन्त्री उपेन्द्र यादवका बारेमा तुक्का जन्मिएको छ- कि मधेस कि विदेश !
|
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 05-15-09 6:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'नागरिक समाज'को अवसान जुगल भुर्तेल अन्ततः मुलुक पुनः एकपटक प्रत्यक्ष मुठभेडको स्थितिमा फर्किएको छ । राजनीतिलाई पेसा बनाएर जीविका चलाउने कालिदासहरूले देशलाई जसरी हाँकिरहेका थिए, त्यसले कुनै न कुनै दुर्घटनालाई निम्त्याउनेछ भन्ने पूर्वानुमान हुँदाहुँदै पनि नयाँ नेपालको राजनीतिक घटनाक्रम यति चाँडै यस्तो कुरूप होला भनेर कल्पना गरिएको थिएन । एक फन्को मारेर प्रस्थानबिन्दुमा फर्किएको मुलुकको रूपान्तरणका सपनाहरू फेरि एकचोटि धराशयी भएका छन् । 'एकपटक यिनलाई पनि हेरौं' भनेर कामरेड पुष्पकमल दाहाललाई मत दिने जनता उनको भिडियो स्वीकारोक्तिपछि क्रान्तिको रोमान्टिक सपना आखिर राज्यसत्ता कब्जा गरेर अर्को अधिनायकवाद थोपर्ने भयानक योजना मात्र रहेछ भन्ने यथार्थबोधले स्तब्ध भएको हुनुपर्छ । आफ्नै मुलुकलाई ढाँटेर लडाकुको संख्या चार गुना बढाउने, सहिदको मूल्य तोक्ने र ती सबैबाट हुने आम्दानीले हतियार किनेर राज्यसत्ता कब्जा गर्ने रणनीति कसैका लागि विलक्षण नेतृत्व गुण हुन सक्ला तर गणतन्त्रका लागि संघर्ष र बलिदान गर्ने धेरैको शिर अहिले लाज र पश्चात्तापले झुकेको छ । लडाकु प्रमाणीकरणको षड्यन्त्रमा संलग्न संयुक्त राष्ट्र संघको विश्वसनीयतासमेत पूर्णः धराशयी भएको छ । 'जनयुद्ध' सँगै कमजोर हुन सुरु भएको मुलुकले अहिले घुँडा टेकेको छ । संघीयताको अलापमा जात-जातिबीचको विद्वेष यति बढेर गएको छ कि अब नेपाली पहिचानको कुरा गर्नेहरूमाथि 'खस साम्राज्यलाई पुनःस्थापित गर्ने षड्यन्त्रमा लागेको यथास्थितिको पृष्ठपोषक, पुनरुत्थानवादी, बाहुनवादी' आदि संस्कृत भाषाको वैभवलाई सापटी लिएर झटारो हान्न जातीय राजनीतिका अवसरवादी ठेकेदारको झुन्ड नै तयार छ । संघीयताको प्रथम उच्चारण गरेको जस लिन अगाडि सर्ने नवक्रान्तिकारीहरू मुलुकलाई चाहिएको संघीयताबारे आफैं अलमलमा छन् । तिनलाई यत्तिमात्र थाहा छ कि आत्मनिर्णयको अधिकारसहितको संघीयता भनेको अग्रगमन हो र त्यसको विरोध घोर पश्चगमन ! त्यसैले कसैलाई दसवटा संघ चाहिए उनीहरू दसैवटा दिन्छन्, सयभन्दा बढी जाति-जनजातिलाई आ-आफ्नो संघ चाहिए उनीहरू सयवटै दिन्छन् । जति टुक्रा पार्दा आफ्नो शक्ति र सत्ता बलियो हुन्छ, उनीहरू त्यति नै टुक्रामा मुलुकलाई निशंकोच विभाजन गर्न तयार छन् । ती संघीयताको विरोध गर्ने राष्ट्रिय जनमोर्चाजस्ता दलहरूलाई निषेध गर्ने उद्घोष गर्छन् । वर्गशत्रु भएको अपराधमा हेडमास्टरको वध गर्ने वा पहाडी पहिचान भएको आधारमा जातीय सफाया गर्ने हुन् वा चुच्चो नाक भएकालाई लखेट्ने सगर्व घोषणा गर्ने बन्दुकका पुजारीहरूलाई निर्जीव मानचित्रमा कलमले रेखा कोर्ने त केटाकेटीको खेल नै भइहाल्यो । हामी पो तिनको देश टुक्र्याउने खेललाई निरीहतापूर्वक हेरिरहन अभिशप्त छौं । किनकि नयाँ नेपालका नयाँ अभियन्ताहरूका अनुसार तिनको खेल अग्रगमन हो, हाम्रो निरीहता धराशयी हुँदै गएको यथास्थितिवादको छटपटाहट । तर अत्यन्त कमजोर राज्यशक्ति र सर्वव्यापी जातिविद्वेषको वर्तमान अवस्थामा विभिन्न आन्तरिक र बाह्य शक्तिको आडमा जातीय संघीयताको वकालत गर्नेहरूको अभीष्ट अन्ततः मुलुकको विखण्डन हो भन्ने बुझेर पनि मौनव्रत बसेका हाम्रा 'नागरिक समाजका अगुवा' भनिनेहरूको हिप्पोक्रेसी पो बुझिनसक्नु छ । आफ्नो सुकिलो गेरुवा वस्त्रमा बाहुनवादको छिटा लाग्ला भन्ने त्रास छ कि ? नेपालको नागरिक समाज बोल्नुपर्ने विषयमा बोल्दैन तर उसको द्वैधचरित्रले अब कसैलाई विस्मित पनि तुल्याउँदैन । ऊ कांग्रेसलाई सामन्तवादको अवशेष मान्छ र माओवादी स्वरमा स्वर मिलाएर उछित्तो काड्छ, एमालेलाई परिहासको विषय बनाउँछ, कमजोर सत्ताका विरुद्ध ठूलो हुँकार गर्दै पत्रिकाका पानामा गाली महात्म्यको खोलो नै बगाउँछ, राष्ट्रपतिलाई घर र्फकने उर्दी जारी गर्छ तर 'सरकार हाम्रो मात्र बाबुको बिर्ता हो' भनेर गर्जिनेका अगाडि निरीह हाँसो हाँसेर पुच्छर लुकाउँछ । ऊ गिरिजाप्रसाद कोइरालारूपी मरेको बाघको नभएको जुँगा उखेल्नमा पौरख ठान्छ तर मुठेजुंगा हुनेहरूले 'अब अदालत पनि क्रान्तिकारी चेतना बोकेको सत्ताको अन्तर्गत हुनुपर्छ भन्दा समेत कायरतापूर्वक समर्थनको रुन्चे मुस्कान हाँसिरहन्छ । यद्यपि उसले आफूलाई 'निष्पक्ष, स्वतन्त्र र दलनिरपेक्ष' रहेको हास्यास्पद दाबी गर्न भने छोडेको छैन । वर्तमान नेपालमा जातीय एकता र सद्भावको पक्षमा मुलुक चहार्ने साहसी व्यक्ति डा. रामवरण यादव मात्र छन् र सौभाग्यवश उनी हाम्रा राष्ट्रपति हुन् । नागरिक समाजको बोली बन्द भएको मधेस आन्दोलनको चरम बेलामा त्यसको आलोचना गर्ने हिम्मत देखाउने मान्छे हुन् रामवरण । जातीय आधारमा मुलुकको भागबन्डा गर्न हुँदैन भन्ने दृढता प्रदर्शन गर्दा हाम्रा राष्ट्रपतिलाई कसैले बाहुनवादी भनेको थिएन, बरु उनको लोकपि्रयतामा वृद्धि नै भएको थियो । तर भलाद्मी र सोझालाई थर्काउन बानी परेको नागरिक समाज साँचो राजनेताको गुण देखाएर नयाँ आस्थाको केन्द्र बन्दै गएका राष्ट्रपतिलाई पदीय मर्यादाबारे उपदेश दिन शीतलनिवास पनि पुगेको छ । उहाँले 'अनौपचारिक कुरा गरेको हुँ प्रेसमा नसुनाइदिनुहोला' भनेको आग्रहलाई सगौरव मिडियामा छरपस्ट पारेर मुलुकमा पुनः एउटा अपि्रय राजनीतिक विवाद सिर्जना गराउने 'अगुवा' ले अरूलाई नैतिकता र मर्यादाको पाठ पढाएको आश्चर्यजनक लाग्छ । देशमा आज देखिएको संकट निम्त्याउने नागरिक समाजको त्यो कृत्यले निकै ठूलो भूमिका खेलेको छ । शीतलनिवास पुग्ने कतिपय बयोवृद्ध अगुवाहरूलाई त्यति दुःखले गणतन्त्र ल्याइयो, तर खाने बेला कसैले कल्पनै नगरेको भैंसी गोठालो रामवरणले आफ्नो भाग खाइदिएको तुषसमेत हुन सक्छ । चुरो कुरा अझ अर्कै छ । ती यादव हाम्रा अगुवाले सोचेजति सोझा रहेनछन् । जसरी तिनी विधि र प्रक्रियालाई मिचेर सेनामा एकपक्षीय राजनीतिलाई हाबी गराउन चाहनेका लागि अवरोध बने, ठीक त्यसैगरी तिनले न सजिलै मुलुकलाई जातिवादीहरूले चाहेजसरी खण्डित पार्न दिनेछन्, न त अग्रगमनको नाममा अर्को अधिनायकवाद लाद्न नै । त्यस्ता प्रवृत्तिविश्रद्ध तगारो हुने लक्षण तिनले देखाइसकेका छन् मुलुकभरि एकताको सन्देश छरेर । तिनलाई कमजोर नपारे नयाँ नेपालको अग्रगमनकारी यात्रा पूरा हुन निकै गाह्रो हुने लक्षण देखिसकेपछि हाम्रो नागरिक समाज कसरी चुप रहन सक्छ ? नागरिक समाज नयाँ नेपालका आफ्नै विशिष्ट विधि र प्रक्रिया छन् भन्ने मान्छ, हरेक किसिमको स्थिरता एवं स्थायित्वलाई यथास्थितिवाद ठान्छ र लोकपि्रयताउन्मुख राष्ट्रपतिको संस्थाले मुलुकमा त्यही स्थिरता ल्याइदेला भन्ने भयले ग्रस्त छ । त्यसैले स्वनामधन्य अगुवाहरूलाई राष्ट्रपतिलाई विवादमा मुछेर ध्वस्त नपारी भएको थिएन । अहिले तिनको अभीष्ट पूरा भएको छ । राष्ट्रपतिको कदम संविधानसम्मत थियो/थिएन भनेर अदालतले निक्र्याेल गर्ने नै छ । असंवैधानिक ठहर भएमा बाबुराम भट्टराई शैलीमा 'हिम्मत भए अदालतले पक्रिएर देखाओस्' भन्दै कुर्सीमा टाँसिएर पनि रामवरण यादव बस्नेछैनन् । तर प्रचण्ड भिडियो प्रकरणपछि उनको कठोर निर्णयले मुलुकमा ठूलो अनिष्ट रोकिएको बुझ्न धेरै गाह्रो छैन । सबै दललाई सहकार्य गर्न बाध्य बनाउँदै संविधान निर्माणमा केन्दि्रत गराउने आफ्नो समन्वयकारी भूमिकालाई नागरिक समाजले दलीय स्वार्थवश नबिर्सिदिएको भए सायद राष्ट्रपतिले यति विवादास्पद कदम उठाउने दुःखद परिस्थिति सिर्जना नै हुने थिएन । विभिन्न किसिमका द्वन्द्वले आक्रान्त मुलुकको अस्तित्वसँग जोडिएका विषय र जातीय सद्भाव कायम राख्दै नागरिकको शान्ति र सुरक्षालाई ग्यारेन्टी गर्नेजस्ता कुरामा नितान्त मौन रहेको नागरिक समाजको प्रमुख एजेन्डा राष्ट्रिय सेनाको मानमर्दन बनेको छ । दलीय लडाकुको जमातलाई बोकेर मुलुकभरि अराजकता सिर्जना गर्नेहरूको सर्वोच्चतालाई नै नागरिक सर्वोच्चता नमानिदिएकोमा नागरिक समाज कांग्रेस, एमाले, राष्ट्रपति, सेना आदि सबैसँग रुष्ट छ । संसारमा कहीँ पनि नागरिक प्रधानमन्त्रीको आफ्नो दलगत सेना हुँदैन र कतै छ भने त्यहाँ नागरिक सर्वोच्चता छैन भन्ने सामान्य ज्ञान विद्वान् अगुवाहरूलाई छैन र ? क्रान्तिकारी विद्यार्थीहरू आफ्नै गुरुलाई मोसो दलेर हिँडेका छन् तर हाम्रा अगुवाहरू त्यसलाई आफ्नो अनुहारमा महसुस गर्दैनन् । मधेसमा पहाडी मूलका मान्छेविरुद्ध भइरहेको हिंसा, थैव, रामहरि, वीरेन्द्र आदिको हत्या, स्वतन्त्र मिडियामाथिको निरन्तर आक्रमण, दण्डहीनता, अशान्ति, महँगी र अभावजस्ता 'संक्रमणकालका स्वाभाविक उतारचढाव' लाई अनावश्यक उचालेर 'शान्तिप्रक्रियालाई प्रभावित पार्ने' काम हाम्रो नागरिक समाजले कदापि गर्दैन । माओवादीले आफूले चाहेको 'नागरिक सर्वोच्चता' स्थापित गरी 'शान्तिलाई संस्थागत' गर्न एकचोटि फेरि नागरिक समाजका पुराना मित्रहरूतिर याचनापूर्वक हेरेको छ र मित्रहरू विगतमा झैं द्रवित बनेर प्रचण्ड पथका हरेक तगारालाई भत्काउन पुनः कटिबद्ध भएर लागेका छन् । समायोजनाको नाममा चार गुणा बढाइएका लडाकुलाई राष्ट्रिय सेनामा भर्ती गरी सर्वहाराको अधिनायवाद ल्याउन तगारो बनेका कटवाललाई नहटाई भएको छैन । राष्ट्रपतिलाई विवादमा मुछ्ने प्रयास पनि त्यही तगारो हटाउने शृंखलाको एउटा महत्त्वपूर्ण कडी हो । यसमा उनीहरूले त ठूलो सफलता पाएका छन् । तर देशले कति हार्यो त्यसको लेखाजोखा भविष्यले गर्नेछ । आत्मनिर्णय र अग्राधिकारसहितको आ-आफ्नो संघ बनाउने अधिकार दिन्छौं भनेर हिजो बन्दुक बोकाएका जातिहरू आज त्यो आश्वासन कार्यान्वयन भएको हेर्न चाहन्छन् । तर वास्तविकता आफूले कल्पना गरेभन्दा निकै जटिल देखेपछि माओवादीलाई संविधान जन्माउने मुख्य काम असहज भएको थियो । सेना र न्यायपालिकाको विवाद, सर्वव्यापी हिंसा र असुरक्षा, उद्योगधन्दा र शैक्षिक क्षेत्रमा देखिएको अराजकता आदि सबै मुलुकलाई त्यही मूल एजेन्डामा प्रवेश गराउन नसकेर प्रकट भएका विक्षिप्त अभिव्यक्ति हुन् । त्यसैले दोष कांग्रेस, एमाले, सेना, राष्ट्रपति, न्यायपालिका वा यथास्थितिवादको नभई माओवादीको जातीय राजनीति हो र त्यसको निराकरण नभएसम्म जति नै अग्रगमनको गीत गाए पनि नयाँ नेपाल प्रचण्डपथ नामक चक्रपथमा फनफनी घुमिरहनेछ भन्ने हेक्का नागरिक समाजका विद्वान् अगुवाहरूलाई छैन भनेर कसरी पत्याउने ? छ भने राष्ट्रपतिलाई पदीय दायित्वको गुरुमन्त्र दिन शीतलनिवास पुगेका स्वघोषित गुरुहरूको आलोचनाको बन्दुक कतातिर तेर्सिंदा मुलुकले निकास पाउला ? र अन्त्यमा, गिरिजाप्रसाद कोइरालाले सेनापति प्रकरणजस्तो दूरगामी महत्त्वको विषयमा सन्देहास्पद मौनता साध्नु र सुजाता कोइरालाले पार्टी निर्णयविपरीत चोर बाटोबाट सरकारमा जाने चेष्टा गर्नुले माओवादीले लिएको विवादास्पद निर्णयमा बयोवृद्ध कोइरालाको पनि परोक्ष समर्थन देखिन्छ । लोकतन्त्रको गह्रौं भारी एक्लैले बोकिरहेको दाबी गरेर नथाक्ने कोइरालाले आफ्नो नैतिक जिम्मेवारीबोध गर्दै सक्रिय राजनीतिलाई युवा पुस्ताको हातमा सुम्पेर स्वास्थ्यलाभतिर लाग्दा कसो होला ?
|
|
|
CEO
Please log in to subscribe to CEO's postings.
Posted on 05-15-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jugal Bhurtel was a die hard supporter of Maoists. When he was a post doctoral student in US, he even wrote an article defending Maoists that Maoist actions have helped in different environmental aspects. He is current spokesperson of NRI, and he works in the same organization as the President of NRI (the only multi Billionnaire Nepali).
I was so surprised to read this article, and know how come this guy has U-turn in his political belief. Anyway, beware of him, and he can be like Prachanda (ho pani haina pani ho Marxsbaad). I read so many articles written by this guy where he supported Maoists: directly or indirectly.
Anyway, the article is great. At the end of the article, there should have been an intro to Jugal bhurtel who he is with respect to NRI. I really liked the article. I hope he does not come other day and defend Maoists, then he is a flip-flopper.
Good Job Jugal!
Last edited: 15-May-09 10:57 AM
|
|
|
kanchu!
Please log in to subscribe to kanchu!'s postings.
Posted on 05-23-09 5:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
while they are happy to send their kids to US for higher education these so called HR Activists do not bother if YCL takes kids out to the street for political reason, they do not bother if education institution are closed indefinitely due to Maoists terror (ex St.Xavier), they do not bother junior bearing arms instead of holding pen as long as their/maoists political wishes are fulfilled. this is the sheer hypocracy you won't find anywhere else other than nepal. below is the Krishna Pahadi attending graduation of his relatives ( must be his son or daughter) in west vergina. source nepali post.
|
|
|
Ved555
Please log in to subscribe to Ved555's postings.
Posted on 05-23-09 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jugal Bhurtel.. ha ha.. this guy is a joke... he used to have newarni girlfriend, but was going with sri lankan girl in Thailand.. bhnanne sunchhu somewhere in 1996-98. This guy seems t be dangerous hypocrite ... then later he went to masturbate Upendra Mahato to earn bucks... h aha.. this guy has no principle.. he is a SHIITTTTT
|
|
|
भ्रष्ट कांग्रेसी म
Please log in to subscribe to भ्रष्ट कांग्रेसी म's postings.
Posted on 05-23-09 10:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जगत भुर्तेलको एक ट्वाक गीदी र नागरिक आन्दोलनको खास्सा इतिहास ! ------------------------------------------------------------------------------------- http://www.nayapatrika.com/newsdetail.php?id=905211214276385%20&n_id=३२ जतिवेला माओवादी जनयुद्धको मोर्चामै थियो, संसदीय दलहरू ज्ञानेन्द्रको अट्टालिकाबाट हुत्तिएर सडकमा आइपुगेका थिए, तर जनताले साथ दिइरहेका थिएनन् । नागरिक आन्दोलनका तिनै अगुवाहरू सडकमा उत्रिए, डा. देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, कृष्ण पहाडी, श्याम श्रेष्ठ आदि-इत्यादि । यिनै अगुवाले संविधानसभाको खुलेर वकालत गर्दा कांग्रेस/एमालेमार्का नागरिक समाजवालाहरू माओवादीपरस्त भयो भन्दै हल्ला गर्थे । त्यतिवेला पनि नागरिक समाज विभाजितै थियो ः संविधानसभा मान्ने नागरिक आन्दोलन र संविधानसभा नमान्ने नागरिक समाजका रूपमा । बाह्रबुँदे सहमतिले माओवादीइतरका दललाई पनि संविधानसभासम्म लतारिसकेपछि कांग्रेस/एमालेमार्का नागरिक समाजवालाहरू मूलधारको नागरिक आन्दोलनमा मिसिन आएका थिए । यी मिसिन आउनेहरू त्यतिवेला पनि आफ्नो दलगत उद्देश्यसहित सडकमा उठ्न खोजिरहेको आन्दोलनमा थपिएका थिए ।
|
|