Hi friends, Like new songs have not depth so is with new Bollywood stuffs where a guy falls in lov with a girl, she somehow manges to come abroad (so that Indians viewers could see foreign posh locales, Europe/Amrika or at least Malaysia).......and finally other clumsy guy enters the scene and movie ends.
Fed up with such masalas. Perhpas 'Taare Zameen Par' was the last Hindi stuff I watched during last 3-4 years despite heavily inclined towards Hindi movies to entertain myself.
whenever I get time I just try to watch old movies from 70s and 80s, Big B being one of my all time favs, not only as an actor but also as an inspiring personality, Ive watched some of his greatest works from Sholay to Kabhi Kabhi and from Mukkadar Ka Sikandar to Mard.
However, Ive missed many of them, now again Im trying to watch Old movies so can u guys share some of his BEST MOVIES. I would prefer to listen your reviews than googling.
If u ask me, KABHIE KABHIE probably was the most memorable movie from his side, still I dont like the character of Shashi Kapoor in some extent. Anyway, it was a great movie.
Now Im trying to watch SILSILA...........and looking for its site, if u have please do share. thanks.....and how was ABHIMAN, I heard its fantastic as well.
Lets talk about other MOVIES of 70s, 80s also, perhaps u may like Rajesh Khanna, Jitendra, Dharmendra, Vinod Khanna or even Sami Kapoor or Devanand....
As we r talking about SILSILA here is the one from my side:-) सर से सर्के, सरके चुनरिया its the best song from SILSILA for me, of course much soothing than देखा एक ख्वाब तो सिल्सिले हुये (thats also from same movie)
I've watched Sholay about 6 times myself and I fail to see Amitabh shining in it (since this is the Big B's thread I'm on here). It was perhaps the first movie that the villian stole all the honors...Gabbar Singh. Damn, that name itself sums up a generation in India where the Chambal dacoits were still creating their legacy in real life!!
I still can't belive that during the casting of the movie the Sippys were looking to have Danny play the role of Gabbar...That would've been a nightmare! hahahahahah
No doubt, Gabbar's performance in the movie is great. But lambu marked it differently. I have realized that lambu has not given a single smile to his most of the movies and I like his way.
Gabbar sing did not brushed his teeth for six months in real life so that his teeth will look like what it is in the movie. Can you imagine not brushing your teeth for six months. hahahhahahhah
रिठ्ठेले लिस्टो बना'च लम्बुको। मैले मखनाँ फस ट्याम पैलो पल्ट जिन्दखीमा भिडो हेर्या लम्बूको अमर अकबर एन्थोनि हो। तेति बेलै तिर बिश्वज्योतिमा सुहाग नि चल्या थो। बिस्वज्योति पुरानै हल थ्यो नयाँ बनिसक्या थेन। सिलसिला नि त्यैँ हेर्या हो।
अनि राम बलराम अनि अरु कत्ति चाइं धनकुटाँ एउटा भिडो हल थो उतिखेर, धरान धनकुटाको बाटो नि बनि सक्या थेन, हेरि त्याँ इस्कूलाट भागि भागि हेर्या। एकचोटि एक हप्ता गायब इस्कूलाट अनि बाले के गरि था पाचन, भेटियो खनेपानिको पायपले
आफुले त एस.एल.सी दिएपछी को ब्रेकमा लम्बु को छुटेको २-३ सिनेमा सधैं ल्याएर हेरिन्थ्यो झिल्के ले अहिले गर्या जस्तो !तेतिखेरै हो लम्बु ले प्राय जसो लाउने डबल पकेट प्यान्टको त फ्यान
Samsara, You are right man. You know what that's the only thing on Lambu attracted me towards him. I mean I like him watching serious like in Sholay, Deewar or other few Cinemas. I feel like There's no any other actor like Amitabh or Dilip kumar in Bollywood.
अझै पुराना कलाकारमा मन पर्ने गुरुदत्त थ्यो एउटा अनि राज कपूर। आवारामा राज कपूरले भर्याँगमा बसेर चुरोट तान्या देखेरै हो कि के हो चिलिमको पारखी भैयो पछि। आग, आह, श्री ४२०, बरसात, जिस देशमें गंगा बह्ति है जस्ता थुप्रै फिलिम हेरियो तेस्का। गुरु दत्तका नि साहिब बिवी और गुलाम, प्यासा, मि यान्ड मेसेस ५५ जस्ता राम्रा राम्रा फिलिम हेरियो उतिखेर।
देव आनन्दको इस्टायलै बेग्लै। गाइड, हरे राम हरे क्रिश्न, बन्दिनी राम्रा सिनेमा थे। शम्मि कपूर का तुम्सा नहि देखा, दिल देके देखो, दिल तेरा दिवाना, काश्मिर कि कली, ब्रह्मचारीहरु राम्रा लाग्या हुन। रफिको स्वर खुब सुट गर्थ्यो मोरोलाई।
पछिल्लामा राजेश् खन्नाका त थुप्रै छन, अगर तुम ना होते, अमर प्रेम, आनन्द, कटि पतंग, आराधना, सफर, आनन्द, थोडि सि बेवफाई जस्ता सिनेमा सम्झिन लायक हुन। राजेश खन्नालाइ चाइं किशोर कुमारको स्वर खुबै सुहाउने, ठ्याक्कै उसैलाइ बनाको जस्तो।
धर्मेन्द्रको चुप्के चुप्के मन पर्या थ्यो।
लौ धेरै लेखिएच, अहिलेलाइ यतिले पुग्च होला है त झिल्के ब्रो।
अनि उतिखेर दूरदर्शन मात्रै थ्यो नेपालाँ टिभि भन्नि, आइतबार होला शायद फिलिम देखाउनि, धर्ना देर हेरिन्थ्यो। बा आमालाई राजेन्द्र कुमार, दिलिप कुमार जस्ता अलि सिरियस खाले मन पर्नि आफूलाई शम्मि कपूर, जोय मुखर्जी जस्ता अलि हाउडे मन पर्नि
लोल ! अन्तरे दाई ले हसाउनु भयो हाहा "खाने पानीको पायप ले खाइयो" अरे राजेश खन्ना को त २२ वोटा मुमी कन्टिन्यु सुपरहिट भा' रे हैन? तेस्को नि सिनेमा निक्कै राम्रो हुन्छ हाम्रो पालामा तेइ भएर त हो नि अन्तरे दाई, नेपाली फिलिम हत्पती लाग्दै नलाग्नि भिडिओ क्यासेट नि नपाइनी तेइ भएर नेपाली सिनेमामा अली कम्जोर भईयो
मलाई चाही अलिकता जान्नी हुन मन लाओ, ठाम दिम है दम्तरी हो ।
मैले के देखे भने अन्तरे ब्रोको लिस्टोमा भएको एक-दुईटा बाहेक बाँकी सबै कथित “मुल-धार” का सिनिमाको चर्चोतारीफ हुँदै रहेछ ।
नि:सन्देह यस्ता सिनिमाहरुमा आम र विशाल वर्गहरुका लागि टन्न मनोरञ्जन भ्यालु छन् र त्यही कारणले यिनको वर्चस्व छ यत्र तत्र ।
तर कस्तो खाले मनोरञ्जन ? यो एउटा वैध प्रश्न हो । र त्यही उठाउन खोजेको ।
अलिकता बौद्धिकता पसिसकेको, भनुम् न किशोर अवस्था नाघिसकेको, दर्शकको लागि के छ तीनमा ? माने कस्तो खाले मनोतञ्जन छ ?
दुई किसिमको देख्छु म । एउटा त त्यो बौद्धिकता भन्ने जिनिसलाई सुताएर एकछिनको लागि सिनिमासंगसंगै आफु पनि मूर्ख (silly) बनी मजा लिने खालको मनोरञ्जन ।
अर्को चाही यस्ता सिनिमामा हुने परम्परागत मूल्य मान्यताको पैरवीबाट हामी आफैमा निहित त्यस्तो मूल्यप्रतिको स्वीकृती (conformism) संग मेल खान गई उत्पन्न समन्वयको आत्मरञ्जन ।
अब कुरो, के यसभन्दा फरक खालको मनोरञ्जन/आत्मरञ्जन दिने हिन्दी सिनिमा छन् ? अवश्य । र यस्ता सिनिमाप्रति हाम्रा दम्तरीका अनुभव, टिप्पणी के छ ? हो, यही जिज्ञासाले यहाँ हाजिर भा’ हुँ ।
बाँडम् साथी हो यो “वैकल्पिक धार”, “समानान्तर धार” वा “कला-सिनेमा” भनिने जातका सिनिमाहरुसंगको अनुभवहरु पनि ।
Nepe prabho...tyo "arth", "aakros", "mirch masala", "dharavi", "bawandar", "maasom", "paththar", "ardha satya" ..etc. jasta cinemako kuro uthako bhae...I was all over them....aafu ta masala cinema ni uttikai herdine...yi maathi lekhekaa jastaa pani ustai dhyan magna bhaera herinthyo ... maja tara beglaa beglai prabho ... eklai herda maathikaa jasta heriyo bishes kohi kohi jasta sanga...."kuch kuch hota hai" jasta ni hernai paryo...masalaa ta heriyo heriyo ani tyastai ustai parya bela angreji ni herekai ho.
He is very heavily influenced by Al Pacino. If it was not for his string of failures at the box office right from his debut to a very good number of years after that, 'the angry young man' shade from Pacino wouldn't have rubbed off on him as much as it did and which he was able to portray very successfully in many of his flicks.
Michael Corleone of Godfather Trio or Vijay of Deewar or Shakti and Tony Montona of Scarface or Vijay Dinanath Chauhan of Agneepath, I don't see a lot of difference in the shades while I give full marks to AB for still being able to give some originality and tinges of local flavor to the characters which appealed his local/home fans.
That said, if you really want to watch his work in most original form: 1) Saudagar 2) Namak Halal.... 3) Satte pe Satta..
and in few other off beat roles where he is more than just the angry young man, are worth an applause.
If above mentioned "saudagar" is not a mistake then I must confess it is the most crappiest movie ever of AB. I think it is one of the worst movies at box office of AB... truly that movie sucks like anything else....
झिल्केलाइ भनेर लेख्या नेपे दाजीले पढेर दनक दिनु भ'च।
दाइले भन्नु भा जस्तै फरक धारका वा मसाला फिलीमका जस्ता "हटके" हैन साँच्चिकै हटके फिलीमहरु नि उत्तिकै हेरियो। माथी दीपले भनेका देखि बाहेक बिशेष गरि अपर्णा सेनका सिनेमा साह्रै मन पर्ने हुन।
36 Chowringhee lane हेरेसि देवश्री रायको नी फ्यान भैयो। दूरदर्शनबाट आउनि बंगाली फिलिम नि छोडिएन। Mr. and Mrs. Iyer नि असाध्यै मन पर्यो, राहुल बोसका अरु फिलिम जस्तै एक दिन चौबिस घन्टे, चमेली नि तेस पछि हेरियो। तेस्का धेरै फिलिमहरु लो बजेट हुने गर्छन् अलि भेट्न गाह्रो हुन्छ। तेस्तै 15 Park Avenue हेरेको त छ महिना नि पुग्या छैन होला। कोंकोना सेन शर्माको रेन्ज देखाउंछन यी दुइ सिनेमाले, हुनत राष्ट्रिय पुरस्कार तेत्तिकै पाइने नि त हैन। अब The Japanese Wife आउँदैछ यो साल पक्कै खोजेर हेरिनेछ।
अब कुरो चलिहाल्यो, हिन्दी टेली सिरियलका नि कुरा गरम न त। बास्तविक जीवनसंग मिल्दा जुल्दा बुनियाद, तमस, इन्तजार, जस्ता ८०का दशकका सिरियलहरु नि मन ला'र हेरियो। सिरियलमा नि मसाला र अलि हटके हुनि रैचन। शाहरुखका फौजी, सर्कस जस्ता नि त्यै ताका हेर्या हो। फौजी हेर्दा यो त हिरो हुन स्वाउनी रैच भन्नि लाग्या थ्यो भै हाल्यो मोरो। अरु मीरा नायर, दीपा मेहताहरुका फिलीम नि मन पर्चन। सलाम बम्बे, मनसुन वेडिंग, fire, 1947-earth, water सबै मन परे।
नेपे दाजु, बिचारको लागि धन्यवाद ! माथि दाईले भनेको जस्तो मलाई ब्यक्तिगत रुपमा सोध्नु हुन्छ भने एउटा राम्रो सिनेमा त्यस्तो खाल्कोलाई मान्दछु जस्बाट आफुले भरपुर मनोरन्जन लिन सक्दछु म ! हुन त सबैको जोख्ने तरिका त ऊही होला ! मैले माथि लेखेको सिनेमाहरुको लिस्टमा चाँही अमिताभ बच्चनको राम्रो (सुपर हिट) भन्दा नि मैले हेरेको सिनेमाहरु को सुची प्रस्तुत गर्न खोजेको हो ! ति मध्ये केही सिनेमाहरु राम्रो भन्न नमिल्ने पनि छन होला (माथि 'म्यावेरिक'ले 'सौदागर' लाई भने जस्तै) पक्का पनि एउटा राम्रो (सुपर हिट ) सिनेमा तब बन्छ जब त्याहा एउटा राम्रो कथा बस्तु, सम्बाद, कलाकारिताको सहि मिश्रण हुन्छ ! एउटा ब्यक्तीको छनौट गर्ने तरिका वा भनौ हेर्ने दृष्टिकोणले पनि राम्रो नराम्रो शब्दलाई केही हद सम्म परिभाषित गर्दछ भन्ने मान्दछु म ! अमिताभको सिनेमा मलाई मन पर्ने कारण नै उस्को एक्टिङ हो--तर एक्टिङ एक्लैले मात्र एउटा सिनेमालाई राम्रो बनाउन पक्कै मद्घत गर्दैन पनि भन्छु ! एउटा सानो बिचार मात्र राखेको हो दाई, 'छोटि मुह बडी बात' नहोस् कतै !
आमाम्मामामामा ! सब भ्याउनुभा’रच । अब भन्न बाँकी के नै रह्यो र ?
*** *** *** *** *** *** *** *** *** ***
रिठ्ठेज्यू,
लम्बुको अभिनय र स्वरको त के कुरा गराई भो र ? जस्तोसुकै अविश्वसनिय कुरालाई पनि वास्तविक जस्तो र जस्तोसुकै पत्रु कुरालाई पनि महान जस्तो लाग्ने बनाईदिन्छ गाँठे त्यसले ।
म वास्तवमा लम्बुले उसको प्रतिभा र ख्यातीलाई अभिनय र व्यक्तिगत जीवनमा मात्र सिमित गर्यो कि हलिउडका अनेकौं प्रगतिवादी/उदारवादी अभिनेताहरु (George Clooney, Warren Beatty, Sean Penn, Barbara Streisand, Jane Fonda, Susan Saradon, Tim Robbins and so on) ले झै सामाजिक, राजनैतिक विकृति-विसंगतिहरु विरुद्धको अभियान जस्ता गैर-पेशागत र सामाजिक कार्यमा पनि लगायो भन्ने कुरामा उत्तिकै जिज्ञासु छु ।
खासमा अमिताभ बच्चनको नाम जोडिएको कुनै सामाजिक अभियान मैले सुनेको छुईन (हुन त मेरो जानकारी बडो सिमित छ, बलिउडका ताराहरुको मामलामा) ।
जमानामा चुनाव लडेको त हो त्यो अनुदारवादी दल, भाजपा, का घाघडान नेता बहुगुणा का विरुद्धमा अल्लाहवादमा । तर त्यसलाई सामाजिक कार्यको कोटीमा राख्न मिल्दैन ।
त्यसैले लम्बुको सामाजिक जीवनको पाटोबारे केही जानकारी छ भने बाडुम् है यहा दम्तरी हो ।
तै तै, हाम्रो आफ्नै कलिउडको पनि कुरा गर्न मन लाओ ।
व्यावसायिक र वित्तिय सफलता पाएका ताराहरु कति नै छन् र हाम्रो सानो आकाशमा । तर पनि जो छन्, मैले देखेजानेसम्म यसो उसो दानदातव्य र निराकार शान्तिको कामना गर्ने बाहेक अरु कुनै प्रगतिशिल सामाजिक-राजनैतिक संलग्नता (Hollywood का ताराहरुको झै “Actervism”) भएको नमानिचु । बरु वित्तिय रुपले संघर्षरत र साना मञ्चका केही कलाकार (मनोज गजुरेल, सुनिल पोखरेल आदि) ले भने धर्म थामिदिएका छन् ।
अब बच्चनको समकक्षी भन्नुपर्यो, हाम्रा राजेश हमालज्यू, जसलाई नेपालका एक पठित र गम्भिर अभिनेताको रुपमा हेरिन्छ, को के छ सामाजिक-राजनैतिक पाटो ? उनलाई सक्रियतावादसंग रुची नभएको मानिचु ।
नेपाली सेलब्रेटी र सक्रियतावादको कुरा गर्दा झरना बज्राचार्यको केही महिना अघिको एउटा बयान सम्झें । जनआन्दोलनको बेलामा उनी खै कता हो घुम्न हिडेकी र आन्दोलनमा उनलाई चासो नभएको कुरा सुनाएकी थिईन् । उनको त्यो सपाट उत्तरले म उत्तरहिन भएको थिएँ । कुरा के भने उनका पुराना फ्र्याङ्क अन्तर्वार्ताहरुबाट मैले उनको बारेमा एउटा बेग्लै सक्रियतावादी व्यक्तित्व (भला नारीवाद कै मामलामा किन नहोस्) भएको चित्र सोचेको थिएँ । उनी त गजबकी व्यक्तिवादी पो निक्लिईन् । जे भए पनि उनको सबल जीवन पद्धतिको भने म आदर गर्छु । बेलायतमा छिन क्या रे । उनको जीवन सुखमय होस्, यही कामना छ ।
*** *** *** *** *** *** *** *** *** ***
दीपज्यो,
सबै ईनारको पानी खानु भा’रच । सुनेर खुशी लाग्यो ।
अब एउटा पुरानो जिज्ञासा झन बढेर गयो ।
हजुरका कथाहरुमा अलिक अफबीट वा भनुम् न केही आदर्शवादले छोएका पात्र एउटै छैनन्, किन होला भन्ने ।
छिमेकबाट आयातित (जसरी सुकै उपलब्ध भएका कला-सिनेमा) मात्र होईन, हाम्रो आफ्नै मुलुकमा पनि राजनैतिक-सामाजिक परिवर्तन उठ्दै गरेको समयका पात्र हुन् बाङ्गे, सुपारी, दीप आदि । होईनन् र ?
अनि तिनीहरु सबका सब कसरी ती सामाजिक-राजनैतिक परिवर्तनहरुबाट बेखबर र अस्पृश्य रहे, रहन सके ? हो यही थ्यो मेरो पुरानो जिज्ञासा ।
Deep broda Movies that you have listed are my best ones. nevertheless big B's Kalapathar, Kalia, Namak Haram, Manzil, Majboor, Anand are some of non-spicy (bina masala) films. I sstill wanna watch Big B's Nishabd and Ek Ajnabi(Hindi version of Men on Fire)
my alltime faavorite are SARAABI, DEEWAR, AGNIPATH, SHOLAY, AANAND, MUKKADAR KA SIKANDAR, AAA, MAJBOOR, DO ANJANE, YARANA, AAKHRI RASTA, INQALAAB, NAMAK HALAAL, SHAKTI, KAALIA, DON, ABHIMAN, MILI, and some more i forgot some movies.
Some of the worst movies of my fav actor big B are SAUDAGAR, PUKAR, GNGA JAMUNA SRSTI, JADUGAR, NAMAK HARAM, ETC ETC
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.