“रक्तचन्दन लैजान तिंकर नाका”
“प्रतिकिलो २०० सय रुपैया ज्यालामा करिब डेढ सय स्थानीयवासीलाई बोकाएर तिंकर पुर्याइएको एक भरियाले बताए । भरियालाई बोकाएको ज्याला मात्र २० लाख रुपैया“ तिरिएको थियो ।
सुनसेराबाट छाङ्रु हु“दै तिंकर पुग्न चार दिन लाग्छ । छाङ्रुमा पनि त्यो बेला चौतीस सुरक्षाकर्मी र वनको रेन्जर पोस्ट थियो । उक्त मार्ग हु“दै रक्तचन्दन ढुवानी गरी तिंकर पुर्याउन दर्ुर्ुइ साता लागेको ती भरियाले बताए । 'अत्यधिक जाडो बढेकाले ताक्लाकोट पुर्याउन सकिएन,' उनले भने- 'बाक्लो हिमपातका कारण तिंकरबाट फर्कियौं ।' उनका अनुसार रक्तचन्दन २ सय ६५ 'गेल' थियो । हरेक गेल ४०/५० किलोभन्दा बढी भएको अनुमान उनको छ ।“
कान्तिपुरमा मंगलवार प्रकाशित यो समाचार हेर्दा फेरी रक्तचन्दनमा ध्यान गयो। अहिले दार्चुलाबाट यो नयाँ बाटो हुँदै तिब्बत जान लागेको थाहा पाइयो। नेपालसँगको भारतको सिमामा बाक्लो रुप्मा सुरक्षा गार्ड तैनाथ हुँदा हुँदै र दार्चुला जस्तो नुन तेल किनेर ल्याउने मान्छेलाईपनि भारतीय पुलिसले सास्ती दिने ठाउँबाट अहिले रक्तचन्दन ओसारिनुको पछाडि भारत रक्तचन्दन बेच्न चाहन्छ र यस्को मुख्य बजार चाइना हो भन्ने कुरामा मलाई त शन्का रहेन।
कुनै बेला मैले साझाको रक्तचन्दन सँग सम्बन्धित पोस्ट मा लेखेको कुरो फेरी पनि सान्दर्भिक होला:
“CITES (the Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) भन्ने सम्झौता अन्तर्गत enlisted बस्तुहरुको बेच बिखन गर्नु गैर कानुनी हुने हुँदा भारत र नेपाल जस्ता CITES लाई अनुमोदन गरेका देशहरुले यस्ता बस्तुको ब्यापार र ओसार पसारमा प्रतिबन्ध लगाउनु पर्दछ। त्यसैले भारत चाहेर वा नचाहेर पनि यो बस्तुको ब्यापार गर्न सक्दैन। हुन सक्छ रक्तचन्दनको तस्करीलाई भारतले पूर्ण रुपमा सहयोग गर्दछ, नत्र तमिलनाडुको जङ्गलबाट हजारौ टन नेपालको राजधानी सम्म नियमित रुपमा आइपुग्दा सम्म पनि कुनै माइकालालले नरोक्नु एउटा सन्योग मात्र हुन सक्दैन। तसर्थ भारतले सजिलो रुपमा नेपालको भुभाग प्रयोग गरेर यस्को अपर्त्यक्ष ब्यापारमा जोड दिरहेको छ भन्ने कुरा नपत्याउने पर्ने आधार छैन ।
नत्र भारतले चाह्यो भने हाम्रा प्रधान मन्त्री लगायत सबै नेताहरु बनेपामा गएर आँफै रक्तचन्दन समाउन धर्ना दिएर बस्छन, सधैं हामीले उनिहरुको चालचलन बाट देखेकै हो ।“
मेरो भन्नुको आशय थियो देशमा पैसो आउछ भने भारतको रक्तचन्दन चाइना पठाउदा नेपाललाई केही हानी हुँदैन।
जे भये पनि कान्तिपुरको यो समाचारले भने मलाई खुशी तुल्यायो।
माओवादी द्वन्दले जर्जर पारेको गाउबाट गाबिसका अध्यक्ष समेत भारी बोक्न भारतीय भुमीमा शहरका गल्लीहरुमा रात गुजार्न बिवश भएका हाम्रा पश्चिम नेपालका दाजु भाईहरुले आफ्नै गाउमा काठको टुक्रो बोकेर मात्र हजारौ रुपैयाँ आम्दानी गर्नु पक्कै पनि खुशी लाग्दो कुरा हो।
२६५ गोलले समेत गाउमा २० लाख रुपैयाँ भित्र्याउन सक्छ त्यो पनि केही दिनमा भने तेत्रो काम त सरकार, NGO ब्यबसायीहरु, ग्रामीण ब्यापार आदीले दिने योगदान भन्दा बढी भएन र??
त्यसैले रक्तचन्दन तस्करीलाई प्रोत्साहन दिउ, गाडीमा होइन भरिया मार्फत बोकएर लैजाउं, कसैको नुन खाएका YCL तेसै चुप लाग्छन, सच्चा YCL आँफै भरिया मिलाउन हिड्छन !!
YCL किन रक्तचन्दन समाउन हिड्छ भन्ने कुरा कही हाम्रो उत्तर तिरको छिमेकीको बफादार बन्न त होइन जस्तो शन्का लाग्न लाग्यो, नत्र IUCN र CITES भन्ने कुरो त यि बबुरा हरुलाई के मत्लब। पक्कै पनि उत्तरका काम्रेड हरुले एसो गुहार मागे पैसो बाहिर गयो भनेर अनी हाम्रा काम्रेडहरुलाई पनि बफादारी देखौने मौका पनि यहाँ भन्दा अरु कहिले मिल्थ्यो।
जे भये पनि मलाई चाँही चामल को दाना देख्न गार्हो हुने ठाउका हाम्रा दाजु भाई हरुले अहिले हजार रुपैयाँ दरका नोठ गन्न पाये भन्ने सुन्दा खुशी लागेको छ।
जय रक्तचन्दन, जय रक्तचन्दन तस्करी !!!!!
(See this in Dautari also)
Last edited: 18-Dec-07 11:50 AM