कोहि राज्यसत्ता र प्रतिगमन वचाउन जनतालाई टाउकोमा कुल्चेर झुठो आश्वासन बोकि शान्ति ल्याउँने आशा दिलाउँदै जुरमुर्राईरहेका छन् त कोहि हत्या हिंसालाई अंगालेर शान्तिको नौलो आगमनको निमित्त भौतारीरहेका छन् । त कोहि दिनदिनै जनतालाई दुःख दिदै हड्ताल, आन्दोलन, चक्काजाम, विरोध प्रदर्शनको नाउँमा गरिबहरूको दैनिक छाकहरू लुटिरहेका छन् । म के भन्ने- कसलाई भन्ने- र कसले सुन्ने- हतियारको यो समाजमा न शान्तिको नाउँमा बोल्न नै सक्छु....! बरु भोको पेटलाई मिच्दै, डर-त्रासकोे हावा खाँदै....मृत्युको सिरानी हाल्दै... आतंकको पोको, पेटमा कोच्याउँदै रोदनको झुठो हाँसो हाँस्नु मात्र सक्छु । केवल शान्तिको नौला आगमन देख्न..! आशा छ ममा..! आत्मविश्वास छ मलाई मेरा नेपालीहरू प्रति....!, त्यसैले वरु एक दुई छाक भोकै वस्छु! वीर गोर्रखालीहरूले आफ्नो माटोको लागि लड्दा नालापानी किल्लामा देखाए झै बरु एक दुई दिन प्यासै लड्छु जीवन र मृत्युसँग! शान्तिको आशमा, अमन चयनको प्यासमा.................