[Show all top banners]

परिहास सुब्बा
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 गजल
[VIEWED 3706 TIMES]
SAVE! for ease of future access.
परिहास सुब्बा
Posted on 09-16-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

      -परिहास

यता ले

छिट्टो दे

 

दिन्छु

भन्छौ जे

 

त्यत्तिकै

पुग्छ के

 

देख्लान्

लुका

 

·         'सुत्र-मंगल-धून' बाट

 

(मैले सुनेको छु, गजल को एक हरफमा कम्तिमा अक्षर हुनु पर्छ भन्ने मान्यता राखिन्छ। के अझ हामीले उहि मान्यतमै मात्र खुम्चिएर गजल लेख्ने ? नेपाली साहित्यको यो उत्तरआधुनिक मोड, जहाँ पुरानो संरचनाहरु भत्काएर नयाँ बनाईन्छन् ।)

Last edited: 16-Sep-08 10:40 AM
Last edited: 16-Sep-08 10:42 AM

 
Posted on 09-16-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहो ! यो त रेडियम । शुक्ष्म पिण्डबाट पनि विशाल उर्जा नि:सृत हुने अर्थमा ।

 

साँच्चै हाम्रा चाहना, द्विपक्षिय लेनदेन र फेरि सामाजिक space संगको द्वन्दको दीर्घकथा को चित्र सर्लक्क खिचिएको छ यी चार शूक्ष्म-शेरहरुमा ।

 

Bravo !

 

अनि यो उत्तर-आधुनिक संज्ञाको हकमा भने यसबारे नेपालको साहित्यिक फाँटमा हाल चलिरहेको अन्योलपूर्ण बहस र विवाद (त्यसो त यसको उद्भव भेग मै यसबारे अनिर्णय  छ भनेको सुनेको छु ) ले गर्दा यो संज्ञाको प्रयोगमा म अलि अनिर्णित छु ।

 

"उत्तर-आधुनिक" भनिएका सिर्जनाहरुमा म अक्सर त्यस्तो तत्व पाउँछु (मेरो पठनपाठन एकदमै सिमित छ भनेर भनि पनि हालौं है) जसलाई "प्रायोगिक" (experimental) भनेमा अन्याय नहुने र अक्सर उचित पनि हुने देख्छु म ।

 

व्यापक प्रयोग मा नआउने/ आउन नसक्ने (main stream बन्न नसक्ने भनम् न) शैली/विधा लाई प्रायोगिक भनिदिदा अनुचित नहोला भन्ने सोच्छु के ।

 

त्यसैले उत्तर-आधुनिक को साटो प्रायोगिक-आधुनिक भन्न रुचाउँला म । यो के कारणले पनि हो भने उत्तर-आधुनिक वाद ले कृतिम रुपमा र बलजफती आधुनिकता लाई केही खास तत्वहरुमा सिमित गर्दछ र आधुनिकता-ईतर कुनै नयाँ कुराको घोषणा गर्दछ भन्ने ठान्दछु म । अहँ, मेरा लागि त उत्तर-आधुनिकता पनि आधुनिकता नै हो, आधुनिकता-ईतर ज्यान गए पनि होईन ।

 

Nepe

 

 


 
परिहास सुब्बा
Posted on 09-16-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe JI, since we are human beings, we have their own principels, own thoughts.

नेपाली साहित्यको उत्तरआधुनिक मोड को सर्न्दर्भमा मलाई के लाग्छ भने, हिजोआज जुन किसिमका प्रयोगात्मक बिबिधताहरु देखा परिरहेका छन् त्यस्ता बिचारहरु एक आधुनिक सोच बाट नै ब्युत्पति भएका हुन जस्तो लाग्छ मलाई । र सामान्य हेर्राईले नेपाली साहित्यको गतिलाई उत्तरआधुनिक मोड को संज्ञा दिंदा फरक पर्दैन जस्तो लाग्छ ।

Last edited: 16-Sep-08 01:29 PM

 
Posted on 09-17-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिहास ज्यू, तपाईँ आफैँ नै हो?

तपाइँको गजल साझामा पढ्न पाएर खुसि लाग्यो!

शिरीषदाईको आँखा पर्छ कि भनेर माथि ल्याएको यो धागोलाई!


 
Posted on 09-17-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-17-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परिहासजी,

 

हाम्रो जमानामा भईरहेका विकास र उदभव (evolution) लाई ईन्कार गरेको होईन, केवल यी उदभवहरु अझै आधुनिकता को व्याख्याभित्र अटाउन सक्छन् अथवा कमसेकम यी उदभवका परिमाण र व्यापकता यस्तो अवस्थामा पुगिसकेको छैन जसले उत्तरआधुनिक युगको (यहाँनेर युग लाई जोड दिन चाहुँला) कुरा गर्न सकियोस् भन्ने मेरो भनाई हो ।

 

छिटपुट प्रयोग हरुलाई उत्तर-आधुनिक विशेषणको दावी अलि अतिरञ्जित हो भन्न खोजेको हुँ ।

 

अनि नेपालको सन्दर्भमा चाही सामाजिक-राजनैतिक आख्यान (narratives) मा त हामी बल्ल पो आधुनिक युगमा प्रवेश गरेका छौं र यसको संस्थाकरण र लोकप्रियकरण हुनै बाँकी छ । वास्तवमा जति पनि उत्तर-आधुनिक सिर्जनाहरु (खास गरेर साहित्य र कलामा पनि शायद) भईरहेका छन् नेपालमा तीनले सारमा पुरातन (पूर्व-आधुनिक वा सामन्तवादी भनम् न) मुल्य-मान्यताहरुको निषेध गरिरहेका छन्, आधुनिक मुल्य-मान्यताहरुको होईन । यस अर्थमा पनि यी कथित उत्तर-आधुनिक सिर्जनाहरु आधुनिक नै हुन्, आधुनिक-ईतर होईनन् । अर्थात् रुपमा उत्तर-आधुनिक देखिने सिर्जनाहरुमा समेत सारमा आधुनिकता छ भन्न खोजेको हुँ ।

 

जे होस्, यो केवल बहस हो मेरो । उत्तर-आधुनिक वा कुनै विशेषण र नामको नव-सिर्जना र प्रयोगहरुप्रति मेरो अघोर श्रद्धा छ त छदैछ ।

 

Nepe

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Tourist Visa - Seeking Suggestions and Guidance
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters