संविधान कस्तो बन्नुपथ्र्याे ? कस्तो बन्यो ? यसले कत्तिको राष्ट्रियताको सबालमा प्रश्न उठायो ? यसले नेपाली जनतालाई दिनुपर्ने हक अधिकारको लागी कत्तिको भूमिका खेल्यो ? के संविधान नेपालको हितमा बन्यो ? यो विषयमा नेपाली जनताले नै भोलीका दिनहरुमा यस्को फैसला गर्नेछन् । नेपाली जनताले ०७ सालको क्रान्ति पछि नेपालमा भएगरेका सामान्य देखी विशिष्ट र जटिल क्रान्तिहरुको प्रतिफल आज नेपालको संविधान बनेको छ । संविधान भित्रको अन्तरबस्तु मा भएका कमिकमजोरीहरुलाई संसोधन गर्दै अगाडी बढ्ने अर्काे बाटो खुला राखेर नेपाली जनताले ६ दशकसम्म पर्खेको एउटा संविधान बनेको छ ।
०७ सालको क्रान्ति पछि नेपालमा भएगरेका सामान्य देखी विशिष्ट र जटिल क्रान्तिहरुको प्रतिफल आज नेपालको संविधान बनेको छ । संविधान भित्रको अन्तरबस्तु मा भएका कमिकमजोरीहरुलाई संसोधन गर्दै अगाडी बढ्ने अर्काे बाटो खुला राखेर नेपाली जनताले ६ दशकसम्म पर्खेको एउटा संविधान बनेको छ ।
नेपालमा गएको विनासकारी भुकम्पको एउटा सहानुभूति भनौ या उपलब्धी नेपाली राजनीतिले कहिल्यै लिन नसकेको एउटा ‘पिक अप’ लिएको छ जसले गर्दा नेपाली राजनीतिमा ‘यस्तो पनि हुँदो रैछ’ भन्ने कहानीजस्तो गरी यत्ति छिटो त्यति धेरै विवादका विषयहरु टुङ्यागएर नेपालीले प्रतिक्षा गरेको जनप्रतिनिधीहरुबाट संविधान निर्माण गर्ने काम भएको छ । गत ३ गते झण्डै साझको ६ बज्नै लाग्दा राष्ट्रपति डा. रामबरण यादवले संविधानसभाभित्र रातो कार्पेटमा प्रवेश गर्दै गर्दा सबै सभासद्हरुले उठेर स्वागत गरे । रामवरण सरासर भित्र गए कुनै दिन भैसी चराउने पश्चिमी तराईको छोरो आज अढाईकरोड नेपाली जनताको प्रतिनिधीको रुपमा संसदवाट गिताजस्तो ‘बडेमान’को किताब उठाएर ढोग्यो, त्यहि किताबमा लेखिएको थियो ‘नेपालको संविधान’ टिभीमा झण्डै ५५० जनाले थपडी बजाएको देखियो, टिभीबाहिर करोडौं नेपालीहरुले थपडी बजाएका थिए ।
संविधान बन्यो । नेपाली जनताले चाहेको त्यही संविधान न थियो आखिर । लेखेकै रहेछ यस्तै झण्डै ५० खरबभन्दा धेरै खर्च लागेर संविधान बन्यो । संविधान घोषणाको अघिल्लो दिन संविधान विरोधीहरु वा यो संविधान नेपाल र नेपालीको हितअनुकुल छैन भन्नेहरु आआफ्नै सुरमा कस्सीएर लागे । १० वर्षे जनयुद्धको ठूलो हिस्सा ओगटेको भनिने विप्लव नेतृत्वको नेकपा माओवादीले शान्तिबाटिका पुगेर अघिल्लो दिन जनसंविधान घोषणा ग¥यो, सरकारको संविधान मान्य हुँदैन सम्म भन्यो । मधेसकेन्द्रित दलमध्ये अन्त्यसम्म चर्चा चलेका विजयकुमार गच्छदारसँग गृहमन्त्री दिने गोप्य सहमति एक दलले नस्वीकार्यको भन्दै हस्ताक्षर गरेनन् र आउने भनिएपनि बाहिरिए , उपेन्द्र, महन्थ, राजेन्द्रहरु मधेसी नेता नै भए उनीहरुले हस्ताक्षर गर्ने कुरै भएन । जम्मा सभासद्मध्ये ५३७ जनाको हस्ताक्षरमा संविधान घोषणा भयो । जे भयो, जसरी गरियो यो सब राम्रै भयो ।
लामो समयदेखी प्रतिक्षा गरेको संविधान देशले पायो । नेपाले पाएको संविधानप्रति नेपाली सहरकेन्द्रित नेपाली जनताहरुले उत्सव मनाएको समाचारले पनि राम्रै मिडिया पाए । संविधान बनेलगत्तै भारतबाट विज्ञप्ती सार्वजनिक गरियो । भारतले संविधान बन्नु आफैमा राम्रो हो तर मधेसवादी दलहरुको माग नसमेटिनु गलत रहेको भन्दै मधेसमा हिंसा भड्किएमा आफूहरु समेत खतरामा पर्ने आशंकासहित नाकावन्दी गर्ने भनेर चुनौती मात्रै दिएन एकाएक नाकाबन्द गरेर पेट्रोल देखी आवातजावात गर्ने मानिसम्मलाई रोक्यो । नेपाल भारतभन्दा कयौं गुणाले ठूलो देश हो नेपाल देशभर भएको जनता भारतको एउटा जिल्लामा नै छन् । भारतले चाहेमा नेपाललाई केही समयभित्रै पनि उडाउन सक्छ उसँग त्यो सामथ्र्य छ । हामी स्वीकार्नुपर्छ ।
भारतसँग विशेषता मात्रै होईन कमजोरी पनि छ, मोदी नेपाल आएर जुन शाख बनाएका थिए त्यो जिटिभी र उनको दुवईको प्रस्तुले केही खस्केको थियो भने अहिले एक दिन गरेको नाकाबन्दीले भारतप्रति नेपालीको धारणा स्पष्ट भईसकेको छ । जतिबेला भारत बेलायतको उपनिवेशमा गुलाम गरेर बसेको थियो त्यतिबेला भारतलाई स्वतन्त्र तिम्रा गान्धीमात्र बनाएका होईन, नेपाली जनताले रगत फालेर भारत स्वतन्त्र बनाएका थिए । जतिबेला भारतबाट लखेटिएर बास नपाएका शरणार्थीहरुलाई नेपालले जमिन दिएर गुन लगाएको थियो । जतिबेला भारतमा उत्पादन हुने सबैखाले चिजबस्तु नेपालले सहजै किनिदिने सुरमा नक्कली र कम्सल सामग्रीहरु उत्पादन गर्न भारतले सुरु ग¥यो त्यसपछि नेपाल र भारतको सम्बन्धमा चिसोपना सुरु भयो । मेरो एकजना आत्मिय साथी कृष्णप्रसाद गौतम भारतीय सेनामा छ, उ गोरखपुरमा तालिम सकेपछि अहिले कास्मिरमा पुगेको छ, उसले नेपाल आउँदा मसँग भनेको थियो, सिब हेर, बाध्यता छ के गर्नु देशले जागिर दिएन भारतीय सेना भईयो, नुन उसैको खाइएको छ, विहानबिहानमा हामीलाई तालिमको लागी दगुर्दै नेपालको सिमानामा ल्याउँछ र त्यहाँ सकेका सिमा स्तम्भ हरुलाई १०औं विघा नेपालतिर ल्याएर फालिदिन्छ र भन्छ, ‘अब हामारा हुआँ ये भूमि’, यार के गर्नु १५६ नंम्बरको सिमास्तम्भ मैले नै आसु झार्दै, नेपाल आमासँग माफी माग्दै २ विघा टाढा सारेको छु, नत्र जागीर छोड्नु पर्छ’ म आश्चर्य हुँदिन किनकी उसँग एउटा बाध्यता छ, यसैगरी हरेक दिन हरेक समय भारतले नेपालको सिमाहरुमा ज्यादती र करतुत गर्छ यो देख्दा टुलुटुलु हेरिरहनुसिवाय के नै गर्न सकेका छौ र हामीले । नवलपरासीको सीमा सुस्तामा पुगेको थिए, सुस्ताका जनताको मलिन अनुहारमा राष्ट्रियता त लुकेको थियो, नेपालको मायाँ त लुकेको थियो तर उनीहरुले दैनिक उपभोग्य सामान भारतले न्यून शुल्कमा घरघरमा ल्याईदिन्छ उनीहरु चाहेर पनि बोल्दैन बोले उनीहरुको गासँ काट्टीदो रहेछ ।
पछिल्लो समय मोदी प्रधानमन्त्री भईसकेपछि सम्बन्ध विस्तार र विकासको लागी भन्दै नेपाली संसद भवनबाट भाषण गरे उनको भाषणमा मुग्ध हुँदै नेपाली नेताहरु ताली मार्दै थिए, सार्क सम्मेलनपछाडी नेपालका नदीनालाहरुमा नाटकीय ढंगले सम्झौता गरे, प्रधानमन्त्री हुँदा बाबुराम भट्राई भारत पुगेर विप्पा सम्झौता गरे, भारतीय राजदुत र विदेशमन्त्री नेपाल आएर पीटिए र पिडिए सम्झौता गरे, देश विकासको लागी यि सुचकहरु फलदायी भएपनि उत्पादनपछि भारतमा लगेर भारतबाट नेपालले किन्नुपर्ने त्यस्तो महँगो सर्त स्वीकार्ने हामी पनि लाचारी हौं । भारतले नै रोजगार दिन पाउने, भारतले जतिबेला चाह्यो त्यतिबेला परियोजना सञ्चालन हुने, सप्तकोशी र टनकपुरका ढोकाहरु खुल्ने र बन्द हुने, भारतले जतिबेला चाह्यो त्यतिबेला नेपाल डुबान हुन सक्ने त्यस्तो राष्ट्रघाती सम्झौता गर्न पुगेको हामीले स्वातै विर्सेका रहेछौँ । चाहे गण्डक सम्झौता, महाकाली–टनकपुर सम्झौता, बुढिगण्डकी, अरुण तेस्रो, अपर कर्णाली विकासको नाममा भारतलाई सुम्पने हामी नै लाचारी हौं, बरु एक वर्ष ढिला हुँदो हो तर भारतीय कब्जामा त पर्ने थिएन । आज अरुण तेस्रो आयोजनाको रिपोर्ट तयार पार्न कुनै पत्रकारलाई परियोजनाभित्र छिर्न दिदैन भारतीय ठेकेदारले कसरी काम गरेको छ कुनै सरकारी टोली अनुगमनको लागी पुगेको छैन । अनी हामी खुलामञ्चबाट भाषण गर्छाै भारतीय विस्तारवाद स्वीकार्य छैन, लिम्पियाधुरादेखी सुस्तासम्म हराएका २५५ भन्दा धेरै सिमास्तम्भ खोजी गर्ने समिति कहिल्यै बनाएनौ हामीले, कहाँ कति मिचिएको छ, त्यसलाई तुरुन्त फिर्ता गर्नको लागी पहल कहिल्यै गरेनौ हामीले, लिपुलेक हाम्रो हो भन्दा सरकारी जेलभित्र सार्वजनिक मुद्दा खेपिरहेका युवालाई राष्ट्रीय झण्डाको अपमानको अभियोग लगाउने सरकारले भारतीय हस्तक्षेप बन्द गर भनेको कत्ति सुहाउँछ ?
राजनीति देश र जनताको हक र हितको लागी नै गरिन्छ, नेकपा (माओवादी)ले १० वर्षे जनयुद्ध जनताको लागी गरेको थियो, २००७ सालमा कांग्रेसले गरेको क्रान्ति जनताको लागी थियो, २०२८ मा एमालेले गरेको झापा विद्रोह जनताको पक्षमा थियो, ०३६, ०४६ देखी ०६२÷०६३ सम्मका आन्दोलन र क्रान्तिहरु सबै जनताका पक्षमा थिए । आज फेरी मधेसमा आगो बलेको छ, त्यो भारतबाट परिचालित आगो हो या सलाई भारतले सल्काएको हो मुख्य कुरा त्यो भन्दा पनि त्यहाँ बलेको आगो र चलेको आन्दोलन पनि मधेसी जनताको लागी नै हो । चाहे कमल थापाले गरेको विद्रोह होस् या मधेसले गरेको आन्दोलन सबै जनताको पक्षमा नै हो । तर किन हामी भित्रै लडिरहेका छौं । मधेसले आफ्नो पहिचान माग्दा भारतको साथ लिनुपर्ने कहाँको राष्ट्रियता हो र थारुलाई पहिचान नै दिनु हुँदैन भन्ने कहाँको राष्ट्रिय संविधान हो । विप्लवले राष्ट्रियता बचाउँनको लागी क्रान्तिको आव्हान गरेका हुन् भने हामी राष्ट्रियताको लागी लड्न किन विप्लवलाई गोन्जालो बनाउनु प¥यो र उनलाई साथ दिनमा के तकलिफ । यदि कमल थापाले नै राष्ट्रियताको सवालमा मिचिएका सिमानाहरुमा पुगेर आन्दोलन गरुन, या कांग्रेस, एमाले, एमाओवादी सबैले गरुन हामी नेपाली युवा न हौ जसको नेतृत्वमा भएपनि राष्ट्रियतको सवालले हामी सबैलाई छोएकै छ ।
अब हामी कुनै पार्टीलाई छोडेर सबै नेपालीहरु एक हुने बेला आएको छ । हामी हिजोको नेपालको २ लाख ४६ हजार बराबरको बर्ग किमिमा रहेको नेपाल आज १ लाख ४२ हजार बर्ग किमि मा आएको छ (यद्यपी किताबहरुमा १ लाख ४७ हजार बर्ग किमि पढाईन्छ ) । नेपालले आफ्नो जमिन आफ्नो सिमाना खोज्दा उग्रराष्ट्रबाद भएछ भने यो विश्वमा अन्य २१६ देश पनि बाकी छन्, यदि त्यो गलत रहेछ भने नेपाल एउटा ईतिहास थियो भनेर सबै नेपालीले आत्मदाह गरौला । संविधान आउँदा बाईक ¥यालिमा सहभागी हुने र माईक पाउँदा चिच्याएर खोक्नेमात्रै अनी खोक्रो लोकप्रियताको लागी राष्ट्रवादी लेख, साहित्य लेखेरमात्रै राष्ट्रियता हुँदैन, हिजो भक्ति थापाहरु ७० वर्षको उमेरमा पनि कालापानी पुगेर लडेका थिए । बलभद्रहरुको ईतिहास हामीले पढेका मात्रै होईनौ हुनसक्छ दशौं हजारको ज्यान जानसक्छ तर देशको स्वाभिमानको लागी लडाई लड्दा मेरेर पनि बाचिन्छ भने किन मर्न राजी नहुँने । आऊ युवाहरु सबै भारतीय सेनाहरु नेपाल फर्क, यही रहेका बाझो खनौलाँ, यहाँका गोर्खा छुरीहरु रेटौला, भक्तपुरे खुकुरीहरुमा खियाँ लागेको छैन, मधेसी युवाहरु तिमीले आन्दोलनमा देखाएको भाला, खुडाँ र गुलेलीका पौरख किन नेपाली दाजुभाईलाई देखाउँनु प¥र्यो आउँ पहिले भारतविरुद्ध हाम्रो भूमिका लागी लडौं यदि तिमीहरुमा साञ्चै नेपालीत्व छ भने नेपाल जागाउन लाग तिम्रो मधेस र थारुको पहिचान दिन भोली हामी पहाडिया पनि लडौला यदि नेपाल रहे नै त तिमी हामी सबै नेपाली रहौला नि ।
संविधान कसलाई पो चित्त बुझेको छ र, कांग्रेस आफैले सबै कुरा समेटिएन भनेको छ, एमाले आफै पनि संशोधन गर्न सकिन्छ भनेको छ, प्रचण्ड आफैले पनि संविधान बनायौं अब संविधानभित्रका अन्तरबस्तु फेरी निर्माण गर्नुपर्छ भनेका छन्, राप्रपाले हिन्दु राष्ट्र नभएसम्म लडिरहन्छु भनेका छन्,ओमकार परिवारले अनसन गरको छ, मधेसी दलहरुले पहिचानको लागी लड्छौ भनेका छन्, जनजाती, दलित, महिलाहरु समानताको लागी लड्छौ भनेका छन्, बैद्यले स्वाभिमानको लागी लड्छौ भनेका छन्, विप्लवले जनसंविधानसहित जनताको अधिकारको लागी र राष्ट्रिय स्वाधिनताको लागी लड्छौं भनेका छन्, गोविन्द केसी मेडिकल माफिया विरुद्ध लडेका छन् सबैलाई सबै कुरा कहाँ मन परेको छ र तर पनि राष्ट्रपतिले भागवत गिताजत्रो संविधानलाई शिरोपर गर्दा देश पुरै दिपावलीमय बनेको छ । त्यसैले संविधानभित्र भुलिरहँदा हाम्रो राष्ट्रियता खोक्रो बनेको छ हामी सबै अब राष्ट्रियताको लागी लडौं सेनाहरु नेपाल जोगाउन जाग, प्रहरीहरु सीमामा जाउँ हरेक भारतमा पुगेका नेपालीहरु तिमी आत्मस्वाभिमानको लागी फर्क कति नै पो कमाउँछौ र तिमीले पैसा यहि देशमा बारीहरु खनौला, सजिबन लगाउँला, खानीहरु खोतालौला र बनौला जापानजस्तै विकास र स्वाभिमानी देश, नेपालीहरु तयार होउँ अब राष्ट्रियताको लागी लड्नुपर्ने बेला आएको छ अब पनि नलडे र भारतको सामना नगरे सबै मधेसीहरुलाई भारतले किन्ने छ, भोली मधेस नै नेपालविरोधी भएर लड्नेछ त्यसैको उपज हो सिके राउत र सरिता गिरीहरु, तराईलाई टेकेर उभिएको पहाडले हिमाल टल्किएको देख्नु छ भने हिमाल पहाड तराई सबै एकजुट भएर अगाडी बढौं । संविधान नै अन्तिम होईन यस्ता संविधान त कतिपटक बने कतिपटक बनाईन्छ तर नेपाल कहिलेसम्म रहन्छ त्यो मुख्य विषय हो ।
अन्तिममा कोईराला, ओली र प्रचण्ड बाबुराम, बैद्य र विप्लव र सबैखाले नेता नेतृत्व तहलाई देशभित्र लडाई त भोली पनि लडौला पहिलो खुलामञ्चबाट करोडौं नेपालीलाई राष्ट्रियताको लागी उठ्न अपिल गर । नेपाली हामी रहौला कहाँ नेपालै नरहे ।