[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 128199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-20-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पर्दैन पर्दैन तँ आरम गर" भन्दैं ओर्लिएँ म उस्को त्यो घुमाउरो भर्याङ्ग।---

 

ट्वाक कहाँ पुग्या उ रैनछ। भाई चै ले "दाई छैन" भन्यो। "कता गयो?" भन्या बाहीर भन्यो --"काँ बाहिर?" भन्या "था छैन" रे। लौ बरबाद जस्तो लाग्यो। ट्वाक त मलाई नभै भा थेन।

 

ट्वाकको घरमा मान्छे धेरै थिएनन् त्यति बेला-- किन हो-- सुनसान जस्तै थ्यो। "को को छन त घरमा?" चोकमा खेल्दै गर्या ट्वाकको भाईलाई सोधें मैले।

 

"दीदी र म मात्रै --" उस्ले पुलुक्क म तिर हेरेर भन्यो।

 

अब कुन चै दिदी हो घरमा भा -- चेतना हो की बे गर्ने चै हो? -- सोच्दै थें चेतना आई तल।

 

"दाई छैन" उस्ले मलाई देख्ना साथ भनी।

 

"थाह पाएँ -- कता गयो?" उस्लाई था छ कि भनेर सोधें।

 

"मलाई भनेर जाने गर्या छ र? -- अचेल निक्कै हिमचिम छ नी साथिभाईको  --" उस्ले भनी।

 

"साथिभाईको हिमचिम नभए कस्को हुन्छ त नी?" मैले पनि सोधेरै आफ्नो कुरा भनें।

 

"था छ मलाई यो बिशेष हिमचिम किन भनेर --" उस्ले भनी।

 

"किन?" मैले सोधें। भाई चै खेल्दा खेल्दै कता लागि सकेछ -- चोकमा चेतना र म मात्रै। मलाई कता कता असजिलो लाग्यो। त्यै बेलाँ ट्वाक आउला र भाको नभाको शंका गरेर भडकेला भन्ने डर। तर चेतना सँग कुरा गर्ने मन पनि उत्तिकै छ फेरी। त्यै पनि यता चेतनाको लोभमा लाभ हुने भन्दा उता कबिताको लाभ बिलापमा बदलेला भन्ने चस्का लाग्यो र "ल त म गएँ-- ऐले पछि आउँछु" भन्दै चोकबाट निस्किन खोज्दै थिएँ "हामी सँग त किन बोल्नु हुन्थ्यो र -- हामी त नराम्रो मान्छे" कानमा ठोक्कियो। फर्केर हेरेको उ त एकनास मै तिर हेरीरा रैछे। मनले बारहको तोप हान्यो।

 

"पशपति जाने बेला भा छैन अहिले" उस्ले भनी।

 

म त छक्क परें। काँबाट थाह पाईछ पशपति जाने कुरा भनेर। तर मैले केही भनीन चुपचाप उभिई रहें।

 

"नगए हुन्न पशपति?" उस्ले सोधी।

 

"किन?" मैले पनि सोधें।

"थाह छैन" उस्ले भनी।

 

उस्ले थाह छैन भने पनि उस्का नाँचेका आँखालाई धेरै कुरा थाह भए जस्तो थ्यो—

 

जाडोका घाम उस्का र मेरा माथि आईपुगेका थिए--हावामा चिसोपन थ्यो -- कुराको बाताबरण पनि मौसम झै थ्यो।

 

"बाङ्गे खै नी आज?" उस्ले कुरालाई अर्को बाटो तिर लग्दै सोधि।

 

"जोरो आएर सुतीराछ" कुरा सजिलो बाटो तिर लाग्या राहत मैले अनुभव गरें।

 

"उस्ले शोभालाई के के भन्यो रे?" चेतनाले सोधी।

 

"उसैलाई सोध्नु क्या -- मलाई के थाह्?" मैले अलि अचम्म मानेर भनें। शोभा सँग बाङ्गेले भन्या कुरो चेतनालाई कसरी थाह? पक्कै शोभाले भनेको हुनु पर्छ।

 

"ल्याउनु नी त उस्लाई यहाँ मै कुरा गर्छु" उस्ले भनी।

 

उस्ले लगाएको स्कर्ट मन्द हावाले यता उता गर्दै थ्यो -- घरी घरी उस्को अनुहारमा आउने उस्को कपाललाई उ बारम्बार पछि लग्थि। ओठ पान खाए झै देखिन्थे -- अनुहारमा एक किसिमको चमक थ्यो। मैले आफ्ना हेराईहरुलाई उस्को अनुहार भन्दा तल आउन नदिन सक्दो कोसिस गर्दै थिएँ।

 

"बाङ्गे टिङ्गे मन पर्दैन भन्या हैन त? फेरी किन भेटनु पर्यो?" मैले सोधें।

 

"मन परे पनि मलाई नै पर्छ, नपरे पनि मलाई नै पर्दैन अरुलाई के को चासो?" उस्ले ओठमा नजानिदो मुस्कान ओराली बोल्दा बोल्दै।

 

"हैन बाङ्गेको पनि भाग्गे उदाउने भो त?" मनमनमा सोचें।

 

"हुन्छ त म खबर पुर्याईदिउँला बाङ्गेलाई" मैले हाँसेर भने अनि सोधें "प्रकासको चै अनि के हुन्छ नी?"

 

"प्रकासको किन पिर गर्नु पर्यो?" उस्ले अलि कडा स्वरमा सोधी।

 

मैले केही भनीन।

 

उस्ले फेरी "पशपति जानु पर्दैन आज -- भन्देको छु मैले" भनी।

 

"म पसपति गएर तिमीलाई के फरक पर्छ?" मलाई रमाईलो अनुभुती हुँदै थ्यो।

 

"फरक पर्छ" उस्ले भनी। उस्का र मेरा आँखा जुधे। दिउँसै केही फिलुङ्गा देखे झै लाग्यो मलाई।

 

"के फरक पर्छ?" मैले पनि थपें।

 

उस्ले एक कदम म तिर सरेर whisper गरे झै गर्दै भनी "फरक पर्छ --" अनि फेरी अघि बढाएको कदम  फिर्ता गरी।

 

ट्वाकको भाई चै कैले चोकमा हुन्थ्यो कैले बाहीर जान्थ्यो कैले माथि। उस्लाई हाम्रो कुरामा केही चासो थियो जस्तो देखिन्नथ्यो।

 

चेतनाको कुरा मैले बुझे जस्तो पनि लाग्थ्यो तर जे बुझ्या हो त्यो हैन पनि जस्तो। उस्ले के गर्न खोजेकी हो के भन्न खोजेकी हो कुन्नी तर मेरो दिमाग घुमाईराथी।

 

"म अब पसपती जाम कि नजाम?" आफैले आफैलाई सोधें। गए चेतना रीसाउली रे -- उ रिसाए पनि के? उस्ले मलाइ के गरेकी छ र -- दिउँसो बेचैन गरेकी छ -- राती सपनामा कुनै बेला खोलाबाट झिक्या माछा जस्तो कुनै बेला अंग्रेजी सिनेमाकि हिरोनी जस्तो गरेकी छे त्यै हो – बरु चेतना रिसाए रिसायोस कबिता खुसी भए त्यतै कल्याण हुन्थ्यो जस्तो लाग्यो।

 

म मनमा कुरा गुन्दै थिएँ "कबितालाई चिन्या छ?" चेतनाले सोधी।

 

"चिन्या भन्या अब त्यै अस्ति निम्ता दिन गा हो ---एक दुई चोटी देख्या हो ---- त्यै हो" मैले भनें।

 

"ल मलाई अरुकुरा थाह् छैन जे मन लाग्छ गर्नु -- मैले भनेको मान्ने भए जानु पर्दैन पशपती शसपती -- " उस्ले सुनाई।

 

म त्यत्तिकै उभिइरहें।

 

"भित्र जाने हो?" उस्ले मलाई सोधी।

 

"भैगो" मैले भनें। धर्म संकटको जालमा म परीसक्या थें।

 

"अनि किन उभीई रा त? -- गए भए हाल्यो नी" उस्ले उस्का दुइटै नयन बाण सिधैं मेरो मुटुमा तारो लगाएझै गरी फ्याँकी अनि घर भित्र जाने ढोका तिर बढी। ---


 
Posted on 11-20-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasot jhyaappa jhyaappa break haanne bhanya.. katha ma..


 
Posted on 11-20-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

'एक कदम म तिर सरेर whisper गरे झै गर्दै भनी "फरक पर्छ --" अनि फेरी अघि बढाएको कदम  फिर्ता गरी।'

 दिप,

 ' whisper ' नेपालीमा लेख्न नजानेर कि चेतनाले 'फरक पर्छ' भन्दा  इउलिसमै  कानेखुसी (साउती) गर्याथिन

Last edited: 20-Nov-07 10:45 AM

 
Posted on 11-20-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हो चेतनाले कतै दीप ज्युलाई मन पराको हो कि क्या हो। मलाई तेसतै लाग्यो। ल दीप ज्यु हजुरलाई बधाई छ

 
Posted on 11-20-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ती अहिले भएक दुई भन्त्यङ्भुन्तुङ चेतना पट्टी का हुन की कबितका?


 
Posted on 11-20-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Narayangarh suburb ,

"ती अहिले भएक दुई भन्त्यङ्भुन्तुङ चेतना पट्टी का हुन की कबितका?"

लौ न ब्रो यसरी घर भाँडने कुरा नगरम् न -- मेरा त एक दर्जन छन "भन्त्यङ्भुन्तुङ" -- अब जम्मा दुईटाको मात्रै हिसाब त्यो पनि यसरी साझामा भन्दे पछी मैले बाँकी १० "भन्त्यङ्भुन्तुङ" को हिसाब कसरी रुजु गराउनु? तेसमाथि पनि कबिता र चेतना दुईटै नाम नमिल्ने सँग घरजम रे छ भने अर्को आपत -- के आईलाग्यो नी यो मेरी बास्सै!

 


 
Posted on 11-20-07 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साला.................. यो कथा पनि बाङ्गे जसतै छ केहि  PREDICT  नै गर्न सकिन्न, को कस्को पछाडि पछडि ??
तै पनि दाआआआआमी छ

waiting for next episode.......


 
Posted on 11-21-07 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hya malai ta bore nai laagi sakkyo..... jhyappa 5-7 pages ekkai choti lekhau na guruji.... yo aali aali chara le ta na bhok metnnu ta kahan badhauncha matrai........................

 
Posted on 11-21-07 4:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

killer chha Deep Jeu, cant wait for the next epi.

 
Posted on 11-21-07 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

killer chha Deep Jeu, cant wait for the next epi.

 
Posted on 11-21-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप, तिम्रो यो कथाले त टाउको नै रिङ्गायो, को कस्को हो थाहा नै नपाउने, बरु हरेक केटा पछी तिनिहरुको केटी को नेम ट्यग टासिदेउ, अनी बल्ल बुझ्ला जस्तो छ।


 
Posted on 11-21-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि किन उभीई रा ? -- गए भए हाल्यो नी" उस्ले उस्का दुइटै नयन बाण सिधैं मेरो मुटुमा तारो लगाएझै गरी फ्याँकी अनि घर भित्र जाने ढोका तिर बढी। ---

जुन कुराको धुन चढेको थ्यो त्यै कुरामा "पशपति नजानु" भनेर तुषारो पार्दी चेतनाले। कबिता सँगको सम्बन्धमा जति स्वतन्त्रता थ्यो त्यति नै बरु त्यो भन्दा बढीनै सायद नियन्त्रित हुन्थ्यो चेतना सँगको सम्बन्ध यदि त्यो सम्बन्धको सम्भावना भए पनि।

चोकमा यत्तिकै उभिईरहें के गरम के गरम भै रह्यो। जान चै मन पसपति तर चेतनाले नजानु भनेर उस्को आमन्त्रणलाई अर्कै शब्दहरुमा पोखेकी हो कि जस्तो लागेर द्विबिधा हुने नै भयो।

एक्लै पसपति गएर हुन चै सायद केही हुन्न थ्यो। त्याँ देखी पसपति सम्म लखर लखर गयो--लखर लखर आयो -- वहाँ पनि देखा देख सम्म त सजिलै होला -- एक दुई शब्द बोलिएला तर त्यो भन्दा धेरै केही हुने सम्भावना कम थ्यो। हो ट्वाक सँगै भए स्थितीको आशिर्बाद मेरो पक्षमा बलियो हुन्थ्यो तर कता हो कता। बाङ्गे भए जाँदा आउँदा बोर हुन्नथ्यो बाटामा -- राख्न चै उस्लाई पसपतिको ढोका बाहीरै राखे मात्रै -- भित्र सँगै लगे पछि के हुन्थ्यो भन्न सकिन्नथ्यो। तै पनि परस्थिती बिग्रेर ज्यान मालको सुरक्षामा लाग्नु पर्ने स्थिती आएको खण्डमा उस्को मद्दतमा मैले भरोसा गर्न सक्थें। तर जोरोले ढलेको थ्यो अहिले। जाने कुरै भएन। सुपारी हो अर्को बाँकि। साथि पनि हुन्थ्यो अनि कुरा भाँडिने खतरा पनि सुपारीबाट या हुँदै हुन्नथ्यो भए पनि न्युनतम। तर सुपारी सँग मात्रै जाँदा मजा नआउने। उ तरुनीको कुरै नगर्ने -- आफुलाई तरुनीको कुरा नगरी खाको नपच्ने  --त्यसमाथि आफु आज पसपति जान लागेकै तरुनीको लागि। तै पनि सोचें एक्लै जानु भन्दा   सुपारी सँगै जानु बेस। आखिर मैले पसपति जाने नै बिचार गरें त्यो चेतनाको चोकमा एक्लै उभिदा उभिदै।

सुपारी कहाँ जानु पर्यो भन्दै बाहिर सडक तिर आउन त्यो चोकबाट निस्किदै थिएँ "जान ला?" भनेको सुनें।  चेतना फेरी चोकमा आई।

 "अँ" मात्रै भनें।

 "काँ जान ला नी?" उस्ले सोधी।

 "था छैन" भन्देँ। पसपति भन्न मन पनि लागेन अनि साँच्चै भन्ने हो भने आँट पनि आएन।

 "मलाई थाह --- कस्तो जिद्दी मान्छे होला --कुरा पनि नबुझ्ने" उस्ले अलि रिसाएझैं गरी भनी तर मलाई थाह् थ्यो रिसाएकै चै छैन। नत्र जानला मान्छेलाई जान दिई हाल्थि नी -- अल्झाउनु पर्ने कामै थिएन।

"अर्को साथि खै थाह् ?" उस्ले सोधी।

 "को अर्को साथि?" मैले पनि सोधें। कस्को कुरा गरेकी हो कुन्नी।

 "को अब? कति जना छन साथि? " सोध्ने उस्कै पालो थ्यो।

 "कति छन कति नी --" भनें। हो नी साथि धेरै छन नी।

 "खुब छन --" उस्ले पत्याईन।

 "कस्को कुरा गर्या? तिमीलाई को मन पर्या त्यो भनन कुरा गर्दीम्ला" मैले उसलाई जिस्काउने सुरमा भनें।

" त्यै कत्ति -- आफुलाई मन पर्या मान्छे सँग कुरा गर्न सक्नु छैन अझ अरुहरुलाई मन पर्या मान्छे सँग कुरा गराईदिन्छु रे -- " उस्ले पेच कसे झै गरी भनी।

  चुपचाप उस्को कुरा सुनीरहें भनेकी के हो त्यो बुझ्न् पट्टी लागें। उस्ले अरु थपि -- "आफुलाई मन परेको मान्छे मैले चिनेको जिद्दी मान्छेले चिनेको ?"

 उस्को प्रस्नको जवाफमा मैले उस्लाई एकटक हेरी रहें।

 "अर्को साथि खै भन्या?" उस्ले फेरी सोधी।

"को बाङ्गे?" मैले सोधें।

" जोरो आएर सुतीराछ भन्या हैन?" उस्ले सम्झाई।

"अँ" भनें। हो बाङ्गेको कुरा मैले उस्लाई अघि नै भनी सक्या थें।

"अनि?" उस्ले थपि।

"अनि को अब -- उसो भए सुपारी?" मैले सोधें।

 उस्ले "हो" मा टाउको हल्लाई अनि सोधी " खै?"

"था छैन मलाई घरमै होला नी" मैले भनें। अब सुपारी काँ मलाई के था? उस्लाई मैले भेटेको थिएन। सुपारीको बारेमा उस्ले त्यसरी घुमाएर कुरा गरेको मलाई पटक्कै मन परेन।

 " अब जान्छु पसपति" त्यै झोंकमा मैले उसलाई सुनाएँ। भनेर पो जाम कि नजाम गर्या -- चै सुपारीको कुरा त्यस्तरी घुमाएर गरे पछी हाम्लाई बोर हुँदैन कि क्याहो?

 "पर्दैन" उस्ले उस्का आँखि भौं अलिकति खुम्चाएर भनी।

 "मलाई के फाईदा नगएर?" मैले पनि हाक्काहाक्की भन्दें। हो नी के फाईदा ?

फाईदा भए उसैलाई हुने होला सुपारीलाई हुने होला मेरो चाई बेफ्वाँकमा कबिता उम्किने काममा किन लाग्नु? अघि सम्म चेतनाको पनि चङ्गा उडाउँदै थ्यो मन अहिले चेट भयो।

 "पसल खोल्या हो ?" उस्ले तिर अलि नजिक आएर सोधी।

 "के पसल?" मैले बुझिन उस्को कुरा।

 "अनि के फाईदा नोक्सानको कुरा गर्या ?" उस्ले भनी। उस्को मेरो बिचमा दुई फिट जतिको दुरी हुँदो हो तर उस्ले मलाई छोएझै हुँदै थ्यो मलाई। मेरा आँखा अनायसै उस्का अनुहारबाट तल ओर्ले।

 "खै अघि भनेको साथि?" उस्ले अलि पर तिर सरेर सोधी।

मैले उस्को प्रश्नको जवाफ नदिई उस्लाई एक चोटी चुरोटको अन्तिम सर्को तानेझै गरी हेरें अनि त्यहाँबाट निस्केर  सरासर लागेँ सुपारीको घर तिर।

 उस्का पुग्या रैन -- आमाचै ले खै ट्वाककहाँ जान्छु त्यता बे को काम भनेर भन्थ्यो अघि नै गयो भनीन।

 ट्वाक कहाँ अघि देखि नै थिएँ त। मैले सुपारीलाई देखिन।  ----


 
Posted on 11-21-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो सुपादिले चै भिलेन खेलेको जस्तो छ है दीप ज्यु।


 
Posted on 11-21-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'"पसल खोल्या हो ?" उस्ले तिर अलि नजिक आएर सोधी। "के पसल?" मैले बुझिन उस्को कुरा।"अनि के फाईदा नोक्सानको कुरा गर्या ?" '

चेतनालाइ यो बेला  दीपले  कुरो नबुझेको देखेर दिक्क लाग्यो होला पक्कै पनि

तर मलाई चै एक्कासी हाँसो उठेर  चियानै सर्कियो। अझै खोक्दै छु


 
Posted on 11-21-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep daju...jadau takraaye :)...
nalekhu nalekhu bhanyo...lekhu lekhu laagcha bhaneko...maakasam bangya kuro padhyo ki kathmandu ko jhal jhali yaad aaucha...bangey ko pani jatrai recha...hadigaun cheu chaau tira bhayera po ho ki...:)...tyo taruni chai duitai tanum hai...chodna ta yeuta pani hunna :P...

 
Posted on 11-21-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब अहिलेको जमना मा पनिल अरुले देला र खम्ला भनेर हुन्छ त? जती नै सोझो भने पनि सुपरिको पनि त मनै होनी। अरुलाई तरुनी मिलैदिने अनी आफु चै? बिचराको को कल्यन नै हुने भो।


 
Posted on 11-21-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म भा भे, त्यो चेतना लाई बाल्-मत्लब दिन्न थिए।  कुरा गर्ने ताल पनि कस्तो ठाड्ठाडो रहेछ।  माइन्ड गेम्स मात्रै खेल्ने।  ए दीपे, खुरुक्क पस्पती जाउ।  कबिता लाई उुडाइदेउ।

 
Posted on 11-21-07 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suparee lai jhyap parna supari nai dinu parla jasto chha.
 
Posted on 11-21-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Yo remind me these days in handigaun

 
Posted on 11-23-07 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी ऑनलाइन देखे सोध्न मन लयो, आमंत्रणको नया भाग कैले आउदै छ ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters