[VIEWED 161173
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 10-27-05 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?
|
|
|
|
Bostonian Nepali
Please log in to subscribe to Bostonian Nepali's postings.
Posted on 11-20-05 7:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ आबो चै मित्र शिरेले यो चामलको पिठोजस्तो बेशीथाने ठिटोको भरखरै बुन्दै गरेको पिरेमजाल यि सबै गाम्लेलाई सुनाईदिएर खेस्रीका बा माझा घरे अन्तरेको पिटाई ख्वाउने भए मलाई। साँच्चीनै खेस्री त मलाई धेरै मुनपर्?छ। आबो खेस्री र मेरो पिरेमलिला सुरूभा धैरै भा छैन। अस्तिको बरखामा (monsoon) ति अन्तरे बा ले मुलाई गैरी खेत जोत्न खेताला बुलाका थे। आबो सिम्?सिम्? पानी पर्?दै थियो। म खेतको कटेरोमा ओडा लागी राथेँ। परबाट एउटी अग्ली सुलुक्क परेकी तरूनी लचक लचक पानीमा भिजेर मुन्?तिर हेदै' आँउछे बा! यसो आँखा गाडेर हेरेको त लौ खेस्री पो रै छ। मैले भने, "ए खेस्री, हन तिमी कस्तो कामुक (sexy) देखिएकी हौ?" खेस्रीले लजाएर कान राता पार्?दै मुसुक्क हाँसेर, "छि, कस्तो पात्तेको कुरो गरेका यि बेशीथानेले, मेरा बा ले सुने भने मारछन हामिलाई" भनि। लौ यस्तै यस्तै ख्याल ठट्टामै मेरो र खेस्रीको पिरेम परेको।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-20-05 8:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर बेसिथाने र खैसराको यस्तो चाल रच ? आफु त सधै सोझो त्यो पनि डाडाघरेको खलक, तेस्तो केइ बुज्दिन क्या ? घरमात्रै डाडामा छ, सबैका घर देखिन्चन, पखरा बजार सबै देखिन्च, त्यो फेबाताल पनि देखिन्च, तर मैले त बेसिथाने र खैसाराको मया देखेको नै रैनचु । एइ बर्खा मासको कुरो हो, म डाडाको बाटो तल बेसि तिर झर्दै थिए, एक छिन अमचुर खोल्सिको डिलबाट चारै तिर फाट हेर्दै थिए, सुइ----- सुइ सुइ भन्ने आबाज पो सुन्चु गाठे । यता उता हेरे केइ देख्ने होइन । मलाइ कसले सुसलेर बोलायो, म त छक्क परे ? एक छिन पछि त बेसिथाने तल बाट उकालो लाउदै रच, खैसरा गाइबाटो बाट तेर्पाए तेर्पाए आएर ठ्याक्कै अउचुर खोल्सिको डिलां भेट अरे । म त यसो छेल परे, उनि हरु त हासेर , छिल्लिएर म त अच्म्मै पो परे । कुर के रच भने खैसरा बाख्रा हेर्न आकी रच, त्यो बेसिथानेले देखेच, अनि सुसेलि हालेर बोलाको रच । त्य त तिनिहरुको भेट्ने टेसन (स्टेसन) पो रैच । एकछिन पछि त मलाइ देखे अनि त खैसरा लजाइ केरे त्यासी त्यो मोरो बेसिथाने कमताको त बाठो छैन, ल जाम आप खान भनेर त अम्चुरे खोल्सि तिर पो लागे । हुन पनि त्यो खोल्साका आप सारै मिठा छन। रुख त अझङगको छ, लाखु बाएको को चढ्नि त्यसमा, तर खोल्सा मा झरेका आप भे पनि सारै मिठा हुन्चन के ।मलाइ पनि ल्याइदियो है भनेर मा खोल्साको डिलबाट बिसि ( बेशि) हेर्दै बसे । आउलान आउलान आउने होइन गाठे । बजियाहरु खोल्सा आप खोज्न पनि कत बेर लाका बुज्नै सकिना, २०-३० मिनेट भइ सक्यो आपलेर आउने होइन, म त दिक्कै लार लागे बेसि तिर । बल्लपो थाहा भो, चालामाला तेस्तो रच र पो किन आप भेटिन्थयो?
|
|
|
Bhaute
Please log in to subscribe to Bhaute's postings.
Posted on 11-20-05 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
याँ दादाले झेल अरे। गोताएँले कुरो उप्काइहाले, अब चौतारिमै नियाँ-निसाफ माग्नु परो मैले। अब मेरो त्यो थोरे पाडी बिछट्टै राम्रो केरे, हेर्दा पनि। खरानी रङ्को, सिङ पनि रोटा जस्तो फुनुक्क घुमेको। आँखा पनि गाजले गाजले छ के रे। अब हिजो ब्यान सेपिए जस्तो, तहराए जस्तो लाएर दादा काँ पुर्याएँ के रे। दादा ले पिँडालु खन्दै र'चन। पैला पैला त घरमा पिँडालु लगाम्दैनथे के रे। तादि नै ईसिल्सी दिँन बस्दा घरबेटीले दिएर पिँडालु पकार खा'का रे के रे। त्याँसि मीठो लागेर पिँडालु लगाम्न लागेका त हुन् नि। अनि म पुनि पुगेँ के रे। "ल ल बस, भउते, के हतार भो र" भनेर कक्कड भर्न थाले। तिनले त कक्कडमा सिरेले दिएको के के जाति मिसाएछन्। मैले त मेसै पाइन। ताने पछि पो उडे उडे जस्तो, गुडे गुडे जस्तो भो। त्याँसि राओँ फुकाए। त्यसपछिका कुरा त गोताएँ ले अरि सके। "बहाल हाताहाति हो भउते" भने केरे दादाले। "के का हाता हाति भन्याछौ, ब्याएसि दिनिहो मैले त, यै भैसिको घिउ सँगालेर एक आने घिउ दिम्ला नि" भनेको दादाले मान्दै मानेनन्। लौ त भनेर जुवारीका खल्तिअट पचासोटा रुप्पे दाम निकालेर दिएँ के रे। त्यो पनि त्यै निरेले दशैँमा इउटा इउरो राखेर टिका लगाको पैसो। बिदा-बादी भ'र म पनि थोरे डोर्याम्दै घर तिर लागेँ। मनमा के के कुरा खेल्न ळाओ के रे। एक्लै भ'सि त्यस्तै त हो नि, बैँशले मातेका मुन्छेको चाल। अब यै मुसिराँ एउटी खोज्नु परो र झ्याँई पार्नु परो भन्ने सोँचे। यसो हिसाप अर्दै जाँदा त कुरो अलि अप्ठेरो पर्यो के। मुसिराँ नै बिहे अर्यो भने त थोरे पाडि र घरकी जहान सुत्केरी हुने महिना एउटै पर्ने भो। दुइ-दुइ वटा सुत्केरी म एक्लै कसरी देख भाल अर्नेहोला भेनेर एकछिन त पसिनै छुटे नि, के भुन्नि अब। "यो चिसाँ केका पसिना काढ्दै हिडेका हौ?" पुन्टेदाइको स्वरले खङ्ग्रङ्गै नि म त। पाडी पनि चम्केर झन्डै भिराट खसेको नि। "पाडि चम्किहाल्यो अब, लौ पुन्टेदाइ, पुच्छर समातेर हिँडम अब। घरमा ग'र चाह-पानी खाम्ला भने। खासमा भनेको मान्ने मुन्छे त काँ हुन् र पुन्टे दाई। अब त्यै अस्तिनै को जमुनिको घटनालाई मैले मात्र थाह पाछु भन्ने ठानेका रैछन् के। नमान्दा फेरि कुरो उप्काउँछ कि भनेर आज काल त जे भन्यो त्यै मान्नी नि फेरि। नाक छेँडेको राँगो जस्तो भनुम न अब एक किसिमले। बाटोमा पुन्टेदाइलाई मेरा मनाँ खेलेका कुरा सप्पै भने के रे। "थुक्क भउते तिम्रो उल्टो बुद्धि" भन्छन पुन्टेदाइले त। "किन के भो र" भनेर सोधेको त, "भैँसी ब्याउन नौ महिना लाग्छ, मान्छे ब्याउन दश महिना लाउँछ, त्यसैले चिन्ता नमान, भैँसी ब्याको २ महिना पछि बल्ल तिम्रो हुनिवाला जहान सुत्केरी हुन्छे" पो भन्छन्। अब मैले त उल्टो सोँचेछु के, भैँसिलाई ९० महिना, मुन्छेलाई नौ महिना। अब खाश त के हो अझै सँकै छ के रे। पुन्टेदाइ नै सही भे त झन गजब नै भो, सुत्केरीलाई गोरस पनि हुने भो भनेर मनमनै खुशी भएँ भनम न। सिरेले जमुनिलाई जस्तो बाख्राको दुध ख्वाउन नपर्ने भो। हिन्दा हिन्दै दाइले त पुच्छर छोडे के रे। के भएछ भनेको त भैँसिले गोब्र्याउन ला'को रैछ के। गोब्र्याए पछि त " ए भउते भैँसि यै बाँध त" भन्छन पुन्टेदाइले। यतै बाट धोबिनिकाँ रउसि खान जाम भन्न लागे कि भनेर मैले नि, पर्या छैन बिहानै बिहानै रउसि खान, खुरुक्क घर ग'र तातो तातो कागति राखेको चिया खाने हो भने के रे। कुरो त अर्कै रे'छ के। यसो गोबर मा नियालेर हेरेको त गोबर सँगै के के - के के लट्पटिएर निस्केको के। राँगोले त बिराएको रै'छ के। आफू ले देख्न पाइएन, दादाले छेकेर बसे केरे। एकै चोटी ढ्याम्म भैँसिको करङै भाच्चिन्छकि जसरि ढाम मारेका थिए। भैँसि राम्रो देखेर रिसले हो कि कुन्नि। गाँजाको सुरमा मैले नि त्यति होसै पाइन के रे। किन आज बहाल हाता-हाति माग्छन भनेको त बल्ल कुरो बुझेँ मैले। पुन्टदाइ हितितिति हाँस्दै उकालो लागे केरे। आफुलाई चैँ रिसले भाउन्न भयो। सबै सपना झ्वाम। अब मैले दादा बाट त्यो पचास रुप्पे दाम पाउन परो को परेन त गाम्ले हो ? मुलाई निसाफ चाहियो ल। :-) -भउते
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-20-05 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल है दादा कुरो के हो, अब कति चोटि लाको थियो नि, तर गोबर मा देखिदैमा --त्यो तिम्रो थोरेलाइ चिसो भर पनि तेस्तो भको हन सक्छ, दादा त तेस्ता होइनन केरे, तर पैसा मा त कडै रचन । चिसो लागेको भे तेसलाइ माटेको दबाइ खुवाउनु पर्यो, अब भर्खर बालि गको लाइ झोल दबाइ त खुवानु भन केरे टपलेट पाइन्च नि भेलभाइजिन भन्ने हो त्यो खुवाउनु परो । कसो त दादा ?
|
|
|
usofa
Please log in to subscribe to usofa's postings.
Posted on 11-20-05 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
n]vgfy kf}8\ofn sfndlxdf efsf, e"n, bof, Ifdf / ddtf, ;Gtf]if hfGb}g Tof], OGb|} lalGt u?g\ em's]/ kbdf Tof] lalGt dfGb}g Tof], y'k|f]df plwgL ld7f] / gld7f] /f]h]/ 5fGb}g Tof], vftf hfFrL ;a} b'?:t ga'emL la;]{/ xfGb}g Tof] .!. /fhf /? ;a} ;dfg p;sf j}ifDo ub}{g Tof], cfof] 6Kk l6Kof], nUof], ldlt k'Uof] 6f/]/ 6b}{g Tof], nfvf}F cf}ifw c:qz:q dlxdf b]v]/ 8b}{g Tof], Jofwft'No n's]/ rNb5 ;bf df/]/ db}{g Tof] .@. cfF;'sf bxdf g'xfpF5 lr;f] kfgL ?rfpGg Tof,] ;'Vvf hh{/ cl:yk~h/ ljgf z}of agfpGg Tof], d}nf] eidl;jfo c?e/df s]xL nufpGg Tof], xfxfsf/ ;/L ld7f] c? s'g} ;+?Lt ufpGg Tof] .#. hf]hf] ldN5 ;'n'Ss lgN5 d'vdf xfnL rkfpGg Tof] yfNof] RjfDd ;a} rkfpg eg] cfxf/ kfpGg Tof], hQL ldN5 ptL ps]Nb5 klg s]xL krfpGg Tof], o} rfnfl;t sNksNk slxNo} vfO{ c3fpGg Tof] .$. - http://nepalikavita.com/udhghatan-kavita/LekhnathPaudyal.pdf
|
|
|
lau ta lau
Please log in to subscribe to lau ta lau's postings.
Posted on 11-20-05 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैलेनि कखरा सिउदैछु, दुइ चार दिनात भऔते दाजिले दियेको पाठ कसो नसकम्लार, अनित मनि जमिहाल्चुनि। भउते दाजि, ऊता कतारे बस्नि साच्चै।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-20-05 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु हेर आज चाइनी चौतारिआ अलि अलि मुन्छे आएचन्। बुढी पनि घराँ छैन चाइनेजो काँ जाम् काँ जाम भा बेलाँ चौतारिआँ गफ चुट्न पाम्ने भैयो.. दादा पनि रेचन् नि...अनि दादा क्यार्न नेप्टी लाइ कोइली बनाको? यि ठिटा हरुले गाँठी कुरो बुझ्लान भनेर होला.....अनि क्यारिँदै छ अचेल? बिटो लाम्न सकियो दादाको? हाम्रो त अझै काट्दै चन् केरे मुइसिर को आदा आदी मा मैजारो अर्चन्। यो बर्ख धान पनि राम्रो परेन। लु यो बेशीथाने ठिटो लाइ पनि ठम्म्याउन नसक्ने भैएच गाँठे...क्यार्दै चौ तिमी? हाम्री खैसरा पचि लाउचौ रे? के के जाति कथा सुनाम्चन् यि ठिटा हरु.... नेपालियने नि कम्ताको छैन के रे अर्काको माया पिरेम लाउने टेशन मा क्यार्न कुर्न पर्या हो ...बे अर्ने भे मेरो सम्धि को नातिनि छे सुनकेसरि ..कुरो चलाम्चु के रे..सुलुत्त पर्?या जिउडाल च , भैँसि दुन , सेउला बोक्न, भकारो सोर्न सिपालु चे.. तेति उत्ताउलिनी चैन जोडि मिल्च शिब पारबति जस्तै। कति अर्का पिरेम हेरेर बस्चौ बुडो हुन लागिसकौ, तिम्रा उमेराँ त चार छोरा बाउ भा थिँ म। लु भौते नि रेच....लु ठिटा हो त्यो के जाति झोल र चिलिम झिकाओ..आज रन्किऊँ..घराँ बुडि नि छैन एत्रैसिती... ****यो उसोफे ले बोलेको केइ बुझे मरिजाम्? मेरो कम्पूटराँ केइ भा हो कि???*** लु त लु....आउ तिमि नि एक सर्को तान एक घुट्को लगाउ ..बाचुन्जेल रमाइलो ..मरे पचि डुमै राजा....हाम्रा पाला नेपालाँ उखान भन्ते के- बागमती बिश्नुमती, मरेपछि एत्रै सिति........
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 11-20-05 4:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रुघाले गरस्तै पारेर चौतारां आम्न पाईया थे'न एक दुइ दिन। चौतारा' रौनकै बेग्लै देखिन्छ गाँठे! दादालाई के भा हो कुन्नि आजभोलि, जतिखेर पनि गीत मात्तै गाऊँछन्। त्यो उसोफेले कता'ट पण्डितको सिलोकको किताप भेट्टाच, भट्टाऊँदै हिनेको छ। ल ल जिम्माल बा म पनि आएँ, दह्रो बिजुली पानी नदिइकन यो रुघाले छोड्ला जस्तो लागेन। हर्केलाई पनि बोलाम्, शहरको रउसी ल्या'छ रे।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 11-20-05 5:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिरुपाते नारन खुकुरीको कति लाग्दो कर्द ! कति लाग्दो कर्द!! हाम्रो जोवन बकस लिने को पो होला मर्द, कृष्ण बजाऊ मुरली! लेक बस्ने नारन क-याङ् कुरुङ् बेँसीतिर झ-यो ! बेँसीतिर झ-यो !! यतिञ्जेलको ठोसे जोबन ज्यानकै हात प-यो, कृष्ण बजाऊ मुरली! यतिञ्जेलको ठोसे जोबन ज्यानकै हात प-यो, कृष्ण बजाऊ मुरली!! ... ... ... म यसो जिम्मावल बाका घरतिर झरेको माइली आँवैले कोदो ठाटाम्दै हुनुन्थ्यो, बुढीलाई त बैँशको याद आएछ गीत गुनगुनाएकी। जिम्मावाल बा पनि आज त तन्दुरुस्त भैसकेछन्। खाटमा बसेर दाम्लो बाट्दै थिए। हार बाटेका के दाईँ हाल्दा ७तै गोरुलाई एउटै किलामा बाँध्न मिल्नी दाम्लो। (अहिले आन्दोलन गर्छम् भन्नी ७ गोरु भनुम्न।) हे, लेक फुल्ने लाली गुराँस बेँसी फुल्ने टाँकी ! अझैपनि जबान छु गाँठे कोइलीसित टौवामुनि जाँ कि!" म आँफैलाई लाज लाग्यो, अनि करेसाबाटै "अँ हँ !अँ हँ !" गरेर खोकेँ। बुढाले सुन्नी हैनन् केरे। अनि यता चौतारीतिर आऽको।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-20-05 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादालइ त के आजकाल पिरिम परे जस्तै खालि गित गाको गाए । अन्तै कता पिरिम परेच कुन्नि , चौतारिया ठ्याक्कै आउदा त गाका नै हुन्च गाठे । मलाइ त केरे बिर्खे ले उसकि ससुराकि छोरि सुनकेश्रि मिलाइदिनि अरे । शहरा त आजकाल रिजुमे (ressume) बनाम्चन अरे केरे बिया अर्न पनि, बिर्खेले पनि माथि तेस्तै रिजुमे देका छन । ----------------सुलुत्त पर्?या जिउडाल च , भैँसि दुन , सेउला बोक्न, भकारो सोर्न सिपालु चे.. तेति उत्ताउलिनी चैन जोडि मिल्च शिब पारबति जस्तै---------------- अब यिनको कुर हेर्दा त घरां आमालाइ पनि हुनि मलाइ पनि हुनि, मंशिरै झ्याइ पार्नु पर्च केरे ?
|
|
|
lau ta lau
Please log in to subscribe to lau ta lau's postings.
Posted on 11-20-05 6:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन ये बिरखे माइला, भोलिलाइ गोडा चारेक दंयेरा चाइयो थियो गांठे लौन येसो तेता कट्टुवाले ले घोक हाल्दिन्थ्योकि सोध्देत। म त पर्म लाम्न पर्ला जस्तो छ, येउटै मान्दैन। हन रेट नि कति मअको गांठे। खै दादा येक सर्को तान्म्त, चिसो चिसो भअहै गांठे।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 11-20-05 7:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो नमे पुनि कति मादि आत्तिएको हो गाँठे । जाद्रै नडराउ के, हामी छम नि । ल खाँटी कुरो सुन, चईनी जमुनिले स्कूल पढ्नी बेलाँ उसले दुई जाना अरु केटीहुर सित चईनी सैना (मीतिनी) लगाकी रैच । एउटी यामकला हो केरे, मेरो ब्यामा जमुनिकी लोकन्ते बस्नी । आर्की चईनी हरिमया हो केरे । अब जमुनि भनि जिल्ला स्तरीय टेस्टाँ चईनी बेक पेपर पढेसी उसका बा-आमाले पढ्न छुटाए केरे, यामकला र हरिमयाले भनी त्याँसी पुनि धेरै जो पढे केरे । अब कति नै जान्नी भनेको चईनी फसबाई (first boy) भाको उसे (usofa) ले पुनि तो ईसेल्सी (SLC) जम्मा एक बर्ष मत्रै पढेको हो केरे । अझ तेसले त तो बेक पेपर पुनि पढ्न सकेन बरु जमुनिले जो पढी । यामकला र चईनी हरिमयाले भनि ईसेल्सी जो दुई बर्ष पढेर अहिले पखरामा आईएबिए पढ्चन केरे । खुसीको कुरो के भनी तिनी हुर दुईटै आफ्नी सैना जमुनिलाई भेट्न आम्नी भाचन, तेस्तै आर्को साता तिर आम्नी हुन अरे भनेर सम्चार पठाका थे । जमुनिलाई सोधेको यामकलाले भनि भित्र भित्र गोताएँलाई चईनी मन पराम्चे अरे, "तेस्तो हिरिक्कै जो भा कि त हैन केरे, तर अरु केटाहुर भन्दा मिजासिलो भनेर अलि अलि तेस्का मन तेता गाका छन, तर अब हिजाज चईनी आईएबिए पढ्नी भासि के थाहा, उतै जो पो केही भओ कि " भनेर जमुनिले भन्थी मलाई । अब भगवानले तेस्तो केही नबनाका भा चईनी मैले यामकला लाई गोताएँको कुरामा कास्छु केरे नि तो मेरा घराँ आम्दा खेरि । हुन त हिजाऽजका तरुना-तरुनी, सके के के भईसकेको छ होला, मैला सोध्दा खेरि म फेरि कागे हुनी पो हो कि ? हरिमया भनि अलि मोटी मत्रै त हो नि, नत्र त गोरी र असाद्दे राम्री छ केरे । ल भन नमे क्यारम, उसको चईनी मनपेट चोरम त? अब केटा र केटी को चईनी कुराकानी मिलो भनि त बा-आमालाई मनाम्नी, बराउनी गर्नी त पुन्टे दाजी छँदैछन केरे नि । गएर "ल चईनी पुन्टे दाजी, हेऽरि यिनीहुरले चईनी एक-आर्कालाई मन पराम्चन, यिनारुको ब्या अराम्न परो " भनेसि त पुन्टे दाजीले उही मेरा र जमुनिका पालाँ जस्तै जो लौरो ताकेर भा पुनि काम कुरो चईनी फत्ते गराम्चन नि, क्यार्न डराम्न परो ? Keep rolling...
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-20-05 7:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम राम राम नेपालियन के कुरो अरेको तेस्तो....हन मेरो ससुराकि छोरी त चाइनेजो मेरै जहान पो भइ त.....त्यो सुनकेसरी त मेरो सम्धि को नातिनी पो हो त.... लु बाबु मुइसिराँ झ्याइ पार्ने भे मुइले कुरो चलाये...तिम्रो बाउलाइ पनि चाइनेजो भेट्नु परो, म कुरो राख्छु...उनी संग कुरो नअरेको पनि बर्ख दिन भो जस्तो छ। पोर नाउडाडाँ भेट्या हो क्यार सेतिदोभान तिर झर्दैथे मजाले बात मार्न नि पाइएन...अब भेट्नु परो। गोतामे के भयो भनेको? जाबो रुघा सुघा त एक घुट्को र एक सर्को ले ठिक अर्च गाँठे..लु यता बसुम अनि सुरु गरुम्?। मुलाइ पनि चाइनेजो बुढेसकालाँ सिलोक हाल्न मन लायो... उबेलाँ जिम्माल्निलाइ फकाउदा चाइनेजो अर्कैको गित गाइयो सिलोक हालियो... अब आफैँ फुराउनु परो...त्यसैले चौतारिआँ बसुम सर्को तानुम अनि सिलोक लेखुम। 'लु त लु' हन कती भन्छन अचेल??? एक छाक ढिँडो र पाँच रुप्पे दाम दे हुन्न र भन्या???
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 11-20-05 8:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामकला! हरिमाया!! Really nostalgic Names! रामकला जुग्लेकी हो केरे हरिमाया सेती दोभानकै होली। फोटु हेर्नु पाए हुन्थ्यो सिरे।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 11-20-05 8:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी लुले (lau ta lau) पुनि जतापाच्छे कुरा अर्चन । अब पैला हाम्रै गामका वोडाका अदक्षे थिये केरे, हिजाज त तो पुनि भेईयो, त्याँसी राजनीति अर्नी हरु जम्मैको चईनी पुन्टे दाजी सित सँगत बढेको छ केरे । सबै जाना भएर धोबिनीकहाँ गएर रउसी खाँदा रैचन । त्याँसी जे पायो तेही कुरा अर्दै हिँड्छन गाँठे । धान काटेर पाँजा पुनि उठाका छैनन खेताँ, हेऽरि लाएर खरै हाल्नी गरोमा खलो पुनि खुर्केका छैनन्, दाई हाल्नी र दयँरा लाम्नी कुरा अर्चन है, तो रउसीले पुनि के के बनाम्दो रैच मुन्छेलाई । उता भउतेलाई झुक्काएछन भनेर मैले फेरि दादालाई खार्चु, यिनको चईनी झेंको झार्चु भनेर दादाकाँ गएँ । त्याँसी ककड खानी सल्लाहा भओ र खाईयो । अनि कुरै कुरामा चईनी मैले "हैन दादा, भउतेको थोरे त ब्याउनी भएछ नि, हई " भनेर सोधेको त हितितिति हाँस्छन केरे । मैले, "हैन के भओ र ? " भनेर सोधेको त "राँगाले भैसीलाई हैन, भैसीले पो राँगालाई भाको हो त, खोई के भओ के भओ तो दिन, गाँजाको सुरमा चईनी के के भओ " भन्छन । अनि मैले "तेस्तो त हुन नपर्नी , चईनी अब भैसीलाई झन दाम्लो छोट्याएर बाँधिन्छ, राँगालाई फुक्कै छोडिन्छ, क्यारी तेस्तो उल्टो भओ त नि " भनेर सोधेको त "साटो फेरेको के" भन्चन । ताधि नै एक फेरा दादाले भउतेको मिलाँ धान कुटेर चामल बनाम्न जाँदा खेरि भउतेले झुक्किएर दादाको चईनी चार पाथी धान मकै पिसेर पीठो बनाम्नी मिसिनाँ हाल्दिएछन केरे, चामल लिन गाका दादा त ढुटो मत्रै लिएर फर्किन परेछ । तेही रिसले दादाले पुनि तेस्तो गरिदिएको अरे । तेस पछि त मैले "धान र चईनी भैसीमा त फरक छ नि दादा, तेस्तो हरेक कुराँ रेला अर्नी हो त पाको मुन्छे भएर पनि" भनेर सोधेको, "हैन ब्यारे, भाको के हो भनि भउतेले गाँजाको सुरमा झुक्किएर राँगोलाई बाँधेछन, मैले फेरि सपारिदिएको हो, तिनको भैँसी पक्कै ब्याम्छ आगुम, सङ्खै मान्न पर्दैन" भनेर किरिया जो खाए केरे । "बरु गाँजाको सुराँ चईनी दर-रेट भन्दा अलि बढी को जो नोठ छोडेर गए केरे, मैले बोल्नी कुरा आएन केरे आफ्नो आँगना चईनी लक्षिमी जो आम्दा खेरि" भन्थे दादाले । भउतेले पचास हैन, पाँच सय-हजार कतिको नोठ छोडे दादालाई जस्तो माने मैले त । भनेसि भउतेको भैसी ब्याम्च अरे, आगुम, फरकै पर्दैन अरे । Keep rolling...
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 11-20-05 8:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दादा, मैले त "यामकला" ( Yamkala) भनेको हो केरे । भरसक यामकलाको चईनी गोताएँसितै जो जुराम्न पाए हुन्थ्यो भनेर हो केरे ।कि हरिमयाको कुरा दादा सित चलाम त, हँ ;) फेरि नमेले आसा मानि सको होला उता !!! Keep rolling...
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 11-21-05 1:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दम्तरी हुन त सिरे जस्तो! भाउज्यू हुन त जमुनी जस्ती! यीनले गर्दा यो गोताएँको ओछ्यान पनि तात्ला जस्तो छ यसपाला। हेर्दा हेर्दै सप्पै दम्तरी जोडा आफू मात्तै बिजोडा देख्दा कम्ता पीर पर्दैन आफूलाई। गाम्का केटीहुर्ले फूट्या आँखाले पनि हेरेनन् केरे अब शहरकाले हेर्लान कि भनेर हर्केको संगत पनि गरियो। एकचोटि हर्केले एउटी छम्मकछल्लोलाई "दिस इज गोतामे" भनेर चिना'को पनि थियो। केटीले आँखा सन्काएर "हाइ" भनी, आफूलाई त के भनौँ के भनौँ कसो गरौँ कसो गरौँ भ'र नमस्ते गरिएछ। त्यसपछि त केटीले "बाई। ह्वाट अ पाखे-------" भनेर हिनी केरे। त्यसपछि अब भएन जिम्माल्नी माइल्याँ (माइली आमा)लाई "केटी खोज्देऊ न माइल्याँ, ब्या गर्नु परो।" भनेँ। माइल्याँ जे भएपनि जिम्माल्नी, फेरि गाऊँको आमा पाटी (आमा समूह)की अदछ्छे पनि। ती बूढीको नाउरिकता (नागरिकता) बनाउने बेला मैले तीनलाई लेर पखरा गा'थेँ। त्याँ देखुन् मलाई खुब माया गर्छिन्। "नआत्तिई गोताएँ। फोक्सिङका भाञ्जाकी छोरी कम्पस (क्याम्पस) जानी भइसकी रे। त्योसँग तेरो कुरो चलाम्ला।" भनेकी थिन् बूढीले तेतिखेर। बूढी पखरामै छिन् हिजाज। कुरो चलाइन् होला। जमुनी भाउज्युलाई पनि "ल न भाउजु, तिम्री साथी एउटी चाइने जो मिलाइदिनु परो।" भन्याथेँ नौरथाताका। पहिला त "के नामर्दजीँ कुरा गर्छौ? आफैँ केटी खोजेर लप सप पो गर्नु पर्छ, अर्कालाई ग्वार्ने (गुहार्ने) हो?" भनेर हपारिन्। पछि मैले "क्यार्नु भाउजु, सिरे दाईजस्तो खाइलाग्दो हिरो भइएन, नत्र त तिमीजस्तै राम्री केटीले हेर्थे होलान् नी।" भनेको दंग परिन्। कुरा गरिन् जस्तो छ। यो गोताएँको दुई दुई ठाऊँमा कुरा चलेसी एक ठाऊँमा त कसो नजुर्ला? जुर्छ केटा हो जुर्छ ! यै खुशीमा आज भरे जिम्मालकाँ जम्न एउटा भाले र एक बोतल खोया बिर्के मेरो तर्फबाट ल!
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-21-05 3:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले सुनेको फौसिङकि कम्पस जाने नानि गजब कि छन अरे, ल त यसपालि गोतामेको जन्ति बाख्रो खाने पाइने भो । मलाइ त बीर्खेले सुनकेस्रि सं कुर मिलाउचु भनेका छन केरे, बिर्खे जिम्मालको कुर दरो नै हुन्च जे भे नि ।
|
|
|
Bostonian Nepali
Please log in to subscribe to Bostonian Nepali's postings.
Posted on 11-21-05 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ एकछिन यसो खेसरीसंग बरालिन गाको त नमे, बिख्रे र सिरेले त गोतामेको बे गर्ने कुरो पो निकालेछन्। ए गिठ्ठाका दाना! अब यो बेशीथाने ले गोतामेलाई ठ्याक्कै हुने तरुनि देखेको छ। नमेले भने जस्?तै सुलुत्त परेको जिउडाल, भैँसि दुन, सेउला बोक्न, भकारो सोर्न असाध्यै सिपालु। तेती मात्र हो र, बारुले कम्मर लचक लचक पारेर नाच्न र झ्याऊरे गीत गाउन त मेरी बासै खप्िपस छे। अब गोतामेलाई कामबाट थकेर आको बेला नरम हातले जिउ मालिस गरेर कानमा खासखुस गरेर गालामा च्वाप्प म्वाई खान त झनै जान्छे। लौ गोतामे के छ बिचार? लौ मैले फुटोपनि पठाको छु।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 11-21-05 12:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु गोताएँले भन्या अस्तो आज जम्नु पर्च मेरो घराँ। त्यो भाले र खोया बिर्के मात्त हैन मुइले कालिच लेरा छु ठिटाहो....त्यो धनबिरे च नि भकुन्डे को..हो त्यल्ले चाइनेजो उता हल्हले तिराट मारेर ल्या रेच केरे..रानखोलाँ बेच्न लाग्या देखेँ हेरि हिजो। बज्जे लाई एउटा लम्बरी नोठ र उसको छोरालाई डाँडा इस्कुलाँ पाले को जागिर मिलाम्चु भनेर कालिच चाइनेजो फुत्कार ल्याको। अब बसुम आज अनि खाम मजाले...गोताएँ पिर मान्न पर्दैन...यसपालि तिम्रो र नेपालियन को कुरो मिलाम्चु केरे नि म। बरु दादा लाई पनि बोलाम्ने हो की? खोया बिर्के को झोक मा त सारै मिठो गित सुनाम्चन नि दादाले पोर को गित अझै कण्ठ छ मुलाइ --- कान्ला मुनि त्यो फुस्रे छेपारो तिम्रो गाला बादर ले कोपार,यो घर ता खैरेनी हाँसे नि बोलेनि मन ता रोइरने
|
|