[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हैन कि हो? ----- खै के हो के हो?

[Please view other pages to see the rest of the postings. Total posts: 162]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 127325 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 03-10-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हैन कि हो?----खै के हो के हो


 


"! उठ्छस कि लात्तले दिम?" घाम झुल्किन भ्याको थिएन बाङ्गे मेरो कोठामा झुल्क्याथ्यो ब्यान ब्यानै त्यस्ता शब्द हुर्याउँदै।


 


"आज एउटा घाघ ज्योतिषी नखोजी छोडदिन" मैले पनि मुरमुरीँदै कोल्टे फेरेर सिरकले मुख छोप्नु अघि भनें।


 


"यस्तो तरुनी खोज्ने उमेराँ नी ज्योतिषी खोज्ने हो के ? के गर्न चाहियो नी तँलाई ज्योतिषी?" ओछ्यानमा बस्दै अलिकति सिरक तानेर सोध्यो उस्ले।


 


"कैले घिच्याउने रे तँलाई कालले भनेर नी?" उस्ले मज्जाले सुन्ने गरी भनें मैले, टाउको बाटो सिरक हटाईकन।


 


"तँलाई भन्दा पैले मलाई घिच्यायो भने बाबु तँलाई तर्साएर नी खान बस्न दिन्न--यस्तो तर्साउँछु तँलाई --यस्तो तर्साउँछु --- बरु मर्न पा भए नी हुन्थ्यो जस्तो पार्छु तँलाई" उस्को घुँडा सिरक भित्र घुसाउँदै, ओछ्यानको भित्तामा अढेस लागेर भन्यो उस्ले अनि थप्यो, "जा माथि गएर चिया लिएर आईज, स्वास्नी नभा यस्तो खडेरी ओछ्यान छोडन पनि कस्तो गार्हो हो?"


 


"आधारातमै हिनीस कि के हो मसान? कति बज्यो अहिले?" मैले झर्किंदै सोधें।


 


"बज्यो होला नी दश जति" उस्ले सजिलै भन्यो।


 


"बज्छ दश तँलाई भनेर, घाम झुल्क्या छैन होला" मैले भित्तामा झुण्ड्याको घडी तिर हेर्दै भनें। साढे  ६ हुँदै रे छ। " हेर, भरखर लाई साढेले हान्दै रे --अझै दुई घण्टा बाँकि बिहान हुन लाई --" थपें।


 


"यता नबजे नी कतै कतै बज्यो होला नी दश, तैंले यहाँ कति बज्यो भनेर सोध्या थिएन केही थिएन -- अब उठ लामो कुरा गर्ने होईन। चिया लिएर आईज जा -- पेटै उमठन लाई सक्यो अब त।" तिर बाट सिरक तानेर उस्को माथि मिलाउँदै भन्यो उस्ले।


 


अब नउठी धरै थिएन। उठें अनि निस्किएँ कोठा बाट।


 


चिया लिएर आउँदा बाङ्गे कोठामा थिएन। "सित्तैमा मेरो निन्द्रा बिगारेर मर्यो" दुई कप चिया ओछ्यान छेउको टेबलमा राख्दै झर्किएँ आफै सँग, अरु को थियो त्यहाँ झर्किन? अनि छिरेँ फेरी ओछ्यानमा।


 


चियाको कप आधा पनि सकिएको थिएन, बाङ्गे छिर्यो कोठामा "क्या चिसो यार" भन्दै।


 


मैले केही नभनी उस्लाई हेर्या देखेर होला चियाको कप समात्दै उस्ले भन्यो "तलतल लागेर उता हलुवाबेदको बोट मुनी दुई चार सर्को तानेर --के गर्ने अब बानी लागि हाल्यो--आदत राम्रो होईन नी--एउटी राम्री तरुनीले माया गरेर चुरोट छोड भने देखि छोडदीन्छु।" ओछ्यानमा त्यति फलाकिसकेर काखमा सिरक राख्दै पलेटी मारेर बसे पछी उस्ले सोध्यो " किन ब्यान ब्यानै भन्न तँ कहाँ?"


 


सोध्न मन थिएन जिन सुकै भए नी -- नसोधे नी भनी हाल्थो भन्न -- "किन कृपा गरीस ब्यान ब्यानै?" तै पनि सोधें।


 


"आज सुरेश अंकलले बोला के" उस्ले दंग परेर भन्यो।


 


"ह्या तरुनीले बोलाको भए नी लौ भन्नु, सुरेश अंकलले बोलाउँदैमा के खान मेरो निन्द्रा बिगार्न ?" मैले खासै चासो नलिई भनें। फेरी को सुरेश अंकल को?


 


"खै कुरा बुझेको तैले? सुरेश अंकल को भन्न?" उस्को खुसीमा कुनै कमी थिएन।


 


"को?" मैले सोधें जो सुकै होस भन्ने लागे पनि।


 


"हुने वाला ससुरो हो बाबु, हुने वाल ससुरो" गदगद भएर भन्यो बाङ्गेले।


 


त्यस्ता हुनेवाला ससुराहरु दिनमा एक दर्जन जति हुन्थे, अनि धेरै जसो दिन दिनै फेरीन्थे पनि, मलाई केही वास्ता नी लागेन।


 


"हिंजै भन्न आउनला थिएँ तलाई, बाउले राती राती बाहीर जाने होईन भनेर उर्दी लाए अनि कति बेला ब्यान होला भनेर क्या छटपटी आफुलाई।" उस्ले भन्यो। अझै दंग थ्यो।


 


"को सुरेश अंकल यो?" मैले रित्तो कपलाई झ्यालमा राख्दै सोधें।


 


"त्यो आशिषेको घरको उता पट्टी के -- चाईनीज ईट्टाको घर नी हो त्यै"


 


"को आशिषे? ज्ञानेश्वरको?" मैले फेरी सोधें।


 


"अँ" बाङ्गे अझै दंग थ्यो।


 


"त्यस्को घर छेउ दुईटा छन चाईनिज ईँट्टाका घर--दुईटै घच्चीका छन तर" मैले भनें।


 


"तरुनी पनि दुईटै घच्चीका छन त्यहाँ--" बाङ्गेले अरु खुसी भएर भन्यो।


 


दुईटा भनेर बाङ्गेले सम्झाए पछी झिनो आश पलायो मलाई पनि।


 


"दुईटै तेरा होईन होलान नी?" मैले अहिले चै मुसुक्क हाँसेर सोधें।


 


"एउटी तेरी हो नी --नभए नी बनाउनु पर्छ अब-- त्यै भएर आको यहाँ-- अब तयार हो--जानु पर्छ" बाङ्गेले जोस्सीदै भन्यो।


 


मलाई नी एक राउण्ड हलुवाबेदको बोट मुनी जान मन लाग्यो अहिले चैं। घर देखी तलको बारीमा कुना तिर थ्यो त्यो बोट, धुप हाल्न त्यति खतरा थिएन तै पनि चनाखो चै हुनु पर्थ्यो।


 


"धुप बाँकी?" मैले ओछ्यान बाट उठ्दै उस्लाई सोधें।


 


"किन हुँदैन थ्यो?" पनि उठेर हाँस्दै बाटो लाग्यो।


 


"हलुवाबेद फल्नु पर्ने हो यस्पाली टन्नै" भन्दै पनि पछी लागें।


 


धुप ध्वाँर गरेर आए पछि, चिटीक्क परीयो। ससुराली जस्तो ठाउँ जानु पर्ने, त्यै अनुसारको तयारी गर्नै पर्यो।


 


"बाटो लागे पछी मैले सोधें, सधै तरुनीको तर्फबाट बाउ चिनिन्थ्यो, यस पाली बाउको तर्फबाट तरुनी चिनीने भैयो ?"


 


"तैंले चैं , हाम्रो पुरानो चिनजान हो" बाङ्गेले सुनायो।


 


"पुरानो भन्या?" मैले सोधें।


 


"बाउको साथी सुरेश अंकल, त्याँ तरुनी देख्या दुई बर्ष जति भो, अनि पुरानो भएन?" उस्ले भन्यो। अनि थप्यो, "घराँ नी आछन ती सुरेश अंकल हाम्रो।"


 


"छोरी लिएर?" मैले सोधें।


 


"काँ छोरी लिएर? छोरी लिएर भए भै हाल्थ्यो नी--एक्लै आउने भएर यो बिघ्न टाईम लाग्यो नी" उस्ले भन्यो।


 


"मलाई तरुनी भा घर जान मन लाग्दैन, तरुनी भा घरबाट आउन मन लाग्दैन, तँलाई थाहै छ। कसरी सुरेश अंकल अहिले सम्म बचेछन, आफै छक्क पर्दैछु" बाङ्गे अलि चिन्तित भए झै भयो।


 


"ज्योतिषी एउटा खोज्नै पर्ने भो" मैले भनें।


 


बाङ्गेले पुलुक्क तिर हेर्यो।


 


"तेरो काल सोध्न होईन" मैले हाँसेर भनें। उस्ले पनि हाँसेरै सोध्यो, "के लाई ? कैले पर्ने रे लभ, को सँग पर्ने रे , कता तिर की सँग पर्ने रे त्यै सोध्न?"


 


"त्यस्तो थाह पाउला ज्योतिषीले?" मैले सोधें।


 


"जान्नेले थाह पाउला नी" उस्ले भन्यो अनि फेरी चुरोट सल्कायो। मैले पनि तानें। जाडोमा चुरोट तान्दाको मजै बेग्लै। गहना पोखरीबाट अघि लागेर दाईने तिर टंगाल स्कुल छोडेर अलिकति अघि लागे पछी बालमन्दीरको उत्तरपूर्बी ढोका आउनु अगाडीको गल्लीबाट दाईने लागि सक्या थिएम हामी।


 


"कसरी थाह पाउनु कुन् चैं जान्ने हो? कुरा भोलीको सोध्नु पर्ने, भोली नभै मिल्या नमिल्या थाह हुन्न? आजै कसरी जान्नु मिल्छ कि मिल्दैन?" मैले आफुलाई लाग्या कुरा भनें।


 


"त्यो अब हिंजोको कुरा सोध्नु पर्छ नी , जान्ने रे भने मिलाउँछ" उस्ले भन्यो।


 


"अब हिंजोको कुरा के खान सोध्नु पर्यो ज्योतिषीलाई, त्यो हामी आफैलाई थाह छदै नी, भोलीको कुरा जान्ने पो जान्ने " मैले भनें।


 


अघि अघि थिए पछी। गल्ली सानो थ्यो दुबै जना संग संगै हिन्न। उस्ले बालमन्दीरको पश्चिम अर्थात मुख्य ढोका नेर पुगे पछी सोध्यो, "हैन हामी ज्ञानेस्वर जाने मान्छे किन यता बाट आएको?  उता मालीगाउँ हुँदै जानु पर्थेन? सानोगौचर अगाडीको बाटो बाट छिर्नु पर्ने---"


 


त्यै हो नी -- भगवती वहाल तिर लाग्दै मैले भने "चारधाम गर्ने बानी लागेर हो <SPAN style="FONT

 
Posted on 08-04-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फसाए तरुनी हरु ले प्रभु लाई , अहिले सम्म ससुरो बा सँग राम्रै बनी रहा थियो प्रभु ले एक शब्द पेच हान्या आँफै खाल्डो मा पुरिने भयो , अब पढ्ने मन नि मन पढ्ने के गर्ने हो लौ न प्रभु अली चाडो गरुम यहाँ आफुलाई नै उल्लहा भईसक्यो ।
 
Posted on 08-04-09 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<एउटा चुरोट सल्काउने, अर्को -- भैगो नभनम पाप लाग्ला फेरी।>>>> हा हा हा हा हा हा हा हा हा, जय सम्भो, क्या मज्जाले भन्यो भने नि। हाँसेर फ्ल्याट भैयो।

<<<"मरीजाम, यै किस्न मन्दिरले भस्म" बाङ्गेले थप्यो।>>> बबाल! बबाSSSSSSSSSSSSSSSSSSSSSSSSSल!!

<<<अनि एउटीले हामीले बोकेका किताब तिर ईशारा गर्दै भनी "हामीलाई त्यस्तो किताब पढाउन आउँदैन"।>>> योमाSSSSSSSSS अनी कस्तो किताब आउँछ त, मरें म त! मैले तलको लाइन नपढी यो कमेन्ट लेख्या, ल है यो बङगेको संगतमा आफ्नो नि मती भ्रस्त भो जस्तो छ बाSSSS!

वाह वाह वाह वाह वाह, क्या घच्ची मुर्गा हान्न ला रेछन केटी गाङ्गले, ल है केइ केइ त उता पनि छ जस्तो छ, बाङगेले केइ आइडिया गर्ला जस्तो छ अब चाँही 

 
Posted on 08-04-09 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन  हो प्रभु!!! एस्तो मन पढ्नेपढौने काइदा पनि हुदो रहिछ? नसकिने भैयो प्रभुलाई। अरु चाँही थाहा छैन , तर कृष्ण मन्दिरको अशिर्बाद चाँही पक्का लागे जस्तो छ।

 
Posted on 08-04-09 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Bro,
"हैन भित्र आउने साईत कुन बेलाको छ?" सुरेश अंकलले माथि झ्यालबाट मुन्टो निकाल्दै सोधे।  aba jada chai sayet herer matra janu hai natra suresh uncle le padauna chodnu hola. katha ramro sanga jadai cha aba ke ramdhulai nai khane hoki ??? arko part ko parkhaima

 
Posted on 08-04-09 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या फसाइद्या के तरुनी हरुले -

जाल मा आँफै गएर फसेपछी के लाग्छ र -

घच्ची गैराछ कथा - अली चाडो चाडो लेख्नु पर्‍यो दीप ब्रो

 
Posted on 08-05-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्ञानेश्वरकाहरुले पनि क्वाँटी पकाए होलान आज, निम्ता छैन र मात्रै नत्र जान हुन्थ्यो --
 
Posted on 08-06-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलपत्र परेका हामीहरुलाई चोकाँ छोडेर हुरुक्कै हुने गरी नजरबाण बर्षाएर तरुनीहरु बगैंचा तिर लस्किए। ----


एक एक क्विन्टलको ढक तरुनीहरुले गर्धनमा झुण्ड्याईदीए झैं भयो। दशैंको च्याङ्ग्रा चालमा घर भित्र तिर लागियो।


"भाको कुरा भन्दीने हो बुझिस, उनीहरुले बाउ त्रिशुली बत्तियो भने -- उसो भए आज के पढाई भो त भन्या हो हाम्ले भन्ना काम छ माथि---" बाङ्गेले घुमाउरो भर्याङमा खुट्टा राख्दै भन्यो।


"त्यै त --- " मैले मेरो कुरा भन्न पाईन। गोमादीदी पनि भर्याङ्ग चढ्ने सुरमा हामी पछी आईपुगेको देखे पछी मैले कुरा रोक्नु पर्यो।


माथि पढ्ने कोठामा पुगियो। अरु दिन भन्दा धेरै ज्ञानी भाको नाटक सुरु गरेम, किताब कापी कलम जम्मै झिकेम र पढ्न घोरीए झै गरेम। अरु बेला भए हामी पल्याक पुलुक गर्दै हुन्थेम। गोमा दीदीले चिया ल्याए पछी चियाको चुस्की नलिई किताब कापी खुल्दैन थिए हाम्रा। तर आज कुरो बेग्लै थियो।


सुरेश अंकल आईपुगे। "के भएर पढ्ने सुर चल्यो त फेरी?" कुरा सुरु गर्दै उनले आफ्नो आसन ग्रहण गरे।


"हैन तल अघि बुबा हुनुहुन्न, त्रिशुली जानु भा छ भन्या भएर--- ए! त्यसो भए आज के पढाई भो त भनेको ---" बाङ्गेले स्वरलाई नरम पारेर भन्यो। म चैं चुपचाप थिएँ।


"त्रिशुली रे? कस्ले भन्या म त्रिशुली गएँ भनेर?" बाउले पैला निधार गाँठो पारे अनि निधारमा तिनटा धर्का प्रस्टै देखिने गरी आँखिभौ उचालेर सोधे।


"तल --" बाङ्गेले कसैको पनि नाम नलिई त्यति मात्रै भन्यो।


"कस्ले छोरीहरुले?" यस पटक बाउले म तिर हेरेर सोधे।


"हजुर" मैले भनें।


सुरेश अंकलले एक छिन केही भनेनन्। त्यतिकैमा गोमादीदी आईन चिया लिएर। उनले चिया राखेर गए पछी कुरा पढाईमा गयो।


आज पढाई सकिए पछी सुन्दरीहरुको धुनमा अलमल गर्नु हाम्रो हितमा नहुने प्रस्टै थ्यो, कौसी तिर जाने काम थिएन आज। त्यसैले शिस्टाचार पूर्बक बिदा भैया थियो सुरेश अंकल सँग कोठामा। कोठा बाहिर निस्केर जुत्ता लाउँदै थिएम, तरुनीहरु आए। उनीहरुलाई देख्ने बित्तिकै बाउ चैंले सोधे, "ए तिमीहरुले अघि म त्रिशुली गएँ भनेको?"


तरुनीहरु रोकिए। बाउ पनि अहिले चै ढोकैमा उभिन आईपुगीसकेका थिए। बाङ्गेले एउटा जुत्ता लाईसकेको थियो, अर्को लाउन खुट्टा छिराएर चोर औला कुर्कुच्चा तिर घुमाउँदै थियो, क्रम रोक्यो। मेरा जुत्ता छै ख्वाप्प छिराउने खाले थिए, छिराई सकेको थिएँ।


अघि बुबा हुनुहुन्न भनेर सुरुमा भन्ने सुन्दरीले छक्क परे झैं गरी उल्टो सोधी "त्रिशुली?"


अर्कीले थपि "को गाको भनेको रे बुबा त्रिशुली?--त्यहाँ त र्‍याफ्टीङ्ग गर्न जाने हैन्? बरु हामी जाम न एक दिम मिलाएर --"


अब भो की -- अघि तिमीहरुले बुबा हुनु हुन्न त्रिशुली जानु भा छ भन्या हो की होईन भन्दै पाखुरा सुर्किने कुरा भएन, फेरी बाउ चैंले आफ्ना छोरीहरुको कुरा नसुनी हाम्रा कुरा के सुन्थे? उनको छोरीहरुका कुरा सँग बाझ्ने कुरा हामीले गर्नु भनेको आफै धरापमा पर्ने निउँ खोजे जस्तै हुन्थ्यो। सुन्दरीहरुलाई सोधेको खण्डमा कुरा फेर्छन भन्ने मलाई लागेको थ्यो त्यसैले मैले अघि भर्याङ्ग चढदा त्यै त भनेर कुरा सुरु गरेको थिएँ, सक्न पाको थिईन।


बाङ्गेले के हो बोल्न लागेको थियो, मैले उछीनेर भनें "हैन अंकल, हामी अघि आउँदा अस्तिन धुन्चे जाँदाको कुरा गर्दै आथेम -- त्रिशुलीको कुरा पनि निस्केको थ्यो--त्यै कुराको सुरमा त्रिशुलीको धुन लागेछ क्यारे हामीलाई।"


हामी पाँच जनाले एक अर्कालाई पल्याक पुलुक हेरेम। बाउ एक जना बाहेक हामी सबै सकेसम्म सोझो  बनेका थिएम। केही थाह नपाको जस्तो। बाङ्गेले जुत्ता लाई नसक्दै तरुनीहरु ओर्लिए भर्याङग।


सुरेश अंकलले बाङ्गे सँग उस्को बाउको कुरा गरे, घरमा सबैको सन्चो बिसन्चोको कुरा गरे। "घरमा बिशेष केही छ कि भरे?" भनेर सोधे। बाङ्गेले "बिशेष त अब अंकलहरु आउने त्यै बिशेष छ अरु केही छैन भन्यो।"


यत्तिकैमा सुरेशदाई भन्दै एक जना उक्लियो भर्याङ्ग, हामी बिदा भएर हिनेम।


चोकबाट बाहीर निस्केर देब्रे लागेका मात्रै के थिएम, सुन्दरीहरु त त्यहीँ रहेछन। एउटीले हातमा पुजा-थाली बोकेकी थिई। दुईटै मन्दमुस्कानले चम्किरहेका थिए।


बाङ्गेले भुमीका नबाधि भन्यो "कैले जाने त त्रिशुली र्‍याफ्टीङ्ग गर्न?"


एउटीले भनी "थाह छैन, कैलेई गा छैन"


बाङ्गेले जोस्सीएर भन्यो "हामी त कति गैयो कति, बाटो त कण्ठै छ"


पूजाथाली बोक्ने चै सुन्दरीले भनी "होला नी -- त्यै बाटोमा गाडी चलाउने गर्या होला--को ड्राईभर को ढ्याङ ढ्याङ्गे रे?"


दुईटै सुन्दरी धक फुकाएर हाँसे।


"हामी भगवतीबहाल जान ला --बस चाहीँदैन --हिनेरै जान्छम्---" फेरी पेच कसे सुन्दरीहरुले।


बाङ्गे र मैले केही भनेनम्। मुसुमुसु हाँसी मात्रै रहेम।


त्यो पदम बहादुर खत्रीको घर अगाडी आए पछी हामी सोझै मालीगाउँ तिर लाग्थेम, त्यो दिन हामी पनि देब्रे मोडीएम, भगबतीबहाल तिर।


एउटी सुन्दरीले हामी मालीगाउँ तिर नलागेको देखेर सोधी, "घर तिर नगएर कता नी?"


"मन्दीर जाने बेला भा रे छ, हामी मात्रै किन जाने त घर?" मैले नी भन्दीएँ।


"ए! अब हामी सँग मन्दीर जाने सुर?" पूजाथाली बोक्नेले सोधी।


"को सँग जाम् त?" बाङ्गेले पनि सोध्यो।


"के थाह? जानु नी आफु आफु" अर्की सुन्दरीले बाङ्गे र म तिर आँखाले ईसारा गर्दै भनी।


"आफु आफु मात्रै गएर ६ जोर जुत्ता १० जोर लुगा फाटी सके होलान, कति जानु आफु आफु मात्रै?" बाङ्गेले एक्लै एक्लै धेरै धाईयो, अब तिमीहरु सँग गएर धन्य हुने भन्ने आशयमा बोलेको थ्यो --- तरुनीले कुरा ट्याप्पै टीपी।


उस्ले भनी "६ जोर जुत्ता र १० जोर लुगा फाटे रे? बाँकी चार जोर लुगा चै के खाली खुट्टै गएर फटाको?"


हाँस्दा हाँस्दै पूजाथाली बोक्नेले थपी अनि "दस दस जोर लुगा फाटन के घिस्रेरै जाने गर्या छ कि के हो मन्दीर? कि त्यो अस्तिनको जड्याँ जस्तो बिहानै देखी सडकमा लडीबुडी गर्ने?"


हाम्ले त बोल्नै नसकिने भो बा! कति बेला मन्दीर पुगिएला जस्तो पो भो। केही ह्वात्तै भनीएला--तरुनीहरुलाई बिझ्ला र भरे भडकिएर घर नआउलान भन्ने पीर त छँदै थ्यो --त्यसैले पनि सहनै परेको थ्यो --फेरी उनीहरु सँग हामीलाई जित्नु पनि त थिएन, हामी त आफु हारेर भए पनि उनीहरुको जित मनाउन पाए दंग हुन्थेम।


भगबतीबहाल पुग्दा सुपारी र ट्वाक त्यहीँ रहेछन। सुन्दरीहरु सँग हामी आएको देखे। ठुलो उपलब्धी भो।


ट्वाक र सुपारी हामी तिर आए पछी, सुन्दरीहरु तर्किएर हिने।


"के छ ट्वाक? कमण्डलु लिएर आईपुगी सकीछस, भिक्षा दिने पनि आकी छ अझै दर्शानाभिलाषी हो?" मैले सोधें।


"अझै त दर्शनाभिलाषी नै हो" ट्वाकले भन्यो।


सुपारीले भरखरै तर्किएका सुन्दरीहरु तिर ईँगीत गर्दै सोध्यो "को नी?"


"भाउजुहरुलाई चिनीराख" बाङ्गेले सुपारीको ढाडमा प्याट्ट हान्दै भन्यो।


ट्वाक पनि सुन्दरीहरु तिरै हेर्दै थियो। सुन्दरीहरुले भने एक चोटी पनि फर्केर हेरेका थिएनन्।


"तिमीहरु त ट्युशन पढ्न गा हैन?" ट्वाकले तरुनीहरु तिर हेर्दै हामीलाई सोध्यो।


"हो नी -- ट्युशन बाट घर जान ला --तरुनीहरुले मन्दीर सम्म हिन न भने -- के गर्ने -- नाईँ भन्ने कुरो नी भएन ---"


"अनि ह्याँ आएसी किन तर्केका त?" ट्वाकले सोध्यो।


"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।


"मन्दीरमा आएर नी खाली केटीको कुरा गर्याछ--थुक्क " सुपारीले भन्यो।


"त्यस्तै पर्यो भने तरुनी भगाएर लाने ठाम त मन्दीर हो -- अब कुरा गर्छ"
बाङ्गेले भन्यो।


ट्वाक की तरुनी आई, उ पनि एक छिन है केटा हो भन्दै छडकियो। सुपारी तिर हेर्दै मैले भनें "बर्मचारीको चै लभ गर्ने सुर छैन?"


सुपारीले सजिलै भन्यो "बिहे पछी गर्ने--एक जना सँग"।


मज्जाले हाँसीदै थ्यो, सुन्दरीहरु निस्किए। उनीहरु निस्केको देखेर हामी सलबलाउन लागेका थिएम, एउटा करातिलो ज्यान भाको नबयुबक उनीहरुको छेउ पुग्यो, अनि पूजाथाली बाट झिकेर टीका लायो, फुल पनि। हामी हेरेको हेरेई भएम। ---


 
Posted on 08-06-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही कथा मा अर्को टुइस्ट आयो ल


को होला त्यो केटा कि केटी हरु को दाई पर्ने हो कि


कि त ...... होइन होला फेरी दीप ब्रो को सात्तो जाला


अब त्यस्तै हो भने त ट्वाक र सुपारी लाई भनेर ठेगान लगाउनु पर्‍यो


आफुले त केही गर्न मिलेन हैन र ब्रो

Last edited: 06-Aug-09 01:36 PM

 
Posted on 08-06-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<। बाङ्गेले एउटा जुत्ता लाईसकेको थियो, अर्को लाउन खुट्टा छिराएर चोर औला कुर्कुच्चा तिर घुमाउँदै थियो, क्रम रोक्यो। मेरा जुत्ता छै ख्वाप्प छिराउने खाले थिए, छिराई सकेको थिएँ।>>>
क्या बिस्त्रित बयान भो प्रभो, फिलिम हेरे सरि भो! जय हो!!

<<< सुन्दरीहरुलाई सोधेको खण्डमा कुरा फेर्छन भन्ने मलाई लागेको थ्यो त्यसैले मैले अघि भर्याङ्ग चढदा त्यै त भनेर कुरा सुरु गरेको थिएँ, सक्न पाको थिईन।>>>
हा हा हा हा

<<<बाङ्गेले "बिशेष त अब अंकलहरु आउने त्यै बिशेष छ अरु केही छैन भन्यो।">>>
खतरा कुरो मिलाउँछ मुर्दार

<<<हाँस्दा हाँस्दै पूजाथाली बोक्नेले थपी अनि "दस दस जोर लुगा फाटन के घिस्रेरै जाने गर्या छ कि के हो मन्दीर? कि त्यो अस्तिनको जड्याँ जस्तो बिहानै देखी सडकमा लडीबुडी गर्ने?">>>
छप्किहरु नि कुख्यात रेछन, बङगेलाई समेटा चुप लगाइदिये, ट्युसन त यिनीहरु सँग लिन पर्नी जस्तो छ

<<<"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।>>>
हा हा हा हा हा, कस्सो र्याल चुहाएन छ। लोल लोल महालोल

<<<मज्जाले हाँसीदै थ्यो, सुन्दरीहरु निस्किए। उनीहरु निस्केको देखेर हामी सलबलाउन लागेका थिएम, एउटा करातिलो ज्यान भाको नबयुबक उनीहरुको छेउ पुग्यो, अनि पूजाथाली बाट झिकेर टीका लायो, फुल पनि। हामी हेरेको हेरेई भएम। >>>
योमाSSSSS भाई होला, भाई, अब बङगेको रेआक्सन हेर्न पर्छ  
 
Posted on 08-06-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


<<पूजाथाली बोक्ने चै सुन्दरीले भनी "होला नी -- त्यै बाटोमा गाडी चलाउने गर्या होला--को ड्राईभर को ढ्याङ ढ्याङ्गे रे?">>


बाङ्गे को हाल के भयो होला ?


<<"हामी भगवतीबहाल जान ला --बस चाहीँदैन --हिनेरै जान्छम्---" फेरी पेच कसे सुन्दरीहरुले।>>


लौ प्रभु भगवतीले दर्शन गर्न आइज भन्दा कसरी नजानु ??


<<"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।>>
लोल महा लोल


<<"त्यस्तै पर्यो भने तरुनी भगाएर लाने ठाम त मन्दीर हो -- अब कुरा गर्छ"
बाङ्गेले भन्यो।>>


कुरा त सत पर्तिसत सहि हो 


ओहो यो त मुखै उज्यालो गरी पढि रहेको थिए लस्टाँ गएर ढ्याच्च भयो , अब नबयुक लाई घुराइ अनी धुलाई दिनु पर्ला त्यो चाँही त्यो नबयुवक तरुनी को भाई नपरे सम्म ।


 
Posted on 08-06-09 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह क्या घच्ची जाँदै छ है कथा त ...


कस्तो मन नै सिरिङ् सिरिङ् हुने खाल्को सीनहरु भाई यो कथा मा त .. करेन्ट लागेको लाग्यै भो ..


लास्त मा त यी छप्कीहरु बाङगे भन्दा पनि बाङगो निस्क्यो ल है त ..


गजब इन्तेरेस्तिङ हुँदै छ ..


अर्को भाग को पर्खाइे मा


 
Posted on 08-14-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मज्जाले हाँसीदै थ्यो, सुन्दरीहरु निस्किए। उनीहरु निस्केको देखेर हामी सलबलाउन लागेका थिएम, एउटा करातिलो ज्यान भाको नबयुबक उनीहरुको छेउ पुग्यो, अनि पूजाथाली बाट झिकेर टीका लायो, फुल पनि। हामी हेरेको हेरेई भएम। ---


बाङ्गेले त्यो दृश्य देखेर पिच्च थुक्दै भन्यो, "यसो केही गरेर खाम भन्यो एउटा न एउटा भाँजो ---" अनि कुरा तुरुन्तै घुमाउँदै म तिर हेरेर थप्यो "--ल हेर अब तँलाई ट्र्याजिडी परेको---"


"ह्या तिनीहरुको दाई भाई कोई होला---एउटाले परसाद लाउँदैमा ट्र्याजिडी पर्यो नी नारन भन्दै हात खुट्टा छोडनेहरु कत्तिन लभ गर्ने भनेर हिन्या छन फेरी" सुपारीले नी भेट्या बेला दियो दनक।


"मन्दिर एकनासले धाउने हामी , टिका र प्रसाद चै अर्कैलाई लाईदिए पछी चस्किहाल्छ नी मन त" बाङ्गेले भन्यो।


"उनीहरुले जाम भनेर आको भन्या हैन तिमीहरु?" सुपारीले सोध्यो।


"हो त -- अघि त्यै भन्या थे" बाङेले नभाको कुराको समर्थनमा बोल्यो -- म चै त्यो नवयुबक र उनीहरुलाई हेर्दै थिएँ। उनीहरु हाँसी हाँसी कुरा गर्दै थिए।


यत्तिकैमा ट्वाक आईपुग्यो प्रशन्न मुद्रामा।


यता मलामी जाने बेला हुन लाईरा बेलाँ, तँ चै के को किच्चीरा हो?" सुपारीले ट्वाकलाई हेर्दै भन्यो। खोल्या थैलीको मुख स्वाट्ट डोरी तानेर बन्द गर्या जसरी ट्वाकको ओठे थैली बन्द भो।


"को मर्यो र मलामी जाने?" ट्वाकले सोध्यो।


"को हुन्थ्यो? यी यिनीहरुको लभ मर्यो नी -- ठहरै भो ---उ हेर्न त्याँ मार्ने पनि त्यैं छ" सुपारीले घाँटी त्यो नवयूबक र ठीटीहरु भए तिर हल्का घुमाउँदै टाउकोलाई मास्तिर यसो झटका दिएर आँखाको ईशाराले सुनायो।


ट्वाकले पनि उनीहरु भए तिर हेर्यो, "त्यो त आशिष हो--" ट्वाकले केटो चिन्दो रे छ क्यारे भन्यो।


"के को हुन्छ आशिष -- सराप हो त्यो त सराप -- चिन्छस त्यो सरापलाई तँ?" बाङ्गेले सोध्यो।


चिन्ने भनेर त्यस्तो चिन्ने होईन--अरुणदाई कहाँ गाको बेला एक दुई चोटी भेट भा हो यो सँग ----" ट्वाकले भन्यो।


"नाता पर्छ तरुनीहरुको यो?" बाङ्गेले ट्वाकलाई सोध्यो।


"मलाई के थाह? तरुनीहरुको अघि पछी लाग्ने तिमीहरु --अब उनीहरुको को को सँग के के नाता छ कि छैन त्यो मलाई थाह् हुन्छ?" टोपाजले काट्या ठाममा बटरफ्लाई पर्दाको झैं गरी ट्वाकले भन्यो।


"उसो भए यो आशिष भन्ने सराप्या मेरुदण्डमा कत्तिको लचकता रे छ तेस्को मुल्यांकन गर्नु पर्यो" बाङ्गेले अलि तातेर भन्यो।


"मुल्यांकन पछी गरम्ला बाङ्गे--भरे घराँ आउँदैछन--मिलेछ भने बुझम्ला केही त्यै बेलाँ-- हैन भने पैला सुत्र लगाएर पत्ता लाम यस्को कहानी के र छ अनि त्यस पछी लचकता जाँच्ने नजाँच्ने निधो गरम्ला -- केही नबुझी ह्वात्त जाँच्ने हुँदा उल्टो असर होला फेरी" मैले भनें।


बाङ्गेले केही भनेन।


"भरे घर आउँदैछन तरुनीहरु?" ट्वाकले सोध्यो।


"अँ" बाङ्गेले भन्यो।


"सत्र रे छ त तिमीहरुलाई" ट्वाकले हाँस्दै भन्यो।


"अब तीन तरुनीहरुले थप्दीन्छन, बिस हुन्छ --अनि तिमीहरु चेट--अठार त अहिलेई पारी सके" सुपारीले नी हाँसेर भन्यो।


"सुपारीले भनेको बिस थिएन, बिष थ्यो" उस्को छेड नबुझेको होईन।


नबयुबक र ती तरुनीहरुको भलाकुसारी सकीएको थिएन, अरु दुईटा युबकहरु थपिए समुहमा। उनीहरुले पनि प्रसाद लाए, टीका लाए।


"ल बिष भो" सुपारीले अरु जोड सँग हाँसेर भन्यो।


तरुनीहरुले हामी भए तिर हेरे, केटाहरु सँग कुरा सकिए जस्तै लाग्यो -- बिदा भएर तिनजना नै मन्दीर तिर फर्किए -- सुन्दरीहरुले फेरी उनीहरुको ओठमा अल्झेको मन्दमुस्कानलाई आफ्ना परेलीहरुले सल्झाई दिए झै गरी हामीलाई हेरे। अनि सानो गौचर- ज्ञानेश्वर तिर लागे।


"जाओ रे -- बोलाको बेला सुन्नु छैन" ट्वाकले भन्यो।


"अहिले उनीहरुलाई मात्रै जान दिने हो--" मैले भनें।


बाङ्गेले मलाई हेर्यो, सुपारीले पनि।


उनीहरु अलि अघि गएर फेरी फर्कीएर हेरे हामी तिर।


"बोलाईराछन, जाम जाम हिन" बाङ्गेले अधिर भए झै गरी भन्यो।


"हामी गोमादीदी हो?" मैले सोधें। उस्ले केही भनेन।


मैले ट्वाकलाई भनें, "ल हिन घर जाम, कि तेरो पाठ सकिया छैन?"


"सकियो" उस्ले भन्यो।


"चिया नास्ता गरेरै जाम् न अब--तरुनीहरु सँग नजाने भए पछी के हतार? घराँ अहिले भात पाक्या छैन-- बिनसित्तीको उपदेश सुन्न किन जानु पर्यो हुर्धुरीँदै? " बाङ्गेले भन्यो।


कुरा ठिकै हो। लागियो चारढुङ्गे तिर। ---


 
Posted on 08-14-09 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या प्रभो, जानु पर्छ नि, फर्केर हेरेछी त बोलाको हो नि, क्या भन्या नि, किन कुरो नबुझ्या हो कुन्नी फर्केर दुई चोटि हेरेछी त जन पर्नी, अब भरे भात खान बोला थाममा के हुनी हो, ल बिस्तार नगरि पस्किउम है प्रभो

त्यो सुपारिले घाँटी घुमाको क्या डेस्क्राइब गर्या भन्या नि, वाह सार्है मन पर्‍यो! जय हो!!
 
Posted on 08-14-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ढाड भाचु भन्या बचेँ छन ,


<<"हामी गोमादीदी हो?" मैले सोधें। उस्ले केही भनेन।>>


कुरा त सहि हो ।
 
पुरे पाट सधैं तरुनी को पछी लाग्यो भने त आफ्नो भाउ घट्छ क्या , तरुनी लाई धेरै भाउ नि दिनु हुन्न , अली कती त उनी हरु लाई नि टड्पाउनु पर्‍यो नि,  मखुला पुरे  ?


लौ अब खाना खान त बोलाकै छ , त्यो सराप को जानकारी नि हुन्छ , दाजु भाई नपर्या भए चाँही एसो हड्डी हरु बजाउनु पर्ला के भन्छ बाङ्गे ले ??


 
Posted on 08-14-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, म बैरे पाटले एइ भन्छ भनेर कुरेर बसिराथें, भनी हाल्यो मुर्दारले, हो हो, ठीक हो, दीप प्रभो र बैरे पाटको फोर्मुला फ-लो गर्या भे मेरो नि केइ भैसक्थ्यो होला कि, तर के गर्नु बिडम्बना

अँ प्रभो, भरे खानामा चाँही त्यो सरापको बारे बुझी हाल्नु, ट्वाकलाई पनि अली अली थाहा हुन त पर्नी, तर केटोले बालै देन!
 
Posted on 08-14-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा त्यत्रो मेहेनत गरेको त खेर जाला जस्तो पो भएछ। बाङे कती बाठो नि फेरी। आफ्नो ट्रजिटी पर्ला भनेर हत्त न पत्त "ल हेर अब तँलाई ट्र्याजिडी परेको" रे------अब अर्को भाग कैले हो ?

 
Posted on 08-14-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खोल्या थैलीको मुख स्वाट्ट डोरी तानेर बन्द गर्या जसरी ट्वाकको ओठे थैली बन्द भो। " 


 कथा त अती राम्रो छ छ, परिस्थिती ,माहौल र सीन बयान गर्ने स्टाईल अन कम्पेरब्अल छ दीप जी। नयाँ भाग को प्रतिक्ष्या मा


 
Posted on 08-14-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा ठिकै हो। लागियो चारढुङ्गे तिर। ---


चिया नास्ता सकेर हल्लिदै ठिक्क भात खाने बेला तिर घराँ आईयो।


बाङ्गेले मलाई उस्काँ तीन बजे तिर नै आउन भनेको थ्यो। "हामीहरु ज्यान दिएर पढीरा जस्तो गर्नु पर्यो नी --" उस्ले भनेको सम्झिएँ।


सर्टाँ इस्त्री लाएँ। पाईण्टमा नी यस्तो मज्जाले थिचेर लाए इस्त्री कि धारले रेटछ कि झैं थ्यो। अनि चिटिक्क परेर गएँ अध्ययन सामाग्री पनि बोकेर।


बाङ्गेकहाँ पुग्दा छटपटीँदै रे छ।


"मुटु उम्लेको उम्लेकै यार --" उस्ले भन्यो।


"धेरै नछडका अहिले -- भरे फेरी उनीहरु आउने बेला सम्ममा डढ्ला" मैले भनें।


उस्को कोठा त्यस्तो सफा सुग्गर मैले कहिलेई देखेको थिएन। चिटिक्क थ्यो। पढ्ने टेबल कुर्सी पनि हेर्दै बसेर पढम पढम जस्तो लाग्ने बनाएछ। कुर्सीमा कोट पनि झुण्याको देखेर सोधें "कस्को कोट यो?"


"मेरो नी -- कोट एकदम सुहाँउछ रेन्त मलाई" उस्ले दंग पर्दै भन्यो।


"आफ्नै घराँ कोट लाएर बस्ने तँ अब?" मैले सोधें


"अहिले देखिनै लाएर बस्ने हो ? उनीहरु आउने बेलाँ लाउने --ईम्प्रेशन पार्ने अनि खोलम्ला नी---आज चैं छाप्नु पर्छ, बुझिस।" बाङ्गेले भन्यो।


"बुझें बुझें --हाम्ले मात्रै बुझेर के गर्ने? उनीहरुले पनि बुझ्नु पर्यो नी" मैले भनें।


"उनीहरुलाई बुझाउन पैला हामीले बुझ्नु परेन?" उस्ले सोध्यो।


"के बुझ्ने?" मैले सोधें।


"मेन कुरो त्यै हो " उस्ले भन्यो।


हाम्रा कुरा त्यस्तै हुन्थे।


साँझ पर्यो--उनीहरु आए।


स्वागतमा हामी गएनम्। हाम्रो त्यै बेलाँ एकदम पढ्ने बेला भाको थ्यो। उनीहरु आको बुझ्ने बित्तिकै हामि गहिरो अध्ययनमा लागेका थिएम।


कुबेरले 'दाई, मान्छे आए" भन्न आउँदा बाङ्गेले उस्लाई "यहाँ पढीरा बेलाँ  डिस्टर्ब गर्न नआईज " भनेर फर्काएको थियो।


पानाहरु किताबका पल्टीएका थिए नै कापीका। जहाँ अघि पल्टाएर छोडेको थ्यो त्यैं थिए।


एक छिन पछी कुबेर फेरी आयो, "एकै छिन तल आउनु रे" भन्दै।


"एक सुराँ पढ्न नी दिदैनन" भन्दै बाङे उठ्यो। कोट लायो। मुसुक्क हाँस्यो।


तल ओर्लेम। बैठक कोठामा बस्न सबै बसेका रहेछन तर धेरै चै सुन्दरीहरुलाई नै देखियो। शिष्टाचारको कार्यक्रम पनि सकियो। ठीटीहरु यती राम्रा देखिएका थिए कि के भनम --सुन्दरताको बयानमा समर्पित सबै बिशेषणहरु प्रयोग यदि गरेको भए पनि ती बिशेषणहरु पक्कै सकिने थिए, तर बयान भने अधुरै हुने थियो।


कुरा पढाईको उठ्यो, स्वभाबिकै पनि हो। सुरेश अंकलले राम्रै कुरा गरे। बाङ्गेका बा ले चैं "पढ्या जस्तो त गर्छन, तर साँच्चै पढछन कि पढ्दैनन् था छैन" भने। कुरा त उनले पुर्याएर गर्या हुन। हाम्रै जस्ता दिनहरु उनले पनि त बाँच्या हुँदा हुन। बा को टीप्पणीलाई सकारात्मक फन्को दिँदै आमाले थपिन --"पढछन, निक्कै मेहनत गरीराछ्न--अहिले पनि माथि पढदै थिए"। कुरा पढाईको बाट अन्तै जान थाल्यो। सुरेस अंकल र बाङ्गेका बा पुराना कुरा तिर लागे। ठीटीहरुका आमा छोरी, र बाङ्गेकी आमा उठेर अर्को कोठा तिर लागे -- ठीटीहरु नै उठेर हिने पछी हाम्रो पनि त्यहाँ बसीरहने काम भएन। "पढ्नु छ" भन्ने सुनाएर हामी पनि लागिम उकालो-- भर्यांग हुँदै।


कोठामा फर्केर आउने क्रममा बाङ्गे बाथरुम तिर लाग्यो--म उस्को कोठा तिर। कोठामा पस्ना साथ ओछ्यानमा थ्याच्च बसेर बाङ्गेले ढोकामा कोही छन कि भनेर हेर्यो अनि छैनन् भन्ने बुझे पछी लामो सास तानेर भन्यो "सुन्दरीहरुले त हुरुक्कै पार्ने भए यार -- "


"अहिलेई--?" मैले हाँसेर सोधें।


उस्ले म तिर पुलुक्क हेर्दै भन्यो "ह्या ---"


"धुरुक्कै चै नपारुन -- त्यै हो"  मैले हाँसोलाई रोकेर भनें।


तरुनीहरुकै गफमा हामी मस्त थिएम, सुन्दरीहरुको गफ जति गरेनी नसकीने। गफ चल्दै थियो, कोही आएको सुनियो। हतार हतार उठेर पढ्ने टेबल कुर्सी सम्म पुग्ने कोशिस गरीयो भ्याईएन। सुन्दरीहरु रे छन, ढोकै बाट भने "के को घोडेजात्रा हो?"


"मनको नी, अरु के को हुन्थ्यो?" बाङ्गेले भन्यो।


उनीहरु अझै ढोकैमा थिए। मैले उनीहरुको अलि नजिकै गएर भनें "भित्र आईदीएर गुन लाई दीए नी हुने नी --"


उनीहरुको अनुहार उज्यालो थियो। ओठमा उही मन्द मुस्कान। उनीहरु भित्र आए। कोठा मगमग भो, मन झलमल्ल--झ्याल बाहीर रात परेको प्रस्टै देखिन्थ्यो।


"मन्दीरबाट भरखर आएको?" एउटीले मलाई हेर्दै सोधी।


"हैन काँ अहिले फर्किनु? बिहानै आईहालियो नी" मैले भनें। प्रश्नले झस्क्यायो तर मलाई। बाङ्गे चै छक्क पर्यो।


"हामी फर्किंदा त्यैँ बसीरा देखेर सोधेको नी" त्यै मलाई प्रश्न सोध्नेले भनी।


उस्ले भन्न खोजेको कुरा शायद मैले बुझें। राम्रो लाग्यो। भन्न चै केही भनीन मैले तर मलाई लागेको राम्रो, मुस्कान बनेर ओठमा छरीएको उस्ले टीपेको मैले देखें।


मौका यही हो भनेर होला बाङ्गेले थप्यो "अब ब्यान टीका र प्रसाद लाउने अरुहरु नै आए -- आफु त मन्दीर जानु मात्रै भो -- दर्शन त मन्दिरै नगै पनि पाईया थ्यो--टीका र प्रसाद पनि पाईएला भनेको --"


"ए भै हाल्छ नी -- हाम्रो गुरु के -- वहाँका तिनटा छोराहरु छन -- जेठो टीका, माईलो प्रसाद, अनि कान्छो चैं आशिर्बाद--गुरुकाँ जाने हो? सबै भेटीन्छ" अर्की सुन्दरीले मुक्त हाँसेर भनी।


"आशिष चैं काँ भेटीन्छ नी?" बाङ्गेले सोध्यो।


आशिष अनि बिहानका अरु दुईटा काँ भेटीन्छन, के गर्छन, हाम्लाई कसरी चिनेको अब सबै त्यो पत्ता लाउनु नी -- के काम छ र? पढाईको एउटा निउँ छ--बाँकी त फुर्सदै फुरसद त होला नी"। त्यै गुरुका तिनटा छोरा भनेर गफ दिनेले भनी।


त्यो पत्ता लाउन त उस्ले भनीरहन पर्थ्यो र?


हामीले केही भनेनम। तरुनीहरु कोठाको निरिक्षण गर्न थाले टहलिएको जस्तै गर्दै। भित्तामा भएको र्‍याक नेर पुगेर "चुरोट खाने गर्या छ?" बाङ्गेलाई एउटीले फ्याट्टै सोधी। म त झसंग भएँ। ---


 
Posted on 08-14-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोलिड गो ल सोलिड


लास्टाँ दीप को ट्राजेडी पर्ने भो रे - बाङ्गे नि हसाउछ


अब घर मा आउँदा तरुनी हरुले बादला लिने जस्तो छ - त्यस्तो दुई दुई चोटि हेरेर बोलाँउदा नि नगएपछी त


खैर छैन


ल पेलिम अर्को भाग ले पेलुम


 
Posted on 08-14-09 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को भाग नि आइसकेछ


एस्तो पो हुनु पर्छ = पेलुम भन्न पाछैन अर्को भाग आइसक्यो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters