[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 128203 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-13-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"खै त्यो था छैन-- तर जो भए पनि दुईटै हाम्रै हुन जा---" बाङ्गेले सुनायो। ---

"किन दुईटै मात्रै? नाता नपर्ने जति तरुनी सबै मेरा भन्न" सुपारीले बाङ्गेलाई घुर्दै भन्यो।

"पातकी, कुरा घच्चिको गर्छस् यार तँ पनि कैले काईं -- एक बोतल जाँड तँलाई मेरो तर्फबाट -- जुन बोतल भन्छस त्यही" बाङ्गेले हाँस्दै भन्यो।

अब केही भए पनि नभए पनि एक दुई दिन त्यो टंगाल स्कुल तिर बाट हिन्दा साबधान हुनै पर्यो। यसमा भने दुईमत भएन।

ट्वाक कहाँ जाम भन्या सुपारीले "त्याँ बे को रुमलो हुन्छ राम्रो कुरै गर्न पाईंदैन त्यसलाई यहीँ लिएर आउँछु" भन्यो। कुरा ठिकै हो। सुपारी गयो। बाङ्गे भएम।

"तँ पनि नसुध्रीने भईस, बाङ्गे" मैले भनें।

"बिग्रेकै कैले थिएँर ? तँ पनि मेरो बाउको जस्तो कुरा नगर् --" उस्ले आनन्दै भन्यो।

"तँलाई कस्ले यत्तिकै हात छोडन लायो? त्यो केटाको दुईटै केटीहरु सँग लेनदेन छैन की? त्यसो भए केही गर्ने कामै थेन --" भन्दै थें।

"त्यो हो, मैले अब हान्दि सकें -- जे पर्ला पर्लाउस्ले भन्यो।

"तेरो काम बिग्रीहाल्यो नी -- अब चेतनाले त्यो केटालाई मन पराउने रैछे भने पनि तँलाई सराप्ने भई उस्को साथिले मन पराएकी रैछे भने पनि तँलाई सराप्ने नै भई" मैले बाङ्गेको मन चेतनाबाट बिरक्त्याउने सुरमा भनें।

"त्यो हैन झन उस्लाई मैले कस्तो मन पराउँदो रहेछु त्यो प्रस्ट भो" उस्को आफ्नै तर्क थ्यो।

मैले उस्को घरबाट आउँदा के के भो ट्वाकले के भन्यो भनेकै थिईन। अहिले सुनाईँदिएँ।

उस्ले कुरा सुनेर भन्यो "देखिस? अब झन कति राम्रो भो? ट्वाकलाई शोभा फेरी ब्याक टु मंगलमान -- ट्वाकले मेरो गुन बिर्सीदैन --  चेतना अव त्यस्कै बैनी भै हाली -- कुरो बुझिनस्?"

" मारोगी अब मनको लड्डु त्यै घ्यु संग खाएर बसी राख" भन्दें। बाङ्गेलाइ जे भनेनी उस्को सुर चलुन्जेल जे मन लाग्या हो त्यो नगरी छोडदैन्थ्यो।

सुपारी एक्कै छिनमा फर्केर आयो तर एक्लै। "ट्वाक घराँ काम गरीरारेछ। आउन मिल्दैन भन्यो तर भाको कुरा सुनाईँदिएँ" भन्यो।

"के भन्यो तेरो बाजेले?" बाङ्गेले सोध्यो।

सुपारीले बाङ्गेलाई घुर्दै "ठिकै " भन्थ्यो तेरो बाजेले भन्यो।

"देखीस?" बाङ्गेले सुपारी मलाई हरायो कि झै गरी हेर्यो।

चिया आउँदै भन्दा पनि नमानी सुपारी उस्को घरमा काम भनेर गयो। बाङ्गे नानाथरी कुरा गरेर बसेम। अनि घर जानलाई उठ्यो होला भन्या एक्कासी  "हिन्त एकचोटी ट्वाककहाँ जाम" भन्छ।

"किन?" भन्या "हिन्न चेतनालाई हेरम् हेरम् लाग्यो के एक हात" भन्छ भाते।

"ट्वाक बिजी भन्या सुनीनस?" मलाई बाङ्गे सँग त्याँ जानै मन् थिएन।

"त्यै भएर झन जाने नी -- हिन" बाङ्गेले इसारा गर्यो।

" किन चाहियो? जान तँ" मैले भनेँ।

उस्ले किचकिच् गरी रह्यो। लौ भनेर लागिम ट्वाक कहाँ।

साँझ पर्ला पर्ला जस्तो थ्यो बेखालालको घर नेर पुग्दा ट्वाकलाई त्यैं भेट भो।

"तँलाई फुर्सद भो अहिले?" ट्वाकले मलाई हेरेर सोध्यो।

"के फुर्सद? फुर्सदै फुर्सद हो नी" मैले सुनाएँ।

बाङ्गेले अघि त्यो केटालाई उस्ले दनक देको सुनाउन खोज्दै थ्यो ट्वाकलाई गुन लाउनलाई होला उस्ले "मैले थाह पाएँ अघि नै सुपारीले भनी सक्यो" भनेर कुरा सक्यो। शोभाको बारेमा मैले बाङ्गेलाई केही भनें कि भनेर होला उस्ले तिर हेर्यो। मैले केही भनेकै थिईन।

"सुपारीले तँ आउन मिल्दैन रे" भन्थ्यो त। ट्वाकले अझै मलाई हेरेर भन्यो।

छक्क परें। त्यस्तो खबर सुपारीले ट्वाकको बारेमा पो ल्याएको थियो त।

"किन आउन नमिल्नु? मलाई सुपारीले केही भनेन" मैले भनें।

बाङ्गे पनि अलमलियो भन्यो "त्यो घर जान्छु काम भनेर अघि नै गयो-- हाम्लाई केही भनेन दीप कै बसीरा छु अघि देखि "

ट्वाक एक छिन चुप लाग्यो हाँस्यो अनि " नसकिने भयो -- सब एक से एक --सुपारीले पनि आज चै हरीप चाल चलेछ---सुध्रेछ सुपारी ।" भन्यो।

"भन्या?" बाङ्गेले सोध्यो।

"भन्या अब एक छिनमा भनम्ला ---" ट्वाकको अनुहारमा हाँसो अझै टन्नै थ्यो।

"तँ कता नी?" मैले ट्वाकलाई सोधें।

" ग्यास लिन जान ला दुई सिलिण्डर ल्याउनु --ट्याक्सी खोजीरा" भन्दै थ्यो , भुतेस्वर तिर बाट एउटा ट्याक्सी आयो। ट्वाकले  रोक्यो। तिमीहरु पनि हिन साथि हुन्छ -- एक्लै जानला थेँ -- घराँ जानी सिलिण्डर राख्ने -- अनि गएर् ल्याउने -- तु हुन्छ" भन्यो। बाङ्गे छिरी हाल्यो ट्याक्सीमा पनि बसें।

"यति बेला काँ लिन जानी ग्यास?" भनेर सोध्या -- मामाको पसलबाट ल्याउने हो -- ठिक्क पारी रा रे त्याँ ---  ल्याईदिन्छ भन्थे फेरी के मिलेन कुन्नी बाउलाई लिन पठाईदिनु भनेर खबर आएछ अनि के गर्ने मै जानु पर्यो" ट्वाकले सुनायो ट्याक्सीमा।

ट्वाक्या घराँ गएर सिलिण्डर राखेर बत्तेम। अनि बाटामा मैले मनमा लाग्या कुरो फेरी झिकेँ "तँलाइ सुपारीले बिजी छु भन्यो रे अघि?"

" अँ -- ट्वाक फेरी हाँस्यो भन्यो कबिता थी अघि -- सुपारी आउँदा घरमै थिई -- मैले झन उस्लाई दीपले पुर्याईदिन्छ घर भनेर सुनाई देको थिएँ उस्ले मक्ख परेर पर्दैन भन्या थि। सुपारीलाई "पठाई दे दीपलाई जा भन्या थें" फर्केर "दीपको आउन मिल्दैन रे --काम रे घरमा" भन्यो।

बाङ्गे मैले हेरा हेर गरीम।

"अनि कबिता छे त घरमा अझै?" मैले सोधें--अनि झट्ट सम्झें --हरे! यो ट्वाकले पनि खत्तम गर्यो  --उता जवानीले भरीदी कबितालाई घरमै छोडेर रित्ता सिलिण्डर सँगै मलाई कता कुदायो फेरी।

"हैन उ त घर गै हाली नी -- एक्कै छिन भो" ट्वाकले भन्यो।

यै ग्यासको अलमलले गर्दा के गरम के गरम् भन्दै थें "खै ग्यास ल्याइदिएनन - त्यो आफै लिन जानु पर्ने हो की ल्याइदिन्छन त्यो बुझेर मात्रै जानु तँ चाबेल कबितालाइ पुर्याउन जाने भा" भन्दै थे बा--

ट्वाक अरु के के भन्दै थ्यो मैले केही सुनीन --रीस उठेर आयो सुपारी देखेर।

"खै त्यो सुपारी पिचास?" बाङ्गेले सोध्यो।

"सुपारी त गै हाल्यो नी कबिता सँगै चाबेल --- पुर्याउन भनेर --भन्या हैन सुपारी सुध्रेछ भनेर मैले अघि? "दुखको कुरा सँगै ट्वाकको हाँसो ट्याक्सीमा भरीयो। ---


 
Posted on 11-13-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तँ पनि नसुध्रीने भईस, बाङ्गे" मैले भनें। दीप ज्यु आफु बिग्रेको कस्ले देखोस् नि ।


 
Posted on 11-13-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिप, जस्को सक्ती उस्कै भक्ति!!!!!!! ल है फेरी चेतना र कबिता दुइटै उम्केलान

दिपिका

 
Posted on 11-13-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Koi bhanda koi kam chainan la..
 
Posted on 11-13-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे पर्भो, कति हँसाएको हौ .....

"सुपारी त गै हाल्यो नी कबिता सँगै चाबेल --- पुर्याउन भनेर --भन्या हैन सुपारी सुध्रेछ भनेर मैले अघि? "

 

लौ मार्यो - जति पढ्यो झन मज्जा आउने, सब काम छोडेर दीपको कथा पढें हौ गाँठे । लु लु दीप ब्रो पेलम पेलम ----

 


 
Posted on 11-13-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji ko ghaanti maa supari adkyo jasto chha.. ha ha haa

Last edited: 13-Nov-07 01:24 PM

 
Posted on 11-13-07 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


khubai chakrabyuh chha hai prem kahanee ma

 
Posted on 11-14-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सुपारी गै हाल्यो नी कबिता सँगै चाबेल --- पुर्याउन भनेर --भन्या हैन सुपारी सुध्रेछ भनेर मैले अघि? "दुखको कुरा सँगै ट्वाकको हाँसो ट्याक्सीमा भरीयो। ---

सुपारीले त्यत्रो धोका देला भनेर कैलेई लागेको थिएन मलाई। केटीहरुको कुरा गर्दा महाभारतको भिष्मको जस्तो कुरा गर्थ्यो आज मेरै लिएर हिन्देछ बा! बाङ्गे सुपारीलाई प्रथम श्रेणीको सुप्रब (सुप्रसिद्ध प्रबल ब्रम्हचारी) पदबीले सुसोभित गर्ने बारेमा सल्लाह गर्दैथिम अब सुप्रप (सुप्रसिद्ध प्रबल परप्रेमिकाचारी)ले बिभुषित गर्नु पर्ला जस्तो भो। त्यो ग्यास लिन जाँदा लिएर आउँदा सुपारीलाई सराप्नु सरापियो तर सरापेर केई केई -- आखिर कबिता सँग नै थ्यो।

पिर अब आजको भन्दा पनि भोलीको पो भो त।  पातकी सुपारीले अब कबितालाई मेरो बारेमा के के मात्रै भन्यो होला? नभाको केही भन्नै पर्दैनथ्यो भाकै मात्रै भने मेरो चानसले सिल्टिमुर खाने पक्का थ्यो। दिक्क भएँ।

ट्वाकको घराँ सिलिण्डर ओरालियो -- ढल्काएर गुडाउँदै बाङ्गे मैले भित्र चोक सम्म लगिदिएम। ट्वाक "बस्ने एक छिन?" भन्दैथ्यो बाङ्गेले "हैन घर जाने अब रात परीसक्यो" भन्यो। रात बाहीर भन्दा मेरो मन भित्र गहीरीएको थ्यो।

ट्वाककहाँबाट निस्केर घर तिर लाग्या बाङ्गे "कता हिन्या?" भन्छ।

"कता अब घर जाने भन्या हैन?" मैले उसैले अघि भनेको कुरा सम्झाएँ।

"पैले सुपारीलाई धोबीखोलामा गाडम अनि घर जाम्ला" बाङ्गे भन्दा झन रिसाएछ।

"अब त्यो अलछिना कताबाट आउँछ आउँछ नी -- त्यो भत्क्या पुल तिर बाट आउँछ कि सत्तेनारन थान तिर बाट आउँछ की उता कालोपुल तिरबाट आउँछ -- कता जाने?" मैले भनें।

"यो राती सत्तेनारनथान तिरबाट आउँदैन -- कि कालोपुल तिरबाट आउँछ कि भत्क्या पुल तिरबाट -- भत्क्यापुल तिर जान्छु तँ कालोपुल तिर जा" बाङ्गेले रणनीति बनायो।

"सक्दिन -- त्यो कबिता भन्ने मेरो स्वास्नी हैन कोई हैन -- पुर्याउन गयो गयो छोडदे -- भोली कुरा गरम्ला -- अब आजै सबै सकेछ भने सकेछ " मलाई यसै पनि रिस उठीराथ्यो-- झर्कैरै भन्दें। मलाई त्यो बाङ्गेसँग जान मन थिएन -- बाङ्गेलाई भुत चढ्या बेला सुपारीलाई के गर्ने हो के भन्ने हो के ठेगान? मलाई भने सुपारीलाई ट्वाकको अघि राखेर कुरा गर्न मन थ्यो -- त्यो मौका अहिले बाङ्गे सँग गए पक्कै बिग्रिन्थ्यो।

सुपारी ट्वाकको अलि नजिक थ्यो। त्यो मैले बुझेको थिएँ। तर बाङ्गेलाई त्यस्तो कुराको केही मतलब थिएन।

"झन तेरो तरुनी माथि धावा बोल्यो भनेर भन्या अझ सँग पो झर्को फर्को गर्दो रे -- मतलब छैन अब मलाई --फेरी त्यो कबिता सबिताको कुरा सुनाईस भने जान्या -- सुपारीले लान हुन्छ भने मैले पनि हुन्छ --- त्यो पनि अब मेरै भैइ -- भैगोन्त भनेर तँलाई छोड्देको थिएँ -- अब छैन ---काँ नेर हो त्यो तरुनीको घर चाबेलाँ?" बाङ्गे नराम्रो भडकियो।

"चाबेलाँ त्यो केटीको घर जाँ त्यहीँ हो -- यताको घर देखी उता उताको घर देखी यता -- तेरो के को घुर्की हो? च्या चाउचाउले तँलाई पोल्या थ्यो? कुरा गर्छ -- जा पुर्याउन तँ पनि त्यस्लाई घर दिन दिनै मलाई के मतलब? -- जा ढोकामा पाले बस त्यस्को --" मलाई यसै रीस उठीरा बेलाँ बाङ्गेको घुर्कीले झन रिस उठ्यो।

उस्ले मलाई घुर्ने मैले उस्लाई त्यो सर्सोतीथान अगाडीको डबली नेर।

"यत्तिकै छोडदिन्छ्स त्यो सुपारीलाई?" बाङ्गेले अलि नरम सँग भन्यो।

"यत्तिकै कस्ले भन्या -- पैले कुरा गरम ट्वाकको अगाडी -- अनि तँ एक्लै गएर सुपारीलाई केही भन्ने हैन -- मैले भन्देको छु" मैले भनें।

"मर उसो भए -- घर गएँ " भन्दै बाङ्गे लाग्यो बाटो। पनि लागें।

सुपारीको ताल देखेर कैले छक्क कैले दिक्क कैले के कैले के लागि रह्यो। सपनामा पनि सुपारी कबितालाई साइकलमा डबललोड गै रा देख्या भन्या। कस्तो बोर।

ब्यानै पुगेँ ट्वाक कहाँ -- ट्वाकलाई लिएर सुपारी काँ जान्छु भनेर। ढोका खुलै थ्यो तलको -- कैले काही उस्लाइ चोकबाट नबोलाई सिधै उस्को कोठामा जाने गर्या थ्यो -- ढोकाबाट भित्र मात्रै छिर्या थें चेतना सँग भेट भो। "ट्वाक ?" मैले सोधें। "मलाई के था? नोकर हो कसैको?" रुखो स्वरमा भनी उस्ले। अब भो की? हिजो एउटीलाई एउटाले लग्यो अब यस्ले पनि माया मार्ने भै की जस्तो लागेर बरबाद।

"थाह् छैन रे?" मैले नरम स्वरमा सोधें।
"छैन" उस्ले उस्तै रुखो स्वरमा भनी तर भर्याङ चडेर माथि उक्लेकी पनि थिईन बाहीर निस्केकी पनि थिईन -- अझै छेउ नै थिई
"कस्लाई सोधम , उसो भए?" मैले फेरी सोधें -- किन रिसाकी हो बुझ्नै सकिन -- हिँजो झन् थ्यान्क्यु सम्म भनेकी थिई।
"कबितालाई थाह होला नी  -- उसैलाई सोध्नु क्या -- " अहिले अलि बिस्तारै बोली तर आबाजमा मिठास अझै बिल्कुलै थिएन।

माथिबाट को ओर्ले जस्तो लाग्यो। फुत्त बैठ्क कोठा तिर छिरी पो के गरम के गरम भएर यत्तिकै ट्वाकलाई बोलाएँ।

ट्वाकको भाई रे ओर्लेको, उस्ले सुपारी सँग एकै छिन अघि ट्वाक बाहीर गएको सुनायो।

त्यहाँबाट निस्कें। धेरै कुरा मनमा आए बाहिर सडकमा हिन्दै गर्दा।---


 
Posted on 11-14-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पैले सुपारीलाई धोबीखोलामा गाडम अनि घर जाम्ला" बाङ्गे भन्दा झन रिसाएछ।
                       बाङ्गे
त angry young man jastai cha ta ho.

सपनामा पनि सुपारी कबितालाई साइकलमा डबललोड गै रा देख्या भन्या।

                kya psyco parecha deep jyu lai.


 
Posted on 11-14-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बाङ्गे सुपारीलाई प्रथम श्रेणीको सुप्रब (सुप्रसिद्ध प्रबल ब्रम्हचारी) पदबीले सुसोभित गर्ने बारेमा सल्लाह गर्दैथिम अब सुप्रप (सुप्रसिद्ध प्रबल परप्रेमिकाचारी)ले बिभुषित गर्नु पर्ला जस्तो भो।

maan padavi pani afnai ... Gazab chha baa !!!


 
Posted on 11-14-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सपनामा पनि सुपारी कबितालाई साइकलमा डबललोड गै रा देख्या भन्या। बिचरा  दिप ज्यु।


 
Posted on 11-15-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहाँबाट निस्कें। धेरै कुरा मनमा आए बाहिर सडकमा हिन्दै गर्दा।---

चेतना झर्की बा यसै -- मनमा पीर परेकै थ्यो तर कता कता मजा पनि आउँदैथ्यो। चेतना कबिताको नाम लिएर रिसाएकी थिई --त्यो चैं खुसीको खबर थ्यो।

कता जाम? सोचें सुपारीकाँ जाम भने कता गा हो ट्वाक सँग थाह छैन -- बाङ्गेकाँ जाम मन छैन। त्यै हिंजो लाग्या घाउमा नुन छर्किने हो उस्ले जिस्केको रे भन्दै -- घरै जान पनि चिया तानेर हिनेकै हो भात खाने बेला नभए सम्म जाने काम थिएन। खाने सुत्ने बेला देखी बाहेक अरु बेला घराँ हुनु भनेको या एउटा एउटा मन नलाग्या काम गर्नु थ्यो नभए उपदेस सुन्न पर्थ्यो। दुईटै मा मन भरीएको आफ्नो। के गर्ने?

सडकमा एक छिन यता उता गर्दै भगबतीथान सम्म पुग्या थें ट्वाक सुपारी आउँदै गर्या देखें उता लाम ढुङ्गा तिर बाट। मैले पनि बाटो फेरें उनीहरु आउँदै गर्या बाटो तिर। सुपारी गम्भीर थ्यो ट्वाक हाँस्दै। मैले सुपारीलाई नै घुरेँ। ट्वाकले "सुपारीले तेरै भलो गर्या रे दीप, बुझिनस? मैले अघि नै सोधीसकें यस्लाई किन हिंजो त्यस्तो नभाको कुरा गरीस भनेर --" भन्यो।

"के भलो को काम गरीस?" मैले सुपारीलाई नै सोधें।

ट्वाक तिर देखाएर "यस्ले तँलाई बोलार ले त्यो केटीलाई पुर्याउन जान भन्यो तर मैले बाङ्गे पनि सँगै भन्या हो भए पनि होस बोलार ले भन्यो --मलाइ त्यो बाङ्गे सँग यसै पनि रिस उठीराथ्यो झन तैले त्यो केटीलाई एक्लै पुर्याउन पाए पो तेरो मनमा लाग्या कुरो गर्न पाउँथिस अब बाङ्गे पनि संगै भए पछि सबै बिगार्दि हाल्थ्यो -- त्यसैले बाङ्गे पनि जाने कुरा मलाई चित्तै बुझेन। अब त्यो मैले बाङ्गेको अघि भन्न भएन -- मै माथि आइलाग्ला भन्ने डर ---" सुपारीले नरम बोलीमा आफ्नो कुरा राख्यो।

कुरा ठिकै हो -- बाङ्गे सँग कबिता पुर्याउन हिन्या भे त्याँ धोबीखोला पुग्दा नपुग्दै मेरो ट्रयाजिडी परी सक्थ्यो। बाङ्गेलाई मैले छलाएर एक्लै जान त्यति सजिलो थिएन सँगै भएको बेला

सुपारीले अलिकति हाँसेर थप्यो "मैले तेरो यस्तो काम गर्देको छु कि तँ गेस पनि गर्न सक्दैनस"

"के?" मैले सोधें। हामी अहिले भगबतीथान पछाडी थिम सर्को तान्न।

"के होला? बिचार गर " सुपारीले कुरो अल्झायो।

आफुलाई सुन्न हतार भै रा बेलाँ अब के सोच्ने के -- "खै के के यार मलाई था छैन -- के गर्दीस तैले त्यस्तो?"

"हामी सबैलाई एक एक बोतल एक एक बट्टा चुरोट किन्दीनु पर्छ तैले, हुन्छ?" सुपारीले सोध्यो।

"किन्दीहाल्छ नी यल्ले -- गाँठ साँठ छैन हामी सबैलाई बोतल चुरोट" ट्वाकले पेच हान्यो।

"गाँठ साँठ नभए के -- साँठ गाँठ नी -- बाङ्गे सँग कुरा मिलाए पछी बिदेसी रक्सी चुरोट आउँछ -- पैले कुरा भन" मैले सुपारी ट्वाक दुईटैलाई पालै पालो हेर्दै भनें।

बिदेसी ध्वाँ ट्वाँट हामीलाई चिनाएकै बाङ्गेले। दुईमत थिएन।

"हुन तँ कुन गतिलो मान्छे हो तै पनि मैले तेरो बारेमा भाको नभाको गफ लाईदिएँ हिंजो उस्लाई पुर्याउन जाँदा  "खाली तिम्रो बारेमा मात्रै कुरा गरी रहन्छ" भन्दें मक्ख पार्दें अनि --"

सुपारीले कुरा रोक्यो। हेर हिंजो बाङ्गेको लहै लहैमा लागेर सुपारी गाडन गएको भए? कत्रो पाप लाग्ने रे भन्ने लाग्यो।

 "अनि के?" मैले उस्ले रोकेको ठामबाट कुरो उठाएँ।

 "अनि अब उस्को मामाहरुले पसपतीमा बत्ती बाल्ने रे भोली-- तँलाई बोलाएकी ----" सुपारीले भन्यो। दङ्ग भएँ। अब जानै पर्यो नी।

 "अब तँ बाङ्गे लिएरै जाने होला नी?" ट्वाकले सोध्यो।

 "त्यै त, त्यै बाँकि अब" मैले तुरुन्तै भनेँ। ---


 
Posted on 11-15-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"अब तँ बाङ्गे लिएरै जाने होला नी?"

दिप, बिचार पुर्यौउ है फेरी, बिर्सेंउ बाङ्गे ले भनेको "सुपारीले लान हुन्छ भने मैले पनि हुन्छ --- त्यो पनि अब मेरै भैइ --"

 
Posted on 11-15-07 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep jyu as usual Superb.

 
Posted on 11-15-07 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Deep..

I have to tell that I check Sajha every morning hoping to read your series. I guess I have already said that Bangay is quite a character. Keep it coming..

cheers,

yacc

 
Posted on 11-15-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'गाँठ साँठ नभए के -- साँठ गाँठ नी'-- कस्तो लोभीपापी साथीहरु पसपतीमा चै नलाने रे फेरि । सप्पै दोष बाङगेलाइ नै लगाएको होला  नि

 -- सुपारिको भरोसा छैन के भनेको पक्कै  त्यहा अर्को ग्याङ पनि आउछ होला फाइट पर्न सक्छ पसपतीमा 

Last edited: 15-Nov-07 09:41 AM

 
Posted on 11-15-07 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Suparee le uta bange lai pani thikka parya hola.La la Bange ra Deepjeeko laddu ladaima Suparile chini jharne vo

 

 
Posted on 11-15-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खूब मजा अैइराछ दीप को धारावाहिक कथा पढेर।  तर अप्सोश को कुर के छ भने, यि कथा हरु को अन्त ट्रेजिडी मा नै हुन्छ भनेर हामी सबैलाई थाहा नै छ।  दीप अम्रिका आउछ।  सुपारी को त अरु कसै सँग बिहे हुन्छ (दीप को अर्को कथा बाट थाहा भाको)।  बाङ्गे मोरो बिचरा तेतै भासिन्छ।  टुवाक को चै थाहा भएन।  यि सबै कुरा हरु दीप को अन्य कथा हरु बाट बिधित हुन्छ।  म दीप को साझा-लाइफ्-लोङ फ्यान भएको ले उुनिको सबै कृति हरु कन्ठ नै छ मलाई।  जय होस् दीप्-गुरु को।

 
Posted on 11-15-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन दीपजी। आफुलाई पढौ पढौ लाग्छ पढ्दै गयो सक्किहाल्छ। लौन प्रभु झट्टै लेखौ अरु पनि।
जल्दी पेलौ प्रभु।

 
Posted on 11-16-07 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"त्यै , त्यै बाँकि अब" मैले तुरुन्तै भनेँ। ---

बाङ्गेलाई लानै हुन्नथ्यो। उस्ले कबितालाई मात्रै हैन त्याँ आएका अरु तरुनीहरुलाई समेत भडकाउन सक्थ्यो। लानु हुन्थ्यो के ? राम राम राम। मैले यसो बिचार गरें बाङ्गेलाई लान भएन , सुपारी पनि खतराको मा चडीसक्या थ्यो नियत बिग्रन के बेर? कबिता सँग कुरा नगरे सम्म सुपारीको बारेमा आफ्नो बिचार मैले स्थगित गर्या थिएँ। अब ट्वाक भन्दा गतिलो अर्को मान्छे हुन्नथ्यो मलाई त्यो बेलामा मद्दत गर्ने। उस्ले यता मलाई उकासेको पनि, उता पनि उस्कै मान्छे। ट्वाकको छत्रछायाँमा मेरो कल्याण हुने निस्चित थ्यो।

", ट्वाक बुझिस--?" मैले कुरा सुरु गरें।
"बुझ्न बुझें तै पनि भन्न--- " ट्वाकले भन्यो। सुपारी मुसुमुसु गर्दै छेउमै थ्यो।

"तँ नी हिन्न यार भोली पशपती" मैले भरोसा कम आशा धेरै स्वरमा भनें।

" के खान जाने? मलाई बोला नै जाने काम -- बरु यै सुपारीलाई लिएर जा -- " ट्वाकले निर्धक्क भन्यो।

" जान्न-- यो तरुनी सरुनीको चक्करमा लाग्ने काम छैन -- त्यो पनि आफ्नो भए नी लौ भन्नु --मैले गर्न सक्ने जति गर्दें अब सक्दिन" सुपारीले पैलेई भन्यो। 

सुपारीले जान्न भनेर राम्रै गर्यो। त्यो मलाई अहिले चाहिया पनि थिएन। त्यै पनि जान्न भन्या सुनेर भनें "ह्या सुपारी -- त्यस्तो कुरा नगर -- हिन्न-- पनि गरम्ला नी तँलाई पर्या बेलाँ"

"अहँ, जाँदै जान्न-- तैपनि मलाई केही पर्यो भने पनि तँलाई बाङ्गेलाई निम्ता दिने बेलाँ मात्रै भन्ने हो -- मैले तिमीहरुलाई नचिनेको हो ? सबैकुरामा तिमीहरुको बिस्वास गर्छु--यो केटीहरुको बारेमा चैँ मैले बुझिसक्या " सुपारीले पक्का कुरा गर्यो।

मैले फेरी ट्वाकलाई भनें "हेर ट्वाक सुपारी जान्न भन्छ --, तैले अलिकति गरेनी मलाई धेरै हुन्छ -- पनि गरम्ला तेरो लागि -- बिचार गर" मैले बिचार गरमा अलि फरक शैली राखेर भनें। मैले पनि शोभाको कुरा उठाको थिएँ उस्ले पनि बुझेछ क्यारे अलि नरम स्वरमा भन्यो " कसरी जान मिल्छ भन -- घराँ बे आईराछ -- दुनियाँ काम -- कैले के कैले के -- छिन छिनमा  बाउले खोजी रहन्छन।"

" पनि गर्दिम्ला नी तेरो काम ज्यान दे -- तँ पिर नगर -- जे भनेनी गर्दिन्छु --" मैले बल लगाएँ।

"हरे -- केई भा केई एउटी केटीले पशपति बोलाउँदैमा यो अर्काको जे पनि गर्न तयार भैसक्यो -- कत्रो कत्रो कुरा गर्छ गर्नु पर्यो भनें -- यसै मैले यो केटीहरुको पछी लाग्ने काम ठिक छैन भन्या हो --" सुपारीले आफ्नो सम्बाद पनि बोल्यो।

उस्को कुरा मलाई मन पर्या थे तर धुन अर्कै चढ्याथ्यो आफुलाई त्यति बेला। मैले ट्वाक तिर नै बल गरें "प्लीज ट्वाक -- दाई भन्छु"

उस्ले " घरमा हेरम्ला के के गर्नु भोली -- मिल्ने रे भने जाम्ला -- तर फेरी मलाई सघाउने बेला नाटक गरीस भने काम तमाम हुन्छ नी" ट्वाकले ठुलो आस देखायो।

"किन नाटक गर्थें--मलाई बौलाह कुकुरले टोक्या छ रनाटक गरे बियोगान्त हुन्छ भन्नेर थाछैन र मलाई?-- तँ ढुक्क हो " मैले खुसी हुँदै भनें।

ट्वाक सँग जानु भनेको ठुलो कुरा थ्यो -- पहिला कबिता उस्को नातेदार -- ट्वाक सँगै भए पछि कबिता आफ्नै हुन्थी -- कसैले केही नभन्ने -- कतै केही तल माथि परेर ज्यानमालको सुरक्षा गर्नु परेको खण्डमा ट्वाक भन्दा गतिलो साथि अर्को भेटदैन थिएँ मैले।

"अहिले केही गर्नु तेरो घरमा? गर्नु पर्ने भन" मैले ट्वाक तिर हेर्दै आफ्नो सदासयता देखाएँ।

"थाह छैन अहिले -- बरु तँ सक्छस भनें भात खाएर आइज -- हेरम केही गर्नु पर्छ की--" ट्वाकले भन्यो।

"हुन्छ" भन्दै घर तिर लागें। ट्वाक सुपारी कोटालटोल तिर। --

घर आउँदै गर्दा सोचेँ "बाङ्गेकाँ जानु पर्यो क्यार -- फेरी उस्लाई केही थाह छैन सुपारीमाथि जाई लाग्ने हो की?" फेरी लाग्यो अहिले सुपारी ट्वाक सँगै बाङ्गेले केही गर्ने चान्सै छैन -- पछी सम्झाउँला परेछ भनें।

घर तिर आउँदै थिएँ --- मनमा कुरा आयो -- ट्वाकले मेरो काम गर्दिने भए पछि आफुले पनि सकेको उस्लाई गर्दिने पर्यो -- एक चोटीको शोभाको घर तिर जान मन लाग्यो। सँग कुरा गर्न मलाई अब गार्हो थिएन -- कुरा गर्न उसैले सुरु गर्या थिई-- ट्वाकको बारेमा मौका मिलेछ भने यसो कुरा उठाउनु पर्ला भन्दै उस्को रातो घर तिर लागें -- घरै भित्र छिरेर कुरा गर्ने आँट त थिएन तर घर बाहिर कतै बाटामा रैछे भने त दुई चार कुरो भन्न सकिन्थ्यो --उस्को घर भए तिर अलि ठुला ठुला घर थिए -- ठुला ठुला कम्पाउण्ड भएका --बाटो  अलि सुनसानै जस्तो हुन्थ्यो।

जाँदै गर्दा सोचेँ हुन शोभाले ट्वाक मन पराएकी भए चेतनालाई पक्कै थाह् दिन्थी होला -- कि चेतनाले थाह पाएर पनि ट्वाकलाई भन्न आँट नगरेकी हो की -- मनमा यस्तै यस्तै कुरा गुन्दै जाँदै थिएँ -- शोभाको घरै अघिको मोडमा मोडिएको मात्रै के थिएँ बाङ्गे देखें अघि बढ्दै गर्या -- शोभै हो जस्तो लाग्यो अनुहार देखीन फुत्त उस्को compound wall को ढोकाबाट भित्र पसी। टक्क अडेँ। के देख्नु पर्यो।

बाङ्गे अघि बढ्दै थ्यो मैले पछाडी बाट " भाते!" भनेर बोलाएँ। उस्ले पछाडी हेर्यो, मलाई देख्यो अनि पर्खियो।

उस्को छेउ पुग्दा मुसुक्क हांस्यो। "के गरेर मरीराथिस् हँ तँ यहाँ?, तेरो चाल माल ठिक छैन नी?" मैले शोभाको घर तिर हेर्दै सोधें।

"के को चालमाल ठिक नहुनु नी -- तँ जस्तो हो बरु पुण्यको काम गरेर आउँदै छु -- तँ चै के को जासुसी नी?" उस्ले उल्टो सोध्यो।

"के पुण्यको काम गरीस?" मैले सोधें। --

 

 

Last edited: 16-Nov-07 08:07 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters