[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 128210 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-08-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो दीप जी। जवानीको अनुभब बाड्नुभएकोमा। कता हो कुन्नी एुटा कथामा पढिएको थियो- "बैंसमा लाटी देखी पाडिसम्म बांकी राखियन" भन्ने, ठयाक्कै तेही कथाको याद आयो।

 

 

 

 

 


 
Posted on 11-08-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho, I thought this आमन्त्रण was some kind of निम्ता for some कवि गोष्टि or likes in United States and didnt click on this till today....... कथा पो रैछ । आज त भ्याइएन, भोलि पढ्नु पर्ला, शुरु देखि अन्त सम्म ।

 
Posted on 11-09-07 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप,

 कुनबेला कबिता कुनबेला चेतनाको कहानी कसरी आम्च भन्छु । ' गफै त हो बज्या को।'   लौ त  म नि उस्तै भाषा उस्तै लवजमा   --हो नि सब गफै त बज्याको तर कति राम्रो प्रस्तुति  जति पढे नि पढुम पढुं लाग्छ । धन्यवाद है। अरु भोलि बिहानै छाप्नु है पढेर मात्रै मेलापाततिर लाग्नु पर्ला:)   

 


 
Posted on 11-09-07 7:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Narayangarh u keep dreaming

 
Posted on 11-09-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गेको घरबाट आफ्नो घर तिर आउँदै थिएँ त्यै अघि चेतना सँग उभिएर मालीगाउँमा केटा सँग कुरा गर्ने चेतनाकी साथी सँग देखादेख भो। उस्ले बोलाए झै लाग्यो इसाराले -- म टक्क उभिएँ। ---

ठीटीले मेरो बाटो कुर्नु नौलो नौलै त हो तर नितान्त चै हैन। नराम्रो भडकेका बेला पर्खेरै भए पनि सरापी छाडथे। तर त्यो केटीको अनुहारमा मैले रिस देखीन। उ अलि चिंतित देखिन्थी बरु। उस्को घर त त्यो बाङ्गेको घर भएको बाटोमा थिएन फेरी किन त्याँ लरखरीई राकि हो म गुन्दै बेला बेला म उस्लाई नै हेर्दै थिएं उस्ले आँखा नचाएर छेउको चिबाहाल तिर संकेत गरी र गै त्यता। आफुले समेत गर्न नसक्या काम ठीटीले गरी बा! उज्यालैमा इसाराले चिबाहाल तिर बोलाई। कुन बेलाको रीस फेर्न कुन चै लाठेलाई त्याँ चिबाहालमा ठिक ठाक पारेर मेरा पार्टपुर्जाको मर्मत गर्न खोजीकी त हैन? चस्का पनि लाग्यो मनमा तर उ उता गै सकेकी थिई म पनि लागें।

चिबाहालको आडमा उ कैले यता कैले उता गर्दै थिई। उस्को र मेरो देखा देख भए पनि बोल्चाल त कहिलै भएकै थिएन। ट्वाकको घरमा पनि उसलाई बेला बेला देखेकै हो। मलाई देख्नासाथ उस्ले भनी "मेरो एउटा काम गर्दीने?" अब तरुनीको त जतिबटा पनि गर्दीने नी -- काम साम जे सुकै होस। तै पनि सोधें "के काम?"

"चेतना त एकदम डराई रा छे के -- केई गर्नु न होर्नु बिचरीलाई" उस्ले अलिकति अकमकाएर भनी।

अघि तलको प्रसंग उठाएकी हो भन्ने मैले बुझेको थिएँ। "के को केई गर्नु न होर्नु नी -- त्याँ मस्की मस्की कुरा गरीरा हैन त्यो केटा सँग?" मैले सोधें।

"त्यो केटा त मेरो साथी हो -- चेतनालाई मैले लिएर गाको त्याँ --" उस्ले यता र उती हेर्दै बिस्तारै भनी।

त्यो म सँग भाकी केटी उम्केकीमा भन्दा पनि चेतना बचेकीमा मलाई कता कता राम्रै लाग्या थ्यो।

"चेतना चै साथिमात्रै गा?" मैले सोधें।

"हो - सत्ते" उस्ले सत्तेमा अलि बढी जोड दीई।

"मैले के गर्नु पर्यो त?" मैले फेरी सोधें।

"चेतनाको दाईलाई भन्दिनु न तपाईंको साथि त हो नी -- अब दाईले मार्छ भनेर बिचरी अघिनै रोई सकि" उस्ले मेरो आँखामा सिधै हेरेर एक किसिमको अनुनयको भावमा भनी।

म यसो गम्दै थिएँ उस्ले फेरी थपि "चेतनाले पनि तपाईँलाई भाको कुरा सुनाईदे उस्ले दाईलाई भन्दीन्छ  -- उस्ले भन्यो भने दाईले मान्छ भन्थी -- हेल्प गर्दिनु न प्लीज" 

कुरा त नराम्रो हैन। मैले चेतनाको उद्धार गर्न पाए त्यो गुन उस्ले संझिने थिई। तर मैले सुरु सुरु ट्वाक कहाँ गएर चेतना साथी मात्रै गएकी रे भन्दैमा उस्ले मान्ने थिएन। मलाई थाह थ्यो।

"म किन चाहियो? तिमी आफै गएर भनन -- भाको कुरा ट्वाकलाई" मैले प्रस्टै भन्दें।

उस्ले तत्कालै "नाईं नाईं मलाई डर लाग्छ के " भनी। ठ्याक्कै तेई बेलाँ  "के गर्न डर लाग्छ? लाज सरम केई छैन अचेलका छँडुल्नीहरुलाई -- चाहिने काम गर्न त के को डर?" त्यो चिबाहालको गल्ली बाट निस्किदै मचाकाजीकी दिदीले हाम्लाई घुर्दै फलाकिन। केई गर्नु न होर्नु त त्याँ पो भो त। चिबाहालको एकान्त -- एउटी केटी र म -- संग संगै -- निक्कै के के न कुरा गर्या जसो देखीने भैहाल्यो--अब अरु एक दुई जना त्याँ भेला भए भने त बयान दिदैमा सास्ती हुने त्यै पनि मेरो चरीत्रले गर्दा पत्याउँछ्न भन्ने के ठेगान?

उ त झिमिक्क गर्दा त्यो चिबालबाट बाहीर बाटोमा पुगी सकिछ। मचाकाजीकि दिदि पनि फतफताउँदै हिनीन म एक्लै त्यहाँ केही पल उभीईरहें अनि बाटामा निस्केर आफ्नै घर तिर लागें। तर जति जति घर नजिक पुगें उति उति पाईला गरुगो भए। अनि फर्किएँ।

अरु कुरा भए त म मतलब गर्दैन थिएँ चेतनालाई फाईदा हुनु भनेको मलाई नी हुनु थ्यो त्यसैले भनेर हेर्छु ट्वाकलाई भन्ने लाग्यो। र उस्को घर तिर मोडिएँ।

ट्वाकको घर नजिकैको गल्ली पुगेको थिएँ त्यो अघिकी केटी भेटीई। साथी त पक्का रैछे उ चेतनाकी जस्तो लाग्यो। उस्ले मलाई देख्ना साथ मन्द हाँसी र भनी "म यहीँ उभिन्छु"। मैले उसलाई केही नभनी ट्वाकको घर तिर छिरें।

चोकाँ पुगेर उस्लाई बोलाएँ। माथि चेतनाको चैं कोठाबाट हेर्यो। "तल आईज त एक चोटी" मैले भनें। "किन?" उस्ले सोध्यो।

"एउटा जरुरी कुरा छ आईज त" भनें। उ झ्यालबाट हरायो। चेतना आई झ्यालमा। देखा देख  भयो। उस्को आँखामा उदासिनता मैले प्रस्टै देखें।

ट्वाक तल आयो। उ पनि क्षुब्ध देखीन्थ्यो। "के?" उस्ले झर्केको झै गरी भन्यो।

मैले केही भने झन रिसाउला कि जस्तो लाग्यो तै पनि भनें "त्यो अघि मालीगाउँमा चेतना सँग थिईन केटी त्यो रातो घरकी? त्यो अघि भेटीई त्या बाङ्गेकाँ बाट आउँदा"।

उस्ले घुरेर भन्यो "अनि के भो त?"

"हैन त्यो कुरा गरीरा केटा उस्को चै साथि रे -- चेतनालाई चै साथी लगेकी भन्थी" मैले सुनाएँ।

उस्ले चुपचाप सुन्यो। केही भनेन।

"चेतनाले त जान्न जान्न भन्दै थि रे उसैले कर गरेर लिएर गाकी" भन्थी। मैले थपि पनि दिएँ।

ट्वाक उस्को चोकबाट गल्लि तिर लाग्यो म पछी लागेँ। उता बारी तिर जाने ट्वाकको सुर मैले बुझें। "चुरोट छ?" उस्ले सोध्यो। मैले टाउको हल्लाएर छ भनें। त्यै गल्लीमा त्यो अघिकी केटी अझै उभीएकी भेटीई। ट्वाक टक्क अड्यो म पनि। केटी अघि आई। उ नजिकै आउना साथ उस्लाई देखाएर मैले ट्वाकलाई भनें "उस्को साथि गा हो रे"। केटीले तत्काल "हो" मा टाउको हल्लाई।

"के को साथी नी त्यो केटा?" ट्वाकले केटी प्रति हेर्दै निक्कै रुखो स्वरमा सोध्यो। केटीले भुईं तिर हेरी ज्यानलाई यता उता घुमाई एक छिन केही भनीन अनि "चेतनालाई केही नभन्नु न है?" भनी।

ट्वाक र मैले उसैलाई हेरी रहेम उस्ले हामीलाई हेरी एक चोटी अनि गल्लीबाट गैइ। उ सडकमा नमोडीए सम्म ट्वाकले उसैलाई हेरी रह्यो।

अनि हामी उस्को बारी हुँदै चुरोट तान्न अलि पर गएम। ट्वाकले एक शब्द बोलेको थिएन। त्यो पीपलको रुख पछाडी पुगे पछी उस्ले चुरोटको लागि हात बढाउँदै भन्यो " बाङ्गेलाई भेटीस भने त्यो अघिको केटालाई हान्दे भन"। अनि चुरोटको सर्को सँगै थप्यो "केही परे म छु।"  म त छक्क परें। अघि सम्म सुपारीलाई त्यो केटाको बारेमा बुझ्न सम्म भन्ने ट्वाक अहिले हान्दे भन्छ। मैले हाँस्दै उ सँग चुरोट लिँदै सोधेँ "हैन तँलाई त त्यो केटी मन पर्यो की क्याहो?" उस्ले उडदै गर्या धुवाँ तिर हेरेर भन्यो "अब मन पराए पनि नपराए पनि के?" ---


 
Posted on 11-09-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनि दीप् ज्यु केति ले भने चि जे काम् नि गर्दिने रेच। मेरो नि एुता काम् गर्दिनुस् न। भनुम्
दीप् ज्यु नि जो केति देखे नि मन्पराउने अनि दीप् ज्यु को साथि मात्र् के कम्।

 
Posted on 11-09-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अली छिटो छिटो हात चलाऊनु पर्‍यो।
पेलुम दीप ज्यु पेलुम

 
Posted on 11-09-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झंकार पढेसि यो बिट मर्यो भन्ठान्या त झन पहिरो गैरा रेछ यता!

पेलम पर्भु पेलम।


 
Posted on 11-09-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो छापि सकेछ आमन्त्रण । धन्यवाद है । लौ न यसो   गाली गर्दै गर्यो भने छिटो छापिदो रे'छ । बरु  बिदाको लागि पनि आजै जाओस है अर्को भाग---

" बाङ्गेलाई भेटीस भने त्यो अघिको केटालाई हान्दे भन"


 
Posted on 11-09-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep bro ko testosterone level napnu paro !!

 
Posted on 11-09-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jee  chahin hero hune bhayo aba.. Chetana ko agaadi impression jami haalyo.. utaa kabita nee chhandai che.. dubai haat maa ladduu.. Bange moro chahin villain hune bhayo.. gayera tyo moro lai hook hane pachhi... Twaak chahi khali haat holaa jasto chha hai
 
Posted on 11-09-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

had bhayo, Deep..... i can see you as a great published writer..and soon enough too :)

Have a great weekend. And, more posting please...if you can, that is !

~ Felicity


 
Posted on 11-09-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-09-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त अर्कै कुरो लागी रछ। कतै त्यो केटी ले झुटो बोलेकी पो होकी? तेसो हो भने त अब दीप जु र टोअन्के दुबइ को सर्बनस हुने भो! टोन्के बजिय पनि सैएेलेन्त कीलर रहिछ।
 
Posted on 11-09-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k ho Deep jyu yo ta Multi Love Story paryo ki kaso. Satte pe satta type ko.
 
Posted on 11-12-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उस्ले उडदै गर्या धुवाँ तिर हेरेर भन्यो "अब मन पराए पनि नपराए पनि के?" ---"

म त अरु अलमलिएँ। ट्वाकले त्यो अघिकी केटीको बारेमा कहिलेई कुरा गरेको मैले सुनेको थिईन अहिले यत्तिकै आएर अब मन पराए के नपराए के दिन्छ बा!

"तँ पनि लभै नपरी सेन्टी?" मैले सोधें।

"लभ पर्नी भन्या के हो?" ट्वाकले पनि सोध्यो।

अब यो चैं मुस्किल पर्यो। सोचें साँच्ची यो लभ पर्नी भन्या चै के हो खास? तै पनि भनें मैले बुझ्या लभ भन्या ओरालोमा चढ्या साईकलको मजा हो -- ब्रेक चै त्यै लभले बिगार्या हुने रे छ -- चढुन्जेल डर पनि हुने रमाईलो पनि -- ओरालो सकिएसी चलाउनेको झन्झट उत्तिकै -- त्यो पनि डबललोड --स्याँ स्याँ। मैले त तर तैले त्यो केटीको ओरालो तिर साईकल कैले लगेकै देख्या थेन --

उस्ले मेरो कुरा सुनीरह्यो अनि एक छिन पछी भन्यो "चेतनालाई भेटन त उ आई रहन्थी -- निक्कै यता र उताको कुरा गर्थी मौका पाको बेला -- अरुहरुलाई सुनाउने हैन नी फेरी -- ट्वाकले बिचैमा कुरा रोकेर मलाई सतर्क गरायो"

तँ चिन्तै नगर न -- म बाँङ्गे सँग कुरा गर्छु मिलार -- अनि त्यो मालीगाउँले साथिलाई बाङ्गेले आफ्नो परिचय दिईहाल्छ -- कुरा सकिईहाल्यो नी।

ट्वाकलाई हात लिने ठुलो मौका मेरो बेरो बाटो आउँदै गर्या देखें मैले। चेतना र कबिताको कक्षको द्वारपालै उही थ्यो। कोठा भित्र पस्न पाए न प्रेमानुराग बन्दना गाउने हो। ट्वाक मेरो पक्षमा हुनुमै मेरो कल्याण थ्यो।

धुवाँको कार्यक्रम पछि म ट्वाक सँग बिदा भएर घर आएँ। भात खाएर बाङ्गे कहाँ जानु पर्यो अलिकति भडकाउनु पर्यो अनि त बाङ्गेको पनि काम हुने ट्वाकको पनि। मेरो त झन हुने नै भयो। सुपारीलाई यस्ता कुरामा यसै पनि त्यत्ति मन थिएन -- उस्लाई मन पर्या चेतना थ्यो -- ट्वाकले सुपारीको रहरलाई किचीमिची पार्दी सक्याथ्यो अस्ति नै।

म भात खाएर बाङ्गेकहाँ पुग्दा उ रहेनछ। सुपारी कहाँ गएँ उ पनि थिएन। ट्वाककहाँ भेला भएछन कि भनेर पुग्या उ पनि छैन रे छ। सबै त्यै मालिगाउँले सोमलाई ढुट्टो पार्न गएछन कि जस्तो लाग्यो। गएको भए झनै राम्रो। केही नगरी आफुलाई फाईदा। अलमल गर्दै थिएँ ट्वाकको भाई आयो चोकमा चेतना सँगै। हेर्न चेतनालाई हेरे पनि भाई चाई लाई सोधें ट्वाक खै भनेर। उस्ले "थाह छैन" भन्यो चेतनाले मन्द मुस्कान साथ उ बा सँग बिशालनगर सम्म गएको र आउने बेला भएको सुनाई। भाई पनि नयाँ लुगामा थ्यो चेतना पनि सजिसजाउ थिई -- उसै पनि राम्री थिई झन अहिले त सजिएर त मनको चैनको दोहोलो काटदी थिई -- कतै जान ला झै देखिन्थे उ र भाई।

"जा दिदीलाइ बोलार ले छिट्टो -- कत्ति बेर ला होला" भाई चैलाइ उस्ले भनी। फुच्चे छिर्यो घर भित्र।

चेतनाले सोधी "दाईलाई के भन्देको?"

"किन?" मैले सोधें।

"ब्यान त कस्तो गाली गर्या थ्यो मलाई पछी त केही सुन्नु परेन" उस्ले सुनाई।

मैले केही भन्नु अघि नै उ पनि घर भित्र लागी तर जाँदा जाँदै लजालु मुस्कानमा "थ्यान्क्यु" भनी। उस्ले दीदीलाई बोलाएको सुनें मैले। म हिनें त्यो चोकबाट -- मन चै उतै थ्यो।

घर फर्कें म। जति जति चेतनाको त्यो लजालु मुस्कान र थ्यान्क्यु सम्झिन्थें उती उती ज्यानको तापक्रम बढ्थ्यो। घर आईपुग्दा त ज्वरै आउला जस्तो भयो। कोठामा पुगेर ओछ्यानमा गर्ल्याम गुर्लुम भएँ।

घरमा आएर सुतान दिई रा थेँ -- बाङ्गे आएछ। सुपारी पनि साथै थ्यो। सुपारी रिसाको देखीन्थ्यो बाङ्गे अलमलिएको।

"के भो?" मैले दुईटैलाई हेरेर सोधें। सुपारीले त केही भनेन बाङ्गेले "खै के के भो के के भो यार -- भद्रगोल भो" भन्यो।

"के भद्रगोल?" मैले सोधें।

सुपारीले बाङ्गे तिर हेरेर भन्यो "यस्ले चेत्छ कुन दिन नराम्रो सँग चेत्छ"।

"किन? तिमरु काँ गएर आ अहिले?" मैले सोधें।

"हैन त्याँ ट्वाकले भन्या जस्तो को रे छ त्यो केटा हिन बुझ्न भनेर आयो यो बाङ्गे म कहाँ -- के हतार भन्या यस्लाई नगैइ भएन उत्तिनै बेला -- लौ त भनेर यता टङ्गाल स्कुल तिर बाट त्यो सुर्य बहादुरको घर तिर जाँदै थिम त्यो केटा उता बालमन्दीर तिर बाट आउँदै रे छ -- "सुपारीले घुरेर बाङ्गे तिर हेर्दै भन्यो।

"अनि?" मैले फेरी दुईटैलाई हेरेर सोधें। "अनि के अब? सुपारीले हुन्न भन्दै थ्यो मैले एक सट हान्दें नाक साक फुट्यो तेस्को त्यै हो" बाङ्गेले कुरा सकायो।

त्यो केटाले राम्रो सँग कुरा गर्दै थ्यो -- यो अघोरी बाङ्गेले यत्तिकै "लामो कुरा गर्छस?" भनेर हात हालि हाल्यो सुपारीको आबाजमा रीस प्रस्टै चिनिन्थ्यो।

"के को राम्रो कुरा? के भन्छ के के  -- कैले चेतनाको कुरा गर्छ कैले त्यो अर्को केटीको -- के रे तेस्को नाम? शोभा -- हो शोभाको -- फेरी तैंले खोज्या को? भन्या के के भन्छ के के -- केई बुझ्या भे मार्दिनु -- अनि फेरी चेतनाले बोलार गाको भन्यो -- मेरो पालो लौ त भनेर हान्देँ"

"चेतनाले बोलार गाको रे?" मैले बाङ्गेले भनेको कुरा दोहोर्याएर सोधें। मेरो समेत मनमा पैरो गयो।

"त्यसै भन्थ्यो तर यो पातकीले सबै कुरा तेसलाई भन्नै दिएन -- नाकबाट ह्वाल्ल रगत आए पछि त्यो नाक समातेर उता बालमन्दीर तिर दौडियो "पख" भन्दै हामी यता टाप" सुपारीले दिक्क मानेर भन्यो।

"अब चेतनाले बोलार गा भने पछी फेरी अरु के कुरा सुन्न पर्यो तँलाई-- तेरो सपनामा सधै चेतना आउछे मलाई थाह् छैन र? झन गुन लाई दिएँ साथि भनेर उल्टो मलाई पो दोष लाउँछ बा -- राम्रो काम त गर्नै नहुने --के जमाना आयो?" बाङ्गेले सुपारी तिर हेर्दै सुनायो।

सुपारीले चेतना सपनामा आउने कुराको खण्डन त गरेन तर "त्यस्ले कुरा सकेको थिएन -- चेतनाले बोलाएर गएको त भन्यो तर शोभा के के भन्दैथ्यो यस्ले --" सुपारीले बाङ्गेलाई देखाएर कुरा रोक्यो।

"भन्न त शोभा शोभा भन्दैथ्यो -- अब दाईले बजाए पछि बजायो बजायो -- कि त पैलेई भन्नु पर्थ्यो" बाङ्गेले आफुलाई हाम्रो दाई बनायो अनि जे गर्यो हाम्रो कमजोरीले गर्दा गर्या हो भन्ने दोश पनि लायो।

"अब त्यस्ले मान्छे बोलाएर ल्यायो भने के गर्छस?" मैले बाङ्गेलाई सोधें।

"कति जाना ल्याउँछ हेरम न -- धेरै ल्याएछ भने ट्वाकले हान भन्या हो भन्दिन्छु -- --सुरु गर्या उसैले हो क्यारे तर तेल्ले कोई नी ल्याउँदैन " बाङ्गेले सजिलै भन्यो।

"हैन अनि त्यो केटाको मायालु को त?" मैले त झन् केही बुझ्या भे के।

"खै त्यो त था छैन-- तर जो भए पनि दुईटै हाम्रै हुन ल जा---" बाङ्गेले सुनायो। ---


 
Posted on 11-12-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लभ  भन्या ओरालोमा चढ्या साइकिलको मजा रे!

बुझिया रेछ त गाँठे लभ पइले नै! पछि उकालो डबल लोड जान साह्रै गाह्रो नि हुने रेछ! मलाई त कता कता त्यो अर्को कथा इन्द्रेणीको पो याद आयो त! तराई तिरकि भन्या जस्तो ला' थ्यो केटि, न ओरालो न उकालो!


 
Posted on 11-12-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाकबाट ह्वाल्ल रगत आए पछि त्यो नाक समातेर उता बालमन्दीर तिर दौडियो "पख" भन्दै हामी यता टाप"

ठटार भागन त रमाइलो नै हुने हो। बच्चा बेला को ग्याङ फाइट सम्झिद निकै अच्म्म लाग्छ।


हैन अनि त्यो केटाको मायालु को त?" मैले त झन् केही बुझ्या भे के।

"खै त्यो त था छैन-- तर जो भए पनि दुईटै हाम्रै हुन ल जा---" बाङ्गेले सुनायो। ---

Bange brother ta jhan heat up bhai racha ta hau!

 
Posted on 11-12-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"हैन अनि त्यो केटाको मायालु को त?" मैले त झन् केही बुझ्या भे के।

 

कस्लाई के धन्दा कस्लाई के धन्दा घर ज्वाँईलाई खान को धन्दा भनेको यही हो।

 

Deep, awesome work, as usual.

 

Dipika



 
Posted on 11-12-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर जो भए पनि दुईटै हाम्रै हुन ल जा---  हा हा   ढीला नगरौ दीपजी। झट्टै थपुम।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters