[VIEWED 140858
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 2:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो धागो: http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 साथीहरु, सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु। प्यारा पाठकहरु, बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ? धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला। ------ ओके
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 12-13-05 9:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"यो धागोलाई चिप्लेढुंगाजीले चिप्ल्याएर पछाडिबाट अगाडी ल्याएदेखि नै १ खण्ड पेष्ट गर्ने मनथ्यो। तर पनि मौकै मिलिको थिएन। बल्ल श्रीमतीजी सुत्नु भो। अब चाहिँ पेष्ट गर्छु। श्रीमतीजीले थाहा पाउनु भो भने त फेरी घुचुकमा हानेर सातपत्र निकाल्दिन के बेर, रे क्या!-ओके) पुरानालाई त के स्वागत गराई भो र? नयाँ आउनु भको सबैलाई मेरो यो जमानाको (उहिल्यैको) धागोमा सु-स्बागतम्। मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३० हामी फेरी पहिलेकै हल जस्तो ठूलो कोठामा गयौँ। बाटामा 'अरु पुलिसहरुले सोधे भने म दाई भेट्न आको भनेर भन्नु है, अरु केहि कुरा पनि नगर्नु' त्यो पुलिसले अर्डरकै शैलीमा भन्यो। राति ड्युटी परेको एउटा पुलिसको खाटमा सुत्न दिए मलाई। खाना पनि सबैसँगै मेसमा खाएँ। सुरुसुरुमा यहाँ आउँदाको डर हराउँदै गयो। पहिले पहिले बाहिरबाट सिधा हेर्न पनि डर लाग्ने डिएसपी कार्यालय पनि त्यस्तो केहि लागेन अब त। सानोछँदा देखि नै मलाई ३ बटा कुरा देखी अति नै डर लाग्थ्यो: मरेको मानिस, उर्लेको खोलो र पुलिस-आर्मी । पल्लो डाँडामा मलामीले संख बजाउँदा पनि गुटुटु कुदेर घर भित्र पस्ने मेरो डर, बुबाको मृत्यूले पुरै लिएर गयो। उर्लेको खोलो देख्नासाथ अग्लो डाडाँतिर कुद्न अराउने मेरो मुटु, स्कुल पढ्दा पौडेर तर्नु पर्ने बाध्यताले सामान्य बनाईदियो। गाँउमा पुलिस-आर्मी आको छ भन्ने सुन्ने बितिक्कै तला चढेर परालमुनी घुस्रने मेरो डरछेरुवापन, डिएसपी कार्यालयको अहिलेको बसाईले सहजै पचाईदियो। मान्छेलाई लाग्ने डर भनेको त केबल आफूलाई नपर्दा मात्र रहेछ, आफूलाई नै परिसकेपछि सबै सामान्य। त्यसैले त मानिसहरु भन्ने गर्छन्, परिस्थितिले मान्छेलाई जस्तो पनि बनाउँछ र मान्छे बन्न सक्छ पनि। कोठामा निकै हल्ला थियो। कोहि पुलिसहरु फोहोरी-फोहोरी कुरा बोल्थे त कोहि झगडा गरे झैँ हानाहान। एकैछिन पछि फेरी सबै मिल्थे। एकादुई बाहेक मेरो कुरा कसैले सोधेन, सायद उनिहरुले मलाई कुनै प्रहरीदाईलाई भेट्न आएको भाई सम्झे होलान्। त्यहि हल्लाकै बिचमा म निदाउने कोसिस गरेँ। फेरी सोच्ने त आफ्नो बानी नै हो, नसोची के निदाउन सक्थेँ र? "अब यहाँबाट त जान दिने भए, तर पनि खै को आउला त मेरो लागि कबुलियतनामा गर्न। यत्रो टाढा आमा आउन सक्नु हुन्न, गाँउका मानिस त के आउँथे झन्? फेरी जान्ने सुन्ने भनाउँदाहरुले मलाई पटक्कै मन पराउँदैनन्, यि यसरी फसाईदिन्छन् मात्र। देउरालीमा टाढाका मामा पर्ने १ पटक वडा अध्यक्ष हुनु भाथ्यो रे, उहाँ आएर मलाई छुटाए पनि त हुने नि? फेरी त्यति टाढासम्म मेरो खबर कस्ले लगिदिन्छ र? भोली शनिबारे हाटमा कोहि आएछन् भने एउटा चिठी लेखेर पठाउँछु आमालाई सबै कुरा भनेर। हर्रबोटे जेठो त सधैँ आउँछ रे हाटमा, कटारीबाट नुन बोकेर हाटमा ल्याएर बेच्छ रे। त्यसैगरी त पालेको छ नि ६ जनाको परिबार। हो उसैको हातमा एउटा चिठ्ठी उठाउँछु, भोलीबिहान लेखेर। त्यहि मलाई माया गर्ने पुलिसलाई दिएँ भने त हाट सम्म त कसो नलगिदेला त!" सोच्दा सोच्दै कति बेला निदाएँछु, पत्तै पाईन। उठ्दाखेरी कोठामा कोहि पनि रहेनछ। एकजुवा (लगभग मध्यान्तरको तीन भागको १ भाग) जति घाम आईसकेछन्, पूर्वमा। हतार हतार चिठ्ठी लेखेँ आमालाई, हिजो हाजिरीजबाफ प्रतियोगितामा आउँदा बोकेको झोलामा कलम र कपी छँदै थिए आफूसँगै। १ ताउ (एक आपसमा जोडिएका २ पन्ना) कपिको भाँचकुच पारेर खाम बनाएँ र लेखेको चिठ्ठी त्यसै भित्रहालेँ। थुक लगाएर टाँस्न खोजेको टाँसिँदै टाँसिएन। गम पनि माग्नु प-यो, चिठ्ठी पनि पठाउन लगाउनु प-यो भनेर बाहिर निस्कँदा त सबै पुलिसहरु तालिम गरीरहेका रहेछन्। तालिम सकिएपछि चिठ्ठीमा गम लगाएर त्यहि पुलिसलाई दिएँ, मेरो चिठ्ठी हाटमा लगेर मेरो गाँउका कोहि आएछन् भने दिनु भनेर। बिहानको भात खाँए मेसमै र त्यहि कार्यालय नचिकैको ठूलो ढुङ्गामा अडेस लाग्दै छेवैको रमणिय जँगल हेर्दै टोलाईरहेँ। चराहरुको चिरबिरमै आफूलाई पुरै भुल्याएँ। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 12-13-05 9:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"यो त यहाँ पो बसेको रहेछ। मैले कता-कता मात्र खोजिन। हिँड् गेटमा, तँलाई कोही मानिस भेट्न आको छ।" अकस्मात् पछाडिबाट कडा स्बर सुन्दा झसंग भएँ। त्यहि पुलिस रहेछ। जुरुक्क उठेर उस्को पछि पछि लागेँ। 'मलाई भेट्न को आयो होला? फेरी मेरो कुरा बाहिर पनि पुग्न पाको छैन।' सम्भाबित मान्छेको अनुमान गर्दै पुगेँ गेटमा। "ओम" मैले नदेखिकनै कसैले बोलायो। फर्केर हेरेँ, घनश्यामसर हुनुहुँदो रहेछ। के भन्ने के भन्ने, अलमल्ल परेँ म। सदा झैँ नमस्कार त गरेँ तर बोली नै निस्कन सकेन मुखबाट। आँखा रसाएर आए, मुटुमा भक्कानो छुट्यो, मनभरी पेटभरी भयो। घनश्यामसरलाई मैले आफ्नै बुबा रुपमा देखेँ, त्यसबेला। 'बुबा!' भन्दै उहाँको अँगालोमा गएर धित् मरुन्जेल रुन मन लाग्यो। तर पनि चुपचाप भै छेवैमा उभिरहेँ। उहाँले नै सोध्नुभो "हिँजो बेलुका के खायौ त ओम? मैले टाउकाकै ईसारामा त्यहि पुलिसलाई देखाएँ र भने "उहाँले नै सबैकुरा गरिदिनु भो"। घनश्यामसर र त्यो पुलिसले गफ गरे धेरैबेर। त्यसपछि हामी तिनैजना डिएसपीसरलाई भेट्न गयौँ। 'अब आईन्दा यस्तो काम नगर्ने' सर्तमा सहि गर्न भने मलाई। घनश्यामसरले 'मैले जिम्मा लिएको' बेहोरामा सहि गर्दिनु भो। डिएसपी कार्यालयबाट निस्किँदा निस्कँदै मलाई त्यो पुलिसको नाम सोध्न मन लाग्यो। उस्ले पनि 'अब त यो चिठ्ठी पनि पठाउनु पर्दैन होला नि?' भन्दै मुसुक्क मुस्कुराएर आफ्नो नाम र जन्मघर बतायो। 'ओमलाई सहयोग गर्दिनु भकोमा धेरै धेरै धन्यबाद छ है पुलिस भाई, रामपुरतिर आँउदा यसो मेरो घर सोध्दै निस्कनु होला नि' मैले भन्नु अगावै घनश्यामसरले कुरा सकाउनु भयो। सरले हात मिलाउनु भो, मैले नमस्कार गरेँ र हामी बाटो लाग्यौँ। पछि माओबादीले सोलु आक्रमण गर्दा मर्ने प्रहरीहरुको लिस्टमा उस्को नाम अनलाईन पत्रिकामा पढ्दा मलाई यति दुःख लाग्यो कि मेरो माओबादी बिद्रोहलाई हेर्ने दृष्टीकोण नै परिवर्तन भयो। त्यसअघिसम्म 'छिमेकी गाँउको एकजना फटाहा प्रधानपञ्च (जस्ले जनमतसंग्रहताका १ जना गाँउलेलाई मार्दै ४ जनालाई जेलमा सडाएको थियो) लाई मारेको, गाँउबाट जाँडरक्सी र तास पुर्णतयाः निर्मुल गरेको, असमान समाजीक कुरितीहरुलाई हटाउँदै लगेको र सर्वसाधारणलाई न्याय दिने काम गरेको' जस्ता माओबादी बिद्रोहबाट भएका र आफ्नै आँखाले देखेका असल कामहरुले मेरो मनमा उनिहरुप्रति अगाध आस्था थियो। क्रमशः
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 12-13-05 9:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर त्यसघट्नाले मेरो सोचाईमा निकै परिपर्तन ल्यायो, खास गरेर उनिहरुको बिचारमा भन्दा पनि कृयाकलापमा। लाग्यो, माओवादी बिद्रोहमा त फटाहाहरु सर्वसाधारणको रगतमा होली खेल्दै र गरीवहरुलाई नै एकआपसमा लडाउँदै उम्कन सक्छन् भने बेकार छ यो हत्याको राजनिति। शताब्दिऔँदेखी नेपाली जनतालाई दास बनाउँदै उज्यालो देख्नबाट बञ्चित गराउने सामन्ति राणा र शाहखलकको जरो उखेलेर सदासदाका लागि बिदा गर्नसक्ने हैसियत नभै गरेको क्रान्तिले नेपालमा कुनै परिवर्तन ल्याउन सक्तैन र यस्तो क्रान्ति कहिल्यै सफल र दिगो हुँदैन। जबसम्म यिनीहरुको नेपाली राजनितिमा प्रभुत्व रहन्छ, तबसम्म ब्यक्तिगत स्वतन्त्रता, मानब अधिकार, बिधिको शासन, प्रजातन्त्र र शान्तिको स्थायित्व पूर्णतः असंभव छ। हाटमा घनश्यामसरले मञ्जुलाई एउटा फ्रक र सर्टको कपडा किनिदिनु भो। हिड्नेबेलामा होटलमा पसेर खाजा खायौँ। बाटामा मैले सबै कुरा भने सरलाई, कुनै नछुटाईकन। घनश्यामसरले केही प्रतिकृया जनाउनु भएन, केबल सुनिमात्र रहनुभो। अन्तमा यतिमात्र भन्नुभो 'ओम, अहिले तिम्रो पढ्नेबेला छ, अन्त कतै केहि नसोची पढ्दा राम्रो हुन्छ"। मैले पनि उहाँको कुरा स्विकार गरेँ र अब लगनशिल भै पढ्ने अठोट गरेँ। रामपुर पुगेर घनश्यामसरको घर र मेरो कोठातिर जाने बाटो छुट्टीने बेलामा सरले भन्नु भो "ल जाउ कोठामा, भाईबैनी अतालिईरहेका होलान्। हिँजो बेलुका मञ्जु पनि गएर बसिन् क्यारे भाईबिहिनीसँगै। अर्को हप्ता शुक्रबार सत्यनारायणको पूजा लगाउने भनेको छ हाम्रो घरमा, आउ है तिमी"। "हवस् सर" मैले सरको कुरा सहर्ष स्विकारेँ र छिटोछिटो कोठातिर पाईला चालेँ। साझाल्यान्ड, २८ मंसिर २०६२
|
|
|
catalyst
Please log in to subscribe to catalyst's postings.
Posted on 12-14-05 5:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ok ji it is a touching story is it a true one or just work out of mind? whateva it reminded me the same sort of experience with my KABITA carry on good job
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-28-05 6:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओकेजी, फेरि ढोका ढक्žढकाउँदैछु, यो चिप्žलेढुङ्žगोले कति किचकिच गरेको भनि नरिसाउनुहोस् है। श्रीमतीजी सुत्žनुभएको मौका पारि यसो अरु लेख्žनुस्न।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 12-28-05 9:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
catalyst
Please log in to subscribe to catalyst's postings.
Posted on 12-31-05 4:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dear ok where r u buddy? we are looking froward to read more on this thread with paused breath come soon
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 02-22-06 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओमजी, दुई महिनै नाघेछ त कथा अघि नबढेको पनि। मौका पारी यसो अरु थपथाप् पारम् न है।
|
|
|
DC_virus
Please log in to subscribe to DC_virus's postings.
Posted on 02-24-06 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ढेरै दिन देखि यो धागो देखे थियो के पो रहेछ भनेर अज बल्ल हेर्न पुगेको, दिन भर बित्यो, रत पनि अधी सकिसक्यो, कथा चाँही छोड्न मन लगेन!!!! OK दैको लेखै को त बर्नन नै के गर्नु पारी, सबै लाई अवगत नै छ, जती गरे नि फिका लागि हाल्छ । तर अब चाँही अलि असजिलो भयो । अहिले सम्मा त एक पछी अर्को खान्द पढ्दै पढ्दै गयियो, तर अब त अर्को खान्द पध्न महिनै पिचे तेलेसेरिअल् हेरे जस्तै पर्खनु पो पर्ने भयो। खोइ केहि उपय गर्नु पर्यो OK दाई, लौ एती भन्दै म पनि बिदा मग्छु .... आश छ अगाडि को भाग हरुमा मन्जु दिदी सँग किन त्यस्तो सिता माफि मग्नु भको भनेर अलि खुला हुन्छ कि....आउने साल् णेपल् गयेको बेलम ओखल्धुङ पनि अवश्य जन्चु होल... अनि मौक मिल्यो भने रामपुर पनि जौल... मन्जु दिदि देखि नै हल्च कि त्येतै।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-24-06 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wowwwwww ok dai awesome story. if u dont mind could u please tell me is this true story? thanks
|
|
|
Birkhe2006
Please log in to subscribe to Birkhe2006's postings.
Posted on 02-24-06 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok Ji, I am really impressed from your story. Could you please tell how can I read it from starting to till todate of ur writing. I think I lost the story after "Khanda 19"?
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 02-24-06 8:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(अब चाहीँ जागिरको टुंगो लाग्नै लाग्यो। अफर आको छ, एउटा स-सानो युनिभर्सिटीबाट। केही महिना भित्रै बासस्थान पनि परिवर्तन गर्दैछु। त्यसैको लागि खट्नु परेकोले अहिले अलिक ढिलो भयो मेरो कथा। नयाँ ठाँउमा पुगेर सेटल भएपछि अलिक बढि समय दिने बिचार छ-ओके) *** मेरो कथा पहिला नपढ्नु भका र अहिले पढ्न मन गर्नु भका तथा भर्खर भर्खर यो साझामा प्रवेश गर्नु भका र पढ्न मन भका साथीहरुको लागी तपसिलका लिंक्कहरु हेर्नु होला: पहिलो धागो (खण्ड १ देखी खण्ड १८ सम्म): http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 दोस्रो धागो (खण्ड १९ देखी हालसम्म) http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=22739 *** क्याटलिस्टजी, थ्यांक्यु । कथा सत्य या काल्पनिक मैले भन्दा पनि पाठकले नै छुट्याई दिएदेखी आफ्नो लेखाई बुझ्ने मौका मिल्ने थियो मलाई। मेरो कथा पढेर तपाईँकी "कविता" सम्झनु भएछ, खुशि लाग्यो। दादागिरिजी, तपाईँलाई थ्यांक्यु दिनु पर्ने त अन्य कुराहरु पनि छन्। मैले तपाईँका कुरा बिर्सेको छैन। समय आएपछि अबश्यै पनि सम्पर्क गर्ने छु। चिप्लेढुंगाजी, यो धागोलाई त तपाईँले माथीतिर तानेको तानै गरेर कहिल्यै पनि सानदाईको थुप्रोको पुछारमा पुग्नै दिनु भएन। धन्यबाद धेरै धेरै। डिसी-भाईरसजी, ओखल्ढुंगा कहिले जाने होउ, सगैँ जाउँ न बरु। ६ बर्ष हुन लाग्यो यार म नपुगेको। गर्मी विदा कहिले हुन्छ तपाईँको? ---गलजी (अगाडीको त उच्चारण गर्नै गाह्रो भो :)) तपाईँनै भन्नुस् त, तपाईँलाई के लाग्छ, सत्य कि असत्य????। बिर्खेटुडबलओसिक्सजी, मैले तपाईको उतर माथी नै दिएको छु। फूर्सद मिलाएर यसो पढेर कमेन्ट गर्नुस् न है! --- ओके
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 02-24-06 8:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३१ म ढोकाबाट पस्ने बितिक्कै म सुत्ने गरेको गुन्द्रिमा बसेकी मञ्जु जुरुक्क उठेर अचम्म मान्दै भनिन् "आबुई! ओम दाई, आईपुग्नु भो तपाईँ। बाबाले भेट्नु भो कि भएन? आज बिहानै बाबा ओखल्ढुंगा जानु भाथ्यो 'हाट पनि पुग्छु, ओमको पनि खबर बुझेर आँउछु' भनेर।" उनले एकैसासमा सकिन्। उनको अनुहारमा अचम्भित खुशिका रेखाहरु सलबलाए। अप्रत्याशित रुपमा मलाई देख्दा उनको हर्षले सिमा काटेको मैले राम्रैसँग बुझेँ। घनश्यामसरको घरबाट निस्केपछि मञ्जु मेरो कोठामा कहिल्यै आएकी थिईनन्। हुन त अघि बाटोमा नै घनश्यामसरले मञ्जु हिजो बेलुका नै मेरो कोठामा बसेको कुरा गरी सक्नु भाथ्यो। अँगेनामा मकै भुट्दै गरेकी बहिनी पनि अतालिंदै मलाई हेर्न ढोकाकै छेउमा आईपुगि। भोली बिहान आमालाई मेरो खबर सुनाउन घर जाने कुरा थियो रे भाईबहिनीको। "धन्न दाजु, तपाईँ आईपुगिहाल्नु भएछ, नत्र त म भोली बिहानै घर गैहाल्ने" बहिनीले पनि लामो सास फेरी। "राम्रो भो, आमाले मेरो यस्तो नराम्रो कुरा त सुन्नु भा रैनछ" मलाई अलिक ढुक्क लाग्यो। भाई चाहिँ छक्क परेर परैबाट हेरेर बस्यो, बिचारा त्यो केटाकेटीलाई के थाहा यी सब कुरा! बहिनीले थालमा भुटेका मकै हालेर ल्याई र गुन्द्रिको छेउमा राखि। सबैजना मकै खान थाल्यौं। मलाई पनि निकै भोक लागेको थियो। "अँ, घनश्यामसर सँगै आको म। मास्तिर दोबाटोबाट सर उता लाग्नु भो, अनि म यता आको। उहाँले नि मलाई छुटाएर ल्याउनु भाको" मञ्जुले म आउने बितिक्कै सोधेको प्रश्नको उत्तर मैले फूर्सदमा दिएँ "हिजो कतिबजे फर्केउ है तिमिहरु मञ्जु?"। मञ्जुले सबै बेलीबिस्तार लगाईन् "हिजो तपाईँलाई होटलबाट त्यो मान्छेले लिएर हिँडेपछि हामी तपाईँलाई त्यहाँ कुरेर बस्यौँ। धेरैबेर सम्म पनि तपाईँ नआँउदा त मलाई कस्तो डर लाग्यो। मैले नि शाहसरलाई सिडिओ कार्यालय जाँउ भनेर ढिपी गरेँ। हामी त्यहाँ पुगेर सोध्दा त त्यहि तपाईँलाई लिएर जाने मानिसले 'तिमरु घर गए हुन्छ, त्यो केटालाई त पुलिसले लगे' भन्यो। शाहसरले कारण बुझ्न सिडिओसरलाई भेट्न खोज्नु भो, तर सिडिओसर ब्यस्त हुनु भकोले आज भेट्न नमिल्ने भनेपछि हामी के गर्नु न के गर्नु भनेर धेरैबेर अल्मलियौँ। हामीले धेरै बिन्ति गर्दा पनि भेट्न नदिएपछि हामी रामपुर फर्केँउ। रामपुर पुग्दा साँझ परीसकेको थियो। शाहसर ‘हेडसरलाई ओमको खबर भन्छु’ भनेर उहाँको डेरा तिर लाग्नु भो। म घर पुग्ने बित्तिकै बाबालाई सबै कुरा भने। ममी पनि अतालिन थाल्नु भो। बाबा पनि छक्क पर्दै कारण जान्न खोज्नु भो। मलाई केहि पनि थाहा थिएन। अनि साँच्ची ओम दाई तपाईँलाई के भनेर लगेका पुलिसले?”। मैले कारण नथापाको जस्तो गरेँ “खै किन हो, मलाई केही पनि भनेनन्”। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 02-24-06 8:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रात झमक्कै परिसकेको थियो। मञ्जु उनकै घर जाने कुरा गरिन्। कुराको सुरमा कसैलाई पनि साँझको हेक्का भएन। “रात त धेरै परिसकेछ। ला, अब के गर्ने होला, मलाई त डर लाग्छ” मञ्जु अतालिन थालिन्। “अब यतै बस आज” मैले छोटो कुरा गरेँ। उनले मानिनन् “नाईँ के, मलाई बाबाममीले मार्नु हुन्छ, हिँजो पनि यहिँ बसेकी, सधैँ बाहिर बस्ता त मलाई मार्नु पो हुन्छ। ओमदाई, मलाई घर पु-याईदिनुस् न प्लीज” उनको अनुहारले साँच्चैनै विपत्तिको आभाष दियो। “अनि मलाई भरे एक्लै फर्कँदा चैँ डर लाग्दैन कि क्या हो?” मैले जिस्काएँ। “उतै बस्नु होला नि आज” उनले झन् उनकै कुरा गरिन्। “अँ भाई बैनीलाई डर लाग्दैन कि क्या हो, यहाँ एक्लै बस्न” मैले कुरा मोडेँ। मञ्जु त झन् अतालिन थालिन्। “ल हिँड न त” मैले उनको कुरा मान्दिएँ। “बस्तै गर है म एकैछिनमा आँउछु“ भाईबैनीलाई अह्राउँदै म र मञ्जु कोठाबाट निस्किँउ। अँध्यारो निकै बढिसकेछ, बाटै नदेखिने। अलिकपर पुगेपछि माथ्लो गराको डिलमा टेकेँ भन्दा मञ्जु त डिलमुनी पो झरिछन्। धन्न रामपुरका गराका कान्ला साना थिए र केहि पनि चोटलागेन। त्यसपछि मैले उनको हात समाएर नै उनको घरसम्म पु-याईँदिएँ। मतानको छेउमा पुगेपछि “अब त जान सक्छ्यौ होला नि” मैले उनको हातलाई छोड्दै भनेँ। “अब त सकिहाल्छु नि, ओमदाई, आउने शुक्रबार चाहीँ सत्यनारायणको पूजामा हाम्रै घरमा बस्ने गरी आउनु है!" उनले फेरी एकपटक अनुरोध गरीन्। म चाहीँ मञ्जु मुलघरको ढोकाभित्र नपसुन्जेल हेरीरहेँ र भित्र पसेपछि आफ्नै कोठामा फर्किँए। शुक्रबार एकबजे स्कुलबाट छुटेर भाईबैनीहरुलाई ‘म भोली बिहान घर आँउछु है, आज घनश्यामसरले सत्यनारायणको पूजा खान बोलाको छ। आमालाई त्यही खबर भन है' भनेर स्कुलबाट कोठामा फर्कने बित्तिक्कै घर पठाएँ। म चाहीँ ट्युशन पढाउन थालेँ। मैले ट्युशन पढाउँदा पढाउँदै मञ्जु पनि आईपुगिन् र भान्सानेरीको गुन्द्रिमा बसिन्। मैले ट्युशन सकेर मञ्जुलाई सोधेँ "किन आकी मञ्जु, के काम प-यो?"। मञ्जुले भनिन् "हिँड्नुस् न अब, ममीले मलाई लिएरै आउनु भनेर पठाउनु भको। आज हाम्रो घरमा बस्ने गरी जाने भनेको हैन अस्तिनै देखि"। "ए हो र? ला मैले त भुसुक्कै बिर्सेको।" मैले बुझपचाएर अभिनय गरेँ। "अहिले म मार्दिन्छु अनि, झन् त्यतिभाँति अनुरोध गरेको" मञ्जुले लाडे पार्दै टाउको यसो बंगाएर एउटाहात मुड्कि पारिन्, छड्के आँखाले हेर्दै "हिँड्नुस् त छिटो, त्यतिकै बिर्से जस्तो गर्नु हुन्छ।" उनको अगाडि बिर्सेजस्तो अभिनय गरे पनि घनश्यामसरले बोलाईसकेपछि म किन जान्नथेँ र? क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 02-24-06 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पूजा पनि निकै ठूलो भयो। धेरै मानिस जम्मा भए। गाँउका सबैको आँखामा नबिझ्ने परिबारको पूजामा नजीकपासोका सबै जना आए। "पूजामा त नबोलाए पनि ढुकिढुकी प्रसाद खानुपर्छ" बोलाउन छुटेकाहरु पनि यसो भन्दै आए। चारबजेबाट सुरु गरेको रे पूजा। मञ्जु र म पुग्दा साँढेपाँच जति बजेको थियो। पण्डित पनि घनश्यामसरका सगोत्री रहेछन्। पूजापाठगरे पनि दानदक्षिणा चाहिँ लिँदारहेनछन्। नजीकपासोका कोहि नहुँदा एकजना अलिक परका भान्जा पर्नेलाई दिने गरेको थियो पहिलापहिला, पूजाको सबै दानदक्षिणा। यसपालीको पूजामा आँउछु भनेर पनि उनि आएनछन्। पूजामा दानदक्षिणा लिनेको नाम भन्नु भनेर पण्डितले भनेपछि कस्को नाम भन्ने कस्को नाम भन्ने, सबै अक्क न वक्क परे। यसो एताउति हेरेझैँ गरेर पण्डितले त्यो बुढो चस्मा मिलाउँदै मतिर हेर्दै भने "उ बाबु को हुन् नि मञ्जु नानीसँग हिड्ने? के जातका हुन?"। घनश्यामसरले छोटो उत्तर दिनुभो "पारीका खनाल हुन्। मञ्जुका साथी, यहिँ स्कुलमा पढ्छन्"। "ए लो केहि नातो नपरे, बाहुन पनि रहेछन्, यिनैलाई नै दिँदा हुँदैन। ज्वाईँ बनाए त हुने रहेछ" पण्डितले प्याट्टै बोले। मञ्जुले पिलिक्क मेरो मुखमा हेरिन्, आश्चार्यचकित हुँदै। अनयास यस्ता कुरा सुन्दा म त अक्क न वक्क परेँ, के भन्ने न के भन्ने भनेर। "किन नहुनु नि! बाबुका बुवा त पण्डित काम गर्नु हुन्थ्यो रे पहिला!" मञ्जुको ममीले पनि पण्डितकै कुरामा सहि थप्नुभो। "ए ल हुन्छ, ल बाबुलाई नै दिने, हुन्न त ओम?" घनश्यामसरले म तिर चुस्स हेरेर पण्डितलाई पूजा अगाडि बढाउन भन्नु भो। घनश्यामसरको कुरा म काँहा नमान्न सक्थेँ र? मैले पनि अप्ठ्यारो लागि लागि हुन्छ भनिदिँए। छ बजे पूजासकियो। सबैलाई टीका र प्रसादि लगाईदिए पण्डितले। चेलीकुटुम्बलाई दक्षिणा दिँदै जानु भो घनश्यामसरले। आजको पण्डित मलाई पहिला र नजीककी छोरीचेली मञ्जुलाई म पछि दक्षिणा दिनु भो। पल्लो घरको गिरिराजले काठ्माण्डौबाट क्यामरा ल्याएको रहेछ। रिल पनि सकिन लागेको रहेछ। "ए, मञ्जु एउटा मात्र रिल बाँकी छ, फोटो खिच्छेस्?" उस्ले मञ्जुतिर हेर्दै भन्यो। "खिच्छु दाई" मञ्जु हत्त न पत्त फोटो खिच्न तयार भईन्। म पनि फोटो खिचेको अनौठो मानिमानी हेरिरहेको थिएँ। फोटो खिच्नै लागेको बेला मञ्जु चिच्याईन् "गिरिदाई, पख्नुस् पख्नुस्!"। मञ्जुले मतिर हेर्दै बोलाईन् "ओमदाई तपाईँ पनि आउनुस् न"। मलाई पनि कम्ता फोटो खिच्ने रहर लागेको थिएन। म पनि मञ्जुको छेउमा गएर उभिएँ। गिरिराजले फोटो खिच्दै भन्यो "ल रिल पनि सकियो, अन्तिमको फोटो आउँछ कि आउँदैन"। मञ्जुले हतनपत्त भनिन् "जसरी पनि निकाल्दिनुस् है गिरिदाई यो फोटो"। त्यहि पुरानो मैलो फोटोनै म काठमाण्डौबाट पहिलो पटक अमेरीका आँउदा मञ्जुले उपहार स्बरुप दिएकी थिईन्, एउटा चिठ्ठीसँगै। साझाल्याण्ड फाल्गुन १२, २०६२
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 02-24-06 8:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 02-24-06 9:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 02-24-06 9:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहा ! दादागिरिजी, मलाई गोपनियता उलङघन गर्न नउस्काउनुसन् न? केदारजीले मलाई गोपनियताको पाठ सिकाईसक्नु भा छ। मन नलागि नलागि पनि मैले लेख्नु परेको छ "यो कथाका सम्पूर्ण पात्रहरु काल्पनिक हुन्, कसैको नाम तथा जीवनसँग मेल खाएमा सँयोग मात्र हुनेछ"। --- ओके
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-24-06 10:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओके जी लेख्दै जानुस! अलि छिटो छिटो है सकेसम्म दादाले भने अस्तो फोटु हेर्न पा त हुन्तो के रे :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-24-06 11:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
wow OK ji GREAT story .अनि सानै देखि कति ज्ञानी त मन्जु!!! यो आत्मकथा पढ्दा कति पटक त मेरो आवाज नै रोकियो। Wrold_map भाइले मलाई यो Thread हेर भनेर दिएको पहिले नै हो। म त यँहाको कलम को प्रतिक्षामा थिँए।
|
|