[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 131780 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 04-15-05 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

मेरो भन्नु:

नेपाल छोडेको पनि आँउदो अगष्ट १२ तारिका दिन ठ्याक्कै ४ बर्ष पुग्छ । नेपालवाट पाईलो निकालेको दिन देखि फेरि टेक्न पाईएको छैन । काठमाण्डौमा हुदा सम्म त थोरबहुत मञ्जुको खबर पाउँदै थिएँ, गुपचुप रुपमै भए पनि । तर आजकाल त वेखबर छु । के गर्दै होलिन् मेरी मञ्जु ? कस्तो होला उनको दैनिकी ? मलाई अझै सम्झँदै होलिन् कि बिर्सिसकिन् होला ? यदि फेरी कहिँ कतै भेट भैहाल्यो भने मसँग बोल्छिन् होला कि तर्केर हिड् छिन् होला ? देख्दा पनि नदेखे जस्तो पो गर्छिन् कि ? निको भैसकेको उनको घाउ भेटघाटले बल्झाई दिने पो हो कि ? मेरो घाउ त कहिल्यै पनि निको नहुने रहेछ । मञ्जुलाई बिर्सन त अर्कै जन्ममा भए मात्र, यो जुनिमा त असम्भव भो ।

मसँग के छैन आज, सबथोक छ । मलाई धेरै माया गर्ने श्रीमति छिन् । काखमा ३ बर्षे कल्कलाउदो छोरो छ । छात्रवृतिमा राम्रो विश्वविद्यालयमा पढ्न पाएको छु । ३ जनाको सानो परिवार जेनतेन धान्नलाई आर्थिक समस्या पनि खासै छैन । अब त अध्यायन पनि सकिन लाग्यो । छिट्टै एउटा सानो जागिर पाएँ भने भावी जीवन पनि सजिलै बित्ला । तर किन मलाई के के नपुगे जस्तो, के के बिगारे जस्तो भैरहन्छ ? किन अघि पछि उनकै छाँया मात्र घुमिरहन्छ ? किन श्रीमति र छोरोको विचमा ओछ्यानमा पल्टदा पनि उनको सम्झना मै छर्लङग उज्यालो हुन्छ ? किन बितेको बिगत फिल्मको रिल झैं घुमेको घुमै गर्छ? न त हामी विगतमा नै जान सक्छौं, न त विगतको गल्तिलाई सच्याउन नै । यो सर्वसत्य कुरा थाहा हुँदा हुँदै पनि यो मन किन मानिरहेको छैन? यो सब किन भईरहेछ ? यी प्रश्नहरुको उत्तर मसँग छैन । सायद मञ्जु सँग पनि त छैन होला ।

जानाजान भएको गल्तिको कुरा अर्कै हो । अञ्जान मै यति ठूलो गल्ति होला भन्ने मैले कसरी सोच्नु ? जब मैले तथ्य कुरा बुँझे, समय धेरै अगाडि गैसकेको रहेछ मञ्जु । म फेरी फर्कन सकिन, मलाई माफ गर । मैले अरु कसैलाई बचन दिईसकेको थिएँ, तिमीले मनको वह मसँग पोख्ता । त्यो रात मैले धेरै सोचें । एकमन त तिमीसंगै जीउन अरु सब कुरा त्यागिदिऊँ जस्तो पनि कहाँ नलागेको थियो र ? तर फेरि सोचें, त्यसो गर्दा पनि त अर्को एक जनाको जीन्दगी त बर्बाद हुन्थ्यो नि । बरु तिमी त धेरै परिपक्क छौ, तिम्रो मन त ठूलो छ, अनि तिम्रो मायाले त फलामको मुटु भएकोलाई पनि पगाल्न सक्छ । जोसँग जीवन बिताउनु परे पनि तिमीले सब कुरा मिलाउन सकिहाल्छेउ नि । भनिन्छ, असल आईमाई भएको घरलाई बनाईरहनु नै पर्दैन आफैं बन्छ । त्यही सोचेर नै म तिम्रो अँगालोबाट टाढिने कष्ट गरें । यस्तो निर्णय गर्न मलाई कति छट्पटी भएको थियो ? आँखाबाट झरेका आँसुका बलिन्द्र धाराले पुरै सिरानी भिजेको थियो । रुँदारुँदा घाटीँबाट थुक पनि निल्न नसक्ने भएको थिएँ । मञ्जु ! म यो जुनिमा तिम्रो हुन सकिन, तिमी मेरी हुन सकिनौ । यस्मा तिम्रो कुनै गल्ति छैन । नजानिकनै गल्ति त सब मबाट भएछ । मैले तिम्रो मनलाई पढ्न सकिनछु । मलाई माफ गर है । आसा छ, तिमी जस्तो विशाल ह्रदय भएको मानिसले अबश्यै माफी दिनेछौ । अहिले तिमी जहाँ भएपनि राम्रो होस्, शुभ होस् । सम्पूर्ण खुशिले सुसज्जित भएको सुन्न पाउँ, यहि नै मेरो कामना छ सदा-सदाका लागि, अन्त सम्म, मेरो शरिरमा सास रहुन्जेल सम्म ।
क्रमश:
 
Posted on 04-26-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok Bro त क्या जाँगरिलो यार! अर्को अध्याय पनि आजै पोस्ट गर्छन्। ल, हेरिराख भाइ हो।
 
Posted on 04-26-05 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Manju,
Maile timi poila gayou po bhanya, timro bihe bho bhanya hoina.

Timro ahile samma bihe bhayeko chaina. Baki rahyo timi sukumar bhayeko kura. Aba timi aajhai kumari chauki, Nakumari chau, Malai ke thaha.
 
Posted on 04-26-05 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ajkal ka taruna haru sarai chada hunchan. Pheri ma ni ghas kattna na gayera yo sajha chautari ma kya gardai ho kunni. Shree Pashupati Nath le timi haru lai kalyan garun, ma chai lage.
 
Posted on 04-26-05 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nakachari mori,

Bolati bhandabhayo tero?

Palla Gauko Jetha sanga mukh kalo garera aayi. Ahile yo sajha chautai ma "Mai hu" garche.

 
Posted on 04-27-05 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा र सरुभक्त जी, अजुरहरुले सेतो बोर्डमा सेतै अक्षरले लेख्नु भो कि क्याहो? कि मेरो OS ले काम गर्न छोडो ? बुझ्नै सकिन बा !

मिरा जी, हजुरलाई दुखि बनाको मा सरि है, गिताको उपदेशचाहिँ मलाई खुब मन परो।

पण्डितजी, नरुनुस् न भन्या, मैले त रुन छाडिसकेको थिएँ, यो साझाले कहिले काहिँ फेरि पुरानो घाउ बल्जाई दिन्छ क्या

न्यु युजरलाई मेरो धेरै धन्यबाद । मैले पनि म आफुलाई भन्दा आमालाई चाहिँ बढि मान्छु । मेरो पी.एच.डी. को डेडिकेशन नै मेरी आमालाई ।

निर्माण ब्रो, धन्यबाद है ।

गालाबजी, तपाईँको कुरा म बुझ्छु र तेहि अनुसार गर्ने छु। तपाईँको गाथा पनि पढ्न पाउने आसा छ है।

नेपाली फिलोसोफरजी, सकेसम्म कथालाई जस्ताको तस्तै उतार्ने छु, केहि पात्र र ठाउ बाहेक। तर मञ्जुको नाम चाहिँ कदापि परिबर्तन गर्ने छैन ।

रुईना बुईनी, खै म के भनौँ अब, हजुरको मन दुख्यो, म पनि दुखी छु।

हर्केदाई, थ्याङ्किउ है ।

मञ्जुजी, नाम एउटै भए पनि मन, मुटु, हृदय र भावना एकै किसिमको हुदोरहेनछ । हजुरको लेखाईमा मेरि मञ्जुको केहि पनि छेकछन्द पाउन सकिन । कथा पढिदिनु भको मा र मञ्जु बन्ने कोशिष गर्नु भको मा मुरि मुरि धन्यबाद । मञ्जुको त नामैले मात्र पनि मलाई केहि शितलताको अनुभुति दिन्छ ।

यु-डेजी लाई पनि धन्यबाद



 
Posted on 04-27-05 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

खण्ड ५

आंसिक रुपमै भएपनि मेरा समस्याहरु सुल्झिंदै गए। खै कहाँबाट हो, हेडसरले ६ कक्षाका पुराना शुरु र अन्तिमका १/२ पाठ च्यातिएर गई सकेका किताबहरु दिनु भो। ती च्यातिएका पाठहरु त मैले सबै साथीहरु टिफिन टाईममा खेल्न गका बेलामा साथीहरुको नयाँ किताबहरु बाट सारी सकेँ । अब त मलाई पढ्न कुनै बाधा-अड्चन थिएन- म कत्ति खुशि भएँ तेसबेला! अहिले सम्झँदा पनि मनै खुशि भएर आउँछ। आमाको अनुहारमा पनि आसाको त्यान्द्रो हुर्कंदै गयो। भाई-बहिनी पनि नजीकको प्राथमिक बिद्यालयमा पढ्न जान्थे, पालो गरी गरी। एक दिन भाइ स्कुल जाने, अर्को दिन बहिनी। पहिले त बहिनीलाई स्कुल नपठाउने कुरा भो । कसैका पनि छोरीलाई स्कुल नपठाउने हुदा हामीले पनि नपठाउने कुरा गरिउ । तर पछि आमाले नै "अलिअलि अक्षर चाहिँ चिनोस्, म जस्तै अन्धी चाहिँ नबनोस्" भनेर बहिनीलाई पनि भाईसंगै स्कुल पठाउने कुरा गर्नुभो । मैले पनि त्यसमा सहमति जनाएँ । बहिनी पनि खुशि भई। भाई?बहिनी दुबै एउटै क्लासमा पढ्ने, पालो पालो गरी स्कुल जाँदा पनि दिउसो स्कुलमा पढाएको पाठ बेलुका अर्कोलाई सिकाउन पनि मिल्ने । बुबा बित्नु हुदा भाई २ बर्षको मात्र थियो । अहिले त उ पनि ६ बर्षको भा छ। एक्लै बाख्रा चराउन जान चाहिँ अलिक डराँउछ तर पनि वरिपरिकासंगै हुदा चाहिँ मज्जाले ७ बटा बाख्रा चरार ल्याउन सक्छ । फेरि जंगल पनि त टाढा थिएन, घरको आँगनबाट नै हेर्दा पनि देखिने । कहिले काँही आमाले यसो नजर लगाउन पनि मिल्ने। बहिनी त भाई भन्दा पनि २ बर्ष जेठी । ठूलो मान्छेले गर्ने काम नै गर्न सक्छे । अलिक लुखुरी भर ठूलो घाँसको भारी चाहिँ बोक्न नसक्ने, काट्न त छिट्टी। हामी एक किसिमले खुशि नै थियौ ।

म पनि एस.एल.सी. सम्म पढेर ठूलो माष्टर बनि आमाको सपना पुरा गर्न पाउने आसमा लगनशिल भै पढ्न थालेँ। प्रत्येक बिहान ७ बजे स्कुल हिड्थेँ। स्कुल पुग्दा सधैं ढिलो हुने। अगाडिका बेन्ची त रामपुरका केटाकेटीले पुरै ओगटिसक्थे । म चाहिँ पछाडि गएर बस्थें । धेरै नबोल्ने तर सरहरुले सोधेका प्रश्नको उत्तर चाहिँ दिन सक्ने भकोले कोहि कोहि साथीहरुले "हिसाब सिकाई देन" भन्थे । म पनि आफूले जानेको सिकाई दिन्थें । कहिले काहिँ त मलाई मीठाई, बिस्कुट पनि दिन्थे । मलाई कत्ति मीठो लाग्थ्यो! बिहान ६.४५ बजे खाना खाएपछि बेलुका ८.०० बजे तिर मात्र खान पाईने । भोक त कति लाग्थ्यो नि! बेलुका घरमा आइपुग्दा त झमक्कै साँझ परिसक्थ्यो। बेलुकाको धन्दापात्रा (गाई-भैंसी दुहुने, गाई-भैंसीलाई घाँस हाल्ने, गोबरका थुप्रा-थाप्री टिपेर यसो छेउमा थुपार्ने) गर्दा गर्दै बेलुकीको ७/८ त तेसै बज्ने। बहिनीले गैराबारी खोल्सामा गई पानी ल्याएर खाना बनाउँने सर्दाम (सामान) जुटाउँथी, भाईले स-साना पाठा??-पाठीलाई छोपछाप पार्थ्यो। बाख्रालाई खोरमा घाँस हाल्ने भनेपछि उ फुरुक्क। आमा पनि काम गरेर फर्कनु हुन्यो, बेलुका तिर। कहिले काँहि त हजुर-आमाले पनि यसो तर्कारी बनाऊनु हुन्थ्यो सकि नसकी, अनि त भुलुक्क पानी उमालेर कोदोको ढिंडो पकाउन त समयनै नलाग्ने। आमाले ढिंडो मस्काउनु हुन्थ्यो । हामी ब्रतबन्द र बिहे नगरेका केटाकेटीले पकाको हजुरआमा नखाने । भाई बाहिर गएर ठूल्ठूला स्कुस (करेला) का पात चुँडेर ल्याउँथ्यो ढिंडो हाल्नलाई । आमाले माईतबाट ल्याएका २ बटा सिल्लिवर (अल्मुनियम) का कचौरा र एउटा हजुरआमालाई भनेर बुबाहरूले अंश लगाउदा छुट्टाएको झर्काको बटुको थियो । हजुरआमा आफ्नै कचौरामा, भाई र बहिनीलाई एउटै सिल्लिबरको कचौरामा, म अर्को कचौरामा तरकारी र स्कुसका पातमा ढिंडो हालेर खान्थेम्। आमा चाहिँ सबैलाई भागशान्ति पस्केर तेहि ढिँडो पकाको फलामको कराईको छेउमा तर्कारी राखी खानु हुन्थ्यो । आमा काम गर्न गका दिनमा दिउसो गाई-भैंसीलाई घाँस पनि हाल्नु हुन्थो हजुर आमाले। अरु दिन त आमाले नै सबै भ्याउनु हुन्थो। मेरो पढ्ने समय चाहिँ स्कुलमा मात्र, टिफिन टाईममा पनि क्लासमा नै बसेर पढ्थें। तेति लामो बाटो हिड्दा पनि "आज सरहरुले के के पढाए" भनेर सम्झिदैं हिड्थेँ । पढाई पनि सम्झिने, उकालो-ओरालो बाटो काटेको पनि थाहै नहुने।

क्रमशः
 
Posted on 04-27-05 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेडसरको सहायताले धेरै समस्या समधान भए पनि स-साना समस्याहरु त जीबितै थिए। अर्धबार्षिक परिक्षा पछि बर्खाभरी असार र साउन त स्कुल बिदा हुन्थ्यो। छिटै बर्खा लागेर पानी परेन भने त खोलाहरु पनि तेति बढ्दैनथे, अनि खोलाले नछेके पछि त घरै पुग्न पाईन्थो। तै अपर्झटमा त काम लागि हाल्छ कि भनेर मैले मोलुङ खोलामा पौडी खेल्न पनि सिकें। तर पनि बर्खाका उर्लिंदा खोलाको के भर, डरलाग्दा हुन्छन् चिताई नसक्नुका । फेरी ठूल्ठूला मुल्काहरु काट्नलाई बाँकटे हान्दा पनि हुत्त्याएर लैजाला भन्ने डर। एउटा छाँगाबाट झार्यो भने त सकिई गो नि । भदौ र असौजमा चाहिँ खोला तर्न असम्भब, उर्लेको भेलले बरिपरिका पुरै गाँउलाई नै थर्काउने। भदौ ४ गतेको बाल-दिवस पछि स्कुल खुल्थ्यो । भदौ र असोज २ महिना चाँही यसो कतै ओत लाग्न पाए, अरु समय चाहिँ रात?साँझ भए पनि घरै पुग्न सकिन्छ । मंसिरमा बार्षिक परिक्षा भए पछि फेरी माघ २ गते सम्म बिदा । आफ्नो भको यसो अलिअलि कमाई पनि घर बसेर नै भित्राउन पाईने। पौष १४ गते चाहिँ राजाको जन्मोत्सबमा रिजेल्ट हुने र स्कुल जानु पर्ने। यहि दिनको आसामा त बर्ष भरी दुःख गरेर पढिन्थ्यो नि ।

यो बर्ष मेरो भाग्यले साथ दियो । असारको पहिलो हप्ता नै अर्धबार्षिक परिक्षा हुने भो । परिक्षा भरी पानी पनि परेन र खोला पनि बढेनन्। राम्रैसँग परीक्षा दिएँ। परीक्षा पछि खेतिपाती लगायौं । हाम्रो त्यो ५ जनाको परिवारमा रमाईलो वाताबरण थियो । चिन्ता एउटा मात्र थियो, भदौ र असौजमा म काहाँ बसेर पढ्ने? २ महिना स्कुल जान पाईएन भने, धेरै पढाई छुट्ने । अनि त परीक्षा पनि राम्रो भएन भने त हेडसर ले फिः पनि मिनाहा नगरी दिने । त्यस पछि त मेरा र मेरी आमाका सबै आसाका त्यान्द्राहरु त चुडिईहाल्थे नि। आमाले एउटा आसा जगाईदिनु भो "कटुञ्जेमा मेरी कान्छी बहिनीको घर छ, त्याँ बस्न पाईस् भने त जलजले दोभानमा झोलुङ्गे पुल पनि छ, सबै खोलाहरु तर्नै पर्दैन। रामपुर पुग्न कति समय लाग्छ त्याँबाट?"। मलाई राम्रोसंग चाहिँ थाहा थिएन तर पनि भने "यहाँबाट जानु र कटुन्जेबाट जानु करीब करीब उस्तै होला"। "अरु केहि उपाय नलागे पनि त तेहा पनि त बस्नु परो नि, खै मान्छेकी मान्दिन फेरी । ज्बाईं अलिक रिसाहा छन् रे" आमाले समस्याको समधान खोज्ने कोशिस गर्नु भो । हामीले सल्लाहा गरेर त्यहिँ जाने निर्णय गरेउ ।

भदौ ४ गते मंगलबार बेलुका नै म आमाले दिएको २ माना घ्यु, १ पाथि बर्खे आलु, २ माना कोदाको पीठो, एउटा पुरानो कम्मल (बुबाका काममा आमालाई ओढ्न भनेर माबली हजुरआमाले पठाको), आफ्ना किताब र कपी, स्कुल जाँदा लाउने भेष्ट र कट्टु, घरमा बस्ता लाउने तेहि पुरानो दौरा लिएर सानिमा को घर गएँ । ४ घन्टा जति लाग्थ्यो सानिमाको घर पुग्न। १/२ फटक त पहिले पनि गईसकेको थिएँ । बाटो पनि राम्रैसंग चिन्थेँ। पुग्ने बितिक्कै आँगनमै सानिमाले सोध्नु भो "किन आईस् छोरा, के कस्तो छ, आमालाई?" । मैले सबै कुरा बताएँ । आमा, हजुरआमालाई पनि सन्चै छ भने । "सानिमा, २ महिनाका लागि तपाईँको घरमा बसेर स्कुल पढ्न रामपुर जाने गरि आको म त । आमाले पठाउनु भाको । दशैं पछि त खोला पनि घट्छन्, घरबाट नै स्कुल जान्छु।" भने । सानिमाले केहि पनि भन्नु भएन । घर भित्र पसेपछि मैले सानिमालाई दिनु भनेर आमाले दिएको २ माना घ्यु दिएँ । "यसो अलिकति आलु पनि छ, सानिमा तरकारी पकाउनु है" भनेर आफ्ना ब्यक्तिगत सामान जति झिकेर झोला नै सानिमालाई दिएँ । सानीमा त खुशि हुनु भो "हुन्छ नि बस् न त । तै पनि भरे तेरो सानाबा आए पछि १ पटक सोध्नु पर्छ" भन्नु भो । बेलुका सानाबा आएपछि सबैले बस्न दिने राजी भए । "बिहान बेलुका पनि काम गर्छ, बसोस् न त" भन्नु भो सानाबा ले पनि । शुक्रबार बेलुका चाहिँ घुमेर भा पनि आफ्नै घर आएँ । फेरि शनिबार बेलुका सानिमाकोमा गएँ, उस्तै अलिअलि सामान लिएर । घ्यु त घरमै थिएन, लगिन । आईतबार सधैंजस्तै स्कुल गएँ । तर बेलुका फर्कँदा त घरका कोहि पनि मानिस मसंग बोल्दैनन् । पछि सानिमाले खुसुक्क बोलाएर भन्नु भो "दिउसो तेरो बारेमा कुरा भा थियो । तैंले ल्याएको सामानले तँलाई खान पुग्दैन रे । गत हप्ता त घ्यु पनि ल्याएको थिईस्, यो हप्ता त त्यो पनि ल्याईनस् रे भनेर तँलाई यहाँ बस्न नदिनु भनेको छ तेरो सानाबाले। बज्यै (सासु) ले पनि हो मा हो थप्नु भो ।" तेसो भनिरहँदा सानिमाका आँखा पनि रसाएका थिए । मैले "सानिमा, आज त रात परि सक्यो, म काहाँ जाउ, यो राति? आज चाहिँ मलाई यहिँ बस्न दिनुस्, भोली देखि चाहिँ म आउदिन" भने । सानिमाले खै के कुरा गर्नु भो, सबैले मलाई बस्न दिने भए। रातभरी निन्द्रा लागेन । "अब भोलिबाट म के गर्ने होला? पहिले घर जान्छु। आमाले के भन्नु हुदो रहेछ? अनि तेहि अनुसार गर्नु पर्ला" सोच्ता सोच्दै र ओछ्यानमा छटपटिँदा छटपटिँदै बिहानी पख त कतिबेला भुसुक्कै निदाएँछु, थाहै पाईन।

साझाल्यान्ड,
१४ बैशाख, २०६२
 
Posted on 04-27-05 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुले, त सेतो पार्टिमा सेतो अक्षर लेखे होलान्, सेतो लख्ने कलमले। तर मेरो भने वक्य नै नछुट्या हो। अब भने म पनि पढ्न नसक्ने भेँ भने नि भो।
 
Posted on 04-27-05 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok hajur,

my eyes are all wet..ke garnu bha yesto.... just reminded on my old days....sukka sukka kya...

waiting for some more....
 
Posted on 04-27-05 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok, ......I couldnot stop myself reading all your story although its too late for me to go bed and i have to get up early. Jammai katha padhi nasaki sutnai mann lagena.. Aba chai sutchhu

Tapai ko marmik katha le malai nisabda banayo.............
 
Posted on 04-28-05 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok dai;
harek patak man saroo banayera padhnu baschu kunai na kunai kura ma gayera man dukhihalcha.
kasto huncha nii jeewan ?

hajur ko lekhai ramro cha :)
aru pani padhnu pau...baru jatti senti bhaye pani padchu aba ta.


 
Posted on 04-28-05 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा

तिम्लेइ लेख्यौ होला नि सेतो कलमले :|, बडो अरुलाई दोष लाम्दारै'छन है यिनले त.....(जोक गर्या है फेरि :) )

ओके जी, म नि:शब्द छु, केबल आँखा मात्र बोलिरहन्छन्। हात त चल्लैछाडे।

-सरु
 
Posted on 04-28-05 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्?जु,ान्?जु, मन्?जुको कथामा चाही मन्?जुको कथा दु:ख लाग्?दो छ कीनभने यसमा मायापिरतीको मात्र कुरा नभै साथिको ब्?यथा पनि छ l जसले पाषाण हृदय पनि कोमल बनाउदछ, मेरो मन पनि चसक्?क भयो l:((((((
now i remember cool pokhrel's song -
yastai ho gaaule jiwan
yastai ho nepali jiwan
yastai ho haami sabaiko jiwan
NOTE:- last line of mine

 
Posted on 04-28-05 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( :( :( :( म नि:शब्द छु मेरो मनको घाउ त कहिल्यै पनि निको नहुने भो :( :( :( :(
अब म केहि बोल्दिन मात्र अनि मात्र सुनिरहन्छु । पढिरहन्छु । पढिरहन्छु ॥ पढिरहन्छु ॥॥

 
Posted on 04-28-05 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK ji:

Still reading in small doses. Your writing is too potent to finish off in one shot.
 
Posted on 04-28-05 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, सरुजी, "केटा मान्छेको त ढुङ्गाको पो हुन्छ त मुटु" भन्छन् नि, हजुरहरु किन निःशब्द हुनु भा नि? किन वाक्य नफुर्या नि? जे भे नि, मेरो कथा पढिदिनु हुन्छ तुरुन्तै, मलाई तेहि नि गौरव लाग्छ।

फरगेट-मि?-नटज्युलाई धन्यबाद । तपाईँहरुका कमेन्टले नै मलाई लेख्न प्रेरणा दिन्छन्।

कालो भालेजी, पुल्वोकको कहानी जोडिएपछि त तपाईँले मलाई चिन्न बेर लाउनु हुन्न, चिने पनि गुपचुप नै राखौँ है।

रुईना बहिनी, "आईमाईको मन त कोमल हुन्छ, स-सानो कुराले पनि ठूलो चोट पुर्याउछ" भन्छन् नि, फेरी मेरो कथा पनि अलिक तेस्तै छ, के गर्नु ।

रायनजी, गाँउको जीवन दुखपूर्ण छ तर पनि गाँउको जस्तो निश्छलता, निष्कपट, निर्दोष भावना, माया र सामाजीक आत्मियता शहरी जीवनमा काहा पाईन्छ र?

पण्डितजी, घाउ मेरो त निको भैसको, तपाईको पनि निको हुन्छ छिटै पीर नगर्नुस् ।

सिताराज्यु,मेरो कथा पढिदिनु भकोमा हृदयदेखिनै आभारी छु ।
 
Posted on 04-28-05 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके

खण्ड ६

कटुञ्जे सानिमाको घर । बिहानको सम्साँझै बिउझिएँछु । झ्याल खोलेर बाहिर हेरेँ, सबै तिर चकमन्न छ । कता कता कुखुरा बासेको सुनिन्थ्यो । पूर्व हेरेँ, शुक्र भर्खर झुल्केका रहेछन् । फेरि ओछ्यानमै पल्टेर सोचिरहेँ "यो संसार नै यस्तै हो। सबैले आफ्नो मात्र भलो हेर्ने त हुन नि। सायद हाम्रो घरमा धेरै सामान भको भए, हप्तै पिच्छे २/३ माना घ्यु लिएर आउन पाएको भए, सानाबाले मलाई बस्न दिन्थे होलान्। सानाबाको परिबार पनि हुनेखाने नै हो। जाबो मलाई २ महिना राख्दा त उनको केहि पनि घट्दैनथ्यो नि ।" फेरी आमाले भनेको सम्झे "धनिलाई धन प्यारो, गरीबलाई मन प्यारो"। "हामीसंग पैसा भईदिएको भए, रामपुरमै एउटा कोठा खोजेर मज्जाले बस्न पाईन्थ्यो होला। यो दुनियाँसँग दशऔंली जोडेर गुहार माग्दै हिड्नु पर्ने थिएन होला। बाबा मात्र भैदिनु भाको भए, कमसेकम यो दुःखीया भारीको धेरैजसो भाग त बाबाले नै काँध थाप्नु हुन्थ्यो होला।" मनमनै सोचेँ ।

म जुरुक्क उठेँ। जति सको चाँढो बाटो लाग्नु छ। हात मुख धोएँ। सानिमा चाँहि उठिसक्नु भा रैछ । अरु चाहिँ उठेकै थिएनन्। आफ्ना कापि-किताब झोलामा हालेँ। सानिमालाई "अघिल्लो हप्ता घिउ ल्याएको भाँडो खालि गरिदिनु न" भने र त्यो पनि झोलामा हालें । कोदोको पीठो बाँधेर ल्याएको रूमाल (आमाले पुरानो पटुका च्यातेर बनाको) पनि झोलामा राखेँ । त्यो थोत्रे कम्मल पनि यसो धुलो टक्ककाएर हालेँ। स्कुल नजाने भएपछि "किन फटाउनु?" भनेर त्यो गञ्जी र कट्टु पनि झोलामा राखेँ, अनि तेहि पुरानो दौरा लगाएँ । तेति गर्दा सम्म पनि छ्याङ्ग उज्ज्यालो भैसकेको थिएन। सबै कुरा ठिक्क पारेर सानिमा लाई "म जान्छु अब, राम्ररी बस्नुस् है सानिमा" भने । सानिमा पनि रुनै लाग्नु भा थियो। म बाटो लागें । २/३ गरा तल झरिसके पछि सानिमाले "ए पख त एकछिन्" भनेर सानो स्वरले माथ्लो गराबाट बोलाउनु भो । सानिमाले ओढ्नेले छोपेर एउटा सानो पोको ल्याउनु भा रैछ । कानेखुशि गरेर भन्नु भो "ल यो लगेर खुसुक्क आमालाई दे । फेरी सानाबाले थाहा पाए भने मार्छन् मलाई" । मैले पनि छिटोछिटो झोलामा हालेर बाटो लागेँ, के हो भन्ने कुरा पनि नसोधि, नहेरी ।

हर्कपुर डाँडामा पुग्दा रामपुरको डिलबाट भर्खर झुल्किएका घामले मेरो ध्यानलाई उतै मोडे। स्कुलको छेवैको वरको रुख पनि देखियो। स्कुल जाउँ जाउँ लाग्यो। एकछिन् ढुङ्गामा अडेस लागेर टुलुटुलु हेरीरहें, स्कुलको छेउलाई । मेरै छेउबाट स्कुल जाने एक हुल केटाकेटीहरु ओरालो लागे। तर के गर्नु, आजमात्र गएर नहुने । बेलुका घुमेर भा पनि रातसाँझ घर पुग्ने भा त जान्थेँ। रातभरिको निन्द्रा र न्यानो घामले एकछिन झकाएँछु । हत न पत्त बिउँझेर आफ्नो बाटो लागेँ । देखिउन्जेल सम्म पनि स्कुललाई फर्किफर्कि हेर्न छोडेको थिईन । १० बजे तिर घर पुगें । आफ्नो झोलालाई राखेर बर्खे कटेरामा गई गाईबस्तुलाई घाँस हालेँ । एउटा बाख्रो फुकेर बारीमा कोदो खाँदै रहेछ, समातेर बाँधे । बहिनी चाहिँ स्कुल गईछ, आज उस्को पालो रे । भाईचाहिँ पल्लो घरमा खेल्न गा रे छ। भाईलाई ढिलै भएपनि "जा स्कुल, अब म हेर्छु बाख्रा" भनेर स्कुल पठाएँ । आमा घाँसबाट आईपुग्नु नै भा रैन छ।
क्रमशः
 
Posted on 04-28-05 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि समयपछि नै आमा पनि आउनु भो। मलाई देखेर धेरै छक्क पर्नु भएन । "ए फर्केर आईस्, मिलेन है बस्न" मात्र भन्नु भो। सायद आमाले पहिले नै अड्कल काटिसक्नु भको थियो । मैले सबै बेलीबिस्तार लगाएँ । "अब खोला घटेपछि मात्र स्कुल जाने, बरु भाईबहिनीलाई चाहिँ दुबैलाई स्कुल पठाउने अहिलेलाई" भन्ने सल्लाह भो, हामी आमाछोराको। फेरी सरहरुले कक्षामा बस्न दिनेहुनकि नहुने हुन भन्ने पीर त छँदै थियो । सानिमाले दिएको पोको खोलेर हेरिउ । तेहाँ त १५ मुठी जति चामल रहेछन्। हाम्रो खेत थिएन धान फल्ने । आमाले खै काहाँ काहाँ बाट खोजेर ल्याउनु हुन्थो दशैं तिहारलाई चाहिँ । यसरी कसैकसैले दिएका चामलको चाहिँ खीर पकार खान्थेम्, दुध छँदै थियो घरमै । हाम्रो पनि भोली खीर खाने सल्लाह भो र म सख्खर माग्न ताराको घर गएँ। दिनहरु बित्दै गए । अब त आमाछोरा दुबैले बाँडि बाडिँ काम गरेपछि त सजीलै भो । आमाले पनि पालो पाउनु भो। म स्कुल नगाको पनि १ हप्ता बित्यो, २ हप्ता बित्यो, महिना बित्यो। दशैं पनि आउन लाग्यो। गएको चैतमा त मेरो पनि ब्रतबन्ध गरेको । पहिलो पटक सोह्रश्राद्द बुबाको श्राद्द पनि मैले नि गरें । आमा कति खुशि हुनु भो, आफ्नै छोरोले तर्पन दिँदा ।

यता म चाहिँ आज सरहरुले यो पाठ पढाए होलान् त्यो पाठ पढाए होलान् भन्दै बाख्रा हेर्न गाको बेलामा आफैं पढ्दै गएँ । उता स्कुलमा चाहिँ म किन स्कुल गईन भनेर हल्ला खल्ला भएछ। घनश्याम सरले म स्कुल नगाको कुरा हेडसरलाई सुनाउनु भएछ। हेडसरले पनि कारण बुझ्न कोसिस गर्नु भएछ। खोलाले छेको भनौ भने, भदौको पहिलो हप्ता स्कुल आको थियो भनेर सबैले बिरामी परो होला भनेर अनुमान लगाएछन् । घनश्याम सरको बिषय गणितमा मेरो अर्धबार्षिक परीक्षामा १०० मा १०० आएछ। तेस्तो राम्रो बिद्यार्थी किन स्कुल आएन भनेर घनश्याम सरलाई पनि पर्नु पीर परेछ। घरमा पनि कुरा गर्नु भएछ। "छोरी, शिबदुतिबाट आको एउटा राम्रो पढ्ने केटो थियो ६ कक्षामा, स्कुल नै आउन छोडो, किन होला त्यसले स्कुल छोडेको?" मञ्जुले केहि भनिनछिन्। बिचरी मञ्जुलाई के थाहा गरीबका घरका समस्याहरु। शिक्षित परिबारमा हुर्केकी १ मात्र छोरी। तरपनि पढाईमा तिक्ष्ण भकिले राम्रो पढ्ने भन्दा अलिक कान ठाडा पारेकि थिईन् रे। मलाई यी सब कुराहरु घनश्याम सरले करीव ४ बर्ष पछि म काठ्माण्डौ हिड्ने २ दिन अघि बिदा माग्न जाँदा बताउनु भको । तेतिखेर मञ्जु पनि त संगै थिई, सरको र मेरो सबै कुरा सुन्दै । कस्तो कस्तो हाउभाउ गरेकि थिई, अप्ठ्यारो लागे जस्तो ।
साझाल्यान्ड,
१५ बैशाख, २०६२

 
Posted on 04-28-05 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK bro, ma ta yaar pratyek patak sajha kholda, yo thread chai pakka herchu. Kehi naya cha ki bhanera. Mohani laayo hau yo katha le malai, sanju le dada lai jastai.

Muto ta kosai ko pani dhunga ko hudaina, jasto laagcha malai, ali kathoor ra kamalo ma matra fark hola bhaye pani. Dhunga ta tusaucha, yo ta manai ta ho ni, kata kata touch ta bhai haalcha ni. Yo katha le touch matra ho ra, haat ma pura nunkhorsani nai liyera touch gareko jasto po bhayo ta bhanya. K bhako k bhako ?

J hoos katha sarai ramro cha. Jati pranamsa gare pani nupugne khalko. Prasamsa garna lai nepali sabdawali pani alik apug po bhako ho ki jato bho bhanya malai ta. Yo katha padhera dhuki hunu ko ananda ra sukha beglai cha bandhu.


keep it coming

harkeDai
 
Posted on 04-28-05 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति सुन्?दर लेखन्?!
लेख्?दै जानुहोस्?, पढ्?न पाम छिटै नै अरू अध्?याय पनि!

Foe
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters