[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 क्रमश:

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 52282 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-26-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

भाग-१


ओरिएन्टेसनको पहिलो दिन मैले पाँच जनासङ कुरा गरेँ। ती मध्ये चार जना पुरुष र एक महिला थिए। त्यहीको स्टाफले चिनाएपछि उनिहरु म सङ कुरा गर्न राजी भएका थिए। शुरुमा त मलाइ बिस्वाश लागीरहेको थिएन कि उनिहरु मानसिक रोगी थिए। हुन सक्छ उनिहरु औषधीको असरले सामान्य अबस्थामा आइसकेका थिए। भित्र भित्र मलाइ डर पनि लागीरहेको थियो, कतै उनिहरु अचानक आबेशमा आएर प्रहार त गर्दैनन्। त्यसैले बस्ने मेच बिरामी भन्दा मैले केहि दुरीमा राखेकी थिंए। बाहिर सानो बंगैचा थियो, अरु स्टाफहरु पनि थिए। म सकेसम्म स्टाफ कतातिर छन भनेर बिस्वस्त हुन चाहन्थे। यदि मलाइ केहि समस्या परि हाल्यो भने उनिहरु मेरो उद्वार गर्न कति छिटो आउन सक्लान भनेर उनिहरु र हामीहरु बिचको दुरी कुराकानीको बिचबिचमा अबलोकन गर्थे। दुइजना सङ कुरा गरिसकेपछि म मा हौसला बढ्यो, मैले तेस्रो बिरामी आफै छाने र कुरा गर्न सक्छु भनेर अनुमति लिँए। कुरा शुरु गरेको एकै छिन पछि उसले पर एउटा महिला बिरामी बाहिर निस्केको हेर्दै थियो, उ त मेरो प्रश्न सुन्दै नसुनी उतैतिर गयो। पछि मैले देखे, उ बिक्षिप्त जस्तै थियो, उ बेला बेलामा धर्धरी रोइरहेको थियो। उ एकजना बाहेक अरु सबै मलाइ बिल्कुलै सामाजिक लागेको थियो त्यो दिन।


साइकोलोजीले किन हो मलाइ सधैँ तान्थ्यो। मानिसको साइकोलोजी त्यसको असर, मानसिक स्वास्थ्य र त्यो भन्दा पनि महत्वपूर्ण अनुभवको लागि राम्रो अबसर थियो। साइकोलोजी कहिले बुझ्नै नसकिने बिषय भयो मेरो लागि। रुचि भए पनि अहिलेको अबस्था चुनौतीपुर्ण थियो। म मा अनेकौ किसिमका शंका उपशँका हरु थिए। तिनीहरुलाइ लुकाएर पनि म सामान्य बन्ने प्रयास गरीरहेकी थिए। पाँचौ बिरामी, जो महिला थी। उसैले पहिलो प्रश्न मलाइ गरी।


"अब के गर्छौ त तिमी?"


"भनेको मतलब।" एक्कासी उसको यो प्रश्न मैले बुझ्न सकिन, उ मेरो परिचय पत्र हेर्दैथी।


"अब तिमी यहाको कर्मचारी भैहाल्यौ। तलब पाइ हाल्छौ, पढाइ पनि सकियो। अब तिम्रो के छ त अरु योजना?"


"हँ---?" मैले नसोचेको प्रश्न थियो, त्यसैले जवाफ खोज्नै सकिन। जे पायो त्यही भन्न मन लागेन।


"त्यसबारे मैले सोचेको छैन। तपाइ यहा आउनु भएको कति भयो?" मैले मेरो प्रश्न थाले।


"यसपटक तीन महिना भयो। अब छिट्टै जेल फिर्ता पठाँउछन् होला मलाइ।" उसले जेल पनि त्यसरी नै भनी जसरी हामीहरु पसल जान्छौ। मनमा किन होला जेल जानु पर्ने भन्ने प्रश्न त थियो, तर सोध्न अप्ठ्यारो लाग्यो। त्यसैले चुप भए।


"म आमा  बन्दैछु नि!" उसले आमा बन्नु पनि कुनै उत्साह नदेखाइ भनी। पहिले मैले उसको शरीर मोटै भएको कारण राम्ररी देखिन। उसले भनेपछि उ गर्भबती जस्तो देखिन थाली। मेरो अनुहारमा अरु आश्चर्यबाचक चिन्हहरु उदाउन थाले। कति सम्म ब्यक्तिगत प्रश्न सोध्न मिल्ने हो वा कति सम्म नमिल्ने म दुबिधामा परेँ।


"उ त्यो युनिट छ नि!" उसले हामी बसेकै ठाँउबाट अर्को उनिट देखाइ। "हो त्यहिको एउटा बिरामी सङ मेरो सम्बन्ध भयो पोहोर आँउदा। म प्रेग्नेन्ट भएको कुरा त्यसलाइ नि थाहा छैन। अब एक महिना बाँकी छ, बच्चा जन्मिन्छ अनि म हलुका हुन्छु।" उसको कुराहरु मेरो लागि झन झन कथा जस्तो रुचिपुर्ण लाग्न थाल्यो।


"अनि त्यसपछि--!" मलाइ सोध्न मन लागेको थियो, तैपनि नसोधी "ए, ए!" भन्दै टाउको हलाइरहेँ। फेरि उसैले भनी।


"यो बच्चा लिनलाइ एक परिवार तयार भइसके। सामाजिक कार्यकर्ताले सबै मिलाइसक्यो। मैले बच्चा राखेर पनि के गर्नु हैन? आफै छ- छ महिनामा अस्पतालमा भर्ना हुनु पर्छ।" उसैले सोधी, उसैले उत्तर दिइ।


मैले उसको बारेमा धेरै सोध्नै परेन। बाइपोलार डिस्अर्डर रहेछ शायद स्किजोफ्रेनिया पनि, अरु पनि धेरै डाइग्नोसिस थिए। उसको अरु पनि हुर्किसकेका बच्चाहरु थिए तर उसङ थिएनन्। उ कोर्ट अर्डर कुरीरहेकी थी, मैले त्यसमा केहि मद्दत गर्न सक्छु की भन्ने पनि बुझ्न चाहन्थी। म केही गर्न सक्दिन थें। कुराकानी अन्त्य गर्ने मोडमा आएपछि उसले फेरि सोधी।


"तिम्रो जीबनको लक्ष्य के?"


"अँ---!" म अकमक्किए।


"लक्ष्य क्या लक्ष्य?" उ "गोल" "गोल" भन्दैथी मैले बुझिन कि भनेर।


म उसङ माफी माग्दै रिपोर्ट बुझाउने बेला भयो भनेर हिँडे।


मेरो कानमा उसको सोधाइ गुन्जिरहेको थियो "तिम्रो जीबनको लक्ष्य के?"


कथाको शीर्षक नैं क्रमश: छ नि है?


to be continued..

Last edited: 26-Sep-10 01:56 PM
Last edited: 26-Sep-10 02:06 PM

 
Posted on 12-08-10 2:31 PM     [Snapshot: 3293]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चिकै गार्हो परेछ फुच्ची नर्सलाई
मैले भए पहिला हासी हासी फकाएर काम लाउछु र पनि उही पारा देखाउन थाले  "गोर्खाली रिस" देखाएर तर्साउथे 
 ल दुई चार जना चाहियो भने भन्नु है 
 
Posted on 12-08-10 5:35 PM     [Snapshot: 3319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la al Nikki sanga bolchal suru bho. Big surprise Nikki on meditation. I would try to have longer conversation with her and find the reason why she misbehaves the way she did. ANother option I will tell you after I read your next part hai. 
 
Posted on 12-09-10 1:17 PM     [Snapshot: 3393]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम त राक्षस भए पनि मन चाँही देउताको जस्तो रैछ, जति माफ गर्नु पर्छ भने पनि मनमा चाँही चित्त दुखेको कुरा चाँही सम्झि  रहने रैछ, प्रयास तैपनि प्रयास  जारी छ।


गोर्खाली रिस कसरी देखाउने हो, हामीलाई नि सिकाउनुस् न stat गुरु ज्यु! त्यो सिकेपछी त मै तह लाउछु नि दुई चार जनालाई।


त्यही त! नर्थपोल ज्यु! निक्की साँच्चि नै परिवर्तन भैरहेकी छे आजकाल। कतै सन्यासिनी त हुँदैन जस्तो लाग्छ मलाई पनि। शँकै छ है ? 


 
Posted on 12-09-10 2:34 PM     [Snapshot: 3414]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले भन्न खोजे को चाही छमा गर्नु तर नबिर्सनु. अनि देउता को मन कस्तो हुन्छ था छैन है मलाई. आफु परियो पूर्ण नास्तिक, त्यो भन्छ नि atheist.

बरु अर्को भाग पो कहिले आउने हो.

 
Posted on 12-16-10 6:15 PM     [Snapshot: 3575]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy


khai ta arko bhag. yeso garna bhayena hai, dherai kurauna hundaina.


 
Posted on 12-17-10 8:08 AM     [Snapshot: 3645]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु,  सरी है धेरै कुराएकोमा !


आज जसरी पनि नयाँ भाग आँउछ।


 त्रिश्ना ज्युलाई  मैले कहाँ देखेको जस्तो लाग्छ नि, चिनेको चिनेको जस्तो लाग्छ,   निक्किको साथी त हैन?


 
Posted on 12-17-10 11:00 AM     [Snapshot: 3672]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haahaa

Last edited: 17-Dec-10 11:01 AM

 
Posted on 12-17-10 12:59 PM     [Snapshot: 3698]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१३



"तिमीले कफी पियौ? अघि बनाएको सकिसकेछ। अर्को खेप पनि बनाउदैछु।" ज्याकले मेरो नामै नलिकन मलाइ भन्यो।


"ठिक भन्यौ ज्याक! अहिले मलाइ कफीको जरुरत छ। मेरो दिमाग कफीबिना सुस्त भएको छ।" मेरो कुरा सुनेर ज्याक हाँस्यो।


ज्याक सधैँ सबै स्टाफको लागि कफी बनाउछ। म पनि १-२ कप पिउछु। पहिले पहिले ३ कप पनि पिए तर निदाउन सकिन। आजकाल १ कप मात्र सिमित पिउछु। घर गएर चिया पनि नपिइ हुन्न, बानी नै भैसक्यो। जे जस्तो भए पनि ज्याकले बनाएको कफी कडा हुन्छ, त्यसको स्वाद अरुले बनाएको भन्दा फरक हुन्छ। आजकाल कफि नपिइ काम गर्नै मन लाग्दैन।


सुफी बेला बेलामा नजिकिन आइ तर मैले उसको र मेरो बिचमा जहिले पनि एउटा लक्ष्मण रेखा कोरिदिए। त्यो साँझ यही बिषयमा निक्किसङ मेरो कुरा भयो।


"मन नपरेको मान्छेले दिएको अम्रित नि खाँदिन म त।" यसरी प्रसङ उक्काए मैले।


"मैले दिएको बिष नि।" निक्किले जिस्काइ।


"मलाइ बाँचेको हेर्न सक्दिनौ?" म पनि जिस्किए।


"कहिले कहि तिमी बाँचेको हो कि हैन जस्तो लाग्छ।" निक्कि शायद सिरियस थी।


"हँ? के भन्यौ? तिमीले मैले श्वाश फेरेको देखेकि छैनौ?" मैले आफ्नै स्वाशप्रस्वाश क्रियामा ध्यान दिए, स्वाश लिने र फाल्ने प्रक्रिया क्रमश जारी थियो।


"तिमी हरेक कुरालाइ किन यति धेरै जटिल बनाउछौ?" निक्किले मेरो ध्यान स्वाशप्रस्वाश क्रियाबाट उसको प्रश्नतिर तानी।


"हो र? म जटिल छु जस्तो लाग्छ तिमीलाइ?" मैले सोधेँ।


"जाबो त्यो सानोतिनो घटनालाइ मनमा किन त्यसरी गाँठो पारिरहन्छौ?" निक्किले के भन्न खोजेकी हो मैले बुझिन।


"मेरो मनको गाँठो पनि देख्यौ?" मैले ठट्टा गर्न खोजे।


"हिजोको कुरालाइ हिजै सम्झ। आज पनि हिजोमै बस्ने तिम्रो बानी राम्रो छैन।" निक्किले बल्ल कुरा फुकाइ।


"तर मनमा लागेको चोट त हिजोको आजै निको हुदैन नि हैन? कि त्यस्तो औषधी पाइन्छ कतै?"


"कमन! क्रेजी! तिमी जहिले पनि आफ्नो चोटलाइ सुमसुमाएर जोगाइराख्छौ, बचाइराख्छौ। निको हुनै दिदैनौ। तिमीलाइ त्यो बिसेक भयो भने अर्को चोटको जरुरत हुन्छ।" निक्किले यसरी भनी मानौ उसले मेरो मन र चोटको धेरै गहिरो अध्यन गरेकी छे। म एकैछिन चोटहरुको बारेमा सोच्न थाले। कुन चाहि सबैभन्दा मेरो प्यारो चोट हो भनेर खोज्न थाँले।


"सरी, यदि मैले तिम्रो चित्त दुखाए भने" निक्किले सरी भनेपछि म झसङ भए।


"हैन! तिमीले ठिक भन्यौ, मसङ सार्है संबेदनशील मुटु छ। बेला बेलामा दुखिरहन्छ।" मैले हास्ने कोशिस गरे।


"प्लिज! त्यो आफ्नो स्टाफहरुसङ भएको सानोतिनो बिबादलाइ धेरै ठुलो नबनाउ। हरेक मानिसमा कमजोरी हुन्छ। त्यही कमजोरी सम्झेर माफ गरिदेउ। हैन भने यसपाली पनि तिमी काम गर्न सक्दैनौ र हरेक दुइ महिनामा तिमी काम परिबर्तन गरेर सुखी पनि हुन सक्दैनौ। सबै ठाँउमा सबै किसिमका चरित्रहरु हुन्छन्। यो बिलुकुलै सामान्य कुरा हो। तर तिमी जहिले पनि "पर्फेक्ट्" सँसार खोज्छौ। त्यो कहि पनि हुँदैन।" निक्कि यति धेरै कुरा कसरी बोल्छे कहिलेकहि मलाइ बिस्वाश गर्नै गार्हो हुन्छ।


"तिम्रो मतलब "बिर्स र माफ गर" भनेको हो??" यही नै मात्र बुझे मैले।


"एक्ज्याक्ट्ली! त्यही हो हाम्रो जिबनको मुल मन्त्र।" निक्किको स्वर अलि ठुलो भयो।


"म बिर्सिन सक्दिन, नबिर्सेपछि माफि कसरी गर्ने?" निक्किलाइ हेरे मैले। उ बोलिन। नङ्को पालिस कोतरीरही।


"तिमी बिर्सिन सक्छौ? अनि माफ गर्छौ सजिलै?" मैले फेरि सोधे।


"हरेक कुरा प्रयास गर्नु पर्छ, नसकिने केहि कुरा छैन। मलाइ थाहा छैन कसरी? तर सम्भव छ।" निक्कि नेल पलिश रिमुबर लिन गइ। उ नेल पलिश लगाउछे तर भोलिपल्टै मेट्छे। मलाइ त्यो झन्झट गर्न मन लाग्दैन।


मैले सोचे, निक्कि एकछिन ब्यस्त छे। आज मै खाना पकाउछु। भात बसाले, तरकारी र दाल अस्तिकै थियो। पकाउने झन्झट गर्नै परेन। अचार सिसीकै भए पनि हुन्छ। जुठो भाँडाहरु माझे। बाताबरण एकदमै शुन्य लाग्यो। यताउति हेर्दा निक्कि देखिन। उ बाहिर जाने भए भनेरै जान्थी। कहि जाने काम पनि थिएन। एकैछिनमा भात पाक्यो। बेलैमा खाएर बस्यो भने पछि फेरि उठेर खानु पर्दैन भन्ने सोचेर मैले निक्किलाइ खोज्न थाले। बाथरुममा थिइन। क्लजेटमा लुगा मिलाउदै होलि कि भनेर हेरे, त्यहा पनि थिइन। बाहिर कता कता उसको आवाज सुने जस्तो लाग्यो। कौसीको ढोका खोलेर हेरे, निक्कि कसैसङ फोनमा कुरा गरिरहेकी थिइ। उसको अनुहार तनाबमा थियो। स्वर पनि चिडचिडो सुनिएको थियो। निधारमा गाँठो परेको थियो। मैले उसको ब्यक्तिगत कुरा होला भनेर कौसीबाट फर्के। केहिबेरपछि निक्कि निन्याउरो अनुहार लिएर फर्की। मैले उसलाइ हेरिरहे। उ बाथरुम गइ। शावरको आवाज सुनियो, त्यस आवाजभित्र निक्किको हिक्काहरु सुनिएन तर मैले अनुमान गरे केहि भैरहेछ। उ बाथरुमबाट बाहिर आँउदा उसका आँखाहरु राता भएका थिए।


"मेरो बुबा सिकिस्त बिरामी हुनु हुन्छ रे। फुपुले भर्खरै फोनमा भन्नु भएको।" निक्किले आफै भनी।


"अनि?" मैले सोधे मात्र।


"उहाँलाइ एकचोटि फोन गर्न भन्नु हुन्छ फुपु।" निक्किले आँखाबाट झरेको आँशुलाइ हातैले पुछि। मैले टिस्स्यु दिए।


"तिमी चिन्ता नगर!" मैले यसै भनिदिए।


"मलाइ थाहा छैन त्यो बुबा जो सङ मैले कहिले पनि बुबाको आत्मीयता अनुभव गर्न सकेको छैन, कसरी र कुन नाताले कुरा गरु? मलाइ त यो पनि थाहा छैन म दुखी किन हुनु? मैले कहिले उहाको माया पाएकी छैन, उहालाइ मैले केबल "बुबा" भनेर मात्र चिनेकी छु। उहाले कहिले मेरो बारेमा सोध्नु भएको छैन। म यत्रो बर्ष यहा आएर बस्दा पनि एकचोटि कस्तो छौ भनेर फोन पनि गर्नु भएको छैन। त्यो ब्यक्तिको लागि मैले कसरी फिलिङ्स् बनाउनु अहिले?" निक्कि फेरि रुन थाली।


मैले बल्ल सम्झे, निक्कि उसको आमा बितेदेखि मामाघरमा हुर्की, उसको बुबाले दोस्रो बिहे गर्नुभयो र त्यही परिवारसङ बस्नुभयो। निक्किले आफ्नै हजुरबुबालाइ बुबा ठानी र मामाघरलाइ आफ्नो परिवार। उसले जन्मदिने बुबालाइ "बुबा" भनेर मात्रै चिनि, कहिले त्यो बुबाको माया कस्तो हुन्छ भनेर थाहा पाइन।


"फिलिङ्स् छैन भने छैन, औपचारिकता पुर्‍याउनको लागि एकचोटि फोन गरिदेउ न त!" मैले जे मनमा आयो त्यही भनिदिए।


"त्यही त गार्हो छ मलाइ। म मुखले मात्रै कसरी ठिक्क पाँरु ? मेरो मनले मान्दै मान्दैन। म त्यो नभएको माया कहाबाट महसुस गरु?"" निक्कि एकोहोरो भित्तातिर हेर्न थाली। म सोच्न थाले के गर्न सकिन्छ भनेर?


"क्रेजी! म सङ पनि त्यो सफ्टवेयर छैन।" निक्किले मौनता तोडी।


"हँ?" मैले कुन सफ्टवेयर अहिले कसरी आयो भनेर सोचे।


"त्यही "बिर्स र माफ गर" भन्ने। सरी है अघि मैले तिमीलाइ के के भने।" निक्कि साँच्चि नै माफी मागीरहेकी थिइ।


"तिम्रो जस्तो परिस्थितिमा म पनि त्यही भन्थे। तर हामी मानब हौ, समयसङै परिबर्तन हुदै जान्छौ। आजको सत्य भोली सत्य नहुन सक्छ। तिमीले अघि जे भन्यौ ठिकै भनेको थियौ। अहिले त्यो अपनाउने अबस्था मात्रै फरक भएको छ।" मैले त्यति मात्रै भन्न सके।


"तिम्रो बिचारमा के लाग्छ? त्यो बुबा जो मेरो बुबा कहिले भएन, कहिल्यै मलाइ बुबाले दिने माया दिएन र मैले पनि छोरीको माया दिन सकिन, उ बिरामी छ भन्दैमा मैले फोन गर्नै पर्छ? औपचारिकता निभाउनै पर्छ?  उ मेरो उत्तरको प्रतिक्षामा थी।


कस्तो धर्मसंकटमा पारी मलाइ निक्किले। म के भनु?


क्रमश:


 


 


 
Posted on 12-17-10 1:14 PM     [Snapshot: 3705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन,  बब्लीले के लेखेकी हुन्! फेरि किन मेटाएकी हुन्? कुरो केहि बुझ्न सक्या हैन--
 
Posted on 12-17-10 2:28 PM     [Snapshot: 3720]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आज शुक्रबार जस्तो भयो फुच्चिको कथा पढ्न पाएर
"मन नपरेको मान्छेले दिएको अम्रित नि खाँदिन म त।" मेरो जस्तै बानी रैछ नि क्रेजी को पनि, मलाई त ठिकै लाग्छ धेरै लाई ठीक नलाग्न पनि सक्छ
बिचरा निक्की लाई पनि पिडा रहेछ त्यसै गाली गरियो  त्यो निक्किलाई "आफ्नो छोरा को बाउ लाई फोन गर्नु भन्दा पहिले आफ्नो बाउ लाई फोन गर्नु उचित हुन्छ" भने कसो होला
Last edited: 17-Dec-10 02:29 PM

 
Posted on 12-17-10 2:41 PM     [Snapshot: 3729]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै फुच्चि फुच्चि भन्ने हैन stat!


आफु कति नै ठुलो जस्तो? हे हे!


मैले ५ के जि बढाइसके, उचाइ चाहि अलि अग्लो हिल किन्दैछु।


भने पछि statको  छोराको बाउलाइ फोन गर्नु अघि निक्किको बाउलाइ फोन गर्नु भन्ने रे? हुन्छ हुन्छ त्यसै भनिदिन्छु।


 
Posted on 12-22-10 7:29 PM     [Snapshot: 3976]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जय होश crazy को, पढ्न पाइयो नि
मलाई चिनेको त हो नि, कहाँ नक्कली निकी को साथी हुनु, म त बिरामी क्या त, अस्ती discharge भा को
 
Posted on 12-26-10 8:22 AM     [Snapshot: 4117]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बल्ल क्रेजीको कथा पढने टाइम पाए...


 
Posted on 12-30-10 1:32 PM     [Snapshot: 4282]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१४


निक्की मेरो जवाफ कुरिरहेकी थी, मैले उसलाई सिधै हेर्न सकिन। मलाई के थाहा? मैले के गर्नु पर्छ यदी म निक्की भएकी भए? कहिले कही जवाफ किन यती धेरै गार्हो हुन्छ? किन हरेक प्रश्नको उत्तर दिनै पर्छ? किन कुनै प्रश्नलाई प्रश्नमै सिमित राख्न सकिदैन? जिन्दगीलाई देख्नासाथ प्रश्नको सिलसिला शुरु हुन्छ। के प्रश्न बिनाको जिबन सम्भव छैन? मनमा यस्तै कुराहरु खेल्न थालेपछि मलाई बाथरुम जाउ जाउ लाग्यो। आवश्यकता भन्दा पनि निक्किको प्रश्नसँग भाग्ने मौका चाहिएको थियो।  म उठेँ, बाथरुममा पसेर आफ्नै अनुहार हेर्न थाँले, सेतो सेतो दाग जस्तो देखे देब्रे गालामा। मोहोर जत्रो पो छ त। लौ न के आयो? मन आतियो। अस्तिसम्म केही थिएन। बर्बाद भयो। के लायो भने जाला? छालाको डक्टरका गएर फेरि भेटी टक्राउनु पर्‍यो कि क्या हो? आर्थिक स्वास्थ्य गडबढ भैरहेको बेलामा किन यस्तो हुन्छ?  म तुरुन्तै बैठक कोठामा आए। निक्की मार्ल्बोरो लाइट सल्काएर कश तान्दै रैछ, मलाई देख्ना साथ एउटा सिगरेट झिकी। साथीलाई साथ नदिने नि कोही साथी हुन्छ? खासै स्वाद  नभए पनि मैले सल्काए र लामो कश तानेर मुखबाट फाले। जिब्रो  टर्‍ओ भयो, घाँटी खसखस भयो, कोक्याउन थाल्यो। खोक्न थाँले तर केही बेरमै ठीक भयो।


"निक्की हेर! मेरो गालामा दाग आएछ!" मैले देब्रे गाला देखाए।



"दाग? कसरी?" अलि नजिक आएर हेरी।



"खोइ? अस्ति सम्म थिएन, भर्खरै आएको जस्तो छ। के गर्ने?" म अतालिए।



"मैले त देखिन।" निक्की चुरोटको धुवा पन्छाउदै अझै वर आएर नियाली।



"तिम्रो आँखा पनि अचम्मको छ। त्यत्रो ठुलो दाग पनि देख्दैन। ठ्याक्कै मोहोर जत्रो छ।" प्राय निक्किले नजिकको केही देख्दिन चाहिने कुराहरु।



"मेरो आँखा कमजोर छैन।" निक्किले प्रतिवाद गरी।



"उसो भए मेरो आँखा कमजोर त?" मैले अलि रुखो स्वरमा भने।



"पख! म टर्चलाइट लिएर आँउछु।" निक्की उठन लागेकी थी, मै फेरि उठेँ, बाथरुम गए र फेरि हेरे। सेतो छाया जस्तो छ त। कि निक्की मलाई उल्लु बनाउदैछे? फर्केर चुपचाप बसे।


म के गरु?" मलाई दागको पीर परिरहेको थियो।



"भैगो, टर्चलाइट चाहिएन।" मैले फेरि सेतो दाग सम्झे।



"के भन्छे यो केटी?" निक्की अचम्म परी।


 
म अलमल परे। उसलाई आँखैले सोधे।



"बुवालाई फोन गरु कि नगरु?" बुझे  उसले के सोधेकी भनेर।


 
"तिमीलाई के लाग्छ? तिम्रो मनले के भन्छ?" मैले उसैलाई सोधे।



"मेरो मन मान्दैन। अझै गार्हो छ।" उ उदास भै।



"तिम्रो मन मान्दैन भने मान्दैन।" सजिलो पारिदिए।



"तर समाजले के भन्ला? अरुले के भन्लान?" अब उ सामाजिक हुन खोजी।



"तिमीलाई के गर्दा खुशी लाग्छ, त्यही गर।" मेरो टाउको दुख्ला दुख्ला जस्तो भयो।



" म कुरा गर्दिन। म जे छु त्यसैमा खुशी छु।  किन हुन नसकेको साईनो केलाएर अरु दुखी हुँ?" उसले अन्तिम सर्को तानी र सिगरेट निभाइ। बेडरुममा गै, एकछिन शुन्य जस्तो लाग्यो। फेरि बाहिर निस्की। मेरो अगाडी आएर उभी रही।



"यदी केही भै हाल्यो भने?" उसले फेरि मलाई सोधी।



"केही भै हाल्यो भने भनेको मत्लब?" उसैलाई प्रश्न गरे।



"बुवालाई तलमाथि भयो भने। के मलाई जिन्दगीभरी अन्तिम अवस्थामा पनि कुरा नगरेको भनेर पस्चाताप होला?" फेरि उही कुरा।



मैले उसलाई के भने ठीक होला? सोच्न थाले। फोन कहाँ छ खोज्न थाले। ब्यागमा, र्याकमा र सिरानीमा खोज्दा नि नपाएपछी निक्किकै फोन मागे। उसले तुरुन्तै दिइ।



"ल फोन नम्बर भन!" निक्की छक्क परी।



"तिम्रो?" उसले मेरो फोन खोज्न लागेको होला भन्ने सोचिछ।



"तिम्रो बुवाको! नेपालको नम्बर!"  उसले एक्छिन मलाई हेरी, त्यसपछी भित्र गएर एउटा सानो डायरी ल्याइ। उसले भनेको नम्बर मैले थिच्न थाले।



३-४ रिङ्ग गएपछी उताबाट कसैले उठायो।



"हलो!" पुरुष स्वर थियो, शायद उसैको बुवा थियो। मैले हत्त न पत्त फोन निक्किलाई दिए। उ फोन समातेर कानमा राखेर उभिरही।


उताबाट फेरि आवाज आयो "हलो! हलो!" निक्कि बोलीन, आँफै लाइन काटिदिइ।



मैले केही भनिन।



"शायद आज म केही भन्न सक्दिन!" निक्की आँफैले कारण बताइ।



"--" मैले केही भन्नु थिएन।



"जस्तो कि तपाईंको स्वास्थ्यलाभको लागि भग्वानसङ कामना गर्दैछु। तपाईंलाई अहिले कस्तो छ? चिन्ता नगरनुस्!" निक्की के के भनिरहेकी थिइ। "केही बोल्नु अघी मैले धेरै चोटि अभ्यास गर्नु पर्छ।"
 


मलाई निक्किको माया पनि लाग्यो, सहानुभुति जस्तो अनुभव भयो। "बिचरी" मनमा यस्तै सोच्दै मेरो हात फेरि गालामा पुग्यो र फेरि सम्झे सेतो दाग!



"निक्की! म के गरु?" मैले गालाको दागतिर औंलाले देखाए।



"मैले त केही देखिन।" निक्किले छोटो जवाफ दिइ।



उ सोचमग्न थिइ।



अफसोचको कुरा मैले उसको मनको आधिबेहरी अनुभुत गर्न सकिन र उसले मेरो गालाको दाग देखिन।


क्रमश:
 

Last edited: 07-Jan-11 05:59 AM

 
Posted on 01-04-11 1:39 PM     [Snapshot: 4458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब फुच्चिको गालामा सेतो दाग आएछ । कि कालो दाग हो आँखा तल्तिर? 

फुच्चिलाई फुच्ची भन्दा चित्त दुखेछ लौ त अब देखी DD भनौला, यस्को अर्थ नसोध्नु नि फेरी, limited मान्छे लाई मात्र थाहा हुन्छ 



 
Posted on 01-14-11 8:45 AM     [Snapshot: 4690]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

साथीहरु, यो कथालाइ मैले समयमा निरन्तरता दिन नसकेकोमा माफी चाहन्छु। म यसलाइ समाप्त गर्न चाहन्छु तर लेख्न बाकि कुराहरु धेरै छन् जस्तो लाग्छ। समय ब्यस्तताको बाबजुद पनि यो क्रमशको क्रमशलाइ पढिरहने सबै साथीहरुको धैर्यताको लागि म हृदयदेखि नै धन्यबाद दिन चाहन्छु।

भाग- १५

त्यो रात मैले धेरै सपनाहरु देखे, सम्झिनै नसकिने बिषयबस्तुहरु। म फेरि स्कुल गैरहेकी थिए, मलाइ फेल हुने चिन्ता थियो। त्यस्तै तनाब र सम्भाबनाहरुको तरङमा म ब्युझे बिहान। काममा जाने बेलामा मैले निक्किलाइ देखिन। उ बाहिर गइ या स्कुल? थाहा भएन। जिन्दगीलाइ धकेल्ने क्रम शुरु भयो।

काममा उहि चिरपरिचित अनुहारहरु थिए, एक दुइजना नया अनुहारहरु थपिए। रिपोर्ट दिनेले नया बिरामी भर्ना गर्नु पर्ने जानकारी गरायो। आबश्यक तयारीहरु गरे। सोध्नुपर्ने प्रश्नहरुको लिस्ट प्रिन्ट गरे। कुनै प्रश्न सोध्न मन लाग्दैन तर सोध्नै पर्छ। सोध्न मन लागेको कुराहरु सोध्न मिल्दैन। ब्यक्तिगत गोप्यताको सम्मान गर्नु पर्छ। यो देशमा धेरै अधिकारहरुको आदर गर्नु पर्छ। त्यसमा पनि बिरामीले चाहेमा उपचार अस्वीकार गर्ने पनि अधिकार छ। जबरजस्ती औषधी खुवाउन मिल्दैन। यस्तै कुराहरु सोच्दा सोच्दै मेरो सोचाइ टुट्यो।

"लौ, आयो नया बिरामी।" सुफीको अट्टहासले म झस्के। उ स्वाभाबिक हो वा अस्वभाबिक रुपमा जहिले पनि "हा हा हा" गरेर हाँस्छे। बोल्नु अघि र बोलिसकेपछि।

नयाँ बिरामीलाइ परैबाट सरसर्ती नियाले। छोटो केश, गोरो अनुहार, शरीर अलि ठुलो, यस्तै २०-२२ कि होली। अनुहार हेर्दा लोग्ने मान्छे जस्तो तर गुलाबी लामो स्कर्ट लगाएकी, उदाश मुहार, एउटा मेचमा बसेर पुलुपुलु चारैतिर हेरिरहेकी।

मैले आफ्नो परिचय दिए र कुरा शुरु गरे "तपाइ यहा आउनुको कारण?"

"म मर्न चाहन्थे, पुलबाट नदीमा हाम्फाल्ने तयारी गर्दैथे,  तर पुलिसहरुले समाते र यहा ल्याए।" मैले उसको कुरा सुन्नु भन्दा पनि उसले जे भनेको त्यही लेख्नु थियो रिपोर्टको लागि।

"तपाइको कुरा सुनेर मलाइ दुख लाग्यो! के तपाइमा अझै त्यस्तो मर्ने बिचार आइरहेको छ?" मैले खतराहरु केलाउनु पर्थ्यो, उ पँखामा झुन्डि वा केहि तिखो सामान भेटाएर आफैलाइ घाइते गरी भने मेरो जागीर जान्थ्यो।

"यहा त म मर्दिन!" उसले लामो सुस्केरा हाली।

"यदी तपाइमा त्यस्तो सोच आए मलाइ वा यहाका स्टाफहरुलाइ तुरुन्त भन्नु होला।" मैले उसलाइ अनुरोध गरी।

"सबै मलाइ छि छि दुर्दुर गर्छन्।" उसले आखाको कुनाबाट खस्न लागेको आसुको ढिक्कालाइ  हातैले पुछि, मैले टिस्स्यु दिए तर लिन मानिन।

त्यसपछि बरर आँशु झारी, म कुरि रहे। उसलाइ रुन दि रहे। मलाइ उ किन रोएको थाहा थिएन।

"मलाइ पुरुषको माया कस्तो हुन्छ अनुभव गर्न मन लागेको छ। तर कुनै लोग्ने मान्छेले मलाइ माया गर्दैनन्।" उसले फेरि भनी।

म सङ त्यसको उत्तर थिएन। म पुरुष हैन, यदि भएको भए पनि म उसलाइ माया गर्न सक्दिनथे। उ बिरामी, म कर्मचारी। उ जवान थी, तन्दरुस्त थी, शारीरिक रुपमा हेर्दा उसको जवानी भरिपूर्ण थियो। लोग्ने मान्छेलाइ उसित आकर्षण नहुनुको के कारण हुन सक्थ्यो? मैले उसको शरीरको माथिल्लो भागलाइ हेरे, ती उन्नत तर बेमौसममा पाइने फलहरु जस्ता देखिन्थे।

"म तिम्रो दुख अनुमान गर्न सक्छु।" मैले पढेको र कसैको दुखलाइ अनुभुत गर्न नसके पनि बुझेको जस्तो गरी बोल्नु पर्ने रेडिमेड बाक्य बोले।

"म आराम गर्न चाहन्छु। तर त्यो भन्दा पहिले नुहाउन चाहन्छु।" उसले फ्रेश हुने बिचार गरी।

आत्महत्याको अबस्थामा आएको बिरामीलाइ नुहाउन पठाउदा कर्मचारीको निगरानी हुनु पर्छ। मैले झल्यास सुफीलाइ सम्झे।

"तिमीले मलाइ कुनै पनि कोणबाट पुरुष देख्यौ?" सुफीले मलाइ अफिसतिर लगेर सोधी।

"अहँ!" मलाइ झनक्क रिस उठ्यो। " मैले तिमीलाइ कहिले लोग्ने मान्छे भने सुफी?"

"अनि किन त त्यो बिरामीलाइ नुहाउन पठाउदा म सङै जानु पर्ने त?"। उसले मलाइ सिङै निलुला जस्तै गरी भनी।

"सुफी, पहिलो कुरा त म तिम्रो हाकिम हुँ र दोस्रो कुरा त्यो बिरामी भर्खरै आत्महत्याको गर्ने कोशिश गरेको ब्यक्ति हो। उसलाइ एक्लै नुहाउन दिन मिल्दैन। उ भित्र शावर लिन्छ तिमी बाहिर बसेर निगरानी गर्नै पर्छ। उ बाथटब मै डुबी भने को जिम्मेबार हुन्छ?" मैले पनि आफ्नो स्वरको भोलुम ठुलो पारे।

"त्यसो भए ज्याकलाइ बोलाउन त!" सुफी झर्की।

"तिमी किन निगरानि पनि गर्न सक्दिनौ त?" मैले सोधे फेरि।

"त्यो बिरामी केटी हैन-- केटा हो। म केटा नुहाएको निगरानी गर्न सक्दिन" सुफी एकातिर फर्की, मेरो मुख हेर्नै नपरोस् जस्तो गरी।

मेरो टाउको एकछिन रन्थनियो। साँच्चै शुरु देखिनै मलाइ त्यो बिरामीको शरीरमा के नमिलेको के नमिलेको जस्तो लाग्दै थियो तर जति चोटि हेर्दा पनि उसको पूर्ण बिकसित बक्षले केटा हैन भनेर मलाइ प्रमाण देखाउदैथियो। बिरामी अति मसिनो स्वरमा कुरा गर्थी। लज्जालु नबयौबना जस्तो। मैले कहानिर के भुल गरे त?

"उसको शरीर त केटि कै जस्तो देखिन्छ त!" मैले सुफीलाइ बिस्तारै भने।

"शरीरको तलतिर उ केटा हो, माथी मात्रै के के औषधी खाएर केटिको जस्तो बनाएको।" भन्दै सुफी गइ।

म झल्यास्स भए, बिगतमा मैले डान्सक्लबमा त्यस्तो केटाहरु देखेको थिए, जो ठ्याक्कै केटि जस्तै देखिन्थे तर स्वर चाहि केटाको जस्तो हुन्थ्यो। तर मैले उनिहरुको शरीर पुरै शल्यक्रियाद्वारा परिबर्तन गरेको होला भन्ने सोच्थे। उनिहरुलाइ सोध्न अप्ठ्यारो लाग्थ्यो, साथीहरुलाइ त्यो बारे कुरै मन पर्दैनथ्यो।


"मलाइ बोलाएको हो?" ज्याक मेरो अघि उभियो।

"छैन त!" मैले बोलाए कै थिइन।

"सुफी भन्थी, कसलाइ हो नुहाउन पठाउनु पर्छ रे। अनि निगरानी गर्नु छ रे।" ज्याकले आफै भन्यो। सुफी नि धेरै बाठी छे।

"ए, हो त! त्यो नया बिरामी छ नि?" मैले पुरै भन्नै पाएको थिन, ज्याकले मेरो कुरा बिचैमा काट्यो।

"त्यो ट्र्यानी (Transgender )हो, म त सक्दिन त्यस्तोलाइ निगरानी गर्न।" ओठ लेब्रायो ज्याकले।

"उसलाइ एक्लै नुहाउन छोड्ने त? केहि गर्यो भने--?" मैले ज्याकलाइ सम्झाउन खोजे।

"त्यो मर्दैन! महिनाको दुइचोटि आउछ यस्तै बहाना गरेर। पटके बिरामी हो। बाहिर सुत्ने ठाउ भेटेन भने मलाइ आत्महत्या गर्न मन लाग्यो भन्छ र यहा आएर फ्रीमा १-२ रात आरामले सुत्छ, खान्छ र फेरि जान्छ।" ज्याकले नया बिरामीको बारेमा सबै बतायो।

कस्तो आपत! आधा शरीर केटी आधा केटा! मैले न केटीलाइ अर्हाउने न त केटालाइ। मैले सम्झे, उसले भनेको थियो, उ लोग्नेमान्छेको माया अनुभव गर्न चाहन्छ। ज्याकलाइ झन खतरा छ, उसले केहि गर्न खोज्यो र ज्याकले प्रतिबाद गर्यो भने जे पनि हुन सक्छ। हे भगवान! कस्तो कस्तो चुनौती हो यो?

"हेर, तिमी नया छौ। यस्तो धेरै कुरा तिमीले यहा देख्नेछौ। त्यो बिरामी आफै कन्फ्युजड् छ, उ केटा भएर जन्मियो तर आफुलाइ केटी सम्झिन्छ। उसले हामी सबैलाइ कन्फ्युजड् गर्छ। तर तिमीले चिन्ता गर्नु पर्दैन। त्यसले केहि गर्दैन।" शायद ज्याकले मेरो मनको कुरा बुझ्यो। तर पनि मैले त्यतिकै बेवास्ता गर्न मिल्दैनथ्यो।

"ज्याक, त्यसो भए म तिमीलाइ एउटा अनुरोध गर्छु, मान्छौ?" मैले ज्याकको मद्दत लिनै पर्ने भयो।

उ मलाइ आखैले के भनेर सोधीरहेको थियो।

"म त्यो बिरामीलाइ १० मिनेट दिन्छु नुहाउनलाइ, तिमी ढोका बाहिरै बसेर कान चनाखो पार। त्यस्तै डरलाग्दो वा उ लडेको वा डुबेको जस्तो लागेमा तुरुन्तै मलाइ खबर गर्न आउ। घडि हेरेर बस, १० मिनेट हुनासाथै उसलाइ हामीले बाहिर निकाल्नु पर्छ।" ज्याक खुशी थिएन र पनि उ सङ बिकल्प थिएन।

"धन्यबाद, ज्याक!" मैले उसको सहयोगको तारिफ गरे।

बिरामीलाइ सबै शर्त र समयको बारेमा बताए। उसले मन्जुर गर्‍यो।

"के तिमी आमा भइसक्यौ?"अन्त्यमा उसले मलाइ सोध्यो।

"यो प्रश्नको के अर्थ?" मैले सोधे।

"मानिसहरु मेरो कन्फ्युजड अबस्थालाइ बुझ्दैनन् र मेरो खिल्ली गर्छन्, मलाइ जोकर ठान्छन्, म भित्रको यो जटिलतालाइ बुझ्ने प्रयास गर्दैनन्। हो म जन्मिदा केटा थिए तर मैले आफुलाइ केटी मात्र अनुभव गरे। प्रकितीको यो चुनौतीलाइ अरु कसैले नबुझे पनि जन्म दिने आमाले मात्रै सन्तानको पीडा बुझ्न सक्छिन।" उसको कुराको गहिराइमा कता कता मलाइ पनि बुझे बुझे जस्तो लाग्न थाल्यो।

"एकैछिनलाइ सोच त! कुनै दिन तिमी आमा बन्यौ र तिम्रो आफ्नै सन्तान म जस्तै जन्म्यो भने के तिमी पनि उसलाइ अरुले जस्तै हेला गर्न सक्छौ?" उसको यो प्रश्नले म भित्र कतै छोइदियो। मेरो आखाहरु सजल हुनु अघि मैले उसलाइ नुहाउन पठाए र आएर घोरिन थाले।

मेरो प्रश्नहरुको ठेलीमा अर्को एउटा प्रश्न थपियो।

क्रमश:

 

Last edited: 14-Jan-11 08:47 AM
Last edited: 14-Jan-11 09:09 AM

 
Posted on 01-14-11 8:56 AM     [Snapshot: 4700]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लगे रहो क्रेजी! 

 
Posted on 01-14-11 9:01 AM     [Snapshot: 4705]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy,
Kramasha mai katha sake bhandine...!
HOw about we wait until you have time to write more.... (kurekai ta ho ni yetro din)... hehehe
 
Posted on 01-14-11 9:13 AM     [Snapshot: 4712]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते, धन्यवाद साथी!

गुच्चाचोर ज्युले आज बिहानै के खानु भयो होला? मैले त क्रमश सक्यो भनेको जस्तो लाग्दैन, कि भने? हुन त, म हिजो १२ घण्टा सुतेर फ्रेश उठेको, के भएछ हँ?

छैन, छैन, क्रमश: सकेको छैन!


 
Posted on 01-14-11 9:32 AM     [Snapshot: 4724]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You said: you want to finish it.. I thought you won't write it...
kehi khako hoina... katha padhna hatar bhako.. mathiko chahi chhito chhito padhechhu.. ;-)


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters