[VIEWED 140860
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 07-22-05 2:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिलो धागो: http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060 साथीहरु, सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु। प्यारा पाठकहरु, बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ? धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला। ------ ओके
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-26-05 4:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कक्षा ९ को बार्षिक परिक्षा आउनु १ हप्ता अगाडि 'अब त अति नै भयो' भन्ने सोचि मञ्जुसँग सोध्ने बिचार गरेँ। घरमा सोध्ने हिम्मत आएन। स्कुलमा टिफिनटाईममा सोध्नु पर्यो भनेर "मञ्जु, भोलि हाफटाईममा तिमिसँग केहि कुरा सोध्नु छ, त्यहि बरको चौतारोमा जाँउ है!" भनेँ। "के कुरा? अहिले नै भन्नुस् न" मञ्जुले अहिले नै जान्न चाहिन्। "गोप्यकुरा छ के, भोली स्कुलमा कुरा गरौँला नि हुन्न? एकदम गोप्य छ"। मेरो कुरामा मञ्जुले स्विकृति दिईन् "हुन्छ, किन नहुनु"। हामीले कुरा गर्दा मञ्जुको ममी अर्को कोठामा हुनुहुँदो रहेछ। हामीलाई केहि पनि नभनि उहाँ त सरासर भुईँतलामा झर्नुभो। भोलिपल्ट सदा झैँ मञ्जु र म स्कुल जान तयार भयौँ। मञ्जुको ममीले मञ्जुलाई स्कुल जान दिनु भएन। घनश्यामसरले पनि कुनै प्रतिकृया जनाउनु भएन। म मात्र लुरुलुरु स्कुल गएँ। म मञ्जुको घरमा बसेका दिनदेखी म एक्लै स्कुल त्यहि नै पहिलोपल्ट थियो। मञ्जुसँग कुरा गर्न पनि पाईन। त्यसपछि त झन् मलाई नरमाईलो लाग्यो। सोमबार देखि बार्षिक परीक्षा सुरु हुँदै थियो, अघिल्लो शुक्रबार सदा झैँ म आफ्नै घर गएँ। घरमा पनि केहि कुरा गरिन। सोमबार हुने अंग्रेजी बिषयको किताब पो हेर्नु प-र्यो भनेर बेलुका किताव पल्टाँउदा एउटा चिठ्ठी भेटेँ। चिठ्ठी मञ्जुले लेखेको रहेछ। "ओम दाई, समयसँधै आफूले सोचेजस्तो हुँदोरहेनछ। मानिसको रुपमा जन्मेपछि यो जीवन पनि बिभिन्न बाध्यता र परिस्थितिले बाँधिएर जेलिँदोरहेछ। सत्यकुरालाई पनि अनुमान र हल्लाहरुले छोपेर गुम्स्याँउदाँ रहेछन् यहाँ। मानिसको जात भनेको अर्काको राम्रो र भलो देख्नै नसक्ने भिड मात्र रहेछ। यहाँ आफ्नो सत्यतामा हिड्ने मानिसलाई केहि न केहि झुटा लान्छाना र अभियोगले टिक्न नसक्ने बनाउँदा रहेछन्। यस्तो पनि हुन्छ भन्ने कुरा त मैले सपनामा पनि सोचेकी थिएन्। जुन मैले कल्पना नै गरेकी थिईन्, त्यो कुरा आज म आफैँ भोग्दैछु। हामी सँगै ओखल्ढुंगा गएको र होटलमा बास बसेको कुरालाई लिएर ममीलाई दुनियाँले के के कुरा सुनाएछन्। तपाईँले स्कुलमा गर्ने भनेको गोप्य कुरा ममीले सुनेपछि त उहाँलाई झन् बढि बिश्बास भएछ। सबै कुरा यहाँ म गर्न असमर्थ छु, भन्ने समय आएछ भने अबश्यै भन्नेछु। म मात्र नभएर यो दुष्चक्रमा तपाईँ पनि फस्नु भयो। न त यस्मा तपाईँको दोष छ न मेरो। तर पनि अर्काको कुभलोमा रमाउने यस समाजको अगाडि हामीले के नै गर्न सक्छौँ र? मेरो एउटा बिनम्र बिन्ति छ, प्लिज तपाईँ मेरो घरमा अबदेखी नबस्नुस् है! हामीले अस्तिनै कुरा गरेका थिएम् नि, बरु तपाईँ एउटा कोठा खोजेर बस्नुस्, अनि तेहिँ ट्युसन पढाउनुस्। म पनि सकेसम्म केटाकेटी खोज्ने कोशिष गर्छु। कोठाको लागि त केहि समस्या छैन, पैसा तिरेपछि जहाँ पनि पाईहालिन्छ। ओमदाई, मैले ममी र बाबालाई सबै सत्यकुरा भनेकी छु। उहाँहरुले पनि कुरा राम्रैसँग बुझ्नु भा छ जस्तो लाग्छ तर पनि यो समाज नै यस्तो छ, के गर्नु। आसा छ, केहि समय पछि नै सबै कुरा ठीक हुँदै जाला। यी सब कुराको लागि सरी है! -मञ्जु" साझाल्यान्ड, ९ भदौ, २०६२
|
|
|
mahisasur
Please log in to subscribe to mahisasur's postings.
Posted on 08-26-05 4:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hya manju pani, khurukka maaf garideu na ta, ke bigrincha? Sajhabasi le dhanyabaad dinthe timilai, la maaf gardeu gardeu
|
|
|
chakman
Please log in to subscribe to chakman's postings.
Posted on 08-26-05 6:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
aba tapai OK, BOKE, JOKE, THoKE, jo sukai hunuhuncha, Tapiko katha lekhne kala chai malai sarhai man paryo. Lekhdai janush re kya
|
|
|
deletedUser**
Please log in to subscribe to deletedUser**'s postings.
Posted on 08-26-05 7:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pauna
Please log in to subscribe to Pauna's postings.
Posted on 08-26-05 10:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hare Provu, Katti dukha diyako hamro Om ji li.... Aba yo bhag print garayera ghaar ma lagyo bhanye sabai runchan. Ke garne, fasad!! Om ji, ajhai paskanus hai. Pauna lagne kram jari cha
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-28-05 7:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) बल्ल रहस्योद्घाटन हुँदैछ। हेर्दै जाम्। यल्लाई छपाम्नै पर्छ। ३१ अध्याय भयो भने स्वस्थानी जस्तै हुने भो।
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 09-01-05 9:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २६ आफैँलाई नै थाहा थिएन, के कुरा भयो मञ्जुको घरमा र किन मञ्जुले तेस्तो चिठ्ठी लेखिन् भनेर। फेरी यस्तो नराम्रो कुरा घरमा भनेर आमालाई किन पीर पार्नु भन्ने सोची नभन्ने बिचार गरेँ शुरुमा त। मञ्जुको घरमा बस्न नपाएपछि त केहि न केहि उपाय त गर्नै प-र्यो नि। बिचार गरेँ "अब एकहप्ता चाहीँ घरबाटनै जान्छु र परीक्षा दिन्छु"। घरबाट नै जान थाले पछि त घरमा थाहा हुने नै भयो, नभनि त सुखै भएन। "आमा, म यसपालीको परीक्षा घरबाट नै दिन्छु है" शनिबार बिहान उठेर गोठको धन्दा गर्न निस्किनु अघि आमालाई भनेँ। "किन, केहि नराम्रो भो कि क्या हो बसेको घरमा? कि के बदमासी गरेर आईस्?" आमाले केहि गडबड भएको सहजै अनुमान लगाउनु भयो। "हैन, त्यस्तो केहि हैन। हिँउदको समय छ। सधैँभरि के दु:ख दिनु अर्काको घरमा बसेर? भ्याउन्जेल त यहाँबाटै जाँदा भैगोनी। फेरी १ हप्ताको कुरा त हो, परीक्षा पछि माघसम्म त स्कुल बिदा भैहाल्छ।" मैले सकेसम्म ढाट्न खोजेँ। तर पनि आमाको अनुहारले नै मैले ढाँटेको कुरा थाहापाई सकेको जस्तो देखाउँथ्यो। आमाले गालि गर्नु होला र धेरै नै सोधखोज गर्नु होला भन्ने कस्तो डर लाग्यो आफूलाई त। "आमा, मैले पनि ट्युसन पढाउन थाले नि। पाँच जना छन्, महिनाको पचास रुपियाँ दिन्छन्। महिना पुगेर हिँजो एक महिनाको पैसा दिए नि ४ जनाले चाहिँ, २०० रुपियाँ। एकजनाले चाहीँ पछि दिन्छु भनेको छ। परीक्षाभरि बिदा भनेको छु ट्युशन, एक हप्तालाई।" मैले कुरा अर्कैतिर मोड्न खोजेँ, ताकी आमाले अघिको कुरामा धेरै सोधखोज नगर्नुहोस्। त्यसबेला सम्म मैले ट्युशन पढाउने कुरा घरमा गरेको थिईन। फेरी शुरुसुरुमा त 'केटाहरुले लामो समयसम्म पढ्लान् र पैसा पनि देलान्' जस्तो लागेको थिएन। "ल लिनुस् आमा, यो २०० रुपियाँ, अलिअलि गरेर जम्मा गर्नु पर्छ र भाईबहिनीलाई स्कुल पढाउनु पर्छ" मैले पैसा दिएँ। आमाले पैसा समाउन मान्नु भएन र मलाई त गालि पो गर्न थाल्नु भो "के हो, तँ कतै बसेको घरबाट पैसा चोरेर भागेको त हैनस्। यो पैसा लगेर जहाँबाट ल्याको हो खुरुक्क लगेर दे! तँबाट यस्तो काम होला भन्ने त मलाई कहिल्यै लागेको थिएन। मैले त तँबाट ठूलो आसा गरेकी थिएँ।" मलाई बोल्न पनि नदिकन आमा त आफैं रुन पो थाल्नु भो। आमाले मलाई यसरी गाली गरेको मैले थाहा पाएर यो नै पहिलो पटक हो। मलाई सारै नै नरमाईलो लाग्यो। आमालाई सम्झाउन मलाई निकै हम्मे प-र्यो। किताब समाएर कसम खाँदै आमालाई विश्वास दिलाएँ। पछि तारालाई सोधेर मैले ट्युशन पढाउँछु भन्ने थाहा पाए पछि चाहिँ आमालाई पनि ढुक्क भएछ। क्रमश:
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 09-01-05 9:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारालाई भनेर मञ्जुमार्फत मञ्जुको घरमा भएको मेरो सर्ट र हिसाबको नोटकपी स्कुलमा ल्याउन लगाएँ। हुन त मञ्जुसँग पनि बोल्नै नहुने गरि त केहि पनि भएको थिएन, तर पनि किन किन मञ्जुको छेउछाउ पर्नै मन लागेन। उनलाई देखेको बेलामा 'छेउमै गएर सबै कुरा सोधौँ, म बाट केहि गल्ति भएको भए माफ मागौँ' जस्तो त नलागेको काहाँ हो र?, तर पनि उनले नै तेस्तो चिठ्ठी लेखे पछि त मैले उनलाई भेट्नु कुनै अर्थ छैन भन्ने लाग्यो। तारा पनि 'के भको दाई, मञ्जु र तिम्रो बिचमा राम्रो छैन कि क्या हो अहिले। फेरी तिमी त घरबाट नै स्कुल आउन थालेछौ त' भन्दै थिई। मैले 'केहि हैन त्यस्तो, मेरो घरमा काम छ के अहिले, अलिक पछि त फेरी बसिहाल्छु नि!' भनेर कुरा टारेँ। स्कुलमा पनि मञ्जुबाट म तर्कँदै हिड्थेँ। जति नै तर्किन खोजे पनि उनलाई नदेख्दा नरमाईलो लाग्थ्यो। टाढैबाट मात्र देख्न पाए हुने भन्ने चाहीँ मनमा लाग्थ्यो। कहिले काहिँ चाहीँ फेरी मञ्जुलाई भेट्दा त के नै बिग्रन्छ र जस्तो पनि लाग्थ्यो र भेट्न जाने भनेर उचालिसकेका खुट्टा उनले चिठ्ठीमा लेखेको 'मेरो एउटा बिनम्र बिन्ति छ, प्लिज तपाईँ मेरो घरमा अबदेखी नबस्नुस् है!' वाक्यले खुट्टालाई अर्कै बाटो तिर डोहोर्याउँथ्यो। हुन त मञ्जुलाई पनि त त्यस्तै लागेको थियो होला, नत्र भने किन उनि मेरो आँखा वरिपरि नै घुमिरहन्थिन् त? परिक्षा पछि ट्युशन दिउसो पढाउन थालेँ, केटाहरुलाई। 'माघमा हुने एल.एल.सी. सम्म दिनको दुईघण्टा पढाईदिनुस्, हामी दोब्बर पैसा दिन्छौँ' भने केटाहरुले पनि। मलाई पनि के खोज्छस् कानो आँखो भने झैँ भयो। आफ्नो स्कुल बिदा भएपनि ट्युशन मात्र पढाउन तेत्रो बाटो हिँडेर जान्थेँ। उनिहरुको एल.एल.सी. सम्म मैले घरबाट नै धाएँ। घरमा पनि सबै कुरा आमालाई भनेँ। भाईबैनीलाई पनि स्कुल पठाउने भए पछि त आमाले सबैकाम गर्न सक्ने कुरा पनि भएन। बाख्राजति सबै बेच्ने कुरा गर्दा दुईबटा जोरपाठा पाउने बाख्राचाहीँ आमाले म गाईभैंसिसँगै हेर्छु भनेर बेच्न मान्नु भएन। अरु सबै बेचेर रिनब्याज तिरतार गरेँउ। भाई र बैनी पनि खुशि भए, स्कुल जाने भनेर। केटाहरुको परिक्षा सकिएपछि त्यो कोठा छोड्ने रहेछन्। त्यहि कोठामा हामी म बस्ने कुरा भो। महिनाको १५० रुपैँया तिर्नु पर्ने रे। कोठा पनि ठूलै थियो। बिचमा बारेर एकातिर ट्युशन पढाउन पनि मिल्ने, अर्कोतिर गोडादुएक गुन्द्रि ओछ्याएर खाना बनाउने ठाँउ पनि पुग्ने। ति केटाहरुले उनिहरुले चिनेका र भाईबहिनी पर्नेहरुलाई पनि म ट्युशन पढाउने कुरा गरिदिएछन्। त्यतिखेर त म पनि १० कक्षामा पुगिसकेको थिएँ। मैले ट्युशन पढाउने कुरा एककान दोकान हुँदै धेरैतिर फैलिसकेको थियो। २०४२ साल माघ २२ गते आईतबार देखि भाईबैनी र म रामपुरमै कोठा लिएर बस्यौं, आमा एक्लैले घरको काम भ्याउनु हुन्थ्यो। शुक्रबार, शनिबार र बिदाका दिनमा हामी पनि सगाउँथिँउ आमालाई। कहिले काहिँ त स्कुल बिदा लिएर नै घरको ठूलठूला कामहरु गर्थेउँ। साझाल्यान्ड, १६ भदौ, २०६२
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-01-05 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल हजुर, Keep rolling...
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 09-01-05 9:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भूलसुधार: २०४६ साल माघ २२ गते आईतबार हुनु पर्नेमा अन्यथा परेकोले सच्याउन चाहन्छु। -ओके
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 09-01-05 11:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिचरा मञ्जु! अनाहकमा She lost a Dai. हेरुम् डुगां कतातिर ढल्किँदै जान्छ। नडुबोस् है। *** :) यल्लाई फिल्म बनाम्न पर्छ है। श्री ५ लाई साइड हिरो बनाइदिम्ला। ट्युसन पढ्न आउने केटामा एउटा मुन्द्रावाला केटा हुन्छ। त्यै रे क्या हाम्रो श्री त।
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 09-01-05 11:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त, दादाले बल्ल कुरा बुझ्नु भयो । अलिकति नेपाली पारा त ल्याम्न परो नि। अलिक धेरे उतार-चढाब , घाचघुच नभईकन यति मात्रै हुँदैमा माफी माग्ने , सरी भन्ने त विदेशीले पो हो त। ओकेजी, यत्तिकैमा मात्रै माफ माग्ने हो भने त नेपाली भईएन है, विदेशी जस्तो भईयो । Keep rolling...
|
|
|
Pauna
Please log in to subscribe to Pauna's postings.
Posted on 10-07-05 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-08-05 3:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बडादशैँ २०६२ को शुभ-उपलक्ष्यमा सम्पूर्ण साझाबासीमा हार्दिक मंगलमय शुभ-कामना !" -ओके मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २७ एक किसिमले अब फेरी राम्रै ब्यबस्था भयो। ट्युशन पढ्ने केटाकेटीको पनि खाँचो भएन। केटाकेटीहरु सोध्दै कोठैमा आईपु्ग्थे। कोही पहिला मैले ट्युशन पढाउने केटाहरुले भनेको भनेर आँउथे त कोही मञ्जुले भनेको भनेर भन्थे। फागुन १ गतेबाट मञ्जुले पठाएको भनेर पढ्नलाई कक्षा ९ का तीनजना केटीहरु आए। मैले उनिहरुलाई 'अहिले म भ्याउँदिन, अलिक पछिबाट पढौँला है' भनेर फर्काईदिएँ। तेतिखेर सम्म मेरो बिहान १ टोली र बेलुका १ टोली गरेर छसातजना भैसकेका थिए। जम्मै केटाहरु मात्रै थिए, केटीहरु थिएनन्। आफूले पनि त पढ्नै प-र्यो नि। साच्चै नै भन्ने हो भने मेरो बानी निकै परिबर्तन भैसकेको थियो। बिना गल्ति मञ्जुको घरबाट निस्कनु परे पनि आफूले केहि गरेर देखाउन सकेकोमा घमण्ड लाग्थ्यो। म आफ्नो बिगत नहेरी निकै नै देखासेखि गर्ने भैसकेको थिएँ। घनश्यामसरको परिवारको अगाडि केही गरेर देखाउने नचाहीँदो सनक ममा देखा पर्न थालेको थियो। मञ्जुको घरबाट ननिस्केको भए भाईबैनी पनि स्कुल पढ्न पाँउदैनथे भन्ने सम्मको सोचाई पनि घुम्थ्यो। २०४६ साल फाल्गुन १२ गते शुक्रबार। यसपालीको शिक्षा दिवसका दिन टोलीनेता भएर म जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा भाग लिन जाने कुरा भयो। कक्षा ९ बाट मञ्जु र कक्षा १० सेकेण्ड ब्बाई डम्मर कार्की सहित ओखल्ढुंगा जाने भयौँ। शुरुमा म रामपुर आँउदाको दुष्मन् डम्मरे मेरो जिग्री दोस्त भैसकेको थियो। हामीलाई लिएर शाह सर जाने हुनु भो। सामान्यज्ञानमा पनि राम्रो ज्ञान थियो शाहसरलाई। लोकसेवाको परीक्षाको तयार गर्नु भा रै छ पहिले। केहि सिप नलागेपछि मात्र पहाड-हिमालतिर हान्निनु भा रै छ। सरसँगै जानु परेकोले हामी केटाकेटीहरुले ब्यक्तिगत धेरै गफ गर्न पाएनौ। बाटाभरि बरु सामान्यज्ञानकै कुराहरु गर्दै गयौँ। स्कुले बिद्यार्थी न परियो, चुस्स मात्र समय मिले पनि गफ त चलि हाल्थे नि! मञ्जुको घरमा बस्न छोडेदेखि मञ्जुसँग राम्रोसँग पहिलो पटक बोलेँ त्यसदिन। केटीमान्छे, मञ्जुलाई उकालो बाटो हिड्न त निकै गाह्रो हुने। डम्मरे र शाहसर उकालोमा निकै अगाडि हुन्थे, मञ्जु र म अलिक पछि पछि। क्रमश
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-08-05 3:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मञ्जु, म तिम्रो घरमा बसेर साह्रै दु:ख दिएँ है, सरी ल!" मनमनमा चाहिँ उनको घरमा नबसे पनि केहि गर्न सकेँ त भनेर धक्कुलाउने बिचार खेलाउँदै उनको मन जाँच्न खोजेँ पुरानो कुरा निकाल्दै। बास्तबमा के कुरा भएर मञ्जुले त्यस्तो चिठ्ठी लेखिन् भन्ने कुरा जान्न चाहन्थेँ म। "ओमदाई, सरी त तपाईँले हैन, मैले पो माग्नु पर्ने त।" उकालोमा स्याँ स्याँ हुँदा पनि एकैछिन् सास रोकेर मलिनो स्वरले बोलिन्। उनको बोलीमा कुनै बनावटीपन थिएन "दाई तपाईँ धेरै रिसाउनु भो है, मसँग?"। "म काँहा रिसाको छु र? भाईबैनी पनि सँगैछन् । ट्युशन पनि पढाउनु पर्छ। अलिक म बेफुर्सदी छु के" मैले बनावटी कुरा गरेँ। "अनि किन तपाई मसँग सधैँ तर्केर हिड्नु हुन्छ त?" उनले म रिसाएको प्रमाण देखाईन्। "म तर्केको हैन के, बरु तिमी पो होला?" मैले उल्टै उनलाई दोष दिँए। "होला नि म। ल जे हुनु भैगो अब चाहीँ त्यसरी तर्केर नहिड्ने है त। दाई ल भन्नुस् न! अब हामी फेरी पहिलेको जस्तै मिल्ने है!" उनको अनुहारले अनुरोध गरेको प्रष्टै झल्कायो। "ल बाबा ल, भयो अब?" केटीमान्छेको अगाडि म हुन्न भन्न नै काहाँ सक्थेँ र? "ओमदाई, थ्यांक्यू" मञ्जु मुसुक्क मुस्काईन्। त्यसपछि त उनका पाईला पनि छिटोछिटो चल्न थाले उकालै भएपनि। अलिक माथि पुगेर चिलाउनेको रुखको छहारिमा एकछिन् उभियौँ, पसिना पुछ्न। साह सर र डम्मरे पनि माथ्लो डिलको छहारीमा बसिराखेका रहेछन्। "ओमदाई, अर्को हप्ता, आजको ठ्याक्कै १ हप्ता पछि शुक्रबार बेलुका हाम्रो घरमा सत्यनारायणको पूजा लगाउने। तपाईलाई पनि निम्तो है। बाबा र ममीले पनि त्यो दिन चाहीँ जसरी पनि ओमलाई बोलाउनु पर्छ भन्नु भा छ" मञ्जुले मलाई निम्तो दिईन्। "ममीले? ममी त म सँग रिसाउनु भा छ हैन र?" उनको चिठ्ठीको आधारमा मैले आफूलाई लागेको कुरा भनेँ। क्रमश
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 10-08-05 3:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ममी सुरुमा चाहीँ अलिक रिसाउनु भाथ्यो। गाँउका आईमाईहरुले पँधेरामा के के कुरा गरे रे। बाबाले त पहिले नै त्यस्तो नराम्रो कुरा गर्ने भनेर ममीलाई गाली गर्नु भको थियो। मैले सबैकुरा बताएपछि उहाँहरुले कुरा बुझ्नु भको थियो। तर मैले नै हतारमा त्यो चिठ्ठी लेखेँछु। पछि बाबा र ममीले कस्तो गाली गर्नु भो मलाई" उनले आफ्नै गल्ति देखाईन्। 'खै के हो के हो? मञ्जुले बनावटी कुरा पो गरेकी हुन् कि?' मैले उनको कुरामा पुरै बिश्बास गरिन। "शुक्रबार...शुक्रबार त म घर जानु पर्छ।" मैले सकेसम्म टार्ने कुरा गरेँ। "शनिबार बिहानै जानु होला नि घर।" उनले बैकल्पिक उपाय देखाईन्। "अहँ हुन्न, मेरो कति काम छ घरमा" मैले मानिन। "दाई, तपाईँ तेसो नभन्नु न, प्लिज त्यो दिन हाम्रोमा बस्ने है! प्लिज हुन्छ भन्नु न!" उनले पहिला पहिलाको लाडे स्बभाब देखाईन्। मैले हार्न सकिन र हुन्छ भनिदिएँ। हामी फेरी बाटो लाग्यौँ। बाटामा हाम्रो गाँउ पञ्चायतको तत्कालिन प्रधानपञ्च शेरबहादुरसँग भेट भयो। 'कता हिड्नु भो प्रधानपञ्च ज्यु' मैले सधैँ भेट्दा गर्ने कर्तब्य पूरा गरेँ। "यसो सि.डि.ओ. साबले बोलाउनु भाको रछ, भेट्न पर्यो" उस्ले सधैंको जस्तो सतही कुरा ग-र्यो। हुन त शेरबहादुरसँग राम्रो सँबन्ध थिएन हाम्रो घरको, त्यसमाथी यो बर्षको दशैंमा मेरो अग्रसरतामा देखाएको नाटक देखि त उस्को र हाम्रो घरको संबन्धमा निकै नै तुषारापात् आएको थियो। तैपनि भेट्दाखेरी चाहीँ म उस्लाई नमस्कार गरेर सञ्च बिसञ्च चाहिँ सोध्थेँ। मानौ यसो गर्नु मेरो बानी नै परेको थियो, अर्थात धेरैजनाले तेसैगर्थे र मैले पनि गर्थेँ। साझाल्यान्ड, असोज २२, २०६२
|
|
|
vantage point
Please log in to subscribe to vantage point's postings.
Posted on 10-08-05 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK Jee, Tapain ko lekhai ko prasamsha nagari rahana sakina. Samagra ma bishaya bastu saral ewam sambedansheel cha.. hamro Nepali Samajh ma praya ayirahane rahane utad chadhav ko bisleshanatmak prashtuti ko lagi dhanya bad. Yehan yi dui patraharu ko bich ma ayeko baimanashyata kasko dosh ho? Shayad yiniharu kai, ya samajh ko? How important is self judgement? Self respect bhanne kura ko kati mahatwa cha hamro jeewan shaili ma ? Yi prashna haru mero mathingal ma ayirahanchan jati jati ma afu ani afno judgemental samajh lai bujhne koshish garchu. Keep writing.
|
|
|
pundit
Please log in to subscribe to pundit's postings.
Posted on 10-09-05 11:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
usofa
Please log in to subscribe to usofa's postings.
Posted on 10-09-05 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
OK ko tarfa bata Manju ko lagi कती कमजोर रहेछ भाग्?य तिमरो शिउदो सजाउन सकिन कती कमजोर रहेछ रहर तिमरो आसु पुस्?न सकिन Manju Ok lai maaf gara hai
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 10-13-05 5:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) पवित्र छन् ती तिम्रा लाजका गहनाहरु तर मायाले भरिएका छन् हत्केलाहरुऽऽऽ
|
|