[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 इलाहाबाद एक्स्प्रेस

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 58034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 08-16-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

इलाहाबाद एक्स्प्रेस


भाग १ -राष्ट्रिय अडान

(दुई दशक भन्दा अघी को केही स्मरणहरुलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । आग्रह- पूर्बाग्रह् नराखी शुद्ध संस्मरण को रुपमा ग्रहण गरी दिन हुन आग्रह गर्दछु ।)


सन १९८७ को जुलाई महिनाको पहिलो हफ्तामा   कोलम्बो प्लान अन्तरगत अध्ययनमा जानेहरुको कन्फर्मेशन आउने सुरु भएको थियो । ५ तारिख होला कहिलेइ हुलाकी न आउने घर मा "तार" बोकेर हुलाकी आयो । किन आएको के को आ वा बुझ्न गाह्रो भएन । दङ्ग पर्दै हुलाकीलाई २ रुपैया टिप्स दिएं । डर थियो, राजनैतिक कारण ले वा भित्र भित्रै अर्को मान्छे पठाउन कसै कसै को अकन्फर्मेशन न आएको रेकर्डमा आफ्नो पनि पर्ने हो कि , त्यो भएन ।  हर साल १-२ जना अभागीको को लिस्ट मा आफ्नी नाम न चढियोस् भन्ने कामना हुन्थ्यो , खुशीले खुट्टा भुइमा थिएन। अनेक करणले डाक्टरी पढ्न नदिए - न सकिए पनि तत्कालिन श्री ५ को सरकारबाटै छानिएर अध्ययनमा बिदेश जान पाउदा निक्कै खुशी थिएन।


छिटो संचार को माध्यम भनेको तार अथवा आकाश बाणी ( आ वा ) नै थियो । आ वा इलाहाबादको इन्जिनियरिङ्ग कालेजमा ३ अगस्ट भित्र पुग्नु पर्ने र त्यो भन्दा अगाडि आबश्यक प्रकृयाको लागि भारतीय दूतबासमा संपर्क राख्ने भन्ने आशय छोटकरिमा लेखिएको थियो । आ वा कै आधारमा सँग संगै इलाहाबाद जाने को को हुन भन्ने थाहा पाएं । शर्माजी पोखरा घर भाकोले संपर्क राख्न सकिने कुरा भएन । श्रीराम नजिकै टोलमा बस्ने तर चिनजान् न भाको। सुरेश सँग भने राम्रो चिनजान् भाको र फोन नम्बर समेत भाको पर्‍यो। झन खुशी भएं ।
 
इलाहाबाद कहाँ ? कुन प्रदेशमा केही थाहा थिएन । घरबाहिर नै स्टेशनरी पसल थियो । इण्डिया को नक्सा किनेर ल्याएं । नजिक नै रहेछ घर र इलाहाबाद को दूरी ।


त्यसको भोली पल्ट नै सुरेशजीलाई फोन लगाएं । त्यती बेला घरै पिच्छे कहाँ फोन हुन्थ्यो र । एउटा टोलमा १-२ घरमा फोन हुन्थ्यो । टोल भरिकै वासिन्दा को पब्लिक फोन जस्तो। संयोगले मेरो पुरानो घर ( हजुरबा र काकाहरु बस्ने घर ) मा दूरसंचार को पहिलो लट कै फोन थियो । त्यसरी नै  सुरेशको घर मा । शर्माले पोखराबाट फोन गरी सक्या रैछ । २ दिन पछी नै काठमाडौ आउँदै छ रे । अब रह्यो श्रीराम को खोजी गर्न बाँकी । टोल कै भए पनि त्रि-चन्द्र को भाकोले चिनजान् न भाको ब्यक्ती । खोज्दै जादा भेटियो । आ वा आएको हेक्का पनि रहेन छ । आ वा लाई कल्ले हो हावा मा उडाइ सकेको रैछ ।



शर्मा काठमाडौ आए, के गर्ने कसो गर्ने भनी छलफल गर्न भेटघाट को चाँजो मिलाइयो । अस्कलको अमृतमान सर को सालीक निर साँझ ५ बजे भेट्ने तय गर्‍यौं । निर्धारित समयमा हामी ३ जना भेला भयौं । श्रीराम को अत्तोपत्तो थिएन ।



एम्बेसी जानु अघी के कस्तो तयारी गर्नु पर्ने हो त्यसबारे छलफल गर्‍यौं । सुरेशको काकाहरु पनि कोलम्बो प्लान मै अध्ययन गर्न जानु भएकोले धेरै कुरा उनले घरबाट बुझेर आएको रहेछ । कोलम्बो प्लान को नियम अनुसार नजिक को एअर्पोर्टमा सम्मको हावाइ टिकेटको ब्यबस्था गरी दिनु पर्ने र कालेज सम्मको लोकल ट्रनस्पोर्ट खर्च को सोधभर्ना दिनु पर्ने ब्यबस्था रहेछ ।



एम्बेसी को तयारी बैठक मै बिहीवार एम्बेसी जाने मिती र समय निर्धारण गरियो र सो को खबर श्रीरामलाई खबर गर्ने जिम्मा मै मा आइपर्‍यो।


एम्बेसी जाने बेला नआइ हुँदैन नत्र पढ्न जान पाउदैन भने पछी बल्ल आउने भयो श्रीराम। निर्धारित समयमा हामी भारतीय दूतबास पुग्यौं । केही समयको प्रतिक्षा पछी नै एम्बेसिको कल्चर एन्ड एडुकेशनल एटैची प्रमोद मजुमदारजी ले बोलाउनु भयो । औपचारिक बधाई सधाइ को कुरा पछी सिधै कोलम्बो प्लान र भारतीय शैक्षिक संस्था बारे जानकारी दिनु भयो ।
कहिले जान्छौ टिकेट को लागि अहिलेऐ इण्डियन एअर्लाइन्स मा फोन गरी दिन्छु भन्नु भयो । हामी पूर्व तयारीका साथ गएकोले भनी हाल्यौ - "२ अगस्ट मा पुग्ने गरी टिकेट दिनुस् ।'"



एक छिन फोन मा हिन्दिमा कुरा गरी डेस्कमा फर्किनु भयो ।


 "लौ बधाई छ , २ अगस्ट कै दिनमा बनारस को फ्लाइट रहेछ , १ बजे काठमाडौ बाट  फ्लाइट छ  ३५ मिनेट को फ्लाइट ।"
 
शर्माले बीच  मै प्वाक्क दिइहाले - "बनारसबाट इलाहाबाद कसरी जाने त ?"  अंग्रेजीमा फरर दिहाले ?
मजुमदार - यु क्यान टेक आइडर ट्रेन अर बस । ड्याट   विल कस्ट ओन्ली २० रुपिज व्हिच वि विल  रिइम्बर्स ।



हामी चारै जना ले एकै स्वर मा भन्यौ ।


" नो , वि विल नट गो बारनसी "



"यु हाभ टु म्यानेज टिकेट्स टु  इलाहाबाद  "



मजुमदारजी ले सम्झाउन कोशीश गर्दै इलाहबादमा काठमाडौ बाट प्लेन जादैन । सबै भन्दा नजिक को एअर्पोर्ट भनेको बनारसको हो आदी भन्दै त्यही टिकेट बाहेक संभव न भाको कुरा गर्दै थिए।



 " बेटा इस से अच्छा दुसरा नही हो सकता , बारनसिका टिकेट ले लो " हिन्दी मा सम्झाउने कोशीश गर्नु भयो मजुमदारजी ले ।



"सरि सर, वि डु नट अन्डरस्ट्याण्ड हिन्दी ।"


 शर्माले तु जवाफ फर्काए ।



अक्कबक्क पर्दै मजुमदारले अंग्रेजीमै सम्झाउन थाल्नु भयो । हामी मान्दै मानेनौ । इलाहाबाद सम्मै प्लेनमा पुर्‍याइ दिनु पर्छ भन्ने अडान कायम थियो ।



"व्हाइ आर यु इन्सिटिङ नट तो गो भाय बारानसी ? डु यु हाभ एनी भ्यालिड लजिक ?" भन्न थाले बुढा त ।



सुरेश पनि काम थिएन " वि हेअर्ड ड्याट , ट्राभलिङ बाइ ट्रेन इन यु पी एन्ड बिहार इज नट सेफ , डु यु टेक रेस्पोन्सिबिलिटी इफ वि आर रबड ओर सोमथिङ् मिसहाबड ? "


अब भन्ने मजुमदार को माथिङल घुम्यो । कस्ता केटाहरु को फेला परेछ भन्ने सोच्यो होला त्यसले । रीस पनि उठ्यो होला ।



"वि क्यान नट प्रोभाइड एअर टिकेट नोन ओडर ड्यान बारनसी । दिस इज द फाइनल । आइडर टेक टिकेट टु   बारानसी अर म्यानेज योर्सेल्भस "


अझै हामीले कोलम्बो प्लान को नियम अनुसार नै हुनु पर्ने अबिचलित अडान लिरह्यौ । रीसको पारो निकै चढ्यो  मजुमदारलाई ।


"इफ यु टक इन दिस वे, आइहाभ टु रिपोर्ट टु हाइएर अथोरिटी  । इट मे क्यान्सिल योर कन्फर्मेशन ।"



थर्काउने भाषा मा भन्न थालए मजुमदारले।


युबा जोश थियो। कुनै प्रभुको कृपाले पढ्न जान लागेका थिएनौ । राष्ट्रले छनौट गरेर पठाएका हामी   । न त कोलम्बो प्लान भारत सरकार को थियो । मात्र भारत सरकारले पढ्ने ब्यबस्था गरिदिएको र सो बापत कोलम्बो प्लान कमिटीबाट निस्चित रकम पाउथ्यो ।
उसले थर्काए पनि हामी डराएनौ , झन राष्ट्रियता जाग्यो हामीमा । 



शर्माले पनि थर्काउने भाषा मै भने " इफ यु दू सो, वि नो व्हाट टु दू एन्ड व्हेर टु कम्प्लेन अगेण्स्ट यु "


अब भने मजुमदार लाइन आयो । जागिरको सवाल आयो । त्यसको बिरुद्ध उजुरी गरी दिन्छु भने पछी पट्लुन भिज्यो होला, याद गरेनौ ।


"ओके , यु सर्च फोर टिकेट, हाउ टु गेट इलाहबाद , आइ विल मेक पेयमेन्ट ।"



थ्यान्क यु भन्दै टिकेट खोज्न हामी दूताबास बाट निस्क्यौ । चारै जना को अनुहारमा बिजयी भाव देखिन्थ्यो । नियम कानून अनुसार को अडान लिन किन डराउनु ?


 मखुला ??


क्रमश:    
 
 

Last edited: 16-Aug-10 10:55 AM

 
Posted on 08-20-10 11:18 AM     [Snapshot: 1613]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चसक्क भो, रिठ्टे दाइले भन्या जस्तै, कति रमाइ रमाइ पढिरा'थें, लास्टाँ गार्हो भो।

तर दाइ, मैले केइ छुटाको हो? भाग दुइमा त <<"हे राहुले  बडा एक्लै हासे छस नि, के भयो
?"  अर्को कोलम्बो प्लान वाला साथी उमेशको ब्यङग मा झसङ भएं ।


हाम्रो
कन्फर्मेशन आयो नि , अनी टिकेट लिएर आएको। तेरो आयो ? >>
 

थ्यो, तर फिरि, भाग ३ मा त अन्तैबाट सुरु भो, खै के, खै के भो दाइ



 
Posted on 08-20-10 12:54 PM     [Snapshot: 1680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेले भने झैं इलाहाबाद जानु अघि नै इलाहाबादी काइदा चाँही लाउन जानिसक्नु भएको रहेछ। इलाहाबादसम्मको पिलेन टिकस् अझ बीचमा दिल्ली घुम्ने गरी। अनी कमरेड मजुम्दारको हात कडा रे। नाम त बंगाली सुनिन्छ,कतै नक्सलबादी त परेनन् तीनी?
तेस्रो भागको अन्तिम हरफहरुले चाँही सार्है नै मन छोए।       
 
Posted on 08-20-10 4:55 PM     [Snapshot: 1755]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau lastma ayera mero ni man chasakka bhayo bhai........aama bhaneko aama nai ho ke.............

 
Posted on 08-20-10 5:23 PM     [Snapshot: 1771]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


बल्ल पढि भ्याएँ; मैले भोगेको, देखेको र धेरैले भनेको पनि सुनेको एउटा सत्य चाँही के जस्तो लाग्यो भने मन हुनेको धन हुँदैन र धन हुनेको मन हुँदैन; अरु पढ्दै जाउँ ठुल्दाइको कथाले जीवनको कुन कुन सत्यहरुलाई उजागर गर्दै जान्छ...


 


 
Posted on 08-23-10 10:14 AM     [Snapshot: 1975]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इलाहाबाद एक्स्प्रेस
भाग ४ - यात्रा


फेरी पनि आमाको सुन बेचेर पुरानो घाउमा नून छर्कन चाहन्नथें । पैसा त चाहियो । अब के गर्ने भन्दै गम्दै थिएं । झल्यास याद आयो, पश्मिना साहुजी  राजेन्द्र । मैले २-४ हजार मागें भने नाइ भन्दैन उसले । सके सम्म अरुसँग माग्न नपरोस भन्ने चाह थियो । यसपालिको ऋण धेरै दिन को हुंदैन । महिनाको १५ सय भारु स्टेपेन पाउने भाग्यमानी ब्याच हामी । सुनें अनुसार गच्छे अनुसार, मानबिय आवश्यकतालाई कन्जुस्याइ नगरीकन खर्च गर्दा नि ७  सय जती मात्र खर्च हुन्छ रे । अझ त्यो २-४ महिनाको एकमुष्ठ आउँदा त सप्पै ऋण मात्र होइन घरको खर्च मा पनि भर दिन सक्ने हुन्छु जस्तो लाग्यो ।



भर्खरै स्वर्गिय पिताजीको दोस्रो बार्षिकी को पुण्य तिथिमा समबेदक र शुभचिन्तकहरुलाई आमन्त्रित गरी गरिने भोज " पहाँ ब्वना भ्वय " आयोजना गरेकाले घरको बजेट ऋणात्मक थियो ।


तै पनि दाई ले २५ सय नगद नारायण दिनु भयो र सके सम्म कम खर्च गर्नु भन्ने हिदायत दिनु भयो । ३ वटा जिन्स, एउटा लिभाइज, एउटा साम्को र अर्को हारा किनियो । हारा साह्रै महँगो, ३५० पर्‍यो, बाँकी २०० र २१० मा साहुजीको  मन पगाल्न सकियो । टि शर्ट चाँही २ वटा मात्र किनियो । २ वटा जती गिफ्टमा पाइने पूर्व संकेत पाएकोले बढी किन किन्नु, मखुला ??


भित्री गन्जी, अण्डरवेअर,दारी कट्ने रेजर आदी इत्यादी किन्दा २ सय थप् खर्च भयो । कूल १२८० जती खर्छ भए छ । अनुमानित बजेट भन्दा अत्यन्त न्यून खर्च भएकोले एउटा पाइण्ट सिलाउने रहर जाग्यो, साथमा २ वटा जती ह्याफ प्याण्ट पनि । ति सबैको जोगाड गर्दा नि १७ खर्च भएन । २ सय जती चिया समोसा पार्टिलाई बजेट छुट्याइ बाँकी पैसा फर्काएं दाईलाई ।


जाने दिन नजिकिंदै थियो । हाम्रो अस्कल र टिसीको खुल्ला मैदानिय बैठक जारी थियो । अनिलको दाई सुशिलदाइले इलाहाबादमा अध्यायनरत सिनियरलाई पत्र लेखिदिन्छु, चाहिने हेल्प हुन्छ भन्ने आश्वासन दिनु भएको रहेछ, जाने अघिल्लो दिन आउनु भनेको छ रे, सुरेश ले सुनायो ।



इलाहाबादमा भारतीय विद्यार्थीहरुको र्‍यागिङको नाममा राम धुलाई, सीता चुटाइ,रावण चटाइ सब हुने ।  फ्रेशर्स चिन्नको लागि सेतो पाइण्ट, सेतो शर्ट त्यो पनि बिना खल्ती को । कालो लेस सहित को जुत्ता , कपाल मा तेल, कालो पेटी लाउनै पर्ने अनिबार्य उर्दी हुन्छ रे । त्यसैले जिन्स लाउने, स्पोर्टस सू हमेसा लाउने सहमति भयो । जिन्स त सहमति पूर्व नै किनिएको थियो, स्पोर्ट सू चाँही किन्न छुटे छ । कहीबाट बजेट समायोजन गरी किन्नु पर्ला भन्ने बिचार  गरें ।


हाम्रो नियमित भेटघाट संग संगै इलाहाबाद जानेहरुको बारे ब्यापक हल्ला चली सकेको रैछ ।  अस्कल कै एक मित्र प्रबिणमान जोशी पनि कल्चरल सीट मा इलाहाबाद मै भए छ। समयमै भारतीय सरकार मेहरबान भएकोले हामी संगै जान संपर्कमा आए ।


"हामी त दिल्ली हुंदै, दिल्ली सयर गर्दै, लखनौ भएर इलाहबाद जाने हो । सँगइ जाने भए इण्डियन एअर्लाइन्स गएर सोहो अनुसार टिकेट लेउ" भन्यौ । उ  पनि कहिलेइ भारतको भूमी न टेकेको मान्छे, शुद्ध मंगलबजार को नेवार । हुन्छ भन्दै सोहो अनुसार टिकेट लिएर आए र हाम्रो टोली मा सामेल भए ।


जुलाई २५ तारिक हामी पाँचै जना अन्तिम तयारीको बिश्लेशन गर्न अस्कल मा भेला  भयौं। गफ गर्दै थ्यौं एक जना अस्कलकै साथी श्यामकुमार अगरबत्ती आइपुग्यो ।



" बधाई छ साथी बधाई छ " "दिल्ली भएर जाने रे होइन "
" हो श्यामे , तैंले  कसरी था पाइस दिल्ली भएर जाने भन्ने? " शर्माको तँ तँ म म चल्ने साथी रैछ ।
"सुलसुले ले भन्या, साथी भाईको खबर राख्नु परेन ।" एक छिन हासो चल्यो ।



"तिमीहरु कोइ दिल्ली गएका छौ  यो भन्दा पहिले ??"


 
सब ले एक अर्काको मुख हेरे । अहं हामी कोइ पनि दिल्ली गएका रहेनछौ ।
"रक्सौल र जोगबनी देखेका त छौ तर दिल्ली गएका कोइ पनि छैनउ हामी," सुरेशले समराइज्ड गर्‍यो ।



"दिल्लीमा कहाँ बस्ने कहाँ खाने थाहै नभैकन दिल्ली जानु हुन्न, एअर्पोर्ट देखी नै ठग्छ । त्यसैले मेरो दिल्ली जाने काम छ अर्को हफ्ता, तिमीहरु संगै जान्छु भन्न आएको । मेरो बिजिनेस नै उतै छ, महिनाको २ चोटि ओहर दोहर गर्छु । दिल्ली को गल्ली गल्ली मा मान्छे चिन्छु म। म भए पछी तिमीहरु धुक्क भए हुन्छ ।"


 
हाम्रो लागि त अगरबत्ती, देउता थानामा बाल्ने अगरबत्ती हैन कि साक्षात देउता नै भेटे जस्तो भयो । एउटा डर थियो दिल्लिमा के हुने हाइ भन्ने त्यो पनि हट्यो ।


 
३० तारिक ३४० को फ्लाइट भएकोले १ देखी साँढे १ भित्र एअरपोर्ट आउने समय सिमा तोक्दै हाम्रो अन्तिम  लास्ट बैठक टुंगियो ।


आफन्त र साथीभाइलाई ट्रिट दिनु पर्ने रे । इज्जत को सवाल भयो । २५ सय बजेटमा उभ्रेको पैसाले ट्रिट दिन पुग्ने अन्दाज भयो । घर सानो भएकोले एक दिन आफन्तलाई र अर्को दिन कलेज र स्कूलमा अभिन्नहरुलाई सानो ट्रिट दिएं । आशानुरुप २ वटा टि शर्ट पाएं ।



२ दिन बाँकी थियो , सुट्केश प्याक गरियो । खल्ती चाँही अझै प्याक प्याक थियो । दाइले १५०० भारु दिदै भन्नु भयो - "यो भन्दा बढी मैले मिलाउन सकिन । सापट वापट गर तिमी आँफै । यो पनि ऋण नै हो । अस्तिको पहाँ ब्वना भ्वय को ऋण नै अझै १२ हजार छ । म के गरुं? "



दाइको पीडा म बुझ्छु । ५ किलास पढ्दा देखी संगै काम गर्दै आएका हामी दाजु भाई । चुल्हो नबल्दा पेट भित्र आगो बलेको हामीले संगै भोगेका हौं । चाडपर्ब  सामाजिक रितिथिती ब्यहोर्दै  आएका हौं ।



"मलाई थाहा छ दाई, जे गर्नु भयो त्यती पनि ठुलो हो मेरो लागि । यो डेढ हजारको ५ हजार फर्काउन्छु आउदो दसैं सम्ममा ।"


 भन्दै बाँकी पैसा पैचो लिन राजेन्द्र साहुजीकोमा गएं। पूर्व जानकारी भएको ले जाने बित्तिकै ३ हजार भारु को थैली दिए उनले र उपहार स्वरुप डनलप स्पोर्ट सू दिदै लाएर हेर, ठीक भएन भने साट्न जान्छु -भने । 



जुत्ता किन्नै थियो, जुत्तामा खुट्टा छिराएं । नाप लिएर बनाए जस्तो, ठ्याक्कै फिट हुने ।
साथी राजेन्द्र प्रती अनुग्रही बन्दै छिट्टै ३ हजार फर्काउने वाचा गर्दै घर आए ।



जाने दिन आयो। जुलाई ३० । बिहानै शुभयात्राको कामना गर्दै देब देबी दर्शनार्थ गएं । १ बजे पुग्ने हिसाबले १२३० मा घरबाट् साइत गर्ने भयो । बिहान देखी शगुण को कार्यक्रम चल्यो । हजुरबाको घर मा, जेठा हजुरबाको घरमा, आफ्नै घरमा पनि आफ्नै दिदीहरु दुइजना, काकाकी छोरी १ जना को शगुण लिंदै टिका थाप्दै थाकी सकेको थिएं । हांस को अण्डाको शगुण हुन्थ्यो। पेट गडबड होला भन्ने पीर ।



आफ्नै घरको शगुण पनि सक्याइ  टोल भरी शगुणका जलघडाहरुमा दक्षिणा चढाउदै अनन्त यात्रामा निस्केको यात्री जस्तो एअरपोर्ट को लागि बाहिर पर्खि रहेको टेक्सीमा बसें ।
दाई भाउजु, आमा भाई सप्पै २ वटा टेक्सिमा गयौं ।


३२ रुपैया  ५० पैसा लाग्दो रहेछ  । अहिले को डोमेस्टिक टर्मिनल त्यो बेलाको इण्टरनेशन टर्मिनल थियो । टर्मिनल बाहिर सुरेश फूलमाला लाएर परिवार सँगइ देखें । श्याम कुमार अगरबत्ती त पहिला देखी नै धूप बाल्दै ।  एकै छिन मा शर्मा नि ट्याक्सी चढेर आइपुगे । प्रबिणमान नै आइपुगे। २ बज्न लागि सक्यो । श्रीरामको अत्तोपत्तो थिएन । एअर्पोर्ट को टाइमा मा त त्यसो गर्न नपर्ने हो त्यसले ।



५-१० मिनेट बाहिरै कुरौं न हुन्न ,हतारिंदै गरेका साथीहरुलाई भनें।
एक छिन मै २ वटा मिनिबस टर्मिनल को पार्किङ मा रोके । गाजबाजा घन्के । एअर्पोर्ट मै दुलही लिन आए कुन छै बेब्कूफ ले भन्न्दै अच्म्म मान्दै हेर्दै थें । फुट्ट श्रीराम लाई कांध को बोकी ल्याएको देखियो । गाजाबाजा साहित पुरै टोल उठेर बिदाइ गर्न आएको रहेछ । 


" धेरै ढिलो नगरम टाइम भईसकेको छ, श्रीराम ।" मैले हतारिंदै भने ।


सप्पै आफन्त जन सँग बिदावारि माग्दै हामी सप्पै टर्मिनल भित्र प्रबेश गर्‍यौं ।


क्रमश:
 


 
Posted on 08-23-10 10:26 AM     [Snapshot: 2000]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेँ हेँ, यो पार्ट चाइँ रमाइलो गयो la, त्अर दिल्लीमा केइ हुन्छ जस्तो छ। लु म त बसेँ है ठुल्दाइ सुकुलाँ, ल सुनुम सुनुम्। अबएर नगरि पस्किनु है
 
Posted on 08-23-10 10:30 AM     [Snapshot: 2007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग पनि तुरुन्तै पढ्न सकियो -

गज्जब को गयो यो भाग नी

अब के हुने होला .....................
 
Posted on 08-23-10 10:38 AM     [Snapshot: 2007]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"३ वटा जिन्स, एउटा लिभाइज, एउटा साम्को र अर्को हारा किनियो । हारा साह्रै महँगो, ३५० पर्‍यो, "


हारा जिन्स त क्या पपुलर है तेती खेर ! हामीले प्यान्ट लाउन सुरु गर्ने बेला सम्म नि थ्यो क्यारे हारा ब्रान्ड !


 


"चुल्हो नबल्दा पेट भित्र आगो बलेको हामीले संगै भोगेका हौं ।"


 


ओहो क्या सटिक र भावपूर्ण वाक्य !


सार्है रमाइलो लाग्यो यो भाग पनि ! ठुल्दाइ को कलम सधैं यसरी नै सललल बगिरहोस् भन्ने कामना गर्दछु !


 


 
Posted on 08-23-10 12:15 PM     [Snapshot: 2055]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजा गाजा सहित रोपाई गरेका किस्सा सुनेको थिए हजुरआमा बाट ..... यहाँ बाजा गाजा सित बिदाई भएछ .... हुनत बिहेमा  बाजा सहित बिदाई हुने त हो नि !!
 
Posted on 08-23-10 12:20 PM     [Snapshot: 2062]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulJi: Man chhune kathaa ko lagi dhanyabaad... Great reading.
 
Posted on 08-23-10 12:49 PM     [Snapshot: 2085]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रोचक कथा बास्तबिक जिबनको!


घर छोड्दा दाइलाइ रुन मन लागेन दाइ?


 
Posted on 08-23-10 12:56 PM     [Snapshot: 2095]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइ हजुर डायरी लेख्नु हुन्छ हो ? नत्र यस्तो सानु सानु डिटेल कसरी याद हुन्छ ?

दामी त सधै दामी हुन्छन दाइका कथा.. 

 
Posted on 08-24-10 9:59 AM     [Snapshot: 2332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ज्ञापन


भाग ३


रिट्ठे,
इसी का नाम जिन्दगी है मात्र होइन इसी का दाम भि जिन्दगी है रिट्ठे । दाम को दु:ख राम ले नि बुझेन .


लुटे बाहुन,


धेरैको कथा यस्तै हुन सक्छ, पात्र फरक पारीबेश फरक तर ब्यथा एउटै ।


लहरे,
न रमाइलो लाग्यो र भने ? घट्ना पीडादायक थियो , कथा त रमाइलो नै जस्तो लाग्यो।


पुरे,
भाग २ को अन्त्यलाई न तन्काएको मात्र हो । बाटोमा भेट्या साथीको नि दुर्गापुरबाट कन्फर्मेशन आएको रहेछ । खासै यो कथा सँग जोडीरहनु ठीक लागेन र अल्छि लागेर कैंची चलाई दिएको ।


चिप्ले ब्रो,


इलाहाबादी काइदा भन्दा पहिला सिकेको चाँही " हलुका काइदा बहुत फाईदा " भन्ने हो । पशुपती जाँदा सिद्रा को ब्यापार भन्ने उखान लाई व्यबहारमा पारीणत गर्न खोज्या हो।


स्पोके,


चसक्क दुखेन भने त्यो मन के मन, मखुला ?


जीते,
धन हुने को मन नहुदो रहेछ, त्यो त अहिले नि भोग्दै छु । १० $ को लागि भागी हिंड्ने करोडपतिहरु देखी रहेछु ।


भाग 4


पुरे,
दिल्ली पुगेकाइ छैन, प्लेन त चढ्ने बेला बल्ल भो। धेरै थोक हुन बाँकी छ, एअर्पोर्ट मै ।


लहरे,
अब के हुन्छ ? अन्दाज गर है ।


रिट्ठे,
हरजिन्स अझ भारतीयहरुको सर्बप्रिय जिन्स रहेछ, पछी पो थाहा पाएं, नत्र ३ ओटै हारा लगेर बेची दिन्थे ।


भक्ते दाई,


देखियो दाई देखियो, बाजा गाजा सहित २ मिनिवस बिदाइ गर्न आएका । माला त के भन्ने चुनाव जितेको नेता को भन्दा बढी थियो।


मिलियन डलरजी,
पढि दिनु भयो, गुणी दिनु भयो, धन्यवाद ।


परमात्मा क्रेजी,
घर छोड्दा रुन मात्र हैन के के गर्न मन लागेको थियो । अझ इलाहाबाद पुगे पछी को घट्ना पछी त । आगामी अंकको प्रतिक्षा गर्नु होला ।


चेली,
शायरी लेख्ने बानी भाकोले डायरी लेखिएन। संझनाको आधार मा लेखेको हुँ। सत्यघट्ना लाई केही नाटकिय रुपान्तरण र नाम परिवर्तन मात्र गरेको छुं।
 
 

Last edited: 24-Aug-10 06:52 PM

 
Posted on 08-24-10 6:02 PM     [Snapshot: 2482]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's getting more and more interesting, Can't wait for part for rahulvai..

Mero auta sano prasna cha rahulvai, tyo safal jindagi bahnne katha pani tapaile nai lekhnu bhayeko ho ki aru kosaile ho?? I have read that few months ago... Just had a curiousity??

 
Posted on 08-24-10 6:52 PM     [Snapshot: 2510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


boulevard dreamsजी
धन्यवाद तपाईं को सदभाव सधैं पाइरहुं । मित्र, सफल जिन्दगी भन्ने कथा मैले हैन, साझाका मित्र " बैरे " ले लेखेको मार्मिक कथा हो ।



इलाहाबाद एक्स्प्रेसको आगामी भाग  छिट्टै नै पस्किने छु। समयभावको कारणले मात्र हो। पर्सी सम्मन मा अर्को भाग अबश्य राख्ने छु ।
 


 
Posted on 08-24-10 8:09 PM     [Snapshot: 2563]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आफूले पनि समयभावको कारणले गर्दा पढ्न पाएको थिन, बल्ल पढिभ्याँए; यो भाग पनि गजबकै छ, र कथाको सबभन्दा बलियो पक्ष चाँही कथा सार्है जीवन्त छ; दाइको कथा पढेर बर्षौ अघिको त्यो बिमानस्थल, बिमानस्थलमा बाजागाजा सहित बिदाइ गर्न जम्मा भएको भिड, मलाई आफ्नै आँखाले देखे जस्तो भैराछ। यसै गरी कथाभरी नै पाठकलाई बाँधेर राख्नसक्ने र आउने भाग पढ्नको लागि पनि लोभ्याउने गजबको कौतुहलता रहेको छ कथामा। अर्को भागको प्रतिक्षामा....   


 
Posted on 08-24-10 9:56 PM     [Snapshot: 2593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai,

I am your silent reader, and I have enjoyed your narratives a lot.

Keep it up, bro.

 
Posted on 08-26-10 10:14 AM     [Snapshot: 2748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इलाहाबाद एक्स्प्रेस
भाग ५- दिल्ली को गल्ली


रिपोर्टिङ टाइम भन्दा एक घण्टा नै ढिला भैसकेकोले  हतार गर्नै पर्‍यो। सेक्युरिटी चेक को एक्स रे अगाडि श्याम कुमार आगरबत्तीले तिमीहरुको ब्यागमा यो एके एक पोका हाल भन्दै पोका आँफै हाल्न थाल्यो । मनमा चिसो मात्र हैन ठ्ण्डा बरफ नै पस्यो । हतारमा भएकोले केही भन्न गर्न भ्याएन तर एक्स रे मा पास भएकोले त्यस्तो कुनै गैरकानूनी पोकाले धोका दिएको रहेन छ भन्दै सेक्युरिटी क्लेरियन्स गरी अध्यागमन पार गरी धावन मार्ग तिर लाग्यौं ।  बाटोमा केही बेर अडिनु पर्‍यो । ईण्डियन एअर्लाइन्स फ्लाइट आइ सी ८१४ को बोर्डिङ पनि खुल्यो ।


टर्मिनल भवनको  एउटा कौसिमा आफन्तहरु विमान चढ्न अघिको अन्तिम हात हल्लाइ को लागि पुग्नु भएको रहेछ । प्लेन सम्म हिंड्ने क्रममा कौशिबाट हल्ला आयो। दाई हुनुहुन्थ्यो, आमा पनि । हात हल्लाइ राखेका थिए भारी मन बोकेर । निस्चय नै आमा आशिष छिटो पुगोस भन्दै  हात हल्लाइ सन्देशी हावालाई गती दिराख्नु भएको थियो । अरु मित्रहरुका परिवारहरु पनि थिए। एक दुई मिनेटको त्यो द्रिश्यले  निकै भाव बिह्वल बनायो वातावरणलाई ।


पहिलो पल्ट् भिमकाय प्लेन नजिकबाट देख्दै थिएं । सुस्तरी चढ्दै थिए। अझै कौसिमा आमा हेरी रहेको थिए। प्लेन गुड्यो । तिब्रगती लियो । जमिन छोड्यो । अलिकती डराएं । डरलाई मन भित्र दफ्फन् गरें । सँगै सीट मा बसेको सुरेश सँग कुरा गर्न थालें । निस्चित उचाइमा पुगे पछी प्लेन स्थिर देखिन थाल्यो। बादल भन्दा माथि पुगिसकेकाले काठमाडौ देखिएन । खाना ल्याउन थाले । भेज वा नन भेज सोध्दै एक एक थाल दिदै  गइन आकाशकी परि।


चिकेन भात मिठै थियो । एक घण्टा २० मिनेटको यात्रा थियो । खाना खाइवरि चिया घुत्काउन पाएको थिएन अर्को १५ मिनेट मा दिल्ली को इन्दिरा गान्धी इन्टरनेशनल एअर्पोर्टमा विमान अवतरण हुने र तब सम्मको लागि सीट पेटी बाँधी राख्ने अनुरोध सन्देश आइहाल्यो। "आप कि जानकारी के लिये बाहर का तापमान ४४ डिग्री सेल्सियस । " के भनेको थियो प्लेन बित्रै पसिना आए जस्तो भयो ।
 
बिमान तल तल झर्न थाले ।  तल झर्दा जिउ सिरिङ्ग सिरिङ्ग हुने रहेछ । एअर्पोर्ट देखिन थाल्यो । हेर्दा हेर्दा धवनमार्ग छोयो प्लेन ले । पहिलो बिमान यात्रा सफल र सुरक्षित भएकोमा लामो सास लिइयो । अरुलाई के भयो मलाई मतलब हुने कुरा थिएन। न ढाँटी भन्दा डराइ डराइ प्लेन चेढेको थिएं । केही अनिष्ट होला भन्ने डरले सताएको थियो । सुरक्षित अवतरण पछी जिउ हल्का भयो।


सेक्युरिटी क्लेरियन्स काम हुंदा सम्म आराइभल टर्मिनल भित्रै भाकोले ४४ डिग्री पनि काठमाडौ कै तापमान भन्दा फरक थिएन । जब हामी टर्मिनल बाट बाहिर  निस्क्यौं , तब लाग्यो हामी आगोको भट्टिमा प्रबेश गरिरहेछौ । ३२ डिग्री भन्दा माथिको तापक्रम कस्तो हुन्छ भन्ने अनुमान कहिलेइ गर्नु परेको थिएन । आगोमा मान्छे बाच्ने मात्र हैन नाच्ने पनि रहेछ । त्यो आगोमय आवाहावामा जिन्दगी गुल्जार थियो दिल्ली को ।


हाम्रा अगुवा श्यामकुमार ले टेक्सी रोके । २ वटा टेक्सिमा बसी गाडी दिल्ली शयर गर्न निस्क्यो । कत्रो ठुलो एअर्पोर्ट , कती फराकिला बाटो घाटो । टेक्सी पुरानो दिल्ली को पहाड गन्जमा आएर रोकियो । भाउ साउ पनि श्याम कुमार ले नै गरे । एउटा होटल कम लज- मिनार होटलमा छिर्‍यौ । श्याम कुमार कै इष्ट रहेछ । मोल भाउ गर्नु परेन । साहु हरबिन्दर सिंह , बडेमानको पकडी लाउने सरदार । काम गर्ने केटाहरु भने सप्पै नेपाली कान्छाहरु , बहादुर हरु ।
"राम बहादुर , सर के सामान माथि २०३ और २०४ मा लागि देउ।"  कान्छाहरु को भन्छा मा बस्दा बस्दै सरदारजी ले अच्छा नेपाली बोल्ने भैसकेको रहेछ ।



दुइटा कोठामा बस्ने भयौं , राम बहादुर गुल्मी घर भएका मगर । खुशी नै देखिन्थे ।
"लौ म एक घण्टा मा आउछु एक जना सँग भेट्नु छ । फ्रेश भएर आउनु तिमीहरु अनि भरे भोलि के गर्ने भनेर बिचार  गरौला " श्याम कुमारले कप्टानी पारी खेल्यो ।


पसिनाले एक चरणको   स्नान भैसकेको थियो । दोस्रो चरण् गर्नै पर्‍यो । पानी मा गन्ध आउने रहेछ , क्लोरिन ज्यादा भएको ले होला। नुहाइ धुवाइ गरी शावर बाहिर निस्कने बित्तिकै फेरी पसिनाको स्नान सुरु । हैरान भो ।



१ घण्टामा आउछु भन्ने श्याम कुमार त आधा घण्टामै हाम्रो कोठामा बिराजमान । लौ अघी मैले दिएको पोका देउ त भन्न थालयो । बल्ल बुझें आधा घण्टा मै आउनुको । लौ त भन्दै सब ले निकाल्न थाले ।



"तिमीहरु डरायौ होला, के के न हाल्न लगायो यो श्यामे ले भनेर । केही थिएन २ वटा हारा जिन्स र २ जोर नाइके जुत्ता को पोको हो त्यो ।"


 
"मेरो त बिजिनेश नै यही हो । इधरका माल उधर , उधर का माल इधर ।" ङिन्च्च दाँत  देखायो , बज्याले । माडेलाई माथ् गर्ने अगार्बत्ती रहेछ त्यो त  ।


"पहिला भोली दिल्ली टूर को टिकेट लिने , अनी खाना खान जाने, ९-१२ को फिलिम हेर्ने । सिनेमा हलमा चिसो हुन्छ यहाँ भन्दा । आज राती तिमीहरु सँगै सुत्छु , भोली बिहान तिमीहरु टूर मा गए पछी म आफ्नै काम मा लाग्छु "  उसले आफ्नो आइटिनरी सुनायो ।



हामीले मान्नै पर्‍यो । केही थाहा भएको भए पो । हस भन्दै हामी सप्पै लाग्यौ, श्याम कुमार को पछी पछी । भात खाइ , फिल्म पनि हर्ने गैयो । सडक छाप - जेकी श्राफ को ।



गर्मी ले सुत्न गाह्रो भयो नै। कूलर को चिसोले धान्न नसक्ने रात को राप ।


दुई दिन दिल्ली घुमियो, श्याम कुमार त्यस पछी बेपत्ता । सरदारजी सँगै सल्लाह गरी एअर्पोर्ट जाने टेक्सी मिलायौ । राम बहादुर ले नै भाउ मिलायो । राम बहादुर ले २० रुपैया बक्सिस पायो । इलाहाबाद फ्लाइट को लागि एअर्पोर्ट पुग्यौं, नयाँ दिल्ली डोमेस्टिक टर्मिनल मा।
समय मै पुगेका थियौं । फ्लाइट ढिला रहेछ, १ घण्टा । कुर्सिमा समयको गती नाप्दै थियौं ।


एक जना बडेमान को भुंडी ढल्काएर एक जना दरोगा साहेप् आउनु भयो । "लखनौ वाले फ्लाइट का है क्या"  भन्दै । "फ्लाइट डिले है , आप के लिए लन्च कि ब्यबस्था है"  भन्दै बाटो देखाउन थाले । भलादमी मान्छे त्यो पनि पुलिस मा देखेर छक्क पर्‍यौ र लन्च को मज्ज लिन गयौं ।


निर्धारित समय भन्दा डेढ घण्टा पछी जहाज लखनौ को लागि उड्यो । मेरो सँगै बसेको यात्रिलाई खुल्दुली लागे छ र सोधी हाले  " व्हेर आर यू फ्रम एन्ड  व्हेर आर यू गोइङ ? "


क्रमश:      
   


 
Posted on 08-26-10 10:29 AM     [Snapshot: 2767]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau pachau bhag pani padiyo rahulvai, katha nikai rochak bandai gayeko cha, din ko suruwat ramrai katha bata gariyo, aasa garau din ramrai nai hunecha. You have a great day too rahulvai. 
 
Posted on 08-26-10 3:32 PM     [Snapshot: 2885]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब !


आफै दिल्ली पुग्या जस्तो भयो ! ४४ डिग्री सुनेर आफैलाइ गर्मी भाको जस्तो भयो ! सर्ट टर्ट फुकालेर फाले


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
Are Nepalese cheapstakes?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
Travel Document for TPS (approved)
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters