Testing
"चौथौ वार्षिकोत्सव बिशेष"
समयको खुडकिलो संगै दिन हप्ता महिना बर्ष गर्दा गर्दै आज सम्पूर्ण चौतारी
गाउँलेहरुको सदभाव, माया ममता र भाईचाराले गर्दा घर देखी टाढाको घर यस
चौतारी चौथौ बसन्त पार गरी आज पाँचौ बसन्त टेक्दैछ ! यस सुखद घडीमा नयाँ
पुराना सबै गाउँलेहरु भेला भई आ-आफ्नो रचना (कबिता, गीत, गजल, चुटकिला जे
भएपनी) प्रस्तुत गरी यो अवसरलाई अझ बढी रोमान्चकारी तथा स्मरणिय बनाउन
सहयोग गर्नु हुनेछ भन्ने विश्वाश लिएका छौ !
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५८ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
तिमी यसरी नै सधैं मुस्कुराइ रहनु चौतारी चिसो बतासले सबै मर्माहत छातीहरुलाई सुम्सुमायि रहनु चौतारी मुटुभरीका पिडाहरु म तिम्रो काखमा बिसाउन आउछु तिमी मुसुक्क मुस्काउनु चौतारी म तिम्रो शितलतामा आफ्नो संसार पाँउछु
~रिट्ठे राएमाझी~
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
चौतारी - वार्षिकोत्सव विशेष "चौथौ वार्षिकोत्सव बिशेष" अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ तथा धन्यवाद !
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस् यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारीमा आफ्नो अनुभव सुनाउनुहोला।
२) यो बिशेष अंकमा चौतारीका सबै पुराना औतारीहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै ब्यस्त भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
Last edited: 06-Sep-09 09:43 AM
|