"गाडि खुल्यो है , छिटो छिटो आ-आफ्नो गाडिमा चढ्नुहोला"
फेरि एक पटक क्रम भंग भयो ,कुनै यात्रा नगरिकन पनि टाढा कतै पुगिसकेका सुधा र म फेरि पतलैयाको त्यो निरस चिया पसलको यथार्थमा फर्क्यौँ ।
"जौँ ।" उसले पर बल्न थालेका गाडिका हेडलाईट हरु हेरी , अनि सुस्तरि बोलि ! उसलाई पनि शायद म जस्तै हिँड्न मन लागेको थिएन तर सँधै कल्पना र यथार्थको बिचमा मात्र बिवशताको फरक हुन्छ ।
गाडिको सिट चिसिएको थियो ।अब हामीले त्यसैमा अरु दुई घण्टा जति डोरीनु थियो होला , यदि बिच बाटोमा अर्को बन्द भेटिएन भनेँ ,झिसमिसे उज्यालोमा मैले एक चोटि फेरि सुधालाई हेरेँ । रातभर नसुतेकी सुधाको अनुहार निन्द्रा को चपेटामा देखिएको थिएन उ खुलेकी थिई । मैले उसलाई छोड्नु पर्नेछ , आजको दिनभित्रैमाँ !!!!!!!!!!
उसलाई हेरिरहन सकिन बाहिर तिर नजर डोर्याउन थालेँ बाहिर हरेक कुरा चलायमान थिए शायद मलाई बुझाउन खोज्दै थिए केहि पनि शाश्वत छैन भनेर ! एउटा अनौठो निशब्दता करिब दुई घण्टा दौडिरह्यो गाडि सँगै !
नारायणगढ आउँदा शायद म निदाउन निदाउन आँटेको थिएँ सुधाले मलाई बिस्तारी झक्झक्याई । म उठेँ अनि सोचेँ जब नेपालगन्ज आउनेछ म फेरि निदाएझैँ गर्नेछु उ फेरि पनि आफ्ना कमला हात हरुले झक्झक्याएर मलाई उठ्ने ईशारा गर्छे होला ,फेरि आँफै सँग हाँस उठ्यो के के सोचिरहन्छु म पनि भनेर !
"के हाँसिरहेको ,निदाएको मान्छे उठ्ने बित्तिकै हाँस्ने अरे !!!!! लेखक हरुको संगत मलाई गारै पर्ला जस्तो छ , यहि हो नारायणगढ भनेको " उसले बाहिर देखाउँदै भनी ।
म चुपचाप थिएँ । हामी बिस्तारै पश्चिम बसस्टैण्ड तिर गयौँ । राम्रो भनौँ वा नराम्रो भनौँ मेरो भाग्य को नियतिलाई गाडि लागिरहेको थियो ।उसको टिकट को पैसा तिर्न खोजेँ सुधा मानिन । म यो सम्बन्धलाई दाँज्दै छु ,केटिहरुलाई के के कुरामा मान्छे आफ्नो र के के कुरामा पराई लाग्छ । हिजो को चियाको पैसा मलाई तिर्न उसैले लगाएकी थिई ।
रातभरि नसुतेर होला सुधा र म दुवै निदाएछौँ ।बिच बिचमा उसको स्पर्शले मलाई झक्झक्याउने गर्थ्यो । म उल्टो गन्ति गर्थेँ जब जब बिउँझिन्थे यति घण्टा बाँकि छ अब भनेर ।
"बुटवल आईसकेको ?" उसले आँखा मिच्दै भनी । बाहिर पारिलो घाम थियो । पहिलो चोटि आफ्नो शललाई अलग्याई ।मनमनैँ लाग्यो के म त्यो शलको ठाउँ लिन सक्छु भनीदिउँ कि भनेर । कालो रंग को टिशर्ट रहेछ भित्र । गोरो अनुहार हरु कालो रंग को आड मा अझ फक्रिए झैँ लाग्छन् ।जे होस् ड्रेसिंग सेन्समा उ बाठि छे ।
"आइपुग्यो !"मैले आफ्ना शब्दहरु बदलेँ ।
"अब चार घण्टा मा त पुगिएला !"
चार घण्टा कति थोरै ,भनेको दुईसय चालिस मिनट ! समयलाई लम्ब्याएको भान भयो ।
"आज धेरै चुपचाप छौ नि !"
"तिमीसँग छुट्टिने डरले होला !" मलाई कुरा लुकाउन मन लागेन ।
"धन्यवाद !" उ हाँस्दै थोरै हलुका हुन खोजी ।
"तिमीले हाम्रो भेट लाई कसरी हेरेको छौ ?"
"हरेक भेट आगामी भेटको योजना सहित हुन्छ ।"
"तिमी दोस्रो भेटमा बिश्वस्त छौ भनेपछि !"
"ल !!!!!!! मैले झन तिमी सँग हिजो एक दिन माँगेको हैन नेपालगन्जमा मेरो लागि !"
"मलाई बिश्वास लागेको छैन !"
"केहि कुरामा आँखा चिम्लिनु पर्छ ! आँखा चिम्लिएर सोच तिम्रो मुटुले के भन्छ ।"
आज उसको र मेरो बिच समबन्धले एक सिँढि चढे जस्तो लाग्यो । जे होस् हामी सतहमा थिएनौँ थोरै गहिरिएका थियौँ ।
"मैले फोन गरेर बोलाउँदा नाईँ भन्न पाउन्नौ है !"
"प्रश्नै उठ्दैन ।" करिब तिन बजेतिर नेपाल गन्ज बस स्टप मा च्यातिने बेलामा मैले उत्तर फर्काएँ । उसको आँखा मा आँखा जुधाउने साहस आएन । पर पुगिसकेपछि ओझेल हुन लागेको आक्रिति लाई धित मरुन्जेल नियाँले ।
अचानक फोनको घण्टिले मेरो हेराई भंग गर्यो । मनोज को रैछ ।
"कहाँ छस् तँ ?"
"म बसपार्कमा !"
"दाहिने पट्टि एउटा चिया पसल छ म बाईक लिएर त्यहिँ छु आईज त्यता !"
मैले पर हेरेँ कालो पल्सर मनोजकै थियो । आफ्नो कालो शरिर त्यहि कालो पल्सरमा राखेर पर्सिको दुलाहा मलाई पर्खिरहेको थियो ।
"बन्द मा त परिनस् ?"
"झण्डै हाँप्दिन आटेको थिएँ तेरो बिहे ,यात्रा रमाईलो भयो ।"
"केटी छेउ मा परी कि क्या हो ?"
"कसरी थाहा पाईस् !"
"तिमीहरुको बिछोड हेरीरहेको थिएँ पर बाट ,नसुध्रिने भइस हैन कहिल्यै !"
"हैन यार यो अरु भन्दा भिन्दै थिई ।"
"सबै पहिलो भेटमा त्यस्तै लाग्छन् ।" उसले बाईक स्टार्ट गर्दै भन्यो ।
म उसको बाईक पछाडि चढेँ बिस्तारै उसको बाईक नेपालगन्जको केहि सडक हरु छुँदै अघि बढ्यो ।
"त्यसो भए बिहा किन त ?" मैले उसलाई जिस्क्याउँदै भनेँ ।
"बटुवा जति चौतारिहरुमा सुस्ताए पनि आखिर रातमा ओत लाग्ने छानो खोज्नु पर्छ ।"
"पहिलो चोटि म सँग लुकेर गरेको एफेयर ! त्यहि बिहा मा परिणत भयो , मैले भनेको मान्छस् भनेँ तँ हरेक कुरा म सँग लुकाउने गर् ।"
उ हाँस्दै थियो । मैले उ सँग साना देखि का केहि कुराहरु पनि लुकाएको छैन न उसले म सँग ! आजको रात भरि हाम्रो गफ हुने होला आखिर धेरै दि पछि को भेट थियो त्यो !
"ल जा फ्रेस हो ,ब्याग मेरै रुम मा राख !"
अंकल आन्टिलाई नमस्ते गरीसकेपछि म घर भित्र छिरेँ ।
राती नौ बजे पछि मात्र आएका पाहुना हरुलाई मिलाएर मनोज कोठा भित्र छिर्यो ।म उसकै ल्यापटपमा नेटमा साझामैँ बढेका थ्रेडहरु हेर्दै थिएँ ।
"कति साझालाई नै काखि च्यापेर बस्छ यो !"
"मैले झलक्क सुधाले गरेका कुराहरु सम्झेँ अनि कम्प्युटर निभाएर बसेँ !"
"ल भन् भाउजुसँग को भेट ,बा म अर्को प्लट पाई हाल्छु कि !"
"तेरो प्लट हुनलायक केहि छैन यार ,जागिरको बेट ,दुईमहिनाको चिनजान मेरो प्स्ताव उसको स्विकार त्यत्ति हो !"
"आफ्नो त दुवै दिन मा पर्ने भइसक्यो !"
"ए बसमाँ भेटेकी ,साँच्चै त्यस्तै हो भन्या ?"
"त्यस्तै लाग्छ यार !"
"सुना न त ! तैँले जस्तो बुट्टा भरेर सुनाउन मलाई आउँदैन नि त !"
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
मैले कथा सुनाईसकेको थिएँ उ अर्को खाटमा सिराने लाई कसेर पक्डेर मेरो कथा सुन्दै थियो ।
"टु फास्ट , तँ अथवा त्यो केटीको एप्रोच थाहा भएन । तर त्यो केटी छिटी भए बचेर बस् ।" उसले मलाई सुझाव दियो ।
"होईन मेरी सुधा त्यस्ति छैन " मैले सुस्तरि जवाफ फर्काएँ ।
क्रमश: