भाग २ बाटा अगाडि..............................
“सुष्मा हो नि केटि को नाम, बिर्सेलास!’ आमाले हिड्नु अगाडि भन्नु भयो
। म झसंग भए । शंका दह्रो भयो ।
हाम्रै कलेज पढेकि केटि भनेपछि चिनेको त होला भन्दै थिए । न्यौपानेकी
छोरी, सुष्मा । सुष्मा न्यौपाने । २ ब्याच जुनियर ।
हेर्ने जाने भनेर जुत्ता लगाइसकेको थिए । आमालाई केहि भनिन । जुत्ता
मा पालिस लगाउन बाकिं थियो । मन लागेन, लगाइन ।
‘सन्तोषको अफेयर चलेको थियो, कलेजमा । डेढ बर्ष अगाडि उ US गएको थियो । तर
कलेज पछि सुष्मा को बारेमा मलाई जानकारि भएन ।
के भन्ने के गर्ने जस्तो भयो । केहि भनिन ।
वुआ पनि रेडि हुनुभयो ।
‘जाउँ हिड’ भन्नु भयो । म पछि लागे । आमा बाहिर सम्म निस्कनु भयो ।
‘सापकोटा’ केटिको कुरा असफल भएपछि आमा मेरो बिहेलाई लिएर झन जोड तोड
का साथ लाग्नु भएको थियो ।
‘यो फाल्गुणमा जसरि पनि
कान्छाको बिहे गर्ने’ बुआ संग प्राय: नझर्किने मेरी आमा ले एक सांझ कडा स्वरमा
भन्नु भयो । त्यो दिन बुआ त केहि बोल्नु भएन, मेरो त के कुरा ।
पुरानो बानेश्वरमा दिदि लाई लिएर हामी मैतिदेवि तिर लाग्यौ ।
‘यो DENIM कति धेरै लगाएको’ दिदिले बुआको aftershave को कडा बास्ना को विरोध गरि ।
‘आफ्नो गालामा मनलागे जति दल्न पर्छ, हा हा हा हा’ खैनि खाने मेरो
बुआका दाँत कहिल्यै सेता भएनन् ।
दिदी र बुआ गफमा भुल्नु भयो । म सुष्मा र सन्तोषको पुरानो relation सम्झंन थाले ।
क्यान्टिनमा प्राय: उनिहरु संगै हुन्थे । हामी पनि कहिले काहि उनिहरु
को group मा सामेल हुन्थ्यौ । सन्तोषले propose गरेको १ बर्षपछि
मात्र accept गरेकि थिइन् सुष्माले । मैले त्यस्तै सुनेको थिए । एउटै batch भएपनि faculty
फरक भएर होला,
सन्तोषसंग त्यस्तो गहिरो र नजिकको दोस्ति भने थिएन मेरो ।
कस्तो संयोग होला, आज म सुष्मालाई हेर्न जादैछु!!! के हो के हो जिवन ।
कहिले कहां डोहोर्याउँछ कहिले कहाँ ।
One way भएकोले गाडि वरै पार्क गरेर हामी हिड्यौ । दिदीले घर देखेकि थिइं, उ
नै अघि लागि । बुआ र म पछि । मैतिदिविको मन्दिर अगाडि सदा झैं यो पटक पनि टाउको
निहुर्याए ।
Rent को फ्लाटमा बसेको रहेछन् । दोस्रो तल्ला । मिलाएर सजाएको कोठा, सफा ।
नियमित गफ सुरु भए । वातावरण सन्तुलित अनि familiar बनाउने पारम्परिक नेपालि गफ ।
पहाडका गफ बाट ice break भयो ।
‘यसका मावलिको चाहि भोजपुर भुल्के । पुर्व ४ नंम्बर । हामी चाहिं १८
सालमा झरेका ।‘
बुआ बोल्दै हुनुहुन्थ्यो । दिदी कता अर्को कोठामा गएकि थिइ । म भने
त्यो भाइ संग त्यसै काम न काज संग दांत देखाएर बसेको ।
कोठाका सबै थोक नियाल्दै गए । भित्ताका सजावटहरु, सोकेसका
श्रृंगारहरु, भुईका गलैचाहरु । टेवल मुनि ‘नेपाल’ पत्रिका रहेछ । सजिलो भयो ।
बुआ गफमै हुनुहुन्थ्यो । ‘ यहि कान्छो को मात्र बाकिं, यसको बिहे गरेर
हामी चांहि १२ धाम घुम्न जाने सोचेका छौं । हात खुट्टा चल्दै जानु पर्यो नि ।‘
‘बियर र सुर्ति छोड्नु नि, १२ धामका गफ’ मेरो अफ्ठ्यारो समेत मिसाएर
मैले बुआलाई मन मनै गालि गरे ।
उनि आइन्, कुर्ता सलवारमा । कपाल पछाडि बाधेको । ट्रेमा चिया बोकेर ।
पहिले बुआलाई दिईन् । अनि उनका बुआलाई दिदै थिईन्, वहांले मतिर इशारा
गर्नु भयो । त्यहि कप उनले मतरि राखिन् । मैले अफ्ठ्यारो हातका साथ लिए ।
झन आवाज ननिकालौ भन्यो, कप त्यसै बज्छ । चिया पोखिएला भन्ने कत्रो
त्राहि मलाई ।
‘संगै बसे भै गयो नि’ को देखेको मान्छे भनेको त दिदिको साथि पो
हुनुहुदो रहेछ । उठेर नमस्कार गरे ।
‘म सुष्मा को दिदी’ उनले नै भनिन् । बल्ल बुझे, लमि त दिदिहरु पो रहेछन् ।
सुष्मालाई ल्याएर म सँगै राखिन् ।
बस्दा उनलाई अलि अलि छोइएको थियो । गाह्रो गरि चियाको पहिलो चुस्कि लिए ।
आथ्था, कस्तो तातो । तालुको छाला सबै पोल्यो ।
कप राखें । तालुको छाला गएछ । मैले जिब्रो भित्र भित्रै बटारिरहें ।
‘ल हेर त अफ्ठयारो मानेका, उ पल्लो कोठामा बसेर गफ गर, सजिलो हुन्छ ।‘
मेरि दिदी बुझ्झकि भईसकेकि थिई । व्यवहार जान्ने, कुरा बुझ्ने, मिलाउने ।
हामी अर्को कोठामा लाग्यौ । सुष्मा अलिक सहज भईन् । म पनि ।
म कुर्सिमा बसे, उनि खाटमा ।
उनकै कोठा रहेछ । चक्लेटि कुरा ले सजाएको ।
‘सुष्मा, मैले हिड्ने बेलामा मात्र थाहा पाए । तिमी कहां आउंदैछु भनेर
।‘
उनि अलिक निन्याउरो भइन् ।
‘मलाई पहिले नै थाहा थियो, तपाई हो भनेर, त्यसैले नाईं पनि भन्न सकिन ‘
मेरो प्रसंसा हो वा बिवाह को मन्जुरि मैले बुझिन ।
‘पढाउँदै छौ हैन?’ मैले प्रसंग बदल्ने प्रश्न गरे ।
‘हो’ उनले केहि कुरा भन्न सास जोगाउँदै थिइन् । यो कुरा म जति बुझ्दै
थिए त्यति नै अफ्ठ्यारो लाग्दै थियो ।
‘सुष्मा, I don’t know what happened between you and
santosh. I only know he is abroad. ‘
मैले जति रोक्न खोजे पनि यति नभनि म बस्न सकिन ।
निहुरिएकि थिइन् । उनका आँखा भरिएका थिए । त्यहां कुरा गर्न अफ्ठ्यारो
थियो । तर पनि हामी त्यहां बाट उठेपछि धेरै महत्त्वपुर्ण decisions हरु हुन्थे त्यहि
भएर कुरा गर्न जरुरि थियो, सजिलो अफ्ठ्यारो एकातिर राखेर ।
‘im in real dilemma. उनले धेरै
बेर पछि आफै भनिन् । हो, सन्तोष र मेरो affair थियो । we still have in some way. सगै us जाने प्लान थियो ।
तर मेरो GRE एकदम खत्तम भयो । toefl पनि दिएको थिईन । फेरि उसले ra पाएको थियो । उ
गएपछि process गर्न एक्लै पनि भए, गाह्रो पनि भयो । अहिले idle जस्तो भएर बसेकोले बिहेको कुरा बढेको हो ।‘
‘अनि उ के भन्छ?’
‘मैले बिहेको कुरा भनि सके । उसले म समर मा मिलाएर आउंछु भनेको छ । यो
३ महिना पर्ख, hold गर भनेको छ ।‘
‘अनि, parents लाई भनेको छैनौ त?’
‘भनेको हो पहिले नै । अरु बेला ठिकै छ भनेर मान्नु पनि भएको हो । तर
यो पालि, केटा गतिलो छ । अब सधै बिदेशकालाई कुरेर पनि हुदैन । कुरा मिल्यो भने यहि
संग गर्नु पर्छ भनेर ममि ड्याडिले जिद गर्नु भयो । मैले वहां हरुलाई जित्न नै सकिन
।‘ उनले कुरा नढाँटि राखिन् ।
म सोचमा परे । एक त आफ्नो बिहे को यत्रो संघर्ष अर्को साथीको नासो ।
सबै कुरा मिलेको छ । घर, परिवार, हाम्रो सोच । सबै थोक । सुष्मा संग बिवाह गर्दा
सबै खुसि, उनको परिवार, मेरो परिवार र म पनि । तर पनि मन भन्दा ठुलो कुरा केहि
हुन्छ र???
धेरै सोचैर मैले आँट गरेर सोधे ‘म के गरौं?’
‘please, reject me. It will be easier for me. Please!!!!!’
मैले अपेक्षा गरेको नै उत्तर पाए ।
केहि बेर को मौनता पछि दिदी आई ।
‘एकै चोटि कति लामो कुरा गरेका
। जाउँ अब‘ उ जिस्काउँदै थिई ।
घर फर्कन गाडिमा बसियो । बुआ र दिदी पछाडि मेरो भविष्य बुन्दै
हुनुहुन्थ्यो म भने तिनै पालिस नलगाएका जुत्तामा आफुलाई नियाल्दै थिएं ।
----------------------------------------------------------------------------------------------
meaninglessthinkings@somewhereondearth