Amidst political and economic turmoil, there are many good things going on in our country, so why not talk something worth:-) No matter, how meager be the news, please do share here!. Though we all are insisted to believe "Good news is no news".
Thanking You all -----------
"To eat bread without hope is still slowly to starve to death."
Though Nepal registered a thrilling one-run victory over Oman in the
on-going Twenty-20 ACC Cricket Tournament Hubara, Kuwait Wednesday,
it was not through to the semifinals.
After winning toss, Oman elected to bowl first and restricted Nepal to 140 runs in the twenty overs.
Mehboob
Alam contributed 41 runs while Shakti Gauchan added 17 runs to the
Nepali total while Paresh Lohani, Gyanendra Malla and Paras Khadka
scored 16 each.
Nepal set the target of 141 runs losing eight wickets.
It was all out at 139 runs- close to victory. Paras Khadka was declared the man of the match in the match.
Nepal suffered its second defeat as Afghanistan registered a six-wicket victory in the tournament Tuesday.
Nepal qualified for the Youth World Cup 2008 clinching the ACC U-19
Elite Cup cricket tournament at the Kinrara Oval Ground on Wednesday.
In the final, Nepal defeated Afghanistan by 48 runs for its fourth
successive title at this level. In a closely contested match, Nepal
batted first to score 172 runs in 49.4 overs and bowled out the South
Asian neighbors for 124 in 45.5 overs.
Nepal has not lost a single match in the event since 2001, winning
titles in 2001, 2003 and 2005 prior to this. Nepal was runner-up to
Bangladesh in 1999.
“This is a great win,†Nepal’s coach Roy Dias commented after the
victory. “Among all matches, the final was the most interesting.†Nepal
will now play its fifth Youth World Cup (YWC) in Malaysia in February,
2008. ACC informed that there would not be any playoff against Scotland
for the YWC spot.
While defending a moderate total, Nepali spinners played a crucial
role as Shashi Keshari led with three wickets while Rahul Biswokarma
and Sagar Khadka each took two wickets. Raj Shrestha took a wicket
while pacers Amrit Bhattarai and Abhaya Rana chipped in with one each.
But it was Amrit and Paras Khadka who bowled with discipline
restricting free-hitting Afghan batsmen at the start of the innings
that set the foundation for victory. The Afghans played very slowly in
the beginning scoring a run-an-over till the 10th over and at the rate
of two runs until the 34th over.
Man-of-the-final Shir Shirzai scored 66 runs for Afghanistan and as
long as he was at the crease, Afghanistan was hopeful of a victory
despite needing 64 runs in the last 10 overs. But it collapsed from
108/5 to 124 all out in an attempt to accelerate.
Nepal lost two wickets in the first two overs, after electing to
bat, as Shashi Keshari and Gyanendra Malla were dismissed to put the
team in trouble. Paras Khadka and Mahesh Chhetri added 44 runs before
Paras was bowled off an inside-edge at 28. Soon, Mahesh departed for 14
along with Antim Thapa and Nepal slumped to 60/5 in the 22nd over.
Akash Gupta, batting at No 7, was in a different mood though and
scored a run-a-ball 48 with six fours and a six. He partnered 61 runs
with Sagar Khadka, who himself got 32 off 79 balls. Raj Shrestha also
got 14 runs.
“Nepal’s bowling was better than we thought,†Afghan coach Taj Malik said. “They played great cricket.â€
“I am grateful to my players for this win,†captain Paras Khadka,
who was later named man-of-the-series, said after the win. “We didn’t
score much but we won convincingly.â€sorry guys it kind be little old news.
Amazing, aren't you the big fan of nepali football; pls read this article and see in which direction it is going. Why do they need to drag politics in everything?
नेपाली मन
अजय फुयाल विजय र वियोगको एकअर्कासँग त्यति समन्वय रहँदैन। विजयले सधैं मिलनको संकेत गर्छ, वियोग नैराश्यको नजिक रहन्छ। तर नेपाली फुटबलमा अहिले चक्र उल्टो घुमिरहेको छ। राष्ट्रिय फुटबल सफलतापछि वियोगको पीडामा रुमल्लिइरहेको छ।
एसियाकै महारथी मानिने ओमानसँग साहसिक प्रदर्शन गरेर दुवै लेगमा सशक्त विपक्षीलाई अनपेक्षित २-० को नतिजामा रोकेपछि नेपाली राष्ट्रिय फुटबल टिम आफ्ना प्रेरणादायी प्रशिक्षक श्याम थापासँग बिछोडिएको छ। युवाविकास परियोजनाका लागि चार वर्षगाडि नेपाल आएका थापा आधुनिक नेपाली फुटबलका सबैभन्दा सफल प्रशिक्षक हुन्।
गुल्मीको भार्सेका थापा प्राविधिक रूपमा अहिले भारतीय नागरिक हुन्। भारतीय सेनाका जागिरे बाबु विसनसिंह थापासँग सानै उमेरमा उनी बिदेसिएका थिए। पिताको कार्यक्षेत्र देहरादुनमै पढाइ गरेका थापा स्कुले जीवनमै १९६१ मा सुव्रतो मुखर्जी कपमार्फ फुटबलको मैदानमा होमिएका थिए। त्यसपछि अहिलेसम्म नै उनको फुटबल नाता समान रूपमा अगाडि बढिरहेको छ।
पिता विसनसिंह जागिरबाट रिटायर्ड भएपछि जन्मथलो फर्किए पनि श्याम भने पढाइलाई निरन्तरता दिन उतै रोकिए। उतैबाट फुटबल जीवन शुरू भयो, खेलकै माध्यमबाट भारतीय सेनामा भर्ती पनि भए। पछि भारतको प्रतिष्ठित सेन्ट्रल बैंक अफ इन्डियामा सहायक म्यानेजरका रूपमा पनि काम गरे।
स्कुले जीवनमै भारतीय फुटबलको महारथी इस्ट बंगालबाट व्यावसायिक खेलजीवन शुरू गरेका थापाले डेब्यु खेलमै ह्याट्रिक गरेका थिए। १९६६ मा इस्ट बंगालबाट एक सिजन खेलेपछि सेनामा भर्ती भएका उनी साढे दुई वर्षपछि फेरि सेना छोडेर इस्ट बंगाल नै फर्किएका थिए। दक्षिण एसियाली फुटबलकै महान् हस्तीहरूमा गनिने थापाले अर्को भारतीय महारथी मोहन बगानबाट पनि उच्चस्तरीय फुटबल खेले।
१९७० देखि भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइका स्ट्राइकरका रूपमा खेलेका थापा खेलजीवनभर सधैं एउटा स्टार खेलाडीको हैसियतमा रहे। भारतीय राष्ट्रिय टिमबाट १९७० र १९७४ को एसियन गेम खेलेका थापालाई १९७८ को एसियन गेमको प्रशिक्षण शिविरमा डाकिएन। त्यतिखेर अनुभव र वरिष्ठताका हिसाबले उनी भारतीय टिमको कप्तान हुने थिए।
उच्च फर्ममा खेलिरहेका पनि थिए। तथापि प्रशिक्षण शिविरमा नपरेपछि थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिए।
उनीजस्ता स्टार खेलाडीमाथि अन्याय हुँदा देशभर विरोध प्रदर्शन भए र दबाबमा उनलाई पुनः टिममा डाकियो। तर थापाले आफ्नो निर्णय फिर्ता लिएर भारतीय कप्तान बन्ने अनि भारतको प्रतिष्ठित अर्जुन अवार्ड जित्ने अवसर उचित ठानेनन्, जसलाई उनी अहिले पनि जिन्दगीको एउठा ठूलो भूलका रूपमा व्याख्या गर्छन्।
भारतीय राष्ट्रिय टोलीबाट मर्देका कप खेल्न १९७० मा मलेसिया जाँदा थापाले पहिलोपटक टेलिभिजन देखेका थिए। अनि टेलिभिजनमा आफूले नाम मात्र सुनेको तर कहिल्यै नदेखेको फुटबलका तत्कालीन राजा पेलेको खेल देखेका थिए।
ँत्यति बेला टेलिभिजनमा पेले देख्दा उसलाई भेट्ने र ऊसँग खेल्ने सपना पलाएको थियो’, थापाले स्मरण गरे- ँभाग्यको कुरा १९७७ मा पेले, फ्रेन्ज बेकेनबाउरलगायतका स्टार खेलाडीहरू सम्मिलित अमेरिकाको कस्मस टिम भारत आउँदा मेरो सपना पूरा भयो।’
त्यतिखेर कस्मसले भारतको मैत्रीपूर्ण भ्रमणका दौरान मोहन बगानसँग खेलेको २-२ को बराबरी म्याचमा थापाले एक गोल गरेका थिए। स्थानीय पत्रिकाहरूलाई पेलेले प्रतिक्रिया दिने क्रममा २२ नम्बरको खेलाडी (श्याम थापा) उत्कृष्ट खेलाडी भएकोे बताएको खबर भोलिपल्टको पत्रिकामा पढ्न पाउँदा थापालाई आफ्नो जीवन नै सार्थक भएझैं लागेको थियो।
ँमेरा आदर्श खेलाडीले मेरो प्रशंसा गरेको खबर पढ्न पाउँदाको खुसी मेरा लागि अनुपम छ। त्यो मेरो जीवनकै सबैभन्दा ठूलो उपलब्धि थियो’- थापा रोमाञ्चित भए।
१९८४ बाट क्लब फुटबलबाट सन्न्यास लिनेबित्तिकै इस्ट बंगाल प्रशिक्षकका रूपमा फेरिएको उनको भूमिका त्यसपछि भारतीय जुनियर टिम, बंगाल प्रशिक्षक, फेरि इस्ट बंगाल प्रशिक्षक हुँदै आसाम एकेडेमी र मोहन बगान सेल एकेडेमीपछि अहिले नेपाल पुगेको छ। एउटा स्टार खेलाडीको हैसियतले सधैं दबाबपूर्ण खेल खेलेका थापा खेलाडी जीवनपछि बैंकको जागिरमा मात्र सीमित भएर आरामदायी जीवन बिताउने योजनामा थिए।
तर श्रीमती कञ्चन थापाको प्रेरणा र नेपाली मूलका समर्थकहरूबाट पाएको उत्साहका कारण थापा फुटबलबाट टाढिन सकेनन्। बरु २००१ मा बैंकबाट समेत राजीनामा दिएर पूर्ण रूपमा फुटबलमा समर्पित भए। बैंकमा जागिर रहँदा पनि एउटा स्टार खेलाडी भएकाले उनलाई फुटबलमा लाग्न पूर्ण सहुलियत मिलेको थियो।
ँखेलेका प्राय खेलमा गोल गरिरहन्थे। सधैं अखबारको हेडिङमा नाम आउँथ्यो। अनि भारतमा रहेका सम्पूर्ण नेपाली मूलका मानिसले तपाईं गोर्खालीको सान हो भन्दा निकै गौरव अनुभव हुन्थ्यो’, थापाले सम्झिए- ँश्रीमतीले पनि फुटबलमै लागिरहेर एउटा नेपालीका रूपमा सधैं नाम जीवित राखिरहन प्रेरणा दिइन्।’
देहरादुनमा पढ्दै गर्दा भारतकै धरमशालानिवासी कञ्चन लामासँग थापाले प्रेमविवाह गरेका थिए। श्रीमतीकै निरन्तर प्रेरणा र सहयोगमा फुटबलमा लागिरहेका थापाकै शब्दमा उनको जिन्दगीलाई भागबन्डा गर्ने हो भने अहिलेसम्म फुटबलले ७५ प्रतिशत पाएको छ, घरपरिवारको भागमा २५ प्रतिशत मात्र। ँअब त हरियो मैदान र फुटबल नदेखे चाँडै मर्छु होलाजस्तो लाग्छ।’- उनले भने।
अनुशासनको मामलामा निकै कडा स्वभावका थापाले १९९० मा खेलाडीको अनुशासनहीनताका कारण इस्ट बंगाल छोडेर कहिल्यै सिनियर टिम नसम्हाल्ने निर्णय लिएका थिए। त्यसपछि सधैं युवाविकास परियोजनामा काम गरेका थापाले २००१ मा मोहन बगान सेल एकेडेमी स्थापना गर्दा टेक्निकल डाइरेक्टरका रूपमा काम गरेका थिए।
भारतीय फुटबलमा त्यो पदको निकै ठूलो प्रतिष्ठा थियो, पैसा पनि अति आकर्षक। अनि मोहन बगान पनि श्याम थापालाई सधैं आफूसँगै राखिरहन चाहन्थ्यो। यहाँसम्म कि अझैसम्म त्यो एकेडेमीमा थापाका लागि एउटा कोठा सुरक्षित राखिएको छ।
ठीक त्यतिखेरै एन्फा अध्यक्ष गणेश थापाले उनलाई नेपालको युवाविकास परियोजना सम्हाल्ने प्रस्ताव राखे। त्यतिखेर श्याम थापासामु कलकत्ताको प्रतिष्ठित र आर्थिक रूपले फाइदाजनक काम एकातिर थियो भने अर्कोतिर नेपाली फुटबलको सेवा गर्ने अवसर।
प्राविधिक रूपले भारतीय भए पनि सम्पूर्ण रूपले नेपाली मनका श्यामले कलकत्ताको त्यो सुखसयलभन्दा नेपाली फुटबलमा मेहनत गर्ने कामलाई नै लोभलाग्दो देखे। फलतः सबैलाई आर्श्चर्यमा पार्दै उनी थुप्रै योजना बुनेर उत्साहित मुद्रामा नेपाल भित्रिए।
ँखेलेर नेपालका लागि केही गर्न सकिनँ, अब खेलाएर केही गर्छु भन्ने उद्देश्य लिएर आएको हुँ। मसँग चीनले गाउँगाउँबाट प्रतिभाहरू खोजेर एकेडेमी सञ्चालन गरी फुटबलस्तर उकासेको उदाहरण थियो। म पनि गाउँगाउँमा गएर युवा खेलाडी खोजेर केही गर्न चाहन्थें।
नानी -थापाको भाषामा बच्चा) हरूको प्रतिभा तिखार्न चाहन्थें’, थापा भावुक भए- ँतर देशको खराब राजनीतिक परिस्थितिले मलाई गाउँमा जान सुरक्षा भएन। म आफ्नै देशबाट कम्तीमा एउटा रोलमोडल उत्पादन गर्न चाहन्थें। नेपाललाई साफभन्दा माथिल्लो स्तरमा पुर्याउन चाहन्थें। तर मेरो सपना अझै पूरा भएको छैन। फुटबलमा अहिले देखिएको अनावश्यक विवादले पनि मलाई निराश पारेको छ।’
१९९० मा इस्ट बंगाल छोड्दा कहिल्यै सिनियर टिम नहेर्ने निर्णय लिएका थापाले २००५ मा नेपालका लागि आफ्नै निर्णय फिर्ता लिए। युवाविकास परियोजनाका लागि मात्र भनेर नेपाल आएका थापाले नेपाली भावनासामु आफ्नो निर्णय फिर्ता लिँदै एएफसी च्यालेन्ज कपदेखि राष्ट्रिय टिमको जिम्मा लिएका हुन्। तर लगातारको विवाद, काम गर्नका लागि उपयुक्त वातावरणको अभावलगायतका कारणले थापाले ओमानविरुद्धको विश्वकप छनोटको दोस्रो लेगपछि राष्ट्रिय टोली छाडेका छन्।
युवाविकास परियोजनाका लागि अझै ६-७ महिना नेपाल रहने थापा त्यसपछि भने कलकत्ता र्फकने योजनामा छन् तर भन्छन्- ँम जुन सपनाले नेपाल आएको थिएँ त्यो पूरा भएको छैन। राष्ट्रका लागि आवश्यक पर्दा म फेरि तन्नेरी हुनेछु। काम गर्ने वातावरण भएपछि र विवाद साम्य भएपछि फेरि नयाँ जोसका साथ फर्किन सक्छु।’
गुल्मीको भार्सेमा अझै जग्गाजमिन छ। तर थापाका आमा र तीन भाइ अहिले मंगलापुर भैरहवामा सरुवा भएका छन्। श्रीमती कञ्चन सधैं आफूसँगै रहन्छिन् भने छोरी शिवानी विवाह गरेर अस्ट्रेलियामा सेटल भइसकेकी छन्। त्यस्तै छोरा मानस पनि जेट एयरमा चिफ सेक्युरिटी अफिसरका रूपमा कार्यरत छन्। त्यसैले थापालाई घरपरिवारको कुनै जिम्मेवारी छैन। एन्फाबाट पाउने १ हजार डलर उनकै लागि पर्याप्त छैन। छोराछोरीबाट सपोर्ट भइरहन्छ। कलकत्तामा बैंकबाट ९ हजार भारू पेन्सन पनि आउँछ।
आर्थिक र पारिवारिक रूपले सम्पन्न थापाको नेपाली मन र फुटबलक्षमता नेपाली फुटबलको आवश्यकता हो। भारतीय नागरिकता हुनाका बाबजुद नेपाली राष्ट्रियताप्रति उदाहरणीय रूपले प्रतिबद्ध थापाको मन नेपाल छोड्नका लागि पक्कै उत्सुक छैन। केही पक्षले बाध्य पारेको हुन सक्छ।
खेलाडीहरूको प्रतिनिधित्व गर्दै नेपाली राष्ट्रिय टिमका उपकप्तान तथा नबिल थ्रीस्टार क्लबका कप्तान राजेश शाहीको भनाइ छ- ँश्याम सर नेपाली फुटबल, खेलाडी र नेपाल राष्ट्रका लागि तपाईं हामीलाई नछोड्नुस्।’ युवाविकास परियोजनाका लागि मात्र नभई श्याम दाइ -नेपाली फुटबलमा आदरपूर्वक उनलाई यसरी नै सम्बोधन गरिन्छ) को मार्ग निर्देशन राष्ट्रिय टिमले पनि पाओस्।
Pls read the following article too if you really want to hear good news from Nepal.
Factory closed!
By ARUN GUPTO
A very principal factory of Nepal was closed during the Dashain and the consequence was that nothing bad happened to the majority of Nepalis during its closure. There was a huge lock on the gate of Nepali political factory and things were fairly peaceful in the country. Does it mean that when political industry is not in action, we are the happy lots? Once the political industry opened and the workers and technicians went in, the fanciful times were over.
On the tenth day of Durga Puja, I had a vivid dream while taking a short afternoon nap after the Tika ritual. I saw a huge factory on the way from Naubise to Thankot. The place from where the Ganesh Himal can be clearly seen. On your left when you are approaching toward the Kathmandu valley, you can see the icy Himalayan range. There was a big building complex on a nearby hill. The architecture was stylishly a ruin. Instead of the famous pagoda roof, there was nothing but an ugly and tall chimney.
I took out my telescope which actually was a blackboard duster, I remember. People were looking agitated at an oversize lock on the carved wooden gate. Someone told me that most of the onlookers were the famous Nepali politicians. They had closed the industrial complex for the Dashain respite and had gone home. Yesterday night, someone stole the key from under the pillow of the Family Minister, and now the politicians cannot enter into the factory and resume their good work.
I suddenly saw me standing by the side of a familiar politician though I was just passing by on a speeding Micro bus. There was a student named Romkant standing by my side who was smiling and content. "Aren't you concerned?" I asked. "Why should we? If the factory is closed, we are liberated!" He was overjoyed and asked me to pray to Devi not to find the keys. One of the politicians overheard him and wanted to inquire. "You must be the chor (thief), the politician wanted to hold Rom by his Puja garland. Rom started running up on the hill and the politicians started chasing him. One political sprinter caught hold of the student and both fell down the scree slop. I realized that Romkant was me hit hard by a rock. Both stopped and as the politicians hit me on my face, I was awake. I can still remember the dream and the big left fist of the politician.
When politics plays nothing, people and places are happy and safe. The times of festival are the occasions when political agenda have almost nothing to interfere with. Or to put things honestly political institutions lack intelligence to meddle with the rituals of religious kinds. Thus my proposed argument is that when politics is distanced, nation's course is smooth.
Why then politics makes things uneven? The reasonable question rather is why politicians of this country make things complicated Either political matters should not go with the politicians or politics is too intelligent a matter for our politicians to comprehend. There may be many more answers for the questions I have raised, but the interesting point is that if nothing party political happens in Nepal, life is calm and quiet.
The party politics has poked its nose in election matters, ethnic problems, electricity and petroleum, and what not. In the matters of festivals and rituals, the same active political think tank has no plans and programs. No slogans, no public participations, and no promises of faith! One would thank the politics and the politicians for not meddling with social rituals. Since most of the time politics has done damages while interfering with others instead of solving problems, the good for the nation is due to the pity politicians have shown towards the majority of Nepalis. One should thank them!
Thus festival times are calm not necessarily for being the time of worshipping the great goddess, but for politics not meddling with common rituals. Politics has left the nation calm and peaceful at least for some time. One still would not wish for such calmness because such kind of peace is not the course of progress the Nepalis would wish for.
The contents of the dream correspond with the contents of the desire. The desire is not to do away with politics but to question perpetual errors in the working of the political institutions of this country. Political functions have been weak, unplanned, leaky, and mediocre for many long years of contemporary times. Nepali politics acts and breeds frustration and when it is distanced, people are in leisurely moods.
I do not want to generalize that during the Durga Puja festival, Nepali political institution was inactive thus things turn good in the country. The problem one wants to point out is that political inaction makes nothing happen in the country like during the Durga Puja. When nothing happens things are calm and quiet but when things happen, politics makes them bizarre and even chaotic. Only if our politics could correspond with the moral goals of this country!
Talking about Shyam Thapa, I had an opportunity to meet him when I was a kid in Salt Lake Stadium, Calcutta. Not for a football reason though....!! He definelty is a 100% Gentleman and of course NEPALI at heart
काठमाडौं, कार्तिक २७ - सडक विभागले तराईलाई राजधानीसँग जोड्ने सबभन्दा छोटो 'वाग्मती करिडोर' सडक निर्माण कार्य थाल्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्ले एक महिनाअघि सडकको सम्भाव्यता अध्ययन र रेखांकन स्वीकृत गरेपछि विभागले निर्माण तयारी सुरु गरेको हो ।
'फास्ट ट्रयाक सडकको सम्भाव्यता र रेखांकन स्वीकृत भइसकेको छ,' विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलाले मंगलबार कान्तिपुरसँग भने- 'दोस्रो चरणको डिजाइन तयार गर्न परामर्शदाता परिचालन गरेका छौं ।'
वाग्मती नदीको किनारैकिनार निर्माण हुने ८२ किलोमिटरको सडक पूरा भएपछि राजधानीबाट साढे २ घन्टामै बाराको निजगढ पुग्न सकिन्छ ।
अहिले राजधानीबाट पृथ्वी राजमार्ग हुँदै निजगढ पुग्न अढाई सय किलोमिटर पार गर्नुपर्छ ।
तराई जोड्ने छोटो मार्ग नहँुदा पृथ्वी र त्रिभुवन राजपथ भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।
वर्षौंदेखि राजधानीलाई तराईसँग जोड्ने छोटो वैकल्पिक मार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहे पनि औपचारिक थालनी अहिलेसम्म भएको थिएन ।
सिटौलाका अनुसार तराई जोड्ने अन्य चारवटा वैकल्पिक मार्गको सम्भाव्यता अध्ययन भइरहे पनि अन्यलाई अहिले स्थगित गरी यसलाई प्राथमिकता दिइएको हो ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई परिचालन गरी निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । 'चार लेनको सडक बनाउने योजना छ,' उनले भने- 'यसका लागि साढे ३७ अर्ब लाग्ने अनुमान छ ।'
काठमाडौं, कार्तिक २७ - विश्वविद्यालय अनुदान आयोगले यसै वर्षबाट विद्यार्थीलाई अनुदान र ऋण सहयोग उपलब्ध गराउने भएको छ ।
आयोगले यस वर्ष पश्चिमाञ्चल र सुदूर-पश्चिमाञ्चल क्षेत्रका ६ सय विद्यार्थीलाई यो सुविधा प्रदान गर्नेछ । आयोगका अनुसार आर्थिक रूपमा विपन्न, पिछडिएका महिला, दलित, आदिवासी, जनजाति समुदायका विद्यार्थीलाई दस जोड दुई र स्नातक तह अध्ययनका निम्ति ऋण अनुदान दिइनेछ । विश्व बैंकको सहयोगमा अनुदान आयोगअन्तर्गत यो व्यवस्था गरिएको हो । कार्यक्रम कार्यान्वयनका निम्ति आयोगले 'विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति' समेत गठन गरेको छ ।
आयोगका अध्यक्ष डा. कमलकृष्ण जोशीको अध्यक्षतामा गठित समितिले बैंकमार्फत विद्यार्थी छनोट गर्ने छ । छनोटमा परेका विद्यार्थीले दुई वर्षका लागि १६ हजार सहयोग पाउने छन् । यसैगरी तीन वा चार वर्षे स्नातक तह अध्ययन गर्ने विद्यार्थीले ४० हजार पाउने छन् । विद्यार्थीको निवेदनका आधारमा स्थलगत निरीक्षणपछि सहयोग दिइनेछ ।
'आर्थिक पक्षलाई व्यवस्थित गर्न सुरुमा ५ बैंक छनोट गरेका छौं,' तीमध्ये एउटा बैंकसित सहकार्य गर्ने उल्लेख गर्दै जोशीले भने- 'विश्व बैंक र राष्ट्र बैंकको मापदण्ड पूरा गर्ने बैंकसित सहकार्य हुनेछ ।'
Nepal to get US$ 76 m grant aid for AIDS, TB and Malaria programmes
The Global Fund for AIDS, TB and Malaria has pledged US$ 76 million grant assistance to Nepal for programmes to fight HIV/AIDS, tuberculosis and malaria.
The grant aid was approved by the sixth board meeting on Monday of the Global Fund for AIDS, TB and Malaria in Kunming, China. Nepal will receive US$ 36,620,119 for HIV/AIDS, US$ 15,506,566 for TB and US$ 25,757,233 for Malaria programmes.
“We have worked really hard to prepare these proposals and are delighted to know that the proposal is approved for funding," reports quoted Rajiv Kafle, President of the National Association of People living with HIV in Nepal, who is currently in Kunming as the member of the Global Fund Board delegation, as saying.
The board meeting approved a total of US$ 1.1 billion in new grants for several countries around the world.
The Global Fund is a global public/private partnership dedicated to attracting and disbursing additional resources to prevent and treat HIV/AIDS, tuberculosis and malaria. Since its creation in 2002, the Global Fund has become the dominant financer of programmes to fight the three diseases, providing well over 20 percent of all international finance against AIDS and two thirds of global financing for TB and malaria. nepalnews.com mk Nov 13 07
Nepal to get US$ 76 m grant aid for AIDS, TB and Malaria programmes
The Global Fund for AIDS, TB and Malaria has pledged US$ 76 million grant assistance to Nepal for programmes to fight HIV/AIDS, tuberculosis and malaria.
The grant aid was approved by the sixth board meeting on Monday of the Global Fund for AIDS, TB and Malaria in Kunming, China. Nepal will receive US$ 36,620,119 for HIV/AIDS, US$ 15,506,566 for TB and US$ 25,757,233 for Malaria programmes.
“We have worked really hard to prepare these proposals and are delighted to know that the proposal is approved for funding," reports quoted Rajiv Kafle, President of the National Association of People living with HIV in Nepal, who is currently in Kunming as the member of the Global Fund Board delegation, as saying.
The board meeting approved a total of US$ 1.1 billion in new grants for several countries around the world.
The Global Fund is a global public/private partnership dedicated to attracting and disbursing additional resources to prevent and treat HIV/AIDS, tuberculosis and malaria. Since its creation in 2002, the Global Fund has become the dominant financer of programmes to fight the three diseases, providing well over 20 percent of all international finance against AIDS and two thirds of global financing for TB and malaria. nepalnews.com mk Nov 13 07
The number of Nepali students currently enrolled in colleges and universities in the United States has increased by 27.9 percent in the 2006-07 academic year.
According to a report published by the Institute of International Education (IIE), an independent non-profit exchange organisation based in New York, the number of Nepali students in the US increased to 7,754 in the 2006-2007 academic year from 6,061 in the previous year.
The increase makes Nepal the thirteenth leading country of origin of international students in the United States, the IIE’s Open Doors 2007 report stated.
Of the 7,754 Nepali students currently enrolled in US colleges and universities, 66.9 percent are pursuing undergraduate (bachelor’s) degrees and 26.2 percent are enrolled in graduate (master’s or doctoral) programmes.
Currently, over half a million international students are enrolled in U.S. colleges and universities, making it a leading destination for international students. According to the report, the US witnessed a 3.2 percent growth in international students in the academic year 2006-2007, with numbers increasing from 564,766 to 582,984.
According to the US embassy, interest in U.S. higher education continues to grow in many countries around the world, including Nepal. In 170 countries, the US government supports 450 ‘EducationUSA’ advising centres that provide students with information on U.S. higher education.
United States Educational Foundation (USEF-Nepal) located at Gyaneswor, Kathmandu, is the only ‘EducationUSA’ centre in Nepal, which provides free counseling and reference library services. It also administers the Fulbright, Humphrey and East-West Center fellowships. nepalnews.com mk Nov 13 07
काठमाडौं, कार्तिक १७ - आर्थिक वर्ष२०६३/६४ मा वैदेशिक व्यापार साढे १६ प्रतिशत वृद्धि भएको व्यापार तथा निकासी पर््रवर्द्धन केन्द्रले जनाएको छ ।
उक्त अवधिमा २ सय ५६ अर्ब ७५ करोड रुपैया“को व्यापार भयो । कुल वैदेशिक व्यापारमा निकासी घटेको छ भने पैठारी वृद्धि भएको छ । केन्द्रका अनुसार निकासी १ दशमलव २ प्रतिशत घटेर ५९ अर्ब ७ करोड र आयात २३ प्रतिशत बढेर १ सय ९७ अर्ब ६८ करोड रुपैया“ पुग्यो ।
केन्द्रले मंगलबार पत्रकार सम्मेलन गरी उक्त तथ्यांक र्सार्वजनिक गरेको हो । कुल व्यापारमा भारतको हिस्सा ६२ दशमलव २ र समुद्रपारको ३७ दशमलव ८ प्रतिशत छ । भारतले निकासीमा ७० दशमलव ९ प्रतिशत र पैठारीमा ५९ दशमलव ६ प्रतिशत हिस्सा ओगटेको छ ।
समुद्रपार निकासीमा अमेरिकाले ३२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । जर्मनी १५, बेलायत ६, प|mान्स ५, इटाली ४ र जापानले ३ प्रतिशत स्थान ओगटेका छन् ।
समुद्रपार निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोसाक, छाला, हस्तकला सामान छन् ।
चिया, अलैंची, मुसुरोको दाल, कफीजस्ता कृषिजन्य वस्तुको निकासीमा पनि उल्लेख्य वृद्धि भएको केन्द्रले जनायो ।
कुल निकासीमा र्सार्क क्ष्ँेत्रको योगदान ७२ दशमलव ५ प्रतिशत छ । आयाततर्फर्सार्क क्ष्ँेत्रले ५९ दशमलव ९ प्रतिशत हिस्सा ओगटेको केन्द्रले जनायो ।
केन्द्रका कार्यकारी निर्देशक दिनेशचन्द्र गुप्ताले परम्परागत वस्तुका अतिरिक्त संगीत सामग्री, हाते फेब्रिक, च्याउ, सिन्थेटिक फिलामेन्ट धागो, खेलौनाजस्ता नया“ वस्तु पनि निकासी हुन थालेको जानकारी दिए ।
उक्त अवधिमा १ सय २२ मुलुकमा नेपाली सामान निकासी भएका छन् । मौरिटानिया, सेसिल्स, स्वाजिल्यान्ड, युगान्डा, एन्डोरा, बेलिज र सुरिनाम नया“
बजारका रूपमा विकास भएको गुप्ताले बताए ।
समीक्षा अवधिमा कुल व्यापार घाटा ३७ दशमलव ४ प्रतिशत वृद्धि भई १ सय ३८ अर्ब ६१ करोड रुपैया“ पुगेको छ । व्यापार घाटा कम गर्न सरकारी तथा निजी क्ष्ँेत्रले समसामयिक रणनीति निर्माण गर्नुका साथै विदेशस्थित नेपाली दूतावासलाई आर्थिक कूटनीतिमा बढीभन्दा बढी संलग्न गराउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
केन्द्रका अनुसार ऊनी गलैंचाको निकासी १० दशमलव ४ प्रतिशत घटेर ५ अर्ब ३० करोड रुपैया“मा सीमित भएको छ । यसका प्रमुख बजार जर्मनी, अमेरिका, बेलायत, स्विट्जरल्यान्ड, क्यानडा हुन् ।
तयारी पोसाक २७ दशमलव ५ प्रतिशत घटेर ३ अर्ब ९५ करोड रुपैया“ बराबरको निकासी भएको केन्द्रको तथ्यांकमा छ । अमेरिका, बेलायन, जर्मनी, प|mान्स, क्यानडा यसका प्रमुख बजार हुन् ।
छालाको निकासी ६ प्रतिशत घटेर २७ करोड ४६ लाख रुपैया“, हस्तकला सामानको निकासी झन्डै ४० प्रतिशत घटेर ४२ करोड १५ लाख, चा“दीका गहनामा २६ प्रतिशत वृद्धि भई ३७ करोड ७० लाख, ऊनी तथा पस्मिनाका सामानमा ७ दशमलव ४ प्रतिशत वृद्धि भई १ अर्ब ७९ करोड रुपैया“ पुगेको छ ।
नेपाली कागज र कागजका सामान ५ प्रतिशत घटेर ३६ करोड ५ लाख रहेको छ । चिया २४ प्रतिशत वृद्धि भई १२ करोड ३६ लाख रुपैया“ बराबर निकासी भएको छ । मुसुरोको दाल १ सय ३७ प्रतिशत वृद्धि भई ४५ करोड ४२ लाख र अलैंची शून्य दशमलव ४ प्रतिशत वृद्धि भई ११ करोड ४८ लाख रुपैया“को निकासी भएको केन्द्रले जनायो ।
समुद्रपार पैठारी ७९ अर्ब ९३ करोड रुपैया“ रहेको छ । समुद्रपारबाट पैठारी भएका वस्तुमा कच्चा पाम आयल, कच्चा सोयाबियन आयल, पोलिथिन ग्रानुअल्स, रेप सिड, दूरसञ्चार उपकरण, ऊन, कम्प्युटर तथा पार्टपर्ुजा, न्युजप्रिन्टको कागज, सवारी साधन, मेसिनरी पार्टपर्ुजालगायत छन् ।
केन्द्रका अनुसार भारतबाट पैठारी भएका वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा २८ दशमलव ५ प्रतिशत छ । समीक्षा अवधिमा यो ३३ अर्ब ५५ करोड रुपैया“ थियो ।
Nepali daughter’s overseas achievement! 1st November, 2007 (Thursday)
- Preity
Recently in a beauty contest organized at Kettwig city in Germany, Miss Prapti Ghimire has won the “Miss Kettwig 2007†title. Among the 21 beautiful and talented participants, Prapti Ghimire, contestant no.5 was successful in wining the Miss Kettwig title. According to source, while honoring Miss Prapti with the title, the Mayor of the Kettwig city said, “The competition was really tough and it was difficult for the judges to select the winner as all the 21 contestants were very talented.â€
Miss Kettwig 2007, Prapti Ghimire is the daughter of Pancha Ghimire and Anju Ghimire. Prapti was born in Bhaktapur, Nepal and has been living in Germany for fifteen years with her parents. They are running an Italian restaurant at Kettwig city in Germany.
A hardworking and talented 10th grade student Prapti, shares her success with her parents and her 10 years old younger sister Aashma Ghimire who inspired her to participate in the beauty contest. Miss Kettwig 2007, Prapti has introduced Nepal in Germany and allowed Germans to know more about Nepal; not only as the country of Himalayas, but as the birth place of beautiful and talented women like her. Prapti aspires to become a doctor and a social worker in the future.
Nepali documentary receives an American Award 19th November, 2007 (Monday)
- Preity
Directed by two young people, the documentary "A Tragedy for the Liberty" has been awarded at the New York International Independent Film and Video Festival 2007. The directors, Subash Thapa Magar and Anjana Bidhathoki have received the "Best International Documentary Directors Award" for the documentary.
The award has become a lifetime memorable and surprising achievement for 21 years old Subash and 20 years old Anjana.
According to Manager of the documentary Production House, Cat's Eye Media Pvt. Ltd, Mr. Prasun Thapa Magar, "They were honored at the award ceremony organized in New York on 2nd November.
The documentary portrays the pain and sorrows of Nepal's 19 days revolution in 2062/63.
The Non residential Nepalese in America have also honored these young directors for their effort.
निजी क्षेत्रका वाणिज्य ब्याङ्कहरुको ध्यान उपत्यकाबाहिरका सहरी तथा अर्धसहरी क्षेत्रतिर केन्दि्रत
मुकुल हुमागाईं
कात्तिक २६ गते एकैदिन मुलुकका नौ सहरहरूमा नबिल ब्याङ्कले शाखा स्थापना गर्यो । यी सबै शाखाको काठमाडौँमा ब्याङ्कका अध्यक्ष र सञ्चालकहरूले कम्प्युटरमार्फत उद्घाटन गरेका थिए । छ महिनायता एभरेस्ट ब्याङ्कले खोलेका दुई नयाँ शाखाहरू पनि काठमाडौँबाहिर नै थिए । उता, ब्याङ्क अफ काठमाडौँ जुम्लालगायतका सात ठाउँमा शाखा विस्तार गर्दैछ । त्यस्तै, पछिल्लो समयमा आएका निजी क्षेत्रका दुई नयाँ ब्याङ्कहरू सिटिजन्स ब्याङ्क तथा सनराइज ब्याङ्कले पनि काठमाडौँबाहिर शाखा कार्यालय खोल्न भवन भाडामा लिने वा भवन निर्माणका लागि विज्ञापन गरेका छन् ।
मुलुक राजनीतिक स्थिरताको बाटोमा लम्कँदा राजधानी तथा प्रमुख सहरमा केन्दि्रत वाणिज्य ब्याङ्कहरू अहिले राजधानीबाहिर शाखा विस्तारमा लागेका छन् । यसले सहरमा मात्र ब्याङ्किङ् कारोबार गर्ने संस्कृतिलाई तोड्दै अब निजी ब्याङ्कहरू अर्धसहरी र दुर्गम क्षेत्रतिर पनि केन्दि्रत हुन थालेको सङ्केत गर्दछ । एक दशक लामो माओवादी द्वन्द्व शान्तिपूर्ण समाधानको बाटोमा लाग्दा नयाँ ठाउँहरूमा जान ब्याङ्कहरूलाई सहज भएको हो । पछिल्लो समय बाग्लुङमा एभरेस्ट ब्याङ्क तथा नबिल ब्याङ्कले शाखा खोल्नु, ब्याङ्क अफ काठमाडौँ बाँकेको कोहलपुर पुग्नु यसकै उदाहरण हो ।
नेपालमा यतिखेर झन्डै दुई दर्जन वाणिज्य ब्याङ्क सञ्चालनमा छन् र थप दुई वित्तीय संस्था 'क' वर्गको ब्याङ्कका रूपमा 'अपग्रेड' भएर आउँदैछन् । र, यी सबैको कारोबारको मुख्य केन्द्र काठमाडाँै उपत्यका तथा प्रमुख सहरहरू नै रहँदै आएको छ । सहरी क्षेत्रमा तीव्र प्रतिस्पर्धामा कम 'मार्जिन' मा काम गर्नुको साटो नयाँ ठाउँहरूमा नयाँ बजार र कारोबारकोे रणनीति नेपाली ब्याङ्कहरूले अपनाउन थालेका छन् । नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भन्छन्, "ग्रामीण नेपालमा आधुनिक ब्याङ्किङ्को छायासमेत छैन, नबिलको हालको शाखा विस्तार नयाँ व्यापारका अतिरत्तिm नयाँ बजार खोज्ने पनि हो ।"
सहरी क्षेत्रमा 'कर्पोरेट ब्याङ्किङ्', 'कन्जुमर ब्याङ्किङ्' तथा 'डिपोजिट मार्केटिङ्' मा अत्यधिक प्रतिस्पर्धाले वाणिज्य ब्याङ्कहरूलाई नयाँ बजार खोज्न बाध्य तुल्याएको हो । यसलाई ब्याङ्कहरू पनि स्वीकार्छन् । मुलुक राजनीतिक स्थिरताको बाटोमा रहेका बेला आधुनिक ब्याङ्किङ् सेवा नपुगेका अर्धसहरी तथा ग्रामीण क्षेत्र उनीहरूका लागि उपयुक्त बजार बनेको छ । त्यसैले प्रायः सबै वाणिज्य ब्याङ्कहरूको अबको रणनीति काठमाडौँबाहिरको बजारलाई प्रयोग गर्ने नै हो । नबिल ब्याङ्कले तीन चरणमा १०/१० गरी थप ३० शाखा खोल्दैछ । त्यसैको पहिलो चरण अन्तर्गत जनकपुरबाहेक नौ स्थानमा नबिलले हालै शाखा खोलेको हो । नेपाल इन्डस्टि्रयल एन्ड कमर्सियल -एनआईसी) ब्याङ्कले यस आर्थिक वर्षमा थप पाँच शाखा खोल्दैछ, जसमध्ये तीन काठमाडौँबाहिर खोलिनेछन् ।
नयाँ ब्याङ्कहरू सनराइज तथा सिटिजन्सले पनि हाल काठमाडौँबाहिर नै शाखा विस्तार गर्दैछन् । सिटिजन्स ब्याङ्कले विराटनगर, वीरगन्ज, पोखरा तथा नेपालगन्जमा शाखा कार्यालयको भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । त्यस्तै, सनराइज ब्याङ्कले १५ शाखाका लागि भवन भाडामा लिने विज्ञापन गरेको छ । सनराइज ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन भन्छन्, "आगामी पाँच-छ महिनाभित्रै हामी काठमाडौँबाहिर चार-पाँचवटा शाखा खोल्दैछौँ ।" सो ब्याङ्क पहिलो चरणमा दमौली, बेसीसहर, बिर्तामोड, इलाम, धरान, राजविराज, काँकरभिट्टा वा धुलाबारीमा शाखा खोल्ने तयारीमा छ । त्यस्तै, दोस्रो चरणमा नेपालगन्ज, धनगढी, सुर्खेत जाने ब्याङ्कको योजना छ । बिर्तामोडलाई 'रजिनल हब' बनाएर त्यहाँबाट इलाम, धरानलगायतका शाखाहरू सञ्चालन गर्ने योजना यसको छ ।
अधिकांश निजी क्षेत्रका ब्याङ्कमा काठमाडौँबाहिर एउटा शाखा स्थापना गरेपछि काठमाडौँमा अर्को कार्यालय खोल्न पाइने राष्ट्र ब्याङ्कको नियम पूरा गर्न शाखा खोल्ने प्रवृत्ति थियो । सिटिजन्स ब्याङ्क तथा सनराइज ब्याङ्कका लागि राजधानीबाहिर शाखा खोल्नु आवश्यकता नै थियो भन्न मिल्छ । तर, अहिले स्थापित तथा पुराना वाणिज्य ब्याङ्कहरूले राजधानीबाहिर शाखा खोल्नुको कारण काठमाडौँमा थप अर्को शाखा खोल्नु होइन । नयाँ बजार र व्यापारको खोजीमा नै उनीहरू राजधानीबाहिर गएका हुन् । नबिल ब्याङ्कका अनिल शाह भन्छन्, "हामीले यो प्रवृत्ति छाड्याँै ।"
पछिल्लो एक दशकमा आन्तरकि द्वन्द्वका कारण वित्तीय संस्थाहरू गाउँगाउँमा पुग्न सकेका थिएनन् । भएकाहरू पनि सुरक्षाका कारण केन्द्रीकृत भएर सदरमुकाम तथा सहरतिर सीमित भए । यसैलाई इङ्गित गरेको छ, विश्व ब्याङ्कको 'एक्सेस टू फाइनान्सियल सर्भिसेस इन नेपाल' नामक अध्ययनले । जसका अनुसार, एक दशकमा नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाको सङ्ख्या बढे पनि तिनमा आमजनताको पहँुच भने बढ्न सकेन । अध्ययनले २६ प्रतिशत नेपालीको मात्र ब्याङ्क खाता रहेको तथा औपचारकि क्षेत्रबाट ऋण लिनेको सङ्ख्या ज्यादै कम रहेको पनि देखाएको छ ।
नेपाल राष्ट्र ब्याङ्कको 'अधिकतम सङ्ख्या तोक्ने वा नियमनकारी सुधार गर्ने' भन्ने एक अध्ययनले पनि यस्तै देखाएको छ । जस अनुसार, मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा वित्तीय संस्थाहरूको उपस्थिति न्यून छ र आमजनताको ब्याङ्किङ् क्षेत्रमा पहँुच पनि कम छ । मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा वाणिज्य ब्याङ्कका शाखाहरू क्रमशः ३१ र २२ मात्र छन् -हेर्नुस्, बक्स) । अध्ययनका अनुसार, मध्यपश्चिमाञ्चल क्षेत्रमा प्रति ८७ हजार व्यक्तिका लागि एउटा वाणिज्य ब्याङ्क छ भने सुदूरपश्चिमाञ्चल क्षेत्रमा प्रति एक लाख व्यक्तिका लागि एउटा वाणिज्य ब्याङ्क । उता, मध्यमाञ्चल क्षेत्रमा प्रति ३९ हजार व्यक्तिका लागि एउटा वाणिज्य ब्याङ्क छ । यसले देखाउँछ, नेपाल आफँैमा 'अन्डर ब्याङ्किङ् कन्ट्री' हो । ब्याङ्किङ् क्षेत्रले गर्नुपर्ने काम र क्षेत्र अझै धेरै छ ।
विश्व ब्याङ्कको सो अध्ययन भन्छ, गएको दशकमा ग्रामीण क्षेत्रमा निजी तथा संयुक्त लगानीका ब्याङ्कहरू गएनन् । निजी क्षेत्रका वाणिज्य ब्याङ्कहरूमाथि आरोप हुन्थ्यो, यिनीहरू सहरी क्षेत्रमा मात्र सीमित रहे । नबिल ब्याङ्कका अनिल शाह भन्छन्, "सहरी क्षेत्रमा मात्र बसेर नाफा कमाउने होइन, ग्रामीण क्षेत्रमा आमनेपालीलाई सेवा दिएर नाफा कमाउने तरखरमा हामी लागेका छौँ ।"
वाणिज्य ब्याङ्कहरूले राजधानीबाहिरका सहरहरूमा शाखा खोली अर्धसहरी तथा ग्रामीण क्षेत्रमा आफूलाई केन्दि्रत गराउन खोज्नुका पछाडि पनि व्यापारकि स्वार्थ लुकेको छ । अनिल शाहकै शब्दमा, ब्याङ्कहरूको यी क्षेत्रमा विस्तारको मूल कारण नाफा कमाउनु नै हो । स्थानीय आर्थिक गतिविधि तथा सम्भावनाहरूको हिसाबकिताब गरेर नै ब्याङ्कहरूले यी क्षेत्रमा पाइला टेकेका हुन् । सनराइज ब्याङ्कका किशोर महर्जन भन्छन्, "सप्तरी चेम्बर अफ कमर्सका पदाधिकारीहरूको छलफलपछि यही वर्ष नै हामीले राजविराजमा शाखा खोल्ने निर्णय गरेका हौँ ।" उता, मुलुकमा स्थिरतासँगै पुनःनिर्माण तथा पूर्वाधार विकास ग्रामीण क्षेत्रमा हुने अपेक्षा गरएिको छ । त्यस्तै, रेमिट्यान्सको अन्तिम गन्तव्य पनि ग्रामीण क्षेत्र नै हो । यिनै परदिृश्य तथा सम्भावनाहरूले वाणिज्य ब्याङ्कहरूलाई यो क्षेत्रमा जान हौस्याएको हो । यी क्षेत्रमा रेमिट्यान्स, कृषि तथा उपभोक्ता ऋण, साना तथा मझौला कर्जा -एसएमई लोन) तथा माइक्रो फाइनान्स -लघुवित्त) ब्याङ्कका लागि कारोबारका क्षेत्र हुनेछन् ।
नबिलका अनिल शाह भन्छन्, "स्थानीय बजारको आवश्यकता अनुसारका सेवा र उत्पादन हामी दिँदैछौँ, जसमा कृषि ऋणदेखि साना व्यवसाय कर्जा सबै पर्छन् ।" सनराइज ब्याङ्कका किशोर महर्जनका भनाइमा, "हामीजस्तो नयाँ ब्याङ्कका लागि १०-१५ करोडको 'कर्पोरेट लेन्डिङ्' मा जोखिम ज्यादा छ, बरु साना तथा मझौला कर्जामा जाँदा जोखिम कम हुन्छ । त्यसमाथि साना कर्जावालहरू अनुशासित ग्राहकहरू हुन्छन्, जो हम्मेसी 'डिफल्ट' गर्दैनन् ।" कृषि विकास ब्याङ्कको अनुभवले पनि साना कर्जावालहरूमा 'डिफल्ट' को समस्या नरहेको देखाएको छ । तर, यससँगसँगै राजधानीबाहिरका सहरमा पनि ब्याङ्कहरू 'ओभर क्राउडेड' हुने खतरा छ । उदाहरणका लागि बिर्तामोड, विराटनगर, वीरगन्ज, पोखरा, नारायणगढ, बुटवल, नेपालगन्जजस्ता सहरमा चार-पाँच वाणिज्य ब्याङ्कहरूको उपस्थिति भइसकेको छ ।
वाणिज्य ब्याङ्कहरू राजधानीबाहिरका सहरमार्फत अर्धसहरी तथा ग्रामीण क्षेत्रमा केन्दि्रत हुँदाको प्रभाव कस्तो होला त ? स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुजित मुण्डल भन्छन्, "वाणिज्य ब्याङ्कहरूको शाखा विस्तारको अभियानको प्रभाव कस्तो हुन्छ भन्ने हेर्न केही समय पर्खनैपर्छ तर यसले आमजनताको ब्याङ्किङ् क्षेत्रमा पहँुच भने पक्का बढाउनेछ ।" नबिलका अनिल शाह यतिसम्म भन्छन् कि आगामी दिनमा नेपाली ब्याङ्किङ्मा नाफा कमाउने अवसर जति ग्रामीण क्षेत्रले दिन्छ, त्यति सहरी क्षेत्रले दिँदैन ।
क्षेत्रगत रूपमा वाणिज्य ब्याङ्कका शाखाहरू
पूर्वाञ्चल ९१
मध्यमाञ्चल २०७
पश्चिमाञ्चल ८६
मध्यपश्चिमाञ्चल ३१
सुदूरपश्चिमाञ्चल २२
तेत्तीस व्यवसायीलाई सीआईपी
चार वर्षको अन्तरालपछि नेपाल सरकारले उद्योग वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगी/व्यवसायीलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्ति -सीआईपी) सम्मान पुनः दिएको छ । मुलुकको उद्योग वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ३३ उद्योगी/व्यवसायीलाई कात्तिक २८ गते उद्योगमन्त्री कृष्णप्रसाद सिटौलाले सो सम्मान प्रदान गरे । निर्यात व्यापारको माध्यमबाट औद्योगिक उत्पादन, लगानी र रोजगार क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्वदेशी तथा विदेशीलाई नेपालको आर्थिक विकासमा प्रोत्साहन गर्न यसप्रकारको सम्मान स्थापित गरएिको हो ।
सीआईपीबाट सम्मानित भएका व्यक्ति तथा संस्थाहरूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष सुविधाहरूसमेत दिएको छ । आर्थिक वर्ष २०५९/०६० र ०६०/०६१ मा निर्यात व्यापारमा अग्रस्थानमा रहेका ११ निर्यातकर्ता, नेपालबाट आयात गर्ने विदेशी क्रेताबाट पाँच जना, नेपालको निर्यात व्यापारमा अग्रस्थान हासिल गर्ने उत्कृष्ट निर्यातकर्ताबाट छ जना, नेपाली वस्तुको आयातमा उल्लेखनीय स्थान हासिल गरेका उत्कृष्ट विदेशी आयातकर्ताबाट पाँच तथा संस्थागत अध्यक्षका तर्फबाट छ जनाले यसप्रकारको सम्मान पाएका छन् ।
नेपाली वस्तु निर्याततर्फ तयारी पोसाकको शीर्षस्थानमा कटन कम्फोर्ट प्रालि, ऊनी गलैँचातर्फ साम्लिङ् कार्पेट इन्डस्ट्री, ऊनी तथा पश्मिनातर्फ एक्सक्लुसिभ फेबि्रक प्रालि, वनस्पति घिउतर्फ श्रीकृष्ण आयल रपिmाइनरी एन्ड भेजिटेबल घी इन्डस्ट्री, जुटका सामानतर्फ अरहिन्त मल्टिफाइवर्स लिमिटेड, साबुन तथा दन्तमञ्जनतर्फ डाबर नेपाल, धातुतर्फ आरती स्ट्राइप प्रालिले सम्मान पाएका छन् । त्यसैगरी, संस्थागततर्फ नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परसिङ्घ, नेपाल तयारी पोसाक उद्योग सङ्घलगायतलाई सम्मान गरीयो ।
नेपाली वस्तु पैठारी गर्ने विदेशी खरदिकर्तातर्फ प्लम ट्रेडर्स इङ्क क्यानाडा, लेदर एम ट्रेडिङ् चीन, म्याक मक्वे अमेरकिा, प्रोटोल्यान्ड प्रोडक्टस् इङ्क क्यानाडा, नेचर ई डिकोभर्टस प|mान्सले पनि सीआईपी सम्मान पाएका छन् ।
I dont know if its good news but im sure this is the NEWS
Former US Prez Carter to visit Nepal this week
Former President of the United States Jimmy Carter is set to arrive in Nepal on Nov 21 for a four-day visit, The Carter Centre said Sunday.
Former President of the United States Jimmy Carter (File Photo)
Carter’s visit is aimed at “encouraging Nepal’s political leaders to make sustained effort toward peace and to achieve a climate in which a constituent assembly election can be heldâ€, a statement issued by the Centre said.
The former US President will lead a delegation that will include Jeff Carter, the assistant project director of Carter’s Conflict Resolution Program; Ambassador A. Peter who is the Centre’s senior advisor; Dr David Pottie, associate director of the Centre’s Democracy Program; and Darren Nance, Centre’s Nepal director.
During his stay here, Carter will meet with political leaders, senior government officials, election commissioners and representatives of the civil society organisations and marginalised groups.
This will be Carter’s third visit of Nepal.. He had visited Nepal in June this year and had held extensive interaction with political leaders including the Maoist leadership and representatives of various groups.
The Carter Centre, a global agency co-founded by Carter in 1982 which works for peace and democracy, has deployed its election monitors in Nepal after a request from the Nepal government. Its election teams have been stationed in all the five development regions.
The former US President, who won the Nobel Peace Prize in 2002, is visiting Nepal amidst deepening political crisis with the parties failing to arrive at a compromise on the recent decisions of the interim parliament to announce republic and adopt proportional election system.
Bolstered by investors confidence of better returns, the stock market posted a rise of 26.26 points over the week to close at 915.38 points on Thursday.
Although trade analysts said the prices are grossly inflated and could inflict substantial loss to fresh buyers, buyers have quoted shares at higher prices.
The data of Nepal Stock Exchange (NEPSE) shows that its index opened at 889.12 points this week, crossed the 900 marks with relative ease and closed at 915.38 points.
Over the week, a total of 302,319 unit shares changed hands in the bourse over the turnover of Rs 250.3 million. The turnover, however, has a drop of some 37 percent compared to that recorded last week, according to NEPSE. Last week, share transactions had totaled to Rs 398 million. This week, shares transactions of companies belonging to the 'A' category alone jumped up to Rs 180.3 million, which was over 72 percent of the total transactions recorded at the floor. nepalnews.com ag Nov 18 07
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
TPS Renewal Reregistration
Sajha Poll: Who is your favorite Nepali actress?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Nepali Passport Renew
Driver license help ASAP sathiharu
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.