[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माया पाएकी केटी

[Please view other pages to see the rest of the postings. Total posts: 145]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 227993 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-29-14 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

शनीवारको दिन हुँदो हो शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई सोध्नुभयो

"के भयो छोरी?"

मैले विस्तारै जवाफ फर्काएँ "वत्ति गयो !!"

************* ************ ************ ****************** ************* ********

आज सुधा हराएको तिन दिन भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ

"अहिले उसको ठेगाना कहाँ छ थाहा छ?"

"खोइ, कोठा फेरेको फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो !" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त अफिसले नै नाक खुम्च्याउनु हो।

सानै देखिको साथी भएर पनि उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि।

म हाकिमकै कोठामा छिरेँ। उ सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको वतासले हल्लाउँदै थियो।

"ओहो, शुक्रवार पनि पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन। वुझ्न जरुरी पनि ठानिन।

"सर सुधाले लिभ एप्लाइ गरेको हो?"

उसले टाउको हल्लायो।

"म यो केटीलाई वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी ।

"वस एक छिन, तिम्रो काम वरु म सघाउँला!"

म पनि वसिदिएँ।मलाई उसको साथ मन पर्छ।

"अफिस अलि सुधा प्रति रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !"

"रिल्याक्स, धेरै चोटी यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !"

"तर मोवायल पनि त स्विच अफ छ !"

मेरो मन मानेन।खोइ किन किन सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि।

उसले मेरो अनुहारमा पुलुक्क फेरि हेर्यो।

"हामी आइतवार यो कुरा गरौँला !"

उ वाहिर निस्कियो।कृष्ण दाइ आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको नाम हेरेँ। सँगै,टाँस्सिएको..

****** **************** ***************** ************** ************* **********

आइतवार,

जाममा परेपछि मैले यसो टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो।

अफिस पुग्ने वित्तिकै सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने।

हो, म उसको लागि साधारण केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि, त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई!

हाकिमको कोठामा छिर्न मन लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको, हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको। कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको म्यासेज थियो।

"आफ्नो ड्रयर एक चोटी हेर है"

हत्तपत्त फेसवुक वन्द गरेँ। ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु.... 


 
Posted on 09-16-14 9:55 AM     [Snapshot: 3346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै सासमा पढीयो ...धेरै भाग आइसके पछि पढ्नु पनि मज्जै हुँदो रहेछ !!
ल अरु भाग चाडै पढ्न पाम् प्रभु !!
 
Posted on 09-16-14 10:15 AM     [Snapshot: 3374]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati ramro aha
 
Posted on 09-19-14 6:35 AM     [Snapshot: 3854]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Ilam2008- you praise me too much and I get confused ;)
Gone crazy- Thanks for such a sweet comment, here comes the next episode
Thaney- आम्मामामामा....हैन कवितै लेख्देको ;)
Bhaktey- thank you very much, In fact I was thinking few days before you commented... I am missing one friends comment here ;)
terobau- thank you very much
Thanks to all the readers and who liked the previous posts....


कथाको दोश्रो खण्ड

मेरो डायरीमा नभएका मेरा पानाहरु- सुधा

प्रतिक तिमीले मेरो पहिलो अध्याय त पढिसक्यौ नै होला। पत्रमाथी पत्र थपेर टाढावाट म जस्तो देखिन्थे त्यस्ती रहिनछु भन्ने पनि थाहा पाइसक्यौ होला। यी शव्दहरु भने मेरा पानामा छैनन्। मात्र मनमा छन्। मन सवै पोखिन पनि त मान्दैन रैछ।अचम्मको भरी हुन पनि नमान्ने, पुरै पोखिन पनि नमान्ने। कहिले छचल्किदिनु पर्ने। कहिले खाली भएकोमा पिर मान्ने।

पहिलो अध्याय भरि तिमी धेरै ठाउँमा थियौ।तर अव दोश्रो अध्यायमा तिमीले मेरो साथ छोड्यौ। तिमीले चाहेर हैन। मैले चाहेर पनि हैन। अनि मनले पनि चाहेको हैन। चाहनाहरु सवैभन्दा कमला, निर्धा र विवश हुँदा रहेछन्। जसले पनि कुल्चिदिन सक्ने। पानीको फोका जस्ता! जस्ले पनि फुटाइदिन सक्ने। म हुन त समाजसँग लड्न नै चाहने मान्छे। तर खोइ किन हार माने। म छोड्दिन घर भने पनि त हुन्थ्यो होला। तर मैले त्यसो भनिन। निर्णय अनुसार नै शहर तिर लागेँ। ठुलो स्कुलमा। मेरो वाउलाई स्वतन्त्रता चाहिएको थियो। उसलाई वाँध्ने तालाको चावी म। म लाई शहरको कुनामा हुइक्याएपछी त उसले प्रत्येक रात स्वतन्त्रता भोग्यो होला नि पक्कै पनि !

घरवाट वाहिर निस्केपछिको संसार अलग्गै रहेछ।अन्जान आफु सवैको सामु आफुलाई चिनाउनु पर्ने। आफूले आँफैलाई नै चिन्न वाँकी रहेको वेला मान्छे अरुलाई चिनाउन कसरी पो सक्छन् खै। मलाई त एकान्त नै मन पर्थ्यो। भिँडभन्दा टाढा।

सुधाको डायरी- पेज ४७

नयाँ स्कुल र गर्ल्स होस्टलको व्लक करिव तिन सय मिटर टाढा थियो। विचमा स्टाफ क्वार्टर। केहि टिचरहरु वस्थे ।धेरै जसो पाँच वजे पछि कम्पाउन्ड शुन्य नै हुन्थ्यो। उहि साढे सात वजे तिर खाना खाने वेलामा डाइनिंग हलमा भिँड हुन्थ्यो।मेरो कोठामा दुइ वटा खाट थिए। तर अर्कि साथी थिइन।म त्यो खाटमा कितावहरु राख्थेँ। लाइव्रेरीवाट पढ्न भनेर लिएर आएका कितावहरु। कितावको थुप्रोमा आफुलाई हराइदिन रमाइलो हुन्थ्यो। मान्छे कहिलेकाहिँ नभएको संसार वाँच्न खोज्छ। मलाई पनि त्यस्तै हुन्थ्यो।सपनामै,कितावमै अनि आफ्नो कोठाभित्र नै रमाइलो लाग्थ्यो।म जव ठेलीका ठेली किताव बोकेर लाइव्रेरीबाट लिएर आउँथे सवै मलाई अचम्म मानेर हेर्थे। त्यो मेरो रंग न ढंगको लवाइलाई हेरेको वा कितावलाई म छुट्याउन सक्दिनथेँ। साँझको वेला भने मलाई हावाको स्पर्श मन पर्थ्यो। म वाहिरको स्ट्रिट ल्याम्प तल कुर्सी राखेर किताव पढ्ने गर्थेँ। सुनसानमा ! जीवन एकान्तमा रमाइलो थियो।

मलाई घरबाट महिनैपिच्छे पुग्ने गरी नै पैसा आउँथ्यो। वा भनौँ मेरो वाउ आफ्नो स्वतन्त्रताको तिरो तिर्थ्यो।मलाई मतलव थीएन। उ आफ्नै संसारमा सुखि रहोस्,वाँचोस्।मेरो संसार पनि त चलिरहेकै थियो।

************** **************** ***************** **************** **************

छायाँको आगमन

शनिवारको दिन थीयो।"लोलिता" हातमा थियो । अचम्मको किताव।किनकिन फुच्ची मै जस्ती! अनि वुढो मान्छे पनि अचम्मको।जहाँको मान्छेको पनि जरा एउटै। नियममा वाँधिन रुचाउने।उसले किन आफ्नो वचावट गर्नु अरुको अघि ? किन स्वतन्त्रता मन पर्दैन मान्छेलाई। आफ्नो समाज,आफ्नै मनलाई बनाए त भै गो।अरुको किन सोच्नु? मनलाई ठिक लागे गरिदयो, मनले हुन्न भने छोडिदियो। सजिलो बन्छ जीवन यति गरे, जटिलता त नियमले न थप्छ। नत्र त सजिलो छ जिवन।

 मंसिर लागिसकेकोले समय चिसो चिसो थियो। मेरो स्वेटर वाट छिरेर पनि हावा मेरो शरिरलाई स्पर्श गर्दै थियो।मलाई साँझको सिरसिरे वतासको स्पर्श मन पर्छ। परको रातो गुलाफ अँध्यारोमा खासै देखिएको थिएन।एकदिन सुम्सुम्याउने हुँदा काँडाले घोच्यो। रगत नै बग्यो। कोठा गएर डिटोल लाएँ। फर्केर आएर त्यहि गुलाफको फूल हेरीरहेँ । मलाई गिज्याए झै लाग्यो। सुन्दरता जोगाउन काँडा उम्रिनुपर्छ। नत्र त जसले पनि टिप्देला त्यो फूल।

त्यो गुलाफको वोटबाट स्टाफ क्वार्टरको वाउन्ड्री शुरु हुन्छ। काठको रेलिंग लागेको। छेवैमा एउटा वेटिंग कटेज पनि छ। परालको छाना भएको। पानी परेको दिन, त्यो परालको छानोबाट तप्प तप्प चुहिएको पनि आकर्षक देखिन्छ। टिनका छाना कति उद्वेगित हुन्छन्, छीनमै ठूलो आवाज ल्याउँदै वज्छन् । सानो पानी पर्दा पनि। ध्वारारारा....।अनि पानि रोकियो,चुपचाप।कति चाँडो बाटो वदलिदिने। असरहिन। परालको छानो, सौम्य वनेर तप्प तप्प चुहिरहन्छ। ठूलो पानीमा पनि।

आज त्यताबाट गिटारको आवाज  आइरहेको थियो।बेसुरको।भख्खर भख्खर सिक्न खोजेजस्तो।मेरो ध्यान लोलिताको सत्तरी वर्षको वुढाबाट त्यो गिटार तिर गयो। जसले बजाउँदैछ उसले जानेको छैन। मैले पढ्न सकिन। एकाएक पाइला डोहोर्याएँ त्यता।

"मलाई पढ्न डिस्टर्ब भो !" मैले कटेजतिर नहेरी नै आफ्नो कुरा राखेँ छेउमा पुग्ने वित्तिकै।

"उप्स, सरी !" आवाज त केटीको पो आयो। मैले केटा ठानेको।

मैले अनुहार हेरेँ। गाजल लाएका आँखा। मिलेको अनुहार। म सामान्यतय मेक अप गर्दिन। अहिले लगाकै शर्ट पनि ह्वांग्लांग झुण्डिएको छ। गाउँमा मकैबारीमा सुँगा नआओस् भनेर भाटामा झुण्ड्याइदिए जस्तो। अनि चारवटा गोजी भएको मेरो ट्राउजर। उसको जिन्स टिपिक्क परेको थियो उ वस्दा।तल फ्ल्याट सेन्डिल। उ मलाई हेरेर अझै मुस्कुराइरहेकी थिई।मैले धेरै बेर रिसाइरहन सकिन।

"तँपाइलाई पहिलो पल्ट देखेँ, आइ मिन सुनेँ यहाँ !" मैले उसको गिटार मोहमा कटाक्ष गरे।

"धर्मानन्द सर चिन्नुहुन्छ?"

हामीलाई लिटरेचर पढाउँछ वुढो तर साह्रै वोरींग छ। सँधै छाती कन्याइरहन्छ। उसका फूलेका रौँ शर्टभन्दा वाहिर निस्किन्छन् फूलेको बेला। फोहोरी,वुढो।

"म छोरी हो सरको !"

झन्न केहि नराम्रो भनिन मैले।

"अनि अहिले ? छुट्टिमा ?" मैले फेरि प्रश्न राखेँ।

"दुई महिना, म देल्हीमा पढ्दै छु। "

"नाम त सोध्नै विर्सेछु । म सुधा ! यहिँ होस्टलमा हो !"

"म छायाँ !"

उसले हात अघी तेर्स्याइ। तिन चारवटा व्रेसलेटहरु आफू आफू मै जुधेर अनौठो आवाज निस्कियो। नरम हात। मैले हात विस्तारै छोडेँ। उ मुस्कुराई।

"गिटार राम्रो बजाउनुहुँदो रहेछ। " मैले पनि झूठो तारिफ गर्दिएँ।

"पढ्दा डिस्टर्व हुने गरिको राम्रो ?" उ खित्का छोडेर हाँसी ।

"सरी !" म अलि रुड नै छु। शुरुमा विचार नगरी प्याच्च बोलिदिएँ। अहिले पछुतो भो।

"हैन , इट्स ओके ! म भख्खर सिक्दैछु ! कसैले सुन्दैन होला भनेर यहाँ बसेर बजाको !" उ फेरि हाँसी ।

"भनेपछि, मैले वेलुका वेलुका यहाँ दुइ महिना गिटार सुन्न पाउँछु ?"

"डिस्टर्व हुन मन लागेको भए!"

भित्र मेसको घण्टि बज्यो। खाना पाकेछ।

"म गए है !" म जुरुक्क उठेँ। बाटोको फूल गमक्क परेर वसेको थियो। थोरै सुम्सुम्याएँ ।छोडिदिएँ।

"लिसन !" छायाँले मलाई बोलाई।

मैले पुलुक्क पछाडी हेरेँ।

"यहाँ मेरो कोहि साथी छैन, तिमी नै हौ पहिलो चिनेको, सो डिस्टर्व नहुन्जेल यु क्यान कम एन्ड जोयन मि,अनि किताव चाहिँ के पढ्दै थियौ नि ?"

"कोर्स कै हो, लियो टोल्सटोयको !" मैले लोलिता लुकाउँदै जवाफ फर्काएँ।


 
Posted on 09-19-14 6:56 AM     [Snapshot: 3868]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another amazing piece...
Boss आएर काम अर्हाउदै थियो , f it यो नसकी त अरु काम सुरु गर्ने कुरै भएन| Keep writing .
 
Posted on 09-19-14 7:48 AM     [Snapshot: 3899]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very authentic writing! so much hidden emotions and pschycigical drama. It shows a failed relationship of girl who grew up in a dysfunctional family!.... If I have to guess she will end of having some relationship with this girl!!! I might be wrong.... it would be a nice novel as par too lolita! i think you should have published a book than posted on Sajha!
 
Posted on 09-19-14 2:06 PM     [Snapshot: 3993]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब को गयो फुच्चेजी !!! अब छायाँ ले कुछ गर्ला जस्तो छ  ।  मैले त अप कमिङ भाग कस्तो होला भनेर सक सक लागि सक्यो  !।  Hope मैले सोचिको जस्तो होस् !! 
 
Posted on 09-20-14 9:40 AM     [Snapshot: 4148]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Altijdgoede- thank you very much for the compliment. Btw is your name dutch ?(All is good?) 
richard10000- Thank you very much, I am trying to publish one .lets see 
Kya jhoor- thank you very much
जहाँ सम्म कथाको कुरा, मैले अहिल्यै कथाको suspense खोल्न नमिल्ने ;)
Thanks to all the readers and the sajhabasis who liked the previous post....Hope u ll like this one too 

रातको निष्पट्टता मा मोवायल वज्यो।"तिमीले त हैन तिम्रा भाका हरुले..."। गरिमा खितित्त हाँसी।

"हैन कति उमेर नपुगि वुढो हुन मन लागेको होला !"

"किन र?" मैले नम्वर हेर्दै गरिमालाई प्रश्न राखेँ।

"कति पुरानो रिंगटोन ?"

हाकिमको फोन रैछ। गरिमाको उत्तर दिन पाइन। मलाई त्यो गित मन पर्छ। असाध्यै मन पर्छ।

"हजुर सर !"

"त्यो सुधाको बारेमा कुरा गर्नु छ !"

मेरा कान चनाखो भए। उसलाई कति चासो सुधाको।वेक्कारमा भनेछु हामीले खोज्नुपर्छ भनेर। पुलिस थाना गयो कि क्या हो हराएको रिपोर्ट लेखाउन! एक दुई दिन त पर्खिउँ भनेको, कस्तो नसुनेको होला।

"भन्नुस न !" मैले आफुलाई सामान्य नै राखेँ।

"मैले बल्ल बल्ल गरेर उसको घर पत्ता लगाएँ।उसको वाउलाई भनेको त जता सुकै जाओस् भनेर फोन पो राख्द्यो ! कस्तो साइको फ्यामिलि होला ! छोरी मात्रै होला भनेको त बाउ पनि उस्तै रहेछ। " उ बोल्न हतारिरहे जस्तो थियो। सुधाको बाउले झपार्दे जस्तो छ। दुइ चार दिन अघि  सुधाको पनि अलि खरो भेटेको थियो एक चोटी! उसको प्रपोजल एक्सेप्ट नभएको झोंकमा । आज बाउको भेटेछ।

म मनमनै हाँसे। वढ्ता जान्ने भएपछि यस्तै हुन्छ।

"सर टेन्सन नलिनु, भेटिन्छे सुधा !" झ्यालबाट छिरेको हावाले डायरीका पानाहरु फेरि खुले। मैले त्यहि डायरीलाई समेट्दै जवाफ फर्काएँ। सुधा त म नजिकै छे। डायरीभरी छताछूल्ल छे। म नजिकै भएर त सुधालाई भेट्टाएको थिइन अहिलेसम्म। कसरी भेट्टाओस् उसले? सिमामा हुँदा त कोहि भेटिन्न, लुकेर कोकुनमा कोहि देखिन्न। पोखिनै पर्छ मान्छे भेटिनलाई त ! फोन राखिदिएँ।

"कस्को फोन हो?" गरिमाले अँगालो हाल्दै सोधी।

"हाकिमको !" मैले उसको हातको मैले लगाइदिएको औँठि खेलाउँदै जवाफ फर्काएँ।खुकुलो भएछ। गरिमा दुव्लाइ जस्तो छ। खै हेर्दा त त्यस्तो देखिन्न।

"अनि !"

"सुधाको बारेमा सोध्न फोन गरेको !"

"अनी डायरीको बारेमा थाहा छैन उसलाई ?" गरिमाले मलाई पुलुक्क हेरी।

"त्यो त मलाई र तिमीलाई बाहेक अहिलेसम्म कसैलाई थाहा छैन।"

"तँपाइ सुधाको स्पेशल साथी हो नि त , त्यहि भएर !" उ फेरि ठुस्किई।

"तिमी फेरि शुरु भयौ हैन ? तैत !" मैले उसको अनुहार तिर हेर्दै गुनासो पोखेँ।

"ल ल पढ्नु सुधाको डायरी, म चिया ल्याइदिन्छु !" उ आफ्नो कपाल रव्वरव्याण्डमा छिराउँदै किचन तिर लागी।

*************** ************** ************************* *********** ************

सुधाको डायरी- पेज ५४

मैले लोलिता सक्काएँ। मन चसक्क भयो। किन दुखद अन्त्य मन पर्छ पाठकलाई। किन ति दुई बिचको मायालाई उपन्यासले सम्वन्ध मात्र बनायो? किन त्यो माया बन्न सकेन? मैले गह्रुंगो भएर त्यो कितावलाई थन्क्याएँ मैले पढीसकेका कितावहरुको चेपमा।छेवैमा धमिरा लाग्न थालेछ। डर लाग्यो, सवै कितावहरु झिकेर टक्टक्याएँ।कुचो लिएर आएँ। सफा गरेँ, अनी फेरि मिलाएर राखेँ। हुन त स्ट्रक्चर्ड चिजहरु मलाई मन पर्दैन। अस्तव्यस्त भएर न जीवन जीवन हो। नत्र त रुटिन भइहाल्थ्यो नि ! तर आज किताव मिलाएँ मैले।

खाना खाइसकेपछि सवैजना आ-आफ्नो कोठामा छिरीसकेका थिए। आज आइतवार टिभि रुम भिँड हुन्छ। कुनै एवार्ड शो छ क्यारे टिभिमा।पाले दाई गेट लगाएर फर्किँदै गरेको देखेँ मेरो झ्यालबाट ।उनलाई म हेरीरहन्छु,ढल्दै गएको जीवन कस्तो हुन्छ भन्ने कुराको नमुना तिनी। गेट वन्द गर्छन् । पचास कदम जति हिँडेपछि सामान्यतय एक चोटी खोक्छन्। सुख्खा खोक्छन्। दमको विराम छ अरे। आफ्नो खल्तिवाट एउटा चुरोट निकाल्छन्। यताउता हेर्छन्। अनि चुरोट सल्काएर धुवाँ फ्यालिदिन्छन् आकाशतिर। अँध्यारोमा धुवाँ देखिन्न। तर परबाटै पनि धुवाँको सन्तुष्टी देखिन्छ उनको अनुहारमा। फोक्सो कालो वनाएर मान्छेले मनवाट सन्तुष्टी लिन्छ।

उनलाई नियालिराखेँ। किन किन एकचोटी चुरोट फुक्न मन लाग्यो। पचास रुपैयाँ को नोट लिएर त्यत्तिकै निस्किएँ वाहिर। चिसो पातलो ट्राउजरलाई छेडेर भित्र छिर्यो।पल्लो कुनाको पर्खालका तिन चार वटा इँटा भत्केका छन् । त्यहाँ बाट हाम फाल्न सजिलो होला। म अँध्यारोले छलिँदै कुना तिर लागे। बाहिर निस्केपछि गल्लिको अन्तिममा पान दोकान थियो। खुलै रहेछ।

****************** *************** ************** ************* ************** **

"चुरोट छ ?" मैले वरीपरि हेर्दै प्रश्न राखेँ।

"कुन वहिनी ?" उ आत्मिय बन्यो। म कसरी उसकी बहिनी भएँ? मलाई सम्वन्धहरु मन पर्दैनन् । तिँ माथी सतही सम्वन्ध। मेरो घृणाको विषय। उसले मेरो ट्राउजर नियालीराखेको मलाई स्पष्ट थाहा छ। पारदर्शी छ। माथिको टि शर्ट पनि। मेरा स्तन परैवाट नाप्न सकिन्छ। हेरोस्। आँखैले सन्तोष लिन सक्छ भने मलाई के मतलव। मैले केहि नगुमाई , उसले केहि पाउँछ भने पाओस्।

"सुर्या लाइट !"

"वहिनी ग्यानकुन्जको स्टुडेन्ट हो ?" उसले पुलिस जत्तिकै इन्क्वाइरी गर्यो। उसको आँखा भने अझै मेरो छातितिर नै थियो। मलाई थाहा छ मेरा उचाई आकर्षक छन्। कहिलेकाहिँ आफ्नै हातले सुम्सुम्याउँदा पनि मलाई रमाइलो लाग्छ।

"हैन ! सलाई पनि दिनु न ल " मैले सटिक उत्तर फर्काएँ। किन साँचो भनुम् म उसलाई।

म चुरोट र सलाई लिएर फटाफट फर्केँ। वालमैँ ढेस्सिएर आकाश हेर्दै धुवाँ उडाएँ पालेदाईले जस्तै। धुवाँले एकैछिन चन्द्रमा पनि धमिलो भयो। तर विस्तारै आफ्नो रुपमा फर्कियो चन्द्रमा। ताराहरु टिलपिल चम्किरहे। ठूटोलाई चप्पलले कुल्चिदिएँ। अनि वाल चढ्न अघि वढेँ। भित्रवाट चढ्न सजिलो थियो। वाहिरवाट सजिलो रहेनछ। चढेर खुस्किन आँटेको ट्राउजर फेरि मिलाएँ। उत्रिने वेलामा मेरो ट्राउजर अड्कियो।

"को हो ?" चिनेको आवाज आयो।

"छायाँ हो ?" मैले सुस्तरी सोधेँ। छायाँ नै हुनुपर्छ। अघि गिटारको आवाज सुनेकी थिएँ मैले।

"को सुधा ? म त डर लागेर झण्डै पाले बोलाको !" उ खितित्त हाँसी ।

"अलिकति हेल्प गर्दिनु न ल !" मैले मेरो अड्केको ट्राउजर देखाउँदै भने। मेरो हातले म अझै वाल नै समातिरहेकी थीएँ। खुट्टा अम्वकको रुखको ठुटामा थियो।

"तिमी भनेर भन्ने भए मात्रै!" उसले कम्मरमा हात राख्दै जवाफ फर्काई।

"ओके , अलिकति हेल्प गर्देउ न प्लिज !"

उसले आफ्नो मोवायल झिकी। मोवायलको प्रकाशमा अड्किएको ठाउँ खोजी।अनि अड्किएको ठाउँवाट ट्राउजर झिकिदई। म विस्तारै तल ओर्लेँ।

"अनि ??? वोयफ्रेण्ड !" उसले कटाक्ष गर्दै सोधी।

"सिगरेट!" मैले टाउको हल्लाउँदै जवाफ फर्काएँ।

"ठिकै हो, वोयफ्रेण्ड भन्दा त सिगरेट नै ठीक !" उ खित्का छोडेर हाँसी। म भने उसलाई हेरीरहेँ।

"अनि अलि अलि गिटार सिक्यौ त ?" मैले पनि मुस्कुराउँदै प्रश्न राखेँ।

"खोइ सुन्ने नै छैन ! इम्प्रुभ भएको कसरी थाहा पाउने !"

" म सुन्छु नि त ! सुनाउँछ्यौ ?"

"तिमीले त अस्ति पनि आउँछु भनेको! आएनौ!"

"भोली चाहिँ आउँछु पक्का !" म कोठातिर जाँदै गर्दा उसलाई हेर्दै जवाफ फर्काएँ।

"यहिँ पर्खिनुपर्ने हो ?" उसले म अड्किएको अम्वकको ठूटो देखाउँदै जिस्क्याई

"हैन, तिँ आउँछु ! तिम्रो गिटार वजेको सुन्ने वित्तिकै !" वाटोमा भएको गुलाफको फुललाई फेरि एकचोटी छोएँ। उ तलतिर लुत्रुक्क झुक्यो। 


 
Posted on 09-22-14 6:52 AM     [Snapshot: 4510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another great one, Fuchhe.
Yes, you got that right. Altijdgoede is a dutch word and literally means "All time goede" or 'always good'.
 
Posted on 09-22-14 7:27 AM     [Snapshot: 4512]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाँही लेस्बिअन स्टोरी सुरु होला जस्तो छ :) दामी गयो . अर्को भाग को प्रतिक्षामा
 
Posted on 09-22-14 8:16 AM     [Snapshot: 4531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन् झनै इण्टेरिष्टीङ्ग हुदै छ यो कथा - 
 
Posted on 09-22-14 8:20 AM     [Snapshot: 4552]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपिस मा आउने बित्तिकै इमेल भन्दा पैला चेक गर्या .. धन्न एक भाग आएछ|
धेरै कुराउनु हुन्न फुच्चेकेटो. पाप लाग्छ बाबै |

 
Posted on 09-23-14 2:49 PM     [Snapshot: 4832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शीर्षक र केटीको स्थिति अलि मिले जस्तो लाहेको थिएन| तर अब भने साच्चैनै माया पाउलिन जस्तो छ है सुधा केटीले छाया बाट!! ल ल अर्को भाग पनि छिट्टै पढ्न पाउ|
 
Posted on 09-23-14 3:13 PM     [Snapshot: 4854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hijo first thing po padhe ko raichu...ma lai ta thupro din bhaye jesto lagirako...la arko bhag pani chado jaos...
GoneCrazy
 
Posted on 09-24-14 9:53 AM     [Snapshot: 4979]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Altijdgoede,kya jhoor, serial- Thank you very much
kalikopoi- malai paap bata jogaidium prabho
Jhapalithito,gonecrazy- thank you very much..here comes the next part...
thanks to all the readers and who liked the previous post...


"म चाहिँ सुत्छु अव" गरीमाले आंग तन्क्याई।

"किन , सिरियलहरु सिद्दी सके र?" मैले पनि जिस्क्याइदिएँ।

"अव यहाँ वोल्ने कोही छैनन्, सुन्ने कोहि छैनन् ।रिमोट घुमाउने बाहेक मेरो काम नै के रह्यो र?"

"मलाई एक कप चिया अरु बनाइदेउ न त ! अनि सुत !" मैले उसको हात समाउँदै आग्रह गरेँ।म तलतले छु चियाको अनि गरिमाको हातको।

"हैन कति खानुपरेको चिया पनि, दुई घण्टा पनि भको छैन ,अघी खाको !" उसले रित्तो कप उठाई अनि फेरि किचन तिर लागि।

सुधाको डायरी – पेज ५८

जे होस् ग्यानकुन्ज आएर पनि एउटा साथि पाएँ मैले छायाँको रुपमा। अरु त सवै वच्चा जस्ता।काँचा,जीवन नबुझेका। उसको गिटार बजाई पोलिस्ड हुँदै थियो। दुई चारवटा उसले बजाएका धुनहरु म चिन्न थालेकी थिईँ। हुन त संगितको भाषा हुँदैन, यसले त मनसँग मनलाई जोड्छ। मलाई उसले यो बजाउनेछे भन्ने थाहा भएर पनि मलाई मन परेको हुन सक्छ। उ पनि कितावका कुरा गर्थी । उसले धेरै पढेकी रहिछे। म त म मात्रै कितावी किरो हुँला जस्तो लागेको थियो होइन रहेछ। तर  सामान्य कितावहरु उ मन पराउन्नथी। जव जव किताबका कुरा गर्थी म मनमनै ति कितावहरुका नाम दोहोर्याउँथे। लाइव्रेरी गएर खोज्थेँ। भेट्टाएपछि पढ्थेँ। अनि अर्को दिन हामी विषय दोहोर्याउँथ्यौँ। साँझ रमाइलो हुन थालेको थियो।स्पिरिचुअल।

एकदिन उसले मलाई अचानक सोधी,

"तिमीले साकेतका कितावहरु पढेका छौ?"

मैले टाउको हल्लाए। मैले त त्यो राइटरको नाम पनि सुनेको थिइन।

"पढ राम्रो लेख्छ, तिमीलाई मन पर्छ होला! अनी जिम्मी हेन्ड्रिक्स?" उसले गिटारको स्ट्रिंग कस्दै भनी।

"त्यो त मेरो छेवैमा छिन्, मैले किन नचिन्नु ?" म जिस्किदिएँ।

"थाहा छ हि वाज चेन स्मोकर ?....म्मम जौँ चुरोट खान !" उ जुरुक्क उठी। म उसलाई हेरीरहेँ। उसका डिसिजनहरु यस्तै हुन्थे। इन्स्टिंक्टिभ।

"कसरी जाने? अस्ति म गए जस्तै ?"

"अरु आइडिया छ ?" उसले मतिर पुलुक्क हेरी।

म सँग अरु आइडिया थिएन। मैले टाउको हल्लाइदिएँ।

"त्यसो भए जौँ न त !"

उ कदमा म भन्दा छोटी थिई। उसलाई मैले ठेल्नु पर्ने भयो।तर उ वारम्वार नसकेर चिप्लिरहेकी थीई त्यो पानी परेको चिप्लो भित्तामा। म खितित्त हाँसे।

"किन हाँसेको ? पाँच तिन त केटीको एभरेज नै हो नी !"

"हो हो !" मैले समर्थन जनाइदिएँ। उसले मलाई प्याट्ट हिर्काई विश्वास नलागेर।

"अव हो भन्दा पनि नहुने, हैन भन्दा पनि नहुने !" मैले माथि चढीसकेकी उसको हात समातेँ। उसका व्रेसलेटहरु फेरि बजे।

************ ***************** **************** *************** ************ ****

बाटो सँधै जस्तै आज पनि अध्यारो नै थियो। विचमा गाडीले वनाएको खाल्डोमा जुनको किरण टल्किरहेको थियो। हामीलाई बाटो खुट्याउन अलि सजिलो भयो। दोकान पुग्यौँ,चुरोट लियौँ।

"वैनीको साथि हो ?" फेरि दोकानेले नचाहिने कुरामा चासो देखायो। उसलाई राम्री केटी मान्छे देख्नु हुन्न। मिल्ने भए मावली के थरी समेत सोध्छ आफ्नो चुच्चो नाक कन्याउदै।

"हैन गाउँबाट आको, मेरो दिदी !" छायाँले मलाई पुलुक्क हेरी।शायद ढाँटिदिएकोमा धन्यवाद दिँदै थिई मलाई। उसले पालै पिलो हामी दुई लाई नियाल्यो। अनुहार मिलेन। शायद पत्याएन त्यसैले।

"अनि गाउँमा सवै आइमाइले चुरोट खान्छन् ?" उसको अविश्वासी आँखाले भने अरु प्रश्न पनि सोधिरहेका थिए।

"हाम्रो घरकोचाहिँ सवैले खान्छन् आमा ,दिदी अनि म !"

छायाँ हाँसो थाम्न नसकेर अर्को तिर फर्किसकेकी थीई। पसले भने छायाँको व्याक भिउको सुन्दरताको मजा लिँदै थियो। छिनेको कम्मर , अनि टाइट जिन्सले बनाएको वक्ररेखा.. मनमनै उसले छायाँलाई नंग्याउन भ्याइसके जस्तो।

"ओ दाइ , छिटो फिर्ता दिनु न !" मलाई रिस उठेर आयो। मलाई  थाहा छ ,छायाँ आकर्षक छे। तर सोमतै नभएको। क्वारक्वार्ति हेर्नु पर्ने।

"किन रिसाकी ?" छायाँले बाटोमा मलाई सोध्दै थिई।

"आँखाले तिमीलाई  छाम्दै थियो। थाहा पाएनौ ?"

"ए जावो त्यतिमा ! राम्रो छ नि त , उ मलाई देखाउन फेरी फर्किदिई !"

"गज्जप छ ,गज्जप !" मैले हाँस्दै उसलाई ढकेलेँ। झण्डैले लडिन। फेरि समातेँ।

*************** ************** ************* ************** *********** *********

हामी दुवै मिलेर तारा हेर्दै धुवाँ उडायौँ।

"तिमीलाई चुरोट खाएको देखेको थिइन !"

"कहिलेकाहिँ !" उसले ठुटो निभाउँदै जवाफ फर्काई।

"अरु के के छन् त नराम्रा वानी ?"

"धेरै, संगत गर्दै जाउ अनि थाहा हुन्छ ! अव फेरि ठेल्ने हैन ?" उ पर्खालको छेवैमा उभिई। मैले फेरि ठेलिदिएँ।

"को हो?" झर्दै गर्दा पालेदाईले हाम्रो आवाज सुनेको थियो । हामी एकैछिन त्यहि ठूटोमा लुकेर वस्यौँ। उसले सँगै ल्याएको सोलो चवाई, मलाई हात हल्लाई,  आफ्नो गिटार टिपी अनि क्वार्टर तिर लागी।जानेवेलामा मलाई हेर्दै फेरि भनी

"त्यो साकेतको किताव खोज है लाइव्रेरीमा ।इट्स नाइस् !"

************* ****************** ***************** **************** ************

मैले डायरी वन्द गरेँ। कथाहरु जोडिए जस्तो भए। साकेतलाई म चिन्छु। उ साकेतका कितावहरु असाध्यै मन पराउँथी। नयाँ निक्लिने वित्तिकै किन्न पुग्थी।सुधा जुन दिन हराएकी थिई त्यो दिन भन्दा दुई दिन अघि उसका टेवलमा साकेतका दुई कितावहरु एक अर्कामा खप्टिएर वसेका थिए।"अल्छि आइमाई" र "तिम्रो परिदृश्यमा मेरा छायाहरु" ।उ तिनैलाई हेरीरहेकी थिई। म कफिमेशिनमा जाँदा देखेको। म उसको नजिकै गएँ।

"एनी प्रोव्लेम सुधा ?" मैले उसको नजिकै गएर सोधेको थिएँ।

उ कहिलेकाहिँ वोल्दिन। खोइ के अर्थ निकाल्नु त्यो मौनताको। म एकछिन उसको उत्तर पर्खेर वसेँ।उसले धेरैवेरको मौनता तोड्दै भनी।

"तिमी वुझ्दैनौ प्रतिक,मेरो आँशु पनि बुझ्दैनौ,मेरो हाँसो पनि वुझ्दैनौ। जति वुझ्न खोज्छौ त्यति उल्झिनेछौ!बरु त्यो तिम्रो काम सिद्दिएको छैन नी! म त्यो सघाउन आउँछु। पन्ध्र मिनटमा ! अनि त्यसपछि कफि खान बाहिरै निक्लिनुपर्छ।"

म कफि मेशिन नपुगिकन फर्किएँ। सुधा ति दुई कितावलाई सुम्सुम्याउँदै थिई।


Happy dashai to all sajhabasis....



 
Posted on 09-24-14 10:34 AM     [Snapshot: 4986]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lu yo bhag ni padiyo.. Arko bhag waiting waiting!!!
 
Posted on 09-24-14 1:53 PM     [Snapshot: 5075]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is the author spelled "Sachet" in English? I must have the wrong spelling. Please translate the names of those books in English. Want to read them.

 
Posted on 09-25-14 12:47 PM     [Snapshot: 5242]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Kya Jhoor- thank you, I am trying to write as fast as possible, this is my optimum speed :)
Halo- the writer is " saket" unfortunately he doesnt exist, mere a fictional charecter I introduced.  and there are no such books , sorry friend ..
thanks to all the readers who liked and read till now, and happy vijaya dashami again...


सुधाको डायरी- पेज ६१

लन्चमा म लाइब्रेरी गएँ।स्कुलको सवै भन्दा मन पर्ने कुना। जहाँ समय प्राय मौन रहन्छ। मात्र किताव बोल्छन्। लाइब्रेरियन फ्रेन्च कट दाह्री पालेको एक जना बुढो मान्छे छ। मैले सुनेको, पहिला नेपाली पढाउँथ्यो अरे यहाँ। पढाउन नसक्ने भएपछि र उसको परिवार उसले नै धान्नु पर्ने भएकोले स्कुलले बिचको वाटो निकाल्यो। थोरै तलव दिनुपर्ने, लाइब्रेरियन वनाइदियो। उ पनि प्राय पढिरहन्थ्यो। कहिलेकाहिँ पढ्दापढ्दै नाक खुम्च्याउँदै भन्थ्यो

 " पोस्ट मोर्डन लिटरेचरको नाममा नेपाली साहित्य धुजा धुजा वनाए !" अनि नयाँ कितावहरुलाई नयाँ रेकमा राखिदिन्थ्यो। उ कितावहरुको इन्साइक्लोपिडिया थियो। म भने कितावकी भोकी थिएँ।

"साकेतको किताव कुन रेकमा छ अंकल?" मैले भित्र छिर्ने वित्तिकै आफ्ना औँलाहरुले रिसेप्सनको डेस्क वजाउँदै भनेँ। उसले मेरा नाचिरहेका औँला हेर्यो।

"तिमीले बिपी पढेकी छौ?" उसले मलाई प्रश्न राख्यो।

"दुई तिन वटा !"

"सुम्निमा, बाउ आमा र छोरा?"

मैले टाउको हल्लाइदिएँ।

"किन र अंकल ?"

"साकेत बिपीको मनोविग्यानबाट निक्लेको उद्वेग हो ! " उसले नाक खुम्च्यायो। उसको नाकमा केहि दागहरु छन्। खुम्चिएको बेला झन नराम्रो देखिन्छन्।

"तपाइँलाई मन परेन ?" मैले उसको अनुहार नियाल्दै प्रश्न राखेँ।

"मन त पर्यो, तर उ अतिवादी हो। मलाई अतिवाद मन पर्दैन !"

"कुन रेकमा छ अंकल ?" मैले उसका समालोचनालाई ध्यान दिईन। मलाई समालोचकहरु मन पर्दैनन्। सवै लेखकले सवै पाठकहरुलाई खुशी पार्न सक्दैनन्। अनि सवै समालोचकहरु पाठकको मन वोल्दैनन्। त्यसैले लेखकले पाठकको लागि भन्दा आफ्नो लागि लेख्नु पर्छ। आफु भित्र खोतल्न सक्नुपर्छ लेखकले। अनि आफूलाई पाउनुपर्छ पात्रहरुमा।

"त्यो कुनाबाट दुई र्याक यता, लियो टल्सटय र बिपीका कितावहरु को बिचमा!"

"मैले बुझेँ, थ्यांक यु !" म त्यतातिर लागेँ। त्यो रेक धुलैधुलो थियो। उसका तिन चारवटा कितावहरु थिए त्यहाँ। मैले एउटा झिकेँ अनि पढ्न थालेँ।

"म भित्र क्रान्ति छ, दमन हुन्छ। पोखिँदा म नखरमाउली देखिन्छु उत्ताउली देखिन्छु। तर एउटा स्त्री प्रकृती हो, खुला छोडे सौम्य देखिन्छे वाँध्न खोजे उर्लँदो भल। सवैलाई बगाएर लैजाने !!"

म साँझ हुन्जेल पढिरहेँ। लाइब्रेरी छ वजे बन्द हुन्छ। वन्द हुनेवेलामा उसले ख्वाक्क खोक्यो।

"अंकल आज म यो किताव लैजान्छु !"

मैले लाइव्रेरी कार्ड देखाएँ।

"अघि लिएर गएर कोठामैँ पढेको भए भइहाल्थ्यो नि !" उसले मेरो कार्डमा कितावको नाम लेखिदिँदै गर्दा भन्यो।

"तँपाइको साथी बस्दिन खोजेको !"

उसले आँखा तरेर मलाई हेर्यो। उसलाई मैले गरेको जोक मन परेन। फटाफट वाहिर निस्किएँ। म तल ओर्लिएर उसलाई हेर्दा उ ढोकामा ताल्चा लगाउँदै थियो। मेरा पाइलाहरुमा वेग छन्, अनि शायद उसकामा स्थिरता।

************ *************** ************* ************* ************* **********

साकेतले एक वर्ष अघि त्यहि "अल्छि आइमाई" बाट हो क्यारे मदन पुरस्कार पाएको थियो। उसले खुशी हुँदै मलाई सोधेकी थिई

"तिमीले यो राइटरको किताव पढेको छौ ?"

मैले टाउको हल्लाएँ।म प्राय कितावहरु पढ्दिन। पढे पनि नेपाली लेखकको कम पढ्छु। धेरै भारी शव्दहरु मलाई पचाउन अफ्ठ्यारो हुन्छ। कितावका तिन चार लाइन पढिसक्दा पहिलो लाइन के हो विर्सन्छु। मलाई सम्झना छैन मैले यो डायरी अघि यति लामो केहि पढेको !

"अनि विपीका कितावहरु नि ?"

मैले फेरि टाउको हल्लाएँ। त्यो दिन पछि उसले प्रश्न सोधिन कितावहरुको बारेमा।

 

सुधाको डायरी-पेज ६४

 

"अनि पढ्यौ त साकेत?"

"म्मम ...पढ्दै छु !"

"कुन?"

" उ सँधै माथी किन ? भन्ने एउटा कथा संग्रह छ नि त्यहि !"

"त्यहि त है ? उ सँधै माथी किन..?" उ खितित्त हाँसी फेरि !

"वाइ द वे , डु यु ह्याभ ए वोइफ्रेन्ड ?" छायाँले मेरो आँखामा नियाल्दै प्रश्न राखी।

मैले टाउको हल्लाएँ नकार्दै।

"एउटा टिचर थियो , मलाई टिउसन पढाउने !" अचानक मैले प्रश्नको उत्तर लम्व्याएँ। मलाई किन किन उसको अघी खोलिदिउँ लाग्यो आफुलाई।

"अनी ?" उत्सुक बनी उ ।

".......................................................... उ र म छुट्टियौँ। बाटा एकै थिएनन् " मैले उसलाई हेर्दा पनि नहेरी आफ्नो सवै कथा सुनाएँ। उसले मलाई के सोच्दी हो ? शरीरको भोकी ?

"मैले ठिकै गरेँ हैन ?" मैले उस्का आँखामा कथा पछि पहिलो चोटी आँखा जुधाएँ।

"खोइ के भनौँ ? म पनि खासै सम्वन्धहरु वुझ्दिन!" उसले गिटार भुइँमा राखी। आफ्ना हातका औँलाहरु पड्काउँदै भनी। अनि आकाशका ताराहरु हेर्न थाली। छेवैको शिरिषको रुखको चेपबाट जुन देखिन्छ। उ त्यसैलाई नियाल्दै थिई। केहि किरणहरु रुखका छायाँ छल्दै भुईँमा झरिरहेका थिए। रुखको छायाँ भने विशाल दानवको आकृतिमा भुइँमा क्यान्भासमा पोतिए जस्तै सुतेको थियो।

"तिम्रो कोहि छैन बोयफ्रेन्ड ?" मेरो उसलाई सोध्ने पालो पनि आयो।

"नोप !!!" उसले लामो सुस्केरा काट्दै भनी।

"वाओ, यस्तो हट केटीको वोयफ्रेन्ड छैन।इट्स ए निउज !" मैले उसलाई जिस्क्याइदिएँ।

"म्मम... मलाई एउटा कुरा भन्नु छ ,होप इट विल नट एफेक्ट आवर फ्रेन्डसिप !" उसले मलाई हेर्दै भनि यसपल्ट।

"भन न !"

"आइ एम नट इन्टु वोइज..."

उ चुप भइ। म चुप भएँ। धेरैवेर सम्म उसका शव्दहरु खेलाइरहेँ "आइ एम नट इन्टु वोइज !"

"मलाई तिमीलाई भन्न मन थिएन तर लुकाइराख्नु पनि ठिक छैन जस्तो लाग्यो। अव दश पन्ध्र दिनमा त म फर्किन्छु !"

"नो इट्स ओके !" मैले सुस्तरी भनेँ।

केहि सम्झनाहरु आँखा अगाडी आए। मैले उसलाई चिमोटेको। उसलाई धकेलेको। लड्न आँटेकी उसलाई समातेको।सँगै खाएका चुरोटका धुवाहरु उडेको दुवै मिलेर हेरेको।

"तिमीले मलाई त्यसरी त हेरेको छैनौ नि ?" मैले सोध्न खोजेको त्यसरिको अर्थ उसले बुझि बुझिन थाहा छैन तर उ चुप भइ। केहि बोलिन।

"आइ नो, तिमी केटाहरु मन पराउँछ्यौ भनेर ! आइ क्यान फिगर इट आउट !" उ अर्को तिर फर्की।म उसलाई हेरीरहेँ। उसको कपाल, उसका हातमा झुण्डिएका व्रेसलेटहरु।

"सो डु यु ह्याभ ए गर्लफ्रेण्ड नाउ ?"

"घर आउनु अघि व्रेकअप भयो !" उसले औँलाले भुईँ कोतर्दै जवाफ दिई।

"तिमी फर्किने कहिले अरे ?" एक छिनको मौनता तोड्दै मैले फेरि प्रश्न राखेँ।

"नेक्स्ट ट्युस्डे ,दश दिन वाँकी छ !"

"दश दिन, तिमी मबाट जे चाहन्छौ ,छुट छ!" मैले उसलाई अँगालो मार्दै भनेँ। उ धेरै वेर सम्म मेरो कपाल खेलाइरही।

मैले छेवैमा राखेको पानी पिएँ। हो सुधालाई मैले चिनेकै रहेनछु।म उसको लागि साधारण थिएँ, साधारण नै रहेँ। उ मेरो लागि वुझ्न नसक्ने प्रश्न थिई, प्रश्न नै रही।


 
Posted on 09-26-14 4:13 AM     [Snapshot: 5399]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सुधा को डायरी प्रतिक संग खोसेर पढू जस्तो लाग्यो..अत्ति राम्रो.. अर्को भागको ब्यग्र प्रतिक्षामा..
 
Posted on 09-30-14 10:51 AM     [Snapshot: 5935]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kata harayeu fucheketo.....I am waiting for the next bhag...chado auunu paro...
 
Posted on 09-30-14 12:35 PM     [Snapshot: 5989]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Padirachhu hai Fucheji.... Arko bhag ko waiting!!! waiting!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters