[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ चौतारी- ११५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 228801 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 05-12-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
चौतारी- ११५   


चौतारी मा यहाँलाई स्वागत छ!

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा
 


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 115 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग


---------------------------------------------------------------------

चौतारीवासीहरूको पूरा नाम , गाम र पद

१)श्री भउत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज

२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम

३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम, प्रवक्ता, चौतारी मन्त्रिपरीषद्

)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया, अध्यक्ष, चिलिम कल्याण समाज

५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम

६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा

७)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना

८)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान

९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना

१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम

११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव

१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान

१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान

१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम

१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया

१६) सुश्री किरेजी क्राफोर्ड---, अध्यक्ष, २१सौँ शताब्दी महिला जागरण अभियान

१७) श्री दिपेन्द्र दङ्गाल---, सचिब, हाँडिगाउँ सुधार समिती

१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर

१९) श्री दादागिरी दवाडी--- जापुन

२०)श्री गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती

२१) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती

२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख

२३) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख

२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी

२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क

२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम

२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम, प्रिन्सिपल, चौमाबी
२८) सुश्री काली केटी कार्की---

२९) श्रिमती उफ्री "उदास" उपाध्याय्--- टेउसाउ

३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

३१) श्री लहरेकान्त लाकौल--- विस्कान्छि, चौतारी रसरंग प्रधान

३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

३३) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

३४) सुश्री रुइना रुपाखेती---

३५)सुश्री लप्पु लुइँटेल---

३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ

३७) श्री गुन्टे गैह्रे---

३८)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

३९) श्री विवश विश्वकर्मा---

४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

४१) श्री याम बहादुर यमी--- बाटो नभाको देश

४२) श्री बिस्टे राम विष्ट---तानसेन गाम

४३) श्री झिल्के दास झा--- स्वीट ड्रीम गाम

४४) श्री हर्क बहादुर हमाल --- कन्नीडाँडा, अध्यक्ष रसरंग तथा भोजन व्यवस्थापन समिती

४५) श्री फेवा ताल फुँयाल---

४६) श्री नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग
४७) सुश्री चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम

४८) श्री सोमनाथ सापकोटा --- झापा

४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री दीपीका देबि दवाडी--- अध्यक्ष, कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना

५१) सुश्री चेलिमाया चाम्लिङ, अध्यक्ष, चौतारी सुन्दरता तथा कोमलता बचाउ आयोग

५२) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

५३) श्री रबि राम राई, महासचिव, लायकको नायक छनौट समिती

५४) सुश्री साक्षी सुनुवार--पदभार दिन बाँकि

Last edited: 12-May-08 12:56 PM

 
Posted on 05-15-08 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-15-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेओ तिमेरका ज्यान हल्या हो कि म बुडोको आँखो हल्या हो सपै लडिबुडि गर्या देख्छु त हँ?? कि सपैले धोक्या हो हर्केले काट्या बुङ्गुरको मासु सँअ??? क्यार्न लडिबुडि अर्या छौ??? सउँचार सुनेर एसो अर्या रेछन बरा! हन को को बडुआँ को को घटुआँ परो हँ??
 
Posted on 05-15-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gaamle ho sarai ramailo hudai rahechha yar yeha ta hahahahaaha

 
Posted on 05-15-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी बुढोले हसायो। अब बुढा लाई नि मन हुंदो हो, लडिबुडी गर्न। एक पटक लडे सि उठ्नै सक्दैन। के गाह्रोस त बुढा। जिम्मालेको जस्तो बुढ्यौली नि कसैलाई न आए हुन्थ्यो नारान।

 
Posted on 05-15-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>अब बुढा लाई नि मन हुंदो हो, लडिबुडी गर्न। एक पटक लडे सि उठ्नै सक्दैन। के गाह्रोस त बुढा। <<
 
Posted on 05-15-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो चौतारीको लास्ट लास्टको पोस्टमा किन त्यस्तो किरिमिरी किरिमिर लेखेर मेटेजस्तो आयको?
 
Posted on 05-15-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाई!! क्यार्नु भन्दा भन्दा साँचै बुढ्यौलीले गाँज्यो जस्तो लाग्छ कइलेकाइँ त मलाई!

कुरो यस्तै हो जति गरे नि गाम्ले हो! बरु बङ्गुरको मासु स्वादिस्ट पारेर भुट्ने तरिका कसैलाई आउँछ??? हर्केsssssssssss!!! हर्के होsssss!!!! लौन सिक्नु परो! छाला सहितको कलिलो लेएर भएको मासु पहिला उसिनेर भुट्न खोज्या केस्रा केस्रा छुट्टिएर धुलो भयो कसरि मजाले भुट्ने???

अनि अर्को प्रश्न; मर्चा भेटियो अब जाँड पार्ने कसरि??? साह्रै आफैँले बनाएर धोक्न मन लागिरा छ लौ न!


 
Posted on 05-15-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल लाई सकिएन बा
 
Posted on 05-15-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 जिम्माले  जे जे पाती ळेखेर बस्चौ ?  हउरको नलिखुट्टो ले दुख पाउला भन्चु र ।

 त्यो के जाती  निती बना'र क्यार्न सप्पैलै जो भुइमा लडिबुडि अर्न लगाम्छौ।  अब हउर लै प्रौढसिक्छे  मुइले नै पढाकिम,  अब हउरकै तिरू नातिनि लै नै मैले नै पढाकिम --   हउरकि नातिनि अइले आ'र ठुलो  डाउडर  नर्स भ'र अस्पतालमा काम  अर्छिन हउर चै  तात्तो न छारो  सअ  के के जाती घटुवा बढुवा  

सिस्नो झ्याङमा  बस्न नपुगेओ हउरलै आजको मिती देखि  'जिम्माल बा  '  बड  'च्यान्टे जिम्माल ' मा घटुवा गरेकिम मैले नि ,लौ जाsssss!


 
Posted on 05-15-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल @ मिस! हा हा हा मिस रिसाएको नसुहाएको के!

ओ झिल्के ब्रो! लोल तिमीले उता लेखेको कुराको यत्ता उत्तर लेख्या है मैले! अब म को न को आएर 'झिल्केले बिहे गरेको छ' भन्दा पत्याएर तिमीलाई भाउ नदिनेहरुलाई तिमीले आफ्नो पकडमा पहिले देखि राखेको थियौ भनेर कसरी मान्ने? हे हे हे!! बिश्वास हो बिश्वास! मुख्य चुरो! मायाको कुरो! कस्तो लाग्यो? हे हे हे!! ॐ शान्ती!!

बल्ल चाइन्जो हाउँरा जिम्माल बाले अलि आफ्नो उमेरओ कुरो अर्नु भओ! चाइजो अचेल निलो अछेर नि आउन्न त! साँची जिम्माल बा! एसो कविता लेख्न परो अब! कि फुर्न छाडे अचेल? हे हे हे!! एक पटक फुनमा कुरो भा'थियो याद छ यो बिषयमा? लोल!


 
Posted on 05-15-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तिम्ले कुरो चै सोरै आना ठीक गर्या हो,
मास्टर्‍नी नानी कतै तपाईं पनि साझा बाट हरायको त होइन? खै हामी त हराउन खोज्दा पनि फर्की फर्की स्कुलकै मिसको याद आएर चौतारी छिर्नु पर्या छ
 
Posted on 05-15-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै हसाउनु भो साम्धी ज्यु ले,हाँस्दा हाँस्दा गाला च्यातिन लाग्यो।
 "श्री रिठा राम रायमाझी, अध्यक्ष ‘चौतारी अटोमेटिक ऐन्सरिङ सिस्टम’ तथा अध्यक्ष ‘पिन्क फन्ट एडमाइरर्स एसोसिएसन’"

"आजका मिती देखि ठुलो भन्दा पनि सम्मानीत; 'बुढोदाई' को नाममा ससम्मान बढुवा गर्दछ।"

अनी बुढादाइ के सारो बिच्केको हो

अनी धन्यवाद सम्धी ज्यु मेरो बढुवा गरिदिनु भाको मा,चौतारी नारीय हरियाली नल्याएेपनी चित्रकला ले हरियाली ल्याउनु प्रयास गर्दछु।


 
Posted on 05-15-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! मास्टरनी नानि! हाहाहाहाहा

लोल अर्को सुचना लेख्न मन लाओ! रछ्छे गर पर्भु!

 

जिम्मालको नाचले चौतारी अचम्भित-

अस्ति सम्म बैतरणि राम्रो संग तर्न पाओस भनेर चौरासी पचासी जति सम्म गन्ति आउँछ त्यति नै दान गर्ने कुरा भैराखेको बेलामा, बयोबृद्ध जिम्माललाई मास्टरनी नानिले 'च्यान्टे जिम्माल'मा घटुवा गरेदेखि जिम्मालको भुइँमा खुट्टा छैन। अचानक आफुलाई जवान सम्झने, बुरुक बुरुक उफ्रने, बुर्कुसि मार्ने, दायाँ बायाँ हेरेर मिले सम्म आँखा पनि मार्ने, सुरुवाल फुलाकेर पैँठ लाउने, दौरा फालेर सर्ट लाउने तथा सेतो कपालमा बेट्रि फोरेर कालो लाउने अनि तोरिको तेल हालेर हिँड्ने गरेको देखिन आएको छ। सबै कुरा सकेसम्म जवान देखिने किसिमले मिलाउँदा पनि निजको फुक्लेको दाँतमा नयाँ दाँत कसरि हाल्ने भन्ने बिषयमा एकजना महान गजलकार संग वार्ता भैराखेको छ। नलिखुट्टाको सम्बन्धमा बिहान सम्म चर्केर दुख दिने नलिखुट्टा अहिले अचानक चङ्गा भएको कुराले नलिखुट्टा चर्कने कुरा केवल बुढो भएको साइको मात्र परेकोले भन्ने बुझिन आएको छ! हाल जिम्माल च्यान्टे जिम्माल बनेर चौतारीमा "च्यानकुटु च्यानकुटु झ्याईँ गर्ने बाजा..." बन्दै नाचिरहेको थाहा हुन आएको छ!

लोल कुम्ले! तो निलो अछ्छेर नआ त तेइ फुनमा भा बात जस्तै भ'र हो! आम्छ आम्छ छिटै आम्छ उस्तै त हो नि जइले नि!

 


 
Posted on 05-15-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सिस्नो झ्याङमा  बस्न नपुगेओ हउरलै आजको मिती देखि  'जिम्माल बा  '  बड  'च्यान्टे जिम्माल ' मा घटुवा गरेकिम मैले नि ,लौ जाsssss!

मास्टर्नी नानी ले लेख्या त बल्ल हेरे, साह्रै मजा लाग्छ हो,नानी ले बोलेको त


 
Posted on 05-15-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई ले हसाएर मार्नै लाग्नु भयो। उसैत बिरामी बिदामा घरमा बसिराछु त्यस्मा पनि बल्ल बल्ल आँखा खोलेर चौतारी हेर्यो केही न केही भनेको नै देख्छु। यो हसाउने पनि कोटा बनाउनु पर्‍यो माइला दाई अब त। यो कलिलो ज्यानलाई  धान्न गाह्रो पर्ला जस्तो छ। खुत्रुक्कै भयो भने त भईहाल्यो नि हाँस्दा हाँस्दै

ए अनी लहरे, मैले बिहान तिमीलाई के भनेको भने
१) लहरे, के छ त? सञ्चै
२) के होला साथीको हालखबर

अनी  चै तिम्रै ट्रिक लगाको क्या बुझ्यौ साथी।


 
Posted on 05-15-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बुढा अचानक तन्नेरी भै च्यानकुटु चानाकुटु झ्याइं गर्दै नाचेको देखेर जिमालनी बेहोस हुनु भएको समाचार प्राप्त भएको छ। हाम्रा सम्बादाता अन्तरे अलपत्रकार अगाडि लेख्छन" निकै बेर पछी होस् खुल्दा जिमालनी को हाउ भाउ कटाक्ष पूर्ण रुपमा बलिवूड को कुख्यात नायिका उर्मिला मातोन्कर संग मिल्न गएकोले चौतारी बासी सबै नै बेहोस् भएका छन रे। अझ त्यो भन्दा पनि छम्मा छम्मा को गीत मा कम्मर मर्काई मर्काइ नाच्न थालेको खबर सातै गाउंमा फैलिएकोले त्यो नाच हेर्नेको घुइचो बढ्न थालएको छ। त्यो भीड नियन्त्रण गर्न २ प्लाटून वाइ सी एल का लडाकु हरुलाई समेत हम्मे हम्मे भएको छ।
 
 
Posted on 05-15-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी धेरै भयो नि हाम्रो भेटघाट नभाको, कस्तो छ तिम्लाई? हाम्लाई बिर्सें जस्तो छ नि 
 
Posted on 05-15-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार, लोकतन्त्रको चुनावमा नमज्जसँग हारियो, तेसैले बेपत्ता भएको । सबैलाई सञ्चै त होला नि होइन ?
 
Posted on 05-15-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै ले वो सारी बुढो दाई ले हसाउनु भो
जिम्बाल्नी नाच्या रे त्यो पनि छम्मा छम्मा गीतमा लोल

दिपीका फेरी उल्था गरेकी
मैले त बिहानै बुझिसके, नबुझेको जस्तो पो गरेको, जे पि टि भाषा प्रयोग गरेर अझै,
नबुझ्ने गरी त एसरी भन्नु पर्छ,
यो चाँही चेली लाई, अघी बिहान मरी मरी हास्याथ्यो लौ जा त
दिपिकाचाँ द लाक्को पाक्को धाल: धका न्हिलौ मखुला, गयौम: जान्ने म मैचा धासा:-
दिपिकाचाँ ला  चुन धाउ मखु, बेला न कुबेला बजी नेउला, चेली मैचा:


 
Posted on 05-15-08 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हा हा मिस दिदी रिसाको आजै देख्या हो ! लोल

ठुल्दाइ को फेरी अर्को गयो ! हाहा

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters