[VIEWED 262235
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-27-07 10:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी स्वर्ण महोत्शब~ सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
((((Go chautari Go)))) ((((Go chautari Go)))) ((((Go chautari Go))))
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । उ को हो म को हो यो जात्रामा पुरानो हाम्रो चिनजान तर भेट हुन्छ अनि बिदाई पनि यात्रामा गन्तब्य काँ हो के ठेगान छ र आउ ओभाउ पसीना आफ्नै हो फलैंचा आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा आऊ समाहित होउ मायामा, अनि सदभावको प्यालाहरु, थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु निभ्नै नपाओस यो पानस थपिरहू यस्तै नै कामना-रुपी तेल थोपाथोपा बलिरहोस अनन्तसम्म अक्षुण्ण 'दिप' भएर हाम्रो चौतारी'!
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-04-07 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है, मन्तयक ला । चतुरे को चतुर कथा ब्यग्रका साथ प्रतिक्षामा । हेत्तेरिका, क्रीक्रेट् हेर्ने भर्याङ् एक्लै चढ्ने होइन नि फेरि, साथ् मा म छु।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 04-04-07 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ग्वाँचे, ठुल्दाइ -- ऐलेलाई यल्ले काम गरिरा छ। राम्रै देखिन्छ यसमा http://2007cricketworldcupinfo.com/LiveStreaming3.aspx ((((GO Lanke GO)))) (((((((GO Lanke GO))))))) (((((((((GO Lanke GO))))))))) (((((((((((GO Lanke GO)))))))))))
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-04-07 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 04-04-07 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल गाम्लेहरु, मलाइ थोडै हौसाला बडाइलिएकोमा धन्यबात । अब म यो टुकडा टाँसेको छ । भाग - ३ ---------------- स्कुल भर्ना गर्न आमालाइ निकै मेहनत गर्नु परेको थियो । चिनेजति सपैसित अनुनय गर्ने मात्रै हैन हेडसरको घरसम्मै पुगेर बिन्ति गरेपछि बल्लतल्ल लायकु स्कुलले भर्ना लिइदियो शुरु देखिको सबै फी तिराएर । स्कुल जाने दिनसम्ममा झण्डै चैतको तेस्रो हप्ता लागिसकेथ्यो । भक्तपुरमा दशैतिहार भन्दा धुमधामले मनाइने बिस्केत जात्राको चहलपहल शुरु भइसकेकोले थियो । चना उसको कक्षामा लास्ट रोल नम्बर, सेक्सन बि । पहिलो दिन अन्तिम बेन्चमा बसेर "हाजिर सर" भन्दा खेरि सबैले पछाडि फर्केर हेरे, मानौ चिडियाखानाको नयाँ जन्तु हो चना । काठमाण्डु उपत्यकाको स्कुल भन्नु मात्रै । झोला बोकेर स्कुल आउने कोहि पनि देखेन चनाले, सबैजना हातहातमा किताबकापि च्यापेर आउने रहेछ । त्यहाँको पढाइ तराइमा जस्तो गतिलो लागेन चनालाइ । स्कुल त सरकारी नै हो तराइमा पनि काठमाण्डुमा पनि । बोर्डिङ स्कुल पढ्ने कुरा चनाको बशबाहिरै थियो । तर काठमाण्डु खाल्डोको त्यो स्कुलमा पढाइ अनौठो नै लाग्यो । पढाउने नेपालीमा बुझाउने नेवारीमा । शिक्षकले बोल्ने भाषा त गोलमटोल थियो नै लेखाइ पनि के हो के हो । तराइको स्कुलमा सेक्सन छुट्याउदा अल्फाबेटको आधारमा छुट्याउने तर त्यो नयाँ स्कुलमा जाँचमा पाएको नम्बरअनुसार छुट्याउने हुँदाखेरि पढाइमा तेज बिद्यार्थि जति ए-सेक्सनमा अनि पढाइमा झूर र नयाँ भर्ना हुने जति बि-सेक्सनमा हुने थिएछ । बि-सेक्सनलाइ त्यसैले जल्ले नि हेप्ने गर्थ्यो । रिजल्ट पछि बि-सेक्सनबाट ए-सेक्सनमा उक्लिन सक्ने बिद्यार्थिको फुर्ति नै बेग्लै । स्कुलमा पहिलो दिन नेपाली पढाउने सरले भन्नुभयो - "बिमल, ल यो कविटा टिम्ले थुलो आवाज निकालेर पधेर ल्याउ ट ।" बिमलले कनिकुथि पढ्न खोज्यो तर सकेको थिएन । "बस, मुलाको अचार, ट्यटि पध्न पनि जानेर ल्याएन । टिमि जाँचमा फेल हुन्छ । हेर मेहनट गरेर पध्नु पर्छ । घरमा गएर राम्ररी पधेर ल्याउने । टिम्लाइ भोलि फेरि म पध्न लाउछु ।" त्यसपछि सँगै बसेको चनालाइ घुरेर हेर्यो । "टिम्लाइ मैले हिजो डेखेन नि । आज माट्र आएको? " "हो सर ।" "रोल नम्बर कटि? नाउँ के टिम्रो?" "१२९, चना तरकारी" हाजिरकापि हेरिसकेपछि "ल जम्मै गयल रयछ मुलाको अचार । किन इस्कुल नआएको? बिरामि पर्यो?" "होइन सर, म भरखर भर्ना भएर आएको" "ए!!! थिक छ थिक छ । टिमले किटाब ल्याएको छ?" "छैन सर । कुन कुन किताब चाहिन्छ थाहा थिएन । " "ए!! ल, टिमि अइले तिपिनब्रेकमा अफिस आउ, के के किताब चाइन्छ तिपेर लग, भोलिडेखि किटाब बोकेर आउ । टिमिलाइ नेपाली किताप पध्न आउँछ? " "आउँछ सर ।" अनि बिमलको किताब दिएर "ल यो पडेर ल्याउ" चनाले फटाफट पढ्यो । यो देखेर सरले तारीफ गर्दै बिमललगायत अरु सपैलाइ "उ सिट सिक्नु" भनेर गए । बिमल - चनाको पहिलो नयाँ साथि, ऊ पनि नयाँ भर्ना भएको, अर्को स्कुलमा बदमासि धेरै गरेकोले रेस्टिकेट भएर यो स्कुलमा आएको रे । तर उ साह्रै रमाइलो र गफाडि टायपको थियो, चनालाइ ऊ त्यस्तो रेस्टिकेट नै हुने खालको बदमास लागेन । र थप थुप्रै साथिहरु पुर्ण, रत्न, रामकिस्न आदि । स्कुलका साथिहरु भने टोलका साथिहरुजस्ता छाडामुखा रहेनछन, मिलनसार ब्यवहार, त्यसैले घुलमिल हुन गाहारो परेन । "चना, तिमिले नेपालि पढ्न कसरी जानेको?" अर्को साइडबाट लक्ष्मीले यसरी सोध्दा चनालाइ अनौठो लाग्यो । उनी पनि नयाँ भर्नावाला तर कुनै बोर्डिङस्कुलको ड्रपआउट धनिबाउकि छोरी रहिछिन । केटा र केटीहरुबीच बोलचाल पनि राम्ररी नहुने त्यो वातावरणमा पनि लक्ष्मीले अन्य केटिहरुसित त्यति घुलमिल गरिनन् बरु चनाको ग्याङसितै नजिकिइन केहि दिनभित्रै । अर्को एउटा सरकारी स्कुलको थर्डगर्ल प्रतिमा (नयाँभर्नावाला) पनि चनासित मित्रता गाँस्न आइन । पढाइको कुरो गर्दा बि-सेक्सनमा यी दुइको मात्रै कुरा मिल्थ्यो, अरु सबै वास्तबमै कमजोर थिए । "हेर न, कस्तो मात्तेको केटाहरु । उनिहरले मलाइ त तिम्रो लबर भनेर पो जिस्काउँछ ।" प्रतिमाले चनासित सबैको सामु यस्तो भन्दा चनालाइ "लबर" भनेको के हो थाहा नै थिएन । "लबर भनेर जिस्काउने?" तराइमा चनाले यसरी जिस्काएको पनि सुनेको थिएन । बिमल भने मुर्च्छा पर्ने गरी हाँस्यो । लक्ष्मीले अनुहार अलिकति कुच्याइन । तर चनाले केहि भनेन, वास्तवमा केहि भन्नै जानेन । पुर्णले थप्यो - "हाय् अर्काले के के भन्छ भन्छ नि , अर्काको कुरा सुनेर हुन्छ ? मलाइ पनि कतिजनाले लक्ष्मीको लबर भनेर जिस्काउँछ ।" बिमल, रत्न, रामकिस्न सबै झन हाँस्न थाले । चना र लक्ष्मी वाल्ल । प्रतिमा भने अलिकति मुस्काइन, शायद सबैलाइ जिस्काउने रहेछ भन्ठानेर पो हो कि । पुर्ण भने लक्ष्मीलाइ भित्र भित्र खूब मन पराउने रहेछ, तर लक्ष्मीलाइ भन्ने आँट चै थिएन रहेनछ । त्यहिबेला मौका छोपेर "अरुले मलाइ लक्ष्मिको लबर भनेर जिस्काउँछ ।" भनेर आफैले भनेको रहेछ । यो कुरो बिमल, रत्नहरुलाइ थाहा रहेछ । बिमल, रत्न, पुर्णहरुले चनालाइ अब उस्काउन थाल्यो, "हेर प्रतिमाले तँलाइ मन पराउँछ । ल ।" भन्दै । पुर्णले जस्तै प्रतिमाले पनि आफै कुरा बनाएर भनेको हो भन्ने उनिहरुको ठहर थियो ।
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 04-04-07 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम!राम!राम! कतिदिनपछि चौतारी मा सुस्ताउन आएको त के सुन्न पर्यो चनाको गफ। टुबि कन्टिन्यु..... होइन र चना?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-04-07 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो त्यो बेला बच्चामा पनि लभर भन्ने थाहा थियो उनिहरुलाइ । म लाइत केही नि थाहा थिएन । अनि हाम्रो स्कुल को केटा हुरु सँग बोल्दानी बोल्दैन थियो । १० कचा पास भैसकेचि मात्रै उनीहरु सँग बातोमा भेदा बोल्न थालेको हो । तेस्को ४,५ महिना पचि म America जान लाग्यो भन्ने थाहा पाइर मलाइ बिदाइ गर्न मेरो घरमा आको थियो। chanaa ani tespachi ke bho ta?
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-04-07 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते ठुली, मानवी, चने, राहुलदाइ, ह्यारी, ग्वाँचे, जग्गे, ज्वाइँसाब, ज्योत्स्ना, आएर हिँडिसकेका सपै र आउन बाँकी सपैलाई । धेरैदिनआँ बल्ल फुर्सद पाइयो । अब कुन्निके इस्टमको छुट्टी रे अब, आज नि हाफ छुट्टी अब मज्जाले बसेर किरिकेट हेर्नुपर्छ । छाता ओडेदेखि २टा ग्याम हेरेकोभए मार्दिनु । आज बेलायतीहरुले कुछ गर्छन कि । सूर्ये, शंखरे उढिसकेर माहिला आएसकेका हैछन, क्या अरेका हुन् लंकेहरुले आज यस्तो ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-04-07 10:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राम चन्द्रे, तारेमाम । छाता भाकोले हेर्न नपाउनु, न भएकाले हेर्ने, कस्तो बेमेल जिन्दगी यो । क्रीक्रेट मै जिन्दगीलाई घिसार्दै छु । सबै जना लंका को पंखा, आफु मात्र , अंग्रेज को पंखा । लौ, राम चन्द्रे एक जना को साथ भए नि बेशै भो । आज्, त कुछ गर्छ जस्तो छ । एशियाली भए नि लंका को पंखा न भएको कारण छ, क्रीक्रेट को कलात्मकता लाई बिगारेका हुन तीन ले । राम्रो स्ट्रोक भन्नु जय सुर्जे को खुकुरी कट होइन नि ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-04-07 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरु ! चना-जीको कहानी सारै राम्रो लागि रा'छ। निरन्तरता दिदैजानुहोला। ((((GO Lanke GO)))) (((((((GO Lanke GO))))))) (((((((((GO Lanke GO))))))))) (((((((((((GO Lanke GO))))))))))) ..................... ठुल्दाइ के छ खबर ? आज हार्नेलाई सपोर्ट हो कि जित्नेलाई ? :-)
|
|
|
ShikariShambhu
Please log in to subscribe to ShikariShambhu's postings.
Posted on 04-04-07 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी को सुबर्ण जयन्ती को उपलक्छ्यमा सबै गाम्लेहरु लाई मेरो शुभकामना
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-04-07 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या क्या बोर भो, भोलि र पर्सि त जात्रा भनेर किरिकेट नै नखेल्ने भएछन् है । राहुलदाइ, मलाई त लंकेले जितोस् हारोस् केहि मतलब लाग्दैन । एकदमै अण्डररेटेड टीम हुन इन्डियन मिडियाले गर्दा, त्यहि भएर कहिलेकाँही सहानभुतिचाँहि पलाउँछ तर खोइ के भन्ने के । ९६ मा रनतुङ्गा र डिसिल्भाहरुले भुँडी झल्काउँदै पिचमा हिँडेर लिएका रनहरु देख्दा उदेक लाग्थो, तर के गर्नु जितेरै छोडे बजियाहरुले । अहिले जयसुरजेले आँखा चिम्लेर नै डण्डा घुमाउँदापनि उसकै कारणले जितेकैछन् । अहिले टिफिन ट्याम पछि हेर्नु न, मुखमा खरानी धसेर लंकेहरुले घुँघेत्रो फाल्दा खैरेहरुको सातोपुत्लो उड्छ । तर जेसुकै होस्, बेलायति च्यानेलहरु हेर्न छोडेको धेरै भएर होला, आज त बरु बेलायतीहरुले नै जितुन् ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-04-07 11:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चमारा सिल्भा नि गो, व्यासलाई नि डाँडा कटाए भने त गोइहालो नि
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 04-04-07 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाऽऽऽऽऽऽऽऽऽऽऽऽछिऊँ! ऐया बाबा!!!! रामे, तिमी त गीतहरु खोज्न खूब सिपालु मानिचु। "यो हो मेरो प्राण भन्दा प्यारो...माईती घर, माईती घर, माईती घर" भन्ने गीत भेट्टाईदियौ भुने आभारी हुने थिएं के रे।
|
|
|
ShikariShambhu
Please log in to subscribe to ShikariShambhu's postings.
Posted on 04-04-07 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गम्ले को सबैलाई नमस्कार । चौतारीमा भर्ना हुने फारम कता पाईन्छ ? सार्है रमाइलो ठाम जस्तो लाग्यो
|
|
|
KaLaNkIsThAn
Please log in to subscribe to KaLaNkIsThAn's postings.
Posted on 04-04-07 12:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dai, here http://www.fileden.com/files/2007/2/28/833682/maitighar.mp3 कल्ले पोस्ट गर्या चै था पाउन सकिन, तर सझामै पोस्ट भा थ्यो!! everyone lookin' for this song, ke ho yesto? :D
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-04-07 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टेदाजु, कम्पूटरमा तान्ने हो भने चैं याँटीतान्नु है । आवाज अलि तीखो छ, क्या अर्ने हो, पछि कुनै दिन फुर्सदमा मर्मत गरम्ला ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 04-04-07 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शम्भु, पख एकछिन, अहिले मिस् आउनुहुन्छ अनि तिमीलाई भर्ना गरेर कुन सेकस्नमा पर्यौ भनेर रोल नम्बरनि दिनुहुन्छ । आइपुग्नुपर्ने हो अहिले सम्म त, खोइ आज बाटोतिर नै सागसब्जी किन्नमा अल्मलिनु भाको जस्तो मैले मानेको छु है ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-04-07 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिखरि चौतारीको स्कुल को फारम मिस् सँग माग्नुस् । अनि तिम्र चौतारीको नामाकारण चै वीरखे दाइ र पून्ते दाइ ले गर्दिनु हुन्ह्छ । हाम्रो चौतारीको ठुला वडा भनेको नै उहाहारुनै हो । पून्ते दाइ लाइ आज कता भात यो गीत सुन्ने रहर लगेको ह कुन्नी । दर्शन गरेहै पून्ते दाई रामे के छ तिम्रो हाल चाल?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-04-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, पुन्टे दा । शिकारी शम्भू, जय शम्भू, चिलिम तान्ने बानी छ कि छैन ? कलंकी मित्र को घरै त्यता तिर हो कि ? रामचन्द्रे जे होस् क्रीक्रेट को मज्जा बराबरी टीम सँग पो हो । जस्ले जिते नि क्रीक्रेट जित्नु पर्छ । यो खेल को कला, मर्यादा र राम्रो खेल्ने ले जित्नु पर्दछ । स्कोर् चहि अजम्बरि छैन, २३५, हेरम् हलुका ढंगले लिन् सकिन्न।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-04-07 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|