[VIEWED 27185
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Stiffler
Please log in to subscribe to Stiffler's postings.
Posted on 07-25-11 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Enough bickering and bad news. Day after day we have to hear how corrupt our officials are and how inept the government is. There have to be some diamonds in this coal mine, this post is dedicated to the select few HEROES of NEPAL that we should be proud of. This thread is a way to shine some light into what they are doing for the country.
Post a news/article about a person who is doing good for the community; not social worker but a professional who is doing what he/she is suppose to do.
Please share and give us some hopes.
Last edited: 27-Jul-11 09:49 AM
|
|
|
|
junkynfunky
Please log in to subscribe to junkynfunky's postings.
Posted on 07-31-11 1:11
PM [Snapshot: 1681]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
junkynfunky
Please log in to subscribe to junkynfunky's postings.
Posted on 07-31-11 1:12
PM [Snapshot: 1683]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
junkynfunky
Please log in to subscribe to junkynfunky's postings.
Posted on 07-31-11 1:13
PM [Snapshot: 1686]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 12:46
AM [Snapshot: 1936]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ok this guy name is Sanjeev Pokhrel (Electrical Engineer ) friend of mine .we study together at university and work together in same projec in 2 different district for 2 years he work in Taplejung These still are during survey installation and operation of micro hydro in taplejung district of nepal.
To all u guys i wanna give u information that NEPAL is the one of hub point for micro hydro techinque there are lots of nepali engineers working in rural area in microhydro sector (MICRO HYDRO Are smaller project to electrify villages that will be not connected to to main grid for 5 years and every hilly district in nepal has got lots of Microhydro.
Last edited: 01-Aug-11 01:33 AM
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 08-01-11 9:42
AM [Snapshot: 2092]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
उज्यालो छर्दै दम्पती
कतिपय मान्छेहरू सेवानिवृत्त जीवनलाई मोजमस्ती र घुमफिरमा बिताउँछन्। तर, उदयपुरका ठूनीलाल चौधरीको हकमा भने यो कुरा लागू हुँदैन। शिक्षकको जागिरबाट निवृत्तिपछि पनि उनले निरन्तर रूपमा शिक्षामा योगदान पुर्याइरहेका छन्। यतिसम्म कि उनले आफ्नो पेन्सनसमेत शैक्षिक कार्यमा खर्च गररिहेका छन्।
उमेरले ६० नाघेका चौधरीको शिक्षाप्रतिको समर्पणलाई उनकी श्रीमती भिखनीदेवीले पनि सघाइरहेकी छन्। चौधरी भन्छन्, "यसले हामीलाई आनन्द दिइरहेको छ। समाजसेवाजस्तो पूण्य संसारमा केही छैन।"
चौधरीको शिक्षाप्रेम अहिले सुरु भएको होइन। सदरमुकाम गाईघाटभन्दा करबि २० किलोमिटर पूर्वमा रहेको हडिया गाविसमा पहिलोपटक विसं २०१८ मा विद्यालय सुरु गर्ने योजना बन्यो। तर, विद्यालय सुरु गर्नका लागि जग्गा र आवश्यक पूर्वाधारको कमी देखियो। त्यसैबेला ठूनीलालले बुबाले आफूलाई दिएकोमध्ये १० कट्ठा जग्गा जनता प्रावि हडियाका लागि नि:शुल्क उपलब्ध गराए। चौधरी ०२० सालबाटै शिक्षण पेसामा लागेका हुन्। शिक्षण पेसामा लागेर जिल्लाका विभिन्न विद्यालयमा पुगे पनि उनले आफ्नो गाउँको विद्यालयको विकासमा निरन्तर ध्यान दिइरहे। विद्यालय उच्च मावि हुने बेलामा पनि उनले थप जग्गा दिए। अहिलेसम्म उनले विद्यालयलाई १ बिघा ५ कट्ठा जग्गा उपलब्ध गराइसकेका छन्। "धनसम्पत्ति भन्ने कुरो मान्छे बाँचुन्जेलसम्म हुने हो, मरेर गएपछि त्यो के काम लाग्छ?" चौधरी भन्छन्, "शिक्षाले नै मान्छेलाई सफल बनाउँछ।"
शिक्षाले व्यक्तिको मात्र होइन, समाजकै विकास गर्छ भन्ने विश्वास राख्ने चौधरीको योगदानबाट गाउँलेहरू पनि दंग छन्। "ठूनीलाल नभएका भए सायद यो गाउँमा अहिलेसम्म पनि विद्यालय नै बन्ने थिएन," स्थानीय शिवप्रसाद भट्टराई भन्छन्, "उनी शिक्षासेवाका उदाहरण नै बनेका छन्।" चौधरी समुदायको बहुलता रहेको यस क्षेत्रमा बसोबास गर्नेहरूको मुख्य पेसा कृषि रहेको छ। "विद्यालय बनेका कारण गरबि किसानका छोराछोरीले पढ्न पाएका छन्, जसमा ठूनीलालको योगदान महत्त्वपूर्ण छ," भट्टराई भन्छन्।
चौधरीले विद्यालयका लागि जग्गा मात्र उपलब्ध गराएका छैनन्, विद्यालयमै पुस्तकालय भवन पनि बनाइदिएका छन्। आफ्नो जागिरका क्रममा सञ्चित रकमबाट ०६४ सालमा तीन लाख रुपियाँको लागतमा दुईकोठे भवनसमेत बनाएर उनले पुस्तकालय बनाउन योगदान गरे। सो पुस्तकालयको नाम 'ठूनीलाल भिखनीदेवी पुस्तकालय' राखिएको छ। चाैधरीले आफ्नो शिक्षण पेसाबाट निवृत्त भएको दिन १ वैशाख ०६८ मा दुई लाख रुपियाँ रकमको कोष खडा गरेर विद्यार्थीका लागि पुरस्कारको समेत स्थापना गरेका छन्। विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट हुने एक विद्यार्थीलाई वाषिर्क रूपमा सो पुरस्कार वितरण गरनिे छ। चौधरी भन्छन्, "मैले सकेसम्म बाँकी जीवन पनि शिक्षामा खर्चने योजना बनाएको छु। परिवारबाट पनि मलाई प्रेरणा मिलेको छ।"
Last edited: 01-Aug-11 09:55 AM
Last edited: 01-Aug-11 09:57 AM
|
|
|
catch_meh_if_u_can
Please log in to subscribe to catch_meh_if_u_can's postings.
Posted on 08-01-11 9:54
AM [Snapshot: 2113]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 08-01-11 10:00
AM [Snapshot: 2140]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
admin,
when I tried to post a picture sajha said your message contains a banned word. there was no word but picture only. Could you pleasse fix this. I tried to post the pic from the source
http://www.ekantipur.com/nepal/article/?id=2592
thanks
[Admin: You may have copied some script within the page by accident, I have placed the image on your previous post. Thanks!]
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 10:54
PM [Snapshot: 2358]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ok here are some other nepali engineers working in micro hydro and hydro power sector as well as telecommunication sector yo photo ma bhako prabidi bata bhatmas ko dudh nikalincha yo dadeldhura jilla ko photo ho
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:02
PM [Snapshot: 2362]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yo humla ma rakheko tower ho
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:03
PM [Snapshot: 2374]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:05
PM [Snapshot: 2385]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepali guys working in telecommunication sector
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:07
PM [Snapshot: 2392]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:21
PM [Snapshot: 2400]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 01-Aug-11 11:26 PM
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:28
PM [Snapshot: 2422]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:36
PM [Snapshot: 2431]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
this is community carrying generator for micro hydro in Doti
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-01-11 11:38
PM [Snapshot: 2431]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
he is enginner measuring river flow for construction of microhydro
|
|
|
timer
Please log in to subscribe to timer's postings.
Posted on 08-02-11 10:50
AM [Snapshot: 2611]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मै हुँ बेचिएकी, लौ गर बहिष्कार
(5 votes, average 5.00 out of 5)
चरीमाया तामाङ, सिन्धुपाल्चोक, साउन १७- चरीमाया को हो, सबैलाई थाहा छ। मेरो बाल्यकालदेखि वर्तमानसम्म सबै जानकार भइसक्नुभएको छ। वास्तवमै मनभित्र साँच्चैको ईच्छाशक्ति छ भने ठूलै लडाइँ जित्न सकिने रहेछ। सफलता हात पर्ने रहेछ। आपत्मा फँसेकी नेपाली चेली भएर मैले यो अनुभूति गरेकी छु।
बेचिएर म जुन दिन जन्मभूमि फर्केँ, त्यही दिनदेखि मैले मानव बेचविखनविरुद्धको लडाइँ थालेकी हुँ। सातवटा गैरसरकारी संस्थाले मसहित १ सय २८ नेपाली चेलीलाई भारतबाट उद्धार गरेर २०५३ मा नेपाल फर्काएको थियो। साउन ७ गते म ज्यूँदो लास भएर जन्मभूमि आइपुगें।
खुट्टामा चप्पल थिएन। लुगाले पूरै शरीर ढाकेको थिएन। समाजमा हेय दृष्टिले हेर्न थालियो। यही परिस्थितिबीच मैले कठिन यात्रा रोज्ने निधो गरेँ- चेली बेचविखनविरुद्ध लडाइँ। मैले यो पनि संकल्प गरंँे- म जुन समाजको सदस्य हुँ, मैले त्यहीँ सम्मानित भएर बाँच्न पाउनुपर्छ।
बेचिएर फर्केको केही समयपछि पुनर्स्थापनाका लागि काठमाडौंबाट नवज्योति नामक संस्था गाउँ आइपुग्यो। यो संस्थाको गतिविधि नजान्दासम्म फेरि बेचिँदैछुजस्तो लागेको थियो। बुझेपछि भ्रम हट्यो। त्यही संस्थाबाट बेचबिखनविरुद्ध औपचारिक यात्रा सुरु गरेँ। अनु थापाका नाममा राजधानीमा सहयोग याचना गर्दै हिँड्न थालेँ। पत्रकार र अरू मलाई चिडियाखानाबाट निस्केको जनावरझैँ हेर्थे। 'मलाई अपराधीका रूपमा नहेर्दिनुहोला' - तिनीहरूलाई मेरो आग्रह हुन्थ्यो।
ओरेक, नवज्योति, सिविन र एबिसी नामका चार संस्थामा आबद्ध हामी बेचबिखन प्रभावित महिला मिलेर २०५४ मा 'शक्ति समूह' खोल्यौँ। पटकपटक मरेर बाँचेको तीतो अनुभव शक्तिमा बदल्न यो नाम जुराएका थियौँ हामीले। संस्था खोलेको चार वर्षपछि २०५६/५७ मा बल्ल दर्ता भयो। म उमेरले सानै थिएँ। पाँच कक्षामात्र पढेकाले ज्ञान अभाव थियो। अहिले १२ कक्षामा पढ्दैछु। एउटा संस्था दर्ता हुन चार वर्ष लाग्ने? त्यो हामीलाई हेर्ने फरक दृष्टिकोणको उपज थियो। मसँगै उद्धार गरिएका पीडित साथीको अवस्था बु‰न म उनीहरूको घरमा समेत गएँ। मेरो भन्दा उनीहरूको परिवार केही रामै्र थियो।
सुरुमा व्यक्तिगत लडाइँ धेरै गर्नुपर्यो। दिन त्यस्तै थिए, कसैले पीडितका पक्षमा वकालत गर्दैनथे। समस्यामा परेको व्यक्ति आफैँ अग्रसर हुनुपर्थ्यो। २०५५ सालको एउटा घटना अझै झल्झल्ती याद आउँछ। म आज सम्मानित भएको यही हल हो जहाँ बेचबिखनविरुद्ध कार्ययोजना बनाउने कार्यक्रम थियो। आफ्नै जिल्ला भएकाले शक्ति समूहको प्रतिनिधिका रूपमा म पनि सहभागी थिएँ। त्रुटि नराखी छलफल भयो। 'बेचिएर फर्केका पीडितको पहिचान गरी सामाजिक बहिष्कार गरौँ, यसरी मात्रै बेचबिखन रोकिन्छ' भन्ने निष्कर्ष निकालियो। त्यतिबेलासम्म म प्रभावित महिला भन्ने कसैलाई थाहा थिएन। मलाई असह्य दुःख लाग्यो। मैले आफ्नो पहिचानसहित कडा प्रतिवाद गर्दै भनेँ, 'त्यसो भए ल यही हलबाट सुरु गर्नुस्, मै हुँ, बेचिएर फर्केकी चेली। ल सक्नुहुन्छ भने अहिल्यै मलाई बहिष्कार गरेर देखाउनुस्।' सबै मुखामुख गरेर हेरेको हेर्यै भए।
समय यस्तो थियो, दलालविरुद्ध जाहेरी दिन जिल्लामा आउँदा मान्छे अचम्म मानेर हेर्थे। अहिले आफैँलाई कसरी गर्न सकेँजस्तो लाग्छ। २०५७ मा छिमेकी गाउँ सिन्धुकोटमा मेरो विवाह भयो। बेचबिखनमा परेकै कारण मलाई गाउँबाट बहिष्कार गरियो। माइतीमा पनि ठूलो समस्या थियो। माथ्लो घरमा दलाल बस्ने, तल्लो घर मेरो माइती। अपहेलना सहँदै दुवै घर मिलाउनु साँच्चिकै चुनौतीपूर्ण थियो। मलाई सहयोग गर्ने आफ्नो घर जाने अवस्था थिएन। आफ्नै गाउँबाट बेचबिखनविरुद्ध अभियान सुरु गर्न सिन्धुकोटमा एउटा तालिम चलाउनुपर्छ भन्ने सोच आयो। यतिसम्म कि पेपर किन्ने पैसासमेत थिएन। लाइन कपीमा निवेदन लेखेर मेलम्चीस्थित गैरसरकारी संस्था महिला आत्मनिर्भरता केन्द्रमा तालिम चलाउन माग गरेँ। बेचबिखनविरुद्ध चार दिनको तालिम गाउँमा चलाएँ। त्यसपछि चरीमाया राम्रो भन्न थालियो। केही राहत महसुस गरेँ। अहिले गाउँमा आँखाको नानीजस्तै भएकी छु।
मलाई बेच्ने दलाललाई १० वर्ष जेल भयो। जिल्ला अदालतको निर्णयविरुद्ध उनीहरू पुनरावेदन गए पनि तीसँग बलियो प्रमाण नभएकाले म चुप लागेर बसेँ। आखिर पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला सदर गर्यो। २०५४ मा जेल परेका दलाल २०६४ मा मुक्त भएपछि पनि मैले उनीहरूविरुद्ध फेरि संघर्ष गर्नुपर्यो। जेलबाट निस्कनासाथ उनीहरूले मेरा भाइहरूमाथि आक्रमण गरे। मैले खम्बा बनेर फेरि प्रतिकार गरेँ र आवश्यक पर्दा गरिरहन्छु।
बेचिएका चेलीलाई पुनर्स्थापनामात्र होइन, भविष्यको बाटो देखाउनुपर्छ। यो अभियानमा लाग्न त्यति सजिलो छैन। बाँच्न धेरै गाह्रो छ। हरेश खानु हुन्न, थाकेर बस्नु हुँदैन। बिहानी हुन कालो रात बिताउनै पर्छ। अप्ठ्यारा आउँछन्, जुध्दै जानुपर्छ। साथ दिने बलियो हात भयो भने केही गर्न सकिन्छ। आफूमा ईच्छाशक्ति भने हुनैपर्छ। तबमात्र सफलता हात लाग्छ। लडाइँ जितिन्छ।
-(अमेरिकी सरकारद्वारा 'आधुनिक युगमा दासता अन्त्य गर्न लागिपरेकी नायिका- २०११' द्वारा सम्मानित शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले आफ्नो सम्मानमा गृहजिल्ला सिन्धुपाल्चोकमा सोमबार आयोजित कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश)
प्रस्तुति : ध्रुव दंगाल/नागरिक
|
|
|
timer
Please log in to subscribe to timer's postings.
Posted on 08-02-11 10:51
AM [Snapshot: 2614]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
३२ वर्षको कमाई स्कुललाई दान
दिलीप पौडेल, बाग्लुङ, साउन ३- पियनले आफ्नो कति कमाइ बचाउँछ, कति रकम समाजसेवामा लगाउँछ?
जैदीस्थित संस्कृत उच्च माविका परिचर होमबहादुर क्षेत्रीले यी प्रश्नको उत्तर आश्चर्यजनक व्यवहारले दिएका छन्, ३२ वर्षे पूरै कमाइ पाँच लाख रुपैयाँ स्कुललाई दान गरेर।
'धेरै पढ्न पाइनँ,' आठ कक्षा पढेका होमबहादुरले भने, 'मैले नपाए पनि अरू वञ्चित नहुन् भनेर सघाइरहेको छु।'
उनी २०३५ सालदेखि उक्त विद्यालयमा काम गरिरहेका छन्।
६० वर्षे होमबहादुरले एक दर्जन विद्यालयलाई चन्दा दिइसकेका छन्। जैदीस्थित संस्कृत उमाविलाई १ लाख १० हजार, कुइधाङ प्राविलाई १५ हजार, सरस्वती निमाविलाई ५० हजार, अर्जेवास्थित जनकल्याण माविलाई ७५ हजार, जनशिक्षित माविलाई ५० हजार, छिस्तीस्थित वसन्त माविलाई २५ हजार र वागलिङ प्राविलाई १० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।
त्यसो त उनले रेडक्रस, स्थानीय युवा क्लब, बाटोघाटो, पुल निर्माणमा समेत सघाउँदै आएका छन्।
ठूलो हृदयका उनी स्वयंको आर्थिक अवस्था भने बलियो छैन। बिहानबेलुका छाक टार्न उनले ज्यालामजदुरी गर्नुपर्छ। 'मेरो आम्दानी अरूलाई दिँदै ठिक्क हुन्छ,' उनले भने, 'गाउँ आउने लाहुरेले दिएका कपडाले गुजारा गर्छु।'
दिउँसो विद्यालयमा काम गरेबापत आएको सम्पूर्ण तलब उनी शिक्षामा खर्चन्छन्। आफ्ना लागि केही बच्दैन। उनी जुत्ताचप्पल लगाउँदैनन्। उनका दाह्री कपाल सेताम्मे छन्।
'हाम्रो विद्यालयलाई उच्च मावि बनाउँदा उनैले १ लाख १० हजार रुपैयाँ दिने घोषणा गरेपछि थप रकम जुटाउन गाह्रो परेन,' संस्कृत मावि व्यवस्थापन समिति अध्यक्ष मोहराज शर्माले भने, 'पियनले नै एक लाखभन्दा धेरै रकम दिएपछि अरुलाई चन्दा दिन नैतिक दबाब पर्यो।'
होमबहादुरले पनि समाजसेवा निरन्तर कायम राख्ने बताए।
साढे तीन दशकअघि जागिर थाल्दा मासिक डेढ सय रुपैयाँ तलब पाउने होमबहादुर अहिले ८ हजार रुपैयाँ पाउँछन्। 'बाँचुन्जेल श्रम गरेरै खान्छु,' उनले भने, 'कमाएको पैसा सबै विद्यालय र समाजसेवामा लगाउँछु।'
होमबहादुरको त्याग देखेर दर्जनौं विद्यालय र सामाजिक संस्थाले सम्मान गरेका छन्। जैदीबाट जनशिक्षित मावि अर्जेवासम्म बाजागाजासहित डोली चढाएर ल्याएको घटना उनलाई ताजै छ। 'मेरो सानो सहयोगलाई पनि अरूले ठूलोे भनी मूल्यांकन गरिदिएकामा हर्ष लाग्यो,' क्षेत्रीले भने, 'अझै उत्साहित भएको छु, आफ्नो अभियानमा समर्पित भएर लाग्नेछु।' हालसम्म अविवाहित होमबहादुरको सम्पत्तिको नाममा एक घरमात्र रहेको छ।
गाउँमा कोही बिरामी परे उनले नै बोकेर फलेबास र कुस्मासम्म नै ल्याउने गरेका छन्। 'काम नगरी बस्नै मन लाग्दैन,' होमबहादुरले भने, 'बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्छु।' गाउँघरमा अप्ठेरो परे होमबहादुरको नै खोजी हुने भएकाले गाउँमा समेत उनी सबैका प्रिय छन्। 'साह्रोगाह्रो परे उनैलाई डाक्छौं,' स्थानीय लक्ष्मीदेवी चालिसेले
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-02-11 11:51
AM [Snapshot: 2666]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepali agriculturist working in jumla
|
|
|
nepaliktofrombkt
Please log in to subscribe to nepaliktofrombkt's postings.
Posted on 08-02-11 11:52
AM [Snapshot: 2670]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepali engineer working in micro hydro sector during installation online monitoring
|
|