असारको महिना आकाशमा कालो बादल मडारिएर पानी झार्न ठीक्क भैराथ्यो। एघारको जाँच आउन जम्मा बिश दिन बाँकिथ्यो। घरमा हजुरबुवाको श्राद्ध भएर पाहुनाहरुको हल्लापनि चर्कोनैथ्यो। म ढोका थुनेर पढ्ने कोशिश् गरिराथेँ भाइ घरिघरि ढोका खोल्दै - "दिदि पुरेतबुवालाइ यो चहियो रे र त्यो चहियो रे बाबाले भन्नुभएको" भन्दै कोठामा आउँदै हल्लागर्न कम् गरेको थेन। लौ अब आज को दिन् चाँहि पढाइलाइ बिश्राम् दिनु पर्यो भनेर भन्चामा गयेँ आमा बिचरा ब्यैनभ्यै गरेर दल्लिरहनु भएको रहेछ। फेरि काम गर्ने केटि थरुनि थि उस्ले छोएको पुरेत्ले नखाने रे। आमा ले जाउ जाउ पढ्न म गरिहाल्छुनि येहाँ त भन्दै हुनुहुन्थ्यो तर मनले मानेन र पुरेतहरुको खान खाने ठाउँ ठिक् पार्नथालेँ। भाइ पनि हश्याङ् र फश्याङ् गर्दै पानि राख्नथाल्यो। पुरेतहरुको पुजा सिध्हियो र भान्चामा आउनथाल्नु भयो म पनि अब बरु पाहुनाहरुसगँ एक्छिन् गफ गर्छु भनेर तल ओर्लियेँ। भाइ पनि पछि लागेर आयो। दुबैजना ओर्लदैथ्योँ हाम्रो आँखा सानु कुकुर् मा टक्क अडियो। "कस्ले बाहिरको ढोका खुल्लै राखेछ" -म भन्दैथेँ ,भाइ त दौडेर त्यो कुकुरलाइ बोक्न थाल्यो। भाइलाई " त्यो फोरी कुकुरलाइ नबोक कति रोगहरु ल्याएको होला" भन्दैछु उ के सुन्थ्यो र? दौडिहल्यो कुकुरबोकेर माथि भन्चातिर। लौ अब आज चाहिँ बाबाको पिटाइनै भेट्ने भयो भाइले भनेर उस्लाइ रोक्न माथि दौडदैथेँ एक्काशि पुरेतहरुको चिच्चाहट् सुनियो - "लौन यो कुकुर ले हाम्रो खान छोइदिनेभो ", बाबाले हत्तनपत्त भाइलाइ बाहिर तान्नु भयो र चर्को स्वोरमा भन्नु भयो-"कता बाट लेराको येस्तो लुते कुकुर् जा येस्लाइ बाहिर छोड्, घरभित्र नलेरा", भाइ आँत्तियो र आमालाइ पुलुक्कहेर्यो । भाइले मायालाग्दो अनुहारले आमालाइ हेरेको देखेर आमाले काम्गर्ने केटिलाइ आदेश् दिनुभयो-- "अब यस्तो श्राद्धको दिन्मा पनि कसैले घरमा आएको कुकुरलाइ खान नदिकन लखेट्छ ? ल गोमा यो कुकुरलै माथि लगेर खाना खान दे", गोमा ले कुकुरलाइ माथि छत्मा लिएर गै अनि भाइपनि माथि गयो। बाबा र मलाइ खास्सै चित्त बुझेकोथेन तर आमाले भनेपछि हामीहरुले पनि केहि बोलेनौँ । मलाइ त्यो फोरि कुकुर देखेर टाउकोनै भाउन्न भैसक्याथ्यो अनि भाइलाइ भने- "त्यो फोरि कुकुरलाइ मेरो अगाडि चाहिँ नलेराउ है म तेस्लाइ लात्ताले हन्दिन्छु"--आमालाइ मैले प्रयोग् गरेको शब्द मनपरेकोथेन र पुलुक्क मलाइ हेर्नु भयो म चुप् भैहालेँ। तल बरन्डामा अरुहरु सगँ गफ गर्दैथें भाइले त कुकुरलाइ नुहाइदिएर लेराएछ। उस्ले त्यो लुते कुकुरलाइ पाल्ने शुरकसेको मैले बुझिसकेकोथेँ। म उ सगँ बोल्दा पनि बोलिन। अनि उ माथि गयो। एक्छिन्मा सानु सोरमा उस्को आवज् सुनियो- "आमा यो कुकुरलाइ पालौँ यस्को नाम् पनि मैले राखिसकेँ जम्बो भनेर", मैले मुर्मुरिदै भने -"तेस्ता लुते कुकुरको नाम चाहिँ जम्बो रे", मेरो शब्दले आमाको मुखमा हासो जति लुकाउन खोजे पनि छायिरहेकोथ्यो। आमाले फेरि मलाइ हेर्दै अलिक मधुरो स्वोरमा भन्नुभयो-- "ठिकै छ नि त, भाइलाइ दुइ तिन् दिन् को रहर हो मेट्न देउ न त, फेरि यो भयो भने भाइ बहिर खेल्न पनि जादैन" --- मलाइ चित्त त बुझेको थेन तर आमाले भनेपछि न बाबाले केहि भन्नु भयो न त मैलेनै, खालि भाइ को रहर् भोलि नै मेटिवोस् भन्दै प्रार्थना गरिराथेँ। तर उस्को रहर् त कता बाट मेटिनु? उ त झन् झन् कुकुरको साथि भैराथ्यो। बाबाले तेस्को खोर् पनि बनाइदिनु भयो तल आगनमा।
मेरो जाच भएर कोठमा राति सम्म बत्ति बलिराहुन्थ्यो आनि जति खेर् सम्म बत्ति बल्थ्यो त्यो जम्बो तेतिखेरसम्मै बाहिर भुकेर बसिराहुन्थ्यो। "कुनदिन् यस्लाइ धोबिखोलामा बगाइदिन्छु"-- म मुर्मुरिन्थेँ, भाइ भने कुकुरभने पछि भुतुक्कै हुन थालेकोथ्यो। उ स्कुलबाट आउने बित्तिकै पुगिहल्थ्यो जम्बो भन्दै खेल्नलाइ । जम्बो पनि भाइलाइ देखेपछि पुछर् हल्लाउदै खुशि भएर उफ्रि उफ्रि खेल्न थाल्थ्यो। म जाँच दिन जाने बेलामा पनि पुछर् हल्लाउदै आदा बाटो सम्म छोड्न आउथ्यो। कति चोटि त सोचेको पनि थियेँ यस्लाइ यतैबाट कतै लगेर छोडिदिन्छु भनेर तर फेरि भाइले हुरुक्क गर्छ यो कुकुरलाइ भनेर भाइलाइ सम्झेर तेस्लाइ घर पठाइदिन्थेँ र जम्बो जान्थ्यो पनि।
एकदिन् शुक्रबार् दिउसो भाइ स्कुलबाट आएर जम्बो सगँ खेलिराथ्यो, आमा भान्चामा खाजा बनाइरनुभएको थियो र मेरो जाँच सिद्धिएर सबै कितबहरु थन्काउन लागिरहेकोथेँ। एक्कशि ढ्वाङ गरेर ठुलो आवज आयो। म तेर्सेर बाहिर निस्के, आमापनि भान्चाबाट बाहिर निस्किनुभो। तल हेरेको त भाइ कुकुरसगँ खेल्दा खेल्दै भर्याङ्बाट लडेछ फेरि टाउको गएर मार्बल् को भुइँमा ठोकेछ, टाउकोबाट रगत ह्वाल्ह्वाल्ति आईरहेको देखेर आमा र म एक्कैचोटि चिच्चायोउँ। छिमेकिको घरको केदार दाइले देखिरहनु भएको रैछ दौडेर आउनुभो र भाइलै बोकेर असपताल दौडाउनुभो। आमापनि तेहि लुगामा रुदै केदरदाइसङ जानुभो।
म आँत्तिएर बाबालाइ अफिसमा फोन गरेँ । बाबा पनि तर्सिनु भयो र म असपताल जान्छु तिमी घरमै बसिराख म केहि चहियो भने फोन गर्छु भन्नुभयो। मलाइ त झन् के गर्ने के गर्ने छट्पटि हुन थाल्यो अनि यो जम्बोलाइ त आज गाडिनै दिन्छु भनेर रिस्ले चुर् हुँदै बहिर निस्केकोथियेँ तल हेर्दा त जम्बो त्यो भाइको रगत लागेको भुइँमा लम्पसार परेर कुइँ कुइँ गर्दै रोइरहेको रहेछ। चार चोटि "जम्बो" भन्दा पनि हेरेन र कुइँ कुइँ गरिनैरह्यो । जम्बो को त्यो द्रिश्य देखेर मेरा सबै रिशहरु मरे र उल्टो तेस्को माया लाग्यो । धेरै बेर् पछि आमा आउनु भयो। भाइको चोट गहिरो रेछ, फेरि बाटोमा मुर्छा परेछ तेसैले दुइ दिन् अस्पताल्मा राख्नु पर्ने भएछ। जम्बो ले आमालाई देख्ने बित्तिकै जुरुक्क उठ्यो र कुइँ कुइँ गर्दै आमानेर गयो अनि चारै तिर हेर्यो र ढोकामा पुग्यो, उस्ले आमाले भाइलाइ लिएर जानु भएको देख्याथ्यो तेसैले भाइ पनि आएको होला भनेर भाइलाइ खोज्दैथ्यो। कतै नदेखेपछि फेरि तेहि भुइँमा आएर लम्पसार् परेर सुतिरह्यो।
घरम सबैजना चिन्तित्थ्योउँ तर जम्बो बढिनै चिन्तित्थ्यो। त्यो दुइ दिन् जम्बोले केहि खाएन र बाबाले खोर्मा राख्न खोज्दा पनि नमानेर त्यहिँ भुइँ मा सुतिरह्यो। जो घरमा आउँदा पनि पुच्छर् हल्लाउदै स्वगत् गर्ने जम्बो कसैको पनि आहट् सुनेपछि एक्चोटि उठेर हेर्थ्यो भाइनै होकि भनेर अनि फेरि होइन रहेछ भनेर लम्पसार् परिहाल्थ्यो।
दुई दिन पछि बाबाले भाईलाई लेराउनु भयो। भाई ढोका बाट भित्र छिर्ने बित्तिक्कै जम्बो दौडेर गयो उस्को स्वगत् गर्नलाइ। दुइ दिन् देखि केहि नखाएर झोक्र्याई रहेको जम्बो एक्कासि भाईलाइ देखेर उफ्रि उफ्रि भाइको मुख, हात, खुट्टा चाट्न थाल्यो। उस्को खुशि आगनैभरि छछल्किराथ्यो। उस्ले भाईको पाइजामा दात् ले तान्दै पुलुपुलु भाइलाई हेरिरह्यो मानौ कि उस्ले भाइ सङ माफि मागिरहेको थियो। म त्यो द्रिश्य हेरिरहेँ। दुइ दिन देखि केहि नखाएर भुइँमा पसारीरहेको जम्बो आज भाईलाई देख्ने बित्तिक्कै उस्का जोस् जाँगरहरु उर्लेर आए। मैले मन् मनै सोचेँ सायद येहि होला आत्मियता भनेको।
Last edited: 22-Nov-07 11:58 AM
Last edited: 22-Nov-07 11:59 AM
Last edited: 22-Nov-07 12:59 PM