[VIEWED 151978
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-17-07 12:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
Last edited: 17-Sep-07 12:42 PM
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 09-19-07 5:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
La KASAUTI ZINDAGI ta 5 episode ma pugi sakechha....I will read it tom. Now goin to bed.. Thanks rahul bro.... Aja Twenty 20 ma babal bho ni hahha
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-19-07 6:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul Dai, Ab jhan khulduli bhayo malai? Anuradhale k " I love u, Rahul." bhanla. Rahul Dail le pani " I love you too." bhannu hola. Ki Anuradhako baba ayera Rahuldhai ko marmata garnu hola?????????? Well, well Sajha readers, please wait for Anuradha episode - 6 It will bring more adventurous and romantic story of Anuradha and Rahuldai.......... Coming soon Episode - 6 Rahul Da, kahile ho tyo chahi?
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-19-07 7:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
..... के भन्ने हुन्, अनुराधाले? के कति गल्ति भए अथवा भएनन्, राम्रो कुरा कि अशुभ समाचार? अनेक प्रश्न प्रक्षेपण भै रहे, म निरुत्तर निद्रा देबीको खोजीमा। लगभग अनिदो रात संगै बिहानीले ब्युंझायो, संझायो- तैंले गल्ती गर्या भए पो टेन्सन् लिने, नत्र के को टेन्सन्। ..... यी लाइन लेख्दा भाउजु सँगै हुनुहुन्थ्यो जस्तो छ। अनि सुटुक्क कुरो घुमाएर कता कता लगेको। के को गल्ति भो भनेर टेन्सनले निद्रा नलाग्नु। मनमा "लु के भन्नी भै नक्कलीले, आइ लप यु भनि भने मैले के भन्नी होला" भनेर रात भरि सोँचेको होला। अनि भुत्रोको निद्रा लाग्छ त? आज बुधबार, अब आइतबार सम्म पर्खिन त गाह्रो हुने भो नि।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-19-07 8:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेवा तालको आँगन मा लै लै माछा पुछ्रे छायाँ जिवन् मेरो सेती वगर बिना तिम्रो मायाँ ............. दाइ को कथाले मज्जाले बाधिरहेछ, अबत भागुम् भने नि नसकिने......
|
|
|
shirish
Please log in to subscribe to shirish's postings.
Posted on 09-19-07 8:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कथाको टाईटलले गर्दा पक्कै अन्त बियोगान्त हुन्छ ! फेरि भाउतेले आर्कै भाउजुको पो कुरा गर्छ !
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 09-20-07 12:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्न म उल्टो टाईममा छु, जो भाग ३,४ र ५ एक्कै चोटि पढ्न पाए। शिरिष जि ले भन्नु भए जस्तो, obviously अन्त्य tragic hola। खुशीको समय अब धेरै छैन तर सकिएको पनि छैन अनि दु:ख आउदैछ तर आइपुगेको छैन् । समयको यो परिस्थिति मा मान्छे कुन भाव मा हुन्छ कथाले मलाई लगभग त्यहि पुर्याएको छ । राहुन प्रभो, हो तपाई मा लेख्ने कला राम्रो छ, तर अति नगर्नु न, lastai थोरै थोरै पस्केर यार।।। मार्न खोज्ने??? बच्चे की जान लोगे क्या???? superb writing... i hope it will finish.. one day.. hehehhe
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-20-07 8:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Amazing जी, उफ्री जी, भउते जी, सुन्तले जी, शिरिष गुरु , somewhereonearth जी, सबैमा आभार। मेरो गन्थनलाई टिप्पणी लायक संझनु भयो यहाँहरुले। कथा छिटो सक्याउन पाए हुन्थ्यो, तर न सकिने रैछ। जति छोट्याए पनि न छोटिने। सके सम्म शर्ट कट मारेकोछु। अब कथामा के के हुन्छ, के हुंदैन हेर्दै जाम्। दर्शकको वा पाठकको इच्छा बमोजिम तन्किने सिरियल होइन, धेरै आत्मसम्मान पूर्बक जिइरहेका ब्यक्तित्वहरुको चित्रण हो। त्यसैले कसैले सोचे जस्तो, भने जस्तो न हुन सक्छ। किन कि सत्य जो छ एक् छ। एक् एक गर्दै अतित पल्टाउदै जाने छु नै। तारेमाम्।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-20-07 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनुराधा एउटी, मम्मी अर्कै भनेर छोरीको प्रसङ्गमा चिप्ले पछी लास्टाँ अब बियोगान्त नभएर के हुन्छ? के हुन्छ त थाह भो कसरी पनि बाटो लागेकै छ तर त्यै बाटो लाग्दाको बयान भने पढुम कि भन्या स्वाङ्ग नै धेर गर्दिनी -- के र -- साँढे र स्यालको कथा जस्तो नहोस है पर्भो अनुराधाको चै---नलाग्नु पछी लागी हालियो --
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-20-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो, टिपाणीको लागि धन्यबाद। कथाको शुरु नै छोरी लाई अनुराधा र तिनीसङको सम्बन्ध सुनाएर भएको ले कहिँ चिप्लेको होइन कि कथाको सार नै त्यही हो जस्तो लाग्छ। सके सम्म छोटो र मिठासपूर्ण बनाउने प्रयत्न गर्ने नै छु। असली कथा कथ्न पनि गाह्रो नै हुने रैछ, दीप जी।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-20-07 8:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हिजै पढेको भए नि कमेन्ट लेख्न पाएको थिइन अहिले मौका मिल्यो! गजब छ ठुल्दाई! यसलाई निरन्तरता दिन भने नछाडौँ! आफ्नो इतिहासमा अलि अलि मर-मसला थपेर गजबको कृती बनाएर पस्कौँ बिस्तारै! शुभकामना छ!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-21-07 5:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ६
"छोरी, मैले आइतबार् सम्म किन टाइम लिएको भन्लाउ, सुन त्यसको पनि कारण छ।" हुन त मलाई २-३ दिनको समय आबश्यक थिएन। २ सेकेण्डको कुरालाई।मैले समय लिएको एक मात्र कारण अनुराधाको मानसिक तनावलाई सेलाउन टाइम मिलोस् भनेर हो। आबेशमा आएर के के सोचेकी होलिन्, त्यसैले ठण्डा दिमागले यस्ता तातो कुरा सोच्नु पर्छ नत्र जिन्दगी जल्न सक्छ। "अनि ड्याडीको फिलिङ् कस्तो थियो नि? ड्याडीले मन पराउनु भएको थियो? अथवा ड्याडीलाई अण्टीले मन पराउनु भएको?" छोरीका यी प्रश्नहरुको बर्षामा म रुझें, निथ्रुक्कै भिजें। स्वाभाबिक हो, उमेर र बिद्वताले यस्ता प्रश्नहरु गरेकोमा। "मेरो आफ्नो कुरा भन्नु पर्दा, मेरो लागि "अनुराधा" एक साह्रै जेहेन्दार छात्रा अनि असल् मित्र मात्र हुन्।" " निश्चल र शान्त स्वाभाव की कन्या।" कक्षा १ देखि नै लगातार प्रथम भै आएकी हुंदा अनुराधा, पढाई र र ज्ञानको असीमित भण्डार अनि उत्क्रिष्ठ प्रतिभाको ज्वलन्त उदाहरण भन्दा अर्को सोच जति खोज गरे पनि भेटिन्नथ्यो। "त्यतिबेला नै मैले भन्न सक्थें यी कुराहरु, तर उनको मानसिक स्थितिमा भूकम्प चलेको बेला यसले सुनामीको काम् गर्ने संभावनालाई बिचार गर्दै मैले न भनेको र ट्याम लिएको थिएं।" डाडीले ठीक गरिसियो" छोरीको धापले थप कुरा भन्न उर्जा दिदैं थियो। आइतबार भयो, स्कूल गएं। हाफट्याम भयो। भोक लाग्या छ, खाजा खान जाउं भनें। पहिलो पल्ट कसैलाई ( केटी साथीलाई) खाजा खाने निम्तो दिने हिम्मत गरें। कुरो को चुरो बुझी हालिन् र हुन्छ भनी। खाजा खाने हैसियत भनेको के हुन्थ्यो त्यति बेला। ट्रलिबस स्ट्याण्डको अगाडिको बारा पसल। ३ सुकाको चिउरा, १ सुकाको आलु तरकारी अनि पकाको मासुको झोल उपहार। खाजा खादै मैले भनें। "तिमीले सोधेको कुराको जवाफ त म अस्ति नै दिन सक्थें तर तिम्रो मनको आँधी मैले, तिम्रो भावमा पढिसकेको ले न भनेको मात्र हो। सिम्पल छ।" "तिमी मेरो लागि अझै फस्ट् गर्ल हो। म भन्दा निकै प्रतिभाशाली। अझै म भन्दा राम्रो गर्न सक्छौ। त्यो भन्दा बढी मेरो मन र मस्तिष्कमा छैन।" यति जवाफ एक सासले भने, डर लागेको थियो भनु वा थिएन। भन्दिहालें। अनुराधाको अनुहार एकाएक चम्किलो भए जस्तो भान् भयो। त्यो निर्दोष मुस्कान धपक्क बले जस्तो। मानौं उनको मनको कुरा जस्ताको तस्तै भनें। ४५ मिनेटको हाफट्याम सकियो। उनको प्रतिक्रिया सुन्ने मौका न मिले नि, निधार र मुहारका रेखाहरुले भनि सकेको पाएं। संभवत आफनै रगतका नाताहरुले कुरा बुझ्न सकेनन्। मिथ्या आरोपमा अपशब्द सहनु पर्यो, कतै मेरो मनमा पनि भाइ र बुबाको को जस्तै कालो थियो कि भनेर लिटमस टेस्ट गरेको पनि हुन सक्थ्यो। त्यस पछि हाम्रो मित्रता झन गहिरो भयो। मैले हिड्ने बाटो फेरि हिड्न थाली, स्कूलबाट फर्किंदा पनि संगै फर्किन थाल्यौं। अब भने कुरा काट्नेहरुको लागि मनग्य मसला पुग्यो। पढाइ को चाप, बोर्ड ल्याउने दवाबको रापले बेस्सरी दिमाग सेकिंदा त्यसको प्रतिकूल परिणतिको खयाल गरिएन। क्रमश:
Last edited: 21-Sep-07 05:26 PM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-21-07 5:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु, आफ्नो कपी सुरक्षित गरिहालेँ। b> ...."तिमी मेरो लागि अझै फस्ट् गर्ल हो। म भन्दा निकै प्रतिभाशाली। अझै म भन्दा राम्रो गर्न सक्छौ। त्यो भन्दा बढी मेरो मन र मस्तिष्कमा छैन।" .... कस्तो सोझो राहुल-दा'। केटीहुरले यस्तो सोझो मुन्छे मुन पराउने रे'छ। हामी साह्रै बाङ्गो भे'र भुस्सिईयो।
|
|
|
chanaa_tarkaari
Please log in to subscribe to chanaa_tarkaari's postings.
Posted on 09-21-07 5:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सपै भाग एकै सासमा पढीभ्याएँ । हल्लाखल्ला अस्तिदेखुन सुनेको हो, तर पढ्न आजमात्रै पढेको । आजमात्रै पढेर मैले ठिकै गरेछु नि शुरुदेखि पढ्नेहरु जम्मैलाइ मनभरी खुल्दुली जगाइदेर भयङ्कर मानसिक शोषण गरेछन नि हाउँरो ठुल्दाइ ले । आफु त बचियो ।
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-21-07 5:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु, मैले नी आफ्नो कपी सुरक्षित गरिहालेँ। बास्तबिक घटना भको ले होला, कहिले काइ त आफै पनि हराइने रैछ त्यो म भन्ने पात्र को भुमिका मा। बग्न त सलल नै बगी राको छ कथा त। बेला बेला मा त्यो क्रमस को बाध ले रोकेर पो हैरान पार्ने भो त। समुन्द्रमा मिल्न कति दिन लाग्ने हो कुन्नि?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-21-07 5:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि पढेँ है। सानोमा comics को series पर्खेको जस्तै भयो हौ। सधैँ पसले दाईलाई दाई यो कोमिक्स् आयो भनेर सोध्ने अनि आएको दिन चाहि उसैले बोलाएर दिन्थ्यो बैनि आयो भन्दै।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-21-07 6:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 09-22-07 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हमममम्।।। मलाई डर लागिरहेको थियो, कथा नाजुक मोडबाट राम्ररी निस्केको छ । दाई हजुरले कथालाई पुर्ण रुपमा जिवन्त बनाईदिनु भयो । "Nepal ko chora" जी ले भने जस्तै मुलाई पनि कथा पढ्दै जांदा कस्तो कस्तो आफ्फै त्यहां भएर चिउ चिउ भएको जस्तो भयो । मनमा सजाएकी पुरानी मायालुलाई सम्झेर मुईले त च्वाप्प म्वाई खाई दिए, लौ जा त।।।। साथीहरु, आफू त सोझो मान्छे, एउटा कुरो नढांति भनि दिउँन ।।। यो साझाको बलग ले बिरेक गरेर कथा टांस्दा पैसो दिन्छ कि के हो।।। राहुले दाई ले त खप्नु गरेनन् बा!!!! त्यसै त पिडित, कथा पनि ईति ईति दिने।।। यो लभ भन्ने कुरो आफ्नो भाग्गामा छोईन प्रभो।।। नारायाण्।।।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-22-07 4:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाग ६ सम्म धैर्यताका साथ मेरो साथदिनु हुने सबै महानुभावहरुमा आभर ब्यक्त गर्न चाहन्छु। भउते गुरु, "जो सोझो उसैको मुख घोचो" भन्छन् मात्र होइन भोगेको छु। आज पनि त्यही सोझो हुनुको यातना बर्बराई रहेको छु। चनाजी, मानसिक शोषण म बाट भए जस्तो लागेन, बरौ म आफै मानसिक तनावमा परें। कथाको डिमाण्ड, सत्य प्रति न्याय र ब्यक्तिगत जीवन। प्रीति जी, साना बेला मा म पनि कमिक्स पढ्थें तर भाग को प्रतिक्षा चाहिं गर्ने हिम्मत र हैसयित दुबै थिएन। तर अनुराधा त १ दिन बिराएर आए जस्तो लाग्छ मलाई। कमिक्स कुरे जस्तो लामो त छैन नि २४-४८ घण्टा। धरतिको कुनै कुनामा रहनु भएको मित्र, कथाले मोड लियो लिएन थाहा भएन, जिन्दगीले मोड तोड, जोड सबै लियो। वास्तबिकतालाई निकै हद सम्म पस्केको हुं त्यसैले कहानीमा ट्वीस्ट हुदैन। जे भएको थियो त्यही हुन्छ।
|
|
|
nepalihero
Please log in to subscribe to nepalihero's postings.
Posted on 09-22-07 5:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hi rahulbro , u have such different writing skills. i really like ur writng style .keep on doing this. beside this i had read ur another blog about "sunko takkma" . best of luck for forther writing.
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-22-07 5:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै एकै ठाउ मा पढ्दा त झन रमाइलो पो भयो । मुख्य कुरा सिधियो ? हुन त अझ पनि 'सस्पेन्स्' छ कि ? आफु लाइ लागेको कुरा त भन्नु पर्यो नि हैन । 'धेरै कुरा सत्य छ त्यो बार्ता लाप चाँही खै ?' यो जवाफ "तिमी मेरो लागि अझै फस्ट् गर्ल हो। म भन्दा निकै प्रतिभाशाली। अझै म भन्दा राम्रो गर्न सक्छौ। त्यो भन्दा बढी मेरो मन र मस्तिष्कमा छैन।" भनेको हुँ भनेर अहिले भन्नु पर्ने परिस्थिती पनि छ । कुरो त बुझ्नै पर्यो हैन राहुल दा
|
|