बुद्ध जयन्ति र हराएको शान्ति
धेरै बर्ष देखि हराएको
केहि अमुल्य चीजको खोजीमा
उ जङल पस्यो
अहं रक्त चन्दनको क्रन्दन बाहेक भेटेन
तलाउ छेउ पुग्यो
अहं रगतको आहाल बाहेक देखेन
निरास हुंदै उ शहर पस्यो
हावा पानी सबैमा जहर मात्र भेट्यो उस्ले।
लाखे नाच भैरब नाच त बाकि होला नि
उसले केहि उज्यालो सोच्यो
केवल भट्टि र डिस्कोहरुमा दिउसै
चेलीको नाङ्गो नाच मात्र देख्यो उसले।
कमसे कम स्वयम्भू को आँखा त खुलै होला
सोचेर डांडा तिर् लाग्यो।
त्यहाँ बाट् केवल नयाँ बांदरहरु
सिङ्गो देश नै भत्काइ रहेको देखे।
निराश हुदैं फेरि गाउं पस्यो
टुहुरा र बिधवाहरु खण्डहर मात्र भेटे
जलेका ढलेका भग्ना बशेश हरु मात्र देखे
कतै जाने ठाउ न देखे पछि
उ आफ्नो जन्म घर् फर्के
चारै तिर् मश्जिद ले घेरेको
परदेशिहरु को जमात मात्र देखे
उस्लाई लाग्यो, उ गलत् ठेगानामा आइपुगेछ
उ कपिलवस्तु होइन कल्कि वस्ति आइपुगेछ।
जहां गए नि , जति खोजे नि
उस्ले हराएको शान्ति भेटेन
केवल् जता ततै रक्त क्रान्तिका
अनेक् भ्रान्तिहरु मात्र भेटे।
केवल् भ्रान्तिहरु मात्र भेटे।
अस्तु!