[Show all top banners]

ashishme
Replies to this thread:

More by ashishme
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिका जानुभन्दा खेत जोत्नु जातीः विनीता

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 15309 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-24-13 3:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

अमेरिका जानुभन्दा खेत जोत्नु जातीः विनीता



हातमा कुटो बोकेर, हाते ट्याक्टर चलाउँदै गर्दाको अवस्थामा तपाइले नायिका विनिता बराललाई देख्नु भयो भने नसोच्नु होला, यो कुनै चलचित्रको सुटिङ हो । नायिका विनिता बराल यतिबेला सामाखुशीको टोखामा केही रोपनी जग्गा भाडामा लिएर अन्न उब्जाउन लागिपरेकी छिन् ।

३ रोपनी ३ आना ३ पैसा जग्गा १० बर्षका लागि भाडामा लिएर विनिता अर्गानीक खेती तर्फ लागेकी हुन् । आफ्ना २ अन्य साथीहरुलाई साथमा लिएर विनिताले कृषि पेशा अपनाएको बताइन् ।

‘वाँझो खेतमा आफ्नै हातले परिश्रम गरेर माटोको ढल्ला फुटाउँदा निक्कै आनन्द आउँदो रहेछ’, विनिताले अनलाइनखबरसँग भनिन् । ‘सिनेमा भनेको सधै खेलिदैन तर कृषि पेशा सधै गर्न पाइन्छ, यसैले यता तर्फ आकषिर्त भए’, विनिताले भनिन् ।

नेपालमा खेतमा काम गर्नुलाई निक्कै तल्लो स्तरको कामको रुपमा हेरिदा नायिका बराल चिन्तित छिन् । उनले भनिन्, ‘अमेरिका जानु, रेष्टुरेण्ट खोल्नु, कप्युटरको काम गर्नुलाईर् निक्कै ठूलो पेशा मान्न थालिएछ, तर राष्ट्रिय आम्दानीको मुख्य श्रोत कृषिलाई तल्लो दर्जाको काम सोच्न थालिएकोमा दुख लागेको छ’, विनिता भन्छिन् ।

केही गरौ भन्ने सोच पहिले देखि नै थियो, तर साथीहरुको साथ पाएपछि यो पेशाले तानेको बताउँदै विनिता भन्छिन्, ‘यदि हामीले कृषिलाई अहिले देखि नै नअपनाउने हो भने देशमा ठूलै संकट आइपर्छ ।’

किसानी पेशा गर्दा निक्कै रमाइलो लागिरहेको बताउँदै उनले कान्लाको घाँस काट्दा, फूलहरुले कोपिला हालेको देख्दा मन नै आनन्दित भएको बताइन् । सर्प, गड्यौला देखि डर लाग्न छोडेको बताउँदै चपली हाइट गर्लले भनिन्, ‘खेतमा काम गरेपछि जीम जानुपनि नपर्ने रहेछ । अहिले त मेरो स्वास्थ्यमा पनि धेरै परिवर्तन आएको छ ।’

उनले सम्पुर्ण नेपालीहरुलाई कृषि पेशालाई सानो नठान्न आग्रह पनि गरिन् । मौसम अनुसारका तरकारी र फलफूल उत्पादन गर्ने भन्दै विनिता यतिबेला आफै खेतमा काम गर्न कस्सिएकी छिन् ।


 
Posted on 06-25-13 8:49 PM     [Snapshot: 2073]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yaar ko ho yo binita vanne? is she celebrity or renowned farmer? I am confused now.
 
Posted on 06-25-13 9:14 PM     [Snapshot: 2125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Pepsi, America ko visa diyeko bhaye ta america nai aihalthi ni bhanya. Ashishme bhanne le ta 10-12 choti america aisaki re! haha. patyaune kuro ho tyo?

Samagra ma bhannu parda, Binita lai US le visa diyena ani dimag sadkiyeko ho !
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Problems of Nepalese students in US
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters