[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---

[Please view other pages to see the rest of the postings. Total posts: 643]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 239814 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 04-13-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - नयाँ वर्ष विशेष ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   ११० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 110 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!


 
Posted on 04-17-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लालेमाम बिर्खे माइला ज्यु,
हजुरलाई चौतारीमा स्वागत छ !
अब बिर्खे माइला ज्यु को चौतारीको नाम पो के राख्दिने हो त

 
Posted on 04-17-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोल्यो बोल्यो जस छैन नबोल्दा त झन के भन्नु

ए पातकी गाम्ले  तिम्रा घाँटि रेटे जस्तो गरुँ कि?


 
Posted on 04-17-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सम्धी ज्यु, कहाँ गायब हुनु भा एत्रो दिन ?
लु लु आउनुस् बसौ,धेरै दिन पछी भेट भो,एसो बाट मारम न त सुख दु:ख का।
 
Posted on 04-17-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रहर नै रहरमा बन्यो अर्को रहर
त्यही रहरले तान्यो एउटा नयाँ लहर
अनी लहरले उठायो नयाँ तरंग
तरंगले जगायो मनमा नौलो उमंग
 
शुभ प्रभात रिट्ठे, राहुल दाई, टंक, फेवाताल अनी अरु सबैलाई
 
ओहो मेरो माइला दाई आउनु भएछ

 
Posted on 04-17-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्दै छौ रिट्ठे र नेप्चे लाठे हो??? तो गइराको गोठला खामो सामो गाडेर ठिक्क पार भनेर दुइ सए रुप्पे दे'र गा हैन? खै त गोठ ठडिने ठाममा त सिस्नु घारि नै पो छ त??? तिम्ले के गरिखान्थेऊ, तो दुइ सए नि माइलिकाँ जाँड धोकेर सकायौ हैन! भातमारा हरु, दिनभरि गाम डुलो, बाउ बाजेको कमाइ उडाओ, तास खेलो, इलम सिलम केइ नाईं। सँगैका साथि अरप ग'र खोलो बगा जसरी पइसो पठाम्छन घराँ! तिम्रा घैँटाँ कइले घाम लाउने ए असत्ति हो??????
 
Posted on 04-17-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्!  वाह्!  जिम्माल बा, सुनार को सय चोट, लोहार को एक भन्छन। फेरी बुढाले लोहार भन्न्यो भनेर चित्त दुखाउला?
 
Posted on 04-17-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई! अनि क्यार्दै हुनुहुन्छ? आरामै हुनुहुन्छ होला? यि आलाकाँचाले कत्तिको दुख दे तपाइँलाई??? ज्यान त घट्या जस्तो मान्छु त? भात रुच्दैन अचेल??? कि तपाइँलाई के जाति राउनिति लागो???
 
Posted on 04-17-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए जिम्माल बा, कुरै नबुझी एका बिहानै किन सराप्छौ हो?  खामो त गाडेको त हो नि। तर त्यो के जाती चुनाव आयो भनेर पल्ल गाउ का वाइ वाइ सी यु का मुन्छे आएर यि खामो त त्यो हामलाई भोट न हाल्ने को टाउको मा बजार्न काम लाग्छ भनेर उखेलेर लगी हाले नि।
 
Posted on 04-17-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सम्धिज्यू! कता हुनु एसो अब आगुँ हुँदा सकिन्न कि भनेर चआरधाम तिर गा थेँ बल्ल बल्ल एउ मुठि सास बाँकि राखेर घराँ पाइलो टेकिओ हेरि! मेरि बास्सै मुउलान त मुउलानै रेछ कठै, कस्ता कस्ता रेलगाडि हुन्, मुन्छे कति हुन कमिलाको ताँति जस्ता सारै सास्ति भओ गाँठे! म त हेरि तो केदार पुग्दा त त्याइँ सास अड्को भनेर फत्र्याक फत्र्याक परेँ बाबै! सनननन हेरि नाइटो देखुन गानो सरेर माथि मुटुमा हान्न थालेसि, काइँलो कप्तानको छोरो जेठोले के जातिको झोल खान दो र ठिक भओ!

 

दिपीका नानु, के छ बा हालखबर? सन्चै छौ?? ल हेर हेर कति दुब्लाकि??? खान पर्छ नि टन्न! घर सम्झेर बसेउ कि के हो? गाम्ले पातकीले हेलाँ गरे कि?


 
Posted on 04-17-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, नेप्चेलाई पनि शुभप्रभात !
दिपिकाको मुक्तक खत्रा गयो ल !



 
Posted on 04-17-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार !!!
ओ हो, जिम्माल बा आउनु भा रैछ, चौतारी धन्य भो भन्न परो अब। हैन कत्ति लामो चारधाम यात्रा हो तपाइको?
अब चौतारीमा सप्ताह लाउन परो।

 
Posted on 04-17-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भनेको माइला दाई दुब्लाएर नाक मात्रै बाँकी छ मेरो
रिट्ठे हेरन के भएको होला, आफुलाई त आफ्नो माइला दाई देख्नै हुन्न, कहिले नफुर्ने मुक्तक पनि फुर्दो रहेछ

 
Posted on 04-17-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Kaam chor gaamleharu ke gardai taaaaaaaaaaaaaaaaaaaaaaaa

 
Posted on 04-17-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीलाई गुलाब दिन भनी निस्केको थिए,
भेटिन तिमीलाई बरु म आँफै ओइलीएको थुङा भएछु।।
माया अनी प्रेम को खडेरी लाग्यो जीवन मा, 
पानी बिहिन नदीमा म त एउटा डुंगा भएछु ।
तिम्रो प्रतिक्षा मा कैयौ महिना अनी बर्ष बिते,
हात खुट्टा कुजिएर अब त म ढुङ्गा भएछु। 

शुभ प्रभात सबैलाई यो नेप्चे को।

 


 
Posted on 04-17-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई बोलाउछन्, संबोधन गर्छन्, आफुँलाई त चटक्कै बिर्से क्यारे!
त्यहि 'पातकी गाम्लेहरु' भित्रै आफ्नो नाम नि समेटे जस्तो गरुँ कि?

जदौ यो सोझो कुम्लेको!!

क्यार्न बिजी भएर त्यस्तो ब्यस्त भा'का हाउँरा गाउँलेहरु? चाइन्जो दिनमा एउफेर चौतारीको उकाले चढे देखुन् जिउमा नि अलि अलि ताकत बढ्थो कि!

:-)


 
Posted on 04-17-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झरेको पात झै भयो उजाड मेरो जिन्दगी
निभेको दिप झै भयो उदास मेरो जिन्दगी

सप्पै गाम्लेलाई सलाम छ है मेरो पनि।


 
Posted on 04-17-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन यि जिम्माल तिर्थाटं आएसी फुस्के कि क्या हो ! एक्कैबाजी सराप्न पो थाल्छन् त कुरै नबुझी !
वाह कुम्स पाटको अर्को गयो खत्रा
कुम्सपाट लाई हिजो त पारी तिर देख्या थे' नि ! अनी फर्किदा तरहरामा जमाइयो कि ?

 
Posted on 04-17-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ नेउचे? कल्ले उखोलो ले खामो???? बाइसेलेले रे??? तिनलाई चुर्ना पर्न नसक्या असत्ति बानहरु। अनि के हेरेर बसेउ त ए तिमेरु? तो बटारिया पाँसुल्ला कुन दिनलाई राख्या हौ, रुइँरुइँति पारेर तेइँ खोलाँ ताड्न पर्दैन तिनलाई?? रगतपछ्छे बनाइदिएसि तिनका बाउको बे देख्थे अर्काले गरिखा नदेख्ने उरन्ठेउलाहरुले!  एकछिन पख पख के जाति मोबिल फुन आओ!

 ((....स्वाँs.... हिल्लोsss! हिल्लोsss!....हिजो आ!....हँ? अँ..सन्चै भन्नु परो बा....हँ? अँ अँ,....के रे?....जिते रे?....अँ...के रे?....सिद्याए रे?....हो र?....हुन्न?.....ज्यान नै तल माथि हुने रे?....अँ...लौ त अब क्यार्नु कति बाँचिन्छ बाँच्नु परो के रे जिन्तखिमा....लौ त बा...लु चिरन्जिबि भएस...))

हेरि कुरो के भने नि नेउचे, अब हेरि उखेले त उखेले नि केइ काम परो होला बरा! चुनाउको बेलाँ सयोग अर्नु पर्छ के! अर्काला सयोग अरो भन्देखुन देउताले नि हेर्छन बाबै! चुप लाग मोरा अब, कल्ले उखेलो के के जाति अरो केइ नभन्नु कोइलाई! तेस्तो जाबो गोठ अर्को हालमला! चुप्प लाउनु!

 


 
Posted on 04-17-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पात मात्र झरे अर्को वसन्त कुर्थें, आफ्नो त बोटै मरेको जिन्दगी भो।
लात त एक के अनन्त सहन्थे, आफ्नो त चोटैले भरेको जिन्दगी भो।

 
Posted on 04-17-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सब पातकिहरु जम्मा भएर हल्ला खल्ला गर्न थालेछन , गीत मुक्तत भन्न थालेछन । बल्ल अली जिउदौ भएछ चौतारी । नत्र त सुन्सान भा थ्यो - चुनाउ पछी । पाउ लागे जिम्माल
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters