[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 112222 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 08-07-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 155 editions.


 

 
Posted on 08-12-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालक राम को संगत ले ठुल्दाइ यस्तो भाको , ठुल्दाइ को संगत ले बौचा , भने सि सब दोष बालक राम कै हो , मखुला ठुल्दाइ
 
Posted on 08-12-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे बज्या ( लहरेको सरुवा रोग सरेको छ है ) ले खोकेर गाको १ घण्टा हुँदा नि कोइ आएन ।


रोग सर्ला भनेर हो कि ? डराउनु पर्दैन। एक घण्टा सम्म हावामा किटाणु बिषाणु जीवित अवस्थामा हुँदैन ।


 
Posted on 08-12-09 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब औतारी हरु कता हराए , बौचा आउँदा सब आउछन बौचा हराउदा सब हराउछन क्या हो कुरै बुझ्न गाह्रो
 
Posted on 08-12-09 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<सब औतारी हरु कता हराए , बौचा आउँदा सब आउछन बौचा हराउदा सब हराउछन क्या हो कुरै बुझ्न गाह्रो  >>>

यस्तो आरोप लाउन पायिन्न, चौतारीमा त काम चोरने बेला पो आयिन्छ त, ऐले त घराँ भात पकाउन पर्‍यो आफ्नो त, रिट्ठे, बिस्टे, ठुल्दाइ जस्तो पुर्पुरो छैन, तिम्रा पो रिया छन, पालै पीलो पकाउने होला, बौचा नि कार्तिक पछी त शेर हुन्छ, ऐले छ बजे सम्म अड्डामा बस्छ, कार्तिक लागेछी त ५ नबज्दै टाप दिन्छ बज्ये

याँ आफ्नो त आँफै पकाउन पर्छ, त्यो बुर्गर-सुर्गर मन पर्दैन आफुलाई त, अनी तेस्माथि भोली बिहीवार, तेइ भेर भोलिको लागि पनि पकाउन परेको भएर ऐले भान्छामा म त, दाल झान्न बाँकी छ

तिम्रो त्यो सफल जिन्दगी पार्ट २ कैले आउनी खै?

 
Posted on 08-13-09 7:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम !!!

 
Posted on 08-13-09 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-09 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!



बिहिबारे बगलामुखिय जदौ!


तारेमाम पुरे, पोक्छे ।


आज त बैर्‍या दिन हो , शंखमूल देखी कुम्भेश्वर सम्म बैरेले आँखा बिछ्याइ रहेको हुन्छ बज्या।


 
Posted on 08-13-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम ठुल्दाइ अन्द पोक्चे, पोक्छे नयाँ नाम जस्तो लागेर म यस्सो पुरानो धागोमा पोस्ट गरेको हेरेको त, लौ के पो भेटें मैले, ही ही ही,

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=66032

चौतारी बारे यस्तो ब्यापक गफ भा रेछ अनी अवतारिहरुको सपोर्ट देख्दा त कस्तो गद्-गद फील भो भने नि, खै यी सब अवतारी, आत्मा, पर्मात्माहरु? सब हराएर बिलाये पो जस्तो छ त, जिम्माल बुढाको BMLB चाँही लास्तै कडा लाग्यो, अब म नि तेइ युज गर्नी, कपिराइट चाँही बुढाकै होस्! लास्ट पेज मात्र हेरें, बाँकी पछी हेर्छु, काम भेर बिजी छु, तर पनि चौतारी छोड्न सकिन, झन यो पढेछी त नलेखी बस्नै सकिन, भरे आउँला, त्यो बज्ये लहरे सँग हिसाब-किताब ठीक पार्नु छ।

यदी ती पुराना अवतारिहरुले हेर्दाइ छन भने, यो पुरेको प्रणाम सबैलाई!

आउँदै गरेका कामचोरहरुलाई त जैले नि प्रणाम भनिरा नै हो नि

ल ह्यापी जन्माष्ट्मी, श्री कृष्ण भगवानले सबैलाई सदबुद्धी प्रदान गरुन  

 
Posted on 08-13-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




बिहिबारे बगलामुखिय जदौ!



तारेमाम पुरे, ठुल्दाइ, पोक्चे


सम्पूर्ण चौतारीबासिमा कृष्ण जन्माष्टमीको शुभकामना !


 
Posted on 08-13-09 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुरे।


हो त नि आज क्रिष्णे को ह्यापी बर्थ डे नि ।


कृष्ण जी करे तो लीला,
हम करें तो क्यारेक्टर ढिला?? 



 


 
Posted on 08-13-09 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बगलामुखिय जदौ!


तारेमाम पुरे, ठुल्दाइ, पोक्चे, रिट्ठे



सम्पूर्ण चौतारीबासिमा कृष्ण जन्माष्टमीको शुभकामना !


 
Posted on 08-13-09 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-13-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मंगलम भगवान बिष्णु मंगलम गरुवध्वज 
मंगलम पुन्दरिकाक्ष मंगलाय तनोहरी:::::



निमन्त्रणा


चौतारी का सदस्य पुरे प्यारे लाल पुइक्कँ को पुरी प्यारी पौडेल का साथ एही कार्त्तिक १५ गते हुन गइरहेको शुभ-बिबाह मा सरिक हुनु हुन यहाँ हरु लाई बिषेश निमन्त्रणा गरिन्छ।




 स्थान:   पुर्‍या गाउँ
मिती: २०६६ साल कार्त्तिक १५ गते
समय: बिहान को ठीक १०:२० बजे


 
Posted on 08-13-09 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे बगलामुखिय जदौ!


 


सम्पूर्ण चौतारीबासिमा कृष्ण जन्माष्टमीको शुभकामना


 
Posted on 08-13-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बौचा लाई बधाई छ , यो निमण्त्रणा चाँही भोज कि जन्ती को ?? म त जन्ती नि जान्छु है भन्द्या छु , अनी तिम्रो काली काली साली हरु छन कि छैनन् ? 
 
Posted on 08-13-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या मुला बैरे - पुरे को बिहा हो - पुरे को साली हो मलाई के था -


साली हेर्ने भए लाइन छ है अनी तिमीलाई त थाहा नै होला


लाइन जहाँ म उभियो त्यही बाट शुरु हुन्छ भनेर


 
Posted on 08-13-09 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे पाट के हो यस्तो धोखा, प्रभु को बिहे को कुरा यसरी थाहा पाउनु पर्ने
 
Posted on 08-13-09 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ कहाँ हरायो यहाँ मलाई धर्म संकट पर्‍यो , आज कृष्ण जन्माष्टमी पाटन जानु छ , अब अगाडि प्रभु पछाडि होनचा के हो आज पेल्नु हुने कि नहुने ??
 
Posted on 08-13-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जन्त जाने कुरा त त्यही हो


एउटा अपार्ट्मेन्ट बाट अर्को सम्म पुग्ने न हो


बिल्डिङ ब्लक एउटै पर्‍यो अनी दुईटै अपार्ट्मेन्ट को ढोका पनि आम्ने साम्ने


एउटा बाट निस्केर अर्को मा छिर्ने मात्र हो


बैरे सान टाईम मै आउ है


 
Posted on 08-13-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, बैरेले क्या सही बुझ्यो क्या, त्यो लहरेले कार्ड छाप्डा गल्तिले मिस्टेक भएछ। तर जे होस् बैरे मान्छे खग्गु हो क्या, ठीक ठीक ठीक ठीक, ल म सच्याइ दिन्छु!

::::::मंगलम भगवान बिष्णु मंगलम गरुवध्वज 
मंगलम पुन्दरिकाक्ष मंगलाय तनोहरी:::::



निमन्त्रणा


चौतारी का स्व-घोषित अध्यक्ष लहरे लुरु लुरु कान्त लाकौलको लहरी लुरी लिग लिगे लामिछानेका साथ एही कार्त्तिक १५ गते हुन गइरहेको शुभ-बिबाह मा सरिक हुनु हुन यहाँ हरु लाई बिषेश निमन्त्रणा गरिन्छ।




 स्थान:   लहरेया गाउँ
मिती: २०६६ साल कार्त्तिक १५ गते
समय: बिहान को ठीक १०:२० बजे

भवदिय: जिम्मालबा, माइली बुढी, ठुल्दाइ, रिट्ठे, बिस्टे, हर्के, बैरे, पुरे, चेली, सान्नानी, सनीरा आदी इत्यादी 


त्यो भोज पछी चाँही हाम्री भाउजु "लहरी लुरी लिग लिगे लामिछाने" बज्ये लहरे सँग तत्काल बस्न नसक्नी हुँदा ऐलेलाई रिट्ठेकोमा बस्नी जानकारी प्राप्त हुन आको छ, लहरे नसुध्रे सम्म लहरे सँग नबस्नी रे, मैले त मेरोमा आउनु भाउजु भनेको, समाजले के भन्ला भनेर अप्ठेरो मानिन्, तेइ भएर अली बयो-ब्रिढ दाजुकोमा शरण लिन जानी भन्ने कुरो बुझिन आको छ। 



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters