[VIEWED 194546
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-28-07 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४४ -- हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) फोटो कपिराइट : नमे
|
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई जदौ! गालब ले फेरि पनि नयाँ चौतारी बनाइ सकेछ । लौ मनले चिताको पुगोस् ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को को छन् ?? जरामुनी देखि जापान सम्मका सबैलाइ जदौ ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 8:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यामे, कता हो प्रभु आज्कल ? यस्सो बेला बेलामा दर्शन गर्न पाए धन्य भयिन्थो भन्ने मानीचु !
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो बिर्खे माइलाको! हेहे थुली! ल, नयाँ भाग पढ। :) गामले हो, आजको अध्याय पनि सुनेको सुनेको जस्तो लाग्ला। आज अलि अल्छी लागेकोले भुलचुक र कमी कमजोरी होलान् झैं लाग्छ। दोहोर्याएर हेर्न पनि अल्छी लागो। आफैं मिला'र पढ्नुहोला। अनि बिस्तार बिस्तार माघ सुक्ल पूर्णेमा पनि आउन लाग्यो। स्वस्थानी पढ्न मन लागेका अरुहरुले पनि एक दुई अध्याय हानिहालम् है! चौतारी स्वस्थानी व्रतकथा - २६ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, तहाँ उप्रान्त जिम्माल बुढाको कथा गोप्य राखेको हुनाले कसैलाई पनि थाहा नभए पनि लालेले फलामको बन्चरोलाई सुनको बनाएर ल्याएको हल्ला गाउँभरि फैलिन लाग्यो। यता घरखेत बेचेर सिरे झैं अरबतिर जाने सुरसार गरेको ग्वाँचेलाई लाग्न थाल्यो "ए रात्तै! काम गरे आफ्नै धर्तीमा सुन फल्छ भन्या त यही पो र'च त। बेकारमा दलालीलाई पैसा सुम्पेर अरबको बालुवामा घाम खानुभन्दा बरु यसरी नै सम्पत्ति जोडे भइहाल्यो नि!" यस्तो बिचार गरी तत्काल नयाँ बन्चरो (axe) र घन (hammer) किनेर ल्याए र केही दिनपछि वनतिर लागे। पोखरीको छेउमा पुगेर वरिपरि कोही पनि नभएको पक्का गरेपछि छेउको रुख ढाल्न लागे र २-४ चोट हानेपछि जानी जानी बन्चरोलाई हातबाट फुस्काएर पोखरीमा फालिदिए। अनि केही समय विलाप गरेजस्तो गरेपछि त्यो रुखलाई घनले हान्दै ढलाउन लागे। फेरि पनि २-४ पटक रुखलाई हानेपछि घन पनि पोखरीमा फालदिए र गोहीले आँसु देखाए झैं गरी नक्कली आँसु निकाल्दै बिलाप गरिटोपले। हे अगस्त्यमूनि! तहाँ उप्रान्त जति बिलाप गरे पनि जलदेवता ननिस्केपछि ग्वाँचेलाई "कतै जलदेवता बसाइँ त सरेनन्?" भनेर शंका लाग्न थाल्यो। हुन पनि श्रीपञ्चमीबाट बसन्त ऋतु सुरु हुन्छ भन्छन्। श्रीपञ्चमी पनि अस्ति भर्खर नै हो। जलदेवता पनि वसन्त ऋतु लागेर देवताहरु बस्ने हिमालयतिर फर्के कि भन्ने पनि लाग्यो। अनि त साँच्चैकै वन थर्किने गरी रुन थाले "हे भगवान! यो के भयो? मैले अस्तिभर्खर मात्रै बनाउन दिएको नयाँ बन्चरो र घन त्यसै स्वाहा भयो। जिम्माल बुढासँग सापटी लिएको पैसा पनि तिर्न भ्याएको छैन। ऋणले गर्दा अरब भासिन पर्नी बेला भा'छ। त्यसमाथि यो ऋण। अब के गरुँ?" उनको रुवाइ सुनेर वनका पशुपंक्षी पनि के भयो भनेर हेर्न थाले। अन्त्यमा जति रोए पनि केही नहुने देखेर, फलामकै भने पनि बन्चरो र घन नलगी भएन भनी नयाँ आइडिया निकाले। वनबाट काठको साटा खोजेर ल्याई त्यसले पोखरीको डिल खोपी पानी तर्काउन लागे। ताल निकै गहिरो भएकोले पानी पुरै तर्काउन्जेलमा साँझ पर्न गयो। हिलै हिलो मात्र बाँकी पोखरीको पिंधमा खोज्दै जाँदा कतै माछा भेटिए, कतै भ्यागुता भेटिए भने कतै गँगटा भेटिन थाले। पोखरीको बीच भागमा मुढो लढे झैं के लढेछ भनी हेर्दा हातमा बन्चरो बोकेका र छातिमाथि घनले च्यापिएर हलचल गर्न नसकेका जलदेवता पो !! होस खुलेपछि जलदेवताले ग्वाँचेलाई भने "यो पोखरीमा आज बन्चरो र घन फाल्ने को हो बाबु? तिमीले चिनेका छौ? म त्यसलाई यही घनले हानेर बेहोस् पारिदिन्छु।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे षष्ठर्विंशोध्याय॥२६॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा ग्वाचे, के हुनु नि आजकाल साउको कामको चटारो छ । त्यो पुराण लेख्ने बेला हुन लाओ तेसैले हो । के छ प्रभु खबर ? खोइ अरु ता हराए कि क्या हो ?
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठीकठाक ग्वाँचे, हिजोको तीनपानेले छोड्यो त? जदौ यामे, के हो यार जरामुनी देखी जापान सम्मका लाई मात्रै किन नि जदौ। हाम्ले तेस्तो त केहि बिगार्देको जस्तो त लाउदैन :P
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे के गर्या ग्वाँचे ले । बिचरा कत्रो सुनको बन्चरो पाउने आशा....................... उडायो सपना सबै हुरीले.............हुरीले............ कथा सुने सुने जस्तो लागे पनि अन्तिमको मोडाइ ले गर्दा नया स्वाद दियो ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरी हरी, त्यो जरामुने देखि पश्चिमहुदै जापान सम्म पुग्ने भन्या हो क्या । तेसपछि त बिचका परिहालियो नि हो । अनि जपान बाट घुमेरा आउँदा फेरि जरामुनिसम्म । खै कुरो बुझ्या ?? तेसै त्यो तिनपातेको तालमा कुरा गर्दिने?? [ :) ]
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>> तेसै त्यो तिनपातेको तालमा कुरा गर्दिने?? तीन पानेको तालमा कि तीन पातेको तालमा? :)
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-07 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hhehhe यामु ले हसायो । के च यामु तिम्रो। व्हेरे इज् चित्रु तुदे।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा, यो जम्मै ग्वाँचेले गर्दा भा'को। तीनपाते (श्पेशल चिया) को तालमा कुरो गर्या भए त हुन्थ्यो, तीनपानेको तालमा भएर बिग्रेको जस्तो छ। तेहि पनि संसारै एक राउण्ड लाउने पिलान रै'छ ब्रो को जदौ गर्दै, बुझ्नै गारो भएर नि। अब चैं तीनपाते श्पेशलको ट्याम भा जस्तो छ!
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे थुली मेरो ता ठिकै छ ? तिम्रो के छ नि ? हे हे गालब हरिले ग्वाँचेलाइ पो भन्या त तिनपाने मैले ता हरीलाइ तिनपाते नै भन्या हो किन भने हरी आजकाल लाम्पाते सुरति (तमखु) तिर लाग्या भर पो तिनपाते भनेको नि । खोइ कुरो बुज्या ??
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गालउ लाई गुड वान, वन्स अगेन भन्नै बिर्सीरा'को। यो बर्षको चैं धेरै पछी स्वस्थानी सुनेर बिताईयो, हजुरको कृपाले!! धन्नेबात!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-07 8:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hehhhehe कस्तो हासायो मेरो गालु ले । सदै झै सारो राम्रो लाग्यो तपाईं को श्वासतानी । यु आर भेरी कृएतिव गालु एन् यु आर् सो स्वीत्। उडायो सपना सबै हुरीले.............हुरीले............ :P
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-30-07 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा यामे!!! प्रभुसँग गफ गर्न सकनिनी र'च। पोख्रेलीहरु तीनपाने भन्दा तीनपाते तिरै अलि रमाउँछन् जस्तो लाउँच के रे! तिमीलाई कुन चाहिं बढी मन पर्छ नि? :D
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 01-30-07 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि मेजरिटी ग्रुप भित्रैपरे प्रभु ।
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 01-30-07 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ के भन्छन केटाहरु, तीनपाने र तीनपाते रे, कुरा बुझे मार्दिनु! गालब गुरु, यो बर्षको चैं धेरै पछी स्वस्थानी सुनेर बिताईयो, हजुरको कृपाले!! बरु गालब गुरुले तो कसैलाइ नबताएको जलदेवतासँअको जम्काभेटको कहाँनी नि कसरी था पाएछन्, अचम्म लागो! यु आर भेरी कृएतिव गालु !!!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-07 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ के भन्छन केटाहरु, तीनपाने र तीनपाते रे, कुरा बुझे मार्दिनु! :P
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 01-30-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|