भाग-२.....
कमिलालाई मुताआ पैरो पर्या जस्तो त सबैले गर्या हुन एक्छिन तर पनि कार्यक्रम छाडेर फर्किने छाट्काँट चाँही कुनै अनाजका सिकारीले देखाएनन । झन नाचम पो भन्छन केरे । Dinner सुरु हुन एकाध घण्टा बाँकी थियो केरे तेही भएर खाली टाइममा उफ्रेर अघी हसुर्या पचाम र थप् हसुर्न खाली ठाम बनाम भन्ने जुक्ती होला खानाँ कालहरुको,होइन भने नाच्ने जस्ता जिउ-डाल,शिल्-स्वोभाव भा त कोइ देखिन्नथे । तर प्राबिधिक सामाग्रीहरु उपलब्ध नहुनाले हाम्रो कान्-पेन्सन-हाललाई राष्ट्रिय नाच घर बनाउन चाँही सकिएन ।
"थरे ! एत्रो पार्टी राखी सकेसी एउटा बाँझो-बाँझो ऐलानी DJ राख्द्या भए नि त हुन्थ्यो नि ?" मैले जिज्ञासा राखेँ ।
"ह्या हुन्न , अहिले खा तालमा एउटाको श्रीमान अर्काको श्रीमतीसँग नाची दियो भने भोली दोश थुपार्ने container म हुन्न ? फेरी नेपालीको जातै पार्टिमा झगडा गर्ने ,राजनितिक पार्टी होस कि सामाजिक , बेकारमा हनुमानको पुछरमा किन आगो झोस्नु ?" जताबाट नी कुरा जित्न जन्या छ शंकरेले ।
तर शंकरेले सोच्या जस्तो किन सान्तिन्थे र उनिहरु,जसरी भए नि हल्का exercise त गर्नै थियो । कुरो चल्यो अन्ताक्षरीको,नाच पनि तेस्मै improvise गर्ने भए । सबले होमा हो मिलाए र गोल घेरा बनाएर बसे तर सुरु गर्न भने कोइ नमान्ने, अलिकती लोकसँग लाज चाँही बाँकी रहेछ लाजछाडाहरुको नि । हुन त टपरी च्यात्या जस्तो स्वोरमा गाउँनेलाई के का लाज ,हामी सुन्नेको पो त लाज । एक छिन्को नखराबाजी पछी चाँही थापाकाजी जोस्सियो गाउँन,हुन त स्कूले हुँदाको गाईने नै हो उ । आधा मिनेट खाक्-खुक गर्या जस्तो गरी गीत सम्झे पछी सुरु गर्यो उही आफ्नै स्तरको गीत:
... डल्ली मगर्नी हो सुन माया बोल्न मन लाग्दैन हो पिर पर्या सि ...
बोल्न समेत् मन नलाग्नेलाई गीत गाउँने मन चाँही कताबाट आ हो फेरी । तिम्रा लीला नि अपरम्पार छ । कसैलाई पिर परेर बोल्न मन लाग्दैन भन्छन ,आफुलाई भने बोल्न नसकेर पिर पर्या छ । सरु साइडमै उभ्भी रारैछे । भएन गाँठे अब त बोल्नै पर्यो भनेर उतिर लागे,जाँदा-जाँदै एक गिलास स्वाट्ट पारेर ।
"साइडको कुर्सिमा बच्चुकैलाश सरलाई राखिद्या भए त शुक्रबार-सुक्रबार क्लासमा खेल्ने अन्ताक्षिरी झैँ देखिने रैछ है प्रसाद ?"कनेर एउटा वाक्य पुरा गरियो ।
"त्यही त , तिमी पनि गाउन ?"उस्ले भीषण ब्यँग्य हानी मेरो कम्जोरिमा । चार जानाको अगाडि मन्चमा उभ्भिन पर्यो भने त मेरो भक्भकाउन सुरु हुन्छ झन गीतै गाउँन पर्यो भक्भकाउँदै भनेसी त रुद्रघन्टीमा DJले बास गरुन भन्ने आशिसको आबिस्कार हुन्छ ।
"मैले कहिल्यै जिन्दगीमा गाएको सुन्या छेउ र,अहिले सुन्नु ?" खुबी नभा क्षेत्रमा surrender गर्नु नै पर्यो ।
"त्यही तिमीले जिन्दगीमा नसुनाएका कुराहरु सुन्ने मन लागेको छ के आज " डाक्टर्निले सट घुमाउरो हान्या रैचे boomerang जस्तो, फर्केर आउँदा लागेसी बल्ल चाल् पाइयो । तर भन्या जस्तो सजिलो छ र खिया लागिसक्या हाडे गाँठो फुकाउनलाई ? तैले सुनाय नि त हुनी हो, तेरा मुखाँ चाँही के कर्फु लाग्या छ र ? अरु बेलाँ चाँही नारि-पुरुश समान्ताका नारा आफ्नै नारा फुस्किने गरी चिच्याउछौ ,अप्जशिलो काम आयो कि vulnerable नारी बन्छौ , हाइ-सन्चो छ नि तिमीहरुलाई । हत्तेरिका म पनि के भा होला, फेरी अहिले पनि पहले आप खेल्न लाग्यो भने त लास्टै गाडी नि छुट्छ । भएन बा अब त । ठोक जबान ठोक , जय महाकाली -आयो गोरखाली ।
"अनी बिहेबारी गर्ने बिचार छैन त तिम्रो ?" थुक्क ! म गवाँरले बाटै नबनाइ Ferrari स्टार्ट गरिदिएँ । उ बिचरी रातो-पिरो भै ।
"मेरो मत्लब, अब त तिम्रो career पनि बनी सक्यो । घरबाट पनि त प्रेसर आउन सुरु भए होला नि त ?" क्यार्नु ढिलै भए नि कुरा मिलाउनै पर्यो ।
"तिमिलाई आउँदैन र ?" मेरी आम्मै counter-attack गरी । कम्ताकी त कहाँँ हो र ।
"खोइ घर बसे पो आउछ । आधा जिबन अर्काको देशमा पसिना चुहाउदैमा गैगो ।" त्यही त, एहीँ पसिना चुहाएको भए अहिलेसम्म एक-दुइटा छोरा-छोरी उम्री सक्थे कि ? भन्न मन लागेको थियो तर तेत्रो मान को शाहस काँहाबाट जुटाउनु ।
"मेरो पनि त्यस्तै-त्यस्तै भो, जिबन १६ बर्से मनले देख्ने जस्तो सजिलो काँहा रैछ र? चाहेको कुरा सबै पुग्नलाई,जे अवसर दिन्छ बरु तेस्कै भरपुर फाईदा उठाउनु पर्छ भन्ने लागेर स्कूल छुटेपछी एही पढाईलाई साहारा बनएर अघी बढीयो । दोबाटोका सुसेली र ईशाराका हेक्का राख्ने वास्तै भएन । अब अहिले आएर म बुढीलाई कस्ले हेर्ने ?" आँखाभरी आशा जगाएर भनी ।
"कस्ले भन्ने तिमीलाई बुढी , मैले त झन राम्री पो देख्या छु त तिमीलाई अहिले । स्कूले tomboyish-look भन्दा त यो सारीवाला नारी झन खुलेको छ तिमीलाई ।" jump-start गर्नु पर्या भए नि अहिले मेरो रफ्तार राम्रै गै राथ्यो ।
"दुइटा बिएर खाएपछी सबैलाई राम्रो देख्छन भन्छन केटाहरुले । तर तिमी पनि त handsome भा छौ नि । जिउ पनि राम्रो maintain भा रैछ र मैले बिएर नखाइकन भनेको हो है ।" उस्ले नि तारिफ गर्देसी के चहियो । Valentino-Swing दिएर फ्रेन्च्-किस्स हान्दियुँ जस्तो भो आफुलाई । तर क्यार्नु , हिम्मतको लोड्-सेडिङ छ यता ।
"तर यो छ्यास्स-छुस्स दारि-जुङा चाँही किन राख्या नि , कन्फ्युसियस जस्तो देक्ख्या छ । कि त midlife-crisisले छोयो र ? Clean-Shave गर्नु पर्दैन?" Gilletteको प्रचारले प्रभाव पार्या जस्तो छ उस्लाई । मैले चाँही छुट्टीमा आएदेखी दारी काटेको थिएन, उता पाल्न पाइने होइन ।
"दैबले ठग्या डीपार्ट्मेन्ट पर्यो, औँसि-पुर्नेजस्तो पलाउछन,deforestation गरेर किन भु-क्षय ल्याउनु भनेर नि ।" मैले हाँस्दै भनेँ ।
"नसक्किने बा तिमीसँग, हा-हा-हा....." उ पनि मज्जाले हाँसी ।
"दो दिल मिल रहे है मगर चुपके-चुपके ....."
"सब्को हो रही है खबर चुपके-चुपके....." शंकरेले अन्ताक्षिरिबाटै एक तिर दो सिकार हान्यो ।
"ओेए ! तिमीहरुको मात्र पुनर्मिलन हो कि के हो ? यता आओ न मलाई पनि साथ दिन" शंकरेले भाँजो हाल्यो । तेरो कहिले सत्तेनास हुनी, मिलाउने नि आँफै -छुट्टाउने नि आँफै । आँफै बोक्सी -आफै झाँक्री, तलाई love-storyको भिलेन । जती सरापेनी एक छिन् त गै दिनै पर्यो । लागेयुँ मन नलागि-नलागी दुबैजना ।
"हिमालको काखमा छ सानो मेरो गाउ , पर्बतकी छोरी हुँँ म पार्वती हो नाउ ,पार्बती हो नाउ " गायी सिँगानेले ।
"हाम्लाई पनि मायाले हेर पार्वती , लै-लै-लै । हाम्रो पनि मनै त हो पार्वती लै-लै-लै ....... " फ्रिमा गुत्त्याएको तिनपानेको रङ देखाउन थाले केटाहरु । केटीहरुले मानहानिको बिरोध गरे । अर्को खर्सी पर्या बोकाले झन निरोधको गीत गाइदियो ।
"हाम्लाई पनि मायाले हेर Panther ..... " अब भने खेल भाँडियो । तर अघोरिहरुले डिनरको बास्ना सुँघेरै खेल भाँड्या रैछन् । एकै छिनमा खाने टाइम पनि भयो ।
"लौ त खानपिन पनि सकियो । अब सबैजना आफ्नो-आफ्नो आवास गृहतिर जाउँ । त्याँ निँद्रामा उठेर यता-उता हिन्ने हैन नि । मामाहरु बस्नु भा हुन्छ दुइटा अवास क्षेत्रको बिचमा, बेता लौरी लेर तारा देखाउन । लौ त आजको दिन एहीँ सकियो , भोलिको नयाँ दिन नयाँँ तरिकाले सुरु हुनेछ । सबैलाई शुभरात्री !" आफ्नो कथा सुरु हुन नपाउदै मध्यानतर गरिदियो थरेले । उता बल्ल-बल्ल एक झुल्का किरण देखिएको थियो, यता रात पारीगो ।
"लौ त आईज सुतम , म तल तँ माथि हि-हि-हि.... " डंग्रङ फाल्लिँदै भन्यो थरेले । Bunker बेड रैछ उक्लियँ माथि । एक्छिन उरन्ठ्याउला गफ चुटेपछी घुर्न लागे केटाहरु । तिन्का पनि के गल्ती, दिँउसा रासनले चेपे होला उत्तानो परेर पल्टिँदा । आफुलाई भने पट्टक्कै निँद्रा लाग्या होइन जता फर्के नि । आजको दिनदेखी rewind हुँदै मन स्कूले दिनसम्म पुग्छ, प्रसाद सँग-सङै हरेक कक्ष्या चाहर्छ अनी forward हुँदै आउछ,आजको दिन काटेर पनि भविस्यमा पुर्याउछ । रङीन बगैँचा सजाउँछ,भेटेजती योजनाका पुतली उडाउछ । सोच्न सकिएर पनि निद्रा काँहा लाग्ने हो र फेरी त्यही cycle गोल्-गोल घुम्छ, दिमागले भ्याय जती edit गर्छ । एस्का बाजे ! सुत्न मन पट्टक्कै लाग्ने होइन खाली सिरानी मात्रै काखी च्याप्न मन लाग्छ । मध्यराताँ धोद्रो स्वोरले गीत गाउ-गाउ पो लाग्छ ए ।
"हैन ए आलोकनाथ तेरो मनोबाद अझै सकिएन भन्या,कती कोल्टे फेर्छस ए love-struck लाटो-कोसेरा ।" थरे आँखा मिच्दै करायो ।
"मेरो मनोबादले तलाई किन टेन्सन,त सुत न ,बाद्-बिबाद चल्या होर disturb हुनलाई ?" सोचको गाडी छुट्या रिस पोखेँ मैले ।
"मनोबाद भनेर सुख पायिए पो? त कोल्टे फेर्न छाडदैनस् अनी यो अरिस्ट खाट भुस्या कुकुरको छाउरो जस्तो कुइँ-का-कुइँ गर्छ, अनी कसरी सुत्नु ?" पिर त परेकै रैछ शंकरेलाई ।
"कमिसन खाएर बनाउन द्याथिस होला ,त्यसैको सराप लाग्या हो ?" एस्लाई irritate गर्न मलाई पहिल्यै देखी रमाइलो लाग्छ ,एस्लाई पनि थाहा छ ।
"कमिसन त होइन बरु तेरा पुर्खाको रिन चाँही खा रैछु मैले , पेल बाबु पेल । सुत्न त दिएनस-दिएनस अब ऐठन पारेर बोल्न पनि नसक्ने बनाइदे बरु, बोलेर नि के खोस्सिने हो र !" उस्को केही सिप लागेन ।
भएन बा बिचरालाई अत्ती नै भएछ । अब भने कोल्टे फेर्न छाड्नु पर्यो, निद्रा त के लाग्थ्यो र नाइ .....
"टुँट्....टुँट्...टुँ........ यो मुना चियाको समय हो । हैन ए पापी ! अरुलाई चाँही रातभरी सुत्न दिन्नस अनी आफु चाँही ....मा झलमल्ल घाम लाग्ने बेलासम्म सुत्छस ,उठ्न त पर्ने होला नि सपना साकार पार्न भए नि ।" थरे कानैमा आएर चिच्च्यायो । बिहानको सिरेटोमा एक्छिन आँखा लाग्या रैछन्,देखी सहेन । उट्छु भन्छु त पल्टन्मा पुग्या जस्तो भो,सबजना केटाहरु बँकर बेडको छेउमा बन्डी र elasticवाला हाफ्-पाइन्टमा उभ्भी राछन ।
"हैन ए के भा तिमीहरुलाई, फेसन शो छ कि के हो ReUnionमा ?" आफुलाई भने एका बिहानै उठ्दा छुट्टी सक्या भान पारी राथ्यो ।
"बिध्यार्थी जिबन गुजार्ने रे आजको कार्यक्रम । तिम्रो पनि उ याँहा राखिद्याछ ।" एउटाले रहस्य खोल्यो ।
"लाउदिन म, विद्यार्थी जिबन गुजार्ने भए त स्कूल ड्रेस पो दिनु त यो PT ड्रेस लाएर के परेड खेल्ने हो र ?"झल्को आफुलाई पल्टनकै छ अझै ।
"परेड होइन फूटबल म्याच छ सरका पाटीसित, खुरुक्क लाएर नास्ता गर्न हिन त । फेरी तिमीहरुलाई स्कूल ड्रेस चाँही कुन नापले सिलाउनु, नदेखेकै १० बर्ष भैसक्या बेलाँ । अझ स्कूल ड्रेस्मा फुट्बल खेलाउन पनि त नमिल्ने । त्यही भएर एही ड्रेस Flexible लाग्यो, थपक्क ला । ह्वाँ थापाकजीले हाफ्-कट्टुमा Dingo-Boot त कस्तो चट्टक्क मिलाएर लाछ " हासो को फट्को पर्दै भन्यो संकरेले ।
"थुक नऊछिट्ट्या त साले" हाँसो त मलाई नि लाग्याथ्यो कुरा सुन्दै तर यता अरु केटाहरुको पनि हाल उस्तै उस्तै भएकाले हाँसिन, बिचराहरुले नि हाफ्-पाइन्ट्मा party-shoes ढल्काएका थिए । आफुले चाँही पान्डा जुत्ता लाएर आउनले ठीक भएछ ।
फ्रेस भएर आएसी आफुले नि लागए ति ड्रेस, भेस्ट त राम्रै हो, स्कूलको logo र हाम्रो SLC साल प्रिन्ट गर्या रैछ । तर हाफ्-पाइन्ट चाँही साह्रै पातलो ,elastic पनि उही ड्याङको,धेरै भर पर्न मिल्ला जस्तो लागेन । अल्ली मोटाहरुले त अहिले दबाएर नास्ता पेले भने चुटाल्न बेर छैन ।
"थरे ! केटीहरुलाई पनि यही ड्रेस द्याछस, यो हाफ्-पाइन्ट त जात्रै पातलो छ त ?" आफ्नो भन्दा प्रसादको चिन्ता लाग्याथ्यो मलाई ।
" अँ , केटीहरुलाई नि यस्तै अङप्रदशनको लुगा दिउँला नि खुबै । तिन्का पोइहरुले मार्दैनन । फेरी केटीहरुका तिघ्रा देखेउ भने त तिमी बोकाहरु तीन-तिघ्रे बनेर यो नाइलनको हाफ्-कट्टुको canopy बनाइहाल्छउ नि । तिमीहरुको इज्जत्तको पनि त ख्याल राख्नु पर्यो नि । आखिर केटीहरु बल खेल्न आउने हैनन केरे त्यसैले हिजोकै सिँगारपटारवाला लुक ठीक छ ।" संकरेले अहिले चाँही सबको भलो गर्यो ।
लागियो हामी पनि नास्ता हालतिर, क्यार्नु ! उता खाँना कालहरुले आधा-रास सकी सके होलन ।
हलमा पुग्दा नास्ता सुरु भैसक्या रैछ । सबैजना दत्त-चित्त भएर हसुरदै थिए । केटाहरुमध्य सबैजसोलो आफ्नो कुर्सी,टेबुलबाट १ इन्ची पनि पर नसारी टसमस भएर खाँदै थिए । के गर्नु ,भुस्-तिघ्रे र झुस्-तिघ्रे सबैलाई लोक सँग लाज बचाउन धौ-धौ पर्या रैछ । म पनि नास्ता लिएर एउटा टेबल गएर बसेँ, शंकर साथ दिन आयो । नास्ता खाँदै मज्जाले सारा कोठा scan गरेँ तर प्रसादलाई कहीँ देखिदिन केरे, फेरी दोहोराएँ अझै पनि रिजल्ट नेगेटिव । ढिलो अैयो गैसकिन कि क्या हो नास्ता सकेर जस्तो लाग्यो , तर एती छिट्टै त नजानु पर्ने अरु सारा एहीँ छन । फेरी मलाई भेट्नलाई भएनी एक छिन् त कुर्नु पर्ने हो । आगो त उता पनि दन्-दनी लाग्या जस्तो गर्थी हिजो त । आउँदै होली । मलाई देखाउनलाई भए नि दुइचोटि नुहाएर तिन्चोटि स्रिँगार गर्दै ढिला भो कि ? कुरम न एत्रो बर्ष त कुरियो ,भाग्यमा लेख्या भए कस्सो नजुरला र ?
तर सोच्या जस्तो सजिलो काँहा हुँदो रैछ र कुर्न । आफ्नो नास्ता सकिन लाई सक्यो उ भने देख परेकी होइन । मनमा नानाभाँती कुरा खेलेर अहिले खाको नास्ता अहिल्यै निस्केला जस्तो भै सक्यो । संकरेले के-के भनेर हसाउदै थियो, आफुलाई भने रुन मन लाग्या बेलाँ के हासो उठ्थ्यो र?
"तडप-तडपके इस दिलसे आह निकलती रही, मुझको सजा भि क्या मिली, के ऐसे तेरे प्यारमे ... हम लुट गये ... हाँ लुट गए... हम तेरे मुहबत् मे ...." लामै कुरिला हालेर गीत गाएर मोर्यो शंकरे । अब irritate गर्ने पलो उस्को थियो । रातिको बादला त उठाउनेनै भयो । अत्ती गर तर अत्त्याचार नगर भन्थे दन्ड पाइयो जस्तो छ ।
"ह्या ! कत्ती सेन्टी भै रा , के भा हो सोधे भाईहाल्यो नि उस्को साथीहरुलाई ? कि म नै सोधिदुइँ त?" संकरेले दया गर्यो ।
"पर्दैन , उस्लाई मत्लब छैन भने मलाई मात्रा केको टिन्-टिन "मलाई अलि-अली रिस उठ्न थालि सक्याथ्यो । शंकर पनि चुप लाग्यो ।
नास्ता सकीइ सकेपछी नेहा हामी भातिर आई । थरेसङै आजको कार्यक्रम बुझ्न होला भनेर वास्ता गरिन । आफुलाई अर्कै टेन्सन ।
"सुन न , यता आउन एउटा कुरा छ तिमीसँग" मलाई पो बोलाउछे केरे ।
"जा भाई, तेरै छन दिन, जता-कतै तैलाई मात्र बोलाउछन् , मेरा लम्बर कब आएगा ....?" शंकरे फेरी हास्यो ।
" अँ भन " अली पर एकान्तमा पुगे पछी मैले भने ।
"सरुले तिम्रोलागि messege पाठाकि थिन के , हेरन उन्को वार्डमा २-३वटा सिरिएस केस आएछन के, जानै पर्ने । हुन त हिजो रातिको shift पनि हेरिदिनु पर्ने रहेछ । उन्को डिपार्टमेन्टको अर्को specialist छुट्टीमा भएकाले,फेरी एही बस्नु पर्छ भन्ने पनि त हामीलाई थाहा दिएन नि शंकरले पहिले नै । हिजो त त्यस्तो सेरिएस केही छैन रैछ र कुरा मिलाइछन सरुले तर आज त जानै पर्ने भएर एकाबिहानै गयिन बिचरी । जाने बेलामा तिमीलाई भेट्छु भन्थिन तर तेत्ती बिहानै केटाहरुको सुतेको ठाँउमा के गरी जानु भनेर मलाई एत्ती भनिदेउ ल भनेर गयीन । " नेहाले रट्टान हान्या पाठ जस्तो एक सास्मै कुरो सकी । यह् ! कुरो एसो पो रैछ । मेरो पनि रिस अब सान्त भो । अब जागिरबाट बोलाएसी कस्को बाउ के लाग्नु । फेरी हामी दुइटैको जागिर उस्तै परेछ । बुलावा आउने बित्तिक्कै खान लाग्या गाँस पनि छाडेर कुद्नु पर्ने ।
"लौ के भा रैछ त सरुको किस्सा, ह्याँ सप्रसँग व्याख्या गर त ?" थरेले कुराको सुइँको पैसक्या रहेछ । अब कुरा खोल्नै पर्यो, भनेँ मैले नि एकै सासमा ।
"लौ हेर ! बिचरीलाई त्यस्तो आपत पर्या रैछ । हिँजै जान पर्ने मान्छे, सकेसम्म त साथ दे कै हो नि । त्यसै रिसाएर हुन्छ, बल देखाएर हुन्छ । लब भन्या त ब ल को ठ्याक्कै उल्टो पो त । समजदारिले पो अगाडि बढ्नु पर्छ त । क्याप्टेन ! ड्याम्म पारेर मान्छे मार्न भन्दा गार्हो छ लब पार्न । सजिलै हुने भाईद्या भए के तेस्सै प्रेमीहरु तार झार्न तम्सिनु पर्थ्यो ?" सर भा एत्ती फाईदा छ थरेलाई ,कुन चाँहीँ किताबको हुबहु भन्द्या होला,मेरो जिबनमा मेल खायो ,सँयोग पर्यो ।
"हो लबगुरु हो !मेरा आँखा नि खुले ,कान पनि खुले अब जाली फुटेर रगत आउन मात्रा बाँकी छ । आजलाई पुग्यो अब जाउँ groundतिर तेर स्टाफहरु आउने बेला भो ।" मैले उस्का अगाडि हात जोड्दै जुरुक्क उठेँ ।
"ठिक है बच्चा ! चलो , हम प्रसन्न हुइ " उ पनि उठ्यो ।
फुट्बल ग्राउन्डको प्यारापिटमा एक्छिन बिहानको घाम तापेसि सर्-मिसहरुको आउने क्रम सुरु भो । मिसहरु त थरेले घच्चिका छानेर भर्ती गर्या रैछ । त्यत्ती नभा भए त किन पर्थे होलान र ति टाढा-टाढाबाट यस् बिद्यालयमा अध्ययनकालागि निबेदन । उस्ले पनि के अध्ययन हो खुलाएर भनेन केरे ,हुन सक्छ गाठेँ त्यस्तो पनि । थुक्क !कालिपारे ,मिसहरुलाई पनि नछाड्ने भैस् हैन । सबै विद्यार्थी तै जस्ता पिपासु र सबै मिस तलाई biology पढउँदा mislead गर्ने मिस जस्तै हुन्छन र । हैन ,के खाले दिमाग हो यो मेरो । भएन बा ! एका बिहानै एस्तो सोच भनेर बरु सरहरु भएतिर लागे । संकरेले परिचय गराइदियो, एक्छिन भलाकुसारी नि गरियो, मजाकै रहेछन । हुन त अर्काको सर सबैलाई मजाकै लाग्छन । आफ्नासँग पो हो त रिस उठ्ने, मजाका लाग्नु त परै जावस बरु काती पर्या मोजा सुघाँउ जस्तो लाग्ने । परिचय त गरियो तर यता पनि चिन्या जस्तो कोइ लागेनन ।
"हैन थरे ! हाम्रा पालाका ठिस्स बुढाहरु कोइ बाँकी छैनन कि क्या हो यो स्कूल मा ?"शंकरे घाम तापेर नजिकै तेर्सिराथ्यो,मैले नि सवाल तेर्स्याएँ ।
"छैनन कोइ बाँकी, बिचरा कोइ-कोइ त यस संसारमै बाँकी रहेनन । कोइ भने छाडेर,लेक्चरर भाछन एहीँ क्याम्पसमा " थरेले पल्ट्या ठाउँँबाट आँखै नखोली जवाब दियो ।
"लेक्चरर हुन पाएसी आँफैले पढा मोचेलाई हेड्सर भन्न यत्रा बस्थे त, म भैद्या भए त लेक्चरर नै नभए नि छोडिदिन्थे जागिर" मैले घुर्की लाएँ ।
"अनी के गर्थिस त ? अर्काको देशको गुलामी ? हामीलाई के भाको यो, आफ्नै नेपालीको अन्डरमा चाँहीँ कामै गर्न नहुने, अर्काले चाँहीँ जती जोते नि हुने ? सबैले यस्तो सोच्या भये त हामीले नि पढ्न पाउथेनौँ नि यार ।" शंकरे एक्कासी उठ्दै भन्यो," अब जाँहासम्म पुराना सरहरुले छाड्ने कुरा छ , काला गए गोरा आउछन । फेरी old-school र new-school-thoughtsमा फरक पनि त छ नि,कसैले छाड्दैदै नछाडे नयाँ पुश्ताले कहिले chance पाउने? तिन्का सोच पनि out-dated भै सक्ने बेलामा ? एस्ता कुरा सम्झिँदा त situation नै hopeless लाग्छ । तर फेरी जहाँँ जे छैन तेही कुराको पुर्ती त गर्ने हो नि शिक्षाले,मैले पढाएर यो ठाँउको काया-पलट नै गरुँला भन्ने सोच मेरो होइन तर काया-पलट गर्न सकिन्छ है भन्ने एउटा hope त दिन सकिएला नि ? यो त सुरुवात हो, गर्नेहरु एक-एक गर्दै जन्मिनेछन भन्ने मेरो विश्वाश हो । हैन भने त बिज्ञान, ईतिहास, भुगोल रट्टाउनुको मात्र के अर्थ ? हामी शीक्ष्यक हुनुको के अर्थ ? आमा-बाबुले खून्-पसिनाको कमाइले छोरा-छोरीको फि भर्नुको के अर्थ बरु तिन्ले छोरा-छोरिलाई घर-ग्रिहस्ति-मेला-पात सिकाएर बुँईगलमा एउटा amazonian पट्टु पाले भएन? भविस्य नबन्ने श्लोक त तेस्ले एक सेलो खुर्सानी खाँदै रट्टान हानी दिन्छ ।" शंकरेले रातो-रातो भएर पहिला झै थरर काँप्दै आफ्नो intellectual-outburst सिद्ध्यायो ।
" के हो थरे ! थरर गर्दै ज्वालामुखी फुट्नलाग्या hot-spot जस्तो भैस् त एक्कासी ?" मलाई तेस्ले भन्या बचनको भन्दा नि तेस्को बदनको चिन्ता लाग्याथ्यो ।
"त्यस्तो केही हैन यार, मन भित्र एस्ता ज्वार्-भाटा उठिरहन्छन तर कसलाई सुनाउनु । आज धेरै बर्षपछी तलाई भेट्दा आँफै उर्लेर आयो । तेरो बारेमा भनेको कुराले चित्त त दु:खाएको छैनस नि ?" शंकरेको बोली फेरी सान्त भयो ।
"छैन यार ! एत्रो बर्ष साथ गरियो हामी बिच कहिल्यै चित्त दुख्ने-पित्त फुट्ने जस्ता कुरा भाछ र अहिले हुनलाई, दिल पे मत ले यार " मलाई बरु उस्ले पो अहिले नराम्रो मान्यो कि भन्ने पिर लाग्यो । फेरी उस्ले के नै गलत भन्या हो र ? साँचो कुरा तितै भए नि मुख मै भनी दिने बानी छ तर बिचरा सबैको भलो भाको हेर्न चाहन्छ । हुन त अनाथालयमा हुर्किएर पनि होला, सबैलाई आफ्नो बनाउन चाहन्छ । तर यो संसार तेत्ती धेरै दया-मायाले भरिएको कहाँँ छ र? बेला-बेलामा ठेस लाग्दो हो-चोट खाँदो हो तर भनोस पनि कल्लाई, अहिले त झन एक्लो जिबन बाच्दैछ । स्कूलमै पालेको क्वाटर नजिकै उस्को पनि क्वाटर छ रे । हिजोको भेटमै अली अली कुरा त खोलेको हो । अहिलेको उस्को गाली गराइले झन हामीबिच सामिप्यता बढायो ।
"कती घाममा पल्टिरहनु,जाउँ हिँड क्याप्टेन उता ,अब त गेम सुरु गर्ने बेला नि भो । फेरी दुइटा अध-बैँशे कुँवारहरु भेटेदेखी नछुट्टिने, घाममा पनि सँग-सङै पल्टिने गर्या देखेर अर्कै लख काट्लान पापीहरुले ।"शंकरेले गिएर चेन्ज गरी सक्या थ्यो अहिलेको बोलीमा ।
"लख काटेनी तँ थरेलाई त के छ र ? मेरो पो हुनलाको घरबार बस्नै नपाई उजाड होला त " म पनि सेन्टी बनेर काम थिएन ।
" अँ , मेरै स्कूलमा मेरै बारेमा तेस्ता हल्ला चलेपछी मलाई गाउका बाघसिङ्हरुले "हल्लाएर राखिदिदैनन" हा-हा-हा.... "
"हो हो जाउ, तेरा futuristic विद्यार्थीहरुले फेरी अहिले स्याटेलाइटबाट हेर्न समेत् भ्यौलान नि " मैले बिट मारे ।
केही छिन्मै गेम सुरु हुने भो । पहिला एक तिर सरहरुको टिम एक तिर भुपु विद्यार्थीको टिम बनाएर खेल्ने भन्ने भाथ्यो तर दुइटा टोलिमा कद-काँठी-उमेर-सिपका हिसाबमा धेरै अन्तर देखिने भएकाले दुइटा मुल्लि राजाले पियुसाहरु रोज्ने निर्णय भो । टोली बाडिँसके पछी सरहरु ड्रेस चेन्ज गर्न गए । आफ्नो त के गर्नु ? बिहान देखिनै भिराएर राख्याथ्यो थरेले । तर कुनै-कुनै साथीहरु चाँही party-shoes फुकालेर खाली खुट्टै भित्रन गये । थुक्क ! जुत्ता समेत् पनि अर्काको मागेर मोर्या रैछन् कि क्याहो अर्काको खुट्टामा उब्भिन्ने लाछीहरुले । खेल सुरु हुने बेलामा forward-striker बन्ने तँछाडमाछाड चल्यो । केटी साथीहरुको मात्र नभै बुलेट मिसहरुको पनि हुटिङ मिल्नेवाला थियो गोल गर्नेलाई, बज्जियाहरु किन पछी पर्थे र नाइ ? आए आँप गए झटारो एक फेरा striker बनेर यो फ्रीको चिठ्ठामा भाग्य आज्माइ हालुम भन्ने सुर सबै हवसका राज्दूतहरुको हुने नै भो । म चाँही प्यारापिटको opposite तिर right-wingको पोजिसनमा बसेँ,स्कूले टिममा हुँदा पनि आफ्नो स्थान तेही थियो । फेरी राम्रो खेलियो भने याँहाँ नि देखी हाल्छन, हुटिङ पाइयो भने याँहा नि सुनी हाल्छु भन्ने लागेको थियो ,हाफ्-पाइन्टको elasticले धोखा दियो भने नि त दर्शकबाट अली टाढा हुनु फाईदै हो,zoom-qualityको बेइज्जत त हुँदैन । एती सोची सक्दा पनि खेल अझै सुरु भएन , शंकरे अर्को टिममा पर्याथो तर हाम्रो टिमको साथीलाई खै को हो सिकाउदै थियो । के भएछ त फेरी भनेर तेत्तातिर लाँगे ।
"के भो फेरी ?" मैले शंकरेको काँधमा हात राख्दै भने ।
"हेर्न ह्वाँ तेरा टिमकाले छाला जुत्तै लाएर आएछन, तेस्को सोलले लाग्यो भने त हाम्रो हड्डी प्यान्चर भै हाल्छ नि ?" उस्ले त्रास ब्यक्त गर्यो ।
"बनको बाघले खानु काँ छ -काँ छ मनको बागले खाइ सक्यो कसैलाई अब । केही हुन्न ,आज्कल फुट्बल सुज पनि त छालाकै हुन्छन नि अझ गोट्टीवाल, धन्न party-shoesमा गोट्टी छैन भन्नु छैन ?" मैले समझाउने कोशीश गरेँ ।
"त्यसो भनेर काँहा हुन्छ यार, के हामी पनि थापाकाजिलाई डिङो लगाएर खेलाउनु त ?" उस्ले जिद्दी गर्यो ।
"त्यस्तो घुँडा सम्मको फुट्बल सुज त डिजाईन गर्न भ्या छैनन , तेस्कोलागी अलिक कुर्नु पर्ला । के रोइरा भन्या । आफ्नो मात्र सोचेर हुन्छ, खाली खुट्टा खेल्न काम गार्हो छ, तिमीहरुले कुल्ची दिएउ भने के गर्छौ,सरी है झुक्केर भनेर बिसेक हुन्छ ? बिचराले घर जाने बेला तेही party-shoes लाउन पनि पाउदैन । तेही भएर अहिले नै लाउन देउ , अब डराएकै हो भने walk-over भए नि लीइदिनुपर्ला नि हामीले के गर्ने त " मैले शंकरेलाई emotional-blackmail गरेँ । उ पनि राम्रो खेलाडी हो स्कूलताकाको ।
अब भने खेल सुरु भो । पहिला त सबै बेपत्ता दुगुरे बलको पछी-पछी ,जन्मिदैखेरी ति सबका नाभिनै नकाटी तेही बलको टुटिमा लगेर बान्द्याहोलान जसरी । १० मिनेट पछी सब्का हालत टाइट, म लगायत एक दुइजना छाडेर । अघी forward खेल्न हान्-थाप गर्नेहरु फेरी अहिले backie र goalie खेल्न हान्थाप गर्न लागे, तेत्तिले नपुग्नेहरु extra बस्छु भनेर चिच्याउन लागे । खेल भने जसो-तसो स्लो मोसनमा भए नि हाफ्-टाइममा पुग्यो । गोल पोस्टमै सुत्नेहरु glucose खान भए-भरको ताकत लाएर दुगुरे फेरी । तिन्लाई ग्लुकोज्-पानी बाँड्न मामाहरुलाई UN-workerले राहत सामाग्री बाँड्नु पर्या जस्तो भो । लुछा-चुँडी,हार्-गुहारै भो । सबले लिटरका दरले पेले, एत्रो खाएर बाँकी हाफ्-गेम कसरी दुगुर्ने रैछन कुन्नी । आफु तेत्ती थाकेको पनि थिएन फेरी मुर्दारहरुले पालो पनि द्या थेनन तेसैले प्यारापिटतिर हेर्दै आफ्नो पालो पर्खेर बसेको थिएँ झलक्क सरुलाई देखे जस्तो लाग्यो, पर्खाइमा थाक्या आँखाले म्रिगत्रिस्ना त देखेने भनेर डबल चेक् गर्या उ नि हो रैछ , उस्ले नि मतिर हेर्दै थिई । मन फुरुङ पर्यो, जिउ आफ्सेआफ full-rehydrate भएर पनि जल्-बिध्युत नै निस्कियो, जिउभरी करेन्ट बगे-आँखामा बत्ती बले । म उ भए तिर फाल हानेँ । उस्का अगाडि पुगेसी बल्ल सास फेर्ने याद आयो, बाटामै खुस्केनछु धन्न । करेन्ट त तेत्ता पनि लागेकै रैछ । मलाई देखेर जिरो वाटको नाइट बल्व जस्तो मुहार पारी ।
"कती खेर आको प्रसाद ?" अब त हल्का बानी परिसक्याथेँ म उसँग बोल्न ।
"तिम्रो गेम सुरु हुने बेलामा" उस्ले हाँस्दै भनी "खेल्न त अझै नभुल्या रैछउ ,१ गोल पनि गर्येऊ ,ल बधाई छ है ?"
"१० बर्ष छाड्यो भन्दैमा भुली हाल्ने मान्छे हुँँ र म ?" आबुइ ! के भा मलाई एक रातमै,बोली त सुकुल्गुण्डाहरुको जस्तो दोहोरो हान्ने भाईसकेँ त । उस्ले नि कुरो बुझी क्यारे लजाए जस्तो गरी । फेरी एत्रा मान्छेको अगाडि लाज त मान्ने नै भै नि, त्यसैले कुरा मोडी ।
"अनी सेकेन्ड हाफ चाँही कती खेर सुरु हुन्छ नि "
"खै कुन्नी थरेलाई सोध्नु पर्छ " मलाई प्रसँग मोड्न मन लाएको थिएन ।
"के का सेकेन्ड हाफ हुनु नि, फस्ट्-हाफमै सेन्टिफ्ल्याट परेछन भात्माराहरु, सामुहिक निर्णय गरे नि Game-Draw भनेर । के छ सरु ! welcome-back!" शंकरे निर्णय सुनाउन मलाई खोज्दै हिन्ड्या रैछ । मलाई पनि के खोज्छस कानो आँखो भन्या जस्तो भो । अब एस्तो black-jack-Luck लाग्या बेलाँ एताको मामाला नि कर्याप-झ्याप पारी हाल्नु पर्छ भन्ने लाग्यो ।
गेम नहुने सुनेर अरु उठेर लाग्न थाले खाना खाने हल तिर तर आफ्नो गेम भने यँहा भर्खर सुरु हुन लागेको छ एता पनि त गोल ठोक्नै परो । अघिसम्म सिँढिमा उभ्भेर कुरा गरेको थिएँ अहिले चाँही मान्छे उस्कै साइडमा गएर बसे,कुन perfume हाल्दी रैछे? क्या मङ्ग बसायो भने ।
"अनी प्रसाद ! गएको मान्छे किन फर्क्या नि ?" मैले कुर कोट्याएँ ।
"किन हुनु नि , जाने बेला केही भन्न पाईन अनी फेरी तिमी पनि रिसाएउ होला भनेर आएको नि । काम रिसाउछौ तिमी सानो-सानो कुरामा पहिल्यै देखी नै " उस्ले अतित सम्झाइ । हँ भाई ! भनेसी तैले नि हिजो राती फेर्नु कोल्टे फेर्या रैछेस् ।
"अनी आफ्नो काम गोली मार्द्या त?" हुन त तेस्को बारेमा मलाई बाल-मत्लब तर उस्को अगाडि मत्लबी नभएको देखाउनु परेकाले भने ।
"होइन , त्यस्तो गर्न त ethicsले पनि कहाँ मिल्छ र ? छुट्टीमा गएको साथी आउनुभो अनी सबै उहालाइ जिम्मा लाएर आएकी । अब त दुई दिन मेरो पनि छुट्टी छ । मैले उहा नहुँदा डबल-सिफ्ट हेरेको थिएँ नि त ।" फेरी आस गर्या जस्तो नजरले हेरी मतिर । नछोड भैरे नछोड एही हो मौका ।
"यह ! उसो भए कहीँ घुम्न जाउँ न त तिम्रो छुट्टीमा, मलाई पनि घरमा बस्दा-बस्दा वाक्क लागि राछ फेरी माथि डाँडामा भियु-पोइन्ट-टावर बनाएको छ रे मैले देखेको छैन तेत्तै जाउन रोड्-ट्रिप, तेत्ता तिर त अचेल तिँजु पनि पाक्या होलान " अहिले भने मैले नि उहीबाट सिक्या आसलाग्दो नजर बनाएर उसैलाई हेरेँ ।
" अँ , कुरा त ठिकै हो । फेरी एत्रो बर्ष पछी आएको मान्छेको मन पनि राखिदिनै पर्यो होइन भने फेरी रिसाउने होला ।" उस्ले सहमति जनाइ । हुन त यस्तै dating को प्रस्ताव आवोस भनेर नै त आफ्नो छुट्टीको प्रसँग उठाएकी होली नि । एस्लाई मन नलाग्या हो र ?
"तर बिहान गएर साँझ फर्कनु पर्छ नि " सती सावित्री बनी हाली फेरी ।
"त्यतै घरजम गरेर बस्न त मेरा बाले जाग्गा-जिमिन जोड्द्या छन र ?" मन कट्टक्क भए नि भन्नै पर्यो । आफ्नो calculation उस्को छुट्टीको दुबै दिन उपयोग गर्ने थियो ।
" अँ नभए एतै फिल्डमा पाल टाअँगिदिउ कि म , अनी येतै घर-जम गरौला । ह्वाँ ,खन्-पिन सुरु भै सक्यो यता भने उठ्ने चालै छैन बा, के हो ? भोक प्यास त्यागेर त के गरी घर-जम गर्ने हो र । ल हिँड म तिमीहरुलाई लिना आएको " शंकरे कुन बेला अाइसक्या रैछ । तर एत्ती भनेर आफु चाँही अघी लाग्यो, डिस्टब गर्दैन -केटो ज्ञानी छ । हामी पनि उठ्एउँ ।
"सुन न " प्रसादले बोलाई "हिजो भाईले छाडिदियेको थियो । आज बिहान लिन र अहिले पुर्याउन हस्पिटलको गाडी आएको थियो तर अब त आउँदैन होला फेरी भाई पनि आज शनिबार साथीहरुसँग पिक्निक जाने भन्थ्यो । मलाई घर छाडीदेउ है "
हे !भगवान एत्ती धेरै दया किन गर्या छौ के मलाई,तिम्लाई कोटि-कोटी टाइम्स सुत्या चार (infinite) प्रणाम छ प्रभु !
"भै हाल्छ नि प्रसाद ! पहिला टन्न त खाउ, बोझ बोक्ने मेरो भट्-भटे छदैछ नि हा-हा" खुशीका हाँसो मैले रोक्छु भन्दा नि सकिन ।
खान्-पिन भरी पनि हामी संगै बस्येउ ,sweet-nothings चली रहे । खान चाँही मैले तेत्ती खायिन । क्यार्नु ! आईमाई मान्छेको बानी motorcycle चढ्यो कि खस्छु कि भन्ने बहाना पारेर पुरुषको कम्मर समात्ने हुन्छ, उस्ले पनि समाती भने अलि-अली भा 6-pack-abs लागुन न हातमा भन्ने सम्म सोच्न भ्याइ सक्याथे मैले । खान्-पिन र एक छिनको गन्थन पछी हाम्रो ब्याचको पुनर्मिलनको समापन भो र मेरो पुनर्मिलनको चाँही सुरुवात । शंकरसँग फेरी भेट्ने बाचा गर्दै बिदा भएँ । पछाडिको सिटमा सरु बसेसी त मुटुकै धड्कनले motorcycle स्टार्ट हान्ला जस्तो भो । बाटाभरी पनि बिनसित्ती ब्रेक हानुँ-हानुँ जस्तो लागि रह्यो । उन्लाई छाडेर घर आउँदा समेत् स्टार्ट गर्ने बित्तिकै घर पुग्या जस्तो लाग्यो । भाईले "बुलेट" मोटारसाइकिल हो भन्थ्यो तर रकेटै भा नि एस्तो स्पीड न नहुनु पर्ने हो जस्तो लागि रह्यो ।
कोठामा पुगेँ, फेरी उही सम्झना र योजनाका चक्र गोल्-गोल घुम्न लागे । अनाएसै रिमोट समाएर फेरी TVका च्यानल ओल्टाइ-पल्टाइ गर्न पुग्या रैछु भन्जा कोठामा छिरे ।
"किन रैछ त मामा स्कूलमा बोलाएको ?" कतै आफ्नो बिठ्याइँको कुरो त लाइदेनन भन्या जसरी डर मिस्स्या स्वोरमा सोधे । SONY च्यानलमा CID भन्ने प्रोग्राम अैराथ्यो ।
"किन हुन्थ्यो , पुनर्मिलन गर्न ..... हाइ-स्कूल पुनर्मिलन " मैले सन्तुस्ट स्वरमा भनेँ ।
"ए-ए , मलाई सन्का त लाथ्यो " के-के न कुरा बुझ्या जस्तो गर्दै भन्जा बाहिरिए ।