[Show all top banners]

amitraja
Replies to this thread:

More by amitraja
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

NitiSa
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "शिव to Mr. Sam"

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 36628 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-10-09 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शिव to Mr. Sam"


जन्म स्थान हेटौंडा नेपाल। हाल Lower Manhattan, New York. पेशा Taxi चालक। नाम शिव स्वामी अच्चम त अबस्य लाग्यो होला स्वामी के थर हो भनेर। वास्तबमा मेरो बुवा हेटौंडा को स्थानिय साहित्यकार हुन र अध्यापक पनि हुन। सबै ले स्वामी सरको  छोरा भन्दा भन्दै मेरो नाम शिव स्वामी रहन गयो। स्कूल कलेज पढ्दा मेरो नाम चर्चित हिन्दी फिल्मी उपनाम स्वामी दादा थियो नहोश पनि किन एक क्लास देखी कलेज पढ्दा सम्म कि आफ्नो कि अरुको टाउको नफुटेको दिन नै हुन्थेन। केलाएरै हेर्ने हो भने मेरो टाउको मा विश्व मानचित्र नै भेटिन्छ। नाम कै कुरा गर्ने हो भनेत मान्छे को जीवन मा धेरै नामहरु हुन्छन; न्वारन को नाम, घरमा बोलाउने नाम, साथी हरुले रखेका नाम। स्कुल र कलेज का नाम, प्रियतमाले बोलाउने नाम। ति धेरै नामहरु मध्य एउटै नाम मेरो जीवन को तितो मिठो सत्य बनेर रहेको छ त्यो नाम हो "SAM"। 


मेरो कथाको पहिलो अध्याय सुरु हुन्छ हेटौंडा नेपाल बाट अनी मेरो शिव देखी "SAM" को यात्रा पनि।


 २०५७ साल तिर को कुराहो। म कलेज सकेर कामको खोजिमा थिए। बुवा आमा ले Computer सिक्न जा जा भनेर धेरैनै जोड गरे। बुवाको एकजना विद्यार्थी ले चोकमा computer institute खोलेको रहेछ। आफु पनि काम पाइएलाकी भनेर computer सिक्न गईयो। त्यही साथीहरु को लहै लहै मा लागेर अमेरिका जाने DV चिठ्ठा पनि भरे, तर पाउने आशा त एक रत्ती पनि थिएन। मन मनै रु ५० को चुना लाग्यो भन्ठाने जिन्दगी मा आज सम्म कुनै चिठ्ठा नपरेको यो पापी खप्पर मा के खाएर चिठ्ठा पर्थ्यो र त्यो पनि चानचुन होर अमेरिका जाने। अरु केटाहरु ले त चिठ्ठा परोस भनेर भुटनदेवी गै धुप्बत्ती धरी बाले। आफु लाई त रु १ को पनि चिठ्ठा कहिले परेको थिएन। चाउ चाउ मा धरी "मा" र "यो" पर्ने "ज" कहिले नपर्ने, "हामी" "सबैको" पर्ने "वाइ वाइ" कहिले नपर्ने, बल्ल बल्ल कोका कोला मा रु १० पारीको थियो त्यो पनि भकुन्डे साहुले भाई scheme त हिजै सक्यो भनेर दिदै दिएनन। हुनत भकुन्डे को छोरी च्वाँक नभएको भए त लिन मैले नि जान्या थिए तर छोरी को कारण केही गरिएन।


दुई तीन महिना पछि computer क्लास पनि सकियो, कृष्ण दाई को किच किच पनि, अनि खोला पारी को मैया सँग को भेटघाट पनि सकियो। जिन्दगी मा बल्ल बल्ल एक जना मैया सँग माया प्रिती को कुरोकनी चल्याथियो त्यो पनि छुट्यो। खोला पारी जाउ भने मैयाका दाइहरु खुकुरी मा धार लाउदै बस्याथे होलन। ज्ञाने को हाथ भाच्या देखी हामीलाई पारी जान प्रबेश निशेध थियो।


computer सकिए पछी सारा नेपाली युव झै आफुले पनि एउटा काम पाइयो जागिर खोजने। जागिर खाज्ने क्रम्मा कान्तिपुर र गोरख पत्र को सबै रोज्गारी को कुनै अबसर छोडिएन। दुई तीन महिनमा भित्र मकवानपुर हुलाक र दुर संचार ले सबै भन्दा बडी शुल्क तिर्नेमा नाम दार्त भयो झन्डै तक्मा मात्र पाउन बाँकी थियो।  जेजती गरे पनि जागिर पाऊने कुनै छट्काट देख परेन। बुवा काठमाडौं जा जा भन्थे आमा नजाऊ भन्नु हुन्थियो। यस्तै यता ऊता चल्दै थियो।


एक दिन घरमा बसेर Set Max बाट हिन्दी फिल्म हेर्दाइ थिए। computer institute बाट फोन आयो, पक्का नि किष्णे ले पैसा माग्न फोन गरेछ भन्ठाने। फोन उठाउन साथ "भाइ बियर खाने हैन" भन्छ त। मन मनै किष्णे बहुलायो कि जस्तो लाग्यो।


"किन र दाई" मैले अली गम्भिर भएर जवाफ दिए।


"तिमी लाई डि.भि चिठ्ठा परेको छ।"


"जोक न गरौ न दाई" उत्तर नै नसुनी प्यच्च बोली हाले।
अली अली संका अली अली बिस्वास् लाग्यो, तैनी के हो के
"साच्चै हो institute आउन बसेर कुरो गरौ, हाम्रो थोरै हिसाब पनि बाँकी छ क्यार ।"
हिसाब सुन्ना साथ भैहाल्छ नि भनेर हत्तपत्त फोन रखी हाले।


अब त दोस्रो lot को आशा पनि जग्यो। मान्छे जात स्वार्थी नै त हो नि तेसै ले त दोस्रो  lot को लागि मा पनि दैनिक जस्तो भुटनदेवी जान थाले।  माता को आसिर्बाद ले हो या नियती को लेख हो दोस्रो चिठ्ठा पनि आयो। अब जने पनि पक्का पक्की भयो। भिशा पनि हाथ पर्‍यो।


America जाने भईयो, मुख्य समस्या थियो पैसा को। एउटा शिक्षक को छोरा सँग तेत्रो पैसा कसरी आउछ। आफुले चिने जाने को सबै सँग पैसा मगियो। जीवन को मोड मा एस्तो छणहरु आउछन जस्ले मान्छे लाई आफन्त र पराइ को भेद गर्ने मौका दिन्छ, त्यो दिन मेरो जीवनमा पनि आयो। ज्यान नै दिन्छु भन्ने मित्र ले रु १ नदिएको पनि देख्नु पर्‍यो। अमेरिका को विसा लाग्ना साथ पैसा माग्ला भनेर उल्टो पैसा माग्ने आफन्त पनि चिनियो। आफ्नो जमिन गर गहना बेची पैसा दिने पराइ पनि भेटे। जाने बेला दुई दिन मात्र बाँकी थियो। घरमा सबै खुशी थिए बुवा भाई बहिनी आमा। आमा खुशी अबस्य हुनुहुन्थियो तर मन भित्र पिडा लुकाइ, आँखाका परेली भिजाइ मुस्कुराउन खुज्नु हुँदै थियो। त्यो दिन भन्दा अघी शायद मैले मेरी आमा लाई नजिक बाट चिनेको थीइन, उन्को माया लाई म बन्धन ठान्द थिए। आमा को बिशाल हृदय को कुनै कदर नै थिएन। त्यही कुराले मेरो मन पिरोली रहेको थियो , म आफ्नै सोचाइ प्रती घ्रिणा गर्ने थाले, बिछोड का ति पलहरुमा आँफै पनि आमासँग आँखा जुधाउन सकेकै थीइन।  आमा को हरेक हेराइमा मलाई रोकने कोशीश थियो, निशब्ध वाक्यंश हरुमा पनि मेरै नाम थिए अनी मलाई रोक्ने अथक प्रयासहरु थियो। अमेरिका तिर जानु एक दिन अघी म भुवनेशोर महादेवथान गए, जस्लाई स्थनिय ब्यक्तिहरु सानो पशुपती भन्नेगर्थे। मन्दिर को एक कुना मा गएर चुरोठ सल्काये। चुरोठ को धुँवा हावाको बेघसङै उडिरहेक थिए, अनी मेरो आँखा बाट अबिरल आसुँ खसी रहे। हावा को निएती नै उड्नु हो र पनि को नियती नै खस्नु हो, त्यो छण मेरो भावना मेरो हृदय पनि झै खसी रहेको थियो र मेरो आशा उमङ हावा झै उडी रहेक थिए। बडो अजिब छ यो हावा र पनि को सँगम, आसुँ र हासो को मिलन। मेरो मन दोवान मा ठिङ उभिएको चट्टान भएको थियो,जस्लाई दुई नदी को सँगम ले निरन्तर छिया छिया पारीरहेको हुन्छ, मेरो मुटु लाई पनि आसुँ र हासो को सँगम ले छिया छिया परेको थियो।


परिवर्तन संसार को नियम हो। परिवर्तन आँफै बाहेक यो संसार मा सबै कुरा परिवर्तनशिल हुन्छ। मेरो जीवनमा आउन लगेको परिवर्तन ले मलाई कहाँ कहाँ डोरयाऊनेछ छ, मा आँफै लाई नि थाहा थिएन। बिदेशिनु साचैनै एउटा अध्यत्मिक, भौतिक र मान्सिक परिवर्तन हो। यो मेरो जीवनमा परिवर्तन को पहिलो खुँडकिलो थियो।  एउटा अल्लारे केटा, टोले दादा, असमजदार छोरा, उग्र ब्यक्ति बाट एक समाजदर र सम्बेदनशील ब्यक्ति मा परिवर्तन हुने क्रम को सुरुवत थियो।  यसरीनै बुवा आमा को सपना बोकी साथी भाई को माया सँगालेर, देश गाउ छोड्ने पिडालाई अत्मसाथ गर्दै बिदेशिने भए। अमेरिका आउनु अघी खोला पारी को मैया पनि भेट्न आएको थीइन। अमेरिका गएर मलाई नबिर्स्नु है भन्दै थिए। मुटु चुडियो तर यो मुटुत येसै गरी चुडिनु रहेछ धेरै धेरै पटक।


क्रमश:            


    
     
       
   
   


 
Posted on 05-10-09 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice writing bro...waiting for another chapter of ur life....

 
Posted on 05-10-09 6:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमितराज ज्यु,


कथा वस्ताबिक जीवन सँग जोडीएको रहेछ, राम्रो छ। 


 माया दिने परिवार, सँगी, प्रेमी, मातृभूमी सबैलाई छाडेर बीछोडिदाको पिडा सबैलाई अबिस्मरणिय हुन्छ। यस कथाले मेरो बिगतका दिनलाई एक पटक कोट्ट्यायो। एक पटक मलाई स्तब्ध गरायो। अर्को भागको प्रतिक्ष्यामा। 
 
कालेदाइ        


 
Posted on 05-10-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चाउ चाउ मा धरी "मा" र "यो" पर्ने "ज" कहिले नपर्ने,"


"खोला पारी जाउ भने मैयाका दाइहरु खुकुरी मा धार लाउदै बस्याथे होलन। ज्ञाने को हाथ भाच्या देखी हामीलाई पारी जान प्रबेश निशेध थियो। "


"हावा को निएती नै उड्नु हो र पनि को नियती नै खस्नु हो"


 


Very good story amitraja, I really like it a lot. Your choice of words are as real as it should be. I bet lots of readers are thinking same. Please keep writing and keep posting. I love your story.


 
Posted on 05-10-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I like your story. Please post rest of the story as well. Its simply good and simple with flow of words

 
Posted on 05-10-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यो कुरो मन्पर्‍यो । खाँटी कुरो रहेछ ..... पेलुम अरु पनि पेलुम .....। झट्टै ।

 
Posted on 05-10-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good going Amitraja aka Sam. The words/sentences you have chosen to portray your situations are pretty interesting and humorous. I hope you'll continue the same in the episodes to come as well.



 
Posted on 05-10-09 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

{Amitraja}, ज्यादै मर्मस्पर्शी, आँखा रसाये {keep going}.
 
Posted on 05-10-09 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is my second story in Sajha, there are some grammatical errors which I will try my best to avoid in later episodes. Thanks for reading and admiring it. Comments and suggestions are heartily welcomed


Oblivious:- Thanks another chapter will be soon on the walls of sajha


Kaledai- वास्तवमा नै बिछोड को पिडा अबिस्मरणिय हुन्छ। यो कथा साझामा मेरो दोश्रो प्रयास हो, पढेर मनपराइ दिनु भएकोमा धन्यवाद।


sijupanta- sure you do..thanks for your support


peacesuol-- yes I tried to keep it simple, thanks


ANS-- समयले साथ दिए अवश्य पेल्दै जाने छु, thanks a lot


debonair-- will be the same flow in comming episodes with less grammatical errors as possible


labastaro-- कसैको मन छुन सके यो भन्दा खुशी के नै हुन्छ र , धन्यवाद


 

Last edited: 10-May-09 10:14 PM

 
Posted on 05-12-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amit Dai,


Story kata tira continue cha .... Padda padda yeti dubiyo story ma ani bichha ma kramasa aayera bhilen khelyo...


 


You need to write more..


From Houston,
Hada, you know


 
Posted on 05-12-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Enjoyed ur story Amitraja.
 
Posted on 05-12-09 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hada- After long time I hope you are doing well. Thanx for reading. but confused?? दाई कि भाई Hada??


Khushi-- Thanks a lot............


Here is another short part, due to time constraints. Next time I will try to come with longer ones.


 


 
Posted on 05-12-09 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


      "2"



पहिलो पटक Airplane चड्न लागेको डरले सात्तो गएको थियो मेरो। Twin Otter धरि नचडेको यो ज्यान ले एकै पल्ट Boeing चड्दा आपतै हुने भो नि। डर हटाउन चड्नु अघि एक  Quarter Whisky घ्याम्पे लगाथे। पछी Plane ले त उडायोन Whisky ले झन नै बेसि उडायो। Plane को उच्चाइ संगै मनमा अनेकौ आशा उमङ चाचाहुई सरर गर्दै थिए। Whisky को नशा र मेरो अन्तर्मन एक अर्क सँग कुस्ती लड्न थाले।  नशा मलाई सुताउन चाहन्थ्यो, तेस्को जन्जालो मा पारि मलाई बिहोश बनाउ न चाहन्थियो, हुनत तेस्को प्रक्रिती नै तेही हो। तर हावाइ जहाज को उचाइले हो या देश छोड्ने बियोग ले हो आखिर मेरो अन्तर्मन नशा माथि बिजयी भयो। यहि बिजय को घमन्ड चडेर होला मेरो अन्तर्मन म सँग सार्है अफ्ठ्यरा प्रश्नहरु गर्न थालयो। के का लागि जान्छस आफ्नो थलो छाडेर?  जवान छँदा बुवा आमालाई धेरै दु:ख दीइस् के बुदेशकाल मा खुशी पार्न सक्छस? बिदेश को शुखमय जीवन लाई अंगाली आफ्नै माटो लाई भुल्छस कि? यस्ता प्रश्न हरुको म सँग कुनै जवाफ नै थिएन तेस्बेला न त, ति प्रश्नका जवाफहरु, यतिका बर्ष पछी पनि भेटाउनै सकेको छु।


मेरो मामा को साला पर्ने रोशन नाम गरेको ब्यक्ति New York मा बस्ने हुँदा, म पनि New York नै आएको थिए। मेरै उमेरको तर अली मोटो जिउँडाल को केटा हाथ हलाउदै मतिर हेर्दैइ थियो। हुनत त्यँहा प्राय नेपाली झै देखिन्थे तर मलाई बोलाउने उही मात्रै थियो। म त्यो ब्यक्ति सामु मात्र के पुग्या थिए।


"नमस्कार शिव जि" भन्यो, म अच्चम्म परे।


नमस्कार भन्दै हाथ दिदै प्रश्न गरे "यतिका भिड मा कसरी ठम्याउनु भयो।" 


"भेना ले तँपाई को फोटो email गर्नु भएको थियो।"   


मनमनै मामा लाई धन्यवाद दिए, नत्र तेत्रो ठुलो एअरपोर्टमा एउटा मान्छे खोज्नु समुन्द्र मा मोती खोज्नु बराबर हो।


म रोशन को पहेलो taxi मा बसेर उस्कै घर तिर लागे। रोशन को गाडी को गति सँगसङै मेरो जीवन को नयाँ यात्रा, मेरो कथा को दोस्रो अध्याय र "शिव देखी Mr.SAM" यात्रा को पनि सुरुवात भयो, विश्वकै राजधानी अमेरिका को न्यू योर्क शहरमा । न्यू योर्क का ठुला ठुला घरहरु, फराकिला सडक, लाखौं मान्छेहरु अनि मान्छे भन्दा धेरै गाडीहरु नियाल्दै थिए। मनमा अनौठो तरङ प्रभाह भयो। केही आशा, केही उमङ, केही डर र केही एक्लोपन थियो। अनि बारम्बार मेरो अनतर्मन तेही प्रश्नहरु दोहोराउन थाल्यो, तर जवाफ फेरि पनि शुन्य नै थियो।   


 
Posted on 05-13-09 8:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुवा आमाको सपना बोकी साथी भाई को माया सँगालेर, खोला पारीको मैया, देश, गाउँ छोड्ने पिडालाई अत्मसाथ गर्दै मुटु चुडियो।
 
कहिल्यै ट्वीन् ओटर नचढेकालाई बोइङ चडेर व्हिस्की चाडाउदा यो ज्यानलाई हुनु पर्ने भयो तर जहाजको उचाइले हो या देश छोड्ने बियोग ले हो आखिर मेरो अन्तर्मन नशा माथि बिजयी भयो।


विश्वकै राजधानी अमेरिकाको न्यू योर्क शहरमा का ठुला ठुला घरहरु, फराकिला सडक, लाखौं मान्छेहरु अनि मान्छे भन्दा धेरै गाडीहरु नियाल्दै थिए। मनमा अनौठो तरङ प्रभाह भयो। केही आशा, केही उमङ, केही डर र केही एक्लोपन ..........


त्यस पछी के के भयो होला कुन्नी?


अर्को भागमा.................।   


कालेदाइ       


 
Posted on 05-13-09 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amit Dai,


Its bhai Hada... Tara yo k gareko... hindi serial jasto bhayo... kati commercial brake... yesto interesting hudai gayeko cha... tapai chai episode ka episode haalera hairaan parne.. hami darsak haru lai...


Maile yo matra haina tapai ko sajha ma haaleko sabai post padhi sake... hijo kaam ma tapaikai post padhera basiyo... tapai ko tyo America ko Chakkar - Ghanachakar" pani daami cha...


Your everything is totally raw and true to each ones life... Malai sayadai lagcha tapaile lekheka kura haru kasaiko jindagi sanga paraspar bhayera nagayeko hola... ani hami immigrant haru ko lagi yo Shiva to Mr. Sam is really appreciating... Jindagi ka purana paanaa haru tapaile feri paltaidinu bhayo...


We need "3" ASAP...


Ma ta tapai ko daharo fyan bhaisake...


Keep on touching people's heart...


Hada


 


 
Posted on 05-13-09 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुती, अझै थप्दै जाउँ


सकेको त छैन जस्तो लाग्छ मलाई, क्रमश: नदेखेर भनेको मैले


 


 
Posted on 05-14-09 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमित, मलाई तिम्रो कथा मन पर्‍यो। लेख्न नछोड्नु।
 
Posted on 05-15-09 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"3"



हिजो मात्र अमेरिका आएको जस्तो लाग्छ चार बर्ष बिती सकेछ। म भर्खर मात्र अमेरिका आउँदा १ महिना २ महिना गन्दै बस्थे, त्यस बेला मेरा एक मित्र ले भन्नु हुन्थियो "भाइ सुरु सुरु मा १ महिना २ महिना गर्दै बित्छ पछी १ बर्ष २ बर्ष बितेको थाहा हुँदैन। त्यती बेला यो कुर सुनेर अचम्म परे, तर सच्चै पनि येतीका समय बितेको पत्तै भएन।  पर्देश को जिन्दगी अनेकौ दु:ख सुखमा चल्दै थियो। कहिले dishwasher त कहिले salesman त कहिले cashier  कहिले manager सबै खाले काम गरियो। काम र राम्रो दाम को खोजिमा East coast  to West Coast,अमेरिका को २०-२२ वटा राज्य घुमियो। मेरी आमा सधैं भन्नु हुन्थियो यस्को  दुबै पाइतला मा चक्र छ यस्ले त विश्व भ्रमण्  गर्छ। पैतलामा होकी यो पापी खप्पर मा चक्र हो दुई बर्ष जती घन्च्चर झै थुप्रै चक्कर काँटे।


काम र मामा को खोजिमा जता घुमे पनि आखिर न्यू योर्क लाई नै आफ्नो थलो बनाउनु पर्‍यो। न्यू योर्क को जीवन र चहल पहल मा पनि आफ्नै किसिम को रमाइलो छ। संसार भरी का सबै जाती र धर्मलम्बी यही छन। हजारौ भाषाका पत्र पत्रीका र त्यो भन्दा धेरै परीकार यही पाईन्छ। त्यही न्यू योर्क को भिड मा मेरो जीवन ले पनि धेरै मोड हरु लिदै थिए। मेरो पुरनो मित्र रोशनले मलाई ट्याक्सी चलाऊन सिकायो। बिस्तारै सिकारु बाट ब्यबसायिक चालक बने। हुनत न्यू योर्क मा ट्याक्सी चलाऊ नु कुनै जोखिम खेल भन्दा काम हुँदैन। यो एक किसिम को Advanture नै हो, कहिले आँखा झिमिक्क गर्द U trun गर्नु पर्छ त कहिले जस्तो सुकै गतिमा भएनी ग्रहाक देखे पछि गाडी झाय्प रोकी हिडाइ हाल्नु पर्छ। यही करण ले होला न्यू योर्क घुम्न आउने पर्यटक हरुले प्राय भन्ने गर्छन् "Today I Survived New York Cab ride" 


यसरी नै Taxi को गति सँगसगै मेरो जीवन को गती पनि बढ्दै गयो। कसरी चार बर्ष बितेछ थाहानै भएन। चार बर्ष भित्र नेपाल जने धेरै प्रयास गरे तर आजभोलि गर्दा गर्दै नेपाल फर्केर जनपाईन। पोहर साल जाने निधो पनि थियो पैसा पनि थियो। तर अझै बढी पैसा को लोभमा  जान भने गैयन अब आउने दसैं मा त अबश्य जान्छु भन्ने प्रण गरे। धेरै पैसा जोगान प्रय Night Shift काम गर्ने थाले। आफ्नो त बाशै पनि Manhattan र कामै पनि Manhattan थियो। Lower Manhattan मा धेरै रेस्टुराँ र बार हुने हुँदा मेरो कर्मछेत्र त्यही नै थियो। बिहान घर देखी अफिस, बेलुक अफिस देखी बार अनि राती बार ढेखी घर सम्मा पुरयाउने काम गरिन्थियो। Taxi चालक को राम्रो वा नराम्रो पक्ष ग्रहाक पनि हुन। थरी थरी का ग्रहाक र तिन्का दु:ख सुख का कुराहरु। ग्रहाक का सुख सङै रमाउने र दु:ख सँग दुखी हुन्थे। उन्का कथा सङै आफ्नो दु:ख तुलन गर्ने थाले। आखिर यो सनसर मा को नै खुशी रहे छ त। कसै लाई काम को पिर, कसै लाई माम् को पिर त कसैलाई  ब्यापार को र कसैलाई प्यार को पिर।  चालक र ग्रहक बिच अनौठो नाता हुन्छ। छणिक सहयात्रि, साथी, मालिक,र सबै भन्दा ठुलो अपरिचताको। ग्रहक र चालक नजिक हुन्छन तर एक अर्का लाई पूर्णरुप्मा देख्दैनन। अपरिचित हुन्छन तर गनिस्ठ हुन्छन। एक ले अर्को को लछ्य को निर्धारण गर्छ छन। चालक ले आफ्नो कमाइ को लछ्य प्रप्ती गर्छ भने ग्रहाक ले आफ्नो गन्तबय को। हजारौं ग्रहाक हजारौं स्वभाब र प्रकृतिका हुन्छन। हरेक ग्रहाक सँग अपरिचितता को र आत्मियता को नाता गसिहालिन्छ। दुई बर्ष को चालक जीवन मा धेरै ग्रहाक हरु देखे र चिने। मलाई लाग्छ taxi चालक एउटा राम्रो मानब मनोबैज्ञान का ज्ञाता हुन्छन। 


एही अपरिक्षात को फाईदा उठाएर ति ग्रहकहरु मेरो गाडी मा आएर आफ्नो दु:ख पिर समस्या बिसाउछन। कोही रिसाउछन्, कोही कराउछन, कोही खित्का छोडेर हस्छन, कोही डाँको छोडेर रुन्छन। ठुला ठुला ब्यापारि, कलाकार, मोडल्, केटा केटी, काल काली, गोरा गोरी सबै रोएको देखेको छु। राती को सुन्सान मा मेरो taxi मा बसी खै के सोच्दा हुन कुन्नी नरुने त बिरलै भेटे। सुक सुक गरेर पनि रोए करायरै रोए, कती पटक त ति ग्रहाक हरु सङ्सँगै आफु पनि रोए। घरबार, देश, गाउ, साथी र प्रेमिकाको याद र माया बिना यो मन खाली खाली नै छ। मुटु भित्र अनेकौ  पिडा बोकी नकली हाँसो  हाँसेकै छु।  


क्रमश:

Last edited: 15-May-09 08:22 PM

 
Posted on 05-17-09 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमितराज ज्यु,


राम्रो अनुभव बटुल्नो भयो तपाईंले, हरेकको जिदगी यात्रा सँग जोडीएको छ। तिनै यात्रालाई सहयोग गर्दै केही क्षणको समयमा नै बिरानो मनिसलाइ गन्तब्य सम्म पुर्याइ दु:ख - सुख साट्न पाउनु पनि अहो भाग्य हो। किनकी सबै जनालाई यो मौका मिलेको छैन। यो पनि डि.भि लोटरी जस्तै हो।
तपाईंको कथा अनुसार सबै भन्दा बिजी न्यु योर्क शहरमा पनि कती मानिसहरु दुखी रहेछन?


कालेदाइ  


 
Posted on 05-17-09 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hada bhai: Samaya oi abhab chha ma thorai samaya payeni lekhnai baschhu tarani bhaudina ke garne yestai chha

serial ji sakeko chhaina aaudai chha.

kaledai; dukha sukha manche ko jindagi nai ho, yo kunai bhugol sanga haina mancheko man ra mastiska sanga nirbhar garchha.

miresh- definitely I will not stop writing if I get support and motivation like all yours and all my readers.
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters