[VIEWED 14319
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 12:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अचेल Key Ring बोक्दिन, किन
किन त्यसै गाह्यो लागेर आउंछ । त्यसैले आज कोठाबाट निस्केर
ताला लगाए अनि चाबी wallet
मा राखें ।
मेरी घर धनि कि छोरी एक्लै बाहिर थिंइन।
कपालमा तेल लगाउदै । काधंसम्म आउने उनको कपाल मलाई राम्रो
लाग्छ। म बिस्तारै हांसे,
उनि पनि ।
शायद हामी दुवै जना शिष्टाचार निभाउदै
थियौं । कुरा गरेको भए दिन कतिखेर सकिन्थ्यो पत्तो हुदैन थियो। लजाएर हास्नु
बाहेक अरु केही बोल्न सकिएन । म दलिन तिर हेर्दै बाहिर निस्के । एक चोटि पछाडि
हेर्न मन थियो,
सकिन । मेरो पाइन्ट loose थियो, माथि
सारे अनि छाता बोकेर हिडे ।
डेराबाट अफिस १० मिनेट को हिडाइमा होला । त्यसैले
म रिक्सा चढदिन
अफिस जांदा । तर डेराबाट अलिक अगाडि बढेपछि दुइवटा
रिक्सा बिस्तारै आउंदै थिए । मैले राम्रै संग हेरे, दुवैलाई
। एक जना बुढा,
अर्का मेरै उमेरका । रिक्सा चढदा म अलिक
जवान मान्छेकोमा चढन रुचाउछु। छिटो त कुदाउंछ । अनि म पनि लोभी मानिस त हुं ।
तर मैले हिजो त्यो रिक्सावाला बुढाको आंखामा धेरै
आश देखें,
' चढि दिन्छ कि यो
मान्छे'
भन्ने भाव ले मलाई रोक्यो। म रिक्शा कटेर हिड्न
सकिन । बुढासंग आंखा जुधे । मैले उनलाई हेरि रहें । नेपाल को सानो झण्डा
भएको कट्टु लगाएको रहेछ । मेरो पनि एउटा छ जुन म आक्कल झुक्कल
बिहान फुटबल खेल्दा लगाउछु ( लाज मानि मानि )। उहि नेपाली
हात्तीछाप चप्पल अनि छाति मा Britney Spears बोकेका थिए ति बुढाले । धेरै आश गरेछन, मुख
फोरेरै सोधें 'कथई
जाबे?'
। मलाई हतार पनि थिएन, आवश्यक
पनि थिएन,
अनि त्यो रिक्शाको मजदुर मेरो
रोजाईको पनि थिएन । तर पनि समयको त्यो बिन्दुमा मेरो भावुकताले
मेरो स्वार्थलाई सम्पूर्ण रुपमा जीत्यो । मैले केहि सोचिन र सोच्न पनि चाहिन
। टेलिफोन अफिस जांउ भन्दै छाता काखीमा च्याप्दै म रिक्सा चढें ।
म चढेपछि उनि रिक्साबाट और्लिए । एउटा
हातले ह्ययण्डल र अर्को हातले रिक्साको फ्रेमको रड समातेर
ताने । म engineering
को विधार्थी , High Starting Torque को
कुरो सम्झे ।
Series Field Winding भएको DC Motor ठिक
हुन्छ यस्तो CASE
मा, मेरो
ज्ञानले त्यहि
भन्यो । तर कहां मेरो अध्ययन कहां यी बुढाको
जीवनको वास्तविकता । फेरी सोचें भाषा र प्रस्तुति त फरक हो, बुझाई
त एउटै हो । मेरो अध्ययनले भनेको Series DC Motor For High Starting
Torque उनको जीवनको अनुभव- 'मालिक' चढेपछि
रिक्सा गहौ्
हुन्छ, अलिकति
तानेर मात्र कुदाउनु पर्छ । हैन र? रिक्सा
कुदयो । म उपर खुट्टि लगाएर बसें ।
बाटोमा स्कुल जाने केटा केटी थिए, उनलाई
हेरे । त्यो पुरानो बेला सम्झे । मन हर्षित भयो । अफिस जादै गरेका
मान्छे थिए,
उनलाई हेरे, फेरि आफुलाई।
भविष्य वर्तमान हुनलागेको भान भयो । मन कस्तो कस्तो भयो । निलो कुर्ता सलवारमा
सजिएकि नारी देखें,
सपना सम्झें । सपना मै भुलें । मैले रिक्सा पनि
बिर्से,
बाटो पनि।।।
'यहिं पे मालिक?'
अफिस आएछ । बुढाले रिक्सा रोके । अब भाडा दिनु
छ, के
गरौं के ! भाडा कति दिनु?
सोध्न सकिन । मैले आफै जानेर दिनु पर्ने, कस्तो
गार्हो (१० रुपैया थियो भाडा)। मैले जति दिनु थियो लेनदेनको नियम नबिगारि दिनु
थियो । मैले बिस रुपैयाको नोट दिए(खल्तीमा १० रुपैया हुदा हुंदै)।
उनले "खुल्ला
देउ 'मालिक'? भने
।
मैले
"छैन म संग,
भै गयो अहिले राख्नुहोस, अर्को
चोटि मिलाउंला" भने ।
उनले एकछिन भने, अनि
सिट भित्र राखेको पोको झिकेर १/२ रुपैयाको नोट गरेर मलाई
१० रुपैया फर्काए । मैले गाह्रो मानेर लिए । मन खल्लो खल्लो भयो । ति बुढा त्यही
बसे रिक्सा फर्काएर । मैले फर्केर हेरे,
"बैजनाथपुर गा वि स, रिक्सा नं
३३७ ।"
हिजो अफिसमा उदास मनको साथ काम सकाए । डेरा फर्के, कुन
बेला चिया
सकियो, कुन
बेला निदाए केहि थाहा भएन ।
आफैलाई टटोल्दै छु । All of us are, by
born, emotional. हामी सबैमा भावुकता छ । हामी सबैमा स्वार्थ छ ।
कसैमा थोरै त
कसैमा धेरै । किन समय को कुनै कुनै बिन्दुमा मात्र
हाम्रो भावुकताले जित्दछ हाम्रो स्वार्थलाई!! म उत्तर खोजी नै
रहे।
meaninglessthinkings@somewhereondearth
|
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 02-15-08 12:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेत्तिकै छाढिदिए अतिनै साना तिना हुन सक्छन यि घटनाहरु। तर भाईको ब्रिहत मन, दक्ष्य आँखा र निक्खर शब्दहरुले सुन्दर भव हरु पोखिदिए। उत्तम।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 1:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाई, यि नै साना साना कुरा, साना साना लोभ, केहि मुस्कान , थोरै रिस अनि धेरै माया । यस्तै यस्तै ले त हामी लाई हामी बनाएको होला नि है । अनि दाई, यि साना तिना घटना का पछाडि बाट मीठो आभास निकाल्न, हजुरकै बाटो हिडेको हुं । त्रुटि हरु केलाईदिनु होला ।
|
|
|
Light-2
Please log in to subscribe to Light-2's postings.
Posted on 02-15-08 2:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफैलाई टटोल्दै छु । All of us are, by born, emotional. हामी सबैमा भावुकता छ । हामी सबैमा स्वार्थ छ । कसैमा थोरै त कसैमा धेरै । किन समय को कुनै कुनै बिन्दुमा मात्र हाम्रो भावुकताले जित्दछ हाम्रो स्वार्थलाई!! म उत्तर खोजी नै रहे।
Aha.. yo line ati man paryo..Auta riksah chadeko sano kura lai ati ramro sanga emotional banyera lekhnu bhako....Again happy reading,enjoyed !
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 7:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Light-2 ji, मन पराईदिनु भएकोमा धन्यबाद ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-15-08 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दामि लेख्यौ सोमे बुरो! अनि बिहेको कुरा फिक्स भो त?
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चितरे बोरो, धानको भात (धन्यबाद) कसैले बुझेनन् मेरो बिहेको कुरो लाई ।। हेहहे , नगर्ने अहिले । मास्टर्स सकेसि मातर । अनि सुष्मा जि को के छ नि??
Last edited: 15-Feb-08 08:45 AM
Last edited: 15-Feb-08 09:31 AM
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-15-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरल बिषयबस्तुलाई आफ्नो मनको भावनाहरुले सजाउनमा सफल हुनुभएको छ। यो प्रस्तुती पनि राम्रो लाग्यो।
Last edited: 15-Feb-08 09:30 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सललल बगेको निक्कै भाबुक लेखाइ, रमाइलो लाग्यो पढेर भनेपछी त्यो टेलिफोन अफिसमा 'सुनिल जी' ईन्टरनेट डिपार्टमेन्टमा अझै छन त?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बजार मा पाइने बिभिन्न थरिका धूप जस्तै जिन्दगीका अनेक रुप भेटिन्छन् वरिपरि । तपाईं आँखाले हेर्नु हुन्छ कि मनले, फरक त्यती हो। मनले देखेको कुरा सुन्दर शब्दहरुमा उतार्दा यस्तो जीवन्त रचना बन्छ।
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 02-15-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोम दाई, हजुरको लेखै ले मलाई भाबूक बनायो। अती उत्तम लेखै । सब्धरूको चएन अती रार्मो। यस्तै लेख हरू पढ्न पाइयोस। कस्तो हुनु हुन्छ तपाईं?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-15-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भावुकता छल्किएछ, यहाँ अक्षरमा पोख्नुभएछ।
मलाई चाहिँ "छातिमा ब्रिट्ने स्पेयर्स टाँसेको..." भन्ने र यो हरफ बढि मन पर्यो, लेखाईको कुरा गर्दा-
"बाटोमा स्कुल जाने केटा केटी थिए, उनलाई हेरे । त्यो पुरानो बेला सम्झे । मन हर्षित भयो । अफिस जादै गरेका मान्छे थिए, उनलाई हेरे, फेरि आफुलाई। भविष्य वर्तमान हुनलागेको भान भयो । मन कस्तो कस्तो भयो । निलो कुर्ता सलवारमा सजिएकि नारी देखें, सपना सम्झें । सपना मै भुलें । मैले रिक्सा पनि बिर्से, बाटो पनि।।। "
अब कहिले एड्मिसन लिने होला, कहिले सकिने होला पढाई अनि कहिले बिहे गर्ने होला प्रभु, सामान्य केटिको लागि संघर्ष गर्न थाल्या पनि ४ बर्षे अनुभव होला जस्तो छ!
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dipika02 जि, पढिदिनु भएको मा धन्यबाद । म अहिले हजुरका पुराना( मैले नपढेका लेखहरु पढ्दै छु । ) कस्तो लाग्यो भनेर भन्ने छु । मन पराईदिनु भएको मा धन्यबाद । रिठ्ठे दाई , सुनिल जि, अचेल internet होइन CDMA का System engineer हुनुहुन्छ । कता बाट चिनियो ? । rahul दाई, पढिदिनु भयो , धन्यबाद। दाई हजुरले पहिल्याएको बाटो नै हो हिडेको । केहि सुझाव को आसमा छु । अनि मेरो कुरो चाहि अलि फुर्सदमा भन्छु है । fewatal भाई, खोई कहिले आउने झापा?? म पर्खेर बसेको छु । हाम्रा कुराहरु गन्थन हरु छन्। बसेर साट्न पर्छ । पढेर कमेन्ट गरिदिनु भएको मा धन्यबाद ।
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खै दाई , धन्याबाद, हजुरले नपढेसम्म र कमेन्ट नगरे सम्म मेरा sajha ka सबै postings अधुरा हुन्छन् । समय को लागि धन्याबाद । क्या गार्ने क्या । bihe le dubaula jasto cha.. ehheheh
|
|
|
SateLite
Please log in to subscribe to SateLite's postings.
Posted on 02-15-08 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
somewhereondearth जि छोटो तर निकै भावष्पर्शि कथा भनौँ या संसमरण कोर्नुभयकोरहेछ,मलाइ कुनै कुनै लाइनमा पुग्दा रोइदिँउकि भन्नेसम्मको भावुकतामा पुर्याउनुभयो ! मलाइ धेरैपल्ट यस्तो परेको छ जहाँ मेरा स्वार्थहरुलाइ मेरा भावुकताले जितेका छन ! एकपटक को घटना म स्मरण गर्न रुचाँउछु यो सन्दर्भमा- म भैरहवा रुपन्देहि कलेजमा बिधार्थि हुँदाबखतको हो- म मामाकोमा बस्थेँ अनि एकबिहान एक्सरसाइज जानेबेलामा बिहान पाँच बजेतिर साजमार्ग छेउमा एउटा सानो बच्चा रोइरहेको देखेँ ! उसको मौन रुवाइ थियो तर मेरो उपस्थितिमा उसले आफ्नो रुवाइ बन्द गर्ने असफल प्रयास गरेको थियो ! उसलाइ काम गर्ने घरायसि मजदुरको रुपमा दाङजिल्लाबाट ल्याइयको रहेछ मामाको छिमेकि नापिको हाकिमकोमा ! उ एउटा थारु बच्चा थियो,हुँदो हो यस्तै नौ बर्षको ! एकहप्ता काम गरेपछि उसको बालसुलभ मनले त्यहाँ बस्न मानेनछ तर जाने कहाँ र कसरि मलिकको घरबाट राति दुइ बजे निस्कियको बच्चा बिहानसम्म त्यँहि किकर्त्यब्यबिमुढ अवस्थामा रहेछ ! प्रारम्भमा उ त्रसित भयो मलाइ नजिक पायर,सायद उसले म मा आफ्ना मालिकहरुको modified verson देख्यो होला भन्छु म ! फाट्टफुट्ट मान्छेहरु मर्निङ वाक गरिरहेका थिय तर कसैले खासै notice नै गरिहाल्ने बेला भयको थियन !
मेरो दाजुको छोरा उजत्रै थियो ! मलाइ उसको यति माया लाग्थ्यो के भन्ने यार !दाजु भाउजुलाइ kidnap गरेर छोरा सधैभरि आफैसँग राखौँजस्तो लाग्थ्यो !मैले त्यो थारुबालकमा उसैको प्रतिविम्व देखेँ ! दाङको घोराइसम्म पुराइदिये उ घर जानसक्छु भन्यो ! म उसलाइ त्यहिँ छाडेर घरमा फर्केँ,पर्समा तिनसय रुपैया रहेछ ! एउटा पुरानो RX मोटरसाइकल थियो त्य्सैमा पछाडि हालेर म बसपार्क पुगेर बसका चालक र सहायकसँग दुख पोखेँ ! अचम्म त के भयो भने चालक निकै भावुक भयो,मलाइ धन्यवाद दिँदै उसले बच्चाको निशुल्क यात्राको बचन दियो ! बाटोमा खाना खुवाउनेसहितको बचन दियपछि मैले उसका अपरिचित बाबुआमाका नाममा एउटा सामान्यपत्र लेखेँ-कुनैपनि हालतमा आफ्नो बच्चालाइ कसैकोमा बन्धक बनाउन नपठाउन अनुरोध गर्दै ! बच्चालाइ नाम सोधेँ,उ आइतवार जन्मेकोले उसको नाम थारुबाहुनले 'आइते थारु' राखिदियका रहेछन !बस चालककोनाम अझै संझन्छु म 'तुल्सिराम अधिकारि थियो ! म बच्चलाइ हातमा दुइसय रुपैय़ा रखिदियर उसग बिदा भयँ ...कम्सेकम सरकारि स्कुल भयपनि जान अनुरोध गर्दै !
चारदिनपछि बससमितिमा गयर तुल्सिरामलाइ भेटेपछि उसले बच्चलाइ घरमै पुर्याइदियको रहेछ र confirmation को लागि सम्पर्क नंवरपनि लियर आयको रहेछ ! पछि फोन गरेर उ पुगेको निश्चितता गरेँ ! तुल्सिरामले उसको बाबुलाइ बेस्सरि हकारेको रहेछ भेटमा- छोरालाइ स्कुल नपठाय पुलिस लगाइदिने धम्किसमेत दियको थाहा पायपछि उ स्कुल जानेछ भन्ने कुराले मलाइ सार्है खुसि लागेको थियो ! त्यो बच्चासँग फेरि भेट त कहिल्यै भयन तर म त्यो चिसो बिहानि अझै संझन्छु अनि सोँच्छु त्यो 'आइते' अहिले कतिमा पुगेहोला !
नापिकि हाकिम कि बुढि निकै क्रुद्द भइन आफैसँग त्यो बच्चा हरायकोमा कारण उनका किशोर छोराछोरिहरुसबै कलेज जाने भैसकेका थिय ! घरमा भाँडा धस्ने 'आइते' अब थियन ! धेरैदिनसम्म यो कुरा गोप्य रहन सकेन,कताकताबाट कस्ले देखेको रहेछ अन्तिमपटक बिहानिमा म उसँग कुरा गरेको ! पछि अलिअलि केसपनि भयो ! शुरुमा त मामा माइजुलेसमेत शंका गरेर आपत !पछि प्रहरिलेसमेत धन्यवाद दियपछि त्यो आगो निभेको थियो !
भावुकता भन्ने कुरापनि अनौठो हुँदो रहेछ ! कहिलेकाहिँ अरुले थाहा पाय कातर भन्ने तुच्छ बिषयहरुमा मैले मौन आँशु झारेको छु ब्रो ! सबैलाइ कुनै मोडमा यस्तो पक्कै हुन्छ, कारणहरु फरक हुनसक्छन !
निकै मिठो कथा पस्किनुभयकोमा धन्यवाद !
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 02-15-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
another masterpiece loved it
thanks for sharing
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 02-15-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
another masterpiece loved it
thanks for sharing
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
satelite जि, धन्यबाद, कस्तो मार्मिक अनुभव साट्नु भयो । किन हाम्रो यो भावुकता सधै सबै मा रहन पाउँदैन् । किन हामी 'सामाजीक' ओड्ने ओडि हाल्छौ । किन किन । मन सबैको कोमल हुन्छ तर के को लेप लाग्छ के को । त्यसै कठोर भएर जाने । के होला के । कति खुसि लाग्यो ब्रो को यो मन छुने अनुभव सुनेर । यि यस्ता कुरा हुन्, जसको कुनै मोल हुदैन । खालि what u feel, afterwards भन्ने मात्र । अहिले ब्रो लाई त्यो घट्ना सम्झदा, मन गह्रौं भए पनि मन मा सन्तोक हुन्छ । तर हामी संग दुर्भाग्यवस यस्ता घटना हरु पनि हुन्छन्, जुन बेला मन को नसुन्दा जिवन भरि नै मन पोल्छ । सबैसंग होला जीवनको त्यो तितो बाध्यता । thanks for sharing...
|
|
|
somewhereondearth
Please log in to subscribe to somewhereondearth's postings.
Posted on 02-15-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sunima_sh जि, धन्यबाद। पढिदिनु भएको र समय निकालेर कमेन्ट गरिदिनु भएकोमा ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-15-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>सुनिल जि, अचेल internet होइन CDMA का System engineer हुनुहुन्छ । कता बाट चिनियो ? । <<< सुनिल जी CDMA तिर आजकल ये.... सुनिल जी सँग अनौपचारिक परिचय भा' थ्यो एकफेर अनी ९ नम्बरमा बस्ने, हाम्रो प्रदिपदाई इमु दिदी पनि हुनुन्छ त अचेल?
|
|