उस्ले बेला बेला फोन गर्थी पसलमा। घरमा गरेकी थिईन। एक दिन दिउँसो पसलमा फोन गरेर बेलुका उस्लाई फोन गर्न भनी। त्यति भनेर राखी दिई।
१० बजे पसल बन्द हुन्थ्यो। धेरै बेर देखी चलेको मनको बिबाद पछी मैले आखीर फोन उठाएँ। फोन गरें। मनले दमाहा ठोक्दै थ्यो -- उसैले उठाई। मैले "हेलो" मात्रै भनेको थिएँ उस्ले हिन्दीमा "एक छिन पख" भनी। गफ गाफ गरेको सुनीन्थ्यो पृष्ठभुमीमा जुन बिस्तारै हराउँदै गयो। अनि उस्ले सोधी "किन फोन गरेको?"
"तिमीले फोन गर्नु भनेको हैन?" मैले पनि सोधें।
कुरा हिन्दीमै हुँदै थ्यो। मैले उस्लाई नेपाली नसिकाईदीए सम्म हिन्दीमै कुरा गर्छे रे उ मसँग भन्थी।
"मैले भनेर तिमीले फोन गरेको?" फेरी प्रस्न आयो सुन्दरीको।
"हैन, मलाई पनि मन लागेर हो" भनें।
"ल के कुरा गर्न मन लाग्यो भन" भनी।
के भन्ने के?
फेरी उसैले सोधी "पसल बन्द हुन लाग्यो म तिमीलाई तिम्रो डेरा पुरयाउन आम?"
मैले छिट्टै "पर्दैन" भनें।
उस्ले अनि "ल मलाई अहिले जानु पर्यो म तिमी सँग पछी कुरा गर्छु" भनी। घरमा राती फोन गर्छे की भनेर कुरी रहेँ। गरीन।
त्यस्को एक दुई दिनमा उ पसलमा आएकी बेला उस्को परीवार सँगै उ दुई हप्तालाई ट्रिनिडाड जाने कुरो सुनाई--भेकेसनमा रे--। साहु पनि त्यहीँ थ्यो। अलि मुर्झाएको झै देखिन्थ्यो।
त्यसपछीको शनीबारको दिन थ्यो। म पहिलेको चै पसलमा काम गर्दै थें। १० देखी ७ को मेरो त्यो दिनको काम सकिदैथ्यो। दिउंसो-साँझको ६:३० जति भएको थ्यो होला सुन्दरी आई पसलमा। रातो सारी सहितको पुरै रातो पहीरनमा उ श्रीगार र गहना समेतको जोडमा धपक्कै बलेकी थिई। म त हेरेको हेर्यै भएँ। बिस्वासै लागेन। पसलमा नियमित र नौला ग्राहक सबै उस्लाई नै हेर्दै थिए। नजरमा उही घातक बाण अनि मुस्कानमा उही मादक भाब थिए।
उ एकटक म तिर हेर्दै थिई। एउटा नियमीत ग्राहकले सुन्दरी प्रति लक्षित गर्दै सोध्यो मलाई "तिम्रो साथि हो?" मैले "हो" मात्रै भनेको थिएँ उस्ले "उस्को गर्ल फ्रेण्ड हो म" भनी हाँसेर। त्यो ग्राहकले के बुझ्यो कुन्नी दंग पर्यो। म भनें अलमलिएँ। उस्ले मलाई फ्लोरमा आउन भनी। संगै काम गर्ने इथोपिएनलाई मेरो ठाममा आउन भनेर म फ्लोरमा गएँ। एकै छिनमा मेरो त्यो दिनको काम सकिदै थ्यो। अर्को आउँथ्यो ७ बजे।
म उ संगै उभिएँ। कुनै मन्दीर गए झै अनुभव हुँदो थ्यो।
"काँ गएर आ?" मैले सोधें।
"मन्दीर" उस्ले भनी।
"यति बेला?" मैले सोधें?
"किन मन्दीरमा यति बेला देउता हुन्नन?" उस्ले पनि सोधी अनि थपी "पुजा र प्रायस्चित थ्यो आज मेरो मन्दीरमा"।
"पुजा त ठिकै हो प्रायस्चित चैं के को नी?" मैले फेरी सोधें।
"किन र? प्रायस्चित त सबैले गर्नु पर्छ बरु तिमीले पनि बेला बेला गर्ने गर" उस्ले सुझाब पो दिई।
सात बजि सक्या त थे न तर मलाई त्याँ सबैले उसैलाई हेर्या मन पनि पर्या थेन यस्सै। मेरो ठाममा काम गर्ने आईसक्या थ्यो। मैले ईथोपिएनलाई म हिनें भनें।
सुन्दरी तिर हेर्दै इथोपिएनले पनि एक दुईटा Indian सिनेमा हेर्या छ भन्ने सुनायो।
पसल बाहीर निस्के पछी मैले सोधें "अब के गर्ने?"
"तिमी भनन म त तिमी भनेर आएकी" उस्ले मेरा आँखामा सिधै हेरेर भनी।
"मैले जे भन्यो त्यही गर्ने हो?" मैले कुटिल हाँसो सँगै सोधें।
उस्ले सजिलै "हो" भनी।
"पक्का?" मैले पनि छोडीन।
"जाँचेर हेर न" उस्ले थपि।
"म कहाँ जाने हो?" मैले आँटैले सोधें।
"कति टाढा छ?" उस्ले सोधी।
"दुई मिनेट लाग्छ।" मैले भनें। उ उस्को मोटरतिर गै म पनि पछी लागें। मलाई पक्का थिएन उ जिस्केकी हो कि साँच्चै हो। उ मलाई जिस्काएर बाटो लाग्न आँटेकी हो कि जस्तो लाग्यो। उ मोटरमा बसेर मलाई पनि बस्न भनीं। नभन्दै उ आई मकहाँ।
साथि बिहानै न्यू जर्सी बत्तेको थ्यो। म बेलुका पाउरोटीमा मासु च्यापेर बजाउँला भन्दै थिएँ। अब उस्लाई के ख्वाउने के गर्ने मलाई पो चिन्ता भो। डेरामा छिर्ना साथ उस्ले यता उती हेरी अनि सोधी "को को बस्ने यहाँ?"
"म र मेरो साथी -- उ तर ब्यानै न्यू जर्सी गयो उस्को दीदी भिनाजु कहाँ --- भोली मात्रै आउँछ"। मैले एक्कै सासमा भनेँ।
उस्ले मतिर मीठो दृस्टी फ्याँक्दै सोधी "मलाई कस्तो देखीएको छ आज?"
"दुलही जस्तो" मैले मलाई जे लागेको थ्यो त्यही भनें।
"कस्को?" उस्ले उस्को तल्लो ओठ टोक्दै सोधी।
जबाफ त थ्यो म सँग तर मै सँग राखें -- खाली मुस्काएँ मात्रै।
मेरो साथी बेपत्ता हिन्दी सिनेमा हेर्थ्यो अनि गीत पनि त्यस्तै सुन्ने। उस्ले त्यहाँ राखेका CD हरु हेरी सुन्दरीले अनि सोधी "यो कस्को कलेक्स्न?"
"साथिको" मैले भनें।
"मैले तिमीलाई दिएको CD खै?" उस्ले फेरी सोधी।
त्यो मैले मेरो कोठामा राखेको थिएँ। म कोठा तिर लाग्दा उ पनि सँगै आई -- उस्का पाउजुबका छन छन र चुराका छिन्द्रीङ् छिन्द्रीङ् संगै आए। मेरो मन बेकाबु हुन खोज्दै थ्यो।
कोठामा पुगेर मैले उस्को CD उस्लाई दिएँ। "यो तिम्रो कोठा?" उस्ले सोधी मैले "हो" भनें।
उस्ले उस्को CD बजाउन भनी। गीत बज्न थाले उस्ले फ्रीज खोलेर हेरी अनि सोधी आज डिनरमा के खाने बिचार छ?
बिचार त पाउरोटीमा मासु च्यापेर खाने -- एक बोतल घुट्क्याउने -- दुई चार सर्को तान्ने सुत्ने त्यै थ्यो कार्यक्रम। तर "खै थाह छैन" भने।
उस्ले फ्रीजमा राखेका ट्वाक र बोतलहरु हेर्दै गरेको देखेर मैले भन्दें "साथीको हो त्यो"। उस्ले म तिर नहेरी भनी "मलाई थाह छ"।
"म आज तिमीलाई डिनर बनाएर ख्वाउँछु, हुन्छ?" उस्ले सोधी।
मैले उस्लाई हेरें -- उसै त सुन्दरी झन सोर्ह श्रींगार गरेकी थिई, निधारमा टिका, सिउँदोमा आभुषण थ्यो-- घाँटीमा अरु आभुषण थिए -- रातो चोलो थ्यो -- उस्को यौबनमा परास्त छ कि झै लाग्थ्यो -- आँखाबाट मद टप्किदा थिए -- हातमा सुन र काँचका चुराहरु जिस्किन्थे उस्को रातो सारीले मनमा आँधि चलाएको चलाएकै थ्यो झन् उस्का पदचाप हरुमा छन्किने ती पाउजुबका छम छमले अरु अत्याचार गरेका थिए। मैले उस्लाई एकट्क हेरी रहेँ अधरमा कुनै पनि बेला बल्छ् आगो जस्तो लाग्यो।
"हुन्छ?" फेरी सोधी उस्ले।
मैले टाउको मात्रै हल्लाएर "हुन्छ" भनें। उ मेरो कोठा तिर गै। म पनि पछी लागें उस्ले कोठाको ढोका बन्द गर्दै भनी "तिमी एक छिन बाहीरै बस"।
म आफ्नै डेरामा त्यसरी उभिएको थिएँ मानौ कसैले मलाई एउटा नितान्त नौलो ठाउँमा छोडीदिएको छ। उ मेरो कोठा बाट निस्किदा अर्कै भएर निस्केकी थिई। मेरो pants लगाएकी थिई अनि मेरो टी शर्ट पनि। सबै गहना पनि फुकालेकी थिई चुरा र पाउजुब बाहेक। कुम देखी अलि तल झरेको अघि छोडेको कपाल अहिले सिनित्त पारेर बाँधीकी थिई।
"अहिले दुलही जस्ती देखिन्न् म?" उस्ले छक्क परेको म तिर हेर्दै सोधी।
"अहिले भोली पल्टकी दुल्ही जस्ती देखीन्छेउ" मैले भनें। अनि "तर मलाई सारी लाएकै राम्रो लाग्यो" पनि थपें।
"लगाई दिम्ला नी त भरे फेरी -- अहिले सारीलाएर काम गर्न असजिलो लाग्यो मलाई" उस्ले मीठो मुस्कान संगै भनी।
"म के गरम?" मैले सोधें।
उस्ले "मलाई हेरी राख -- तिमीले सधै गर्ने त्यही त हो मलाई थाह छैन र?" भनी।
मलाई साहुको बारेमा सोध्न मन नलागेको हैन तर के भनेर सोध्ने फेरी यस्तो राम्रो बाताबरण बिग्रेला भनेर केही सोधीन।