[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"

[Please view other pages to see the rest of the postings. Total posts: 45]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 27390 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-12-06 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा अलि लामो छ, कृपया धैर्यता का साथ पढिदिन हुन अनुरोध छ । स्वस्थ प्रतिकृया को प्रतिक्षामा ।


"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"



विनोती पोस्ट डाक्टरेटको उच्च अध्ययनको सिलसिलामा अमेरिकाको पेन्सेलभेनिया युनिभरसिटी जानुको अधिल्लो रात छोरी लाई संझाउने क्रममा अलि थर्काइ रहेकीे थिइन् । १५/१६ वर्षो विश्वविद्यालयमा अध्यापन गराइसकेकीले होला, अलि जङ्गी शैलीमा छोरीलाई सम्झाइरहेकीले मैले चुपचाप हेरिरहेको थिएँ । "४/५ महिनामा एस.एल.सी. जाँच दिनुछ लभसभ, व्वाइप|mेण्ड बनाएर हिड्ने होइन, भन्दिएको छु"। "एस.एल.सी.मा त्रि्रो ड्याडीले भन्दा राम्रो पोजिशन ल्याउनु पर्छ । म यहाँ नहुँदा फ्रीक भएर हिड्ने होइन । खुरुक्क पढ्ने र बेस्ट रिजल्ट बाहेक अरु नसोच्ने । सभ गरेर त्रि्रो ड्याडी जस्तो व्रि्रेला, भन्दिएको छु ।"

छोरी मेरो मुख हेरेर केही बोल्न नसकी अलि डराइरहेकी थिइ । म भने छोरीलाई अब लामै स्पष्टीकरण दिनुपर्ला भनी सोचिरहंे । छोरीको ट्यालेण्ट प्रति हामी दुवै सन्तुष्ट थियौ । अत्यन्तै मेधावी विद्यार्थी र स्वभाव भने निकै निश्चल र निष्कपट छोरीलाई त्यस्तरी संझाईरहनु पर्ने त होइन तैपनि आमाको वात्सल्यताको त्यो रुपनै थियो, मैले बुझेको छु । आमा संग आवश्यकता भन्दा बढी बोल्न डराउथी र संपर्ूण्ा अन्तरंग कुरा मसंग मात्र गर्दथी । मास्टरनी स्वभाव भएकीले होला शैली अलि थरकाउने खालको थियो उनको ।

एयरपोर्टमा हामी सबै बिदाइ गर्न हिडै बिहान । एयरपोर्ट नपुगुन्जेल टयाक्सीमा आमा छोरीको लामै प्रेम वार्तालाप भयो । म चुपचाप विछोडको पिडा खप्ने सामर्थ्यको खोजीमा थिए । "छोरीलाई छाडा हुनदिने होइननी भनिदिएको छु, लभसभमा फस्ली, सोझी छे " मलाई पनि उही शैली उर्दी जारी गरिन । मैले पनि "हस माड्म, माड्मको छोरी हो इज्जतमा चारचाँद लगाउने छिन, धन्दासन्दा नलिकन जानु, आफ्नो काम राम्रोसंग गर्नु" भनी बिदा गरिदिएँ । सबैको सजल नयनले वातावरण भावुक भयो । हामी घर तिर लाग्यौं । जहाज उडयो । परबाट हामी हेरीरहयौं । बाबु छोरी । छोरीलाई के थाहा माया गर्नेहरुको लागि विछोडको पिडा । उकुसमुकुस छातीलाई सम्हाल्दै, घर फक्यौं । घर घरजस्तै लागेन । छोरी पनि उदास मन लिएर मेरो अगाडि चुपचाप बसिरही । मलाई उनको परदेशको बसाइको कुनै चिन्ता छैन । उनको सामर्थ्य र प्रतिभाको परख छ मलाई । उनको क्षमतामा पुरै भरोसा छ । म गर्व गर्छर्ुुनको हरेक उपलब्धीमा ।

साँझको सन्नाटामा छोरीको वाक्य फुट्यो । मम्मी कहिले र्फकनु हुन्छ - शायद उसले आमालाई सोध्न नसकेको प्रश्न हो कि कुराकारी गर्ने मुड को टेष्ट थियो । "६/७ महिनामा र्फकनु हुन्छ, बाँकी काम नेपालमै गर्ने रे । " त्यतिञ्जेल त्रि्रो एस.एल.सी को रिजल्ट पनि आइसकेको हुन्छ । छात्राहरुमा सर्वोच्व अंक ल्याउनु पर्छ छोरी, त्यही त्रि्रो आमाको लागि उत्तम उपहार हुनेछ । अन्यथा मलाई पनि मार्छर्ेे मैले पुलपुल्याएर विगार्‍यो भन्ने आरोप लाग्छ । "

"ड्याडी, मलाई आज पढने मुड छैन, भोली बिहानै देखि पढ्छु हुन्छ डयाडी - उनको स्वाभाविक प्रश्नलाई मैले नकार्ने कुरै थिएन । हुन्छ । रातको खाना सकिए पछि पुनः अर्को प्रश्न तर्ेसाइन "डयाडी रिसाउन हुन्न भने म एकदमै पर्सनल कुरा सोध्न चाहान्छु, हुन्छ ।" "जस्तो सुकै पर्सनल कुरा सोधे हुन्छ, हाम्रो जिन्दगी खुला किताब जस्तो छ, कुनै पनि सोधे हुन्छ ।"

"ड्याडी । मलाई थाहा भए सम्म हजुरहरुको मेरिज लभ मेरिज नै हो । लभ मेरिज लंगलास्टिंग हुदैन भन्ने सुन्छु । तर म यो घरको इन्भारोमेण्टमा त्यसो देख्दिन । आज म हजुरहरुको लभस्टोरी सुन्न चाहान्छु । प्रोमिश, डयाडी आजको सट्टा भोलि पढने छु । "

"छोरीको आग्रह म कहिल्यै टार्दिन त्यो उसलाई पनि थाहा छ र मैले हाम्रो लभस्टोरी अद्योपान्त सुनाउने निष्कर्षा पुगे ।"

"छोरी, लौ सुन हाम्रो प्रेम कहानी । म र मम्मी दुवै एउटै स्कूलमा पढथ्यौ । तर लाटी यो नसम्झनुकी स्कूल देखिनै लभसभ गर्दै हिड्ने झिल्के थिएनौ हामी दुवै । हामीले एक अर्कालाई चिनेका थिएनौ । आठ कक्षामा भर्ना भै नौ पुग्दा म अचानक भनुँ या अप्रत्याशित रुपमा फस्ट भए र स्कूलको तर्फाट विभिन्न प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै धेरै मेडल, शिल्डहरु जितें र स्कूलमा अलि पपुलर भए छु । त्यतिबेला मम्मीले चिनेकी हुनर्ुपर्छ, मैले चाहि चिनेको थिइन कारण हाम्रो सेक्सन फरक थियो । पढने क्रममा हेडमास्टर अनि अरु टिचरहरुको प्रेरणामा एस.एल.सी. मा बोर्ड ल्याउनु पर्छ र ल्याउनसक्छु भन्ने आत्म विश्वास बढदै गयो । १० कक्षामा पनि सर्वोच्च अंक पाए पछि अब उत्कृष्ठ १० जना भित्र कहिन कही आफू पनि परिन्छ भन्ने लाग्यो र त्यही आत्मविश्वासका साथ तयारी, मेहनत गरे र एस.एल.सी दिएँ । रिजल्ट सोचे अनुसार नै भयो र बोर्डको १० जना भित्र आफ्नो नाम गोरखापत्रमा छापियो । संभवत जिन्दगीको सबैभन्दा खुशीको दिन थियो । मेरो बुवा विरामी भएको कारण सानै देखि घरमा चुलो बल्ने बाल्ने चिन्ता लिइ, स्कूल पछिको अधिकांश समय कमाउने कार्य गर्नुपर्ने विवशता थियो मेरो । तैपनि मेहनत गरियो फल पनि मिल्यो ।

छोरी, मम्मीको त्यही हालत थियो रे । परिवारिक कलह, संयुक्त परिवार आदिले गर्दा चाहिदो वातावरण थिएन रे । मम्मी पनि एस.एल.सी.मा फस्ट डिभिजनमा पास भइ । थोरै लेडिजहरुले मात्र फस्ट डिभिजन ल्याएका थिए । त्यसमा शायद उनैकै बढी नम्बर थियो क्यारे । एस.एल.सी पास हुनेहरुको फोटो स्कूलको भित्ते दराजमा टास्ने चलन थियो । त्यही फोटोमा पहिलो पटक मैले देखेको हुँ त्रि्रो मम्मीलाई र नाम पनि त्यतिबेला नै थाहा पाएको हुँ, चिनजानको त परै जाओस । त्यसपछि साइन्स पढन त्यस बखतको प्रख्यात कलेज अमृत साइन्स कलेजमा भर्ना भएँ । भाग्यवश मम्मी पनि त्यहीँ भर्ना हुन आइन् । कलेज शुरु भएको केही हप्ता पछि बल्ल हाम्रो परिचय भयो । एउटै स्कूलबाट एस.एल.सी. पास गरेका हामी अपरिचितहरुलाई अर्को एकजना स्कूले साथीले परिचय गराएकी थिएन । भन छोरी, म कति लाटो थिए -

हैन ड्याडी हिजो अस्ती मम्मीले त्रि्रो ड्याडी जस्तो लभसभ गरेर हिडने होइननी भनी भन्नुभा थियो । ड्याडी कहाँ लाटो होइसिन्छ र -

हो मैया, त्यतिबेलासम्म लाटो नै थिएँ तर मम्मीलाई देखे पछि बाठो भएँ । त्रि्रो मम्मी फुच्ची गाजल लाएकी थिइ पहिलो पल्ट देख्दा । निकैनै निश्चल अनि सोझी लाग्यो र मनमनै यसलाई जीवन साथी बनाउन पाए यो लाटोको जिन्दगी बन्छ भन्ने आकाशवाणी प्राप्त भए जस्तो लाग्यो । अस्कलमा साइन्स पढनुको तार्त्पर्य अनि लक्ष्य राम्रो रिजल्ट र स्कलरशिपमा विदेशमा अध्ययन गर्नु हुन्थ्यो सबैको । मम्मी र मेरो दुवैको मेन सवजेक्ट बायोलोजी भए पनि फेरी पनि क्लास भने फरक थियो । कलेज एउटै, विषय एउटै अनि कलेज जाने बाटो एउटै र समय पनि एउटै । त्यसैले हाम्रो भेट कलेज जाँदा आउँदा हुने भयो र भेटमा पढाइको कुरो मात्र हुन्थ्यो । म अलि पढन सक्ने कहिलिएकोले होला मसंग नोट माग्थी । मम्मी यति सम्म लाटीकी त्यति बेला लभसभ भन्ने थाहा थिएन रे -शंका लाग्छ) । होला पनि उनी म भन्दा उमेर पनि झन्डै २/३ वर्षकान्छी । मलाई भने प्रमेको अर्थ अलि अलि थाहा थियो र अलि बुढो पनि भएर होला जवानी छाइसकेको थियो । सैगै हिडयौ, छलफल गर्‍यौ तैपनि मैले तिमिलाई मन पराउँछु भन्ने आँट आएन । दुइ साढे दुइ वर्षविते । मित्रता यथावत थियो । मेरो मनमा काउकुती हुन्थ्यो । मम्मीको मनमा कुन्नी ।

समय समयमा पढाइको सिलसिलामा हामी एक अर्काको घरमा आउने जाने गथ्र्यौ । संगसगै हिडेपछि गाइगर्ुइ चल्छ नै । चले मलाई भने झन मनमा झन्झनाहट हुन्थ्यो । मेरो जिन्दगीको अर्को लक्ष्य त्रि्रो मम्मी भयो । एउटा लक्ष्य एस.एल.सी मा बोर्ड ल्याउने पुरा भयो । अब मम्मी.........। एक छिन सुस्ताएँ म । "अनि ड्याडी त्यस पछि के भयो भनिस्योस न इट इज क्वाइट इन्टरेष्टिंग स्टोरी ड्याडी, प्लीज ।"

"लौ अब बांकी स्टोरी "ब्रेक के बाद" आज तिमीले चिया पकाएर ख्वाउ त ड्याडीलाई,, भोलि देखि म खुवाँउछु तिमीलाई ।"

छोरी चिया बसाल्न हिडी । मनमनै एकछिन सोचे साँच्चै हाम्रो च्वाइस म्याचिंग थियो र हामी दुवैको जीवन्त मनको ढुकढुकी र त्यसको फि्रक्वेन्सी मिलेरै होला, धेरै दुख हामी दुवैले हाँसी हाँसी सहन्थौं र छोरीले हामीले भोगेका कष्टका रातहरु देख्न पाउने छैनन् । त्रि्रो त्याग अनि इच्छाशक्तीलाई म सलाम गर्छर्ुुविनोती, हजार सलाम गर्छर्ुु

"क्या मीठो चिया । यती मिठो स्वादले चिया खाएको पहिलोपल्ट हो छोरी । "
ड्याडी पनि । बरु भनिस्यास बाकी स्टोरी पनि ।
लौसुन हाम्रो प्रेम कहानीको बाँकी अंश ।"
आइएस्सीको फस्ट इअरको जाँच आयो गयो । हामीले सकेसम्म राम्रो गर्‍यौ । हामी दुवैको चाह डाक्टर बन्नु थियो । रिजल्ट भयो मेरो पनि खासै राम्रो भएन र पनि राम्रो नै रहृयो । नेपानी साहित्य लेखन र अध्ययनमा बढी चासोले गर्दा होकी साइन्सको अध्ययनमा भने त्यति राम्रो गर्न सकिंन । मम्मीको हाल पनि उस्तै थियो । शायद मेरो भन्दा अलिकम नम्बर आएछ क्यारे । हाम्ो मित्रताको गहिराइ बढदै गए पनि स्वरुप परिवर्तन भइसकेको थिएन । मनमनै त दुवैमा केही चलेकै थियो । तर खासै सिरियस सिचुयसन आइसकेको थिएन । किनकि हामी दुवैलाई जीवन साथी बन्नु नबन्नु भन्दा राम्रो रिजल्टको चिन्ता थियो । म अलि भावुक थिए । कविता कोर्थे। त्रि्रो मम्मीले मागेको नोट कपीका म भने सुटुक्क प्रमे प्रकट गर्ने खालको कविता पनि लेखेर दिन्थेँ । तर रियाक्सन भने केही हुन्नथ्यो । उनको मौनतालाई स्वीकृति ठानेर एक्लै रम्थेँ कहिले काहीं ।

आइएस्सी सेकेण्ड इअर पनि सकियो । फस्ट इअरको रिजल्ट त्यति राम्रो नभएकोले डाक्टरी पढने चान्स कम देखे र एक्स्ट्रा म्याथ पनि दिए । मम्मीले पनि त्यही गरिन क्यारे । रिजल्ट भयो । आशा गरे जति भएन । तै पनि पर्सर्ेेेज खाइलाग्दो नै थियो । मम्मीका भने यसपाली पनि त्यति राम्रो भएन । शिक्षा मन्त्रालयको छात्रवृत्ती शाखामा धाउन थाले । अहिले जस्तो च्याउ उम्रेजस्तो मेडिकल र इन्जिनियर कलेजहरु कहाँ थिए र त्यतिबेला । फेरी सबैको सपनानै विदेशमा स्कलरशीपमा जानु थियो । निवेदन भर्दै गएँ । तत्कालीन युगोस्लाभियामा मेडिसिन पढ्न छनौट पनि भएँ । तर हवाइ टिकट आफुले हाल्नु पर्ने । बुवा एक वर्षअघि बित्नु भएकोले घरको हाकिम ठूलोबुबा हुनुहुन्थ्यो । पैसा ३०० डलर जति चाहिने भयो । घरको जर्जर आर्थिक स्थिति थाहा हुँदाहुदै पनि मागे । दिननसक्ने कुराको जानकारी पाए पछि त्यो सीटबाट राजीमामा गरे । जिन्दगीमा पहिलो पल्ट म रोए, छोरी । गरीवीको लातको नमीठो स्वाद चाखें । एक जना साथीले छेडकी हानेकोले पाकिस्तानमा पनि मेडिसिन पढ्न पाइन मैले । यसै बीचमा कालम्बो प्लान अर्न्तर्गत भारतको विभिन्न युनिभर्सिटिहरुमा इन्जिनियरिंग लगायत अरु विषय पढन जाने सीटहरु आए । मेडिसिन थिएन । घरका र आफन्तहरुले इन्जिनियरिंग नै पढनु बेश भन्ने सल्लाह दिए र शिक्षा मन्त्रालयले मलाई पनि सेलेक्ट गर्‍यो । योग्यताको आधारमा । खुशी अर्धरुपमा आयो । नारायणगोपालको गीतमा जस्तो "मुटु माथि ढुंगा राखी हास्नु पर्‍या छ " म पनि हाँसे ।

यसै बीच हामी वीएस्सी पढ्न त्रिचन्द्र कजेजमा भर्ना भयौं । फेरी पनि त्रि्रो मम्मी र म भिन्ना भिन्नै विषयमा भर्ना भयौं । म चाहि अब इन्जिडन एम्बेसीको कन्फरमेशन कुरी बसेकोले पढ्न होइन अलि हाउडे भए । मम्मी चाहि अझै कतै मेडिसिन पढ्न पाइन्छकी भनेर अवसरको खोजीमा बढीनै सिरियस थिइ । अलि बढी जवान भएछु जस्तो लाग्यो आफुलाई । अब पढनु पनि थिएन । कलेज जानु भनेको उनलाई भेट्न जानुमात्र थियो । अब त आफ्नो मनको भाव खुलस्त भन्नु पर्‍यो भन्ने मनमा लाग्यो । धेरैचाटी मुखैले भन्ने भनेर बडो शक्तीको जगर्ेना गर्दा पनि भन्न सकिन मैले । त्रि्रो मम्मी अलि कडा स्वभावकी छोरीअहिले भन्दा कडा । कहाँ आँट हुने त्रि्रो ड्याडीको । अनि मैले पनि १५ पेजको लभलेटर लेखेर एक जना साथी मार्फ उनलाई दिए । अहिलेको जमानामा सबैभन्दा लामो लभलेटर थियो कि त्यो ।

छोरी त्यसपछि त त्रि्रो मम्मी रणचण्डी भै हालिन बोलचालनै बन्द भो हाम्रो । भयंकरसंग रिसाएकी रै छ मेरो लभलेटर पढेर । किन हो अझै सोध्ने आँट गरेको छैन मैले । अलिकति स्वाभिमान होला अलिकति अप्रत्याशित र सोच्दै नसोचेको कुरा भएर होकी अहिलेसम्म रिर्सचकै विषय भएको छ ।

"आज ढीलो भैसक्यो छोरी अब बाँकी पछि भनुँला हुन्न र -" नाई बाबा, नाई । भोलि देखि तर फेरी पढ्नु छ, छात्राहरुमा उत्कृष्ठ स्थान ल्याउनु छ, ड्याडी । आजै पुरै सुन्ने म । " छोरीको जिद्दिपन ठ्याम्मै म्याडमको जस्तो, छोरी कसको - म्याडमसैग त सधै हारे आज मिनी म्याडमसंग पनि हारेछु । ल छोरी बाँकी पनि सुन । त्रि्रो मम्मी रिसाइन की रिसाइनन् । किन हो बुझ्नसकिन । तैपनि साच्चै रिसाएको हो की नखरा गरेकी बुझ्न मैले मेरो मिल्ने साथी छ नी त्यो उमेश अंकललाई नाटक गरी भेट्न पठाएँ । उनले खासै रिसाएको होइन भन्ने आशयको रिपोर्ट बुझाए पछि मनमा केही सन्चो भयो । एउटै क्लासमा पढ्थ्यौ हामी दुइ तर बोलचाल भने भएन अब । छोरी त्रि्रो मम्मीको रीस आजमात्र यस्तो होइन । रीस धेरै लामो थियो । समय वित्दै गए मेरो भारतमा पढन जाने कन्फरमेशन आयो । मेरा स्कूलका साथीहरुले जानु अघि पिकनिकको रुपमा गेटटुगेदरमा उनी पनि अर्को समूहबाट आएकी र हाम्रो भेट अप्रत्याशित रुपमा पुरानोनै जस्तो लाग्यो । फेरी मम्मीलाई जीवनसाथी बनाउने अधुरो सपनाहरुको महलमा इट्टा थप्न थाले । सानो पार्टर्ीीायोजना गरेँ मैले घरमा मम्मी पनि आइन । फूल माथि सुगन्ध छरे जस्तो । म निकै रोमाञ्चित भएँ । मेरो निश्चल र निष्पाप प्रेमको प्रतिफल सुखद हुन्छ भनेर । उनले उपहार दिइन्, टर्ीशर्टलाई चुम्बन गरे । जानेबेलामा मलाइ डिनरको निम्तो दिएर गई । म किन हुन्न भन्थे र "के खोज्छस कानो आँखो" भने जस्तो । मम्मी अनि ठूलो मम्मीले बडो सम्मान र प्रेमपर्ूवक डिनरको सत्कार गरे । म झनै कल्पनाको सागरमा डुवेँ । मैले के निक्र्यौल गरे भने म संग झन्डै ७/८ महिना रिसाए जस्तो गरेर मेरो प्रेमको प्रतिबद्धताको परीक्षा लिएकी रै छिन् ।

यसरी सुखद मायाको प्राप्तीको आश्वस्तताका साथ पढन हिडेँ । इलाहाबाद काठमाडौंबाट बसैमा गएनी ३०/३२ घण्टामा पुग्ने भएकोले हरेक समेष्टरमा घर फर्किन्थेँ र उनलाई भेटन जान्थेँ । इन्जिनियरिंगको तेस्रो वर्षा पुग्दा फेरि अर्को काण्ड भयो । मैले लेखेको धेरै पत्रको जवाफ नआए पछि मम्मीको त्यतिबेलाकी मिल्ने साथी, जोसंग मेरो पनि राम्रो सम्बन्ध थियो, उनलाई यसबारेमा पत्र लेखे । त्यतिबेला इमेल इन्टरनेट कहँा थिया र आज जस्तो । उनले पनि मम्मीलाई यसबारेमा लेखिछन् । अनि त मम्मी रीसले अटमबम भइन क्यारे । मलाई निकैनै कडापत्र प्राप्त भयो म्याडमको । मेरा सपनाहरु क्षणमै चकनाचुर भए । बन्नै लागेको प्रेमको ताजमहल एकै हुरीमा ढलेजस्तो भयो । किन त्यस्तो लेखिन त्यसको पनि कुनै अन्दाज भएन । मेरो प्रेमको खुलस्त बयान त पन्ध्र पेजेलभ लेटरमै गरिसकेको थिए । फेरी संझे त्यति बेला पनि रिसाएकी धेरै दिनमात्र होइन महिना सम्म । "चरेस खानु तर हरेश नखानु" भन्थे बुढापाका । मैले हरेश खाइन । उनले पत्रको जवाफ नलेखे पनि निरन्तर लेख्दै गएँ । मेरो एउटै सन्देश हुन्थ्यो "घृणा गर, अझ मलाई घृणा गर, ती घृणालाई पनि माया गरिरहन्छु म । "ठ्याक्कै एक वर्षलाग्यो रीसको पारेा घट्न । फाइनल इअरको विदामा घर आउँदा मैले अनएक्पेक्टेड टेलिफोनकल पाए । अचानक आएको मम्मीको फोन मैले पत्याउनै सकिन । भेट्ने चाह गरकी । मैले नमान्ने कुरै थिएन । भेट भो । मानौ वर्षौ देखि हाम्रो सम्बन्ध नर्मल जस्तो । सञ्चो विसञ्चो देखि लिएर पढाइसम्मको कुरो भो । छुट्टनिे बेला एउटा सानो चीट दिइन र फोन नम्बर । लेखेकी रै छन्" "your love will not be alone, I am always with you." मेरो पवित्र प्रेमको तपस्याको सुखद उत्कर्षथियो त्यो । मकति खुशी भए । मानौं जिन्दगीमा पहिलो पल्ट ज्यान आयो । त्यतिञ्जेल मम्मीले पनि वी.एस्सी प्रथम श्रेणीमा पास गरी एम.एस्सी पढ्न थालिसकेकी थिइन । बिदा सकी फर्के म इलाहाबाद । अब बांकी समेस्टर चाँडो सकाई जान पाए, उनलाई भेटन पाए, जस्तो हुन थाल्यो । रोमञ्चित, चंचल र अधर्ैय भए । इन्जिनियरिङ्ग सकियो । फस्ट डिभिजनमा राम्रो स्थानमा पास गरें । पास गर्नुको भन्दा खुशी विनोतीसंगको भेटकेा कल्पनामा हषिर्त म ।

घर फर्केपछि जागीरको खोजी गनर्ेर्ैैर्‍यो मम्मीसँग प्राय जस्तो बेलुकी तिर फोनमा कुरा हुन्थ्यो । बिहान देखि बेलुकी सम्मको यावत घट्नाको रिपोर्टिङ्ग हुन्थ्यो । देशमा प्रजातन्त्र आइसकेको थियो । तै पनि जागिर पाउन मुश्कीलै भयो । घरमा पनि अव छोरो इन्जिनियर भै हाल्यो, जागीर पाइहाल्ला । बिहे गरिदिनु पर्छ भनेर केटी खोज्ने कार्यमा आमा पनि लाग्नु भयो । मलाई पनि सोधे । मैले जवाफ दिईन । पछि हदै भए पछि मैले विहे गर्न केटी खोज्नु पर्दैन भने र राम्रो जागीर पाए पछि मात्र बिहे गर्ने कुरो बताए । अनेक पारिवारिक झमेला अनि विवाद पछि हाम्रो विहे भयो छोरी । त्रि्रो मम्मीको जिन्दगी माथी सिन्दूरले प्रेमपर्ूवक हस्ताक्षर गरे र कहिल्यै नछुटिने वाचा बन्धनमा हामीले मुटु मुटु जोड्यौं । बिहेको कथा नै अझ दिन भरि लाग्छ कुनै दिन भनुँला । तर हाम्रो लभ स्टोरी यही समाप्त हुदैन छोरी । सबै भन्दा महत्वपर्ूण्ा कुरो त प्रेममा हुनुपर्ने पवित्रता । संगसंगै जीवन विताउने कुरामा क्षणिक आवेशमा गरेको निर्ण्र्ाासही हुन्छ भन्ने ग्यारेण्टी हुन्न । प्रेम दर्ीधजिवी हुन दुवैको रुची सोचाईको भिन्नता थोरै हुनर्ुपर्छ । जीवन दर्ुइचार बर्षो मात्र होइन छोरी । संगै बाच्ने मर्ने कसम खानु सजिलो छ निभाउन गाह्रो हुन्छ । भोलिको हर पाइलाको पर्ूवानुमान गरी हुन सक्ने घटनाहरुलाई समेट्ने र सो अनुसारको प्लानिङ्ग गर्न सकेनौं भने आपसी मनमुटाव बढ्छ र बिहेको बेला खाएको कसमहरु ढुगंे देउतालाई साक्षी राखी खाएका मिथ्या शब्दहरु मात्र हुन्छन । त्यसैले त त्रि्री मम्मीले मेरा अनेक याचना, पर््रार्थनाका बाबजूद पनि मेरो प्रेमको प्रस्तावमा लालमोहर लगाउन समय लिएकी । जवानी जोशमा निमेषमै निर्ण्र्ाात्यो पनि जिन्दगीकेा बारेमा गर्नु हुन्न रै छ , हरेक दृष्टिकोणबाट बिश्लेषण गरी उपयर्ुर्त्तर्mmकसीमा खरो भए पछि मात्र स्वीकृती वा अस्वीकृतीको छाप लगाउनु पर्दौ रहेछ । त्रि्रो मम्मीले त्यही गरी । उनको जचाई पखाईमा म खरो उत्रें, मलाई गर्व छ । त्यो भन्दा पनि ठुलो गर्व उनको दूरदर्शिता र परिपक्व मन अनि मष्तिश्कमा छ मलाई । साँच्ची भनुँ भने छोरी उनको त्याग अनि बलिदान नै आजको वर्तमान हो हाम्रो । तिमी मम्मी जस्तीको छोरी हुनु नै बरदान हो । सृष्टीको अनुपम सिर्जना हो र हामीलाई विश्वास छ , महान मम्मीकी महान छोरी भएर हाम्रो इज्जतमाथी चार चाँद थप्नेछौं ।

मेरा धारा प्रवाह कथा भनुँ कि स्मरण वडो गम्भीर भएर सुनिरहेकी छोरी, मेरो अनायास मौनतामा झस्की । मेरा आँखाहरु किन हेा कुन्नी सजल भएका थिए ।

"ड्याडी, के भयो हजुरलाई, के भो -" होइन छोरी, केही भएको छैन , विगतमा भुलें र हर्षो पानी हो यो नानी । "यस्तो आइडियल लभ स्टोरीको म पनि अंश हुँ नि वावा, भनिस्योस् न विहे पछि साह्रै दुःख पाउनुका कारण" आज यो पनि सुनाउँछु सुन । जागीर अस्थायी थियो । मम्मीले पनि युनिभर्सिटीमा लेक्चररको जागिर पाएकी थिइन, बिहे भन्दा अगाडी नै । संयुक्त परिवार, अरु सवै घरमै बस्ने हामी दर्ुइ नै बाहिर काममा जाने थोरै पढेका दाजु भाउजु अनि भाई बुहारी । व्यवहारिक सामञ्जस्य ल्याउन गाह्रो हुँदौ रै छ र मनहरु फाट्दो रहेछ । परिवारबाट बौद्धिक सहयोग पाइन । घर सानो थियो -तिमीले देखेकै छौं ), एउटा सानो नाममात्रको कोठा । मम्मीको प्राज्ञिक ९ष्लतभििभअतगब० िर्सकल र मेरो इन्जिनियर साथीहरु कसैलाई घरमा आमन्त्रण गर्न सकेनौं । वातावरण पनि थिएन । बिहे पछि छोरा छोरी हुन्छन । कहाँ राख्ने कहाँ हर्ुकाउने - अनि आवश्यक पठन पाठन गर्न गराउन धेरै नै पैसा चाइदो रहेछ । त्यसैले हामीले छोरा छोरी तत्काल नजन्माउने आपसी सल्लाह गर्‍यौं । त्रि्रो मम्मीको यो सल्लाहमा फेरी एकचोटी सलाम गर्छर्ुु ।

"हाम्रो बिहे भएको कति बर्षपछि त्रि्रो जन्म भएको थाहा छ , तिमीलाई -" मैले गणितिय प्रश्न तर्ेसाए छोरीलाई । "भने पछि, अँ .......... १२ बर्षपछि, आम आई राइट -" "आवश्यूलीट्ली छोरी, एक्जाक्ट १२ बर्ष। त्यतिञ्जेल त म माथी नपुंशकताको आरोप पनि लगाए मान्छेहरुले । जन्माउनु ठुलो कुरा होइन , जन्माए पछि असल वातावरण दिनु र उचित मार्गदर्शनका साथ सवल मान्छे बन्न दिनु जे जति गर्नु पर्ने हो गर्नु पर्दछ । हामीले जुन सानो छँदा देखि नै भोगेका विसंगति, आर्थिक अभाव, शैक्षिक दिशा निर्देशको अभाव भोग्यौ, आज पनि ती पिडाहरु कतिपय सपनाहरु अधुरोमै मरेको शोकमा दुखिरहन्छ । त्यो मेरो छोरीले भोग्न नपरोस, आमा वाबु हुनुको कर्तव्यमा हामी चुक्न नपरोस, हाम्रो पवित्र चाह थियो । इमान्दार हुँदा लक्ष्मीको वास नहुँदो रहेछ । जेनतेन हामी दुवैले मेहनतका साथ केही कमायौं र कमसेकम ओत लाग्ने घर हुनु पर्छ भनी जग्गा किन्यौं । बिहे गरेको पत्तो नपाई ८ बर्षवितिसेछ । अव सन्तानको चाह गर्न के थालेथ्यौं । मम्मीको पी.एच. डी गर्ने मौका आइहाल्यो । हरकोहीलाई पि. एच. डी गर्ने मौका हात लाग्दैन । जाउँ कि नजाउँ भयो मम्मीलाई । मैले भनें, "त्रि्रो चाह छ भने अरु कुनै चिन्ता न लिई जानु, मेरो लागि गर्वको कुरो हो" भर्खर बिहे भए जस्तो, जिन्दगीको स्वरुप बन्न बन्नै लागेको बेला बिछोडिनु पर्ने पीडाले मम्मीले पनि निर्ण्र्ाागर्ने सकिनन् । हामी बीच व्यापक छलफल भए पछि जानुपर्ने निर्ण्र्ाागर्‍र्यौ । ४ बर्षकमसेकम लाग्ने पि. एच. डि. । छुट्टनिुको पिडा त असहृय हुन्छ नै । केही पाउन केही गुमाउनै पर्छ । मेरा जीवनका हरेक पलमा सधै राम्रो लागि हात समाती डोर्‍याइदिने विनोतीलाई मेरो कारण असफलता देख्न नपरोस । त्यही कारणले पनि मैले नै बढी प्रेसर गरेको हुँ । एस. एल. सी. मा उत्कृष्ट छात्र म आज इन्जिनियरिङ्गको एउटा मात्र र्सर्टिफिकेट झुण्ड्याएर लाज पचाएर बस्नु परेको पिडाले म पनि जलिरहेको थिए भित्र भित्रै । विनोती गई पढ्न जापान र मलाई जानेवेलामा अव तिमी पनि एम एस्सी गर्न जानु पर्छ । छुट्टीनुको पीडा फेरि एकपटक कितावहरुमा भुल्नु पर्छ भनेर थर्काएर गइन र म पनि उनकै विद्यार्थी जस्तो, हस म्याड्म भने । संयोगबस, मेरो पनि एम. एस्सी. को स्कलरशीप मिल्यो जर्मनीमा । मम्मी पर्ूवमा म पश्चिममा । यसरी हामी फेरी छुट्टयिौं सुखद मिलनको आशामा क्यालेण्डरहरुका पाना पल्र्टाई रहृयौं । मेरो एम. एस्सी पनि सकियो । उनको अझै डेढ बर्षवाँकी थियो । मम्मीको मायाले त्यो डेढ बर्षमैले पनि जापानमै विताए । पर्ुनमिलन भयो । हाम्रो, छोरी ।

यही हो हाम्रो कथा व्यथा जे भनेनी । रात धेरै वितेछ छोरी । सुत्नु पर्छ पुग्ने गरी । सवेरै उठ्नु पर्छ ।

"ड्याडी, हजुरहरुको लभ स्टोरी अनि स्ट्रगल सुनेर ममा इनर्जी आएको छ , ड्याडी । म हजुरहरुको सपना तुहिन दिने छैन । मम्मीले किन जाने वेलामा थर्काउनु भयो, बल्ल बुझे । ड्याडी विलिभ मि, म एस. एल. सी. टप गर्छर्ुु" "स्यावास छोरी, अव भने पक्कै मम्मीको छोरी जस्ती , त्रि्रो मम्मीमा त्यस्तै आत्मविश्वास थियो । पारिवारिक वातावरण आर्थिक सम्पन्नता भएको घरकी छोरी भै दिएकी भए म अहिलेसम्म कहाँ कहाँ पुग्थे भन्थी । तर छोरी हामीले राम्रो गर्नु पर्छ भनेर वारम्वार भनेकोलाई दवाव नसम्झनु । राम्रो त्रि्रो शक्तिले, क्षमताले भ्याएसम्म गर्नु । देवकोटा भन्नु हुन्छ , उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।

"ओके ड्याडी, मैले बुझे । आज मैले जीवनको सार भेट्टाएकी छु । मेरा ड्याडी मम्मीको पवित्र लभ स्टोरी मात्र होइन लाइफ हिस्ट्री नै पाएकी छु । म आफुलाई भाग्यमानी सम्झेकी छु । म पनि स्यालुट गर्छर्ुुजुरहरुलाई, यू बोथ आर ग्रेट ड्याडी । " ओ के गुडनाइट ड्याडी, लभ यू ड्याडी" ओ के गुडनाइट छोरी, भोलि म चिया पकाई सकेपछि उर्ठाईदिउला । आज आरामसंग सुत । नो टेन्सन नो चिन्ता, ओ के ।

यसरी समय बित्दै गए । छोरी मौनता मेहनती र तीक्ष्ण दिमागकी छे मलाई विश्वास छ । पढेदै अनि विच विचमा मसंग सोद्धै व्यापक तयारी गरिन एस. एल.सी को । जाँच सकियो छोरीको पनि । उनी आफुमा कन्पिmडेन्ट थिइन । हामी अर्धैयका साथ दर्ूइवटा कुराको प्रतीक्षामा थियौ । एस. एल. सी. को रिजल्ट र विनोतीको स्वदेश आगमन । विदेशबाटै छोरीको जाँचको हालचाल बुझ्दै गरेकी थिइन । मलाई के चिन्ता भने । मौनताको रिजल्ट राम्रो भएन भने यो हुस्सु ड्याडीले छोरी विगार्‍यो भन्ने आरोप विनोतीको सहनु पर्छ मैले छोरीलाई सोद्धा, आय एम हण्ड्रेड पर्सर्ेे कन्पिmडेन्ट भन्छे । विनोतीको फिर्ती दिन पक्का भयो । आषाढ महिनाको २९ गते । एस. एल. सि. को रिजल्ट पनि आषाढकै लास्ट वीक तिर हुन्छ भन्थ्यो । अस्ती आषाडको २७ गते विनोतीले अमेरिका छोड्न अधि रिजल्टको बारेमा सोधेकी थिइन आजभोली नै हुन्छ होला भनी जवाफ दिएको थिए ।

आषाढ २८ गते हामी दुवै बाबु छोरी अत्यन्तै चिन्तामा थियौं । उकुस मुकुस हामी भित्र । भोलि रिजल्ट हुने पक्का सूचना प्राप्त भएको र भोलि नै साँझ विनोती आइपुग्ने । रात पर्‍यो निदाउन कोशिस गर्‍र्यौ हामी दुवैले । सकेनौं र हामी दुवै टि. भी. हेरेर रात काट्ने निर्ण्र्ाागरी टि. भि. हेरिरह्यौं । विहानीको पर्खाइ त्यो पनि तनावयुक्त । घरी घरी घडी हेथ्र्यौ ।

अचानक टेलिफोनको घण्टी बज्यो विहानको ५ बजे हुँदो हो । हामी झस्क्यौं । टेलिफोन स्कूलको प्रिन्सिपलको थियो । मेरी छोरीले बोर्ड टप गरिन । छोरीले केही बोल्नै सकिनन । बरर आसु झारिन । प्रिन्सिपलको बधाई नि फर्काइनन् । अवाक हामी दुवै । इन्टरनेटमा पनि राखिसकेको रहेछ । फोनको घण्टी क्रमशः बज्दै रहृ्यो । बधाईको लावा लस्करहरु । मन मनै लाग्यो "म बोर्डमा आउँदा त्यति बधाई आएन ।"

"मम्मीलाई इनर्फ गर्नु पर्ने ड्याडी" के गर्ने - के गर्ने भन्ने अव यति वेला मम्मी आकासमा होली ।"
"पख, छोरी । हामी ४ बजे त एअरपोर्ट पुग्नै पर्छ । त्यतिवेला मम्मीलाई सरप्राइज दिनु पर्छ । हामी दुवै अलि मुख निन्याउरो पारेर मम्मीलाई बेलकम गर्नुपछ । अनि मम्मीले के भो लाटी , रिजल्ट भनेर थर्काउने छिन । यो हुस्सु ड्याडीको पुल्काईमा रिजल्ट विगार्‍यौ भनेर भन्ने छिन" त्यसपछि हामीले गोरखापत्रको त्यो फोटो सहितको पाना देखाउने र यो भन्दा राम्रो रिजल्ट हुन सकेन भन्ने ।

छोरी आज तिमीले जुन सफलता हासिल गर्‍र्यौ नि त्यो हाम्रो अधुरो सपना हो । महान मम्मीको महान छोरी हौ तिमी । जाउँ अव एअरपोर्ट एअरपोर्ट पुगी व्यग्रताकासाथ विनोतीको प्रतिक्षा गर्‍यौं । मलाई त डवल खुशी । विनोती सरसामान गुडाउदै निस्की । हामीले पर्ूवसल्लाह अनुसार नाटक गर्ने असफल प्रयास गर्‍र्यौ र पहिलो प्रश्न नै रिजल्ट के भो लाटी, बोर्ड फस्ट आयो होइन भन्ने प्रत्रि्रश्न गरे पछि हाम्रो नाटक भताभुङ्ग भयो । हातमा रहेको गोरखापत्रले सफलताका कथा भनिसकेको रहेछ । त्यो बुझ्ने क्षमता विनोतीसंग मात्र हुन्छ । छोरीसंग बेस्सरी अंगालोमा रोई विनोती । मौनता त झन हिक्का छोड्न थालिन । भेरै बेरको बात्सल्यता पोखिएपछि मैले हस्तक्षेप गर्नु नै पर्‍यो ।

"जाँउ अव के बाटोमा तमाशा गर्ने भने ।" हैन छोरीको ड्याडी, आज मैले जिन्दगीको पर्ूण्ाता पाएँ । सपना पनि साँचो हुँदो रहेछ । छोरी, त्रि्रो ड्याडी जस्तै व्रिलियन्ट मेरी छोरी, ड्याडी ग्रेट ड्याडी ।

म विनोतीको शव्दहर भित्रको महानता भित्र द्रविभुत भए । कति महान छे विनोती, आज जे छु, म सवै उनको देन हो । तैपनि छोरीलाई ड्याडीको महानता बुर्झाई रहेछ । "ल ल जाउँ ट्याक्सी आयो ।" हामी ट्याक्सी चढी घर तिर लाग्यौ ।
अस्तु !
 
Posted on 12-12-06 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,

Are you Sushil Tamrakar by any chance ?

Your friend,
Dhiren Gurung
 
Posted on 12-12-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~
लौ बधाइ छ है rahulvai धेरै राम्रो कथाको लागी।

Cheers,
 
Posted on 12-12-06 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Dai ra Rahul dai ko Pariwar lai badhai chha...Singo pariwar nai Gyan ko khani hunu hudo rachha...Aafno Wastawik Premkatha Paskanu bhaera hamilai kehi sikne Awasar pradan garnu bhaekoma hardik aavar....

Thanks
 
Posted on 12-12-06 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai,
Malai yaad chha...Ma 10 class ma thiyen, ekdin Gambhirman Sir le hamro class ma 2 jana manchhe liyera aaunu bhayeko ani tyo 2 jana lai dekhayera - yiniharu ahile engineer ho, pahila yei schoolma padhera board lyayeko....bhanera introduce garayera ani hamilai pani boardma lyaaunuparchha bhanera bhannu bhayeko kura ahile pani yaad chha....Ki tyahi belama tapai dekha parnu bhayeko ho ki? anuhaar ta birsisaken tara tyo moment chahin ajhai yaad chha. Clarify garnus hai?

Tapaiko anubhav sunera sarai ramailo lagyo. Arulai yehi kura le prerana milos. Tapaiko dampatya jeewan ajhai sukhamaya hos ra tapaiko chhoriko ujjwal bhawisya ko kamana gardachhu.
 
Posted on 12-12-06 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good story--many thanks for sharing with us. Best wishes to your daughter.
 
Posted on 12-12-06 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइ नानु जि र पवनचा जी, यो कथा कथा मात्रै हो, आत्मकथा होइन। कसैको जिन्दगीसँग मेल खान गएमा संयोग मात्र हुनेछ। मेरो जिन्दगीसँग केही अंश मिल्न गएको पनि संयोग नै हो। तपाईंहरुलाई यो कथा मेरो आफ्नै जस्तो लाग्नुलाई मैले मेरो सानो प्रयासको सफलता मानेको छु। टिप्पणिको लागि धन्यवाद। अस्तु!!

Miracle जि लाई पनि धन्यवाद ।
Sai Ram जि लाई ईमेल हेर्न हुन अनुरोध गर्दछु।
(पवनचा जि, त्यो स्कुल मा दुई मध्य एक म नै थियें। अर्को चै डा शर्मा हुनुहुन्थ्यो।)
 
Posted on 12-12-06 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Simply Awesome!!!

Initially I was intimidated by the length but later when I started reading it, I couldnot stop in the middle. It is so nicely written. Congratulations to you and your family. I learnt a lot from this story.

Keep writing :-)
 
Posted on 12-12-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol...rahulvai bro, katti chaado suspense kholidieko hauuu?? But I must say, the way you have written, it doesnot look like a fiction. Hats off to your skill in writing. I am already a fan of your poems and now here's this story.

Tell us what's coming next.

Have good night now :-)
 
Posted on 12-12-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई! राम्रो लाग्यो!
आफ्नै बायोग्राफि त हैन कतै?:)
 
Posted on 12-12-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो संस्मरण-कथा रहेछ राहुल दाइको। धन्यवाद।
 
Posted on 12-12-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा कथा मात्रै हो, आत्मकथा होइन। कसैको जिन्दगीसँग मेल खान गएमा संयोग मात्र हुनेछ। मेरो जिन्दगीसँग केही अंश मिल्न गएको पनि संयोग नै हो। तपाईंहरुलाई यो कथा मेरो आफ्नै जस्तो लाग्नुलाई मैले मेरो सानो प्रयासको सफलता मानेको छु। टिप्पणिको लागि धन्यवाद। अस्तु!!
 
Posted on 12-12-06 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sairam Says: "
Rahulvai,
Are you Sushil Tamrakar by any chance ?
Your friend,
Dhiren Gurung"

It is better not to mention/guess the "real name" in public forum, if the original poster does not intend to to so. Such acts keep excellent writer quiet and away from the forum. Alternaively, we can directly write an email.

It is a good write-up. No matter whether it is a "real story" or a "fiction"

Thank you rahulvai.
Keep on writing!
 
Posted on 12-13-06 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई! राम्रो लाग्यो!
 
Posted on 12-13-06 1:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई! राम्रो लाग्यो!
 
Posted on 12-13-06 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एस्. एल्. सि. को बोर्ड लिस्ट सिस्टम हटाइदियो भनेर खुब कराइराथे बुडा, अलि ताधिको कुरो हो.
यस्तो अनुभव (आफ्नो) र सपना(छोरीको) बोकेका रैछन् अनि किन नकराउन् त नि.
आफ्नो चैँ अनुभव हो, छोरीको चैँ सपना हो. किनभने बुडा बउदल आएसि नेपाल फर्के अनि बे गरे, अनि ८,१० वर्षषम्म बच्चा नै पाएनन्, अनि जन्मेको छोरीले एस्. एल्. सि. दिने बेला
अलि हुँदैन लाटो हिसाबले पनि.

जे होस् सपना पुरा होस् ऊ बेलासम्म यो बोर्ड सिस्टम पुनर्बहाली होला नि. जुन बेलासम्म हाम्रो स्कुलले बोर्ड ल्याम्दैन नि हो त्यो बेलासम्म यो बोर्ड सिस्टम पुनर्बाहली हुनेमा
मेरो पुरा नैतिक समर्थन भने हुने छैन है. आलोचनात्मक समर्थन भने गर्दिम्ला.
 
Posted on 12-13-06 3:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I felt like crying at times...Well written. :)
 
Posted on 12-13-06 4:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow!!! awesome!!! tara k garnu??? I was Borned Intelligent.....Education ruined me!!!ehehhehhe...............YO SALA AMERICAN UNIVERSITY NI FAPENA MALAI!!!!
 
Posted on 12-13-06 7:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-13-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल भाई साहेव,
अत्ती राम्रो, झण्डै रोएको भन्या। म साझामा नयाँ भएको हुँदा तपाईको प्रतिभालाई चिन्न नसकेर तपाईको त्यो मेरो कथाको प्रतिकृयालाई कमेन्ट गर्न पुगें। माईण्ड नगर्नुस है।

खड्ग प्रसाद्।
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Mamta kafle bhatt is still missing
Ajay Kumar Dev sentenced to 378 yrs
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
Tourist Visa - Seeking Suggestions and Guidance
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
Biden said he will issue new Employment visa for someone with college degree and job offers
To Sajha admin
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters