थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !
अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता हेम पाठकको लोकप्रियतालाई देखेर डुब्नै लागेको ए एन ए ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा
Emergency Fond का सँयोजक बनायो । ए एन ए को कार्य समितिले अध्यक्ष छेवाङ शेर्पा लामाले कानुनी कूरा मात्र हेर्ने र हेम पाठक ले बरिस्ठ कार्यकारी उपाध्यक्षका रुपमा ए एन ए को संगठन हाक्ने निर्णय पनि भयो । तर पछी बुझ्दै जाँदा वहाँलाई मोहरा मात्र बनाइन खोजेको, वहाँ लाई बाइपास गरेर केहीले ए एन ए लाई एउटा ठेक्का पट्टा कम्पनी जस्तो बनाउन खोजे पछी हेम पाठक अहिले असन्तुस्त बन्नुभएको बुझिएको छ। बदनाम ए एन ए लाई सुधार्न सकिन्छकी सबै नेपालीको साझा संस्था बनाउन सकिन्छ कि भनेर सबैको अनुरोध पछी उक्त पद स्वीकार गर्नुभएका पाठक लाई अहिले पूर्ण रुपमा बाइपास गरेर काम भैरहेको छ र वहाँले ए एन ए सुधार का लागि अगाडि सारेका अत्यन्त सान्दर्भिक योजना र कुरालाई अहिले पूर्ण रुपमा लत्याउने काम भएको छ। यसै महिना को अन्त्यमा टेक्सासमा हुने
भनिएको सम्मेलन ठेक्कामा दिने निर्णयमा पनि पाठक सन्तुस्ट हुनुहुन्न । नन प्रफिट संस्था, नेपालीको साझा संस्था भन्ने तर ठेक्का लागाएर कमाउने र केहीका लागि ठगी खाने भाँडो बनाउन नहुने भन्दा पाठक लाई ए एन ए ले बाइपास गरेको देखे पछी ए एन ए भित्रकै अन्य केही पनि तीन छक परेका छन।
स्मरण रहोस् त्यहा एक जना शेर्पा जि लाई १० हजार डलर ए एन ए लाई दिने बाँकी वहाँले जती कमाए पनि जे गरेपनी नबोल्ने शर्त मा सम्मेलन ठेक्कामा दिइएको छ । जुन पुरै अबैधानिक छ। अमेरिकि कानुन अनुसार नन प्रफिट कुनै पनि संस्थाले त्यसरी ठेक्का लगाउन र नाफा कमाउने काम गर्न पाइदैन । यसमा ए एन ए झन बिबादित हुने देखिएको छ ।
हेम पाठकले ए एन ए भित्रको भ्रस्टाचार अन्त्यका लागि अगाडि सार्नुभएका धेरै योजना अत्यन्त राम्रा भए पनि दुई वटा उल्लेख गर्नै पर्ने खालका छन :
१- ए एन ए मा आर्थिक पारदर्शिता हुनुपर्ने, त्यसका लागि लाइसेन्स प्राप्त ब्यबसायिक सिपिए मार्फत आर्थिक कुराहरु हेर्ने, अनुगमन गर्ने ।
२ - ए एन ए का बिगतका कमी कमजोरीबाट पाठ सिकेर यसलाई सच्च्याउंदै अमेरिका र क्यानाडामा रहेका सबै नेपालीहरुको साझा, छाता संस्था को रुपमा निर्बिबाद हुने गरी अगाडि बढाउन ए एन ए कृयाशिल हुने
तर यस्ता राम्रा कूरा बर्तमान ए एन ए नेत्रित्व लाई मान्य नभए पछी पाठक ए एन ए छाड्ने मनस्थितिमा पुग्नुभएको छ । नेपाल मदर सँग कूरा गर्दै पाठकले भन्नु भयो "म ए एन ए लाई राम्रो कसरी बनाउन सकिन्छ भनेर योजना बद्ध ढंगले अगाडि बढ्न खोजेँ तर मलाई नै बाइपास गरियो, मेरो कूरा सुनुवाई भएन, मैले एक दुई दिन भित्रमा महत्वपूर्ण निर्णय गर्दैछु । मेरा कूरा सुनिएन भने म त्यहा किन रहने ? के का लागि रहने ? के म बिबादित हुनका लागि मात्र त्यहा लगिएको हु र ?"
पाठक ले यदी ए एन ए छोड्नुभयो भने ए एन ए झनै बिबादित र कमजोर संस्था हुने निस्चित छ ।