---------- Forwarded message ----------
Subject: बोस्टन सम्मेलन सम्बन्धि वास्तविकता र छेवाङको प्रतिवेदन
To:
बोस्टन सम्मेलन सम्बन्धि वास्तविकता र छेवाङको प्रतिवेदन
यतिवेला अमेरिकामा सवैभन्दा जेठो संस्थाको रूपमा रहेको संस्था एशोसियसन अफ नेपलिज इन अमेरिकाज (एएनए) हरेक दुर्इ बर्षमा हुने पदाधिकारी चयनको लागि निर्वाचन र वासिङटन डिसीमा हुन गइरहेको २९ सम्मेलनको लागि व्यस्त छ । डेनवर, कोलोराडोमा हुने भनेर घोषणा गरिएको सम्मेलन आन्तरिक विवादको कारणले डिसीमा गर्न लागिएको बुझिएको छ । व्यस्तताकै कारणले हुनसक्छ बोस्टन सम्मेलनको घाटा प्रकरण एकाएक सेलाएर गएको छ । बोष्टन सम्मेलनको घाटा सम्बन्धमा एएनएले तत्कालिन लेखा परिक्षक हरि शर्माको नेतृत्वमा बोस्टन सम्मेलन आर्थिक अनुसन्धान समिती (Boston Convention Financial Investigation Committee BCFIC) र छेवाङ शेर्पा लामाको नेतृत्वमा स्वतन्त्र कार्य दल (Independent Task Force -ITF आइटीएफ) गरी दुर्इवटा आयोग बनायो । दुवै आयोगले प्रतिवेदन पनि उहिल्यै सार्वजनिक गरिसकेको छ । तर दुवै आयोग सत्य तथ्य बाहिर ल्याउन त के समस्या समाधान गर्न पनि असमर्थ रहेको मेरो बुझाइ छ । अझ शेर्पा नेतृत्वको कार्य दलले त ग्रीन सिग्नलको आधारमा कसैलार्इ चोख्याउने र कसैलार्इ दोषी ठहरयाउँदै पाइसकेको सम्मेलनको हिसाव किताव नपाएको भन्दै प्रतिवेदन सार्वजनिक गर्यो । स्थलगत अध्ययन र अनुसन्धान विना हचुवाको भरमा सार्वजनिक गरिएको त्यस्तो प्रतिवेदनको अमेरिकास्थित आम नेपाली जनसमुदायले खासै चासो नराखेको मेरो ठहर छ । तसर्थ एएनएको २८ औं बोस्टन सम्मेलनका लागि म लगायत बोष्टन जिविएनसीका र अन्य साथीहरुको लामो तयारी र सम्मेलनको बेलामा करिब ७ दिन भन्दा बढि लगातार खटाइले गर्दा सम्मेलनको बारेमा हामीलाई जति यथार्थ जानकारी अरुलार्इ हुन नसक्ने दावी गर्दै सम्मेलनको वास्तविकता र दुवै आयोगको प्रतिवेदनलार्इ केलाउने जमर्को गरेको छु
एएनए को २८ औं बार्षिक सम्मेलन बोस्टनमा गर्न एएनए र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) को बीचमा एउटा संझौता भएको थियो । उक्त संझौता सन् २००९ र २०१० को विभिन्न मितिमा एएनएका तर्फबाट तत्कालिन उपाध्यक्ष तथा सम्मेलन अध्यक्ष मेदिनी अधिकारीले हस्ताक्षर गरेका थिए भने जिबिएनसीको तर्फबाट कन्भेनर सुन्दर गुरूङ, को-कन्भेनर उत्सब गुरुङ र को-कन्भेनर जाङ्बु शेर्पा ले हस्ताक्षर गरेक थिएं । सम्मेलनपूर्व सम्म सवै कुरा ठिकै थियो तर सम्मेलनमा ठूलो घाटा भयो भन्ने समाचारले एएनएमा महा भुकम्पै गयो जसले गर्दा एएनएका तत्कालिन उपाध्यक्ष तथा सम्मेलन अध्यक्ष मेदिनी अधिकारीले राजीनामा समेत गर्नुपर्यो ।
स्मरणरहोस् सम्मेलन संचालनार्थ व्यवस्थापन, दुवै संस्थाले गर्ने प्रारम्भिक लगानी, नाफा वा घाटाको बाँडफाँड, उत्पन्न विवादको समाधान, हिसाव किताव राख्ने तरिका, खाता संचालन, र लेखा परिक्षण लगायतका सम्पूर्ण बुँदाहरू समेटिएको छ उक्त हस्ताक्षरित संझौतामा । तर सम्मेलनभन्दा एक महिना पहिले सन् २०१० मे २१ मा एएनएका तत्कालिन अडिटर जनरल हरि शर्माले जिबिएनसीलार्इ आम्दानी, नगद व्यवस्थापन, र जिम्मेवारी तथा भरताल सम्बन्धि विभिन्न नीतिहरू सहितको एउटा प्रस्ताव पठाएको थियो जसलार्इ अंग्रेजीमा ANA Cash Management and Revenue Recognition Policy, Responsibility and Compliance Requirement (CMRRPRCR) भनिएको छ र उनीहरूले यसलार्इ आफ्नो अनुकूलको भाषामा Memorandum of Understanding (MOU) पनि भनेका छन् इमेल मार्फत । त्यो वास्तवमा MOU नभएर सम्मेलनमा स्थानिय आयोजकको एकल लगानीमा स्थानीयलार्इ जोताएर नाफा भए अधिकतम हिस्सा (70%) खाने र घाटा भए नव्यहोर्ने शर्त सहितको एउटा अवसरवादी प्रस्ताव मात्र थियो । अबसरबादी सोचाइमा तयार पारिएको उक्त प्रस्तावलार्इ स्थानिय आयोजक जिविएनसी पक्षले त्यतिवेलै अस्वीकृत गरेको थियो र त्यसमा हस्ताक्षर पनि गरेको छैन । हेर्नुस Boston Convention Financial Investigation Committee (BCFIC) को प्रतिवेदन जहाँ हस्ताक्षरै नभएको त्यही प्रस्तावको कागजको खोस्टो राखिएको छ । त्यसकारण पहिला भएको संझौता वमोजिम नाफा वा घाटा भएको खण्डमा एएनएले ७० प्रतिशत व्यहोर्ने शर्त बमोजिम नै काम भएको हो । पछिल्लोपटक एएनएले संझौता बमोजिम घाटा नव्यहोर्ने बहानाबाजी गर्दै एनआरएन निर्वाचनमा समेत विवादित व्यक्ति छेवाङ शेर्पा लामालार्इ स्वतन्त्र कार्य दल (Independent Task Force) गठन गरी बोस्टन सम्मेलनको घाटा सम्बन्धी समस्या समाधान गर्ने जिम्मेवारी सुम्प्यो र त्यसले जसले खटाएको हो त्यसैको स्वार्थ अनुरूपको प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।
स्वतन्त्र कार्य दल (ITF) को प्रतिबेदन
बोस्टन सम्मेलनको घाटा प्रकरण लगायत एएनएको दैनिक क्रियाकलाप हेर्ने गरी गत फेब्रुअरी ६ तारेख बसेको एएनएको कार्यसमितीको वैठकले छेवाङ शेर्पा लामाको अध्यक्षतामा "स्वतन्त्र कार्य दल" जसलार्इ Independent Task Force (ITF आइटीएफ) भनि नामाकरण गरिएको छ, को स्थापना गरयो र सो दलमा छेवाङ वाहेक को कति सदस्यहरू छन् भन्ने पनि खुलाइएको छैन । सो दलले मार्च १ तारेख पाइसकेको रिपोर्ट अहिलेसम्म नपाएको भन्दै
सम्मेलन गर्न एएनए र जिबिएनसीको बीचमा भएको संझौताको अपब्याख्या गर्दै र माथी उल्लेखित अस्वीकृत अवसरवादी प्रस्तावको केही बुँदाहरूको आधारमा बोस्टन सम्मेलनको परिणाम प्रति एएनएको दायित्व नभएको कुतर्क गर्दै अन्तिम प्रतिवेदन रूपमा एउटा प्रतिवेदन गत मार्चको तेस्रो सातातिर सावर्जनिक गरयो । प्रतिवेदनमा GAAP र CMRRPRCR बमोजिम बोस्टन सम्मेलनको पूर्ण आर्थिक विवरण प्राप्त नभएकोले एएनएले आर्थिक दायित्व व्यहोर्न नपर्ने भनिएको छ । प्रतिवेदनको बुँदा नं. ४ मा सम्मेलनमा खटिने तथा सेवा पुरयाउने सरोकारवालाहरू (क्रेडिटरर्स/भेन्डर्स) लार्इ सेवा पुरयाएवापतको रकम भुक्तानी लिन सम्मेलन अध्यक्ष तथा एएनएको तत्कालिन उपाध्यक्ष मेदिनी अधिकारी (जो राजीनामा गरिसक्नु भएको छ) लार्इ र मलाइ सम्पर्क गर्न भनिएको छ । साथै सपोर्टिङ कागजात सहीतको पूर्ण प्रतिवेदन पेश गर्न भनेको छ ।
पछिल्लो पटक सम्मेलनको हिसाव किताव सम्बन्धि आर्थिक विवरणको पूर्ण प्रतिवेदन एक महिना पहिल्यै एएनएले तोकेको लेखा परिक्षक (Auditor) एक क्षेत्रीलाइ पठाइ सकिएको छ र सो विवरणको प्याकेट एक क्षेत्रीले पाइसक्नु भएको छ भन्ने व्यहोरा गत मार्च ६ तारेख टेलीकन्फरेन्स मार्फत गरिएको एएनएको कार्यसमितीको वैठकमा समेत जानकारी भइसकेको छ र र्इमेल मार्फत प्रसारित निर्णय (Minutes) मा समेत उल्लेखित छ । उक्त आर्थिक प्रतिवेदनमा वासलात (Balance Sheet), आम्दानी र खर्च विवरण (Income Statement) र सँगै सपोर्टिङ वा तथ्यांकहरूलार्इ पुष्टि गर्ने कागजात (Verifiable Documents) को रूपमा बिल तथा भर्पाइ, बैंक स्टेटमेन्टस, पेपालको स्टेटमेन्ट, र भुक्तानी गरिएका चेकका प्रतिलिपिहरू संलग्न गरिएको थियो । एएनएको लेखापरिक्षकले पाइसकेको विवरण स्वतन्त्र कार्य दलको अध्यक्ष छेवाङकहाँ पुग्दैन भने त्यो मेरो समस्या होइन तर पाउँदै पाएन भनेर झुटो बक्तब्य जारी गर्दै जनमानसमा भ्रम सृजना गर्न खोज्नु अत्यन्तै निन्दनीय कार्य हो जसको म घोर बिरोध र भर्सना गर्दछु । प्रतिवेदनले समस्या समाधान होइन झन बल्झाएको छ ।
स्वतन्त्र कार्य दल (ITF) वैधानिक छ ?
छेवाङ शेर्पा लामाको अध्यक्षतामा गठित Independent Task Force (ITF) जसलार्इ "स्वतन्त्र कार्य दल" पनि भनिन्छको बारेमा भन्नुपर्दा बोस्टन सम्मेलनको घाटा प्रकरण लगायत एएनएको दैनिक क्रियाकलाप हेर्न गत फेब्रुअरी ६ तारेख कोरमै नपुगी बसेको एएनएको कार्यसमितीको वैठक मार्फत यसको गठन भएको हो । कोरमै नपुगी बसेको अवैधानिक वैठकको निर्णयको कार्यसमितीका अधिकांश साथीहरूले त्यतिवेलै बिरोध गरेका थिए जब अध्यक्ष सिमोन ढुंगानाले जवर्जस्ती निर्णयलार्इ कार्यान्वयन गर्न तम्से । पछि निर्णयप्रति असहमत साथीहरूले एएनएको अर्कै तदर्थ समितीको समेत गठन गरेका थिए । ती दुर्इ समुहबीच अहिलेसम्म को बैधानिक भन्नेमा मतभेद कायमै छ भलै नयाँ हुन गइरहेको निर्वाचनले त्यसलार्इ ओझेलमा पारेको होस् । यसरी अवैधानिक रूपमा गठित कार्य दलले सार्वजनिक गरेको प्रतिवेदनको वैधानिकता के हो? सबैले बुझनू जरुरी छ । करार वा संझौताको सामान्य सिद्धान्त अनुसार पनि संझौता कार्यान्वयन वा केही मतभेद वा विवाद भए दुवै पक्षलार्इ मान्य हुने मध्यस्तकर्ताको नियुक्ती गर्ने हो । तर यहाँ आफू र आफ्नो संस्थालार्इ आर्थिक घाटाको दायित्वबाट पन्छाउन संझौताको दोस्रो पक्ष जिबिएनसीलार्इ पूर्ण रूपमा उपेक्षा गरिएको छ । दुवै संस्था मिलेर गरेको कार्यक्रमबाट उत्पन्न परिणामप्रति दुवै संस्था जिम्मेवार हुन्छ र संझौता कार्यान्वयन तर्फ दुवै संस्था इमान्दार र प्रतिवद्ध हुनुपर्दछ तवमात्र समाजले विश्वास गर्छ । बोस्टन सम्मेलनको घाटा सम्बन्धमा एएनए अध्यक्ष सिमोन ढुंगानाले सार्वजनिक रूपमै नैतिक जिम्मेवारी लिइ सक्नु भएको (हेर्नुस DC मा गरिएको भेलाको भिडियोमा सिमोन ढुंगानाको भाषण) सन्दर्भमा छेवाङको प्रतिवेदनले अमेरिका स्थित आम नेपाली समुदायबीच भ्रम सृजना गर्न खोजेको देखिन्छ । साथै पदीय प्रलोभनमा कसैलार्इ चोख्याउने र कसैलार्इ दोषी ठहरयाउने नियतले अवैधानिक कार्यदलले तयार पारी सार्वजनिक गरिएको उक्त प्रतिवेदनको वैधानिकता के ?
सम्मेलनमा मेरो भूमिका
सम्मेलन संचालनार्थ दुवै संस्थावीच भएको संझौतामा मेरो हस्ताक्षर तत्कालिन जिबिएनसीको अध्यक्षको हैसियतले संस्थागत प्रतिनिधीत्व हो, व्यक्तिगत कदापी होइन । गत दशैंपार्टीबाट म जिबिएनसीको अध्यक्ष पदमा पनि छुइन । यहाँहरू सवैलार्इ सर्वविदितै छ कि सम्मेलनमा मेरो भूमिका साँस्कृतिक कार्यक्रम संचालन गर्नु थियो र म त्यसको संयोजक थीए।
सम्मेलन आयोजनाको नेतृत्वको जिम्मा समेत नलिएको, सम्मेलनको तीन दिनको आर्थिक कारोबारको जीम्मेवारी पनि नलिएको र संस्थाको अध्यक्ष पनि नरहेको अवस्थामा संझौताको अपब्याख्या गर्दै घाटा प्रकरणमा व्यक्तिगत रूपमा मलार्इ मुछ्न जुन प्रपञ्च गरियो त्यसमा मेरो आपत्ती हो । कथित छेवाङ प्रतिवेदन महिना दिन पहिल्यै पुगिसकेको आर्थिक विवरणलार्इ कुनामा थन्क्याएर ग्याप र रेभ्न्यु रिकग्नीशन पोलिसीको रटान लगाउँदै ७० प्रतिशतको हिस्सेदार एएनएलार्इ दायित्वबाट पन्छाउन गरिएको नाटकीय प्रस्तुती सिवाय अरू केही होइन ।
छेवाङजी लगायत ग्यापको रटान लगाउनेहरुलाई म भन्न चाहन्छु भने अहिलेसम्म विगतका कुन चाँही एएनए सम्मेलनमा ग्याप र रेभ्न्यु रिकग्नीशन पोलिसी जस्ता लेखा सम्बन्धी सिद्धान्तहरूको लागू भएको थियो ? सम्मेलनको लागि स्थानिय साथीहरुबाट लिएको सापटी र्फिता दिनु नियम संगत हुदैन भन्नेहरु ७० प्रतिशतका हिस्सेदारहरूले सम्मेलन संचालनार्थ आवश्यक रकमको व्यवस्था पहिल्यै गर्न किन सकेनन् ? स्थानिय साथीहरुको मेहनत मात्रै होइन, आर्थिक लगानीमा एएनए सम्मेलन गरि त्यसमा टाइ लगाएर भाषण गर्न आउने र के के न गरे भनेर जसलिन खोज्नेहरुले घाटा भएपछि बखेडा झिक्नु सुहाउँदैन । विगतका सम्मेलनहरु जस्तै यो सम्मेलन पनि विभिन्न नीति तथा नियम भन्दा व्यवहारिकतामा चलेको थियो र त्यो स्वभाविक पनि हो ।
घाटा किन भयो ?
सम्मेलन संचालनार्थ कतिपय व्यवस्थापकीय र प्राविधीक कमजोरीहरू भएका थिए । होटलले सम्मेलनको लागि छुट्याइएका हलहरू समयमै उपलब्ध गराउन नसक्दा आम्दानीको मुख्य स्रोत मानिएका साँस्कृतिक कार्यक्रमहरू पछि सारिए र दोस्रो र तेस्रो दिनको डिजे नै स्थगित गर्नुपरयो । पहिलो दिनको डिजेमा करीब पन्ध्र हजार डलर आम्दानी भएको थियो र त्यसको अनुपातमा दुर्इ दिनमा हुन सक्ने आम्दानी करीब तीस हजार डलर गुम्यो । सम्मेलन केन्द्र र कार्यक्रम स्थलहरू समदुरीमा नहुँदा फेशन शो लगायत खेलकुद प्रतियोगिताहरूमा दर्शकहरूको उचित सहभागीता हुन सकेन । होटल संझौतामा उचित ध्यान नपुरयाउँदा अनावश्यक खर्चहरूसमेत व्यहोर्नुपर्यो ।
होटलले लगाएको ८०० क्षमताको शर्तले गर्दा दोहोरी, कोसेली, र ग्राण्ड नेपाल नाइट लगायतका आम्दानीको मुख्य स्रोत मानिएका साँस्कृतिक कार्यक्रमहरूमा अग्रिम रूपमा टिकट खरिद गरेका दर्शकहरू कार्यक्रम हलभित्र जान पाएनन् । जुलाइ ४ मा राखिएको सम्मेलनको सवैभन्दा ठुलो कार्यक्रममा, अमेरिकाको स्वतन्त्रता दिवसको उपलक्ष्यमा गरिने फायर वक्सको कारण अपेक्षाकृत सहभागिता हुन सकेन । यस्ता विविध कारणहरूले गर्दा सम्मेलन ऐतिहासीक रूपमा सफल हुँदा हुँदै पनि अनपेक्षित घाटा हुन गयो तर सीमित व्यक्तिहरूले बाहिर प्रचार गरेजस्तो आर्थिक घोटाला र अनियमितता भएको जस्तो मलाइ लाग्दैन ।
अन्त्यमा समस्या बल्झाउनुभन्दा हिसाव कितावको उचित छानवीन गर्दै समस्या भए दुवै पक्षबाट एक एक जना लेखा परिक्षकको नियुक्ति गरेर आर्थिक प्रतिवेदनलार्इ अन्तिम रूप दिने साथै संझौता कार्यान्वयनमा दुवै पक्ष इमान्दार र प्रतिवद्ध हुनु नै अहिलेको आवश्यकता हो । यसैमा दुवै संस्थाको भलार्इ छ ।
उत्सव गुरूङ
एएनए बोस्टन सम्मेलन को-कन्भेनर
जिबिएनसी पूर्व अध्यक्ष