छल छल ।।कल कल ।। मन मेरो तरङ तरङ!!
हल चल ।। पल पल ।। मन मेरो धरङ धरङ!!
प्रियशी!
मनको बान्ध लहरमा रुमल्लीरहेको छ तिम्रो आशमा,
हृदयको बन्द कोपिमा कैद रहेका मेरा भावनाहरु,
चन्द्रमाको तेजमा तैरिरहेको छ आकाशको बिशालतामा,
रोइरहेका छन पल क्षण तिम्रा बलिद्र अश्रुधाराहरु,
भन न!
मेरी प्रियतमा!!
कस्को प्रतिक्षा गर्दैछौ, त्यो नहरको किनारामा,
मेरो हो कि भन्ने प्रश्न आउछ मनमा,
उत्तर दिन खोज्छु, प्रश्नमै हराउछ ति शब्दहरु,
कस्लाई खोज्दैछौ, ति स्वर्निम चक्षुहरुमा,
मलाई हो कि भन्ने विचार आउछ मनमा,
आफैलाई खोज्छु, त्रिश्नामै हराउछ मेरा प्रतिबिम्बहरु,
उदास मनका अश्रु,एकान्त जीवनको भय,
गाउने प्रयत्न गर्दैछु, छैन कुनै लय,
आउछु भरे साँझमा,पिउन तिमीसँग म मय,
लावण्यमयी सुन्दरीसुरा मन मोह त्यागी बसे म तिम्रो आगे नतमस्तक!!
स्वर्नीम साँझमा रुमल्लीरहेका सुर असुर वैभव पराजित गरी निर्मोहित म तिम्रो भक्त!!
शरण देउ आफ्नो मायावनमा, उत्कर्शमा पुग्न देउ मलाई, जीवन देउ एक चित्त!!
प्रियशी!
प्रेम, तन, मन, धन, केवल छ एक भ्रम!
चक्षु, अश्रु, अन्न, धर्म, कर्म मेरो श्रम!
तिमीबाट म छु!
मबाट तिमी छौ!
यसमा नै हाम्रो जीवन छ, रमणिकमय!!