राजनीति को बारेमा केही नलेखुं भन्दा पनि लेख्न कर नै लाग्छ, आज नेपालमा भएको राष्ट्रपतिको चुनाव को कारण केही कुरा बुंदागत रुपमा लेखेको छु :
१ सुर्यबहादुर र लोकेन्द्रबहादुर लाई टाउको मा बोकी राजनिती गरेका कांग्रेस र एमाले ले बिगत १० बर्षमा हामीले भुल गर्यौ भनेर आत्मा आलोचना गरे ता पनि मौका मिल्न साथ त्यस्तै काम गर्नेछन भनेर चरितार्थ गरे ।
२ मावोबादी को हत्या र हिंसा धेरै देख्यौं, कांग्रेस र एमाले जस्तै राजनैतीक घटियापन भने देखिएको छैन। आहिले सम्म मौका नमिलेर पनि हुन सक्छ, तर आशाबादी भएर सोच्दा पनि उनिहरु माथि पूर्ण विश्वाश गर्न मन लाग्दैन ।
३ देशमा राजनैतीक पार्टी, नेता, र कार्यकरता भन्दा पनि ठुलो अर्को समुह छ: नेपाली जनता ।
४ यदी राजनैतीक पात्र मिल्दैनन भने ( मिल्ने सम्भावना कम छ राजनैतीक स्वार्थ ले) नेपाली जनता मिल्नु आपरिहार्य छ ।
५ नागरिक समाजका आगुवाहरुले पहिला आफुंलाई राजनैतिक सोच (कुनै पार्टी प्रति को झुकाव)बाट माथि राख्नु पर्छ ।
६ राष्ट्रिय मुद्धा मा सबैको एकता हुनु पर्छ ।
७ अनी सबै जनतालाई उनिहरुको भोट को शक्तीको बारेमा बुझाउनु पर्छ।
८ अहिलेका पार्टीहरु भन्दा पनि ठुलो पार्टी छ जनाताको: independent पार्टी जसमा सबै नेता छन् कोही कार्यकर्ता छैन भनेर संझाउनु पर्छ ।
९ यो Independent पार्टी ले अरु राजनैतीक पार्टी लाई काम अराउने हो, एउटा ले काम नगरे तुरुन्तै फालेर आरुलाई अराउने हो ।
१० अशिक्षा ले गर्दा सबै ठाउँ मा जनताले राजनितीलाई धेरै परिवर्तन गर्न तुरुन्तै नमिल्ला, तर कम से कम ठुला शहर मा सुरुवात त गर्न सकिन्छ ।
११ आहिलेको राष्ट्रपति को चुनाव मा नागरिक समाजले उमेद्वार छनोट गरी " जुन पार्टिले समर्थन गर्दैन, त्यसले कदापी हाम्रो भोट पाउंदैन भनेर" कडा संदेस दिन सकेको भए यि नेताहरु फेरी नकचारा हुन बाट बच्थे ।
१२ हुन त राजनैतीक काम राजनैतीक पर्टिकै हो, तर ति भेडा भए पछी तिनिहरु को बोझ पनि जनताले नै उठाउनु पर्ने देखिएको छ ।
१३ राजनैतीक आन्दोलन धेरै देखौं , अब पालो नागरिक आन्दोलन को हो ।
१४ हे नागरिक आन्दोलन का अगुवा र नेपाली जनता, नेपालले तिमीहरुलाई बोलाई रहेको छ : पार्टिगत राजनीति बाट माथि उठेर ब्रिहत देश हित को लागि आफ्नो आफ्नो ठाउँ बाट जती सकिन्छ त्यती योगदान दिउं ।