ँफिफ्थ कोलमनिस्ट’
नेपाल लाई प्राप्त एक तथ्यले 'र' द्वारा भारतीय प्रभाव विस्तारका लागि नेपालमा कुन हदसम्मको खेल हुन्छ भन्ने देखाउूछ । इतिहासतिरै फकार्ंै । ०३२ सालको कुरा हो । तत्कालीन विद्युत् सहायकमन्त्री ध्यानबहादुर राईका निजी सचिव विजय चापागाइर्ंमार्फत 'र' ले मन्त्रिपरष्िाद्का सबै निर्णयहरू किन्ने गरेको रहेछ -हेर्नुस्, तत्कालीन नेपाल गुप्तचर विभागको सक्कल पत्र) । चापागाइर्ं भारतीय दूतावासका द्वितीय सचिवको आवरणमा रहेका 'र' एजेन्ट बीके राजपूतलाई मन्त्रिपरष्िाद्का माइन्यूट बेच्दै गरेको अवस्थामा ०३२ साउन २७ गते पक्राउ परेपछि यो रहस्य खुलेको थियो ।
त्यसरी मन्त्रिपरष्िाद्को निर्णय चोरी नै गराउनुपर्ने अवस्था अब रहेन । नेपालको मन्त्रिपरष्िाद् देखि संसद्सम्म, सुरक्षालगायत अधिकांश महत्त्वपूर्ण निकाय, कर्मचारीतन्त्रदेखि प्रायः सबै राजनीतिक दलको नेतृत्वसम्म 'र' को पहुूच स्थापित भइसकेको जानकारहरू बताउूछन् । जस्तो कि, सांसद् जगन्नाथ खतिवडाले गत साउनमा सदनमै भने, "नेपालमा विदेशी शक्तिहरूको चलखेल अत्यन्तै बढेर गएको छ । कूटनीतिक नियोगको अवाञ्छित क्रियाशीलता मुलुकका कुनाकुनासम्म देखिन्छ । संसद्मै पनि विदेशीहरूको स्वार्थपूर्ति गर्ने फलानो-तिलानो आए भन्ने सुनिन्छ ।"
खासगरी काङ्ग्रेसद्वारा सांसद पदमा मनोनीत अमरेशकुमार सिंहप्रति लक्षित गर्दै यस्ता टिप्पणीहरू आए । सिंह स्वयम् भारतीय संस्थापनभित्र आफ् नो पहुूच रहेको सार्वजनिक दाबी गर्ने गर्छन् । तर, गुपचुप रूपमा गुप्तचरी गर्नेहरू त कति छन् कति ! 'र' ले कूटनीतिक आवरणमा रहेका अधिकारीबाहेक यस्तै दूतावासबाहिर मान्छेहरूलाई राखेर सञ्जाल निर्माण गरेको छ, जसको मुख्य हिस्सा 'फिफ्थ कोलमनिस्ट' का रूपमा रहेका नेपालीहरू नै हुन् ।
गुप्तचरीको भाषामा आफ्नो संस्थापनलाई हरेक किसिमले सघाउने विदेशीहरूको समूहलाई फिफ्थ कोलमनिस्ट भनिन्छ । त्यस्तो समूहभित्रका सदस्यहरू एकआपसमा अपरििचत हुन सक्छन् तर परचिालन गर्ने गुप्तचर संस्थाले एउटा छुट्टै 'सेल' मार्फत उनीहरूबीच समन्वयकारी भूमिका निर्वाह गर्छ । जानकारहरूका अनुसार, 'र' ले पनि विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित फिफ्थ कोलमनिस्टहरूको सानोतिनो फौज नै बनाएको छ नेपालमा ।
नेपालका अधिकांश फिफ्थ कोलमनिस्टहरू आफ्ना आर्थिक, पारविारकि, व्यक्तिगतलगायतका स्वार्थका कारण 'र' को प्रभावमा परेको पाइएका छन् । कतिपय त थाहै नपाई उपयोग भइरहेका पनि छन् । त्यसरी प्रयोग गर्नका निम्ति अनेक प्रपञ्च रचिन्छ । प्रतिनिधिसभा परराष्ट्र सम्बन्ध तथा मानव अधिकार समितिको संयोजक रहूदा सांसद सोमप्रसाद पाण्डेले यस्तै अनुभव बटुलेका थिए । उनको संयोजकत्वमा गठित एक समितिले ०५७ सालमा भारतले सीमा मिचेर बनाएको लक्ष्मणपुर बाूध तत्काल भत्काउन सरकारलाई सुझाव दिएको थियो । प्रतिवेदन तयार पार्ने क्रममा पाण्डेले भारतीय दूतावासबाट अनेक निम्ता पाए, अनौपचारकि रात्रिभोजको । "तर, म औपचारकि कार्यक्रममा पनि बहुत कम जान्थेू," उनले नेपाल लाई अनुभव सुनाए, "भेट भएका बेला काठमाडौूमा घर छ कि छैन, सन्तान कति छन्, कहाू, कतिमा पढ्छन्, हामीले केही सहयोग गर्नुपर्छ कि जस्ता व्यक्तिगत प्रश्नहरू सोधेर हैरान पार्थे ।"
त्यहीूनेर चिप्लिने गरेका छन् धेरैजसो नेताहरू । नेकपा एमालेका महासचिव माधवकुमार नेपाल, नेतृ विद्या भण्डारी, भरतमोहन अधिकारी, काङ्ग्रेसका रामचन्द्र पौडेल, चक्र बास्तोला, अर्जुननरसिंह केसी, खुमबहादुर खड्कासम्मले भारतीय छात्रवृत्तिमै आफ्ना सन्तान पढाएका र पढाइरहेका छन् । सुरक्षा निकायहरूमा पनि यो रोग सल्केको छ । जस्तो कि, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले पदमा छूदै आफ्ना छोरा दिलीपराजलाई भारतीय छात्रवृत्तिमा चिकित्सा विज्ञान पढ्न पठाएका थिए ।
राअविका एक पूर्वउच्चपदस्थ अधिकारीले 'र' को राजनीतिक पहुूचकै आधारमा आफ्नो संस्थाको नियमावली संशोधन गराई आफ्नो पदावधि दुई वर्ष थपेको स्रोत दाबी गर्छ । ती अधिकारीले 'र' का तत्कालीन नेपाल स्टेसन चीफ मदन प्यासीलाई रभिmाउन उनका सम्धी भारतीय सेनाका पूर्वजनरल शमशेरसिंह, उनकी श्रीमती मिरासिंह, छोरा विभन खुबचन्द सिंह र बुहारी नुपुर प्यासीलाई ०६१ साउन २२-२५ मा नेपाल बोलाएर आफ्नै खर्चमा घुमाएका थिए ।
राअवि र 'र' बीच औपचारकि सम्बन्ध नै छ । "तर, समान सम्बन्ध छैन, माथिल्ला हाकिम र नेताहरूको 'र' सूग अप्राकृतिक साूठगाूठ रहेका कारण हामी जहिल्यै तल पर्छौं," एक गुप्तचर अधिकृत गुनासो गर्छन्, "त्यसैले हामीले उनीहरूसूग भन्दा उनीहरूले हामीसूग लिने कुरा बढी हुन्छन् ।"
नेपाल प्रहरीको भने 'आईबी' सूग मात्रै औपचारकि सम्बन्ध छ । प्रवक्ता सुशीलवरसिंह थापाका अनुसार, लोकतन्त्र स्थापनायता मात्रै भारतले नेपाल प्रहरीलाई आठ सय ५५ वटा साना गाडी दिइसकेको छ । त्यो सहयोगसम्बन्धी सबै 'डिल' आईबीका नेपाल प्रमुख अरविन्दकुमारले गरेको स्रोत बताउूछ । यो त भयो, औपचारकि सम्बन्ध । नेपाल प्रहरीको पनि अनौपचारकि सम्बन्ध 'र' सूगै छ । गत भदौ २९ गते थानकोटमा पक्राउ परेका तीन भारतीय गुप्तचरहरू वेदराज मिश्र, घनश्याम मिश्र र रेनु पाललाई बिनासोधपुछ 'र' को जिम्मा लगाएको थियो प्रहरीले ।
'र' कै 'अनुरोध' मा गिरफ्तारी गर्ने काम पनि हुने गरेको छ प्रहरीबाट । ०६३ असार २७ गते भारतको मुम्बईमा शृङ्खलाबद्ध बम विस् फोट भएलगत्तै प्रहरीले काठमाडौूबाट चार पाकिस् तानीलाई पक्राउ गरेको थियो । तीमध्ये असीम अलि र वालिदलाई रातारात वीरगन्ज पुर्याएर भारतीय गुप्तचरको जिम्मा लगाइएको थियो । कतिपय कारबाहीमा 'र' आफैू पनि अगाडि सर्ने गरेको छ ।
एक समय सांसद मिर्जा दिलसाद बेगले एउटा तथ्य उजागर गरेका थिए, "रवीन्द्रनाथ शर्माले तपाईंलाई राप्रपामा ल्याउने स्वीकृति इन्डियन एम्बेसीबाट लिइसकेको छु भनेपछि म यो पार्टीमा आएको हुू ।" आफूमाथि पाकिस्तानी एजेन्ट भएको आरोप लागेपछि ०५२ चैत १५ गते उनले यस्तो विज्ञप्ति निकालेका थिए, भलै त्यसले उनको ज्यान जोगाएन । ०५५ असार १५ गते काठमाडौूको सिफलमा उनी मारएि । त्यो हत्यापश्चात् 'र' ले प्रयोग गर्ने अन्डरवल्र्ड डन छोटा राजनले ०५५ साउन ४ गतेको इन्डिया टुडे मार्फत भनेका थिए, "आईएसआईको एजेन्ट भएकाले मैले उसलाई मार्न लगाएको हुू ।"
'प्रपोगन्डा-वार' त अरूजस्तो भारतीय गुप्तचरहरूको पनि प्रमुख अस्त्र नै हो । ०५७ जेठ ३० गते इन्डिया टुडे को इन्टरनेट संस् करणमार्फत 'लिक' गराइएको 'एन्टी-इन्डिया एक्टिभिटिज इन नेपाल' नामक ७८ पृष्ठ लामो एक प्रतिवेदन 'र' कै प्रपोगन्डा भएको जानकारहरू बताउूछन्, जसमार्फत सिङ्गो नेपाल पाकिस्तानी आईएसआईको खेल मैदान भएको तथ्यहीन प्रचार गरएिको थियो । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याबारे छानबिन गर्न गठिन जैन आयोगले ०५४ सालमा बुझाएको प्रतिवेदनको परििशष्टमा पनि 'र' ले दिएको रपिोर्टको हवाला दिूदै रानी ऐश्वर्यले राजाका अङ्गरक्षक आदित्यशमशेर जबरालाई राजीव-हत्याको तारतम्य मिलाउन १० करोड रुपियाू उपलब्ध गराएको विवरण समावेश थियो ।
Click the following link for more news:
http://www.kantipuronline.com/Nepal/Archive/270th%20issue/aabaran.php